पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

सिन्धुपाल्चोकको तीनवटा पालिका मेलम्ची, पाँचपोखरी र इन्द्रावती जोड्ने मेलम्ची नदीमा  ‘बेलिब्रिज’ बनाउन सुरु भएको छ ।   नेपाली सेनाको सहयोगमा ‘बेलिब्रिज’ बनाउन थालिएको नेपाली सेनाको इञ्जिनियरिङ विभाग, १४ नं बाहिनी अड्डाका सेनानी चिरञ्जीवी चौलागाईंले जानकारी दिनुभयो ।    बर्खामा स्थानीय नागरिकलाई आवतजावत गर्न निकै समस्या हुने भएकाले बेलिब्रिज बनाउन थालिएको उहाँले बताउनुभयो । उहाँका अनुसार अबको झण्डै दुई हप्तामा बेलिब्रिज बनाउने काम सकिने छ ।   मेलम्चीपारिको वडा नम्बर ९ र १० तथा पाँचपोखरी थाङ्पाल र इन्द्रावती गाउँपालिका जोड्ने बेलिब्रिज बनेपछि स्थानीयबासिन्दाले प्रत्यक्ष लाभ लिने छन् भने सदरमुकाम चौतारा जाने छोटो दूरीको ‘रुट’ का रूपमा समेत यो सडकलाई प्रयोग गर्न सकिन्छ ।   २०७८ साल असार १ गते आएको बाढीले पक्की पुल बगाउँदा त्यहाँका बासिन्दाले बर्खाको समयमा सास्ती खेप्दै आएका छन् ।

रुकुम:     रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ मा बिहीबार बिहान बोलेरो जीप दुर्घटना हुँदा दश जना घाइते भएका छन् ।  जिल्लाको मुसिकोट नगरपालिका १ त्रिवेणी चोकदेखि वडा नम्बर ५ थर्पुमा रहेको डिग्रे साईकुमारी मन्दिरको दर्शन गर्न जान थालेको भे १ च २७९६ नम्बरको जीप दुर्घटना भएको हो ।  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार जीप दुर्घटनामा परेर दश जना घाइते भएका छन् । घाइते हुनेहरूमा मुसिकोट नगरपालिका ५ की १३ वर्षीया सरस्वती केसी, सोही ठाउँकी ५५ बर्षीया लीला केसी, मुसिकोट १३ की ५० बर्षीया सुबि रोका, मुसिकोट नगरपालिका ३ की १३ बर्षीया सुजता केसी, सोही वडाकी १२ वर्षीया करिना केसी रहेका छन् । त्यसै गरी सोही वडा निवासी १४ वर्षीया दक्षिणा खड्का, ८ वर्षीया वर्षा केसी, मुसिकोट नगरपालिका १ की ३५ बर्षीया बिनिता केसी, दाङको शान्तिनगर गाउँपालिका ४ निवासी २५ बर्षीया टिका ओली केसी र सोही स्थानकी ३३ बर्षीया टिका केसी घाइते हुनुभएको प्रहरीले जनाएको छ ।  घाइते मध्य वर्षा केसीको बायाँ खुट्टाको तिघ्राको हड्डी निस्किएकोले अवस्था सिरियस रहेको बताइएको छ । प्रहरीका अनुसार उक्त जीपपमा १२ जना सवार रहेकोमा अन्य दुई जना सकुशल रहेका छन् । जीप स्टाट गर्ने क्रममा ब्रेकले काम नगरी ब्याक हुन जाँदा सडकबाट करिब ६ मिटर तल खसेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।  घाइतेहरू सबैको अहिले जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । 

काठमाडौं:    हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  साथै पश्चिमी नेपालमा भारतको उत्तर प्रदेशमा रहेको निम्न चापीय क्षेत्रको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशका तराईका भू–भागमा सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको र थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । आज कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ । दिउँसोको समयमा भन्दा राति ठूलो पानी पर्ने अनुमान गरिएको महाशाखाले जनाएको छ ।    आज पश्चिमी क्षेत्रमा पनि हल्का पानी पर्ने अनुमान गरिएको र अहिले नेपालको पूर्वी तथा मध्य क्षेत्रमा मनसुनी प्रणालीको प्रभाव परेको छ भने बाँकी क्षेत्रमा स्थानीय र पश्चिमी वायुको असर रहेको महाशाखाद्वारा प्रकाशित मौसम बुलेटिनमा उल्लेख छ ।

काठमाडौं:   जिम्बावेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालले आज वेष्ट इन्डिजसँग खेल्दैछ । खेल दिउँसो पौने १ बजे जिम्बावेको हरारेमा सुरु हुनेछ । नेपालले पहिलो पटक विश्वकप विजेता टोलीसँग खेल्न लागेको हो । वेस्ट इन्डिज दुईपटकको एकदिवसीय तथा टी–ट्वान्टी विश्वकप च्याम्पियन हो ।  नेपालको लागि यो ऐतिहासिक अवसर भएको प्रशिक्षक मोन्टी देशाई र कप्तान रोहित पौडेलले बताएका छन् । समूह ‘ए’ मा आफ्नो पहिलो खेलमा वेष्ट इन्डिजले अमेरिकालाई हराएको थियो भने नेपाल जिम्बावेसँग पराजित भएको थियो । दोस्रो खेलमा नेपालले अमेरिकालाई हराएको थियो । लगातार दोस्रो जितसँगै जिम्बावे ४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । समान २र२ अंक भएका वेस्ट इन्डिज दोस्रो र नेपाल तेस्रो स्थानमा छन् । त्यस्तै लगातार दोस्रो हार बेहोरेको अमेरिका चौथो र एक खेल खेलेको नेदरल्याण्ड्स पुछारमा छ । समूह ‘बी’ मा आयरल्यान्ड, श्रीलङ्का, यूएई, स्कटल्यान्ड र ओमान छन् । दुवै समूहका शीर्ष तीन टोली ’सुपर सिक्स’ मा पुग्नेछन् । त्यसपछि शीर्ष दुई टोलीले आउँदो अक्टोबरमा हुने विश्वकपमा स्थान बनाउनेछन् । 

पोखरा:   पोखरामा पनि अन्तरराष्ट्रिय योग दिवस मनाइएको छ ।  भारतीय राजदूतावासले पोखरामा आज (बुधबार) वृहत योग शिविर आयोजना गर्दै योग दिवस मनाएको हो ।  पोखरा महानगरपालिका, नेपाल पर्यटन वोर्ड र पतञ्जली योगपीठ नेपालसँगको सहकार्यमा रंगशालामा शिविर सञ्चालन गरिएको थियो ।  सो कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भारतीय दूतावासको कार्यक्रमले दुई मुलुकबीचको सम्बन्ध सुमधुर बनाउने विश्वास व्यक्त गरे ।  उनले पोखरा र गण्डकी प्रदेश पर्यटकीइ केन्द्र भएको बताउदै यहाँ धार्मिक पर्यटकलाई भित्राउन सकिने बताए ।  यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातील्े भारतका विभिन्न शहरबाट पोखरा सिधा हवाई सम्पर्क कायम गरी पर्यटकीय गतिविधि बढाउन सकिने धारणा राखेका थिए ।  नेपालमा वि.स २०३६ माघ १ देखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो ।  

काठमाडौं:     साफ च्याम्पियनशिप २०२३ अन्तर्गत पहिलो खेलमा नेपाल कुवेतसँग पराजित भएको छ । भारतको बेङ्गलोरमा रहेको कन्तिराभा रङ्गशालामा आज बुधवार भएको खेलमा नेपाल कुवेतसँग ३-१ गोलले पराजित भयो । पहिलो हाफमा २ गोल खाएको नेपालले दोस्रो हाफमा थप एक गोल खायो । कुवेतका लागि कप्तान खालेद हजियाले खेलको २३ औँ, शाइबाइबा अल्खाल्दीले ४१ औँ र मोहम्मद अब्दुल्लाहले ६५ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरे । नेपालका अञ्जन विष्टले ६८ औँ मिनेटमा सान्त्वना गोल फर्काए । साविक उपविजेता नेपालले अब आउँदो शनिवार असार ९ गते घरेलु टोली भारतसँग खेल्नेछ । समूह ‘ए मा नेपालसँगै भारत, पाकिस्तान र कुवेत छन् । समूह ‘बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बङ्गलादेश छन् ।

पोखरा:    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक रुपमा उद्घाटन भएको करिब ६ महिनापछि चीनको छिन्दूबाट आएको सिचुवान एयरलाइन्सको जहाजले पोखरामा सफल अवतरण गरेको छ ।    नेपालबाट व्यावसायिक रुपमा उडान भर्दै आएको सिचुवान एयरलाइन्सको जहाजले पहिलो पटक चीनको छिन्दूबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सफल चार्टड उडानसँगै अवतरण गरेको हो ।    फेवातालमा असार ८ र ९ गते हुने ‘नेपाल चाइना ड्रयागन बोट रेस फेस्टिभल’मा सहभागी हुन आएका खेलाडी र पर्यटकसँगै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाको टोली चीनको छिन्दूबाट सिधै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आएका हुन् । राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासँगै ७ जनाको टोली जेठ २७ गते चीन भ्रमणमा गएका थिए ।    नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा हुन लागेको ‘नेपाल चाइना ड्रयागन बोट रेस फेस्टिभल’मा सहभागी हुन चीनको छिन्दुबाट सिचुवान एयरलाइन्स न्यारोबडी ए ३१९ जहाज ८४ जना यात्रु लिएर पोखरा आएको हो ।      पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान ९ बजेर ६ मिनेटमा सफल अवतरण गरेको जहाज  काठमाडौं फर्केको छ । जहाजले काठमाडौंबाट पुनः व्यावसायिक उडान भर्ने जनाइएको छ ।    पोखरामा असार ८ र ९ गते ‘नेपाल चाइना ड्रयागन बोट रेस फेस्टिभल’मा सहभागी हुन चीनको लिङ्जी नगरबाट प्रमुखको नेतृत्वमा ८४ जनाको टोली आज पोखरा आएको छ ।      चीनको लिङजी नगर प्रमुखको नेतृत्वमा १९ जना, चिनियाँ कलाकार २० र ४५ जना ड्रयागन बोट रेसका खेलाडी रहेको पर्यटन व्यवसायी रविन्द्रराज पौडेलले जानकारी दिए ।    असार ८ र ९ गते फेवातालमा हुने प्रतियोगितामा मुलुकका सातै प्रदेशबाट र चीनबाट गरी एक सय २० प्रतियोगी सहभागी हुनेछन् । दुई सय र पाँच सय मिटरमा दुई भागमा आठ बोटमार्फत रेस हुनेछ ।     तस्बिर: सुशान्त गाहा मगर/सुनगाभा न्यूज ​                          

काठमाडौं:      लगातार तेस्रो दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज बुधवार १४ दशमलव शून्य पाँच अङ्कले घटेर दुई हजार ५० दशमलव ७८ विन्दुमा झरेको छ । आज होटल, जीवन बिमा, उत्पादन र व्यापार समूहको शेयर सामान्य बढे पनि अरू समूहको शेयर घटेको छ । बजारसँगै कारोबार रकममा पनि कमी आएको छ । हिजो मङ्गलवार चार अर्ब ११ करोड रुपैयाँको कारोबार भएकोमा आज दुई सय ७१ वटा कम्पनीका ८६ लाख ५१ हजार कित्ता शेयर तीन अर्ब ४९ करोड ६८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको २३ करोड रुपैयाँको शेयर किनबेच भयो ।   आज सबैभन्दा धेरै ग्रीन भेन्चर्स कम्पनीको शेयर आठ प्रतिशत तथा मेन्छियाम हाइड्रो र कर्पोरेट विकास बैंकको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन आज सिटी होटलको शेयर १० प्रतिशत तथा सोल्टी होटलको शेयर साढे सात प्रतिशतले बढेको छ ।

काठमाडौं:      नेपाल आयल निगमले हवाई इन्धनको भाउ घटाएसँगै हवाई यात्राको भाडा पनि घटेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आज (बुधवार) हवाई यात्रुको इन्धनबापतको शुल्क घटाएसँगै हवाई भाडा पनि घटेको छ । सबैभन्दा धेरै विराटनगर–नेपालगञ्ज रुटको भाडा पाँच सय ४० रुपैयाँले घटेको छ भने सबैभन्दा कम काठमाडौ–सिमराको भाडा ९० रुपैयाँले घटेको छ । यस्तै काठमाण्डौ–भद्रपुरको तीन सय, काठमाण्डौ–विराटनगरको दुई सय ४०, काठमाण्डौ-धनगढीको चार सय ४५, काठमाण्डौ-नेपालगञ्जको तीन सय २५, काठमाण्डौ-भैरहवाको दुई सय १० र काठमाण्डौ-सुर्खेतको भाडा तीन सय ४५ रुपैयाँले घटेको छ । हिजो मङ्गलवार आयल निगमले हवाई इन्धनको भाउ प्रतिलिटर १० रुपैयाँले कम गरेको थियो । हवाई भाडामा लाग्दै आएको इन्धन शुल्क यस्तो छ :