पोखरा:    गण्डकी स्पोर्टस् क्लबको आयोजनामा पोखरा ५ मालेपाटनमा जारी पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिता प्रिक्वाटरफाइनलका खेल सकिएका छन् ।   मालेपाटन खेलमैदानमा आज...

  पोखरा । नेपाली कांगे्रस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले नाई पेशाकर्मीको व्यवसायलाई कांग्रेस पार्टीले नजिकबाट नियाली रहेको बताएका छन् । नाईहरुको सीपको कदर गर्दै पर्यटकीय सहर पोखरालाई थप सभ्य र मानिसको सुन्दरलाई वाहिर ल्याउने काम गर्ने कालिगढको संज्ञासमेत दिए । नेपाल नाई संघको ८ औं जिल्ला अधिवेशन उद्घाटन गर्दै गण्डकी प्रदेशका नेता शर्माले कांग्रेस पार्टीबाट मात्र नाईहरुको हक र हित सुरक्षित हुने बताए । सभापति शर्माले हरेक क्षेत्र र वर्गबाट आगामी मंसिर ४ गते हुने निर्वाचनमा कांगे्रस र कांग्रेससँग भएको गठबन्धनका उम्मेदवारलाई जिताउन निर्देशन दिँदै प्रजातन्त्र, स्वतन्त्रता र पेशागत हकहितको रक्षा गर्ने जिम्मा नेपाली कांग्रेसको भएको समेत ठोकुवा गरे । नेपाल नाई संघ कास्कीका अध्यक्ष विगुलाल ठाकुरको अध्यक्षतामा भएको सभामा नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेशका अध्यक्ष मुरारी शर्माले नयाँ नेतृत्व लिदा समयको ख्याल गर्न सक्नु पर्नेमा जोड दिए । नाई संघलाई पर्ने अफ्ठ्यारोमा ट्रेड युनियन कांग्रेसले हरकिसिमको सहयोग गर्न तयार रहेको बताए । संघका सचिव दिपक ठाकुरको सञ्चालन र उपाध्यक्ष रामनाथ ठाकुर (आनन्द)ले स्वागत गरेको सभामा नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिका सदस्य जीतबहादुर गुरुङले सवै नाईहरुको एकतामा जोड दिँदै नयाँ आउने नेतृत्वलाई शुभकामना दिएका थिए । कार्यक्रममा नेपाल नाई संघ केन्द्रीय वरिष्ठ उपाध्यक्ष लालबाबु ठाकुरले देश भरका नाईलाई आफूले हरेक सहयोग गरिरहेको बताए । उनले आगामी दिनमा नाई पेशालाई राज्यले उच्च सम्मान दिने व्यवस्था बनाउन संघका आफू थप क्रियाशील भएर लागेको उल्लेख गरेका थिए । संघको अधिवेशन उद्घाटन कार्यक्रममा कांग्रेस महाधिवेशन प्रतिनिधि नेतृ कुलदेवी बरालले पेशालाई मर्यादित र व्यवहारिक बनाउन नाई संघले भूमिका खेल्न सक्नु पर्नेमा जोड दिइन । कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस कास्की अध्यक्ष विजयराज भण्डारी, नेपाल कृषि श्रमिक संघका केन्द्रीय उपाध्यक्ष शिवराज अधिकारी, नाई संघका केन्द्रीय सदस्य विरेन्द्र ठाकुर, एटियुसी कास्कीका उपाध्यक्ष कमलबहादुर सापकोटा, सचिव रुद्र तिमिल्सिना, नेपाल नाई संघका गण्डकी प्रदेश अध्यक्ष आदेशप्रसाद ठाकुर, नन्दन ठाकुर, भैरवलाल ठाकुर, सिकन्दर ठाकुर, सत्रुधन ठाकुर लगायतले नाई हरुको एकताले मात्र पेशालाई व्यवस्थित बनाउन सकिने धारणा राखेका थिए । नाई संघ कास्की जिल्लाले अधिवेशनको अवसरमा विशेष सहयोग गर्ने भन्दै नेपाल ट्रेड युनियन कांग्रेस कास्की, वरिष्ठ पत्रकार गंगाधर पराजुली, कोभिड कालमा विशेष भुमिका खेलेका संघका उपाध्यक्ष रामनाथ ठाकुर(आनन्द) लगायतलाई सम्मान गरेको थियो । संघले नयाँ नेतृत्व चयन गर्न मुरारी शर्मालाई निर्वाचन अधिकृतको जिम्मेवारी समेत दिएको छ । 

  पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत आज (मंगलबार) भएको साइक्लिङको इन्डिभिज्युल टाइम ट्रयाल विधामा महिलातर्फ नेपाल आर्मीले र पुरुषतर्फ एपिएफले एक–एक स्वर्ण पदक प्राप्त गर्न सफल भएको छ । पोखराको याम्दी–हेम्जा सडकखण्डमा भएको महिला इन्डिभिज्युल टाइम ट्रयाल विधातर्फको फाइनल खेलमा २० किलोमिटरको दुरी ३८ मिनेट ३१ सेकेण्ड ४१० मिलिसेकेण्डमा पुरा गर्दै नेपाल आर्मीकी उषा खनालले स्वर्ण पदक जित्न सफल भएकी छिन् ।  त्यस्तै उक्त दुरी ४२ मिनेट २० सेकेण्ड ८८६ मिलिसेकेण्डमा पुरा गर्दै एपिएफकी हुमी बुढामगरले रजत पदक जितेकी छिन् । त्यसैगरि ४२ मिनेट ५५ सेकेण्ड ९६२ मिलिसेकेण्डमा दुरी पुरा गर्दै नेपाल आर्मीकै मञ्जु कुमारी खड्काले कास्य जित्न सफल भइन् । आजै भएको पुरुषतर्फको इन्डिभिज्युल टाइम ट्रयाल साइक्लिङमा एपिएफले स्वर्ण र कास्य, नेपाल आर्मीले रजत पदक जित्न सफल भएको छ । २० किलोमिटरको दुरी ३४ मिनेट ०४ सेकेण्ड ३०९ मिलिसेकेण्डमा पुरा गर्दै एपिएफका सुरज रानामगरले स्वर्ण पदक जित्न सफल भएका छन् ।  त्यस्तै नेपाल आर्मीका हिमाल टमाटाले उक्त दुरी ३६ मिनेट ४५ सेकेण्ड ४१९ मिलिसेकेण्डमा पुरा गर्दै रजत पदक जिते । त्यसैगरि ३६ मिनेट ५० सेकेण्ड ४४६ मिलिसेकेण्डमा दुरी पुरा गर्दै एपिएफकै लक्ष्मण मल्लले कास्य पदक जितेका छन् । सात प्रदेश र तीन विभागिय गरि दश क्षेत्रबाट प्रतिस्पर्धा रहेको साइक्लिङमा डाउन हिल, क्रस कन्ट्री र इन्डिभिज्युल टाइम ट्रयाल विधा सकिएको छ । अव भोली (बुधबार) रोड रेस मास स्टार्ट विधा पोखराको हेमजामा हुनेछ । साइक्लिङमा विभिन्न ४ विधामा पुरुष र महिला गरि ८÷८ स्वर्ण, रजत र कास्यका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।  

    पोखरा । नेकपा एमाले कास्की जिल्ला निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले मुलुकको समृद्धिको अभियानलाई सार्थक बनाउन  आप्mनो उम्मेदवारी भएको बताएकी छन् । पोखरा १७ विरौटामा स्थापना गरिएको निर्वाचन परिचालन कमिटि कार्यालयको मंगलवार उद्घाटन कार्यक्रममा बोल्दै उनले राष्ट्रियता र लोकतन्त्रको रक्षासँगै जनताका आधारभुत आवश्यकता पुरा गर्न एमालेको विकल्प नरहेको बताईन् । अधुरा काम पुरा गर्ने लक्ष्यका साथ दुई बर्ष अघि दुःखद अवस्थामा भएको उपनिर्वाचनमा निर्वाचित भएसँगै यस क्षेत्रको भौतिक, सामाजिक एवम् मानवीय विकासमा आप्mनो तर्पmबाट सक्दो प्रयास गर्दै आएको स्मरण गर्दै उनले यस अवधिमा स्वर्गीय रविन्द्र अधिकारीले शुरुवात गरेका कतिपय विकास निर्माणका काम पुरा भएको बताईन् । नेकपा एमाले केन्द्रीय सदस्य समेत रहेकी बौद्धिक व्यक्तित्व भट्टराईले भनिन् – ‘मंसीर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा जनताको बलबाट परमादेशको गठवन्धन सरकारलाई विस्थापित गरि जनादेशको सरकार स्थापित हुने छ ।’ भट्टराईले मुलुकका युवा शक्तिलाई विदेशमा नभई स्वदेशै उत्पादनमा जोडदै व्यवसायिक बनाउन एमालेको सरकारले गरेको अभियानलाई वर्तमान गठवन्धन सरकारले रोकेको बताउँदै पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणसंगै यस क्षेत्रका पहुँच मार्गको स्तरनोन्नति गर्नु पर्ने आवश्यकता औल्याईन् । नेकपा एमाले केन्द्रीय सदस्य एवम् कास्की निर्वाचन क्षेत्र नं. २ (क) का उम्मेदवार भिमबहादुर कार्कीले मुलुकका विपन्न, उत्पिडित, महिला पिछडिएका वर्ग र सुकुम्वासीको उत्थानका लागि पार्टीले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । नेकपा एमाले पोलिटव्यूरो सदस्य सीता गिरी ओलीले निर्वाचन परिचालन कार्यालयको उद्घाटन गर्दै जनताका घरघरमा पुगेर समस्या समाधानतर्पm लाग्न पार्टी नेता तथा कार्यकर्तालाई निर्देशन दिईन् ।  कुरा गरेर होईन काम गरेर पार्टीलाई स्थापित गर्दै जनताका समस्या पहिचान गरि समाधानतर्पm लाग्नुपर्नेमा जोड दिंदै उनले यस क्षेत्रको समग्र विकासमा योगदान पु¥याउन सफल विकास प्रेमी नेता स्वर्गीय रविन्द्र अधिकारीको अभाव खड्किएको स्मरण गरिन् । नेकपा एमाले केन्द्रीय सदस्य तथा कास्की इञ्चार्ज कृष्णबहादुर थापाले पार्टी कार्यकर्ताहरु संगठित भएर सूर्यध्वजावाहक उम्मेदवारलाई विजयी गराउनतर्पm लाग्न आग्रह गरे । निर्वाचन परिचालन कमिटिका संयोजक शिवराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा एमाले प्रदेश कमिटिका सहसचिव रश्मि आचार्य, बार्यवाहक जिल्ला अध्यक्ष तेजनारायण अधिकारी, जिल्ला कमिटी सदस्य सुष्मा पौडेल लगायतले निर्वाचनमा संगठित भएर लाग्नुको विकल्प नभएको बताए ।   त्यसै गरी आजै पोखरा ८ सिजर्नाचोकस्थित कास्की निर्वाचन क्षेत्र नं. २ (ख) को निर्वाचन परिचालन कमिटिको कार्यालयको पनि उद्घाटन गरिएको छ । नेकपा एमाले कास्की जिल्ला इञ्चार्ज कृष्णबहादुर थापाले उक्त कार्यालयको उद्घाटन गरेका हुन् ।  परिचालन कमिटिका संयोजक दानवहादुर बाँनियाको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन क्षेत्र नं.२ (ख) का उम्मेदवार मिना गुरुङ, समानुपातिक प्रदेश सभाका उम्मेदवार डा. छममाया पुन, कास्की जिल्ला सह इञ्चार्ज मिना गुरुङ लगायतले संघ र प्रदेश सरकारले गरेका गतिविधिलाई दस्तावेज गर्दै जनताका घरदैलोमा पुग्नु पर्नेमा जोड दिए ।

  पोखरा । नेपाल प्रहरीकी जुनमाया छन्त्यालले भारत्तोलन प्रतियोगितामा नया राष्ट्रिय रेकर्ड कायम गरेकी छन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरा उद्योग वाणिज्य संघको हलमा मंगलबार महिला ७१ केजी तौल समूहमा उनले स्न्याच र क्लीन एण्ड जर्क दुवैमा नया राष्ट्रिय रेकर्ड कायम गर्नुका साथै स्वर्ण पदकपनि जितेकी छन् । जुनमायाले स्न्याचतर्फ ७८ केजी भार बहन गर्दै आफ्नै रेकर्ड भंग गर्दा क्लीन एण्ड जर्कमा ८९ केजी गरी कुल १६७ केजी उठाउँदै स्वर्ण जितेकी हुन् । यस्तै, एपिएफकी सरिता लामाले स्न्याचमा ५२ र क्लीन एण्ड जर्कमा ६५ गरी कुल ११७ केजी बहन गर्दै रजत पदक जितिन् । नेपाल प्रहरीकी सरस्वती पुरीले कुल ११५ केजी भार बहन गर्दै कास्य पदक जितिन् । उनले स्न्याचमा ५० र क्लीन एण्ड जर्कमा ६५ केजी भार उठाएकी हुन् । यसैगरी, मंगलबार नै सम्पन्न महिला ६४ केजीतर्फ नेपाल आर्मीले स्वर्ण जित्यो । आर्मीकी शारदा चौधरीले स्न्याचमा ६७ र क्लीन एण्ड जर्कमा ८० गरी कुल १४७ केजी भार बहन गर्दै आर्मीलाई चौंथो स्वर्ण दिलाएकी हुन् । यस्तै, नेपाल पुलिसकी राजलक्ष्मी थापाले स्न्याचमा ५७ र क्लीन एण्ड जर्कमा ७१ गरी कुल १२८ केजी भार गर्दै रजत पदक जितिन् भने नेपाल आर्मीकी प्रशंसा पुनले कास्य जितिन् । उनले स्न्याचमा ५३ र क्लीन एण्ड जर्कमा ६५ गरी कुल ११८ केजी भार गरेकी हुन् । प्रतियोगितामा मंगलबार कुल ६ स्वर्णको छिनोफानो हुँदैछ । हालसम्मको नतिजामा पुलिस पदक तालिकाको शीर्ष स्थानमा छ । पुलिसले हालसम्म ५ स्वर्ण, आर्मीले ४ र सुदूरश्चिमले १ स्वर्ण जितिसकेका छन् । कात्तिक २ सम्म चल्ने प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ गरी कुल १०÷१० इभेन्टमा खेल हुनेछ । प्रतियोगितामा महिला ७६ र पुरुष ९६ गरी कुल १ सय ७२ जना खेलाडीले भाग लिएका छन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भारत्तोलनतर्फ २० स्वर्णसहित कुल ६० पदकको लागि प्रतिस्पर्धा भइरहेको नेपाल भारत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ ‘बोस’ ले जानकारी दिए ।  

  पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको कुस्ती प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लवले ९ वटा स्वर्ण पदक जितेको छ । पूर्वी नवलपरासी (नवलपुर)मा २० स्वर्ण पदकका लागि भएको कुस्ती प्रतियोगितामा एपीएफले पुरुषतर्फ ४ र महिलातर्फ ५ गरी कुल ९ स्वर्ण पदक जितेको हो । कुस्तीमा महिला र पुरुष दुबैतर्फ १०÷१० स्वर्ण पदकका लागि प्रतिष्पर्धा भएको थियो ।   पुरुषतर्फको खेलमा एपीएफले चार वटा स्वर्ण पदक जित्दा मधेश प्रदेशले ३ स्वर्ण, विभागिय टिम नेपाली सेना, नेपाल प्रहरी र लुम्बिनी प्रदेशले १÷१ स्वर्ण पदक जितेका छन ।   विभागिय टिम एपीएफका लागी ५७ केजी तौल समूहमा कुन्दन शाह, ६५ केजी तौल समूहमा सुजित यादव, ७० केजी तौल समूहमा उमेशकुमार ठाकुर र ६९ केजी तौल समूहमा बलिराम यादवले स्वर्ण पदक जिते ।   कुस्तीमा मधेश प्रदेशका लागी ६१ केजी तौल समूहमा अमेरशकुमार यादव, ८६ केजी तौल समूहमा लालबहादुर यादव र १२५ केजी तौल समूहमा राज यादवले स्वर्ण हात जित्दा विभागिय टिम नेपाली सेनाका लागी ७४ केजी तौल समूहमा सुरेश चुनार र ९७ केजी तौल समूहमा नेपाल प्रहरीका सुमिर शाहले स्वर्ण पदक हात पारे । त्यस्तै, लुम्बिनी प्रदेशका लागी ९२ केजी तौल समूहमा रमेश गोतामेले स्वर्ण पदक हात पारे ।   कुस्तीको महिलातर्फका स्वर्ण पदक विभागिय टोली नेपाली सेना र सुदुर पश्चिम प्रदेशले मात्र जितेका छन् । नेपाली नेपाल आर्मी र सुदुर पश्चिम प्रदेशले समान पाँच÷पाँच वटा स्वर्ण पदक जितेका हुन ।   विभागिय टिम नेपाली सेनाका लागी ५७ केजी तौल समूहमा लक्ष्मी तामाङ, ६२ केजी तौल समूहमा सुशिला चन्द, ६५ केजी तौल समूहमा निर्मला जागरी, ६८ केजी तौल समूहमा मिरा आउजी र ७६ केजी तौल समूहमा रचना श्रेष्ठले स्वर्ण पदक जिते ।   त्यस्तै, सुदुरपश्चिम प्रदेशका लागी ५० केजी तौल समूहमा दमयन्ती बोहोरा, ५३ केजी तौल समूहमा मनिसा सिंह, ५५  केजी तौल समूहमा संगिता धामी, ५९ केजी तौल समूहमा कोमल खत्री र ७२ केजी तौल समूहमा हेमा भट्टले श्रेष्ठले स्वर्ण पदक जिते । कुस्ती खेल कावासोती–१६ मा रहेको थारु राष्ट्रिय संग्रहालयको हलमा सञ्चालन भएको थियो । ७ प्रदेश र तीन विभागिय टिम सशस्त्र, आर्मी, पुलिस गरि कुस्तीमा १० वटा टिमको सहभागिता रहेको थियो ।

   पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्स महिला म्याराथन दौडमा सशस्त्र प्रहरी बल एपीएफकी वृन्द्राधन श्रेष्ठले स्वर्ण पदक जितेकी छन् । पोखरा रंगशालामा मंगलबार बिहान भएको म्याराथन दौडमा वृन्द्राले ४२.१९५ किलोमिटर दुरी २ घन्टा ५७ मिनेट २३ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् । रजत पदक जितेकी आर्मीकी विश्वरुपा बुढाले ३ घन्टा ००।३५ सेकेन्डमा दुरी पूरा गरिन् । पुलिसकी रेखा विष्टले ३ घन्टा १ मिनेट ३५ सेकेन्डमा पूरा गर्दै काँस्य जितिन् ।

  पोखरा । गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको कास्य पदक बागमती प्रदेशले प्राप्त गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा बागमतीले लुम्बिनी प्रदेशलाई सात विकेटले पराजित गरेको हो ।      टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाएर ८७ रन बनायो । अठासी रनको विजय लक्ष्य बागमतीले १६ दशमलव एक ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो । बागमतीका लागि सुमन खतिवडाले अविजित ४१ रनको योगदान दिइन् । उनले २१ बलमा एक छक्का र छ चौका प्रहार गरिन् । यस्तै अस्मिता खरेलले २०, अनिशा मजाकोटीले अविजित १० तथा कञ्चन श्रेष्ठले १० रन बनाइन् । बलिङतर्फ लुम्बिनीका लागि कृतिका मरासिनीले दुई तथा सुस्मिता भुषालले एक विकेट लिइन् ।      यसअघि लुम्बिनीका लागि ब्याटिङ गर्ने क्रममा सरस्वती जीएमले ३० रन बनाइन । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङतर्फ बागमतीका लागि विपिशा शाहीले चार, खुसी डङ्गोलले तीन तथा सोनी पाख्रिनले दुई  विकेट लिइन्् । अहिले स्वर्ण पदकका लागि नेपाल पुलिस क्लब र एपिएफ क्लबबीच पोखरा रंगशालामा खेल हुँदैछ । 

  पोखरा:  नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको सदरमुकाम बेनीमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ क्लब फाइनल प्रवेश गरेको छ।  मंगलबार भएको सेमिफाइनमा बागमती प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ फाइनल प्रवेश गरेको हो। सेमिफाइनलको पहिलो सेटमा २३–२५ले गुमाएको एपिएफले दोस्रो, तेस्रो र चौथो सेटको २५–२३, २५–२२ र २५–१६ले  आफ्नो पक्षमा पारेको हो। प्रतियोगितामा एपिएफकी निरुता ठगुन्ना उत्कृष्ट खेलाडी घोषित भइन्। दोस्रो सेमिफाइनल खेल गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबिच हुनेछ ।

  पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भइरहेको खोखो प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । जसमा ग्रुप ‘ए’बाट समूह विजेता बन्दै विभागीय टिम नेपाल आर्मी र उपविजेता बागमती प्रदेश सेमिफाइनलमा पुगेका छन् । त्यस्तै, ग्रुप ‘बि’बाट समूह विजेताका रुपमा लुम्बिनी प्रदेश र उपविजेताका रुपमा प्रदेश नं. १ सेमिफाइनलमा प्रवेश गरेका छन् । ४ वटै टिम बुधबार पोखरा रंगशालास्थित ह्यान्डबल एकेडेमीमा फाइनल प्रवेशका लागि भिड्ने भएका छन् । राउन्ड रोबिन आधारमा भइरहेको प्रतियोगिताको सेमिफाइनलअन्तर्गत बुधबार बिहान समूह ए का विजेता आर्मी र ग्रुप बि का उपविजेता प्रदेश नं १ र दोस्रो खेलमा समूह बि का उपविजेता र समूह ए का विजेता पुरुष टोलीबीच हुनेछ । असोज ३० गतेबाट सुरु भएको खोखो प्रतियोगितामा २ विभागीयसहित ९ टिम सहभागी थिए । खेल कात्तिक ३ गते सकिनेछ । महिला टोलीको समूह चरणको अन्तिम खेल रंगशालामा भइरहेको छ ।