बलेवा : बागलुङमा गत असोज २९ गते राति ४२ वर्षीया फुलमाया बोटे (माझी) मृतावस्थामा फेला पर्नुभयो । उहाँ बागलुङ–पोखरा राजमार्गअन्तर्गत बागलुङ नगरपालिका–१ मा पर्ने गणेशघुम्ती माथि मृत फेला पर्नुभएको थियो । परिवारले उहाँलाई भेट्दा घाँटीमा सल बेरिएको थियो । हतारहतार परिवारले अस्पताल पु¥यायो तर उहाँको प्राण थिएन । सधैँ समयमै घरमा आउने फुलमाया त्यो दिन समयमा घर नफर्किएपछि परिवारले खोजी थालेको थियो । मजदुरी गरेर खाने फुलमाया सधैँ साँझ साढे ५ बजे घर पुग्नुहुन्थ्यो । ढिला भए फोन आउँथ्यो तर त्यो दिन घर पुग्ने समयमा उहाँको मोबाइल बन्द भयो । त्यसपछि खोजी थालेको परिवारले उहाँ सधैँ हिँड्ने गरेको बाटोमा शव भेट्टायो । शव अस्पताल पु¥याएपछि परिवारले प्रहरीलाई खबर गरेको थियो । मृतकको शव अस्पतालमै भए पनि प्रहरीले तत्कालै घटनास्थल सिल ग¥यो । जिल्ला प्रहरी कार्यालय बागलुङबाट प्रहरी निरीक्षक राजाराम खड्का नेतृत्वको टोली घटनास्थल पुग्यो । अस्पतालमा शव हेरेर घटनास्थल पुगेको प्रहरीले हत्याको आशङ्का ग¥यो र सुरु भयो अनुसन्धान । गत असोज २९ गते प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापा नेतृत्वमा पोखराबाट विशेषज्ञ टोलीसहितले अनुसन्धान थाल्यो । “उहाँहरूले अस्पताल पु¥याएपछि खबर गरेको भए पनि हामीले तत्कालै घटनास्थल सिल ग¥यौँ र खोजी सुरु भयो”, थापा भन्नुहुन्छ, “मृतक भेटिएको ठाउँभन्दा एक सय मिटर टाढाको दूरीमा पाँच सयभन्दा बढी मान्छेको भीड थियो, हत्यामा संलग्नको खोजी चुनौतीपूर्ण थियो ।” बाङ्गेचौर खेलमैदान नजिकै नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत ‘आइटिएफ तेक्वान्दो खेल भइरहेको थियो । तर बाङ्गेचौरदेखि बागलुङ पोखरा सडकसम्मको पदमार्गको बीचमा फुलमायाको हत्या भएको थियो । प्रहरीका अनुसार हत्या र लुटपाट साँझ ५ देखि ५ः५२ मा भएको हो । एक साता लामो अनुसन्धानपश्चात् प्रहरीले अभियुक्त पक्राउ गरेको छ । घटनास्थलको बाटो भएर हिँडेका केही बालबालिका, धौलागिरि बहिरा आवासीय माविको सिसिटिभी र अनुसन्धानका अन्य विधिहरूले प्रहरीलाई सघाए । “फुलमायाको हत्या हुनुपूर्व सोही बाटोमा हिँडेका बालकहरूलाई पहिला पहिचान ग¥यौँ, सोधीखोजीमा उनीहरूले बाटोमा दाह्रीवाला हिँडेको बताएपछि हाम्रो अनुसन्धान दाह्रीमा केन्द्रित भयो”, थापाले भन्नुभयो, “अन्ततः दारी पालेकै प्रकाश योगी पक्राउ परे ।” प्रहरीले बागलुङ नगरपालिका–१ माझीबस्तीकै मृतकका छिमेकी २६ वर्षीया प्रकाश योगीलाई हत्या आरोपमा पक्राउ गरेको छ । “प्रविधिको प्रयोगले बाटो वरपरको परिवेश नियाल्यौँ, दाह्री पालेका केहीलाई निगरानीमा राख्यौँ, अभियुक्त घटनास्थलभन्दा केही माथि लामो समय बसेको, नमिल्दा हर्कत गरेको देखेपछि शङ्का गरेका थियौँ”, प्रहरी उपरीक्षक दयानिधि ज्ञवाली भन्नुहुन्छ, “दाह्री पालेको र अरू हुलिया खोज्दा फेला परेका प्रकाश नै हत्यामा संलग्न भएको निष्कर्षमा प्रहरी पुगेको छ ।” अभियुक्तले प्रहरीलाई दिएको बयानअनुसार व्यक्तिगत रिसइवी, आर्थिक अभाव र मदिरापानले लठ्ठिएका कारण हत्या गरेको स्वीकार गरेका छन् । बागलुङ बजारमा मजदुरी गरेर फर्किएकी फुलमायाको बाङ्गेचौरमा गौँडो कुरेर पछाडि लागेर केही तल पुगेपछि हत्या गरेको उनले स्वीकार गरेको ज्ञवालीले बताउनुभयो । अभियुक्त पनि मजदुरी गरेर छाक टार्ने परिवारकै सदस्य हुन् । “उसले पहिले फुलमायाकै सल घाँटीमा बेरेको छ, हत्यापछि गहना लुछ्ने, मोबाइल अफ गर्ने र करणी गर्ने काम गरेको स्वीकार गरेको छ”, ज्ञवाली भन्नुहुन्छ, “आर्थिक अवस्थाकै कारण हत्यामा संलग्न भएको हुनुपर्छ, मदिरा र रिसइवीले त्यसमा सघायो ।” प्रहरीसँगको बयानमा अभियुक्तले ३० हजार ऋण तिर्न बाँकी रहेको र उपाय केही नभएकाले गहना लुट्न हत्या गरेको बताएका छन् । छिमेकी भएकाले एउटै धाराको पानी प्रयोग गर्ने, एक वर्षदेखि पानीको महसुल तिर्न नसकेको भन्दै फुलमायाले अभद्र व्यवहार गर्ने गरेको पनि उनले प्रहरीलाई बताएका छन् । योगीले फुलमायाले कानमा लगाएका सुनका मुन्द्रा लुटेका थिए । ती मुन्द्रा भने प्रहरीले भेटाएको छैन । हत्यामा संलग्न भएको समयमा अभियुक्तले लगाएका कपडा, चप्पललगायतका प्रमाणहरू जुटेको ज्ञवालीले बताए । मृतक फुलमायाका स–साना तीन छोराछोरी र श्रीमान् हुनुहुन्छ । अभियुक्त प्रकाशको घरमा बाबुआमा मात्रै छन् । योगीका विरुद्धमा ज्यान मुद्दा दर्ता गरेर जिल्ला अदालत बागलुङबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पर्वत : महिला क्रिकेट विकासका निमित्त जिल्ला क्रिकेट संघ पर्वतले खेलाडीहरुलाई आवश्यक क्रिकेट समान र जर्सी वितरण गरेको छ। पर्वत जिल्ला मोदी गाउँपालिका वडा नं ५ पोखरे स्थित सरस्वती माध्यमिक विद्यालयका १४ छात्रा खेलाडीलाई एक कार्यक्रममा विच खेलाडीलाई आवश्यक साम्रगी वितरण गरिएको हो। जिल्लामा पुरुष खेलाडीहरुको विकास मात्रै नभएर महिला क्रिकेट विकासको लागि गर्रास रुटबाट नै विकास गर्ने हेतुले उक्त कार्यक्रमको सुरुवात गरेको र आगामी दिनहरुमा अन्य स्थानहरूमा पनि गरिने जिल्ला क्रिकेट संघ पर्वतका अध्यक्षले जानकारी दिनुभयो। सरस्वती माध्यमिक बिद्यालयलाई पढाईका साथै खेलकुदमा पनि अगाडी बढाउने उद्धेश्यका साथ समय अनुकुल मिलाएर र हरेक हप्ता विद्यार्थीहरुलाई क्रिकेट खेल्न प्रोत्साहन , प्रशिक्षण र समय समयमा विभिन्न प्रतियोगितामा सहभागी गराउने कार्ययोजना रहेको कुरा उक्त बिद्यालयका प्रधानाध्यापक तथा प्रशिक्षक अजय लामिछानेले बताउनु दिनुभयो। यस्तै कार्यक्रममा मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले महिला क्रिकेट खेल विकासको निमित्त कार्यक्रम अगाडी बढाएको भन्दै जिल्ला क्रिकेट संघ पर्वतलाई धन्यवाद दिदैं गाउँपालिकाको खेल प्रर्वदन गर्न खेलाडी र खेलाडीहरुको विकासको लागि सधै साथ सहयोग दिने उद्घोष गर्नुभयो । कार्यक्रमम विद्यालय व्यवस्थापन समिमिका अध्यक्ष बमबहादुर पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । भने जिल्ला क्रिकेट संघ पर्वतका अध्यक्ष रेशमबहादर केसी, मोदी गाउँपालिकाका योजना शाखाका प्रमुख दिने शर्मा पौडेलको उपस्थिति रहेको थियो ।
काठमाडौं : नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजाआराधनासहित मीठा मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्राडा देवमणि भट्टराई नरके चतुर्दशी र कुकुर तिहार सूर्योदयकालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताउनुहुन्छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेहरुको सङ्ख्यासमेत बढ्न थालेको छ । नरक चतुर्दशी आज बिहानै अरुणोदयकालमा विभिन्न तीर्थ, नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरक चतुर्दशीमा नुहाउने विधिसमेत रहेको धर्मशास्त्रविद् गौतमले बताउनुभयो । यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ । यमपञ्चक अर्थात् तिहारका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने प्रचलन छ । यसो गरेमा शरीर स्वस्थ हुने आयुर्वेदिक मत छ । यसैले तिहार स्वास्थ्य सुरक्षाका दृष्टिले पनि महत्वपूर्ण पर्वका रुपमा मनाइन्छ ।
पोखरा : नेकपा एमाले केन्द्रीय सदस्य एवम् कास्की निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले मुलुकमा समृद्धिको खाका कोर्न आप्mनो उम्मेदवारी भएको बताएकी छन् । पोलिटिकल साईन्स सोसाइटी नेपालद्धारा आइतवार पोखरामा आयोजित कास्की जिल्लाबाट संघीय र प्रदेश सभाका उम्मेदवारहरुसँगको मंसीर ४ को निर्वाचनमा ‘तपाई किन उम्मेदवार ? भन्ने बहस कार्यक्रममा उनले पठाएको सन्देशमा अवको समृद्धिको आन्दोलन आवश्यक रहेको उल्लेख गरेकी छन् । डेंगु संंक्रमणका कारण पोखरास्थित मणिपाल शिक्षण अस्पतालको सघन उपचार कक्षमा उपचाररत भट्टराईले पठाएकोे सन्देशमा घोषणा पत्रमार्पmत गरिएका समृद्धिका आधारलाई पुरा गर्नु आफु प्रतिवद्ध रहने विश्वास व्यक्त गरेकी छन् । कात्तिक १ गते शरीरमा समस्या आएपछि उपचारका लागि अस्पताल भर्ना भएकी भट्टराईको स्वास्थ्यमा क्रमिक सुधार हुदै सामान्य अवस्थामा आएको हुँदा भोली ७ गते डिस्चार्ज हुने तयारी गरिएको अस्पताल श्रोतले जनाएको छ । सोसाईटीका अध्यक्ष सुभाष ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा कास्कीका तीनै वटा निर्वाचन क्षेत्रका प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवार, पार्टी प्रमुहरु, एवम् बौद्धिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
पोखरा : नेकपा एमालेको तर्फबाट कास्की निर्वाचन क्षेत्र न २ (१) का प्रदेश सभा सदस्यका प्रत्यासी उम्मेदवार भिमबहादुर कार्र्कीले उत्पीडितहरूको विकासमा एक मात्र सारथी आफ्नो पाटी एमालेको नीति सिद्धान्त र व्यवहारले पुष्टि गरेको दावी गरेका छन् । उनले उत्पीडितका मुद्दालाई नीति निर्माणको तहमा पुर्याउनेदेखि लिएर शसक्तिकरण गर्ने र उत्पीडितहरूलाई विशेष अधिकार प्रदान गर्ने कामको अगुवाइ एमालेले गरेको प्रष्ट पारे । कार्कीले देशको राष्ट्रियता बलियो बनाउने र समृद्धिको अभियान अब भुलबस पनि अवरुद्ध गर्न नहुने भन्दै एमालेलाई स्पष्ट बहुमतले जिताउन आग्रह गरे । उनले जनताका अधिकारलाई स्थापित गर्दै देशैभरका स्वास्थ्य चौकी एकै पटक शिलान्यास गरेको, ३०० भन्दा बढी सडक एकैपटक शुरूवात गरेको स्मरण गरे । कार्कीले अहिलेको गठबन्धन सरकारले एक सय गुणा महङ्गी र चार सय गुणा बढि कर बढाएर करको भारिले जनताको ढाड सेकेको भन्दै भ्रष्टाचारमा चरम लिप्त भएको बताए । कार्कीले आइतवार नेपाल उत्पीडित जातीय मुक्ती समाज पोखरा महानगरपालिका वडा न ३३ को विशेष भेलामा सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् । भेलामा एमाले गण्डकीका सदस्य मनबुजा विक., एमाले जिल्ला कमिटी सदस्य बमबहादुर वि.क., एमाले पोखरा ३३ का अध्यक्ष दिपकराज लामिछाने, पाटीका प्रदेश कमिटिका सल्लाहकार यज्ञप्रसाद अधिकारी, अनेम संघ गण्डकी प्रदेश सदस्य शान्ती पाध्या, सन्तोष नेपाली, डिल बहादुर सुनार लागायतले बोलेका थिए ।
पोखरा । कास्की निर्वाचन क्षेत्र न २ (१) बाट प्रदेश सभा सदस्यका लागि एमाले तर्फका प्रत्यासी उम्मेदवार भिमबहादुर कार्कीले समृद्ध नेपाल,सुखी नेपालीको नारालाई सार्थक पार्न एवं देश र जनताको सेवा गर्न आफु र आफ्नो पाटीले स्पष्ट भिजन र योजनासहित निर्वाचनमा उम्मेदवारी दिएको बताएका छ्न् । उनले देश हाँक्ने र विकास गर्ने तागत एमालेसँग मात्रै भएको दावी गर्दै विकास अभियान व्यवस्थित बनाउन राष्ट्रियता बलियो बनाउन, भ्रष्टाचार नियन्त्रण तथा मितव्ययी स्वाललम्वी प्रदेश सरकार निर्माण गरी उत्कृष्ट गण्डकी प्रदेश सिर्जनामा आफ्नो ध्यान केन्द्रित हुने स्पष्ट पारे । उनले भुमिहिन तथा अव्यवस्थित बसोबास गरिरहेकाहरूलाई जग्गाको मालिक बनाउने, जनअपेक्षा अनुसार संघीयतालाई बलियो बनाउने, देशमा विद्यमान महँगी र भष्ट्राचार निर्मुल गर्ने, पोखराका ग्रामिण भेगमा रहेका वडाहरूको पर्यटकीय विकास सहित स्याटेलाइट सिटिको निर्माणलाइ अगाडि बढाउने, गण्डकी प्रदेशलाई अन्र्तराष्ट्रिय व्यापारको महत्वपूर्ण नाका बनाउने, प्रदेशको विकासका न्युनतम पूर्वाधार र सुचाकहरूलाई अझै सबल बनाउन एमालेको सरकार आवश्यक भएको उल्लेख गरे । कार्कीले सो कुरा आइतबार पोखरामा पोलिटिकल साइस सोसाइटी नेपालले संघीय तथा प्रदेश सभाका उम्मेदवारहरूसँग आयोजना गरेको बहस कार्यक्रम “मेरो उम्मेदवारी किन” विषयक बहस कार्यक्रम उक्त कुरा बताएका हुन् । उम्मेदवार काकीले पोखराको फोहोर व्यवस्थापनलाई दिर्घकालिन समाधान गर्ने, पोखराको ट्राफिक व्यवस्थापन गर्ने , आफ्नो निर्वाचन क्षेत्रमा “एक वडा एक आकर्षक पर्यटकीय गन्तव्य निर्माण गरी पर्यटनको विकास गर्ने, प्रत्येक वडामा प्राविधिक शिक्षा सहितको वहुमुखी क्याम्पस संचालन गर्ने, एक वडा एक सुविधा सम्पन्न अस्पताल निर्माणको अवधारणा अगाडी बढाउने लगायतका कार्यका लागि आफ्नो उम्मेदवारी रहेको प्रष्ट पारे । उनले आफ्नो क्षेत्रमा रहेका वडाहरूलाई पोखरा अन्य वडामा जोड्न मोटरेबल पूल र सडक निर्माणमा ध्यान दिने प्रतिवद्धता व्यक्त गरे । पूर्ववर्र्ती एमाले नेतृत्वको संघीय र प्रदेश सरकारहरका विभिन्न अधुरा विकासका काम पूरा गर्नु अर्को उद्देश्य रहेको उनको भनाई छ । विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरूले आफ्नो धारणा प्रस्तुत गरेको बहस कार्यक्रम सो संस्थाका अध्यक्ष सुवास ढुङ्गानाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले अवैध हतियारसहित आईतसिंह तामाङलाई प्रकाउ गरेको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका २ खैमराङस्थित बारीमा घाँस काट्दै गरेको महिलालाई भरुवा बन्दुकको छर्रा लागेर घाइते भएको सुचनापछि तामाङलाई कास्की प्रहरीले प्रकाउ गरेको हो । घाँस काट्दै गरेकी महिलालाई भरुवा बन्दुकको छर्रा लागेर घाइते भएको सूचनापछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले कास्कीको माछापुच्छ्र्र गाउँपालिका २ खैमराङ बस्ने ३३ वर्षीय तामाङलाई प्रकाउ गरिएको कास्की प्रहरीले जनाएको छ । प्रकाउ परेका तामाङलाई हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट ८ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा । चेम्बर अफ कमर्स गण्डकीले जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र पठाएको छ । कमर्सले सरकारसमक्ष ६ बुदें माग राख्दै जिल्ला प्रशासन कार्यालय कास्की मार्फत प्रधानमन्त्री देउवालाई आज (आइतबार) ज्ञापनपत्र बुझाएको हो । कोभिड १९, रुस र युक्रेनको युद्धका कारण नेपाली व्यवसाय धान्नै नसक्ने परिस्थितिमा पुगेको र अहिले बैंकहरुले ब्याजदर वृद्धि गरी व्यवसायीहरुलाई हतोत्साहित बनाएको भन्दै चेम्बरले ब्याजदर घटाउन प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र पठाएको चेम्बर अफ कमर्स गण्डकीका अध्यक्ष किसान सुनारले बताए । ‘दुईवर्षसम्म कोभिडले थलिएका व्यापारीलाई रुस र युक्रेनको युद्धका कारण नेपाली व्यवसायी मारमा परेका छन्, उनले भने, ‘विभिन्न कारणले थला परेको व्यवसायीहरुलाई बैंकहरुले ब्याजदर वृद्धि गरि थप मारमा व्यवसायीलाई पारियो, यथाशिघ्र ब्याजदर घटाउन मागसहित ज्ञापनपत्र पठाएका छौं ।’ अध्यक्ष सुनारद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा आकाशिदो ब्याजदर नियन्त्रणको लागि हाल विद्यामान स्पे्रड दर ४।४ प्रतिशतमा १ प्रतिशत घटाउनपुर्ने माग राखेको छ । यस्तै बैंकहरुले आधार दरलाई यथासक्य न्यूनतम विन्दुमा कायम गरिनुपर्ने, कर्जामा आधार दरको अधिकतम २ प्रतिशतसम्म प्रिमियम थपहुने गरी व्यवस्था गरिनुपर्ने, नेपाल राष्ट्रबैंक वाणिज्य बैंकहरुलाई ऋण प्रवाह गर्दा विगत ६ महिनामा ५ प्रतिशतबाट ८.५ प्रतिशत पुर्याएकोमा सोलाई ५ प्रतिशत नै कायम गरिनुपर्ने माग उल्लेख छ । ज्ञापनपत्रमा भनिएको छ, ‘सिडी र्याटियो ९० प्रतिशतको स्थानमा विगत वर्ष सरह सिडी ¥याटियो ८५ प्रतिशत कायम गरिनुपर्ने, तरलताको समुचित व्यवस्थापन गर्नका लागि पुँजीगत खर्च समयमै गर्न आवश्यक छ । यदि यस्तो खर्च हुन नसकेको अवस्थामा सरकारी खातामा भएको रकम बैंक वित्तिय संस्थामा प्रवाह हुन सक्यो भने यसले बजारमा पुँजी चलायमान गराउन सकेन । यसका लागि प्रत्येक त्रैमासिक पुँजीगत खर्चको समिक्षा गरिनुपर्ने र खर्चको लक्ष्य प्राप्तीको लागि प्रभावकारी पहल गरिनुपर्दछ ।’ स्थानीय प्रदेश तथा संघीय सरकार अन्तरगतका निकायहरुले खातामा रहेको पुँजीगत रकम खर्च हुन नसकेको अवस्थामा सो रकमको ९५ प्रतिशत रकम वाणिज्य बैंकहरु मार्फत कर्जा प्रवाह गर्ने सुविधा प्रदान गर्न उल्लेख गरेको छ ।
पोखरा । पोखरा महानगरपालिकाले प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन आयात र बिक्री वितरणमा रोक लगाएको छ । महानगरपालिका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा आइतबार पोखराको छोरेपाटनेदेखि महेन्द्रपुलसम्मका २० वटा पसलहरुमा अनुगमन गदै प्लाष्टिकजन्य फूलगुच्छा, माला विक्री वितरण नगर्न ब्यवासयीलाई अनुरोध गरेको हो । प्लाष्टिकको फुल माला प्रयोग बारे व्यवसायीलाई थाहा नभएका कारण पहिलो पटक सचेत गराएका छौ पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ भन्नुभयो,‘प्रयोग नगर्ने भनेर सरकारले राजपत्रमा सुचना प्रकाशन गरेकाले यसको कार्यान्यन गर्नुपर्छ भनेर अनुगमन गरेका हौ ।विदेशबाट आयात हुने प्लाष्टिकजन्य सामग्रीले यहाँको वातावरणमा समेत असर परेको छ । सुरुमा व्यसायीले गुनासो गरेपनि पछि आफैले हटाएर सहयोग गर्नुभयो ।’ चाडपर्वमा प्लाष्टिकजन्य फुलहरुको ब्यापार बढि हुने भएकाले अनुगमन गरेका हौ उहाँले भन्नुभयो, ‘अहिले सचेत मात्रै गरेका छौ फेरी विक्री वितरण गरिएको पाइए १ लाखसम्म जरिवाना गर्नसक्ने व्यवस्था रहेको छ ।’ अनुगमनमा जिल्ला प्रशासन कार्यालय कास्कीका प्रतिनिधि शिवप्रसाद गौतम, गण्डकी प्रदेश वन तथा वातावरण मन्त्रालयका प्रतिनिधि, उपभोक्ता मञ्च कास्कीका अध्यक्ष, पत्रकारहरुको सहभागीतामा अनुगमन गरिएको हो ।

