पोखरा:    गण्डकी स्पोर्टस् क्लबको आयोजनामा पोखरा ५ मालेपाटनमा जारी पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिता प्रिक्वाटरफाइनलका खेल सकिएका छन् ।   मालेपाटन खेलमैदानमा आज...

  पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत तेस्रो दिन आज मंगलबार ६ स्वर्णको छिनोफानो हँुदैछ । पोखरा उद्योग वाणिज्य संघमा प्रतियोगितामा जारी प्रतियोगिता आज महिलातर्फ ४ र पुरुषतर्फ २ स्वर्ण स्वर्णका लागि १० टिम प्रतिस्पर्धामा छन् । प्रतियोगिताा एनआरएन सहभागी छैन । नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ बोसका अनुसार महिलातर्फ ६४, ७१, ७६ र ८१ केजी तौल समूह तथा पुरुषतर्फ ८१ र ८९ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यसअघि २ दिनसम्मको खेलमा ८ स्वर्णको छिनोफानो भइसकेको छ । जसमा पुलिसले ४, आर्मीले ३ र सुदूरपश्चिम प्रदेशले १ स्वर्ण जितेका छन् । कात्तिक २ सम्म चल्ने प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ गरी कुल १०÷१० इभेन्टमा खेल हुनेछ । प्रतियोगितामा महिला ७६ र पुरुष ९६ गरी कुल १ सय ७२ जना खेलाडीले भाग लिएका छन् । नवौंमा भारत्तोलनतर्फ २० स्वर्णसहित कुल ६० पदक छन् ।

  पोखरा: कबड्डी प्रतियोगितामा आज (मंगलबार) पनि महिला तथा पुरुष विधामा लिग चरणका ६÷६ खेलहरु हुँदै छन् ।  जसअन्र्तगत महिलातर्फ प्रदेश १ र कर्णाली प्रदेश, त्रिभुवन आर्मी र सुदूरपश्चिम प्रदेश, नेपाल प्रहरी क्लब र लुम्बिनी प्रदेश, मधेश प्रदेश र सशस्त्र प्रहरी बल, प्रदेश १ र गण्डकी प्रदेश र अन्तिम खेलमा बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश आम्नेसाम्ने हुनेछन् ।  पुरुषतर्फ बागमती प्रदेश र मधेश प्रदेश, आर्मी र गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सशस्त्र प्रहरी बल, कर्णाली प्रदेश र प्रदेश नम्वर १, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश र अन्तिम खेल नेपाल प्रहरी र गण्डकी प्रदेशका बीचमा खेलाइने अखिल नेपाल कबड्डी संघका महासचिव विनोद प्रजापतिले जानकारी दिए ।  यसअघि, सोमबार भएको प्रतियोगितामा पुरुषतर्फ बागमती प्रदेश, आमी, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेश विजयी भएका थिए । यस्तै महिलातर्फ लुम्बिनी प्रदेश, आर्मी, नेपाल प्रहरी, लुम्बिनी प्रदेश, बागमती प्रदेश र सशस्त्र प्रहरी बल विजयी भएका थिए ।  लिग कम नकआउटका आधारमा जारी प्रतियोगितामा सात प्रदेश र ३ वटा विभागीय गरी १० टिमको महिला तथा पुरुष दुवै समूहमा सहभागिता रहेको छ ।  जस अन्र्तगत समुह ‘क’ मा त्रिभूवन आर्मी क्लव, कर्णाली प्रदेश, प्रदेश नम्वर १, नेपाल प्रहरी र गण्डकी प्रदेश रहेका छन् । यस्तै समुह ‘ख’ मा लुम्बिनी प्रदेश, बाग्मती प्रदेश, मधेश प्रदेश, सुदूरपश्चिम प्रदेश र सशस्त्र प्रहरी बल छन् ।  महिलातर्फ समूह ‘क’ मा नेपाली सेना, मधेश प्रदेश, सशस्त्र प्रहरी वल, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश छन् । यस्तै समुह ‘ख’ मा नेपाल प्रहरी, प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशलाई विभाजन गरिएको छ ।  प्रतियोगिता पोखरा १२ माटोपानीस्थित एसआर केसी क्याटरिङमा जारी छ ।   

  पोखरा :  नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत आठौं महिला राष्ट्रिय जिम्न्याष्टिक तथा २० औं पुरुष राष्ट्रिय जिम्न्याष्टिक प्रतियोगिता पोखरा रंगशालामा जारी छ । महिलातर्फ ग्राउन्ड फ्लोर र भल्टिङ टेबुलको प्रतिस्पर्धा भइरहेको छ ।   ग्राउन्ड फ्लोरको पहिलो चरणको प्रतिस्पर्धा सकिएको छ भने दोस्रो चरणको प्रतिस्पर्धा हुन बाँकी रहेको जज राजेशमान श्रेष्ठले जानकारी दिए  । महिलातर्फका खेलाडीले ग्राउन्ड फ्लोर, भल्टिङ हर्ष र अलअराउण्ड गरी चार मेडल प्राप्त गर्नेछन् ।    पुरुषतर्फ प्यारालल बार्स, पोमेल हर्स, रोमन रिङ्स र होराइजेन्टल बारको प्रतिस्पर्धा सकिएको छ । ग्राउन्ड फ्लोर र भल्टिङ हर्सको प्रतिस्पर्धा भइरहेको श्रेष्ठले बताए ।   ग्राउन्ड फ्लोर, भल्टिङ हर्ष, प्यारालल बार्स, पोमेल हर्स, रोमन रिङ्स, होराइजेन्टल बार र अलअराउण्ड गरी आठ खेलको मेडल प्राप्त गर्नेछन् ।  

  पोखरा । गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सतर्फ महिला लङजम्पमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।      कास्कीको पोखरा रंगशालामा आज सम्पन्न महिला लङजम्पमा थारुले पाँच दशमलव ५८ मिटर जम्प गर्दै कीर्तिमानसहित स्वर्ण पदक जितेकी हुन् । यसअघि लुम्बिनी प्रदेशकी निशा चौधरीको नाममा पाँच दशमलव ४७ मिटरको कीर्तिमान थियो । निशा आजको खेलमा स्वर्ण पदकबाट चुकिन । लुम्बिनीकी निशाले पाँच दशमलव ४९ मिटर जम्प गर्दै रजत पदक प्राप्त गरिन् ।      सो स्पर्धामा सशस्त्र प्रहरीको एपिएफ क्लबकी शिला चौधरीले ५ दशमलव ३१ मिटर जम्प गर्दै कास्य पदक प्राप्त गरिन् । नवौँ राष्ट्रिय खेलकुदमा जयरानीको यो तेस्रो स्वर्ण पदक हो । यसअघि उनले महिला चार सय मिटर हडल्स र एक सय मिटर हडल्समा स्वर्ण पदक जितिसकेकी छिन् । 

  पोखरा । आगामी मंसिर ४ गते हुन गैरहेको प्रदेश सभा सदस्य निर्बाचनका लागि नेकपा एमाले को तर्फबाट कास्की निर्बाचन क्षेत्र न ३(ख) का उम्मेदवार राजिव पहारीले विकास प्रेमी जनताको सपना साकार पार्न आफ्नों उम्मेदवारी भएको बताउनुभएको छ ।   ‘अघिल्लो कार्यकालमा पूर्णता दिन नसकेका योजना पुरा गर्न तथा त्यस क्षेत्रका जनतालाई दिएका वाचा पुरा गर्न फेरी पनि मैले यो क्षेत्रमा उम्मेदवारी दिएको हुँ’–प्रेस चौतारी कास्कीले उम्मेदवारसंग गरेको उम्मेदवारी परिचर्चा कार्यक्रममा उहाँले भन्नुभयो ।   जनचाहना अनुसार थुप्रै महत्वपूर्ण योजनाहरु अघि ल्याएको भएपनि सरकार फेरबदल भएकाले आफ्ना विकासे योजनाहरु अधुरै रहेको उम्मेदवार पहारीले सुनाउनुभयो । आफ्नों निर्वाचन क्षेत्र पर्यटन, साँस्कृती, धार्मिक दृष्टिकोणले महत्वपूर्ण क्षेत्र भएको बताउँदै पहारीले यसपटक निर्वाचित भएपछि अधुरा कार्यलाई पूर्णता दिंदै नयाँ विकासे योजना ल्याउने दावी गर्नुभयो । पहारीले प्रदेश सभा अन्तर्गत विधान सभा समिति र कार्यविभाजन समितिमा रहि सफल कार्य सम्पादन गरिसक्नुभएको छ । 

  पोखरा । सशस्त्र प्रहरी बलको एपीएफ क्लब नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको पहिलो सेमिफाइलनमा लुम्बिनी प्रदेशलाई ६७ रनले पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश गरेको हो । एपीएफले दिएको १ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनी प्रदेश १८.२ ओभरमा ६२ रनमा समेटियो । लुम्बिनीका कुनैपनि व्याट्स्म्यानहरुले दर्शनिय खेल प्रस्तुत गर्न सकेनन् । लुम्बिनीलाई सस्तैमा रोक्न एपीएफकी नेरी थापाले आफ्नों स्पेलमा ७ रन खर्चिएर ४ विकेट लिइन् भने इन्दु बर्माले १ विकेट आफ्नों नाममा लेखाईन् । पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय २९ रनको योगफल तयार पारेको थियो । एपीएफका लागि ओपनर ज्योति पाण्डे ६९ र रोमा थापा १२ रनमा नटआउट रहिन् । प्लेयर अफ द म्याच समेत रहेकी ज्योतीले ६१ बलमा ७ चौका प्रहार गरिन् । टिमका लागि ममता चौधरीले १६ तथा कप्तान सिता रानामगरले ११ जोडिन् । लुम्बिनीका कृतिका मरासिनीले २ तथा मनिषा रानाले १ विकेट लिए ।

  पोखरा । गण्डकी प्रदेशको पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष बास्केटबल तर्फ सोमबार भएको खेलमा आर्मी र गण्डकी विजयी भएको छ । पोखरा रगंशालामा सोमबार सम्पन्न ‘फाइभ अन फाइभ’ बास्केटबल प्रतियोगिता अन्तर्गत  समुह ‘ए’ तर्फको पहिलो खेलमा आर्मीले पुलिसलाई पराजित गरको हो । आर्मी र पुलिस क्लबबिच भएको खेलमा आर्मीले पुलिसलाई  १०६–८२ स्कोरले पराजित गरेको हो । खेलको पहिलो सेटमा २६–२९ स्कोर र दोस्रो , तेस्रो, चौथोमा क्रमशः ३३–१९, २७–१३, २०–२१ अङ्क ल्याएको थियो । आर्मीलाई जिताउन आयुश सिङ जर्सी न ४ ले  सर्वाधिक ३२ अकं ल्याएका थिए । त्यस्तै समुह ‘ए’ तर्फको दोस्रोे खेलमा बागमतीले  प्रदेश १ लाई ८७–४४ स्कोरले पराजित गरेको छ । बागमतीका खेलाडी प्रजुन महर्जनले हाइस्कोर २२ अङ्क जोडेका थिए ।  आजनै सम्पन्न ‘थ्रि अन थ्रि’ खेल तर्फ समुह ‘ए’ तर्फ एपिएफले प्रदेश १ लाई २१–१० स्कोरले पराजित गरेको हो । दोस्रो खेलमा नेपाल पुलिसले मधेश प्रदेशलाई १९–७ स्कोरले पराजित गरेको छ । त्यस्तै आज नै सम्पन्न समुह ‘बि’ तर्फको खेलमा गण्डकी प्रदेशले लुम्बिनी प्रदेशलाई २१–३ स्कोरले पराजित गरेको हो । त्यसैगरी दोस्रो खेलमा बागमतीले २१–१२ स्कोरले पराजित गरेको हो । आज दिउँसो ‘फाइभ अन फाइभ’ अन्तर्गत समुह ‘बि‘ का दुई खेलहरु हुँदै छन ।  

  पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत बुधबार दोहोरी गीत प्रर्दशन गरिने भएको छ ।    पोखरा रंगशालाको बास्केटवल कोर्टमा बुधबार दिउँसो ३ः०० बजेदेखि दोहोरी गीत प्रदर्शन गरिने राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानका सचिव जीवन दाहालले जानकारी दिए । उनका अनुसार दोहोरी गीत कार्यक्रम साँझ ८ बजेसम्म जारी रहनेछ ।   दोहोरी गीत प्रदर्शन कार्यक्रममा राष्ट्रिय, प्रदेश र जिल्ला स्तरका कलाकारहरुले नेपाली मौलिकपन झल्किने दोहोरी गीत प्रस्तुत गर्ने सचिव दाहालले जानकारी दिए ।

  पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सान्सौ र थाउलो दुवै विधाका खेल जारी छन् । आइतबार उद्घाटन भएको प्रतियोगितामा सोमबार बिहानबाट खेल सुरु भएका हुन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले प्रतियोगिता सुरुआत गरेका थिए ।   सोमबार बिहानबाट दिउँसोसम्म सान्सौतर्फ २४ खेल भएका छन् । पुरुषतर्फ १६ र महिलातर्फ ८ खेलाडी क्वाटरफाइनल प्रवेश गरेको कास्की जिल्ला उसु संघका वरिष्ठ उपाध्यक्ष वीरन्द्र गहतराजले जानकारी दिए ।   महिला ४८ केजीमा सशस्त्र प्रहरीकी गौरी घर्तीमगर र सुदूर पश्चिम प्रदेशकी अस्मिताकुमारी गाहामगर क्वाटरफाइनलमा पुगेका छन् । उनीहरुले क्रमशः बागमती प्रदेशकी सञ्जिता ग्लान र मधेस प्रदेशकी कञ्चन पाललाई हराएका हुन् ।   महिलाको ५२ केजीमा बागमतीकी साशन थिङ लुम्बिनीकी शारदा पौडेललाई हराउँदै अघिल्लो चरणमा प्रवेश गरेकी छन् । सोही तौल समूहमा गण्डकीकी सीमा गुरुङले सुदूरपश्चिमकी पिंकी ठकुल्लालाई हराएकी छन् ।   ५६ केजी समूहमा बागमतीकी शशिकला राईलाई रोकेर सशस्त्र प्रहरीकी विद्या गुरुङ क्वाटर फाइनलमा गएकी छन् । ६० केजी समूहमा नेपाल प्रहरीकी रोजिना सुनुवार र कर्णाली प्रदेशकी गोमा आफ्रे अघिल्लो चरणमा पुगेका छन् । उनीहरुले क्रमशः बागमतीकी अम्बिका तामाङ र लुम्बिनीकी आयशा शाहीलाई पराजित गरेका हुन् । ६५ केजी समूहमा सशस्त्रकी मनिषा रावत प्रमिला विकलाई रोकेर अघिल्लो चरणमा गएकी छन् । मनिषा सशस्त्र र प्रमिला प्रदेश १ का खेलाडी हुन् ।   सोमबार बिहान सान्सौमा पुरुषतर्फ १६ खेल भएका छन् । ४८ केजी तौल समूहमा प्रदेश १ का गणेश लिम्बु र नेपाली सेनाका यमराज थापामगर अघिल्लो चरणमा प्रवेश गरेका छन् । ५२ केजीमा गण्डकी प्रदेशकी शिरिष सिंजाली र नेपाली सेनाका मदनकुमार श्रेष्ठ क्वाटर फाइनल पुगेका छन् ।   ५६ केजीमा सशस्त्र प्रहरीका रोहित चुनारो र नेपाली सेनाका जनक धामी विजयी भएका छन् । पुरुष ६० केजीमा बागमतीका बुद्धमान तामाङ र सुदूर पश्चिमका सुवास बुढा अघिल्लो चरण पुगेका छन् । ६५ केजीमा बागमती प्रदेशका आशीषा लामा र नेपाली सेनाका राजेश चौधरी विजेता बनेका छन् । ७० केजी तौल समूहमा सशस्त्र प्रहरीका सुवास भुल सेठी र नेपाल प्रहरीका मिलन दनुवार विजयी भएका छन् ।   पुरुषतर्फकै ७५ केजीमा सशस्त्र प्रहरीका अनिष शाही र सुदूर पश्चिमका हरिचन्द्र कार्की अघिल्लो चरणमा गएका छन् । ८० केजीमा सुदूरपश्चिमकी आलोक बुढामगर, ८५ केजीमा बागमतीका विदेश श्रष्ेठ विजयी भएका छन् ।   सोमबार दिउँसोबाट थाउलुतर्फका खेलसमेत सुरु भएका छन् । उसुका खेल ३ कात्तिकसम्म चल्नेछन् ।   थाउलोमा पुरुष र महिलातर्फ समान स्वर्ण ४, रजत ४ र कास्य ४ का लागि खेल हुनेछ । प्रतियोगिताका विभिन्न इभेन्टमा करिब ३ सय ४० खेलाडी सहभागी छन् । उसुमा सात प्रदेशका सात टिम र तीन विभागीय गरी १० टिमको सहभागिता छ । एनआरएनएको खेलाडी उसुमा सहभागी छैन ।