पोखरा ।    गण्डकी प्रदेश सरकारमा आज (बुधबार) मन्त्रिपरिषद् हेरफेर भएसँगै नेकपा एमाले र नेपाली कांग्रेस दुवै दलबाट नियुक्त भए ८ मन्त्रीले सपथ लिएका छन् ।   गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टल...

चितवन:  हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा ७५३ मध्ये सबैभन्दा बढी चर्चामा रहेको भरतपुर महानगरपालिकामा अन्ततः गठबन्धनको तर्फबाट प्रमुखको उम्मेदवार बन्नुभएकी रेनु दाहाललाई दोस्रोपटक नेतृत्व गर्ने जिम्मेवारी प्राप्त भएको छ । उहाँ आफ्नो निकटतम् प्रतिस्पर्धीभन्दा १२ हजार ४४९ बढी मत ल्याएर महानगर प्रमुखमा निर्वाचित हुनुभयो ।   दाहालको अबको कार्यकाल कसरी बित्छ ? अघिल्लो कार्यकालमा पूरा हुन नसकेका कामहरू यसपटक सम्पन्न गर्ने योजना बनाउनुभएको छ ? महानगरवासीकोअपेक्षा सम्बोधन गर्ने भावी योजनाका विषयमा केन्द्रित रहेर गरिएकाे कुराकानीको सम्पादित अंश :   -तपाईँ आफ्नो पहिलो पाँच वर्षे कार्यकाललाई कसरी समीक्षा गर्नु हुन्छ ? पहिलोपटक म भरतपुर महानगरमा नयाँ थिएँ । के गर्ने कसो गर्ने कताबाट कामको थालनी गर्ने भन्नेमा अनभिज्ञ थिएँ । पाँच वर्षको बीचमा भरतपुरको समग्र वस्तुस्थिति, भौगोलिक अवस्था र जनताको मनोविज्ञानको बारेमा नजिकबाट बुझ्ने अवसर मिल्यो ।   पाँच वर्षको अनुभवले जनताको आवश्यकता र विकासका हिसाबले परिपक्क भएको अनुभव भएको छ । कोभिडको महामारीका बीच पनि पाँच वर्षमा धेरै कामको सुरुआत भएका छन् । महानगरको विकासमा पहिलो कार्यकाल सकिँदै गर्दा पनि विकास भएन, गर्न सकेन भन्ने जनगुनासो सुन्नुपरेको छैन । देशको केन्द्र भागमा रहेर पनि भरतपुर विकासमा धेरै पछि परेको थियो ।   बाटाघाटा बजार क्षेत्रमा मात्रै थिए । ग्रामीण क्षेत्रमा सडक कालोपत्रे थिएन, जीर्ण अवस्थामा थियो । एक सय मिटर कालोपत्रे नभएको वडा पनि थियो । अहिले पाँच वर्षमा हरेक वडामा न्यूनतम २० देखि २५ किलोमिटर र अधिकतम ५०/५५ किलोमिटर कालोपत्रे भएको छ । हामीले महानगरमा ६२२ किलोमिटर सडक कालोपत्रे गरेका छौँ । सडक पूर्वाधारमा मात्रै होइन, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषिलगायत समग्र क्षेत्रमा सन्तुलित विकासको ‘मोडेल’ दिन सकेका छौँ भन्ने लाग्छ ।   -तपाईँले दोस्रो कार्यकाललाई कसरी लिनुभएको छ ? पहिलो पाँच वर्षमा विकासको आधार तयार भइसकेको छ, अब त्यसमा थप सिँढी बनाउँदै जाने गरी कामहरु अघि बढाउने छौँ । त्यसलाई निरन्तरता दिनुपर्ने एउटा चुनौती छ र गर्न सकिन्छ भन्ने पूरै आत्मविश्वास पनि छ । अन्य केही मुख्य योजनाको पनि कार्यान्वयन गरी यस महानगरपालिकालाई देशकै नमूना बनाउने गरी अगाडि बढ्ने छौँ । सङ्घीय सरकारको नीति तथा कार्यक्रमको प्रक्रिया अघि बढेको बेला हामी चुनावमा थियाैं ।   चुनावमा हार र जीत जेसुकै परिणाम आउला तर भरतपुरको योजनाहरुका बारेमा पहल गर्याैं र नीति तथा कार्यक्रममा सिङ्गो चितवनलाई नै विकासमा फड्को मार्ने ढङ्गले सम्बोधन भएको छ । अनुभवका हिसाबले र समग्र अवस्थाको जानकारीका हिसाबले अबको पाँच वर्ष मेरा लागि अन्तिम अवसर र चुनौती पनि हो । महानगरवासीको धेरै अपेक्षा छ, ती अपेक्षाअनुसार नै लोकप्रिय मत पनि जनताले दिनुभएको छ । उहाँहरुको अपेक्षा पूरा गर्न कुनै कसर बाँकी राख्न हुन्न भन्ने कुराको गहिरो बोध छ ।   -तपाईँले किन पुनः महानगरको प्रमुखमा दोहोरिने निर्णय गर्नुभयो ? मेरो आफ्नो आवश्यकताले भन्दा पनि भरतपुरको आवश्यकतालाई ध्यानमा राखेर दोहोर्‍यएको हुँ । नदोहो¥याएको भए सांसद हुन्थेँ होला, मन्त्री पनि हुनसक्थेँ । कुनै न कुनै राष्ट्रिय भूमिकामा हुन्थेँ होला । त्यो सम्भावना थियो तर त्यसो गरिन । चितवनको भरतपुर महानगरको कामहरु जसरी अघि बढाइएको छ ।   जनताको जे विश्वास पाँच वर्षको अवधिमा प्राप्त गरेको छु, त्यो जनताको विश्वास र म प्रतिको बुझाइ र अपेक्षाका हिसाबले हेर्दा मेरो यहीँ आवश्यकता छ भन्ने कुरा महसुस भयो । धेरै अधुरा काम सम्पन्न गर्नुपर्नेछ । ठूलाठूला गौरवका आयोजनाहरु अघि बढेका छन् । आखिर जसले बच्चा जन्माउँछ, उसैलाई बच्चाको माया बढी लाग्छ नि !   -तपाईँको पाँच वर्षे कार्यकालमा सङ्घीय सरकारको सहयोग कस्तो रह्यो ? पहिलो चरणमा पार्टी एकीकरणपछि नेकपा पनि भयो र सरकार पनि नेकपाको बन्यो । त्यतिबेला काम गर्न खासै समस्या भएन । पछिल्लो चरणमा पार्टीभित्र अन्तरविरोध हुन थालेपछि सङ्घीय सरकारको चितवन जिल्ला वा भरतपुरलाई हेर्ने सन्दर्भमा पूर्वाग्रह राखियो । चितवन जिल्ला भन्ने बित्तिकै नकारात्मक रुपमा हेर्ने अवस्था आयो ।   चितवनको रङ्गशाला निर्माणका लागि जग्गा व्यवस्थापनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डसहित हामी प्रधानमन्त्री कहाँ गएका थियौँ जग्गा टुङ्गोमा पुर्‍याइदिनुपर्‍याे भनेर । सिटी हलको जग्गाको कुरा टुङ्ग्याउनु प¥यो भन्दा पनि सकारात्मक रुपमा लिइएन ।   त्यसपछि हामीले अर्काे ढङ्गबाट रङ्गशालाका लागि कृषि विश्वविद्यालय, महानगरसहित त्रिपक्षीय सम्झौता गर्‍याैं। त्यो विषयका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पनि लगेका थियौँ । उहाँले सहयोग नगर्दा हामीले अर्काे ढङ्गबाट काम गर्नुपर्‍याे । महानगरको सिटी हलको विषय सबै प्रक्रिया पूरा गरेर लैजान खोज्दा त्यो पनि रोकिएपछि हामीले तलैबाट समस्या समाधान गर्न सक्यौँ ।   पछिल्लो चरणमा सिटी हलको बजेट विनियोजन गर्ने कुरा, सडकको बजेट विनियोजन गर्दा हरेक योजनामा सकेसम्म नहोस् भन्नेमा सरकारको दाउपेच चलिरह्यो ।   छ वटा महानगरमध्ये भरतपुर मात्रै ‘स्मार्ट सिटी’ बनेको थियो तर स्मार्ट सिटीबाट हटाउन लगाइयो । सहरी विकास मन्त्रालयले स्मार्ट सिटी गुरुयोजना पनि बनाएको थियो । प्रधानमन्त्रीले आफ्ना नयाँ शहरहरु थप्नुभयो । नारायणीको गुरुयोजना बनाएर माग गरिएको तटबन्धको बजेटका लागि पनि कुनै ध्यान दिइएन । यसरी विगत पाँच वर्षमा जे जति काम भयो, हामीले धेरै मिहेनत गरेर भएको हो । सरकार नै असहयोगी बनेपछि काम गर्न सजिलो थिएन ।   -तपाईँलाई प्रचण्डको छोरीका रुपमा नभई आफ्नो छुट्टै पहिचान बनाएँ जस्तो लाग्दैन ? पहिला कतिपयले नेता प्रचण्डले आफ्नो छोरीलाई राजनीतिमा ल्याए भन्ने टीकाटिप्पणी पनि नभएको होइन । मेरो पृष्ठभूमि जनस्तरसम्म धेरैले नबुझेका कारण त्यसो भनिएको हुन सक्छ । स्कुल पढ्दापढ्दै परिवर्तनको आन्दोलनमा होमियो । रोल्पा, काठमाडौँमा कार्य क्षेत्र हुँदै पार्टीले चितवनमा पठायो । म पार्टीको एक वफादार र प्रतिबद्ध सिपाही हुँ ।   चुनावलाई आफ्नो पक्षमा ल्याउन मलाई प्रचण्ड पुत्री भनेर बढी प्रहार गरेका थिए । त्यो खालको चुनौतीका बीच मलाई काम गरेर देखाउनुपर्छ भन्ने थियो । पाँच वर्षमा धेरै काम गरेर देखाएँ । म आफ्नै कामले परिचित हुन्छु भनेर सङ्कल्प पनि राखेँ । मेरो कारणले बुबा र पार्टीलाई तथा बुबाको कारणले मलाई यो खालको टिकाटिप्पणी सुन्नु नपरोस् भन्नेमा म एकदम सचेत छु ।   विरोधीले पनि प्रश्न गर्न नसक्ने हिसाबले काम गर्छु भन्ने सङ्कल्प राखेको थिएँ । अहिलेको निर्वाचनमा प्रचण्ड पुत्री भन्ने शब्द सुन्नुपरेन । रेनुले यहाँ कमजोरी ग¥यो भन्ने गम्भीर आरोप पनि सुन्नु परेको छैन । विकास भएन भन्ने सुन्नुपरेको पनि छैन । पाँच वर्षको अवधिमा आफ्नो कर्मले त्यो कुरा मेटाउन सकेँ भन्ने लाग्छ ।   -अबको कार्यकालमा सबै पक्षलाई समेटेर कसरी अगाडि बढ्नुहुन्छ ? मेरो आफ्नो स्वभाव सन्तुलित छ । केही चिज प्राप्त गर्नका लागि झैँझगडा, किचलो गरेर सम्भव हुन्न भन्ने कुरा मलाई गहिरो बोध छ । गएको पाँच वर्षको कामले पनि त्यो पुष्टि गर्छ । सबैसँग समन्वय गरी काम गर्ने स्वभावले गर्दा नै जुनसुकै राजनीतिक उतारचढाव हुँदा पनि महानगरको गतिलाई रफ्तारमा अघि बढाउन सकिएको होे । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेससँग सहकार्य थियो ।   पछिल्लो सङ्घीय निर्वाचनमा एमालेसँग गठबन्धन भयो । त्यो परिस्थितिको बीचमा पनि सुरुदेखि अन्त्यसम्म एउटै रफ्तारमा महानगर अघि बढ्यो । राजनीतिक हिसाबले भन्दा महानगरको २९ वडामध्ये माओवादीले जितेको तीन वडा मात्रै थियो भने कार्यपालिकामा ३९ सदस्यमध्ये जम्मा तीन जना थिए । सकेसम्म भरतपुरको विकास गर्ने हो, त्यो मिलेर मात्रै सम्भव छ भन्ने बोध थियो र सबैलाई सन्तुलन गरेर अघि बढेको हुँ ।   निर्वाचनमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा रहे पनि अब सबैले महानगरलाई कसरी विकसित, जनमुखी बनाउन सकिन्छ भन्नेमा नै केन्द्रित रहनुपर्छ । जुनसुकै पार्टीबाट निर्वाचित भएर आए पनि सबैले जनताकै काम गर्ने हो । समृद्ध भरतपुर बनाउने नै मेरो एउटै सपना छ । यसका लागि कसैप्रति कुनै आग्रह वा पूर्वाग्रह नराखी समन्वयात्मक ढङ्गबाट काम गर्न प्रतिबद्ध छु ।   -निर्वाचन अवधिभर भरतपुर चर्चाको केन्द्रमा रह्यो, खास त्यसको कारण के होला ? मलाई पनि अनौठो नै लाग्थ्यो । तीन महिना अघिदेखि नै चर्चा परिचर्चा भरतपुरकै थियो । फेरि रेनु उम्मेदवार हुने हो की होइन, को आउने हो भन्ने चर्चा राष्ट्रियरुपमै थियो । अर्काे कुरा हिजो पनि गठबन्धनका हिसाबले रेनुलाई दिएको थियो फेरि पनि रेनुलाई दिने हो कि भन्ने कुराहरू पनि भए ।   विपक्षी पार्टीले पनि भरतपुरलाई प्रतिष्ठाको विषय बनाएको थियो । चुनावलाई नै लक्षित गरेर नेकपा (एमाले)ले राष्ट्रिय माहाधिवेशनदेखि हरेक कार्यक्रमहरू भरतपुर केन्द्रित गरेको थियो । त्यही कारणले पनि भरतपुर चर्चाको केन्द्र बन्यो ।   -यहाँको पहिलो कार्यकालमा फोहरमैला व्यवस्थापनको सम्बन्धमा काम नै भएन भन्ने गुनासो छ नि ? फोहरमैलाको दिगो सामाधानका लागि नयाँ, आधुनिक र नमूनाजन्य काम गर्न खोजेकै हो । अन्तर्राष्ट्रिय प्रविधिसहित कोरियन सरकारसँग सम्झौता गरिसकेका छौँ । धेरै चरणमा छलफल गरेर गुरुयोजना बनाउने काम सबै टुङ्गिसकेको छ । महानगर, सङ्घीय मामला, अर्थ मन्त्रालय र कोरियन सरकारबीच काम अघि बढाएका छौँ ।   कोरियन सरकारबाट एक अर्ब २५ करोडको अनुदान दिने निर्णय पनि भइसकेको छ । तर कोरियामा फैलिएको कोभिड महामारीका कारणले यो काम अघि बढाउन सकिएको छैन । अहिलेको स्थानीय तह निर्वाचन भएको भोलिपल्ट नै कोरियाबाट इमेल आइसकेको छ । छिटोभन्दा छिटो आउँछौँ, काम अघि बढाउँछौँ भन्ने जानकारी आएको छ । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रसँग सम्झौता गरेर अघि बढ्न खोजेका थियौँ ।   रु २५ करोडका लागतमा सम्झौता गरेर अघि बढिसकेका बेला कोरियाको प्रस्ताव आएपछि त्यसलाई केन्द्रसँगको सम्झौतालाई रोकर गरेर यता अघि बढेको हो । कोभिडका कारणले ढिला भएको हो, अब फोहर व्यवस्थापनको समस्या समाधान हुन्छ ।   -जनतासँग यहाँको भावनात्मक सम्बन्ध राम्रो भएको निर्वाचन परिणमले देखायो, त्यसलाई कायमै राख्न सक्नुहुन्छ ? पहिलो कार्यकालमा भरतपुरवासीसँग चिनजान भएसँगै अन्तरङ्ग सम्बन्ध कायम भएको छ । त्यही सम्बन्ध र विश्वासको प्रतिफल नै दोस्रोपटक पनि मलाई अत्यधिक मत दिएर थप जिम्मेवारी सुम्पनुभएको छ । भरतपुरवासीको त्यो विश्वासलाई एक इन्च पनि घट्न नदिई अझ फराकिलो बनाउने छु ।   दोस्रो कार्यकालको पदबहाली गर्दैगर्दा तीन वटा महत्वपूर्ण कार्य गरेका छौँ । भरतपुरमा छोरीहरु जन्मनेबित्तिकै बीमाको सुरुआत गरेका छौँ । विपन्न समुदायलाई लक्षित गरेर सात हजार लिटर पानी निःशुल्क गरेका छौँ । अर्काे भनेको भूमिहीनलाई लालपूर्जाको कुरा पनि छ । यस्तै हामीले विगतमा पनि महिलासँग मेयर, जोखिममा परेका समुदायसँग मेयर भनी महानगरको नीति तथा कार्यक्रममा समावेश गरेर गौरवको कार्यक्रम राखेका छौँ । यो जोखिममा परेका समुदाय र महिलालाई लक्षित गरेको कार्यक्रम हो ।   त्यस्तै छात्रालाई साइकल वितरणदेखि अति लोपोन्मुख र विपन्न समुदायका तीन हजार विद्यार्थीलाई छात्रवृत्ति दिएका छौँ । यस्तै छात्रवृृत्ति सङ्घीय सरकारले जम्मा ४०० विद्यार्थीलाई मात्र दिन्छ । गरिबीका कारणले उच्च शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था रोक्न उनीहरुलाई वार्षिक १० हजार दिन थालको छौँ । स्वास्थ्य, शिक्षा, रोजगारलगायत आधारभूत कुरालाई पूरा गर्न खोजेका छौँ ।   -तपाईँले गर्न चाहेको तर पाँच वर्षमा गर्न नसकेका त्यस्ता अधुरा काम केही छने कि ? महानगरभित्र ठूलाठूला सडकहरु बन्दै छन् । पूर्व–पश्चिम राजमार्गको पुल्चोक–गोन्द्राङ सडक विस्तार गर्नुछ । बाइपास सडक, हुलाकी सडक, लिङ्क सडकहरु, महानगरको चक्रपथ, सिटी हल, झण्डै पाँच अर्बको नारायणी तटबन्धका योजनाको कार्यान्वयन गर्नु छ । अब राप्ती तटबन्धको गुरुयोजना पनि अघि बढाउँदैछौँ । यी अधुरा कामलाई सम्पन्न गर्ने पूर्ण अठोटका साथ अगाडि बढ्नेछु । यसो हुँदा भोलिसम्मका लागि पनि भरतपुरले गर्व गर्ने अवस्था रहन्छ ।   -अबको कार्यकालमा तपाइले गौरव गर्न लायक कुन–कुन योजना सम्पन्न गर्ने लक्ष्य राख्नुभएको छ ? आगामी पाँच वर्षमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला सम्पन्न हुनेछ । देशकै ठूलो तीन हजार क्षमताको अन्तर्राष्ट्रियस्तरको सिटी हल सम्पन्न हुनेछ । त्यस्तै नारायणी तटबन्ध र महानगरीय रिङरोड सम्पन्न हुन्छ । नारायणीको ‘सिग्नेचर ब्रिज’ प्राथमिकतामा राखेको छु । महानगरभित्रको फोहर व्यवस्थापन दिगो रुपमा सम्पन्न हुनेछ भने भरतपुरको पुल्चोक–गोद्राङ सडक ब्युटिफिकेसनसहित सम्पन्न हुन्छ ।   हरेक क्षेत्रका योजना अब ब्युटिफिकेसनसहित सम्पन्न गर्ने लक्ष्य छ । शिक्षक अस्पताल भर्खरै मन्त्रिपरिषद्ले निर्णय गरेको छ । नीति तथा कार्यक्रममा समेत समावेश छ । सुरुमा २०० शय्याको शिक्षक अस्पताल पाँच वर्षभित्रमा सञ्चालनमा आउँछ । यसैगरी भरतपुर विमानस्थल प्रदशेस्तरीय विमानस्थल भनेर सरकारको नीति तथा कार्यक्रममा पनि परेको छ ।   यस्तै मेघौली विमानस्थलाई चाहीँ कालोपत्रे गर्ने कामलाई अघि बढाउन लागिएको छ । यही आर्थिक वर्ष कालोपत्रे हुन्छ । समग्र महानगरको सौन्दर्यकरणमा ध्यान दिइनेछ । प्रविधिमैत्री महानगर बनाउँछौँ । शिक्षा स्वास्थ्य, कृषि, पर्यटन हरेक क्षेत्रमा प्राथमिताका साथ अघि बढ्छौँ ।   -अन्त्यमा, केही भन्न चाहनु हुन्छ कि ? हाम्रो अबको प्रक्रिया भनेको विकाससँगै सुशासनको कुरा पनि छ । विद्युतीय भुक्तानीलगायत सफ्वेयरहरु प्रयोग गर्दैछौँ । महानगरको प्रशासनिक भवन पञ्चायतकालीन भवन हो । बदलिँदो परिवेशमा यस भवनबाट प्रशासनिक एवं विकास निर्माणका कामहरु सम्पादन गर्न कठिन भएकाले झण्डै सङ्घ र प्रदेश सरकारको साझेदारीमा एक अर्ब रुपैयाँको लगानीमा नयाँ प्रशासनिक भवन बन्दैछ । यस भवनको शिलान्यास भइसकेको छ ।   निर्वाचनको क्रममा आम मतदातालाई दिएको हाम्रो प्रतिबद्धता पत्रमा महानगरको सेवालाई कसरी सञ्चालन गर्ने भन्ने उल्लेख गरेका छौँ, त्यसैलाई आधार मानेर अघि बढ्छौँ । जनताबाट आएका थप सुझावलाई आत्मसाथ गरेर अघि बढ्छौँ । अब छिट्टै महानगरको नगरसभा बस्दैछ । यस सभामा हामीले जनतामा प्रस्तुत गरेको घोषणापत्रलाई आधार मानेर विगतका अधुरा योजनासमेतलाई ध्यानमा राख्दै महानगरको नीति, योजना तय गर्छौँ ।   जनताको सेवा गर्ने जुन अवसर पाएका छौँ, त्यसमा कत्ति पनि कमी हुन नदिई दोस्रो कार्यकाललाई अझ परिणाममुखी र स्मरणयोग्य बनाउने हाम्रो प्रयत्न रहनेछ ।   नवनिर्वाचित प्रमुख दाहालसँग राससकर्मी नारायण ढुङ्गाना र नारायण अधिकारीले काठमाडौँमा भएको भेटकाे क्रममा कुराकानी गर्नु भएकाे थियाे ।

बागलुङ:     बागलुङका विद्यालयमा बालबालिकालाई ‘प्याकेजिङ’ गरिएका खाद्यवस्तुबाट स्वास्थ्यमा हुने दीर्घकालीन असरबारे सचेत बनाइने भएको छ ।    विद्यालयमै पुगेर ‘प्याकेजिङ’ गरिएका खाद्यवस्तुको लेबल विवरण तथा खाद्य स्वच्छतासम्बन्धी जानकारी गराइने भएको खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालयले जनाएको छ । आउँदो जेठ २४ गते मनाइने चौधौँ खाद्य स्वच्छता दिवसको अवसरमा आयोजित विविध कार्यक्रमअन्तर्गत विद्यालय तहका विद्यार्थीलाई ‘प्याकेजिङ’ गरिएका खाद्यवस्तुसम्बन्धी सचेतनालाई प्राथमिकतामा राखेको हो ।    ‘स्वच्छता सन्तुलित आहार, स्वस्थ जीवनको आधार’ भन्ने नारासहित मनाउन लागिएको दिवसमा उपभोक्ताको खाद्य स्वच्छतासम्बन्धी अधिकार प्रत्याभूति गर्न बालबालिकालाई सचेत गराउन थालिएको डिभिजन प्रमुख सौरभ श्रेष्ठले बताउनुभयो । “हामीले यसअघि पनि सदरमुकामा रहेका केही विद्यालयमा खाद्य स्वच्छतासम्बन्धी कार्यक्रम सञ्चालन गरीसकेका छौँ”, उहाँले भन्नुभयोे, “विद्यालयको वातावरण हेरेर दिवसको अवसरमा केही विद्यालयका बालबालिकामा सचेतनामूलक कार्यक्रम लैजाने यस पटकको योजना छ ।” बालबालिकालाई सचेत गराउँदा भावी पुस्तामा खाद्य स्वच्छतासम्बन्धी चेतनाको विकास हुने र वर्तमानमा अस्वस्थ्य खाद्यान्नको प्रयोगमा कमी आउने उहाँको बुझाइ छ ।   विद्यालयमा दिवा खाजाको रुपमा प्रयोग हुने ‘प्याकेजिङ’ खानाको लेबल तथा म्याद र त्यसमा प्रयोग भएका खाद्यवस्तुको विषयमा जानकारीको अभावमा बालबालिकाले अखाद्य वस्तु प्रयोग गरिरहेका कतिपय घटना बेलाबेलामा बाहिरिने गरेका छन् । सरकारले कक्षा ५ सम्मका बालबालिकाका लागि दिवा खाजाको व्यवस्था गरेको भए पनि बागलुङका अधिकांश विद्यालयले खाजाको व्यवस्था नगरी प्रतिविद्यार्थी खाजाबापत प्राप्त हुने रकम अभिभावकको जिम्मा लगाउने गरेका छन् ।    डिभिजन कार्यालयले जेठ १९ गतेदेखि विभिन्न कार्यक्रमको आयोजना गरेर खाद्य स्वच्छता दिवस मनाइरहेको छ । सप्ताहअन्तर्गत विद्यालयमा सचेतना कार्यक्रमका साथै होटल तथा रेष्टुराँ अनुगमन गर्ने, बजार तथा खाद्य उद्योग अनुगमन गर्ने खाद्यान्नमा प्रयोग हुने रङको विषयमा सचेनतामूलक कार्यक्रम सञ्चालन गरिने श्रेष्ठले बताउनुभयो ।   खाद्य स्वच्छतासम्बन्धी विभिन्न जानकारी समेटिएका प्रचार सामग्री कार्यालय परिसर तथा मानिसको आवतजावत बढी हुने ठाउँमा राख्न थालिएको छ । दिवस मनाउन डिभिजन कार्यालयले आम सर्वसाधारणलाई स्वच्छ खाद्यवस्तु प्रयोग गर्न पाउने उपभोक्ताको अधिकारप्रति सचेत रहनेगरी सप्ताहव्यापी कार्यक्रममा सहभागी हुन अपिल गरेको छ ।

पोखरा:  दुवैपक्षविच सहमती भएपनि अझैपनि अभिनेत्री मिरुना मगरको झापड काण्डले सामाजिक सञ्जाल सेलाउन सकेको छैन ।  विभिन्न समुदाय दुइ कित्तामा बाडिएर एकले अर्काे पक्षलाई गल्ती औल्याउँदै गालीगलौज गरिरहेका छन् ।   यसैविचमा बेलायतबाट अभिनेत्री मिरुनाको आमा शशी थापा सुब्बाले ९ बुँदामा सुझाव मिश्रित प्रश्न तेर्साएकी छिन् ।   थापा सुब्बाले ७ औं बुँदामा प्रश्न गरेकी छिन्, ‘अनि तिमी भन्थ्यौं त बौद्ध धर्म भन्दा साँचो केही छैन भनेर तर कति धेरै झुटको खेती भयो त, तिमीलाई फसाउँने र लामालाई बचाउँने यो खेलमा ? यहाँनेर चै मैले तिमीलाई अलिकती पत्याइन है छोरी ।  माफ गर !   छोरी मिरुनालाई आमाले के लेखेकी छिन् ?   छोरी मिरूना, सन्चो  बिसन्चो सोधीन है । यसो दुईचार कुरो बुँदागत लेखी पठाउँकी भनेर मात्र हो ।   १. शहरमा र सामाजिक संजालमा उठेका केही कुराहरू, निष्कर्षहरू र प्रश्नहरूले तिमीलाई अपठ्यारो पार्न खोजेको होला तर फिकर नगर ममीले बुझ्छु । सबैभन्दा धेरै आएको कुरो हो झापड चै नहान्नु  पर्ने ! सबैको निष्कर्ष पनि त्यही तर के पर्याे त्यति साह्रो र हातै चलाउनु पर्ने अवस्था आयो ? त्यो  तिम्रो ममीलाई थाहा छ कि महिलाहरू जब हिंसामा पर्छन त्यति बेला जस्तै विद्वान भएपनि विवेकले  काम गर्दैन । 'आँटिलाले  प्रतिकार गर्छन र आँट नपुग्नेले पिड़ा लुकाएर रुदैँ बस्छन ।'    त्यसैले त घटनापछी यसो गरेहुने त्यसो नगरे हुने भन्ने हाम्रो विचारहरू काम लाग्दैनन् भन्ने कुरो । ‘ओ माई गड’ त्यतिबेला मैले त्यो भिडीओमा तिम्रो अनुहारमा मेरो ज्ञानी छोरी मिरूना होइन, आफ्नो स्वभिमानमा चोट पुगेर रन्थनिएको घाइते बघेनी देखेँ र मैले त सोचेको थिएँ त्यो लामाको दिन पुग्यो अब भनेर, तर तिम्रो स्वविवेक कति चाड़ै कन्ट्रोलमा आएछ है !   २. दोस्रो कुरो हो माफी मागेपछी प्रहरीकोमा नलानु पर्ने नि भन्ने, तर मलाई थाहा छ तिमीले आज थानामा नलगेको भए फुर्वाालाई छुटाउन पर्ने थिएन र मिरूनालाई मिलापत्रको लागि पहल गर्नुपर्ने थिएन उनिहरूले अनि झन ठुलो हङ्गामा गर्ने लाईसेन्स पाउने पक्का थियो । कम से कम यति अलिकती राहत चै फुर्वालाई छुटाउनुले गर्दा  नै पाएको हो तिमीले ठिक पो गरेछौ छोरी  । अर्को त्यति बेला सबैको  दिमागमा पनि यो कुरो भरिन्थ्यो कि आफै सजाय दिएर माफी दिने उनि को हो ? साँचै हो भने प्रहरीकोमा किन लगेन ? भन्ने कित्तामा सायद म लगायत  सबै  पुग्ने थियौँ   ।   ३. अर्को डरलाग्दो कुरो हो सबैको दिमागमा एउटै प्रश्न छ सार्वजनिक ठाँउमा त्यसरी पवित्र बस्त्र लगाएको लामालाई किन झापट हान्यौ ? किन सबैको अगाडी लाजै मर्दो हुने गरी माफी मगायौ  ? तर सबैले  भुले की त्यही पवित्र बस्त्र लगाएका लामाको पापी हातले पनि सोही सार्वजनिक ठाउँमा मिरूनाको संवेदनशिल  अंगमा समातेर निचार्यो भन्ने कुरो त्यो पनि तिन–तिन चोटी तर मैले भुलिन छोरी । धन्न म पनि तिमीले झापड हानेकोमा र यसरी  आफ्नो करियर डुबाएकोमा विस्मात मानेर थकथकाउने र कर्ण फुसफुस गर्ने आमा परिन त्यसैले यो मानेमा तिमी भाग्यमानी हौ  छोरी ।   ४. अर्को कुरो लामालाई नेपाली बोल्न आउदैन पनि भन्दैछन कोही त तर भाषाले हात चल्ने होइन मुख मात्र हो भन्ने कुरो तिम्रो ममीलाई थाहा छ ।   ५. अब मलाई थाहा छ तिमीले मुद्धा मिलाएकोमा नारीवादी भनौदा डलरप्रेमी सुन्दरीहरू बोल्न थाल्नेछन है नानी, तर तिनीहरू शहरमा तिम्रो ज्यान लिनेहरू उफ्रिरहेको बेला तिमीसँग उभिनु आउने होइनन् कि एउटा बन्द कोठामा छिरेर अब यो काण्डले कहिले डरलाग्दो रूप लिन्छ र घटना घट्छ अनि  म कसरी प्रस्तुत हुने भनेर तानाबाना बुनिरहेका हुनेछन, धन्न तिमीले मध्यम बाटो अपनाएर आफ्नो ज्यान बचायौ छोरी ! अब लेख्नेछन मिरूनाले हिंसाको विरूद्ध उठेको कदम किन रोकिन् ? हामी थियौ नि तर मिलापत्र गरेछिन् भन्दै, तर फिकर नगर जे गर्यो ठिक गर्यौ तिम्रो ममी खुशी छु !   ६. वरिष्ठ कलाकार, लेखक, समाजसेवीहरू पनि हेर र पर्खको स्थितीमा हुनुहुन्छ होला है । अहिले तिम्रो लागि बोली हाल्दा लेखी हाल्दा फेरी गाली खाईन्छ बेस्सरी । जतिले आँट गरेर लेखे नि सबै बाझ्दै उत्तर दिदा हैरान छन ।   महानायक केशमा राजेस हमाल नै महानायक हुन् तर वरिष्ठ दिदीको पक्षमा पनि वकालत गर्नु भ्यायौ त्यो बेला तर अहिले वहाँहरूलाई पनि अप्ठ्यारो छ नानी झापड हान्ने त मुर्ख हो फेरी तिम्रो कुरो पत्याउनुलाई सिसिटिभी फूटेज छैन, कोट्याएको वा निचोरेको । देख्नुभएको छैन कसरी बोलोस विचराहरू । चलचित्र बोर्डले त कलाकारले गल्ती गरेको हो भन्दै माफी मागेको भिडिओ नै सार्वजानिक भएको देखे खै के हो थाहा भएन ।   ७. अनि तिमी त भन्थ्यौं बौद्ध धर्म भन्दा साँचो केही छैन भनेर तर कति धेरै झुटको खेती भयो त, तिमीलाई फसाउँने र लामालाई बचाउँने यो खेलमा ? यहाँनेर चै मैले तिमीलाई अलिकती पत्याइन है छोरी माफ गर !   ८. तिमीलाई ‘गो व्याक’ भन्दै  कराउने देसखि युके फर्किनु  भन्न समेत भ्याएछन् हगी ? तिनीहरूलाई भन्नु कि मेरो नेपालको सम्पतीहरू पुर्ख्यौली धरोहर र निशानीहरू मासेर ,नेपाली नागरिकता खोसेर, बृटिशको सिटिजनसीप दिलाउने तागत छ भने लु राजी भन्नु हा नरिसाउनु विचराहरू संग ।  तर यूकेमा पनि खै सुरक्षित होला जस्तो लागेन एकजना वरिष्ठ पिपलपाते कि के भन्नेले त छुने मात्र होइन किस खाने कुरो सम्म गर्न भ्याएछन ! हुन त देशको होइन यहाँ आ–आफ्नो नेचर र संस्कारको कुरो हो, त्यसैले नेपालमा पनि सुरक्षित छौ आज ।   ९.  बिस्तारै सत्य कुरो खुल्दैछ । बिस्तारै तिमीलाई पत्याउदै जाँदैछ, म देखिरहेछु तिम्रो निम्ती धेरै हातहरू व्यस्त छन् गलतलाई गलत हो भनेर लेख्न, धेरै मनहरू आतुर छन् तिम्रो सहि निर्णयलाई अंगाल्न, थोरैको रिस र आवेगमा जलेर धेरैको आँट र साहसको प्रतिक बन्दैछौ छोरी ।   अस्तिनै फोनमा तिमीले कस्तो साह्रो पर्यो ममी एमएको थेसिस सकाउन भनेर भन्दा मैले हाँस्दै भनेको कुरो थाहा छ छोरी ? जब जिवनको (सोधपत्र ) थेसिस लेख्न सुरू गर्नेछौ नि, यी एमएको थेसिस त खेलाइची लाग्छ भन्दा तिमीले रिसाउदै ‘हे ममी जेमा पनि यस्तो अप्ठेरो कुरो नमिसाउनुन’ भनेको हैन ? हाहाहा तर यो थेसिसमा चै किन लामाले त्यसो गरे ? भन्दा पनि किन लामालाई सजाय दिए भन्ने भुस भरियो नि आज हाम्रो दिमागमा ! भन्ने टपिकमा केहि शब्दहरू भर्नु है ! किनकी जिवनको थेसिसमा यति नै शब्दहरू भन्ने हुदैन । असिमित अक्षर र शब्दहरू मिलेर मात्र थेसिस टुङ्गीन्छ  छोरी । ल त जोगिएर बस्नु, जे कामको लागि त्यहाँ छौ पुरा गर्नु । आजलाई यति बाँकी भेटमा ।   उहि तिम्रो ममी शशी थापा सुब्बा, युके ।

सन्धिखर्क : नागरिकता केरमेट गरेर बृद्ध भत्ता खाने शितगंगा नगरपालिका-१३ का एक जनालाई प्रहरीले पक्राउ गरेको छ।   शितगंगा नगरपालिका-१३ सिमलपानीका केश बहादुर भाटलाई नागरिकता केरमेट गरेर बृद्धभत्ता खाएको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक शंकर खड्काले बताए।   उनले नागरिकतामा भएको जन्ममिति २०१६।८।२४ लाई केरमेट गरी २०००।८।२४ बनाएर सामाजिक सुरक्षा भत्ता लिएको अनुसन्धानका क्रममा देखिएको छ। उनको मतादाता परिचय पत्रमा २०१६।८।२४ गतेनै रहेको भेटिएको प्रहरीको भनाई छ। 

पोखरा:   एक नाबालिगमाथि जबर्जस्ती करणीको अभियोग सामना गरिरहेका पल शाहको मुद्दामा उच्च अदालत पोखरामा भइरहेको सुनुवाइको बहस सकिएको छ ।    न्यायाधीश उज्ज्वल शुक्ला र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा बहस भएको थियो । आरोपित पल तनहुँ कारागारमा छन् ।    कारागार चलान गर्ने जिल्ला अदालतको फैसलाविरुद्ध पलका वकिलहरूले उच्च अदालतमा निवेदन दिएका थिए । पललाई साधारण तारेखमा रिहा गर्नुपर्ने भन्दै उनीहरूको माग छ । अब आदेशको प्रतीक्षा छ । 

बारा:  बाराको जितपुर सिमरा उपमहानगरपालिकाको कार्यपालिका सदस्यमा निर्वाचित आठ जना सदस्यको शपथ ग्रहण कार्यक्रम स्थगित भएको छ । शपथ ग्रहण गर्ने स्थानको विषयमा कार्यपालिका सदस्य र उपमहानगर प्रमुखबीच असहमति नभएपछि स्थगित भएको हो ।   उपमहानगर प्रमुख राजन पौडेलले कार्यपालिका सदस्यलाई आफ्नै कार्यकक्षमा शपथ ग्रहण गराउने तयारी गरेका थिए ।  तर, न्यायिक इजलाश कक्ष भत्काएर बनाइएको उपमहानगर प्रमुखको कक्षमा शपथ ग्रहण गर्न कार्यपालिका सदस्यले अस्वीकार गरे ।   नगरबासीलाई न्यायिक सेवा दिने इजलाश भत्काएर बनाइएको कक्षमा नभई आफूहरूलाई कार्यालयको अन्य कक्ष वा कार्यालयको हाताभित्र रहेको खुल्ला स्थानमा शपथ ग्रहण गराउन कार्यपालिका सदस्यहरूले प्रमुख पौडेलसँग आग्रह गरेका थिए ।   प्रमुख पौडेलले भने आफ्नो कक्षबाहेक अन्यत्र गएर शपथ ग्रहण नगराउने अडान लिँदै आएका छन् ।  शपथ ग्रहण गराउने आफ्नों काम भएको र आफूले तयारी गरेकै स्थानमा शपथ ग्रहण गर्न कार्यपालिका सदस्यलाई उनको आग्रह छ ।   यसपछि भने प्रमुख पौडेलसँग कार्यपालिका सदस्यहरू आक्रोशित नै भए ।  दुवै पक्षले अडान नछाडेपछि शपथ ग्रहण कार्यक्रम स्थगित गरिएको हो ।  शपथ ग्रहण स्थगित भएपछि निर्वाचन अधिकृत टीकामणी न्यौपानेले प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेलको कक्षमा कार्यपालिका सदस्यलाई प्रमाण–पत्र वितरण गरिसकेका छन् ।   प्रमाण–पत्र वितरण कार्यक्रममा सहभागी हुन प्रमुख पौडेललाई बोलाइए पनि उनी सहभागी भएनन् । उपमहानगरपालिकाको कार्यपालिका सदस्य चयनका लागि जेठ १५ गते भएको निर्वाचनमा नेकपा एमालेका आठजना उम्मेदवार निर्वाचित भएका थिए ।   निर्वाचित हुनेमा महिला सदस्यतर्फ पवित्रामाया कार्की, बुद्धकुमारी अधिकारी, मायादेवी चौधरी, रामपती थरुनी र सुकुमाया कुमारी रहेका छन् ।  दलित तथा अल्पसंख्यकतर्फ अर्जुन विक, प्रह्लाद साह सोनार र प्रभावती देवी पासवान निर्वाचित भए ।   कार्यपालिका सदस्यमा एमालेका सबै उम्मेदवार विजयी हुँदा नगर कार्यपालिकामा एमालेबाट प्रतिनिधित्व गर्नेको संख्या २२ पुगेको छ भने माओवादीको पाँच, कांग्रेसको पाँच, लोसपा र एकिकृत समाजवादीको एक–एकजना सदस्य रहेका छन् ।

नेपालगञ्ज:  नेपालगञ्जको धम्बोझी चोकमा पूर्वराजा वीरेन्द्र शाहको शालिक राख्ने विषयमा प्रहरी र राष्ट्रवादी युवा समूहका सदस्यबीच झडप हुँदा केही घाइते भएका छन् ।   सो झडपमा परेर नौ जना प्रहरी, सो समूहका सदस्य र केही सर्वसाधारण घाइते भएका हुन् । झडपपछि केहीबेर बजारमा तनाव हुँदा प्रहरीले कयाँै राउण्ड हवाई फायर गरेको थियो । राष्ट्रवादी युवा समूहले चोकमा स्वर्गीय राजा वीरेन्द्र शाहको शालिक राखेका थिए ।   राखेको शालिक प्रहरीले हटाएपछि उक्त समूहले न्यूरोडमा रहेको शहीद सेतु विकको शालिकसमेत तोडफोड गरेको छ । धम्बोझीचोकमा राखिएको पूर्वराजा वीरेन्द्रको अर्धकदको शालिक प्रहरीले हटाउँदा स्थिति नियन्त्रण भन्दा बाहिर जाने देखिएपछि प्रहरीले फायर खोलेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिनुभयो ।   प्रहरीले घटनास्थलबाट चार जनालाई नियन्त्रणमा लिएको जनाएको छ । आक्रोशित राष्ट्रवादी युवा समूहले सेतुविक चोकमा रहेको शहीद सेतुको शालिकसमेत तोडफोड गरेपछि प्रहरीले धम्बोझी चोक र सेतु विक चोकलाई घेरा हाल्नुको साथै बिपीचोक, पुष्पलाल चोकमा पनि सुरक्षा सर्तकता बढाएको छ ।   तत्कालीन राजा वीरेन्द्रको बंश नाश भएको आज २१ वर्ष पूरा भएको दिन पारेर शालिक पुनःस्थापना गरिएको थियो । २०६२÷६३ को जनआन्दोलनमा वीरेन्द्र चोकमा रहेको स्व राजा वीरेन्द्रको शालिक भत्काइएको थियो ।   नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्दिन राईले घटनास्थलमा पुगेर नेपालगञ्जमा कायम रहेको सामाजिक सद्भावमा खलल नपुर्‍याउन  आग्रह गर्नुभएको छ ।   उहाँहरुले सर्वपक्षीय सर्वदलीय छलफलबाट आपसी सहमतिमा समाधान खोज्न सकिने भएकाले सार्वजनिक सम्पत्ति तोडफोड गर्ने कार्य नगर्न आग्रह गर्नुभयो ।

काठमाडौं:  सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले सङ्घीयताको पूर्ण कार्यान्वयनमा सरकारको ध्यान गएको बताउनुभएको छ ।   राष्ट्रियसभामा दर्ता भएको सङ्घीयता कार्यान्वयसम्बन्धी सङ्कल्प प्रस्तावमाथिको छलफलपछि सरकारका तर्फबाट धारणा राख्दै उहाँले संविधानले परिकल्पना गरेअनुसार नै मुलुक सङ्घीय संरचनामा गइसकेको बताउनुभयो । “गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक प्रतिनिधित्वको व्यवस्था कार्यान्वयनमा आइसकेको छ, सङ्घ, प्रदेश र स्थानीय तहको मूल संरचनाले काम गर्न थालिसकेका छन्”, उहाँले भन्नुभयो, “स्थानीय तहको दोस्रो निर्वाचन सम्पन्न भइसकेको छ, यसले सङ्घीयतालाई कार्यान्वयन गर्न महत्वपूर्ण भूमिका खेल्ने छ ।”   सङ्घीयताको कार्यान्वयनसँगै यससम्बन्धी भ्रम हट्दै गएको उहाँको भनाइ छ । “सङ्घीयता हाम्रा लागि नवीन विषय थियो, नवीन हुँदा बुझाइ फरक–फरक थियो होला अब सही मार्गचित्रमा हिँडाउँने सबैको दायित्व हो”, उहाँले भन्नुभयो । सङ्घीयताको कार्यान्वयन, अध्ययन र अनुगमनका लागि संसदीय समिति गठन गर्न सकिने बताउनुभयो । सङ्घीयता कार्यान्वयनमा क्रममा देखिएका अधुरा विषय विस्तारै पूरा हुँदै जाने उल्लेख गर्दै उहाँले सङ्कल्प प्रस्तावमाथिको छलफलबाट निस्केका निष्कर्ष सरकारका लागि मार्गदर्शन हुने बताउनुभयो ।   उहाँले एकात्मक शासन व्यवस्थामा स्रोतको न्यायोचित वितरण नहुने भन्दै उहाँले सङ्घीयताका कारण क्षेत्रीय, वर्गीय विभेद्मा परेका उत्पीडन र पछाडि परेको प्रदेशले बढी बजेट पाउने गरेको जनाउनुभयो ।   सरकारले पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेट वक्तव्यमा पनि सङ्घीयतालाई बलियो बनाउने कार्यक्रम समावेश गरिएको र आगामी दिनमा प्रदेश तथा स्थानीय तहलाई दिइने बजेटको उचित विनियोजन गरिने मन्त्री श्रेष्ठले बताउनुभयो ।   उहाँले सङ्घीय निजामती ऐन केही समयभित्रै संसद्मा दर्ता हुने जानकारी गराउँदै त्यसलगत्तै कर्मचारीको अभावका समस्या समाधान हुने विश्वास दिलाउनुभयो ।

काठमाण्डौँः    तारा एयरको ट्वीनअटर जहाज दुर्घटनामा मृत्यु भएकाको शव परिवारलाई बुझाइएको छ । दुर्घटनामा मृत्यु भएका सबै २२ जनाको शव मृतकका परिवार आफन्तलाई हस्तान्तरण गरिएको अस्पताल व्यवस्थापनले जनाएको छ ।    यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जहाज दुर्घटनामा मृत्यु भएकाको शव त्रिवि शिक्षण अस्पतालमा शव परीक्षणपछि आज परिवारलाई हस्तान्तरण गरिएको छ । बुधबार राति पोष्टमार्टम सकिएका २२ वटै शवको कागजी प्रक्रिया मिलाएर आज १२ बजेभित्रै मृतकका परिवालाई शव हस्तान्तरण गरिएको हो ।    मृतकमध्ये चार भारतीयको पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने तथा दुई जर्मन नागरिकको शव त्यस देशतर्फ पठाइने जनाइएको छ ।    आइतबार पोखराबाट उडेको उक्त ट्विनअटर विमान सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेस्थित मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।    उक्त जहाज दुर्घटनामा परी चालक दलका तीन सदस्य, १३ नेपाली, चार भारतीय तथा दुई जना जर्मन नागरिकको ज्यान गएको थियो ।