प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल निर्वाचित भएको घोषणा गर्नुभएको छ ।   आइतबार बिहान ११ बजे सिंहदरबारस्थित निर्मा...

दार्चुला:   दार्चुलाको हिम पहिरोमा परेका थप एक जनाको शव भेटिएको छ ।   १९ वैशाखमा दार्चुलाको ब्यास गाउँपालिकामा गएको हिमपहिरोमा हराइरहेकाको खोजीमा जुटेको सशस्त्र प्रहरीले एक जनो शव फेल पारेको हो । डोटीको जोरायल गाउँपालिका २ कि २८ वर्षीया इश्वरी थापाको शव सशस्त्र प्रहरी बल नं। ५० गुल्म छाङ्रुको टोलीले फेला पारेको सशस्त्र प्रहरीका डीएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।    हिम पहिरोमा हराइरहेका थप एक जनाको खोजी भइरहेको पनि सशस्त्र प्रहरीले जनाएको छ ।

कालीकोट:   कालीकोटको पलाँता गाउँपालिका ६ मा स्थानीयले ढुङ्गामुढा गर्दा प्रहरीसहित दुई जना घाइते भएका छन् । बलात्कार मुद्दामा अदालतबाट कुसर सजाय सुनाइएका फरार अभियुक्त घर आएको जानकारी पाएपछि प्रहरी प्रकाउ गर्न गएको थियो । पलाँता-४ को कयरदेवबाट प्रहरी सहायक निरीक्षक लक्ष्मीरुन्द्र रावलको नेतृत्वमा गएको टोलीमाथि स्थानीयले ढुङ्गामुढा गर्दा प्रहरी सहायक निरीक्षक रावल र प्रहरीलाई सहयोग गर्ने वडा-५ का धनमान विक घाइते भएका जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी सुबराज बमले जानकारी दिनुभयो । लुकीछिपी रहेको अवस्थामा प्रहरीले हतकडी लगाउन खोज्दा भेला भएका स्थानीयले ढुङ्गामुढा गर्दा रावलको टाउकोमा र विकको टाउको र खुट्टामा चोट लागेको छ । अभियुक्त हतकडीसहित फरार रहेका प्रहरीले जनाएको छ । घाइतेलाई नेपाली सेनाको हेलिकप्टरबाट प्रदेश अस्पताल सुर्खेत लैजाने तयारी भइरहेको प्रहरी निरीक्षक बमले बताउनुभयो ।

पोखरा:  पोखरास्थित बेगनासतालमा परराष्ट्र मन्त्रालयका एक कर्मचारी मृत फेला परेका छन् ।  परराष्ट्र मन्त्रालयमा कार्यरकत ३१ वर्षीय नायव सुब्बा अनुप भण्डारी बेगनास तालमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  बिहान करिव ८ बजेको समयमा बेगनासतालमा तैरिरहेको शव देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।  प्रहरीले घटनास्थलबाट शव तालबाहिर निकालेर हेर्दा साथमा भेटिएको परिचय पत्रको आधारमा भण्डारीको पहिचान खुलेको कास्की प्रहरीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए ।   

मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग २ करोड रुपैयाँ मागेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद र साधारण सदस्यबाट हटाएपछि डा. ढाकाकुुमार श्रेष्ठ अदालत पुगेका छन् ।    श्रेष्ठले पार्टीको निर्णयविरुद्ध सर्वाेच्च अदालतमा हालेको रिटको सुनुवाई आज हुँदैछ । सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासमा यो मुद्दाको सुनुवाइ हुन लागेको हो।   यस विषयमा प्रतिक्रिया दिँदै श्रेष्ठले आफुलाई फसाइएको र आज अदालतबाट न्याय पाउने जनाएका छन् ।    ‘सबैलाई थाहा छ, मलाई फसाइएको हो’ श्रेष्ठले भने ‘सम्मानित अदालतबाट आज न्याय पाउनेमा विश्वस्त छु ।’ आफु राजनीतिबाटै सेवा गर्ने उद्धेश्यले लागेको भन्दै उनले कत्ति पनि विचलित नभएको बताएका छन् ।    सुनुवाइको व्यग्र प्रतीक्षामा रहेका श्रेष्ठ काठमाण्डौंमै छन् ।   

काठमाडौं:    पशुपति आर्यघाटमा दाहसंस्कारका लागि ल्याइने शवहरूलाई अब पशुपति क्षेत्र विकास कोषले निःशुल्क शव दाहको व्यवस्था गर्ने भएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आइतबार बसेको पशुपति क्षेत्र विकास कोषको सञ्चालन परिषद्को बैठकले पशुपति क्षेत्रमा दाहसंस्कारका लागि ल्याइने शवहरूलाई थप विद्युतीय शव दाह गृहको व्यवस्था गरी निःशुल्क दाहसंस्कारको व्यवस्था गर्न लागेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन थापाले बताउनु भयो ।  पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. थापाका अनुसार पशुपतिमा शवहरूको दाहसंस्कारका लागि अहिले दुई वटा विद्युतीय शव दाह गृह रहेका मध्य एउटा मात्र सञ्चालनमा रहेका छन् । बिग्रिएकालाई मर्मत गर्ने र थप ४ वटा विद्युतीय शव दाह गृह निर्माण गरी निःशुल्क बनाइने जनाएको हो ।  अहिले सञ्चालनमा रहेको एक विद्युतीय शव दाह गृह र थप ४ वटा विद्युतीय शव दाह गृह निर्माण पछि जम्मा ५ वटा विद्युतीय शव दाह गृह हुने छ । यी विद्युतीय शव दाह गृह निर्माणको काम सकिएसँगै पशुपति क्षेत्र विकास कोषले सबै शवहरूको निःशुल्क शवहरूको दाहसंस्कार गर्ने तयारी गरेको बताइएको छ । अहिले पशुपति आर्यघाटमा शवको दाहसंस्कार गरेबापत दाउराबाट जलाउने घाटमा १५ हजार र विद्युतीय शव दाह गृहमा ४ हजार रुपियाँ शुल्क लिने गरेको छ ।

मुगु:    च्याखु लेकमा हिउँ पहिरोमा परी बेपत्ताको खोजीका लागि आज बिहान नेपाली सेनाको हेलिकप्टबाट सुरक्षाकर्मी घटनास्थलतर्फ प्रस्थान गरेका छन् ।  हेलिकप्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विपद् उद्घारकर्मी र बेपत्ता भएकाका आफन्त सहित २० जना  रहेका जिल्ला प्रहरी कार्यालयका निमित प्रहरी नायब उपरीक्षक सुदर्शन पन्थीले जानकारी दिनुभयो । यही वैशाख २२ गते नै इलाका प्रहरीचौकी मुगुबाट घटनास्थलतर्फ प्रहरी हिँडे पनि अझै घटनास्थलसम्म पुग्न नसकेको बताइएको छ । हिउँ, उच्च हिमाल पार गरेर जानुपर्ने तथा बन्दोबस्तीका सामानको अभावमा त्यहाँ पुग्न कठिनाइ भएको पनि निप्रनाउ पन्थीले बताउनुभयो ।  स्थलमार्गबाट सुरक्षाकर्मी घटनास्थलसम्म पुग्न समय लाग्ने भएपछि गृहमन्त्रालयले हेलिकप्टर सहित उद्धारकर्मी पठाएको हो । मुगुम कार्मारोङ गाउँपालिकाले यार्सा पाइने पाटन क्षेत्रमा आगामी जेठ ४ गते सङ्कलकलाई राजस्व काटेर प्रवेश गराउने सूचना गरिरहँदा जुम्ला जिल्ला पातारासी गाउँपालिका–२ तल्फी गाउँका १५  स्थानीय अवैध बाटो भएर  पाटनतर्फ प्रस्थान गरेका जनाइएको छ  । पाटनमा जाँदै गर्दा च्याखु लेकमा यही वैशाख २२ गते दिउँसो १ बजे माथिबाट हिउँ पहिरो आउँदा तारासिंह सार्की (४०), पुन्न सार्की (३५) र वीर बोहरा (३५) बेपत्ता भएको जनाइएको छ । 

झापा:    झापाको कनकाई नगरपालिका-३ की ४५ बर्षीया सुनिता कार्कीलाई श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । वैशाख ८ गते घरमा झगडा हुँदा श्रीमान् ५३ बर्षीय टेकबहादुर कार्की घाइते भएको र उपचारको क्रममा उनको मृत्यु भएको थियो ।  मृत्यु भएपछि प्रहरीले श्रीमती सुनितालाई पक्राउ गरेको हो । मृत्यु भएको सूचना पाएसँगै इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनलाई  पक्राउ गरी थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।  डेरा गरी बस्ने कार्की श्रीमान् श्रीमती दुवै जना ज्याला मजदुरी गरी परिवार पाल्दै आएका थिए । शवको पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । 

पोखरा:   पोखरामा मोहन भूगोल ब्याडमिन्टन फाउण्डेशनको आयोजनामा दोस्रो विद्यालयस्तरीय राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । मोहन भुगोल ब्याडमिन्टन फाउन्डेसन र पोखरा महानगर खेलकुद विकास समितिको सयुक्त आयोजनामा बैशाख २७ देखि ३० गतेसम्म पोखरा रंगशालामा प्रतियोगिता आयोजना हुने पोखरामा पत्रकार सम्मेलन गरेर फाउण्डेशनले जानकारी दिएको छ ।   ९ विधामा प्रतिस्पर्धा हुने प्रतियोगितामा निम्न माध्यमिक तहस्तरीय छात्र छात्रा सिंगल्स, माध्यमिक तहस्तरीय छात्र छात्रा सिंगल्स विधामा राष्ट्रियस्तरको प्रतिस्पर्धा हुने मोहन भुगोल ब्याडमिन्टन फाउण्डेशनका महासचिव वरदान लामाले बताए ।    कास्की जिल्ला वडास्तरीय पोखरा महानगरपालिका खुला महिला पुरुष डबल्ससँगै ३५, ४५ र ५५ वर्षमाथिको मास्टर डबल्समा खुला प्रतिस्पर्धा हुनेछ ।  निम्न माध्यमिक तहस्तरीय छात्रछात्रा सिंगल्स प्रतिस्पर्धाका विजेताले गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । माध्यमिक तहस्तरीय छात्रछात्रा सिंगल्स, कास्की जिल्लाको वडास्तरीय पोखरा महानगरपालिका खुला महिला पुरुष डबल्सका उपाधि विजेताले जनही ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो र तस्रो हुनेले क्रमशः २० हजार र १० हजार रुपैयाँको साथमा मेडल प्राप्त गर्नेछन् । माध्यमिक तहस्तरीय छात्र छात्रा सिंगल्समा उत्कृष्ट एक जना खेलाडीले माउन्टेन बाइक पाउने आयोजकले जानकारी दिएको छ । ३५, ४५ र ५५ वर्षमाथिको मास्टर डबल्स खुलामा विजेता, दोस्रो र तेस्रोले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँको साथमा मेडल हात पार्नेछन् । देशभर फैलिएका उदीयमान प्रतिभालाई एकिकृत गर्दै राष्ट्रका लागि अनुशासित खेलाडी उत्पादनमा प्रतियोगिताले सघाउने भुगोल ब्याडमिन्टन फाउण्डेशनका अध्यक्ष भूगोल गुरुङले बताए ।  प्रतियोगिता सञ्चालन गर्न १४ लाख ४५ हजार खर्च लाग्ने आयोजकले अनुमान गरेको छ । ३ सय भन्दा बढी खेलाडीहरु सहभागी हुने प्रतियोगितामा १२ वर्ष मुनिका खेलाडीदेखी ५५ वर्ष माथिका खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।   

पोखरा:  गण्डकी प्रदेशका निवर्तमान उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री तथा प्रदेश सभा सदस्य रेशम जुग्जाली मगरले नेपालीलाई भुटानी शणरार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा आफ्नो संलग्नता नरहेको बताएका छन् ।   उनले आफुलाई बदनाम गर्ने उद्देश्यसहित नियोजित समाचार संप्रेषण गरिनु निन्दनीय रहेको बताउदै आफ्नो संलग्नता नरहेको स्पष्ट पारे ।    नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने र ठगी धन्दा गर्ने भन्ने विषयमा  प्रकरणमा मुछेको भन्दै जुग्जाली मगरले आक्रोश व्यक्त गरे ।  ‘यदि मेरो नामबाट कसैले तपाईलाई अमेरिका पठाइदिन्छु भनेर अथवा मैले कसैलाई ठगी गरेको छु भने उजुरी गर्नुस्, सुनगाभा न्यूजसँग उनले भने, ‘यदि मेरो विरुद्ध केस पर्या भने म त्यसलाई सघाउन तयार छु । मबाट त्यस्तो भएको प्रमाण आयो भने म त्यसको जवाफ दिन र प्रतिवाद गर्न तयार छु ।’   उनले आफु सार्वजनिक पद धारण गरेको व्यक्ति रहेकाले सधै पारदर्शी रहने बताए ।  ‘म सार्वजनिक व्यक्ति पनि हुँ त्यसैले म पारदर्शी र खुला छु त्यसैले मन्त्री हुँदा पनि सम्पत्ति विवरण बुझाउदा मेरो ऋणपनि पेश गरेको छु यसले पनि मेरो आर्थिक स्थितीबारे प्रष्ट छनी,’ जुग्जालीले भने ।   सांसद जुग्जालीले आफ्नो चरित्रहत्या गर्ने खालको समाचार संप्रेषण गरेका दुई अनलाइन विरुद्ध साइबर क्राइम अन्तरगत मुद्धा दर्ता गर्ने प्रक्रियामा रहेको सुनाए । ‘दुइवटा अनलाइनले अन्दाधुन्दा तरिकारले समाचार शेयर गर्नुभाछ मैले उहाँहरुको विरुद्ध साइबर क्राइममा र प्रेस काउन्सिलमा कानूनी कारवाहीको प्रक्रिया अगाडि बढाइसकेको छु, जुग्जालीले भने, ‘त्यसकारण मेरो अहिलेपनि चुनौती छ ति दुइवटा अनलाइनलाई यदि मबाट त्यस्तो धन्धा चलेको छ भने प्रमाणित गर्नुस् ।’   उनले म्याग्देली युवाहरुलाई भ्रममा नपर्न समेत आग्रह गर्दै भने, ‘युवाले केही गर्छ भनेर विश्वास गर्नुभएको छ । त्यसैले तथ्यहीन र आधारहीन समाचार सेयर गरेर युवाविरुद्ध नलाग्नुस् किनभने हामी बद्नाम हुने भनेकै तपाइहरु बदनाम हुने होनी ।’   नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ८ जनालाई पक्राउ गरिसकेको छ ।   साेही प्रकरणमा मुछिएका एमाले सचिव टोपबहादुर रायमाझी विरुद्ध प्रहरीले अदालतबाट पक्राउ अनुमति लिएको छ । तर रायमाझीले आफ्नो संलग्नता नरहेको बताउदै आएपनि उनी प्रकाउ पुर्जी जारी भएपछि उनी फरार छन् ।