पोखरा:  तमु समुदायको एतिहासिक, मौलिक साँस्कृतिक ट्होटें पर्व तमु धिं नेपालको आयोजनामा चैत्रको अन्तिम मंगलबार मनाएको छ।   उधौलीट्होटें पोखराको पुरानो एयरपोर्ट मेयर हर्क गुरुङ चोकबाट प्रकृत...

गण्डकी प्रदेशको मुख्यमन्त्री खगराज अधिकारीको प्रेस संयोजकमा सुशन घिमिरे नियुक्त भएका छन् ।    अनेरास्ववियुको विद्यार्थी राजनीतिमा ०६३ सालदेखि सक्रिय घिमिरे ०६६ मै जिल्ला कमिटीमा आबद्ध थिए ।    आमसञ्चार तथा पत्रकारितामा स्नातक तह उत्तीर्ण घिमिरेले व्यवस्थापनमासमेत स्नातक गरेका छन् । 

काठमाडौं :विन्ध्यवासिनी म्युजिक प्रालीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय साइबर व्युरोले उनलाई  त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलबाट पक्राउ गरेको हो। उनी थाइल्याण्डबाट स्वदेश फर्किदै थिए।   साइबर व्युरोका प्रवक्ता पशुपति कुमार रायले रेग्मीलाई पक्राउ गरिएको जानकारी दिए। रायका अनुसार उनीविरूद्ध साइवर व्युरोमा उजुरी परेपछि अनुसन्धान गर्न पक्राउ गरिएको हो।    उनीविरूद्ध गायक प्रमोद खरेलसहित ४ जना कलाकारले उजुरी दिएका छन्।   सामाजिक सञ्जालमामार्फत् विभिन्न कलाकारविरूद्ध अश्लिल गाली गर्ने,अपशब्द प्रयोग गर्ने र कलाकारहरूको चरित्रहत्या गरेको उजुरीमा उल्लेख छ।

काठमाडौं:  नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य एक लाख ३ हजार २ सय, तेजावी सुनको मूल्य एक लाख २ हजार ७ सय र चाँदीको मूल्य १२ सय ९० रुपैयाँ तोकिएको छ ।   यो मूल्य शुक्रबारको कारोबार मूल्यको तुलनामा सुनको मूल्य तोलामा ७ सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो ।   शुक्रबार प्रतितोला एक लाख २ हजार ५ सय रुपैयाँमा छापावल, एक लाख २ हजार रुपैयाँमा तेजावी र १२ सय ७५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

   म्याग्दीः  म्याग्दीको मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरमा ‘मङ्गलाइन्द्रेणी उद्यान’ निर्माण गरिएको छ । मङ्गला–२ बाबियाचौर निवासी समाजसेवी इन्द्रबहादुर अधिकारीको परिवारले निःशुल्क उपलब्ध गराउनुभएको जग्गामा गाउँपालिका, गण्डकी प्रदेश सरकार र डिभिजन वन कार्यालयसमेतको रु एक करोड लागतमा बहुउद्देश्यीय उद्यान निर्माण गरिएको हो ।  आइतबार एक समारोहका बीच उक्त उद्यानको गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष प्रेमकुमारी क्षेत्री र जग्गादाता अधिकारीले शुभारम्भ गर्नुभएको छ । आर्थिक वर्ष २०७५÷०७६ मा सुरु गरिएको उद्यानको निर्माण सकिएपछि औपचारिकरुपमा शुभारम्भ गरिएको हो  । उद्यानमा सङ्ग्रहालय, खानेपानी, गार्डेन, बालउद्यान, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र, शौचालयलगायतका पूर्वाधार निर्माण गरिएको छ । गाउँपालिकाको केन्द्रमा आउने पर्यटकको आकर्षण र स्थानीय बालबालिका, युवायुवती र ज्येष्ठ नागरिकको फुर्सदको समयलाई उचित सदुपयोगका लागि उद्यान सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष रोकाले बताउनुभयो । “बजारमा शान्त वातावरणमा बालबालिकादेखि वृद्धवृद्धासम्मलाई एकै ठाउँमा रमाउने थलोको रुपमा उद्यान बनाएका हौँ, यसलाई अझै सौन्दर्यकरण गर्दै लैजाने हाम्रो योजना छ”, उहाँले भन्नुभयो । उद्यानको विभिन्न भागमा रेलिङ र सिँढी बनाइएको छ । शारीरिक व्यायामका लागि रनिङ स्पट बनाइएको छ । स्थानीय मौलिक संस्कृति र परम्परागत सामग्रीको संरक्षणका लागि सङ्ग्रहालयसमेत स्थापना गरिएको छ । उद्यान बनाउन समाजसेवी इन्द्रबहादुर अधिकारीको परिवारले तीन रोपनी, १५ आना, तीन पैसा दुई दाम क्षेत्रफलको जग्गा निःशुल्क उपलब्ध गराउनुभएको हो ।  त्यसैगरी थप पाँचआना क्षेत्रफलको जग्गा खरिद गर्न गाउँपालिका अध्यक्ष रोकाले रु एक लाख र मङ्गला युवा क्लबले रु दुई लाख आर्थिक सहयोग गर्नुभएको थियो । आइतबार उद्यान शुभारम्भका अवसरमा जग्गा दाता र सहयोग दातालाई सम्मानसमेत गरिएको थियो । बाजागाजासहित बाबियाचौर बजार परिक्रमापश्चात् उद्यानमा आयोजित समारोहमा जग्गदाता अधिकारीको परिवारसँगै जग्गा खरिदमा सहयोग गर्ने गाउँपालिका अध्यक्ष रोका र मङ्गला युवा क्लबका पदाधिकारीलाई दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो । आफू जन्मेर हुर्केको ठाउँमा दीर्घकालीन उपयोगका लागि जग्गाको आवश्यकता परेपछि समग्र मङ्गलाको समृद्धिमा सघाउने उद्देश्यले आर्थिकरुपमा महँगो पर्ने जग्गालाई आफूहरुले निःशुल्क दान गरेको जग्गादाता अधिकारीले बताउनुभयो ।  “हामीले यहाँको विकासका लागि यो जग्गा निःशुल्क दान गरेका हौँ, खोलाको किनारको जग्गामा आज उद्यान स्थापना भएको छ, यसले दीर्घकालीनरुपमा मङ्गला गाउँपालिकाको विकासमा रचनात्मक सहयोग पुग्ने हामीले विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो । उद्यान निर्माण गर्न डिभिजन वन कार्यालयले रु १८ लाख, गण्डकी प्रदेश सरकारबाट सङ्ग्रहालय भवन बनाउन रु १६ लाख र ज्येष्ठ नागरिक आश्रयस्थलको लागि रु सात लाख बजेट उपलब्ध गराएका थिए । उद्यानको जग्गा व्यवस्थापनदेखि पूर्वाधार निर्माण र सङ्ग्रहालय भवनलाई पूर्णता दिन गाउँपालिकाले करिब रु ६० लाख बढी लगानी गरेको जनाइएको छ ।  उद्यानलाई निःशुल्क जग्गादाता अधिकारीको सम्मानमा उद्यान परिसरमा अर्धकदको सालिक बनाइएको छ भने सङ्ग्रहालयको नाम ‘मङ्गला खड्ग नन्द सङ्ग्रहालय’नामकरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले जानकारी दिनुभयो । म्याग्दी नदी किनारमा निर्माण भएको उद्यान स्वच्छ र शान्त वातावरणसहित बालबच्चादेखि वृद्धवृद्धासम्म सबैलाई मनोरञ्जन र आनन्दको महसुस हुने गरी निर्माण गरिएको छ ।  उद्यानलाई हरियाली र आकर्षक बनाउन खण्ड खण्ड बनाएर विभिन्न प्रजातिका फूल रोपिएको छ भने बाह्रैमास हरियो हुने दुबो पनि सारिएको छ । उद्यान सञ्चालनमा आएसँगै मङ्गलामा आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षेत्रीले जानकारी दिनुभयो ।

काठमाडौं : पूर्वस्वास्थ्यमन्त्री डाक्टर मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ। श्रेष्ठको उपचारका क्रममा आज बिहान सवा ४ बजे अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।   उनी २०४६ सालको आन्दोलन पछाडि बनेको सरकारमा स्वास्थ्यमन्त्री भएका थिए। पछिल्लो समय उनी मानवअधिकार क्षेत्रमा सक्रिय थिए।   पारिवारिक स्रोत अनुसार उनका छोराछोरी विदेशमा रहेकाले मंगलबार ९ बजेपछि पशुपति आर्यघाटमा दाह संस्कार गरिनेछ। उनको पार्थिव शरीरलाई अन्नपूर्ण न्यूरो अस्पतालबाट शिक्षण अस्पतालको शवगृहमा लैजाने तयारी गरिएको छ। 

अर्घाखाँची :लुम्बिनी प्रदेशका खानेपानी ग्रामीण तथा सहरी विकासमन्त्री चेतनारायण आचार्यले  प्रदेशका सबै घरधुरीमा खानेपानीका धारा निर्माण गर्ने गरी काम अगाडि बढेको बताएका छन् ।   सन्धिखर्कमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री आचार्यले पाँच वर्षभित्रमा  प्रदेशका सबै घरधुरीमा खानेपानीको विस्तार गर्ने गरि काम अगाडि बढाउने  बताए ।   सरकारले बढ्दो खानेपानीको माग सम्बोधनमा देखिएका चुनौतीको व्यवस्थापन सहकार्यका लागि सबै क्षेत्रसँग सहकार्य गरेर काम गर्ने बताए ।   आवश्यताको आधारमा विभिन्न मापदण्ड तयार पारेर सबैको घर-घरमा खानेपानीका योजना सम्पन्न गर्ने योजनाका साथ  जिल्लामा थालनी गरेका कामलाई निरन्तरता दिँदै अधुरा कामलाई पनि क्रमश अगाडि बढाउने मन्त्री आचार्यको भनाइ छ ।   जिल्लामा बढ्दो बसाइसराइ रोक्नका लागि शिक्षा र स्वास्थ्यमा गुणस्तरीय पहुँच पुराउने गरी काम अगाडि बढाउनुपर्ने बताए । 

चरिकोट:  प्रचारप्रसारका लागि दोलखाको सैलुङ गाउँपालिका–८ झोर गाउँका बासिन्दाले पाहुनाहरूलाई काउलीको पातको गुन्द्रुक उपहार पठाउने गरेका छन् । मेहनती किसानहरूको गाउँ झोर काउली र आलु खेतीमा अब्बल रहेको छ । यो गाउँको प्रत्येक घरमा काउलीको पातको गुन्द्रुक बन्ने गरेको स्थानीय किसान दिनेश श्रेष्ठले बताउनु भयो ।    उत्पादित गुन्द्रुक अहिले घरमा खाने र पाहुनाहरूलाई उपहारको रूपमा दिने गरिएको छ । उहाँले भन्नु भयो, आगामी वर्षदेखि व्यावसायिक रूपमा गुन्द्रुक बनाउने सोच पलाएको छ । गुन्द्रुक राष्ट्रिय तरकारी भनिन्छ तर फैलावट हुन सकेको छैन । ठूल्ठूला तारे होटेलमा हाम्रो सम्पर्क हुन नसक्दा बजार अभाव देखिएको छ ।    उहाँले भन्नुभयो, काउलीको पातको स्वादिष्ट गुन्द्रुकको बिक्री वितरण सुरु भई नसकेको भए पनि घरमा खाने र काठमाडौँ तथा पोखरातिर उपहारको रूपमा पठाउने गरिएको छ । ढुवानीको असुविधाले माग आएको पनि छैन । अब व्यावसायिक बनेर गुन्द्रुक बिक्री वितरण गर्ने सोच आएको छ ।    करिब  १४० घरधुरी रहेको झोर गाउँमा प्रत्येक घरले काउलीको पातको गुन्द्रुक उपहारको रूपमा आफन्तलाई पठाउन र कहिलेकाहीँ घरमा आफै खान भनेर ८÷१० केजीसम्म बनाएर राख्ने गरेका छन् । सविन श्रेष्ठले भन्नु भयो, गुन्द्रुक प्रतिकिलो दुई सय रुपियाँसम्म पाउन थाले सबै व्यावसायिक बन्छन् ।    यति मिठो र स्वादिलो गुन्द्रुक बन्ने काउलीका पातहरू गाई भैँसीले खाइसक्दैनन् । खेर गइरहेको छ । किसान लालबहादुर श्रेष्ठले भन्नुभयो,  झोर गाउँका किसानहरूले प्रत्येकले कम्तीमा पनि २० रोपनीमा आलु र काउली लगाउने गरेका छन् । वार्षिक एक करोडसम्मको काउली र एक करोडकै आलु बिक्री वितरण गर्दै आएका छन् । आलु र काउली बिक्रीबाट एउटा परिवारले मासिक ७० हजारसम्म र वार्षिक ४÷५ लाखसम्म आम्दानी गर्दै आएको स्थानीय किसानहरूको भनाइ छ ।   काउली बिक्री गर्दा ठुला पातहरू छाँट्नुपर्ने भएकाले त्यसको उपयोगिताको लागि गुन्द्रुक बनाउने गरिएको हो । काउलीको पातको गुन्द्रुक स्वादिलो हुने भएकोले आफन्तले रुचाउने गरेका किसान दिनेशले बताउनुभयो ।    प्रचारप्रसार होस् भनेर  पनि झोर गाउँबाट काठमाडौँ, पोखरालगायतका ठाउँमा रहेका आफन्तलाई यो गुन्द्रुक उपहारको रूपमा पठाउने गरिएको छ । यसको माग राम्रो रहेकाले अब व्यावसायिक उत्पादन गर्नुपर्ने निष्कर्षमा पुगिएको उहाँले बताउनुभयो ।    यो गाउँमा वर्षमा एक पटक आलु र एक पटक काउली उत्पादन हुन्छ । उत्पादित वस्तु काठमाडौँ कालीमाटी र बल्खु लाने गरिएको छ । यातायातको सुविधा भए ढुवानीमा सरल आई मनग्गे आम्दानी हुने स्थानीयहरू बताउँछन् ।    वडाध्यक्ष मानबहादुर तामाङले झोरका किसानहरूले गुन्द्रुक उत्पादनका लागि सहयोग गर्न गाउँपालिकालाई अहिलेसम्म आग्रह नगरेको उल्लेख गर्दै त्यस्तो माग आयो भने गाउँसभामा निर्णय गरेर पालिकातर्फबाट केही सहयोग गर्न सकिने बताउनु भयो । 

पोखरा:   दलित आन्दोलनको बहसलाई रचनात्मक र सिर्जनात्मक बनाउन सांसदहरुले आग्रह गरेका छन् ।   राष्ट्रिय दलित पत्रकार संघ नेपालको केन्द्र, प्रदेश र जिल्लाको संयुक्त आयोजनामा भएको दलित आन्दोलन र आरक्षण नीति विषयक गोष्ठीमा बोल्दै वक्ताहरुले उक्त कुरा बताएका हुन् ।  कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्य मन्त्री खगराज अधिकारीले दलित आन्दोलनलाई आफुले दलभन्दा माथि उठेर सुरुदेखी नै अगालेको बताए । उनले आफु मुख्यमन्त्री भएपश्चात धेरै काम गर्न बाँकी रहेको सुनाउँदै दलित हक हित र अधिकारका लागि गर्नुपर्ने आवश्यक कामहरुको निर्देशन र सुझाव दिन अनुरोध समेत गरे । आफु मुख्यमन्त्री हुने अवस्था नरहँदा राजनैतिक घटनाका कारण नचोको भएको र मुख्यमन्त्री हुँदै गर्दा गोष्ठीबाट आउने हरेक शब्दको सम्बोधन गर्ने बताए ।  राणा शासन अन्त्यका लागि लड्दै गर्दा मृत्यु दण्डको सजाय भोगेको व्यक्ति भएकाले पार्टीभन्दा पनि नागरिक प्यारो भएको उनको भनाइ छ । उनले संविधान बनाउँदा समेत समस्या रहेकाले  अधिकारको प्रत्याभुत अहिलेसम्म हुन नसकेको सुनाए । उनले धार्मिक ग्रन्थमा कुनै जातिय विभेद नभएको तर विश्वमाा जसले राम्रो काम ग¥यो उसैलाई दलित भनि हेपिएको बताए । ‘यो बहसलाई रचनात्मक र सिर्जनात्मक बनाऔं । हामीले उपभोग गर्ने हरेक सामान बनाउने कला भएका महान व्यक्तिहरु दलित कहलिए’ उनले भने,‘मेरो प्राथमिकतामा यो आन्दोलन पर्छ । दलभन्दा माथि उठेर यो आन्दोलमा साथ हिजो पनि दिए आजपनि दिन्छु र भोलि पनि ।’ सोेही क्रममा बोल्दै उनले गण्डकी प्रदेशकै जिल्ला जानका लागि अन्य प्रदेशबाट जान बाध्य भएको र अब आफ्नै प्रदेशको बाटो प्रयोग गर्ने सुनाए । उनले गण्डकीका दलित सहिदको सपनालाई आफ्नो कार्यकालमा पुरा गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।  यस्तै गण्डकीका अर्थमन्त्री सिताकुमारी सुन्दासले सुन्दासले दलितहरु अब नेतृत्वदायि भूूमिकामा आउने काम गर्नुपर्ने बताएकी छिन् ।  उनले प्रदेशमा आफुहरुले  सिमित स्रोत साधनका बाबजुुत नयाँ कामको थलानी गरेको र थोरै बजेटमा धेरै काम गर्न बाध्य भएको बताइन् ।  अहिले दलितपनि नीति निमार्ण गर्ने स्थानमा रहेको र अब प्रशासनिक क्षेत्रमा समेत दलित उपस्थिति हुन जरुरी रहेको भनाइ राखिन् । ‘हामी नीति निमार्ण गर्ने ठाउँमा पुुगेका छौं । निष्ठाले लाग्न जुरुरी छ । हिजो हाम्रा शहिदले देखेको सपना र खेलेको भूमिकालाई सफल बनाउन हामी असल र सभ्य भएर लाग्नुपर्ने छ’ उनले भनिन्, ‘ अब प्रेरणाको काम गर्नुपर्ने बेला भएको छ ।  राजनितिमा दलितको मुक्तिका लागि लड्नुुपर्छ । लेखनबाट समेत एक ठाउँमा उभ्एिर काम गरौं ।’ उनले समानातामा आधारित समाज सिर्जनाका लागि काम गर्न जुरुरी रहेको स्पष्ट पारिन् ।  राष्ट्रिय दलित पत्रकार संघका केन्द्रिय अध्यक्ष विनोद पहाडीले पँहुचको आधारमा अन्य जातले स्थान पाउँदा दलित भएकै कारण क्षमता भएरपनि मिडिया क्षेत्रमा उचित ठाउँ नपाएको गुनासो पोखे । ‘दलितले क्षमताको आधारमा पनि ठाउँ पाएनन् । पहुँचको आधारमा आफ्नो जातिको मानिसलाई मात्र स्थान दिइयो । मिडिया क्षेत्रमा समेत क्षमता भएका दलित जातिका व्यक्तिहरुले उचित ठाउँ पाउन सकेनन्’ उनले भने,‘ सात दशक पुगेको नेपाल पत्रकार महासंघका दलित कोटा भन्दा बाहिरको निष्पक्ष भएर दलित कहिले आउन सक्छ रु कोटाको विषयमा बेलाबेलामा आउने बहस प्रति सबै एक भएर बहस गर्न आवश्यक छ ।’ उनले अब रानीतिक दलमा विद्रोह गर्न आवश्यक रहेको सुनाए । संविधानसभा सदस्य परशुराम रम्तेलले दलितका मुद्धाहरुलाई कसरी अगाडि बढाउने र  दलित भन्ने वित्तिकै मनोबल घटाउने काम गरिदै आएको बताए । उनले दलितप्रति स्पष्ट कानुन निर्माण नहुँदा समस्या आएको सुनाए । उनले सुरक्षित राजनैतिक प्रणाली लागु गर्नुपर्ने समेत बताए । ‘दलित जाति प्रत्यक्ष निर्वाचित बनाउँदा जनसंख्या बढी भएको स्थानमा जुनसुकै पार्टीले पनि सुरक्षित राजैनैतिक प्रणाली लागु गर्नुपर्छ ।’ उनले भने । कार्यक्रममा प्रतिनिधिसभा सदस्य राजु नेपाली, नेपाली कांग्रेस केन्द्रिय नेता गुरु बराल, नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य सरिता तिमिल्सिना पगेनी, दलित पत्रकार संघ गण्डकी प्रदेश अध्यक्ष रेम विक लगायतले आफ्नो भनाइ रोखका थिए । कार्यक्रम संचालन दलित पत्रकास संघका केन्द्रिय उपाध्यक्ष दिपक परियारले संचालन गरेका थए ।  

हेटौँडा:  हेटौँडा अस्पतालको नवनिर्मित भवनको राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गर्नुहुने भएको छ । सङ्घीय सरकारको बजेटमा निर्माण भएको ७० शैयाको नयाँ भवनको मङ्गलबार राष्ट्रपति भण्डारीले उदघाटन गर्ने कार्यक्रम तय भएको अस्पातल व्यवस्थापन तथा सञ्चालन समितिले जनाएकोछ ।    अस्पतालले आइतबार पत्रकार सम्मेलन गरी नयाँ भवन निर्माणसँगै थप सेवा र सुविधा विस्तार गरेको जनाएको छ । सङ्घीय सरकार अन्तर्गत जिल्ला अस्पतालका रुपमा रहेको हेटौँडा अस्पताल देश सङ्घीय संरचनामा गएसँगै बागमती प्रदेश सरकार मातहत रहनेगरी हस्तान्तरण गरिएको थियो ।   अस्पातल व्यवस्थापन तथा सञ्चालन समितिका सदस्य उत्सव चौलागाईँले अस्पतालको पुरानो भवन साँघुरो भएपछि र सेवाग्राहीको चाप बढेपछि नवनिर्मित भवनबाट यसअघि सेवा सञ्चालनमा ल्याइएको बताउनुभयो ।   नयाँ भवन मूल्य अभिवृद्धि करसहित सङ्घीय सरकारको ३५ करोड ३२ लाख रुपियाँको​​ लागतमा निर्माण गरिएको हो । अस्पतालको नवनिर्मित भवन, विकास समितिको ६० र नेपाल सरकारको ५० शैया गरी झण्डै दुई सय शैया रहेको छ । प्रदेश सरकारले पछिल्लो समय मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत राखेको यस अस्पतालबाट नाक, कान, घाँटी, बालरोग, स्त्रीरोग, छाला लगायतका रोगका बिरामीका लागि विशेषज्ञ सेवा प्रदान गर्दैआएको अस्पतालका अध्यक्ष तथा प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईंले बताउनुभयो ।   प्रतिष्ठानका कुलपति प्रा.डा. विश्वराज जोशीले अस्पताललाई अध्ययन, अनुसन्धान र उपचार केन्द्रको रुपमा विकास गरिने जानकारी दिनुभयो । अस्पतालको नवनिर्मित भवन राष्ट्रपति भण्डारीबाट उदघाटन गर्ने कार्यक्रम तय भएसँगै अस्पतालको आसपासको क्षेत्रको सरसफाइ, अस्पताल परिसरका सडकको अस्थायी  निर्माणमा तिव्रता दिइएको छ ।