प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल निर्वाचित भएको घोषणा गर्नुभएको छ ।   आइतबार बिहान ११ बजे सिंहदरबारस्थित निर्मा...

काठमाडौं:    पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई काठमाडौं जिल्ला अदालतले थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ।   बुधबार बिहान चाबहिल मैजुबहालबाट पक्राउ परेका पूर्व गृहमन्त्री खाँणलाई प्रहरीले काठमाडौं जिल्ला अदालतबाट चार दिन म्याद थप गरी हिरासतमा राख्न अनुमति पाएको हो।  नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार पाँच घण्टा बयान लिएको थियो। बयानपछि प्रहरीले खाँणको स्वास्थ्य परीक्षण गरेको थियो। 

पोखरा:    पोखरामा म्याद गुज्रेको बियर जिल्ला प्रशासन कार्यालय कास्कीले नष्ट गरेको छ ।  लाभाजु इन्टरप्राइजेजको स्टोरबाट बरामत गरेको १३ लाख ९८ हजार ५ सय ३० रुपैयाँको म्याद गुज्रेको बियर प्रशासनले पोखरा महानगरपालिका १७ मुस्ताङचोकस्थित गल्फकोर्षको जग्गामा नष्ट गरेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।  जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले म्याद गुज्रेका बियर बिक्री गर्ने लाभाजु इन्टरप्राइजेजलाई ३ दिनभित्र बिलबिजकसहित प्रशासनमा उपस्थित हुन सूचना पठाइएको जानकारी दिए । लाभाजुलाई उपभोक्ता संरक्षण ऐन अनुसार कारबाही गरिने जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी भानुभक्त ढकालले जानकारी दिए ।    प्रशासनले ६ सय ५० एमएलको ३ सय १३ कार्टुन र ३ सय ३० एमएलको ६ कार्टुन बियर पोखरा महानगरपालिका ५ प्रस्याङ शिवालय मार्गस्थित लाभाजु  इन्टरप्राइजेजको स्टोरबाट १३ लाख ९८ हजार ५ सय ३० रुपैयाँ बराबरको बर्डवाइजरको म्याद गुज्रेको बियर बरमत गरेको थियो ।   

बाँके:  नेपालगंज उपमहानगरपालिका-१२ स्थित किङ क्रस क्लबबाट अटोमेटिक पेस्तोल र १ राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन् ।   प्रहरीका अनुसार पक्राउ पर्नेमा बर्दिया बाँसगढी नगरपालिका-८ बस्ने २८ वर्षीय सुमन रिजाललाई रहेका छन् ।   उक्त क्लबमा झगडा भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त क्लबको ट्वाइलेटमा लुकाई राखेको उक्त हतियारसहित फेला पारी उनलाई पक्राउ गरेको थियाे ।   मंगलबार राती पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ । 

काठमाडौं:   भुटानी शरणार्थी प्रकरणमा मुछिएका प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी संघीय संसद् सचिवालयको सम्पर्कमा आएका छन् ।  संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सांसद् रायमाझीले स्वास्थ्यमा समस्या भएर अस्पतालमा रहेको जानकारी गराएका हुन् ।  उनका अनुसार प्रहरीको फरार सूची रहनुभएका रायमाझीले बिरामी बिदा स्वीकृति गरिदिन निवेदन संघीय संसद् सचिवालयमा पठाएका छन् । रायमाझीविरुद्ध प्रहरीले अघिल्लो बुधबार पक्राउ पूर्जी जारी गरेको थियो। त्यसपछि रायमाझी फरार छन् । नेकपा (एमाले) सचिवसमेत रहेका रायमाझीलाई बुधबार एमालेले निलम्बन गरेको छ। 

काठमाडौं:     प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जिल्ला अदालत काठमाडौंमा लगेको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पाउने ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले खाँणलाई हिरासतमा राख्न अदालतसँग अनुमति लिन लागेको हो । बुधबार विहान घरबाटै पक्राउ परेका खाँणलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको थियो । दिउँसो ३ बजे उनलाई प्रहरीको भ्यानमा राखेर बबरमहलस्थित जिल्ला अदालत काठमाडौंतर्फ लगेको हो ।

काठमाडौं:   नेकपा एमालेले सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि एमालेले रायमाझीलाई निलम्बन गरेको हो । राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको एमाले महासचिव शंकर पोखरेलले विज्ञप्तिमार्फत् जानकारी दिएका छन् । रायमाझीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । उनी फरार छन् । उनका छोरा सन्दीपलाई भने प्रहरीले पक्राउ गरिसकेको छ ।

पोखरा:    प्रतिनिधिसभा सभा सदस्य मनबहादुर गुरुङले आगामी आर्थिक वर्ष २०८०÷८१ को विनियोजन विधेयकमा पोखराको सात तालको सिमाना छुट्याएर रोक्का राखिएको जग्गा फुकुवा गर्न प्राथमिकतामा राख्न माग गरेको छन् ।  प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा बौल्दै सांसद गुरुङले पोखरा महानगरपालिका साविकको लेखनाथ नगरपालिकाको सात तालको सिमाना छुट्याएर रोक्का रहेका जग्गा फुकुवा गर्न विनियोजन विधेयकको प्राथमिकतामा राख्न माग गरेका हुन् ।    ‘पोखरा महानगरपालिकाका साविकको लेखानाथ नगरपालिका आज भन्दा १६ वर्ष अगाडि नेपाल सरकारको स्वीकृत नेपालको कै सात तालको शहर, गार्डेन सिटी अफ लेकका रुपमा गुरुयोजना बनाइएको थियो’, सांसद गुरुङले भने, ‘रुपा ताल बाहेक अन्य तालमा गुरुयोजना अनुसार काम भएको छैन, तालहरुको सिमाना छुट्टाएर रोक्का राखिएको जग्गा फुकुवा गर्न विनियोजन विद्येयकको प्राथमिकतामा राखियोस् ।’ उनले सात ताललाई गार्डेन सिटी अफ लेकको रुपमा गुरुयोजना बनाएर तालको संरक्षण, पर्यटन, विकास,रोजगार सिर्जना गर्ने उद्धेश्य राखेर अगाडि बढेपनि रुपा ताल बाहेरक अन्य तालमा योजना अगाडि बढ्न नसकेको बताए ।  साविकको लेखनाथ नगरपालिकाभित्रका बेगनास ताल, रुपा ताल, दिपाङ्ग ताल, खाष्टे ताल, न्यूरेनी ताल, गुँदे ताल, मैदी ताललाई गार्डेन सिटी आफ लेकको योजनामा अगाडि बढाइएको सांसद गुरुङको भनाई छ ।  सांसद गुरुङका अनुसार विज्ञहरुको सुझावमा गुँदे ताललाई ‘बल्जी ताल’, खाष्टे ताललाई ‘चरा हेर्ने ताल’, दिपाङ्ग ताललाई, ‘हनिमुन ताल’, मैदी ताललाई ‘योग गर्ने ताल’, बेगनास ताललाई ‘वाटर स्पोर्टस लेक’ र रुपा ताललाई ‘कायचिङ ताल’ नामाकरण गरेर विकास गर्ने उद्धेश्य रहेको बताएका छन् । 

काठमाडौं:   राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफूहरुले संसदमा बोल्न नपाएको गुनासो गरेका छन् । बुधबार बैठक सुरु भए लगत्तै राप्रपाका सांसदहरुले उठेर आकस्मिक समय माग गरे । सभामुख देवराज घिमिरेले प्रिबजेट छलफललाई समयमै सक्नुपर्ने भएकाले आकस्म्कि समय नराखिएको बताए । ‘हामी संसदमा बोल्न पाउँदैनौं भने कहाँ गएर बोल्ने ?’ राप्रपाका सांसदहरुले प्रश्न गरे । राप्रपा सांसदले पटक पटक समय माग्दा पनि सभामुखले समय नदिएर स‌ंसदको नियमित कामकारबाही अघि बढाउन खोजेपछि अगाडि आएर नाराबाजी गरेका छन् । संसदमा राप्रपाको अवरोध जारी रहेका कारण बैठक अघि बढ्न सकेको छैन् ।

 काठमाडौं:   जनता समाजवादी पार्टी “जसपा” को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।    बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने बैठकमा सरकारमा पठाउन बाँकी एक मन्त्री, समसामयिक राजनीतिक परिस्थिति, पार्टीको विधान अधिवेशन लगायतका विषयमा छलफल हुने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।   सरकारमा हाल जसपाबाट अशोक कुमार राई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री छन् । ‘सरकारमा जसपाले अझै एकजना मन्त्री र एक जना राज्यमन्त्री पाउने भन्ने कुरा हो क्यारे, कसलाई पठाउने भनेर आज छलफल हुन्छ,’ बस्नेतले भने । बारा क्षेत्र नम्बर २ को उपनिर्वाचन जितेर जसपा अध्यक्ष उपेन्द्र यादव सांसद बनेपछि उनी नै सरकारमा जाने चर्चा छ । सांसद पदको शपथग्रहण गरेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिने क्रममा यादवले सरकारमा को जाने भन्ने विषयमा पार्टीको बैठक बसेर छिट्टै निर्णय गर्ने बताएका थिए ।    जसपाले आगामी जेठ १, २ र ३ गते विधान अधिवेशनको मिति तोकिको छ ,तर त्यसको तयारी पूरा भइसकेको छैन । ‘विधान अधिवेशन सर्ने सम्भावना छ, किनभने तयारी नै पुगेको छैन,’ प्रचार विभाग प्रमुख बस्नेतले भने, ‘आजको बैठकमा यसबारे पनि छलफल हुन्छ ।’