प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल निर्वाचित भएको घोषणा गर्नुभएको छ ।   आइतबार बिहान ११ बजे सिंहदरबारस्थित निर्मा...

पोखरा: सातौ संस्करणको पोखरा स्पोर्टस अवार्ड अन्तरगत वर्ष उत्कृष्ट खेल पत्रकार अवार्डबाट सागरराज तिमिल्सिना सम्मानित भएका छन् ।   खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा भएको स्पोट्र्स अवार्डमा उनलाई नगद ३५ हजार रुपैयाँ सहित सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको हो । तिमिल्सिना पोखरामा रहेर लामो समय देखी निरन्तर रुपमा पत्रकारीतामा आबद्ध रहेका छन् ।    लाइफ टाइम अचिभमेन्टबाट विद्या मर्सानी सम्मानित  खेलकुद पत्रकार मञ्च गण्डकीले लाइफ टाइम अचिमेन्ट अवार्डबाट बक्सिङका पूर्व खेलाडी विद्या मर्सानीलाई सम्मान गरेको छ । लामो समयदेखी बक्सिङमा आबद्ध उनलाई उनको योगदानको कदर गर्दै मञ्चले चादीँको करुवा, सम्मानपत्र र दोसल्ला आढाएर सम्मान गरेको हो ।  

पोखरा:   राष्ट्रिय क्रीकेट खेलाडी करण केसीलाई पोखरा स्पोट्र्स अवार्ड प्रदान गरिएको छ ।  बागलुुङका केसी कास्कीमा क्रीकेट सुरु गर्दै राष्ट्रिय टिमबाट खेलिरहेका छन् । अलराउन्डर केसीलाई इलेक्ट्रिक स्कुटर सहित ट्रफि प्रदान गरिएको हो । हालै नेपालमै सम्पन्न एसीसी प्रिमियर कपको उपाधि जित्दा उनलको मूमिका पनि महत्वपूर्ण रह्यो । नेपालले विश्वकप छनोटमा सोझै स्थान बनाएको छ । 

पोखरा:  गण्डकीका प्रदेशको पाँचौ मुख्यमन्त्रीका रुपमा नियुक्त भएका सुरेन्द्रराज पाण्डेले अझै मन्त्रीपरिषद्लाई पूर्णता दिन सकेका छैनन् ।    बैशाख १४ गते नेपाली कांग्रेस, माओवादी र एकिकृत समाजवादीसहित ३५ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्तमा भएका पाण्डेले केही दिनमै मन्त्रालयलाई पूर्णणा दिने बचन दिएपनि हालसम्म गण्डकी प्रदेशमा मन्त्रिपरिषद्को टुंगो लाग्न सकेको छैन ।    पाण्डे नेतृत्वको सरकारले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्नुकौ मुख्य कारण गठबन्धन रहेको कांग्रेसका एक सांसदको बुझाई छ । ‘कुनै पनि दलको स्पष्ट बहुमत नभएपछि मिलेमतोमा बनेको सरकार त हो, ति सांसदले भने, ‘केही दिनमै कुन दलबाट कुन मन्त्री बन्ने टुंगो लाग्ला ।’   मुख्यमन्त्री पाण्डेले पद तथा गोपनियताको शपथ ग्रहण लगत्तै कांग्रेसबाट सरस्वती तिवारी अर्याल र माओवादी केन्द्रबाट सुशिला सिम्खडालाई विना विभागीय मन्त्रीमा नियुक्त गरे ।    वैशाख १५ गते पदभार ग्रहण गरेको पाण्डेले २१ गते विश्वासको मत लिएपछि पत्रकारहरुले मन्त्रालयले कहिले पूर्णता पाउँछ भन्ने प्रश्नमा केही दिनमा पूर्णता दिने बताएका थिए ।  तर आफु नियुक्त भएको हप्ता दिन बित्दासमेत मन्त्रिपरिषद्को टुंगो नलाग्नु दुखद पक्ष हो ।    तर गण्डकी प्रदेशका विनाविभागीय मन्त्री तथा प्रदेश सरकारका प्रवक्ता सरस्वती तिवारी अर्यालले गठबन्धनमा आन्तरिक सहमति भइसकेको बताउदै केही दिनमा मन्त्रालयले पूर्णता पाउने सुनाइन् । ‘गण्डकीमा कसले कति मन्त्रालय लिने भन्ने विषयमा गठबन्धनभित्र आन्तरिक सहमति भएको छ, मन्त्रालयले केही दिनमा पूर्णता पाउँछ, प्रवक्ता तिवारीले भनिन् ‘राष्ट्रिय सहमतिमा सरकार बनेकाले त्यसै अनुसार नै मन्त्रालयमा भागबण्डा भएको छ ।’   कुन दलले कति र कुन–कुन मन्त्रालय लिने भन्ने सवालमा भागबण्डा मिलेपनि कांग्रेसलाईनै मन्त्री छान्न नै सकस परेको छ । ‘बाँकी २५ जना नै मन्त्रालय सम्हाल्न सक्षम छन् पार्टीको कुरो हो कसलाई पठाउँछ भन्न सकिदैन,’ कांग्रेसका एक सांसदले भने ।   पुस २५ गते गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारीले १२ मन्त्रालयलाई घटाएर ७ मन्त्रालय बनाएका थिए ।   अहिलेका मुख्यमन्त्री पाण्डेले पनि ७ मन्त्रालयलाई नै कायम गर्ने प्रतिबद्धता जनाएका थिए । 

चितवन:    पोल्ट्री व्यवसायी शंकर कँडेल मृत भेटिएको घटना तत्काल छानबिन गरी दोषीलाई पक्राउ गर्न माग गरी आज चितवन बन्द गरिएको छ । बन्दको प्रभाव पूर्व–पश्चिमको मुख्य राजमार्ग क्षेत्रमा नै परेको छ । पूर्व(पश्चिम आउने जाने गाडी र यात्रु बीच बाटोमै रोकिएका छन् । चितवनसँग जोडिएका क्षेत्र गैँडाकोट, लोथर, मुग्लिनलगायतका ठाउँमा गाडी रोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । शंकर कँडेल न्यायिक संघर्ष समितिको नाममा बन्द गरिएको हो । नारायणगढको पुल्चोक, मुग्लिन र खैरहनीलगायतका ठाउँमा बन्दकर्ता जम्मा भएर गाडी चलाउन रोकेका छन् । पश्चिमबाट आएका धेरै गाडी गैंडाकोटमा रोकिएका छन् । पुल्चोकमा बन्दकर्ताले अत्यावश्यक बाहेकका गाडी चल्न नदिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । चितवनका पोल्ट्री व्यवसायी शंकर कँडेलको मंगलबार आफ्नै कार्यालयमा झुण्डिएको अवस्थामा शव भेटिएको थियो ।

काठमाडौं:   सुडानबाट नेपाल फर्किएका १३ जना नेपाली स्वदेश आइपुगेका छन्।  इजिप्टस्थित कायरो दूतावासको सम्पर्कमा ३१ जना आएका थिए। उद्धार भएका १९ मध्ये छ जना रोजगारदाता कम्पनीको दुबई शाखामा स्थानान्तरण भएर काम थालेका छन्। चिनियाँ कम्पनीमा कार्यरत एक जना नेपालीलाई पनि चीन सरकारको सहयोगमा उद्धार भएको छ। बाँकी १२ जनामध्ये थप नौ जना भारत सरकारको सहयोगमा पोर्ट सुडानको हवाईमार्ग हुँदै भारतको अहमदावाद उडेका छन्। तीन जनामध्ये एक जना स्वेच्छाले पोर्ट सुडानमा र दुई जना सुडान–इजिप्टको सीमानजिकको स्थानमा सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।  मन्त्रालयले दिएको जानकारीअनुसार संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा कार्यरत नेपाली सैनिक तथा प्रहरीको यसअघि उद्धार गरी सुरक्षित स्थानमा लगिइसकेको छ। सुडानमा अलपत्र परेका नेपाली नागरिकको उद्धार कार्यमा परराष्ट्र मन्त्रालय तथा कायरो, रियाद र जेद्दास्थित नेपाली नियोगबाट सक्रिय रूपमा समन्वय र सहजीकरण भइरहेको मन्त्रालयले जानकारी दिएको छ। उद्धार प्रक्रियामा सहयोग पु(याउने छिमेकी मित्रराष्ट्र भारत, चीन र मित्रराष्ट्र साउदी अरेबिया सरकारको कार्यको नेपाल सरकारले सराहना गरेको छ।

तनहुँ:    डिभिजन वन कार्यालय तनहुँले चितुवा आतङ्क बढ्न थालेपछि चितुवा नियन्त्रणको लागि बनाएको (खोर) पासो प्रभावकारी बन्दै गएको छ । फलाम र परम्परागतरुपमा काठको खोर पासोको रुपमा राख्ने गरिएको हो । चितुवा आक्रमणबाट प्रभावित १८ स्थानमा पासो राखिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो ।    चितुवाले जनमानसमा त्रास बढाएकोले यसको नियन्त्रण गरी सुरक्षित किसिमले वन्यजन्तु संरक्षण क्षेत्रमा पठाउन पासो थाप्ने काम गरिएको उहाँले बताउनुभयो । एक पटक आक्रमण भएको ठाउँमा चितुवाले पुनः पटक–पटक आक्रमण गर्ने सम्भावना बढी हुने भएकाले यसलाई नियन्त्रणमा लिन सोही ठाउँ आसपासमा पासो राख्ने गरिएको उहाँले बताउनुभयो । पानीको पोखरी बनाएपछि विगतको तुलनामा वन्यजन्तुबाट मानवीय क्षतिमा कमी आएको बताइएको छ । खोला खोल्सीका पानी बस्तीमा लैजाँदा प्यास मेटाउन वन्यजन्तु बस्तीमा पस्दा मानवीय क्षति हुने गरेकाले पोखरी निर्माणलाई प्राथमिकता दिइएको हो ।  चितुवाको आक्रमणमा परी छ वर्षमा तनहुँमा १४ बालबालिकाको मृत्यु र  १७ जना चितुवाको आक्रमणबाट घाइते भए । जिल्लाको भानु, बन्दीपुर, आँबुखैरेनी, व्यासलगायतका पालिकामा चितुवाले सताएको थियो । चितुवाबाट भानु नगरपालिका धेरै प्रभावित बनेकोमा  अहिले बन्दीपुर गाउँपालिकामा त्रास बढ्ेको छ । जिल्लाका विभिन्न स्थानमा भएको चितुवा आक्रमणमा परी दश बालक र चार बालिकाको मृत्यु भएको वन कार्यालय तनहुँका सहायक वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।  

काठमाडौं:   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । केन्द्रीय कार्यालय धुम्बाराहीमा आज शुक्रवार बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको एक जना सांसदले जानकारी दिएका छन् । आजको बैठकमा बोल्ने धेरैजसो केन्द्रीय सदस्य र सांसदहरूले अहिले धेरै दल मिलेर बनेको सरकारमा दुईरचार वटा मन्त्रालय लिएर जाँदा काम गर्न अप्ठेरो हुने र पार्टीप्रतिको लोकप्रियता कम हुने धारणा राखेका थिए । सरकारमा गएमा गठबन्धन बचाउनका लागि प्रचण्ड नेतृत्वको सरकारले गर्ने गलत निर्णय र कदमलाई समेत समर्थन गर्नुपर्ने बाध्यता आउने भन्दै उनीहरूले बेलैमा सचेत हुनुपर्ने पनि बताएका छन् । पार्टीले अब प्रतिपक्षमा बसेर नागरिकका आवाज बुलन्द गर्ने र सरकारका गलत कामको विरोध गर्ने जनाएको छ । गएको पुस १० गते अप्रत्याशितरूपमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा पनि गएको थियो । एमाले र माओवादीको गठबन्धन भत्किएर मन्त्रिपरिषद् पुनगर्ठन भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएको थियो । तर सरकारलाई दिएको समर्थन भने कायमै राखेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीसँग २१ जना सांसद रहेका छन् ।

पोखरा:    सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड अन्तरगतको वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड सागरराज तिमिल्सिनालाई प्रदान गरिने भएको छ । अवार्ड अन्तरगत गठन भएको पत्रकार छनोट समितिको सिफारिसलाई मञ्चको कार्यसमितिको पच्चिसौं बैठकले अनुमोदन गरेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव राजाराम पौडेलले जनाए । समाधान राष्ट्रिय दैनिकबाट पत्रकारिता सुरु गरेका उनी हाल एपीवान टेलिभिजन गण्डकी प्रदेश व्युरो प्रमुख हुन्  । क्लिक गण्डकी डट कम र उज्यालो अनलाइनमा समेत कार्यरत तिमिल्सिनाले पोखरा एफ एम, एभिन्युज टेलिभिजन, सेतोपाटी डट कम, गन्थन डट लगायतका सञ्चार माध्यममा काम गरिसकेका छन् । यस अगाडि सन्तोष पोखरेल, विनोद लामिछाने, सन्देश श्रेष्ठ, केशव पाठक र दीपक परियारले यो विधाको अवार्ड हात पारेका थिए ।  शनिबार दिउँसो दुई बजेपछि पोखरा सभागृह हलमा आयोजना हुने कार्यक्रम कार्यक्रममा वर्ष उत्कृष्ट खेल पत्रकार अवार्ड सहित वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, लाइफ टाइम अचिभमेन्ट अवार्ड, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेलकुद संस्था वा क्लब विधामा अवार्ड प्रदान गरिनेछ । यि मध्येमा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी गरेर चारवटा विधाको उत्कृष्ट तीन मनोनयन सार्वजनिक भैसकेको छ ।  जस अनुसार वर्ष खेलाडी पुरुष तर्फ क्रिकेटका करण केसी, आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदिप खड्का मनोनयनमा परेका छन् । वर्ष खेलाडी महिलातर्फ आर्चरीकी रोजीना थापा मगर, फुटवलकी सावित्रा भण्डारी र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर रहेका छन् ।  वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जि नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्नेछन् ।  उदीयमान खेलाडीतर्फ भलिवलका रवि केसी, फुटवलका सुमित श्रेष्ठ र क्रिकेटका सुवास भण्डारी रहेका छन् । वर्ष उत्कृष्ट प्रशिक्षक तर्फ आर्चरीका किशोर कुमार गुरुङ, लनटेनिसका निरज थापा र आइटिएफ तेक्वान्दोका सुरज सुनार छन् । वर्ष उत्कृष्ट उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक तर्फका विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने छन्् । उत्कृष्ट ३ को मनोनयन सूचीमा परेकाहरुलाई मनोनयन ट्रफी प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै यो वर्षको लाइफटाइम अचिभमेन्ट अवार्ड बक्सिङ प्रशिक्षक विद्या प्रसाद मर्सानीलाई प्रदान गर्ने घोषणा भैसकेको छ । मर्सानीलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सम्मान गरिनेछ । वर्ष उत्कृष्ट खेल संस्था वा क्लबतर्फको अवार्ड कास्की जिल्ला ह्यान्डबलसंघलाई प्रदान गरिनेछ । वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट पत्रकार तर्फका अवार्ड विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने छन्् ।  यसैगरी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै क्रममा दुर्घटनामा परी गत असोज ३० गते निधन भएका प्याराग्लाइडिङ खेलाडी निसिम थापाको योगदानको कदर गर्दै कीर्तिशेष सम्मान गर्ने मञ्च गण्डकीका महासचिव पौडेलले बताए ।  अवार्ड कार्यक्रमको थप आर्कषणको रुपमा कमेडी च्याम्पियनबाट चर्चामा आएका स्याङजाका मेक्सम गौडेलको स्ट्यान्ड अप कमेडी प्रस्तुती रहनेछ । यसैगरी भेटियो सान्नानी सोल्टिबजारमा गीतबाट थप चर्चामा आएका लोक दोहोरी गायक निश्चल दवाडीको गायन प्रस्तुती, हिमाली सांस्कृतिक परिवार तथा सारेगम कला केन्द्रको नृत्य प्रस्तुती, डेमोस्ट्रेसन लगायत अवार्ड कार्यक्रमका थप आर्कषण हुन् । लाइफटाइम अचिभमेन्ट अवार्डको पुरस्कार सुपर मादी हाइड्रोपावर, उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट प्रशिक्षकको पुरस्कार ह्यूस्टन एजुकेसन, उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार टाईगर गुप्र अफ पोखरा नेपाल तथा उत्कृष्ट खेल पत्रकारको पुरस्कार रामबजार निवासी स्व.सेनानी हेमबहादुर पुनको परिवारले प्रायोजन गर्ने सम्झौता भएको छ ।  अवार्ड कार्यक्रमका लागि गण्डकी प्रदेश सरकारको विषेश सहयोग रहेको छ । अवार्ड कार्यक्रमलाई सफल बनाउन मञ्चलाई अन्य विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भएको मञ्चले जनाएको छ । यसरी सहयोग गर्नेमा पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, सिटिजन फर्निचर ट्रेड लिंक, आभ्या क्लब, परिचय एड्भर्टाइजिङ, नेपाल पर्यटन बोर्ड, टेल्जि नेपाल, तमु धिं युके, मझेरी रिर्सोट एण्ड स्पा, सहारा युके, सहारा युकेका संस्थापक सल्लाहकारद्वय महेश गुरुङ र लोक बहादुर गुरुङ, भलिबलका पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक मञ्जु गुरुङ, पूर्व राष्ट्रिय खेलाडी तथा समाजसेवी रुपक गुरुङ, रामबजार सोसाइटि युकेका अध्यक्ष राम गुरुङ, समाजसेवी चिनकाजी गुरुङ, पोखरेली मञ्च युकेका सल्लाहकार नरजङ्ग गुरुङ, मञ्चका पूर्व अक्ष्यक्ष प्रेमनारायण न्यौपाने, सञ्चारकर्मी गोविन्द थापा सिञ्जाली रहेका छन् । नेपाल औषधी व्यसायी संघ कास्की, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, रुपा गाउँपालिका, मादी गाउँपालिका, केल्मीको नेपालको लागि आधिकारीक बिक्रेता कामारु ट्रेडिङ प्रा.लि., हाम्रो हस्तकला काठमाण्डौं, बतास अर्गनाइजेसन, नेपाल मुआथाई संघ गण्डकी, बिजी ट्रेड लिंक, सरुमा चुलो, भूतपूर्व खेलाडी मञ्च, नेपाल हवाई खेलकुद संस्था, सहारा हङकङ, क्लासिक चुलो, वल्ड लिंक, होटल बाराही, फुडमाण्डु, पोखरा महानगरपालिका वडा नं.३, ४, ९, १२ र १५, पश्चिमाञ्चल सामुदायिक अस्पताल, रुपाकोट सुनचाँदी पसल, हाम्रो पोखरा सोफा होम, ओम बुद्ध नर्सरी कर्मचार्य ग्रुपको कोसेली तेल, सिर्जना विकास केन्द्र, नेपाल टेलिकम पोखरा, नेपाल आयल मिल, बुमराङ रेष्टुरेन्ट, टेनिस संघ, पोखरा उद्योग वाणिज्य संघ, अटोवेज प्रालि, एसके साउण्ड एण्ड म्युजिक पोखरा, युनाइटेड क्लब, यति एयरलाइन्स, आँगन स्विट न्युरोड, निसिखोला गाउँपालिका, तमानखोला गाउँपालिका लगायतले समेत सघाउने तय भैसकेको छ । अवार्ड कार्यक्रमको पब्लिक फोर के टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ । जसका लागि टेलिभिजनसँग सहकार्य गरिएको मञ्चले जनाएको छ । प्रवेश निःशुल्क रहने अवार्ड कार्यक्रममा उपस्थित भएर खेलाडी, प्रशिक्षक तथा आयोजकलाई हौसला बढाउन सम्पूर्ण सञ्चारकर्मी र  खेलप्रेमीलाई मञ्चले अनुरोध गरेको छ ।  

पोखरा:   पोखरामा देश्ना चन्द स्मृति तेस्रो सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता  २०८० जेठ तेस्रो साताबाट सुरु हुने भएको छ ।    पोखरा महानगरपालिका १ स्थित नयाँ गल्ली युवा क्लबको आयोजनामा जेठ २० देखि २७ गतेसम्म तेस्रो संस्करणको देश्ना चन्द स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता हुने आर्थिक संयोजक हिटलर घलेले जानकारी दिए ।   उनले फुटबलको विकास गर्ने उद्देश्यले खुल्ला फुटबल प्रतियोगिता आयोजना गर्न लागेको बताए । ‘हामीले खेलकुद सँगै सामाजिक क्षेत्रमा पनि काम गर्दै आएका छौ, उनले भने, ‘फुटबल लभर नानी देश्नको स्मृतिमा यसपटक खुल्ला सेभेन ए साइड फुटबल आयोजना गर्न लागेका छौ यसले खेलकुदको विकासमा केही टेवा पुग्ने विश्वास लिएका छौ ।’   घलेका अनुसार पोखरा पुरानो टुँडिखेल मैदानमा एक साता सञ्चालन हुने सेभेन ए साइड फुटबल प्रतियोगिताको विजेता टिमले १ लाख ५० हजार, उपविजेताले ८० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।    सो प्रतियोगितामा उत्कृष्ट विधागततर्फ नगद राशीले पुरस्कृत गर्ने क्लबका अध्यक्ष शुशिल श्रेष्ठले बताए ।   श्रेष्ठका अनुसार उत्कृष्ट खेलाडीले १० हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलरक्षकले जनही ५/५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।    प्रतियोगितामा सहभागिता जनाउनका लागि दर्ता शुल्क ७ हजार निर्धारण गरिएको खेल संयोजक अञ्जन देवकोटाले जानकारी दिए ।  उनका अनुसार टिम दर्ता फोन (९८०६६०७२७८) बाटैपनि गर्न सकिनेछ ।