पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

काठमाडौं:     महालेखा परीक्षक कार्यालयको विज्ञ टोलीले एक साताभित्र राजनीतिक दलको लेखापरीक्षण प्रतिवेदन छानबिन प्रक्रिया टुङ्ग्याउने गरी काम अगाडि बढाएको छ। राजनीतिक दलले बुझाएको लेखापरीक्षण प्रतिवेदनमा शङ्का लागेपछि निर्वाचन आयोगले विज्ञ टोली परिचालन गरेर प्रतिवेदन जाँच गराउँदै छ।  निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार टोलीले एक साताभित्र अध्ययन तथा छानबिन सक्ने छ। आयोगमा ८२ वटा राजनीतिक दलले बुझाएको लेखापरीक्षण प्रतिवेदन विज्ञ टोलीले अध्ययन तथा छानबिन गर्दै छ। प्रतिवेदन जाँच्न महालेखा परीक्षकको कार्यालयका निर्देशक ललितबहादुर शाक्यको नेतृत्वमा पाँच जना कर्मचारी खटिएका छन्। सो टोलीले प्रारम्भिक अध्ययन सम्पन्न गरेको बताइएको छ।  आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार अध्ययनका व्रmममा दलले बुझाएको कागजातलाई पुष्टि गर्ने प्रमाण नभएको र शङ्कास्पद देखिएका शीर्षकको थप कागजात मगाउन टोलीले आयोगलाई आग्रह गरेको छ। आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले भन्नुभयो, “टोलीले दलले बुझाएको कागजातलाई पुष्टि गर्ने प्रमाण मगाउनु पर्ने भनेका छन्, आवश्यकता अनुसार आयोगले निर्णय गरेपछि दललाई कागजात बुझाउन पत्राचार गरिने छ।” यसअघि आयोग पदाधिकारीको बैठकले आयोगमा दलले बुझाएको लेखा प्रतिवेदन र दलको कार्यालयमा रहेको लेखाको स्रेस्तासँग भिडाएर जाँच्ने निर्णय गरेको थियो तर आयोग र विज्ञ टोली दलको कार्यालयमा गएर छानबिन गर्न अनिच्छुक देखिएपछि आवश्यकताबमोजिम पत्राचार गरेर कागजात मगाइने आयोग स्रोतले जनाएको छ।  राजनीतिक दलसम्बन्धी ऐनमा राजनीतिक दलले आर्थिक वर्ष सम्पन्न भएको छ महिनाभित्र लेखापरीक्षण गराउनुपर्ने र परीक्षण गराएको एक महिनाभित्र आयोगमा उक्त प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था रहेको छ।    

पाल्पा:    पाल्पामा डुबेर दुई जनाको मृत्यु भएको छ । पाल्पाको तिनाउ गाउँपालिकाको तिनाउ नदी र रैनादेवी छहराको जलुके झर्नामा पौडी खेल्ने क्रममा डुबेर एकै दिन दुई जना युवाको मृत्यु भएको हो ।  मृत्यु हुनेमा भारत देश गोरखपुर फत्तेपुर बस्ने ३४ वर्षका विपिन धुँसिया र रुपन्देही जिल्ला शुद्धोदन गाउँपालिका–२, बस्ने २२ वर्षका सञ्जय चौधरी रहनुभएको छ । सोमबार बेलुकी साढे ५ बजेतिर तिनाउ–३, शिद्धबावा नजिकै तिनाउ नदीमा साथीहरूसँगै पौडी खेल्ने क्रममा धँसियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।  यस्तै रैनादेवी छहरा–८, जलुकेस्थित जलुके झर्नामा साथीहरूसँगै पौडी खेल्न जाँदा बेलुकी ६ बजेतिर डुबेर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो । पछिल्लो समय पाल्पाका विभिन्न स्थानमा डुबेर मृत्यु हुने क्रम बढेको प्रनाउ थापाले बताउनुभयो ।    पाल्पामा पछिल्लो समय डुबेर मृत्यु हुने क्रम बढेको छ । गर्मी छल्न पौडी खेल्ने क्रममा युवा, किशोर–किशोरीको मृत्यु हुने गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

पोखरा:    पोखरा क्रिकेट एकेडेमीको आयोजना तथा युकेको मेरलिबोन क्रिकेट फाउण्डेशन र किडासाको सहयोगमा ब्रेकिङ बाउण्ड्रिज कास्की जिल्ला स्तरीय अन्तर सामुदायिक विद्यालय स्तरिय टी–२० क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ ।   प्रतियोगितामा छात्रतर्फ त्रिभुवन मावि तथा छात्रातर्फ बाराही मावि च्याम्पियन भएको छ ।    पोखरा रंगशालामा छात्रतर्फ सोमबार भएको फाइलन खेलमा त्रिभुवनले जनप्रिय माविलाई ८ विकेटले पराजित गर्दै च्याम्पियन बनेको हो ।   पहिला ब्याटिङ गरेको जनप्रियले १०.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर ३२ रन मात्रै बनाउन सक्यो । जनप्रियका प्रतिक सर्माले ८ रन बनाए । त्रिभुवनका बलर करण यादवले ३ र संगम सुवेदीले २ विकेट लिए ।  जितका लागि ३३ रनको लक्ष्य पछ्याएको त्रिभुवनले ३ ओभर २ विकेट गुमाएर जित हाँसिल ग¥यो । त्रिभुवनका करण यादवले २५ रन हाने ।   छात्रातर्फ बाराहीले सिद्ध माविलाई २ विकेटले पराजित गर्दै प्रथम स्थान हाँसिल ग¥यो । पहिला ब्याटिङ गरेको सिद्धले १५ ओभरमा ४ विकेट गुमाएर ७९ रन बनायो । सिद्धका रचना चौधरीले २० तथा सानिया तामाङ्गले १५ रन जोडे । जितका लागि ८० रनको लक्ष्य सहित मैदान उत्रिएको बाराहीले ११.३ ओभरमा ८ विकेटको क्षतिमा जित हाँसिल ग¥यो । बाराहीका कमला बुढाले १३, सफलता भुजेलले ५ रन बनाए ।  प्रतियोगितामा छात्रतर्फ त्रिभुवन माविका करण यादव बेष्ट ब्याट्स्म्यान, जनप्रियका समिर भट्टराई बेष्ट बलर भए ।   छात्रातर्फ सिद्धका रचना चौधरी बेष्ट व्याटर तथा सिद्धकै सुसिला तामाङ्ग बेष्ट बलर भइन् । विजेता तथा उपविजेता टोलीले ट्रफि, मेडल सहित प्रमाण पत्र पुरस्कार प्राप्त गरे ।   नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य ऋषिराम गौतम, प्रदेश क्रिकेट संघ गण्डकीका अध्यक्ष देवेन्द्र प्रजु, कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल, सहयोगी एमसिसी प्रतिनिधी सचिन शाक्य, आयोजक पोखरा क्रिकेट एकेडेमीका अध्यक्ष बोबिन कुँवर लगायतले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए । 

पोखरा:   पोखरा महानगरपालिकाको ५५ औं कार्यापालिका बैठकले फेवातालको मापदण्ड ३० मिटर तोकेको निर्णय सर्वाेच्च अदालतले खारेज गरेको छ ।   सोमबार न्यायधिश कुमार रेग्मी र हरि फुयाँलको संयुक्त इजलासले सर्वोच्च अदालतले १६ वैशाख २०७५ मा गरेको फैसलालाई नै आधार मानेर फेवातालको मापदण्ड ६५ मिटर नै कायम गरेको हो ।   यस अगाडि १३ असारमा सर्वोच्चका न्यायधिश इश्वर खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले मुद्दाको अन्तिम किनारा नलागाग्दासम्म महानगर पालिकाको ५५ कार्यपालिका बैठकको निर्णय कार्यान्वयन नगर्न र ६५ मिटर भित्र कुनैपनि संरचना निर्माण नगर्न अन्तरिम आदेश दिएको थियो ।   अधिवक्ताहरु खगेन्द्र सुवेदी, सरोजनाथ प्याकुरेल, कृष्णहरि खड्का र दिपेन्द्र प्रसाद घिमिरेले ११ जेठमा सर्वोच्च अदालतमा महानगरको मापदण्ड घटाउने निर्णय विरुद्ध रिट दायर गरेका थिए ।      उनीहरुले १६ चैत २०७८ मा बसेको महानगरको ५५ औं कार्यपालिका बैठकले गरेको फेवाताल लगायत अन्य तालहरुको मापदण्ड घटाउने निर्णय खारेजका लागि उत्प्रेषण÷परमादेशको माग गरेका थिए ।

काठमाडौं:     चार दल मिलेर समाजवादी मोर्चा घोषणा गरेका छन् । सत्तारूढ गठबन्धनमा रहेको नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) र संसदबाहिर रहेको नेकपा कम्युनिस्ट पार्टी मिलेर आज सोमवार समाजवादी मोर्चा घोषणा गरेका हुन् । काठमाडौंको राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा चार दलका अध्यक्षहरूले सहमतिपत्रमा हस्ताक्षर गर्दै समाजवादी मोर्चाको घोषणा गरेका हुन् । सहमतिपत्रमा माअ‍ोवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले हस्ताक्षर गरेका छन् । नेपाली मौलिकतासहितको समाजवाद स्थापना गर्ने र नेपालको संविधानको रक्षा, कार्यान्वयन र विकास गर्ने, विभेदरहित समाज स्थापना गर्ने लक्ष्यसहित मोर्चा गठन गरिएको जसपाका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । मोर्चाले दैनिक कार्यसञ्चालनका लागि एउटा सचिवालय गठन गर्नेछ । मोर्चालाई स्थानीयस्तरसम्म विस्तार गरिनेछ ।    

पोखरा: जिल्ला अदालत कास्कीले प्रभात बसेललाई १ लाख धरैटीमा रिहा गर्न अन्तरिम आदेश दिएको छ ।  अदालतको अनुसार प्रभातले १ लाख धरैटी बुझाएसघैँ रिहा हुनेछन् । एसअघि जिल्ला अदालत म्याग्दीले २ लाख ५० हजार धरैटीमा रिहा गर्न आदेश दिएको थियो । प्रभात माथि एक युवतीले अपहरण, जबरजस्ती करणी र शरीर बन्धक सम्बन्धी आरोपमा  मुद्दा दर्ता गरेकी थिइन् ।

पोखरा:    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको ६ महिनापछि पहिलो अन्तर्राष्ट्रिय चार्टर उडान हुने भएको छ । बुधबार सिचुवान एयरलायन्सको एयरबस ए–३१९ विमानले असार ६ गते चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरामा सिधा उडान गर्न लागेको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि विदेशी वायुसेवाले गर्न लागेको यो पहिलो उडान रहेको नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए । सिचुवान एयरलायन्सको विमानले पोखरामा असार ८ र ९ गते नेपाल–चीन फ्रन्डसीप ड्रागन वोट फेस्टिभलका लागि चिनियाँ पर्यटक तथा खेलाडीहरुलाई चार्टर उडानबाट ल्याउन लागेको हो । चीनबाट उक्त विमानमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित १ सय ३० जनासम्म यात्रु पोखरामा ओर्लिने छन् । पोखरामा राष्ट्रिय सभाका अध्यक्षसहित सांसदहरु प्रदीप यादव, धवलशम्शेर जबरा, दिपा गुरुङ, उदयबहादुर बोहोरा, हरिशंकर चौधरी र जीवन परियार पनि त्यही विमानबाट अवतरण गर्ने कार्यक्रम छ । अध्यक्षका प्रेस सल्लाहकार दुर्गा शर्माका अनुसार, जेठ २७ गते काठमाडौंबाट चीन भम्रणमा अध्यक्षसहित ७ जना सांसद तथा अध्यक्षका प्रमुख स्वकीय सचिव गोविन्द अकेला पौडेल र उपसचिव रामहरि थापा गएका छन् । सबै नौ जना पोखरामै अवतरण गर्ने कार्यक्रम छ । उक्त विमान त्यही दिन पोखराबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण भई काठमाडौंबाट नियमित उडानमार्फत छेन्दु फर्किने सहप्रवक्ता भुलले बताए । यो विमान उत्तरतिरको ब्राभो ३४५ हवाई रुटबाट संखुवासभा पसेर काठमाडौंबाट ओभरफ्लाई गर्दै पोखरा आउने छ। नेपालस्थित चिनीयाँ दूतावासले पर्यटन बोर्ड, पोखरा महानगरपालिकासँग सहकार्य गर्दै आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री, पर्यटनमन्त्री र पर्यटनराज्यमन्त्री सहभागी हुँदैछन् । काठमाडौंस्थित चिनीयाँ दूतावासका डेपुटी चिफ अफ मिसन (डीसीएम) वाङ जिनका अनुसार, ५० भन्दा बढी मुलुकमा आयोजना हुँदै आइरहको यो कार्यक्रम दक्षिण एशियामै पहिलोपटक हुन लागेको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो जेट विमान यसअघि २०२३ जनवरी १ तारिखका दिन हिमालय एयरलायन्सको अवतरण भएको थियो । हिमालयले पहिलो डेमो उडानमा एयरबस ए–३२० विमान काठमाडौंबाट उडाई पोखरामा अवतरण गराएको थियो ।

पाेखरा:   गण्डकीमा ‘राइड सेयरिङ एप’ लाई वैधता दिने तयारी कानूनबर्खिलाप अनलाइनमार्फत गोरखधन्दा चलाइरहेको ‘राइड सेयरिङ एप’ कम्पनीलाई गण्डकी प्रदेश सरकारले नियमन गर्ने तयारी थालेको छ ।   इनड्राइभ लगायतका राइड सेयरिङ एपलाई गण्डकी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालयमा दर्ता गराएर वैधानिक रुपमा सञ्चालन गर्न पाउने वातावरण तय गर्न लागेको हो ।   राइड सेयरिङ कम्पनीले अनुमति लिएर चलाउनुपर्ने व्यवस्था प्रदेश सरकारले प्रस्तुत गरेको आ.व २०८०/०८१ को अर्थसम्बन्धी विधेयकमा उल्लेख छ ।    दुई पांग्रे सवारी कम्पनीको हकमा २५ हजार रूपैयाँ दर्ता शुल्क तिर्नुपर्ने प्रस्तावित विधेयकमा उल्लेख छ  भने वार्षिक नवीकरण शुल्क १२ हजार ५ सय रूपैयाँ प्रस्ताव गरिएको छ ।    यस्तै ४ पांग्रे सवारी कम्पनीको हकमा ५० हजार दर्ता शुल्क र वार्षिक नवीकरण शुल्क वार्षिक २५ हजार रूपैयाँ लाग्ने प्रस्ताव गरिएको छ ।  दुई वा चार पांग्रे सवारी कम्पनीले दर्ता अनुमतिका लागि ७० हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ भने नवीकरणका लागि ३५ हजार शुल्क तिर्नुपर्ने प्रस्तावित विधेयकमा उल्लेख छ ।    गण्डकी प्रदेशको राजधानी पोखरामा प्राय दुई पांग्रे राइड सेयरिङ कम्पनी सञ्चालनमा छन् भने चार पांग्रे सवारी पनि राइड सेयरिङमा आकर्षित देखिएको छ ।    काठमाडौंमा टुटल र पठाओको सेवा अत्याधिक भएपनि पोखरामा भने इन्ड्राइभले सेवा दिदैं आएको छ ।   चलनचल्तिमा पठाओ, टुटल, साधन, सारथी लगायतका एप कम्पनी रहेपनि पोखरामा भने इन्ड्राइभकै बर्चस्व छ ।  तर यसले लुकेर सेवा प्रदान गर्दै आएको छ ।   इनड्राइभले ट्याक्सी व्यवसायी समितिले भन्दा कम शुल्कमा सेवा प्रदान गरेकै कारण लोकप्रिय बनिरहेको हो । ‘फुर्सदको समयमा मात्रै राइड गर्छु, नाम नभन्ने सर्तमा एक राइडरले सुनगाभा न्यूजसँग भने, ‘जे होस् तेल खर्च जुगाड भइराछ । अलि रिक्स छ ट्राफिक र ट्याक्सीसँग जोगिएर हिड्नुपर्छ ।’   राइडरहरु प्रदेश सरकारको कदमप्रति खुशी छन् । ‘हामी कर तिर्न तयार नै थियौ तर सरकारले नियमनै नबनाएर फुल्ली यही पेशालाई अंगाल्न नसकेको अवस्था थियो, अर्का  राइडर हरी गुरुङले भने, ‘अब भने यो पेशालाई नै निरन्तरता दिने हो । बल्ल हाम्रो माग सुने जस्तो आभाष भाको छ ।’ राइड सेयरिङ कम्पनी दर्ता हुनुपर्ने नियम आर्थिक विधेयक २०८० प्रदेश सभाबाट पारित भएपछि आर्थिक वर्ष २०८०/०८१ अर्थात् साउनदेखि लागू हुनेछ । त्यसका लागि सबै कम्पनी तथा राइडरहरुले यही सालको चैत मसान्तसम्म दर्ता गरिसक्नुपर्ने उल्लेख गरिएको छ ।

काठमाडौँ:   प्रतिनिधिसभा सदस्य दीपक खड्का र योगेश भट्टराईले बर्खापछिको बाढी पहिरोले पूर्वी पहाडी जिल्लामा ठुलो जनधनको क्षति भएको भन्दै तत्काल राहत, उद्धार र क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन् ।    आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद दीपक खड्का र योगेश भट्टराईले सभामुखमार्फत राहत र उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।     ‘सङ्खुवासभामा बाढी पहिरोमा परि सुपरहेवामा काम गर्ने मजदुरहरू बेपत्ता भएका छन् । तीन जना घाइते र एक मृत भेटिएका छन्’, खड्काले भने, ‘यसबाहेक विभिन्न ठाउँमा मानिस हराइरहेको सूचना छ । खरबौँको क्षति भएको छ ।’ उनले क्षतिग्रस्त जिल्लाहरूमा तत्काल उद्धार र राहत पुर्याउन सभामुखमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराए ।   एमाले सांसद योगेश भट्टराईले केही दिन देखिको अविरल बर्षाले पूर्वी पहाडका ताप्लेजुङ, तेह्रथुम सङ्खुवासभा र पाँचथर लगायतका जिल्लामा ठुलो जनधनको क्षति भएको बताए । उनले ताप्लेजुङमा ५ जना बेपत्ता भएको भन्दै कति मानिसहरू घर छोडेर बस्न बाध्य भएको, कतिपय घर र विद्यालय भवन जोखिममा परेको ,दोभान बजारका दुई दर्जन घर जोखिममा परेको तथा मेची राजमार्गको पुवा खोलाको पुल अवरुद्ध भएको भन्दै सरकारलाई तत्काल राहत र उद्धारमा ध्यान पुर्याउन माग गरे ।    त्यस्तै अर्का सांसद रामकुमार राईले पनि बाढी पहिरोले पूर्वी पहाडी सङ्खुवासभा लगायतका जिल्लामा भएको ठुलो जनधनको क्षति भएको भन्दै अहिलेसम्म १७ जना बेपत्ता, नौ जनाको मृत्यु भएको खबर आएको भन्दै बेपत्ताहरूको खोजविन गर्न सरकारसँग माग गरे । उनले जलविद्युत, सिँचाइ लगायतका भौतिक संरचनामा ठुलो क्षति भएको भन्दै प्रभावित स्थानका जनतालाई राहत र उद्धार गर्न सरकारसँग माग गरे ।    अर्का सांसद अशोककुमार चौधरीले पूर्वी पहाडी जिल्लामा विपतको अवस्था आएको भन्दै बाढीले हेवा खोलाको पक्कीसहित ५ पुल बगाएको, ताप्लेजुङसँगमा विद्युत् आपूर्ति बन्द भएको, पाँचथरमा बेपत्ता भएकाहरूको खोजी कार्य गर्न सरकारसँग माग गरे ।