पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

काठमाण्डौ:  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सीमित नेताहरूको गृहजिल्लामा धेरै बजेट विनियोजन गरिएकोमा आलोचना गर्दै अन्य सांसदहरू कुन मुख लिएर नागरिककहाँ जाने भन्दै प्रश्न गर्नुभएको छ ।   प्रतिनिधि सभाको आज बिहीवारको बैठकमा बजेटको मन्त्रालयगत शीर्षकमाथिको छलफलका क्रममा सांसद केसीले ‘जसको हात जगन्नाथ’ भनेझैँ गरिएको टिप्पणी गर्नुभयो । प्रधानमन्त्रीको गृहजिल्ला गोरखा, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा र अर्थमन्त्रीको गृहजिल्ला नुवाकोटमा धेरै बजेट विनियोजन गरिएको भन्दै उहाँले भौतिक पूर्वाधार क्षेत्रको बजेट कटौतीको माग गर्नुभयो ।    सांसद केसीले आफ्नो जिल्ला र क्षेत्रमा बजेट पार्न मन्त्रीकहाँ जानुपर्ने अवस्था दुःखद भएको बताउनुभयो । आजको बैठकमा वन तथा वातावरण मन्त्रालय र महिला, बालबालिका तथा ज्येठ नागरिक मन्त्रालयअन्तर्गतका बजेटका शीर्षकमाथि छलफल भइरहेको छ । सम्बन्धित मन्त्री अनुपस्थित भएपछि युवा तथा खेलकुद मन्त्रालयको पूर्व निर्धारित छलफल कार्यसूचीबाट हटाइएको छ । रासस

दैलेख:  दैलेखमा आज बिहीवार दिउँसो ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।   आज बिहीवार तल्लो डुङ्गेश्वरबाट दुल्लु जाँदै गरेको प्रदेश १ ०२ ००३ त २८२६ नम्बरको ट्र्याक्टर दुल्लु नगरपालिका–१ डाडापानीमा दुर्घटना हुँदा स्थानीय डिलमाया खड्काको ज्यान गएको हो ।    दुर्घटनामा तीन जना घाइते भएकामा डिलमायाको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख किशोर लम्सालले जानकारी दिनुभयो ।   घाइते दुई जना जानुकुमारी खड्का र भरत शर्माको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ र चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

काभ्रेपलाञ्चोक:  काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ श्यामपाटी सिमलचौरका वडा सदस्य ज्ञानी विकको कुटपिटबाट ज्यान गएको छ ।    जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक ९डीएसपी० ढुण्डीराज न्यौपानेका अनुसार श्रीमानको कुटाइबाट गम्भीर घाइते हुनुभएकी उहाँको धुलिखेल अस्पतालमा उपचारका क्रममा आज बिहीवार बिहान ज्यान गएको हो ।   श्रीमान् शम्भु विकले जेठ २९ गते राति १० बजे जाँड–रक्सी खाएर कुटपिट गरेका थिए । विकको शव परीक्षणका लागि धुलिखेल अस्पतालमा राखिएको छ ।    कुटपिट गर्ने उहाँका श्रीमान् शम्भु विकलाई पक्राउ गरेर घटनाबारे थप अुनसन्धान भइरहेको डीएसपी न्यौपानेले जानकारी दिनुभयो ।

काठमाण्डौ:  कोशी प्रदेशमा सरकारले अध्यादेशमार्फत बजेट जारी गरेको छ । कोशी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले अध्यादेश जारी गर्नुभएको हो ।    खापुङ्गले कोशी प्रदेश आर्थिक अध्यादेश- २०८० र कोशी प्रदेश विनियोजन अध्यादेश-२०८० जारी गर्नुभएको छ । दुवै अध्यादेश आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका मुख्यमन्त्री हिक्मत कार्कीले अहिले साढे ३ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने कार्यक्रम छ ।    नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभएका एमालेका मुख्यमन्त्री कार्कीले कानुनी जटिलताका कारण आजै बजेट प्रस्तुत गर्न लाग्नुभएको हो । प्रदेश सरकारले असारको १ गते बजेट प्रस्तुत गर्ने व्यवस्था छ । अध्यादेशबाट बजेट ल्याउन मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सभाको चालु बर्खे अधिवेशन गए राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिसक्नुभएको छ ।

काठमाण्डौ:  नेकपा ९एकीकृत समाजवादी० का सांसद प्रेम आलेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विगत तीन महिनामा नेपाल वायु सेवा निगमले चार अर्ब रुपैयाँ नाफा कमायो भनेर झुटो बोलेको दाबी गर्नुभएको छ ।   बिहीवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा सांसद आलेले यस्तो दाबी गर्नुभएको हो । उहाँले निगम ९नेपाल एअरलाइन्स० को यथार्थ आर्थिक अवस्थाको बारेमा संसद्लाई जानकारी गराउन माग गर्नुभयो । उहाँले थन्किएका जहाजलाई व्यवस्थापन गर्न मन्त्रीलाई चुनौती दिनुभयो । उहाँले पर्यटनमन्त्री किरातीलाई ुस्टन्टु मन्त्रीको संज्ञा दिनुभयो ।   उहाँले भन्नुभयो, ‘यस वर्ष महालेखा प्रतिवेदन र अर्थ मन्त्रालयको आर्थिक सर्वेक्षणमा नेपाल वायु सेवा निगमको घाटा एक अर्ब ७० करोड रुपैयाँ देखिएको छ । वायु सेवाको कुल ऋण ५० अर्ब रुपैयाँ नाघिसकेको छ । तर तीन महिनामा निगमले चार अर्ब नाफा कमायो भनी पर्यटनमन्त्रीले सञ्चारमाध्यममा झुटो बोलेको सुनियो । के हो यो रु आजको दिनमा नागरिकलाई भ्रम छर्न पाइँदैन । यो सदनमार्फत निगमको यथार्थ आर्थिक अवस्था कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको लाखौँ बचतकर्तालाई स्पष्ट जानकारी गराइयोस् ।    बैठकमा मन्त्री आलेले पशुपति क्षेत्रको जग्गा बिचौलियाले अपचलन गरेको बताउनुभयो । उहाँले पशुपतिको मूर्ति तथा बहुमूल्य सम्पदा चोरिँदा पनि पर्यटनमन्त्री र पदाधिकारी मस्त निद्रामा रहेको आरोप लगाउनुभयो । 

काठमाडौं:   अनलाइन बेटिङ एप ‘वान एक्स बेट’मा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा कलाकारसहित ८ जना पक्राउ परेका छन् ।   पक्राउ पर्नेहरुको सूचिमा ‘बल्छी ध्रुबे’ नामले पचिरित कलाकार मरिचमान श्रेष्ठसमेत रहेको प्रहरी सुत्रले जनाएको छ ।   काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार वानएक्स बेटमा सट्टेबाजी खेलाउने र यसको विज्ञापन गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।   अनलाइन बेटिङ एप ‘वान एक्स बेट’ लाई नेपालको कानून अनुसार अवैध धन्दा मानिन्छ ।   पक्राउ परेका कलाकारहरूले युट्युबमार्फत् वानएक्स बेटको विज्ञापन गरेको आरोप छ । युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको देखिन्छ ।  यसरी कलाकार एवं युट्युबरहरूले विज्ञापन गरेर बेटिङमा युवापुस्तालाई आकर्षण गर्ने गरेको भन्दै कार्यालयले अपरेसन चलाएको हो । त्यसरी अपरेसन चलाएर बुधबारमात्रै बेटिङका पाँच जना एजेन्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।    पाँच जनाले मात्रै ७४ करोडको कारोबार गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो ।  

भोजपुर:  भोजपुरको टेम्केमैयुङ गाउँपालिका ९ गोगने स्थित राउते खोलाले बगाएर सोही गाउँपालिकामा कार्यरत सब-इन्जिनियर मन्दिप राईको मृत्यु भएको छ ।   बुधबार परेको वर्षाका कारण गोगने–लेर्खक जोड्ने सडक खण्ड अन्तर्गत राउते खोलामा निर्माणाधीन पक्की पुलको पानी कटान गर्ने क्रममा बुधवार राति १२ बजे राईलाई खोलाले बगाएको प्रहरीले जनाएको छ ।    प्रहरीका अनुसार वर्षाले पुलको जग र ढलान बगाउने भएपछि जोगाउन एक्स्काभेटर काम गर्दै गर्दा एक्कासि खोला बडेपछि खोला तर्न खोज्दा राईलाई बगाएको हाे ।   एक्स्काभेटर चालक सम्राट् केसी तत्काल हाम फालेर सुरक्षित भएका थिए । राई भने हाम फाल्न नसकेपछि खोलाले बगाएकाे थियाे ।   घटना लगतै प्रहरी चौकी पान्धारे र कोट बाट खटिएको प्रहरी टोली र स्थानीयले खोजी गरी उनलाई बिहीबार (आज) बिहान साढे ६ बजे मृत अवस्थामा बाढीले बगाएको ठाउँभन्दा तीन किलोमिटर तल आधा पुरिएको अवस्थामा भेटेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । 

काठमाडौं:   संयुक्त राष्ट्र इमिरेट्स (यूएई) ले नेपालका घरेलु श्रमिक (हाउसमेड) का लागि न्यूनतम तलब ४ सय डलर (१४ सय ६९ दिराम) दिन सहमत भएको छ ।      यो समझदारी भएसंगै नेपालबाट घरेलु श्रमिक लैजाने यूएईको ६ वर्षदेखिको निरन्तर पहल समेत सफल हुने भएको छ ।   नेपाल र यूएईबीच बुधबार काठमाडौंमा सम्पन्न उच्चस्तरीय श्रम बैठकले घरेलु श्रमिकको न्यूनतम तलब, सुरक्षा र तालिमलगायतको विषयलाई टुंग्याएको हो ।   बैठकमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेल र यूएईका तर्फबाट समकक्षी अब्दुला अलि अल नुएमीले नेतृत्व गरेका थिए । नुएमी घरेलु श्रमिक मामिलाका प्रमुख पनि हुन् ।   नेपालले राखेको न्यूनतम तलब अन्य देशको तुलनामा सबैभन्दा बढी हो । अहिलेसम्म घरेलु श्रमिकको लागि सबैभन्दा बढी फिलिपिनीलाई १४ सय दिराम दिने गरेको छ । त्यसपछि भारतीयलाई एक हजार, श्रीलंकाली ८ सय २५, इन्डोनेसियाली ८ सय र बंगलादेशीको ७ सय ५० दिराम तोकिएको हो ।     नेपालले भने सबैभन्दा बढी १४ सय ६९ दिराम ९५२ हजार रुपैयाँ० दिनुपर्ने प्रस्ताव राखेको हो । यसमा नुएमीको ५ सदस्यीय टोली सहमत देखिएको छ । जब कि औपचारिक क्षेत्रमा यूएईमा जाने नेपाली श्रमिकको न्यूनतम तलब ८ सय दिराम मात्रै छ । ‘यूएई जसरी पनि नेपालबाट घरेलु श्रमिक लैजाने गरी बैठकमा सहभागी भएको थियो । नेपालले राखेको सबै सर्तहरूलाई पूरा गर्ने पक्षमा देखियो,’ बैठकमा सहभागी एक अधिकारीले कान्तिपुरलाई भने, ‘नेपालले राखेको न्यूनतम तलब दिन तयार देखियो ।’   श्रम सम्झदारी भएको नेपाल र यूएईबीच काठमाडौंमा बसेको ३–४ नोभेम्बर २०१९ को उच्चस्तरीय बैठकमा घरेलु श्रमिकसँग सम्बन्धित प्रोटोकल बनाउने सहमति भएको थियो । जसअनुसार घरेलु श्रमिक ल्याउने जिम्मेवारी पाएको ‘तड–विर सेन्टर’ ले धरौटीबापत नेपाली दूतावासमा १५ हजार अमेरिकी डलर राख्ने सहमति भएको थियो । बैठकमा नुएमीले पहिलो बैठकमा गरिएको सहमतिअनुसार अब नेपालले घरेलु श्रमिक पठाउनुपर्नेमा जोड दिएका थिए । ‘यूएईले घरेलु श्रमिकका सबै सुरक्षालाई सम्बोधन गर्छ ।   यूएईले २०२२ मा घरेलु श्रमिकसम्बन्धी कानुन ल्याएको छ । जसअनुसार घरेलु श्रमिक ल्याउने रोजगारदाता (स्पोन्सर) को न्यूनतम तलब १५ हजार दिराम हुनुपर्ने छ ।   तड–विर सेन्टरको स्पोन्सरमा भएको घरेलु श्रमिक लैजाने भए स्पोन्सरको न्यूनतम तलब १० हजार दिराम तोकिएको छ । रोजगारदाताले तलब सुरक्षा प्रणालीअनुसार बैंकमार्फत पहिलो महिनाको १० दिनभित्र तलब दिनुपर्ने, साप्ताहिक बिदा, १२ घण्टा काम, वर्षमा ३० दिनको भुक्तानी बिदा, ३० दिनको बिरामी बिदा, स्वास्थ्य बिमा, मर्यादित आवास, दुई वर्षमा दोहोरो हवाई टिकटलगायतको सुविधा दिनुपर्ने बाध्यकारी नियम बनाएको छ ।   अन्तर्राष्ट्रिय श्रम संगठन ९आईएलओ० को घरेलु श्रमिकसम्बन्धी प्रतिवेदन–२०२१ को अनुसार यूएईमा ८ लाख ९० हजार ३२ जना घरेलु श्रमिक कार्यरत थिए । जुन यूएईमा भएको कुल आप्रवासी श्रमिकको १२।३ प्रतिशत हो । यसमध्ये नेपाली घरेलु श्रमिक कति छन् भन्ने खुलाइएको भने छैन ।   भिजिट भिसामार्फत यूएई पुगेको महिलालाई घरेलु भिसामा परिवर्तन गरी काम लगाइरहेको छ । यूएई नेपाली महिला कामदारको पहिलो गन्तव्य मुलुक हो । गत आर्थिक वर्षमा श्रम स्वीकृति लिई जानेमध्ये ३९ प्रतिशत महिला यूएई गएका थिए ।   २०७३ मा पहिलो पटक यूएईमा संस्थागत रूपमा ९म्यानपावर० ले घरेलु श्रमिक पठाउने प्रक्रियालाई संसदीय समितिले श्रम सम्झौता नभएसम्मका लागि भन्दै रोकिएको थियो ।   बुधबारको बैठकले भने शून्य लागतमा श्रमिक जान पाउने गरी नेपाल र संयुक्त अरब इमिरेट्स यूएईबीच चार वर्षअघि भएको श्रम सम्झौतालाई नवीकरण भएको छ । जुन बुधबार नै सकिँदै थियो । यूएईसँगको श्रम सम्झौताले रोजगारदाता पे मोडललाई स्वीकार गरेको छ ।

काठमाण्डौ:  सरकारले मुख्यसचिवमा डाक्टर वैकुण्ठ अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ ।    आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले सरकारको मुख्यसचिवमा डा वैकुण्ठ अर्याललाई नियुक्त गर्ने निर्णय गरेको हो ।   सचिवहरुमध्येमा वरिष्ठताका आधारमा अर्याललाई मुख्यसचिवमा नियुक्त गरिएको परराष्ट्रमन्त्री नारायणप्रसाद (एन पी) साउदले बताएका छन् । उनले मन्त्रिपरिषद्को बैठकले मुख्यसचिवका रुपमा कार्यरत शङ्करदास बैरागीलाई भने राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरेको बताए।   तीन महिनापछि अनिवार्य अवकाश पाउने बैरागीलाई सरकारले मुख्यसचिवबाट राजीनामा दिन लगाइ राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरेको हो ।