प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल निर्वाचित भएको घोषणा गर्नुभएको छ ।   आइतबार बिहान ११ बजे सिंहदरबारस्थित निर्मा...

पोखरा:   पोखरामा किरात समुदायले सामुहिक रुपमा आफ्नो समुदायको राष्ट्रिय चाडको रुपमा साकेला उभौली (वैशाख पूर्णिमा) पर्व मनाएका छन् ।    २०४८ सालदेखि हरेक वर्ष मनाउँदै आएका किरात सेवा समाज कास्कीले माङखिममा प्रकृति पुजा तथा विविध साँस्कृतिक कार्यक्रमको आयोजना गर्दै आज (शुक्रबार) उभौली पर्व मनाएका हुन् ।     किँरात सेवा समाज कास्कीका निवर्तमान अध्यक्ष लोकेन्द्र चाम्लिङ राईका अनुसार विशेषगरी वर्षमा साकेला दुई पटक मनाउने प्रचलन छ । उधौली पर्वका रुपमा मंसिरको पूर्णिमा र उभौलीका रुपमा वैशाखको पूर्णिमाको दिनमा साकेला पर्व मनाउने प्रचलन छ ।    आज सोही अनुरुप वैशाख पूर्णिमाको दिन उभौली साकेला पर्व मनाएको राईले बताए । ‘हामी प्रकृतिपुजक नै हौ । उभौली र उधौली गरी हामीले वर्षमा दुईपटक साकेला पर्व मनाउछौ, उनले भने,‘मंसिरका पूर्णिमाको दिन मनाउलेलाई उधौली भन्छौ जो अन्नवाली स्याहार्ने समय हो भने अहिले मनाउने भनेको अन्नवाली रोप्ने समय हो यस्लाई उभौली भन्ने गर्छा । यसरी वर्षमा दुई पटक पर्व मनाउने प्रचलन छ ।’   उनले किरात समुदाय गण्डकी प्रदेशको रैथाने नभएपनि पूर्वबाट पोखरा बसाईसरेका र विभिन्न कामकाजका लागि पोखरामा रहेका किरातीहरुले सँयुक्त रुपमा उभौली पर्व मनाएको सुनाए । ‘पहिलेपहिले आफ्नो भवन थिएन शान्तिवनमा बनभोज गरेर मनाउने गर्थाै, उनले भने, ‘अहिले आफ्नै समाजघर छ । अचेल यही मनाउने गरेका छौं । यसले एकताको सन्देश पनि दिएको छ ।’   उनका अनुसार कास्कीका करिब ७ हजार बढी किँरातीहरु बसोबास गर्दै आएका छन्  । आ –आफ्नो कामका शिलशिलाले गर्दा पूर्वमा जस्तो रौनक भने भेटिदैन । यद्यपी आफ्नो संस्कार र संस्कृति जगेर्ना गर्नुपर्छ भन्ने भावनाको विकास भएको पाइन्छ । त्यसैले सामुहिक रुपमा पोखरामा उभौली उधौली पर्व तामझामका साथ मनाउदै आएको छ ।    सो साकेलामा पूर्वको ताप्लेजुङ, पाँचथर, ईलाम, धनकुटा लगायतका समुदायको उपस्थिति रहदै आएको छ ।    साकेला नाच्दा डोलक र झ्याम्टासहित किँरात पोशाक अपरिहार्य मानिन्छ । आफुलाई किँरात पोशाक लगाउन पाउँदा निकै खुशी लागेको बताउदै पहिचान र अस्तित्व संरक्षणको जिम्मा युवाहरुको काधमा आएको रुविना राईले बताइन् । ‘म आज मात्रै होइन सधै आउँछु । मैले लगाएको किरात ड्रेस हो, उनले भनिन्, ‘हामीले मात्रै होइन  यो पहिरन लगाएको हाम्रो बाउ बाजेको समयदेखि नै लगाउनु भएको हो त्यसैले यसलाई लोप हुन नदिनु हाम्रो दायित्व हो ।’   उनले किरात समुदायको संस्कार र संस्कृतिको संरक्षण गर्न सम्बन्धित समुदाय कै कस्सिनुपर्ने सुनाइन् । ‘हाम्रो भाषा, धर्म, र अस्तित्व जोगाउन हामी नै त लाग्नुपर्छ । किनभने यो हाम्रो सम्पत्ति हो,’ उनले भनिन् ।   तस्बिरहरू: बिबि रोका मगर/सुनगाभा न्यूज ​                        

काठमाडौं:    नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले यही वैशाख २६ गते सचिवालय बैठक बोलाइएको जानकारी दिए । उनका अनुसार ललितपुरस्थित पार्टी मुख्यालयमा बस्ने सचिवालय बैठकले आगामी केन्द्रीय कमिटीको बैठकको एजेण्डा तय गर्नेछ । एमालेको केन्द्रीय कमिटी बैठक झापामा यही वैशाख २८ देखि ३० गतेसम्म बस्दैछ । गत मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि एमालेको केन्द्रीय कमिटी बैठक पहिलो पटक बस्दै छ । 

सङ्खुवासभा:     सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ मा सिम्रिक एअरको हेलिकोप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।   दुर्घटनामा स्थानीय भविन गुरुङको मृत्यु भएको सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र गोदारले जानकारी दिए ।  हेलिकप्टरमा रहेका चार जना गम्भीर घाइते भएका उनले बताए । आज शुक्रवार दिउँसो १ बजेर १० मिनेटमा भोटखोला-४ हम्मरेडाँडामा रुखमा ठोक्किएर हेलिकोप्टर दुर्घटना भएको प्रहरीको भनाइ छ ।   मृतक गुरुङ हेलिकोप्टरमा सहयोगीका रूपमा काम गर्दै आएका थिए । दुर्घटनामा पाइलट सुरेन्द्र पौडेल, को-पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शङ्कर गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि काठमाडौं पठाइएको छ । 

सङ्खुवासभा:    सङ्खुवासभाको भोटखोलामा हेलिकप्टर दुर्घटनामा परी गम्भीर घाइते भएकाहरुलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।गम्भीर घाइते भएका पाईलट सुरेन्द्र पाण्डे र स्थानीय भविन गुरुङलाई उपचारका लागि हेलिकप्टरमार्फत् काठमाडौं लगिएको हो । पाइलट पाण्डेलाई सिम्रिक एयरको हेलिकप्टरबाट र स्थानीय गुरुङलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार गुरुङ अचेत अवस्थामा छन् भने पाण्डे सामान्य बोल्न सक्ने अवस्थामा रहेका छन् । हेलिकप्टरमा सवार स्थानीय दुई जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।   भोटखोला गाउँपालिका –५ को राप्साबाट उडेको हेलिकप्टर भोटखोला –४ नम्बरको दिदिङ्खा भन्ने स्थानमा अवतरणको क्रममा आज शुक्रबार दिउँसो १ः२० बजे दुर्घटना भएको हो । उक्त हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटना भएको प्रहरी कार्यालयले जनाएको छ ।  हेलिकप्टर अवतरणको क्रममा पङ्खा पहाडीको भीरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, डिएस्पी बिरेन्द्र गोदारले जानकारी दिए ।

पोखरा:   मनाङ मर्स्याङ्दी क्लबको प्रशिक्षकमा पोखरेली विष्णु गुरुङ नियुक्त भएका छन् ।  गुरुङ हाल जारीसहित दुई सिजनका लागि क्लबको प्रशिक्षकमा बिहीबार अनुबन्धित भएका हुन् ।   हिजो (बिहीबार) क्लबका अध्यक्ष विजय घले र मुख्य प्रशिक्षक गुरुङले औपचारिक सम्झौता पत्रमा हस्ताक्षर गरे ।    सहिद स्मारक ए डिभिजन लिगमा लगातार खराब प्रदर्शन गरेपछि यसअघिका प्रशिक्षक किरण श्रेष्ठले राजीनामा दिएका थिए ।    अब मनाङ मर्स्याङ्दी  क्लबको प्रशिक्षकको जिम्मेवारी सम्हाल्न लागेका गुरुङ अन्य विभिन्न ए डिभिजन क्लबहरुमासमेत प्रशिक्षणको काम गरिसकेका छन् ।    मनाङको नयाँ प्रशिक्षकका रुपमा नियुक्त भएपछि खेल सुध्रर्ने आशा गरिएको क्लबले जनाएको छ ।    जारी लिगको १३ राउन्डको खेल सकिदा मनाङ पछिल्ला ६ खेलमा पराजित भएको थियो । लिगमा मनाङको यो अहिलेसम्मकै खराब प्रदर्शन हो ।     लिगको सर्वाधिक आठ पटकको च्याम्पियन मनाङ लगातार ६ खेलमा पराजित हुने क्रममा चर्च ब्वाइज, नेपाल पुलिस, खुमलटार, त्रिभुवन आर्मी, जावलाखेल र सातदोबाटोसँग पराजित भएको थियो ।

रुपन्देही:    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुद्धको जन्मले नेपाललाई विश्वमा चिनारी मात्रै नभई धार्मिक पर्यटनको माध्यमबाट असीमित सम्भावनासमेत उपलब्ध गराएको बताउनुभएको छ ।    शुक्रबार २५६७ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस २०८० को अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनु भएको हो ।   उहाँले भन्नुभयो, ‘‘ईशापूर्व ६२३ मा शाक्यमुनि बुद्धको जन्म लुम्बिनीको सुन्दर बगैंचामा भयो । नेपाली भूमिमा बुद्धको जन्म नेपाल र नेपालीका लागि गर्वको विषय हो । उहाँको जन्मले नेपाललाई विश्वमा चिनारी मात्रै नभई धार्मिक पर्यटनको माध्यमबाट असीमित सम्भावनासमेत उपलब्ध गराएको छ ।’’ प्रधानमन्त्रीले संसारभरिका चार अर्बभन्दा बढी बौद्ध समुदायले जीवनमा एक पटक आउनैपर्ने पवित्रस्थलका रूपमा रहेको लुम्बिनीको सम्भाव्यता कति होला ,अन्दाज गर्न गाह्रो रहेको बताउनुभयो । उहाँले अनुमान मात्रै गर्दा पनि एकसाथ श्रद्धा र आनन्दको अनुभूति हुने धारणा व्यक्त गर्नुभयो ।   प्रधानमन्त्री प्रचण्डको सम्बोधनको पूर्णपाठ ईशापूर्व ६२३ मा शाक्यमुनि बुद्धको जन्म लुम्बिनीको सुन्दर बगैंचामा भयो । नेपाली भूमिमा बुद्धको जन्म नेपाल र नेपालीका लागि गर्वको विषय हो । उहाँको जन्मले नेपाललाई विश्वमा चिनारी मात्रै नभई धार्मिक पर्यटनको माध्यमबाट असीमित सम्भावनासमेत उपलब्ध गराएको छ । संसारभरिका चार अर्बभन्दा बढी बौद्ध समुदायले जीवनमा एकपटक आउनैपर्ने पवित्रस्थलका रूपमा रहेको लुम्बिनीको सम्भाव्यता कति होला रु अन्दाज गर्न पनि गाह्रो छ । तर अनुमान मात्रै गर्दा पनि एकसाथ श्रद्धा र आनन्दको अनुभूति हुन्छ । प्रचुर सम्भावना हुदाँहुँदै पनि ती सम्भावनालाई सदुपयोग गर्न नसक्नु हाम्रो कमजोरी हो । वर्तमान सरकारले यस तथ्यलाई ह्रदयङ्गम गरी कार्य अगाडि बढाउने छ ।  तत्कालीन पाल्पाका गभर्नर जनरल खड्गशम्शेर र जर्मन पुरातत्वविद् एलियस फुहररले जंगलको बीचमा सन् १८९६ मा प्रस्तर स्तम्भ फेला पारे । उक्त स्तम्भको उत्खनन् गर्दा स्तम्भमा शिलालेख देखियो । ब्राम्ही लीपि र पाली भाषामा उत्कीर्ण गरिएको उक्त शिलालेखको अनुवाद भएपछि उक्त स्तम्भ रहेको लुम्बिनी नै शाक्यमुनि बुद्धको जन्मस्थल भएको तथ्य पत्ता लाग्यो । लुम्बिनी अशोक स्तम्भको शिलालेखको दोस्रो हरफको अंश–“हिद बुधेजाते शाक्यमुनिति” अर्थात् “यहाँ शाक्यमुनि बुद्धको जन्म भयो” र चौंथो हरफको अंश “हिदे भगवान जातेति लुमिनी गामे” अर्थात् “यस लुम्विनी गाउँमा भगवानको जन्म भएकाले” भन्ने वाक्यांशहरूबाट शाक्यमुनि बुद्धको जन्म लुम्बिनीमा भएको प्रमाणित हुन्छ । त्यति मात्रै होइन यस लुम्बिनी स्तम्भले शाक्यमुनि बुद्ध केवल पौराणिक मात्र नभई ऐतिहासिक व्यक्तित्व हुनुहुन्थ्यो भन्नेसमेत प्रष्ट्याउँछ । सम्राट अशोकले ईशापूर्व २४९ मा शाक्यमुनि बुद्धको जन्मस्थल लुम्विनी, क्रकुछन्द बुद्धको जन्मस्थल गोटीहवा र कनकमुनी बुद्धको जन्मस्थल निग्लिहवामा शिलालेखसहितको एक–एक वटा गरी जम्मा ३ वटा स्तम्भ स्थापना गर्नुभयो । ती स्तम्भका शिलालेख, चिनिया तीर्थयात्रीहरूका यात्रा वृत्तान्त, पुरातात्विक उत्खनन् समेतबाट नेपालको रुपन्देही र कपिलवस्तु जिल्लामा ३० किलोमिटरको दूरीभित्र ३ वटा बुद्धको जन्म भएको भन्ने तथ्य प्रमाणित भयो । साथै नवलपरासी जिल्लामा अवस्थित रामग्रामको स्तुपमा शाक्यमुनि बुद्धको अस्तुधातु संरक्षित रहनुले वृहत्तर लुम्विनीलाई बुद्धहरूको भूमि बनाएको छ । यस्तो तीर्थस्थल जहाँ एक घण्टाको यात्रावाट ३ वटा बुद्धको जन्मस्थल पुग्न सकिन्छ, संसारमा कहिँ पनि छैन । त्यसैले बृहत्तर लुम्विनी क्षेत्र सर्वोत्कृष्ट बौद्ध तीर्थस्थल हो भन्दा अतिशयोक्ति हुँदैन । वर्तमान सरकार बृहत्तर लुम्बिनी क्षेत्रमा रहेका ऐतिहासिक सम्पदाहरूको संरक्षण गर्दे दिगो विकासका लागि बृहत्तर लुम्बिनी गुरुयोजनाको कार्य थालनी गर्न तत्पर छ । सम्पूर्ण मानव जातिको साझा धरोहर तथा विश्व सम्पदा पवित्र लुम्विनीको द्रुत विकासका लागि सरकारले लुम्विनीलाई राष्ट्रिय गौरवको आयोजनामा सामेल गरी लुम्विनी गुरुयोजनाको कार्य अगाडि बढाइरहेको छ । अन्तर्राष्ट्रिय दातृराष्ट्र तथा संघ संस्थाहरूको समेत सहयोग तथा सहभागितामा सरकारले कपिलवस्तु क्षेत्र, देवदह क्षेत्र तथा रामग्रामको पुरातात्विक उत्खनन्, संरक्षण, प्रवर्द्धन तथा विकास गरी स्थानीयबासीलाई विकासको प्रतिफल दिलाउन भगिरथ प्रयत्न गर्नेछ । नेपाल सरकारले २०६८ सालमा गठन गरेको बृहत्तर लुम्बिनी राष्ट्रिय निर्देशक समितिकोे अध्यक्षको हैसियतमा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै म न्युयोर्क पुगेर संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव बान कि मुनसँग समेत बृहत्तर लुम्बिनी क्षेत्रको दिगो विकासका लागि छलफल गरेको स्मरण गर्दछु । सम्भावित विश्व सम्पदा सूचीमा सन् १९९६ देखि सूचीकृत प्राचीन कपिलवस्तुको राजधानी शहर तिलौराकोट क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रियालाई राष्ट्रिय प्राथमिकतामा राखी प्राचीन स्मारक संरक्षण क्षेत्र घोषणा गरिसकिएको छ । यस सन्दर्भमा सरकारको प्रयत्न र अभियानमा सहयोग गर्न म स्थानीय तथा सरोकारवालाहरूलाई अपिल गर्दछु । पूर्वीय सभ्यताको आलोकको रूपका आधुनिक विकासका उपलब्धिले मानवीय विवेक र चिन्तन धारा ध्वस्तप्रायः भइसकेको आजको समयमा अहिंसावादी बौद्ध दर्शनको सान्दर्भिकता अझ बढ्दै गएको छ । संसारका प्रायः सबै धर्म–संस्कृतिले जीवन र जगत्को सारतत्व मनन गरेर उज्यालो पक्षको अनुसरण गर्न प्रेरित गर्छन् । दार्शनिक दृष्टिले यस दर्शनको सबैभन्दा महत्त्वपूर्ण विषय प्रतीत्य–समुत्पाद हो । यसको शाब्दिक अर्थ हो, सापेक्ष कारणतावाद अर्थात् कुनै एक वस्तुको उपस्थितिमा अर्को वस्तुको उत्पत्ति हुनु । शून्यता र भविता अर्थात् केही नहुनुको भावार्थमा केही हुनु भन्ने आयामको गहनतालाई प्रतीत्य–समुत्पादले बुझाउँछ । अस्तित्व सत्ताको स्वरूप अस्ति वा नास्ति अर्थात् भए वा नभए, छ वा छैन, दुवै छ वा दुवै छैन भन्ने भावको चतुष्कोटी सिद्धान्तलाई वस्तुको यथार्थ स्वभाव हो भनी बौद्ध माध्यमिक दर्शनका प्रणेता आचार्य नागार्जुनले परिभाषित गरेका छन् । अनात्मा र अनित्यलाई स्वीकार गर्ने वैभाषिक र सौत्रान्तिक सिद्धान्तले वस्तुको परिवर्तित गुणलाई स्वीकार गर्छ । बलिरहेको दीपशिखाको अनन्त ज्योति र प्रवाहमय नदीको अनन्त धाराको परिवर्तित अस्तित्वको लक्षणार्थमा विज्ञान सत्ताको क्षणिकतालाई बोध गराउने भएकाले प्रतीत्य–समुत्पादलाई अनित्यवाद र क्षणिकवाद पनि भनिन्छ । अस्तित्वको अनित्यतालाई प्रतीत्य–समुत्पादबाट प्रमाणित गर्न सकिन्छ । वस्तुको स्वभाव क्षण, प्रतिक्षण परिवर्तन भइरहने भएकाले नै  अनित्यवादलाई क्षणिकवाद भनिएको हो । दार्शनिक दृष्टिले प्रतीत्य–समुत्पादभित्र ३ दाशर्निक पक्ष छन्, अनीश्वरवाद, अनित्यवाद र क्षणिकवाद । पूर्वीय समाज र दर्शनको विकास प्रक्रिया विश्व मानचित्रमा नै अग्रणी मानिँदै आइएको छ । पूर्वीय सभ्यता, दर्शन र चिन्तन परम्पराका दृष्टिले हामी वैशवशाली र गौरवशाली दुबै छौँ । किराँत दर्शन, बुद्ध दर्शन, षड्दर्शन लगायतका नेपाली दर्शनहरूमा भौतिकवादी चेत, गतिको नियम, नैतिक शिक्षा र जीवन मूल्यका अनगिन्ती आयामहरू छन् । तिनीहरूको वैज्ञानिक खोज एवं अनुसन्धानका आधारमा नेपाली दर्शनको संरक्षण, प्रवर्धन एवं विकासका निम्ति नेपाली बौद्धिक समुदायले विशेष पहल लिन आवश्यक छ । हाम्रो आफ्नो मौलिक दर्शन र चिन्तन परम्परालाई नजरअन्दाज गरेर हाम्रो दर्शन, सभ्यता र समृद्धिको यात्रामा सफलता प्राप्त गर्न पनि सकिँदैन । ज्ञान र दर्शनको कुनै राष्ट्रिय सीमा हुँदैन, मानवजातिले विश्वभरि आर्जन गरेका ज्ञान र अनुभवहरू हामी सबैका साझा सम्पत्ति र गौरवसमेत हुन्, यद्यपि हामीले हाम्रो विशिष्टता र मौलिकताको सम्वर्धन र विकास गरेर मात्र ज्ञानविज्ञानको क्षेत्रमा नयाँ पहल लिन सक्छौँ । मौर्य वंशका चक्रवर्ती राजा अशोक युद्धबाट शान्तिको मार्ग अनुशरण गर्दा जीवनको उत्तरार्धमा बुद्धका अनुयायी भएको प्रसङ्ग हाम्रो सन्दर्भमा विशेष स्मरणीय छ । नेपाली समाजको आमूल परिवर्तनको आकांक्षासहित सुरू गरिएको महान् जनयुद्ध संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासहित शान्तिप्रक्रियामा रूपान्तरण हुनु, क्रान्तिको नेतृत्व गरेको पार्टी र त्यसको नेतृत्वले विस्तृत शान्ति सम्झौतामार्फत् क्रान्ति र शान्तिलाई एकअर्काको परिपुरकका रूपमा व्यवहारसिद्ध गर्नु तथा राजनीतिक, आर्थिक, सामाजिक रूपान्तरणको सफल नेतृत्व गर्नुले बुद्धका शिक्षाहरूबाट हामी प्रभावित मात्र होइन, हाम्रो विशिष्टता र मौलिकतामा देश र जनताको सार्वभौम हितका निम्ति अनुशरणसमेत गरिरहेका छौँ भन्न सकिन्छ । तर, यसलाई जसरी विश्लेषण र संश्लेषण गरेर विश्वशान्तिका निम्ति स्वामित्व लिनुपर्थ्यो, त्यसमा कतै हामी चुकिरहेका त छैनौँ भन्ने अनुभूत हुन्छ । यसतर्फ ध्यान दिन म बौद्धिक समुदायलाई अपील पनि गर्दछु । अन्त्यमा २५६७ औं बुद्ध जयन्ती एवम् लुम्बिनी दिवस २०८० सफल पार्न मन, वचन र कर्मले सहयोग गर्ने सम्पूर्ण स्वदेशी तथा विदेशी महानुभावहरूलाई हार्दिक आभार प्रकट गर्दै स्वदेशी तथा मित्र राष्ट्रहरूका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूलाई सुःख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै बिदा हुन्छु, धन्यवाद ।

पोखरा:    बागलुङ जिल्ला खेलाडीहरुको उर्वर भुमिका रुपमा परिचित छ । जुन जिल्लाका विभिन्न दुरदराजमा व्यक्ति भुईमान्छेका रुपमा जन्मिन्छ । त्यहि साधारण जीवन लिएर जन्मिएको भुईमान्छे कालान्तरमा एक सर्वप्रतिष्ठित र देशकै गहनाको रुपमा स्थापित हुन्छ,त्यहि नाम हो क्रिकेटका करण केसि,भलिवलकी सोफिया पुन, रवी केसी, दिल सुनार, राजु वि.क​,सुनिल घर्ती, दुर्गा बहादुर सुनार लगायत दर्जनौँ खेलाडीहरु । त्यसगरि खेलकुदको माध्यमबाट देशलाई अन्तराष्ट्रिय जगतमा चिनाउने लक्ष्यका साथ खेलकुदमै लागिपरेका अर्का खेलाडीको नाम हो सुस्मिता थापामगर । उनी आईटिएफ तेक्वान्दोका खेलाडी हुन् । वि.स. २०६० सालमा बागलुङको बडिगा्ड गाउँपालिका वडा नं १० निगलपनीको दुर्गम ठाउँमा साधारण परिवारमा जन्मिएका थापामगर बच्चैदेखि आम बालबालिका भन्दा पृथक लक्ष्यका साथ बाल्यकाल व्यतित गरिन् । उनको त्यो लक्ष्य हो खेलाडी बनेर परिवार,गाउँ र राष्ट्रकै एक प्रेरणादायी व्यक्ति बन्ने । सपनालाई पछ्याउदै छोटो समयमै खेलकुदमा छलङ मार्न सफल बन्दै गरेकी थापामगर खेल करियर सुरुवातमा भने पढाई र परिवारको असहमतिका कारण निकै दुख पाएको बताईन् । “घरमा सानो टिभी थियो, खेलप्रतिको रुचिका कारण टिभीमा आउने प्रत्येक समाचारको अन्त्यमा आउने खेल समाचार निकै प्रर्खाइमा हुन्थे म, उत्साहका साथ हेर्थे,खेलाडी बनेर टिभीमा आउने सपना बनाउथे”,उनले भने, “सुरुमा घरपरिवारबाट अनुमति नपाउदा धेरै दुख लागेको थियो, मेरो सपनाको जिद्दिको अगाडी परिवारको केहि लागेन्, अन्त्यमा खेल्ने अनुमति पाए,गेम सिके अहिले यहाँ छु ।” खेलकुदमा रुचि थियो तर गाउँमा सिक्ने अवसर थिएन उनको कक्षा ६ मा पढ्दा भलिवल खेल्दै थिईन् विद्यालय स्तरमा प्रतियोगिताहरुमा भाग लिई विभिन्न पदक लिन्थिन् । सोहि समयमा २०७४ कार्तिकमा उनी पढ्दै गरेको श्री भानु निम्न माध्यामिक विद्यालयमा रवीन्द्र बुढामगरले आईटीएफ टेक्वान्दो दोजाङ सञ्चालन गरे । त्यो निकै सुनौलो अवसर थियो थापामगरका लागि निकै खुसी पनि भईन् तर पढाईमा अव्वल उनको पढाई विग्रिने कारण देखाउदै घरपरिवारले गेम सिक्न अनुमति दिएन् । भाईबहिनीलाई भने गेम सिक्न पठाउने गरिएको थियो । “घरपरिवारलाई मनाउन हार मानेको भने थिएन, दैनिक विद्यालयबाट घर जान्थे, अनि खाजा खाएर आफ्नो गृहकार्य सकेर भाईबहिनीलगाएतले सिक्दै गरेको तेक्वान्दो खेल टाढा बसेर नियाल्थे र रविन्द्र गुरुले जसरी सिकाउनुहुन्छ हेर्दै यता मैले एक्लै अभ्यास गर्थे, यसरी नै परिवारको अनुमति विना दैनिक टाढैबाट एक्लै गरेको अभ्यास साँझ घरमा गएर भाईबहिनीलाई आज तिमीहरुले यस्तो सिक्यौ हैन भन्दै सोध्थे र मैले टाढैबाट हेरेर सिकेको पोजिसनहरु देखाउँथे”,उनले भने,दृढ संकल्पले मान्छेलाई पछाडी फर्कनै दिदैन भनेझै घरमा हजुरआमालाई गेम सिक्न अनुमतिका लागि फकाईरहेकी थिए, तर परिवारको असहमति र गुरुबाट औपचारिक सिकाइ बिना नै टाढैबाट सिक्नेहरुलाई नियाल्ने अनि एक्लै अभ्यास जारी राखे ।” उनको खेलप्रतिको यो असाधारण रुचिले अन्त्यमा परिवारले तेक्वान्दो सिक्न अनुमति दिए । थापामगरका लागि त्यो पल संसार जितेको आभाष थियो । २०७४ मंसिर १६ गते देखि उनले औपचारिक रुपमा गुरुबाट आईटीएफ तेक्वान्दो सिक्न सुरु गरिन्,जुनबेला उनी कक्षा ८ मा पढ्थिन् । छोटो समयमै निगलापनी आईटीएफ तेक्वान्दो डोजाङकै उत्कृष्ट खेलाडी बन्न हुदै ३÷३ महिना को अंतरालमा हुने वेल्टटेस्ट प्रतियोगिताहरुमै आफ्नो क्षमतालाई उजागर गर्दै गईन् । पढाईमा पनि प्रथम स्थान कब्जा गरेका उनलाई गाउँको आधाभुत शिक्षा पछि ९÷१० को पढाईको गुल्मीको मालिक गाउँपालिका ३ महावीर स्थित श्री देवीस्थान माध्यमिक विद्यालय भर्ना भईन् । घरदेखि २र३ घण्टा हिडेर विद्यालय जानुपर्ने र आठौ राषर््िट्रय खेल को लागि छनोटका लागि तयारी गर्नुपर्ने चुनौति थपियो उनलाई । “नयाँ विद्यालय सुरु गरेको पढाईलाई पनि विगार्नु थिएन,छनोट खेलको लागि तयारी गर्नु दुवै एकचोटी चुनौति थपियो, तर हार मानेन् , बिहान १ घण्टा गेमको ट्रेनिङ्ग गरेर घर फर्किन्थे, हजुरआमाले बनाएको खाना खाएर विद्यालयको लागि निस्किन्थेँ, साझा स्कुल छुट्टी हुने बित्तिकै कुदेर घर फर्किन्थे र खेलमैदानमा गईहाल्थे, यसरी नै खेल र पढाई लाई निरन्तरता दिए”,उनले भने ।” निरन्तरको कर्मले उनलाई पढाई र खेल दुवैमा थप सफल्ताका सिंढीहरु चढाउदै गयो । खेलकुदबाट प्राप्त गरेका उत्कृष्ट पदकहरुले परिवारमा खुसि र आफन्तबाट आएका हौसलाका शब्दहरु सपनाले दो¥याएका कठोर संघर्षका उपब्धिहरु ठान्छन् उनी । एसईई पनि सकिएपछि उनी सदरमुकाम स्थित विद्यामन्दिर माविमा साईन्स लिएर प्लसटु पढाई सुरु गरिन् । पढाईसंगै उनले दोजाङ सञ्चालन गरि प्रशिक्षकको भुमिकामा उभिईन् । अन्त्यमा प्लस टुको पढाईपनि सकियो । त्यसपछिको पढाईको यात्राको शिलशिलामा उनी अहिले गण्डकी युनिभर्सिटीमा विएसएम ९दबअजभयिच ष्ल कउयचतक mबलबनझभलत० विषय अध्ययनरत छिन् । बालापनमा खेलाडी भएर चर्चामा आउने,सबैले माया गरुन भन्ने उद्धेश्यले खेल करियरमा होमिएका उनी अहिले भने उनको लक्ष्य अलिकति परिपक्व बन्दै गएको छ । अव खेलकुदको दिगो विकास र व्यवस्थापन नीति परिवर्तन गर्ने उनको लक्ष्य छ । “मैले खेलाडी भएर भोगेका अनेक समस्याहरु छन्,”उनले भने “अव यो समस्याको समाधान गर्ने निकायसम्म पुग्ने मेरो लक्ष्य छ ।” खेल पर्यटन मार्फत देशलाई आर्थिक रुपमा शसक्त बनाउने सक्ने वातावण राज्यबाट उनको अपेक्षा छ । नवौं राष्ट्रिय प्रतियोगिता यो खेलमा गण्डकीलाई २ वटा पदक दिलाउने लक्ष्यका साथ निकै मेहनत गरिन् । तयारी अनुसार नै खेल प्रदर्शन गर्दै उनले पहिलो चरणमा बागमती,दोस्रोमा आर्मी र तेर्सो चरणमा लुम्बिनी र फाइनलमा खेलमा प्रदेश १ लाई पराजित गर्दै ४५-५० केजी तौल समूहमा स्वर्ण हात पारिन् । अर्काे विधा मा भने पहिलो चरणमा शसत्र प्रहरी,दोस्रो चरणमा कर्णाली प्रदेशलाई पराजित गर्दै फाइनलमा आर्मी सँग पराजित भएपछि रजत पदकमै चित्त बुझाईन् । आठौ राष्ट्रिय खेलकुद आईटिएफ तेक्वान्दो प्रतियोगिताबाट जिल्ला हुदै प्रदेशबाट पनि छनोट हुदै आठौ राष्ट्रिय खेलकुदमा भाग लिने सफल भईन् । प्रतियोगिताको पहिलो चरणमै आर्मीका अव्वल खेलाडी रुबिका खड्कासँग ४५–५० केजि समुहमा प्रतिस्पर्धा गरिन् । सातौं राष्ट्रिय खेलका स्वर्ण विजेता रूबिका खड्कासँग पहिलो खेलमै सामना गर्दा डरका बाबजुत मैदानमा उत्रिएको उनले अनुभव सुनाईन् । “औपचारिक प्रतियोगिता त्यो पनि पहिलो खेल नै स्वर्ण पदक जितिसकेको खेलाडीसंग पर्दा निकै डर लागेको थियो,” उनले भनिन् “डरका बाबजुत मेरो आत्मविश्वासलाई दरिलो बनाएर मैदान छिरे, खड्कालाई सोझै पराजित गर्दै गण्डकी प्रदेश आईटीएफ तेक्वान्दो टिमको अनुहारमा रौनक ल्याउन सफल भए,सबैको ध्यान मैतिर सोझियो ।” स्वर्णधारीलाई नै पछारेपछि त्यसपछिका प्रतिस्पर्धामा भने उनलाई पछाडी फर्कन परेन् । फाइनलमा बागमती प्रदेशकी नीलिमा सुनारलाई पराजित गर्दै उनले गण्डकीलाई स्वर्ण पदक दिलाईन् भने बाँकी दुई बिधामा पनि दुई रजत पदक हात पारिन् । पहिलो पटक औपचारिक प्रतियोगितामा आर्मीका सिनियर खेलाडी तथा स्वर्णधारी खड्कालाई पराजित गरे पछि थापामगरको चर्चा चुलियो । आठौ राष्ट्रिय प्रतियोगितामा आईटीएफ तेक्वान्दोमा स्वर्ण पदक ल्याउने उनी एक मात्र खेलाडी हुन् । उनले १ स्वर्ण र २ रजत पदक जितेकी थिईन् । उनी छोटो समयमै राम्रो खेल प्रदर्शन गर्दै प्रदेश लाई स्वर्ण पदक दिलाउन सफल भएकाले उनी चौथो स्पोर्ट अवार्डमा उदयमान खेलाडीमा मनोनयनमा पर्न परेकी थिईन् । सोहि समय राष्ट्रिय खेलकुदमा स्वर्ण र कक्षा ९ मा उत्कृष्ट नतिजा सहित उत्तीर्ण हुदाको सफल्ता उनी शब्दमा व्यक्त गर्न सक्दैनन् । बाँकी उपाधिहरु ​ -बुर्तिवाङमा सम्पन्न ‘प्रथम ढोरपाटन मेयर कप’ -२ स्वर्ण संगै उत्कृष्ट खेलाडी घोषित । -रामेछापमा सम्पन्न ‘२० औँ सिनियर राष्ट्रिय च्याम्पियनसिप’-३ रजत । -पहिलो गण्डकी प्रदेश स्तरीय खेलकुद प्रतियोगिता-२ स्वर्ण संगै उत्कृष्ट खेलाडी घोषित । उनी यहि २३ गते शनिवार नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने सातौ पोखरा स्पोर्टस् अवार्डको उत्कृष्ट महिला वर्ष खेलाडीको मनोनयनमा परेकी छिन् । उनलाई टक्कर दिन फुटवलकी सावित्रा भण्डारी र आर्चरीकी रोजिना थापामगर पनि प्रतिस्पर्धामा छन् । यी तिन जना मध्ये एकजनाले वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड पाउनेछन् । यस्ता खालका कार्यक्रमहरुले खेलाडीहरुमा हौसला प्रदान गनुका साथै अझै मेहनत गर्न प्रोत्साहन मिल्ने उनले प्रतिक्रिया दिईन् ।  

काठमाडौं:  थाइल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक युवा पक्राउ परेका छन् ।   काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा  भरतपुर महानगरपालिका–२७ बालुवा घर भई हाल काठमाडौं टोखा नगरपालिका–९ म्याग्दी चोक बस्ने ३१ वर्षीय नन्दलाल महतो रहेका छन् ।    महातो विरुद्ध वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले टोखा नगरपालिका–९ म्याग्दी चोकबाट बुधबार पक्राउ गरेको हो ।   उनले वैदेशिक रोजगारका लागि थाइल्याण्ड पठाउछु भन्दै विभिन्न प्रलोभनमा पारी पटकपटक गरी ३ लाख ५० हजार गरेको बताइएको छ ।     उनले थाइल्याण्डको प्रतिष्ठित कम्पनीमा काम लगाउने र मासिक १ लाख रूपैयाँ भन्दा बढी तलबमा हुने भन्दै पीडितहरुसँग रकम असुल्दै आएको प्रहरीले जनाएको छ ।   पक्राउ परेका महतोलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।  

काठमाडौँ:   इसापूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमले बुद्धगयास्थित पीपलको रुख (बोधिवृक्ष) मुनि बुद्धत्व प्राप्त गरे ।   बुद्धत्व प्राप्त गरेपछि नै उनलाई गौतम बुद्ध, बुद्ध भगवान् आदि नामले पुकारिएको हो ।   गौतम बुद्धलाई एसियाका ताराका रुपमा पनि चिनिन्छ । दुःखलाई नाश गर्न तृष्णा क्षय गर्ने आठ मार्ग नै बुद्धले पाएका ज्ञान हुन् । सम्यक् संकल्प, सम्यक् दृष्टि, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि यी आठ मार्ग हुन् भनी उनले ज्ञान बाँडेका थिए ।   यी ज्ञान पहिलोपटक सारनाथस्थित मृगदावनमा पञ्चवर्गीय भिक्षुलाई प्रवचन (धर्मदेशना) का माध्यमबाट बाँडेका थिए । झण्डै ४५ वर्षसम्म यस्तो ज्ञान बाँडेपछि ८० वर्षको उमेरमा इसा पूर्व ४८३ मा वैशाख शुक्ल पूर्णिमाकै दिन कुशीनगरमा उनले महापरिनिर्वाण (मृत्यु) प्राप्त गरे ।   विश्व जगतमा शान्तिका अग्रदूत र एसियाका ताराका रुपमा भगवान् गौतम बुद्धलाई चिनिन्छ । बुद्धले आठ मार्गका माध्यमबाट शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा आम मानिसलाई दिए । यसैकारण विश्वमा बुद्ध दर्शनले सम्प्रदाय वा पथको रुप धारण गरेको हो ।   विसंं २००८ जेठ ८ गते बुद्धजयन्तीका दिनदेखि यस पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिन थालिएको हो । विसं २०१२ फागुन ७ गते लुम्बिनीमा बुद्धजयन्तीका दिन हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो ।   विश्वशान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मजयन्तीका दिन संयुक्त राष्ट्रसंघीय प्रणालीमा पनि सन् २००२ देखि सार्वजनिक बिदा दिइँदै आएको छ । हालसम्म विश्वका प्रकाशनमध्ये बुद्धसम्बन्धी सबैभन्दा बढी पुस्तक प्रकाशित भएको बताइन्छ ।   यिनमा बेलायतबाट प्रकाशित डेली टेलिग्राफका सम्पादक सर एडविन आर्नोल्डको ‘एसियाको ज्योति (१८७९)’ तत्कालीन भारतीय संविधान मस्यौदा समितिका अध्यक्ष डा.बाबा साहेब अम्बेडकरको ‘बुद्ध र उनको धम्म (१९५७)’ र सन् १९४६ मा साहित्यमा नोबेल पुरस्कार प्राप्त जर्मन उपन्यासकार हेर्मन हेस्सेको ‘सिद्धार्थ (१९२२)’ प्रसिद्ध छन् ।   यसैगरी जर्मनीका माथेरा न्यानातिलोकाले ‘बुद्धिस्ट डिक्सनरी’ (१९५०), ‘विश्वमा बुद्ध’ (१९०६), फ्रान्सका डा.वाल्पोला राहुलको ‘बुद्धको विचार’ (१९५९), इटलीका जिसेप्पे टिउचिलेको ‘मुस्ताङको भ्रमण’ (१९६९) आदि पुस्तकले बुद्धलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।   विश्वका अति प्रसिद्ध अक्सफोर्ड, क्याम्ब्रिज, हार्वर्ड आदि विश्वविद्यालयमा बौद्ध अध्ययन हुँदै आएको छ । यसैगरी त्रिभुवन, नेपाल संस्कृत, लुम्बिनी बौद्ध विश्वविद्यालयलगायतले पनि बौद्ध दर्शनमा स्नातकोत्तर (एमए)को अध्ययन अध्यापन गर्दै आएका छन् ।   बुद्धले आफ्नो ८० वर्षे जीवनकालमा ८४ हजार पटक प्रवचन दिएको जुन ‘विनय’, ‘सुत्त’, ‘अभिधम्म’, ‘त्रिपिटक’ आदि पुस्तकमा सङ्ग्रहित छन् । सम्राट् अशोकले इ पू २४९ मा ‘हित बुद्ध जातेती लुम्बिनी ग्रामे’ भनी ब्राह्मी लिपिमा पाली भाषामा लेखेको अशोक स्तम्भ पत्ता लागेको एक शताब्दी पूरा भइसकेको छ ।   तत्कालीन वेस्टर्न कमान्डर जनरल खड्गशम्शेर राणाले शिकार खेल्न जाँदा सन् १८९६ मा लुम्बिनीमा उक्त स्तम्भ देखी पुरातत्व विशेषज्ञ डा.फुररको सहयोगमा स्तम्भ संरक्षण गरिएको थियो ।   सन् १९५६ मा चौथो विश्व बौद्ध मातृत्व सम्मेलन नेपालमा आयोजना गरिएको थियो । सन् १९६७ मा संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव उ थान्तको नेपाल आगमनबाट लुम्बिनी विकासको बृहत्तर योजना आरम्भ भएको हो ।   बुद्ध जन्मिएको नेपाललाई विश्वमा चिनाउन २०७० सालको अन्तिमतिर अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन गएका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले नेपालका साथै एसियाका भारत, बर्मा, श्रीलंका, थाइल्यान्ड, हङकङ, मंगोलिया, भुटान, सिंगापुरलगायत देशलाई समेटेर बौद्ध परिपथको प्रस्ताव गरेका थिए । प्रस्तावलाई धेरै देशले समर्थन गरेका थिए ।   नेपालमा पनि लुम्बिनी, स्वयम्भू, बौद्ध, मणिचुड, नमोबुद्ध, हलेसीलगायत बौद्ध तीर्थस्थललाई समेटेर बौद्ध परिपथको प्रस्ताव गरिएको छ । प्रस्ताव गरिएका यी दुवै परिपथले पूर्णता भने पाउन सकेका छैनन् । बुद्ध जयन्ती वा यस्तै अन्य अवसरमा प्रस्ताव गर्ने तर त्यसको कार्यान्वयनका लागि काम हुन नसकेको टिप्पणी हुने गरेको छ ।   प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो ।   बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । “अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो”, यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६७ औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो ।   बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ । आम मानिसलाई बेलुकी घरमा दीपावली गरेर बुद्धजयन्ती मनाउन सरकारले आह्वान गरेको छ ।   यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्धजयन्ती मनाउने परम्परा छ । इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६७ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।   राजकुमारका रुपमा जन्म लिएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बने । २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्किए । दरबार त्यागेर निस्केपछि नै उनले बुद्धत्व प्राप्त गरेका हुन् । Source: Filed