प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल निर्वाचित भएको घोषणा गर्नुभएको छ ।   आइतबार बिहान ११ बजे सिंहदरबारस्थित निर्मा...

पोखरा:   पोखराको लेकसाइडमा रहेको ‘रत्नमन्दिर’ (राजपरिवारले विदा मनाउने दरबार) गणतन्त्र दिवसको अवसरमा पर्यटक र सर्वसाधारणका लागि खुल्ला गरिने भएको छ ।    पोखरेली पर्यटन व्यवसायीहरुको माग अनुसार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको पहलमा आगामी जेठ १५ गतेदेखि रन्तमन्दिर खुला गर्ने तयारी भएको महानगर स्रोतले बतायो ।    नेपाल ट्रष्टको स्वामित्वमा रहेको सो रत्नमन्दिरमा प्रवेश शुल्क लाग्ने वा नलाग्ने बारे अझै टुंगो भने लागेको छैन ।    पोखरामा भ्रमणका क्रममा राजा महेन्द्रले ताल किनारमा बसेको ठाउँ मन परेपछिस्थानीयसँग १११ रोपनी जग्गा किनेर ‘रत्नमन्दिर’ २०१३ मा निर्माण सुरु भएर २०१५ मा रत्न मन्दिरको निर्माण गरेका थिए ।      रत्न मन्दिरको मुख्य भवनमा ११ कोठा छन् । पुरानै अवस्थामा रहेको यसको सरसफाइलगायत रेखदेखमा केही कर्मचारी खटिदै आएका छन् ।   प्रशासनिक भवन, फेवा तालसँगै तालघर, सैनिक बस्ने ३८ कोठे लामो भवनसमेत रहेको छ ।   

पोखरा:  राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन कास्कीले विभिन्न विषयलाई लिएर शंख फुक्दै विरोध प्रदर्शन गरेको छ ।   राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृसंगठन राष्ट्रिय प्रजातान्त्रि युवा संगठन कास्कीले आज (बिहीबार) प्रदेश सरकार खारेजीको माग नक्कली भुटानी शरणार्थी प्रकरणसँगै अन्य भ्रष्टाचारका विषयलाई लिएर विरोध प्रदर्शन गरेको हो ।   प्रदर्शन पश्चात सुनगाभा न्यूजसँग बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका कास्कीका अध्यक्ष नारायण गुरुङले देशको अर्थतन्त्र कमजोर बनाउनुमा प्रदेश सरकार र भ्रष्टाचार मुख्य कारण रहेको बताए ।    ‘देशको अर्थतन्त्र कमजोर हुनुमा संघीयता हो यो खारेज हुनुपर्छ, प्रदेश सरकार सेतो हात्ती  जस्तै भएको छ, गुरुङले भने, ‘सेतो हात्ती नपालौ यसले देशको अर्थतन्त्र झन धरापमा राखेको छ ।  त्यसैले प्रदेश खारेज गरिनुपर्छ ।’     उनले नक्कली भुटानी शरणार्थी प्रकरणको विषय जल्दोबल्दो भएकाले दोषी कसैलाई पनि छाड्न नहुने बताए । ‘हामीले हिजोका दिनदेखिनै भन्दै आएका छौ भ्रष्टाचार गर्नु भनेको आमाको दुध खानु जस्तै हो त्यसैले जो कोही पनि भ्रष्टाचार र ठगीमा लिप्त छन भने कारवाही गरिनुपर्छ,’ उनले भने ।    पोखराको लखनचोकमा भएको विरोधमा ¥यालीमा प्रदेश सरकार खारेज गर, भ्रष्टाचारीलाई कारवाही गर, लुडाकुको पैसा कसले खायो, गणतन्त्र चाँहिदैन, देश लुट्न पाइँदैन, ३३ केजी सुन काण्ड कता हरायो लगायतका नारासमेत लगाएका थिए ।   

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजदेखि ललितपुरमा सुरु हुँदै छ ।    ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान १० बजेबाट बैठक सुरु हुने छ । तीन दिनसम्म चल्ने बैठकमा १० वटा कार्यसूचीमा छलफल गरी निर्णय गर्ने तय भएको नेकपा एमालेका केन्द्रीय सदस्य एवम् केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् । बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय निकायहरुको प्रतिवेदन, मिसन ग्रासरुट अभियानको प्रतिवेदन, प्रदेशहरुको कार्ययोजना, केन्द्रीय सदस्यहरुको कार्यविभाजन, पार्टी प्रवेशीहरुको व्यवस्थापनलगायतका १० वटा कार्यसूची रहेका नेता रिजालले जानकारी दिएका हुन् ।   यसअघि एमालेको केन्द्रीय कमिटी बैठक झापामा बस्ने भनिएको थियो ।

काठमाडौं:   रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ आइएफआरसी को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत पदमा जगन चापागाईँ दोस्रो कार्यकालका लागि पुनः चयन भएका छन्  ।    चापागाईँले यसअघि सन् २०२० फेब्रुअरीमा चार वर्षे सो पदको पहिलो कार्यकाल सम्हालेका थिए ।  स्वीट्जरल्याण्डको जेनेभामा गए राति सम्पन्न आइएफआरसीको गभर्निङ बोर्डको बैठकले पहिलो पदावधि समाप्त हुनु एक वर्ष अगाडि नै उनलाई दोस्रो कार्यकालका लागि पुनः चयन गर्ने निर्णय गरेको हो ।      आइएफआरसीमा आबद्ध देशीय रेडक्रस र रेडक्रिसेन्ट सोसाइटीका स्वयंसेवक तथा कर्मचारी पछिल्ला वर्षमा कोभिड–१९ महामारीको प्रतिकार्यमा अग्रपङ्क्तिमा जुटेका थिए  । आइएफआरसीले आफ्नो कार्यादेशअनुसार जलवायु परिवर्तनले निम्त्याएका, प्राकृतिक तथा मानव सिर्जित विपद् न्यूनीकरण र पीडितलाई अनवरत रूपमा मानवीय सहयोग  गर्दैआएको छ ।    दोस्रो कार्यकालको पदावधि थपपछि महासचिव चापागाईँले भने, “अइएफआरसीको गभर्निङ बोर्ड र आइएफआरसीका अध्यक्ष फ्रान्सेस्को रोक्काको विश्वास पाउँदा म सम्मानित र गौरवान्वित भएको छु । थुप्रै चुनौतीबीच समाधान खोज्न र हामीले सेवा गर्ने समुदायका बीचमा विश्वास निर्माण गर्न निष्ठाका साथ काम गर्नेछौँ ।”   तीन दशकभन्दा बढी समय मानवीय सेवामा तल्लीन चापागाईँले गत महिना नेपाल भ्रमणका क्रममा नेपाल रेडक्रस सोसाइटीलाई ३० नयाँ र १५  स्तरोन्नति गरिएका एम्बुलेन्स हस्तान्तरण गरेका थिए। युद्ध र युद्धका परिणाम, प्राकृतिक तथा मानवसिर्जित विपद्, विपद्ले सिर्जना गरेका असर, गरिबी, भोकमरी, विषमता न्यूनीकरण, सङ्कटापन्न समुदायलाई उत्थानशील बनाउनेलगायत क्षेत्रमा आइएफआरसीले मानवीय सहायता प्रदान गर्दछ ।    सात लाखभन्दा बढी कर्मचारी र झण्डै दुई करोड स्वयंसेवकको माध्यमबाट करिब एक अर्ब जनसङ्ख्यालाई  आइएफआरसीले बर्सेनि मानवीय सहायता पुर्‍याउने गरेको छ । रासस

पाल्पा:  पाल्पाको चिलाङ्दी –चापपानी –राम्दी सडकखण्ड अन्तरगतको गेझाठाँटी– गरन्डाँडा सडकखण्ड आगामी जेठ २० गतेसम्म बन्द हुने भएको छ ।   सडक पूर्वाधार विकास कार्यालय पाल्पाले एक सूचना जारी गर्दै आजदेखि आगामी जेठ २० गतेसम्म सडक बन्द हुने जनाएको हो ।   सूचनामा भनिएको छ, ‘चिलाङ्दी –चापपानी –राम्दी (गेझाठाँटीदेखि गरन्डाँडा खण्ड) मा बेस बिछ्याउने कार्य भई कालोपत्रे गर्ने तयारीमा रहेकाले मिति वैशाख २८ गतेदेखि जेठ २० गतेसम्मका लागि सडक बन्द रहने सूचना सबैमा जानकारी गराइन्छ । सो अवधिसम्म वैकल्पिक मार्ग प्रयोग गरी निर्माण कार्यमा सहयोग गरिदिनु हुन सबैमा अनुरोध छ ।’  

 जनकपुरधाम:   सर्लाहीमा एक जना भारतीय युवकको हत्या भएको छ ।   सर्लाहीको हरिपुर्वा नगरपालिका १ पथरा पुलनजिक झाडीमा भारत सितामढी ग्रामपञ्चायत सोनबरसा ९ का सिकु भनिने २८ वर्षीय शेखर सुमनको शव फेला परेको हो ।   बुधबार साँझ करिब ६  बजे झाडीमा टाउको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । युवकको टाउको र शरीर २० र २५ मिटरको दूरीमा फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी कैलास राईले जानकारी दएका छन् ।   घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा लगिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको डिएसपी राईले बताए ।  

बाजुरा:    बाजुराको बिछ्या केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछ्या केन्द्रविन्दु भएर आज बिहान ५ बजेर १५ मिनेट जाँदा ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि बाजुराकै बिछ्या केन्द्रविन्दु भएर यही वैशाख २३ गते ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रुपमा लिने गरिन्छ ।   

पोखरा:    गण्डकी प्रदेश नीति तथा योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले बुधबार पद तथा गोपनीयताको सपथ लिएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं आयोगका अध्यक्ष सुरेन्द्रराज पाण्डेले बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित समारोहमा आयोगका नवनियुक्त उपाध्यक्ष डा. देवकोटालाई सपथ गराएका हुन् । सपथ लिएलगत्तै डा देवकोटाले आयोगको उपाध्यक्षको पदभार सम्हालेका छन् । सो अवसरमा उनले संविधानले दिएको सीमाभित्र रहेर प्रदेशलाई बलियो र समृद्धशाली बनाउन भूमिका खेल्ने बताए । कृषि, पर्यटन पूर्वाधार, जलस्रोत, गुणस्तरीय शिक्षा र स्वास्थ्यलगायतका क्षेत्रमा प्राथमिकीकरणका आधारमा काम गर्नुपर्ने उनले उल्लेख गरे । प्रदेश सरकारको नीति तथा योजना कार्यान्वयनमा सबै पक्षसँग मिलेर काम गर्ने उनले बताए ।  

काठमाडौं:    प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ ले नक्कली भुटानी शरणार्थी सम्बन्धमा दोषी कोही नछुट्ने र निर्दोष कोही पनि पर्न नहुने बताएका छन् ।  प्रधानमन्त्री प्रचण्ड, पाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि पत्रकारसँग कुरा गर्दै यस्तो बताएका हुन् । छलफल सदनलाई सुचारु गर्ने सन्दर्भमा केन्द्रित भएको बताए । सञ्चारकर्मीको जिज्ञासामा प्रधानमन्त्रीले भने, “मिडियामा जसरी तपाईंले प्रचार गर्नुभएको छ, तीन जना नेताको भेट त्यस्तो होइन। हाम्रो भेट सदनलाई कसरी सुचारु रुपमा लैजाने, संसदीय समिति बनाउने, संयुक्त समिति बनाउने विषयमा नै बढी छलफल भएको छ।” यसैगरी, उनले पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले पक्राउ गरेको सन्दर्भमा यसमा प्रहरीले आफ्नो काम अघि बढाएको र सरकारले पनि ठीक ढंगले काम गरोस् भनेर ‘स्ट्याण्डिङ अर्डर’ दिएको बताए । “आशंका गर्नुपर्ने केही कारण छैन। हामीले विल्कुल क्लियर भाषामा भनेका छौं। दोषी कोही नछुटोस्, निर्दोष कोही नपरोस्। प्रहरीले आफ्ने काम ठिक ढंगले गरोस् भनेर स्ट्याण्डिङ अर्डर दिएकै छौं। प्रहरीले आफ्नो काम गरेको छ, त्यसकारण यसमा दुविधा, आशंका गर्नुपर्ने केही कारण छैन। जे भएको छ, विधि, विधान, नियम पद्दति अनुसार काम भएको छ। हामी राजनीतिक नेतृत्वले आफ्नो काम गरेका छौं”, उनले भने ।