पोखरा:   कास्की क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि सभा सदस्यको उम्मेदवार बिना गुरुङले मतदातासँग भेट्ने तथ नीतिगत तहबाट गर्न सकिने कामहरुको छलफल गर्ने अभियान चलाइरहेकी छन् । &nbs...

  काठमाडौँ:   यही साउन अन्तिम सातादेखि काठमाडौँ उपत्यकाको कुहिने फोहर यहीँ नै व्यवस्थापन सुरु हुने भएको छ ।           पछिल्लो समय जटिल बनिरहेको उपत्यकाको फोहर व्यवस्थापनको लागि स्थान पहिचान भएसँगै  त्यस्ता फोहर यही नै व्यवस्थापन गर्न लागिएको हो । काठमाडौँ महानगरपालिकाले कुहिने फोहरलाई उपत्यकामा नै व्यवस्थापन गर्न पहिलो चरणमा कीर्तिपुरमा करिब ५० रोपनी जग्गा प्राप्त भएको र सोही स्थानबाट नै काम सुरु गर्ने जनाएको छ ।      उक्त स्थानमा अहिले दैनिक ४० हजार किलो त्यस्ता फोहरको व्यवस्थापन गरी मल उत्पादन गर्ने सकिने बताइएको छ । उक्त स्थानमा हाल आठ वडाबाट उत्पादन हुने कुहिने फोहरको व्यवस्थापन गर्न सकिने छ । उत्पादित मल सहुलियत दरमा बिक्री गर्ने तयारी पनि कामपाको छ ।       योसँगै उपत्यकाको अन्य स्थानमा पनि थप जग्गा रोज्ने काम भइरहेको छ । सबै किसिमका फोहर बञ्चरेडाँडा पुर्याउँदा पटक–पटक समस्या आएकाले प्रभावकारीरूपमा फोहरको दीर्घ समाधानका लागि स्थान पहिचानमा लागेको हो । बञ्चरेडाँडामा हानिकारक फोहर व्यवस्थापन नगर्ने योजनाअनुरुप कामपाले यस किसिमको अभ्यास सुरु गरेको हो । काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार हाल सम्भावित स्थान पहिचान गर्ने काम जारी छ । यसअन्तर्गत चन्द्रागिरि, दक्षिणकाली, नागार्जुन, तारकेश्वर र उपत्यका बाहिर बनेपासम्म पनि कामपाका प्रमुख बालेन्द्र शाहको नेतृत्वमा अन्य स्थानमा पनि जग्गा खोज्ने काम भइरहेको छ । हालसम्म उपलब्ध भएका जग्गामा ५० रोपनीदेखि १५० सम्मको छ । अझै बढी उपयुक्त र कम खर्चिलो जग्गाको खोजीमा लागिरहेको उहाँले बताउनुभयो । फोहर व्यवस्थापनको सहजताकै लागि कामपाले यही साउन १ गतेदेखि कामपाले कुहिने र नकुहिने फोहरको फरक–फरक तरिकाबाट व्यवस्थापनको काम पनि सुरु गरिसकेको छ ।  फोहरमैला व्यवस्थापन ऐन विसं २०६८ मा फोहरको वर्गीकरणको प्रबन्ध गरिएको छ ।    निजी फोहर सङ्कलकलाई कानुनी दायरामा ल्याइँदै        काठमाडौँको कूल ३२ वडामध्ये मुख्य नौ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहर व्यवस्थापन हुँदै आएको छ । फोहर वर्गीकरण योजना भने ३२ सैँ वडामा लागू गरिएको छ ।      कामपाले मात्रै फोहर व्यवस्थापन गर्दै आएको नौ वडामा सबै दिन नियमितरुपमा फोहर व्यवस्थापन  भइरहेको छ निजीले फोहर व्यवस्थापन गर्दै आएको स्थानमा भने विगत दुई महिनादेखि फोहर व्यवस्थापन हुन नसकेको स्थानीयले गुनासो गरेका छन् ।       निजी क्षेत्र पैसा असुल गर्ने धन्दामा मात्र लागेको र नागरिकप्रति जिम्मेवार नभएका कारण सबै स्थानमा नियमितरुपमा फोहर व्यवस्थापन हुन नसकेको आरोप छ । आफूले लिएको जिम्मेवारी पूरा नगरेको भन्दै नियमित फोहर व्यवस्थापन नगर्ने निजी कम्पनीलाई कामपाले कारबाहीको प्रक्रियाअघि बढाउने चेतावनी दिएको छ । जिम्मा लिएको स्थानमा फोहर व्यवस्थापनको काम नगरे कानुनी कारबाही गर्ने स्थानीय तहको चेतावनी छ ।       ललितपुर महानगरपालिकाको प्रमुख चिरीबाबु महर्जनले जुन स्थानमा फोहर उत्पादन हुन्छ सोही स्थानमा नै व्यवस्थापन गरिनुपर्ने जनाउँदै यसका लागि सङ्घीय सरकारले पनि ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।  फोहर व्यवस्थापनसम्बन्धी बन्न लागेको नयाँ कानुनमा सरकारको काम कारबाहीको तहगत स्पष्टरूपमा व्यवस्था हुनुर्नेमा उहाँको भनाइ छ ।       फोहरमैला व्यवस्थापन सङ्घ, प्रदेश र स्थानीय तहको जिम्मेवारी र समन्वयको प्रारुप, सह लगानीको ढाँचा, यससम्बन्धी सार्वजनिक निजी साझेदारी कसरी गर्ने भन्ने विषय, घरायसी, संस्थाजन्य, औद्योगिक, विद्युतीय र विपद्पश्चात्को उत्पन्न हुने फोहरमैला व्यवस्थापन र उत्पादन गर्ने व्यक्तिको दायित्वका बारेमा कानुनमा स्पष्ट व्यवस्था हुनुपर्ने सुझाव प्रमुख महर्जनको छ ।      त्यसैगरी विद्यमान सङ्घीय संरचनाअनुरुप फोहरमैला व्यवस्थापनमा प्रदेश सरकारको भूमिकालाई समेत समेटी परिवर्तित सङ्घीय परिवेश अनुकूल हुने गरी त्यससम्बन्धी नयाँ कानुनको तर्जुमा गर्नुपर्ने चन्द्रागिरि नगर प्रमुख घनश्याम गिरीको सुझाव छ ।       अब बन्ने कानुनमा फोहरमैलाको उत्सर्जन, सङ्कलन विसर्जन र समग्र व्यवस्थापनमा तहगत सरकारको कार्यजिम्मेवारी र प्रभावकारी कार्यान्वयनको सवाल पनि समावेश हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।  उहाँका अनुसार  फोहरको वर्गीकरण पनि विभिन्न प्रकार सिसाजन्य, प्लास्टिकजन्य, कुहिने फोहर, फलामजन्य र अस्पतालबाट निस्कने फोहर फरक–फरक तरिकाले व्यवस्थापन गर्नुपर्ने पाटो कानुनमा नै स्पष्ट हुनुपर्छ ।       आगामी दिनमा फोहर व्यवस्थापनको लागि स्थान पहिचान गर्दा घरेलु, औद्योगिक र सेवा क्षेत्रलगायत सबै स्रोतबाट सिर्जित फोहरमैलाको व्यवस्थापनको विषय, फोहरमैलाबाट हुने वातावरणीय प्रदूषण र जनस्वास्थ्यमा पर्ने नकारात्मक असर कम गर्ने विषय, फोहरमैलाको समग्र व्यवस्थापनमा तहगत सरकारको जिम्मेवारी, अन्तर स्थानीय तह सहकार्य र यसलाई आर्थिक स्रोतको रूपमा विकास गर्नेजस्ता विषयमा अन्य स्थानीय तहको प्रमुखको  पनि  जोड रहेको छ ।    वैकल्पिक बाटोको खोजी        हरेक वर्ष वर्षा सुरु भएसँगै बाटोकै कारण उपत्यकाको फोहर व्यवस्थापन गर्न कठिन भएको भन्दै वैकल्पिक बाटोको खोजी गर्ने काम अघि बढाइएको छ । हाल फोहर व्यस्थापन भइरहेको स्थान बञ्चरेडाँडासम्म फोहर व्यवस्थापन गर्नका लागि  कामपासहित अन्य १७ वटा स्थानीय तहको पनि सहकार्यमा काम अघि बढेको हो ।        मुड्खुखोलादेखि बञ्चरेडाँडासम्म कै बाटोमा पटक पटक समस्या आएका ले  हप्तौसम्म उपत्यकाको फोहर व्यवस्थापनमा समस्या अएको हुँदा आगामी दिनमा त्यस्ता समस्या नआयोस भनेर विकल्पको तीव्र खोजी गरिएको हो । मुड्खुखोलादेखिकै अर्को गोरेटो बाटोलाई विस्तार गरेर पक्की बाटो बनाउने काम केही दिनमा नै सुरु गरिने भएको छ । यसको लागि कामपामा चालु आर्थिक वर्षमा रु २० करोड बजेट विनियोजन गरेको छ ।     ‘स्थानीयतको सहमतिअनुसार काम’       यसअघिनै उपतयकाको १८ स्थानीय तह र  स्थानीयबीच सिसडोल, बञ्चरेडाँडा कुँडुले ल्याण्डफिल साइडमा फोहर व्यवस्थापनको समस्या समाधान गर्न १८ बुँदे सहमति भइसकेको छ । सहमतिअनुसार रातिको समयमा फोहर व्यवस्थापन गर्ने, वैज्ञानिक अध्ययन गरी प्रभावित क्षेत्र छुट्याउने, त्यहाँको दुर्गन्ध हटाउनुपर्ने, फोहर बोक्ने गाडीबाट लिच्चड नचुहिने व्यवस्था मिलाउनुपर्नेलगायतका विषय समावेश छ ।      सम्झौताअनुसार काम नभएको भन्दै स्थानीयले आगामी भदौ १ गतेदेखि फोहर व्यवस्थापनको काम रोक्ने भनिरहँदा उपत्यकाको १८ स्थानीय तहले भने वार्ताबाट समस्या समाधान गर्ने योजना बनाएर बसेको छ ।           जाइकाको सहयोगमा दुई वर्षका लागि भनेर विसं २०६२ मा काठमाडौँ उपत्यकाको फोहर नुवाकोटको ककनी गाउँपालिका–२ सिसडोलमा फ्याँक्न सुरु गरिएको थियो । आज १७ वर्ष हुँदा पनि त्यहाँ फोहर फ्याँक्ने काम जारी छ । सिसडोलमा चार सय ३२ रोपनी जग्गामा फोहर फालिँदै आएको थियो । बञ्चरेडाँडामा फोहर व्यवस्थापनका लागि भने एक हजार सात सय ९२ रोपनी क्षेत्र छुट्याइएको छ ।       काठमाडौँ उपत्यकामा उत्पादन हुने फोहरमध्ये ४० प्रतिशत व्यवस्थापन गर्न सकिन्छ । त्यसको लागि प्रत्येक वडाले पुनः प्रयोग गर्नसक्ने वस्तुको खरिद गर्ने तयारी पनि गरिरहेको जाइएको छ । हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । त्यसमध्ये सबैभन्दा बढी कामपाको पाँच सय मेट्रिक टन फोहर जान्छ । निजी क्षेत्रबाट व्यवस्थापन हुने र कामपाको गरी दैनिक कम्तीमा दुई सय गाडीले फोहर ओसार्ने गरेको छ ।  बाटो मर्मतको कारण अहिले भने एक सय ५० गाडीले मात्र अन्तिम व्यवस्थापनस्थलमा फोहर विसर्जज गर्ने काम गरिरहेको छ ।       सिसडोलमा दैनिक एक हजारदेखि एक हजार दुई मेट्रिक टनसम्म फोहर जाने गरेको छ । विकल्प नहुँदा योजनाविहीन रूपमा त्यहाँ फोहर विसर्जन गरिँदै आएकाले समस्या पटक–पटक बल्झिरहेको छ । सुरुमा गोकर्ण, सिसडोल हुँदै अहिले बञ्चरेडाँडामा फोहर व्यवस्थापन गरिएको छ । दुई वर्षअघि नै बञ्चरेडाँडामा फोहर विसर्जनको काम सुरु हुनुपर्नेमा अहिलेसम्म राम्ररी सञ्चालन हुन सकिरहेको छैन ।           सङ्घीय राजधानी काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन वर्ष बित्दै जाँदा थप चुनौतीपूर्ण बन्दै गएको छ । उपत्यकाका सडकमा थुपारिने फोहर हप्तौँसम्म नउठ्ने र यसबाट दुर्गन्ध फैलिने समस्या उपत्यकावासीका सामान्य भइसकेको छ । यी र यस्ता समस्या आगामी दिनमा उपत्यकाकबासीले सामना गर्न नपर्ने गरी काम भइरहेको कापकोको भनाइ छ । त्यसको लागि चरणबद्धरुपमा काम भइरहेको छ ।       कहिले स्थानीयको आन्दोलन त कहिले वर्षालगायत विविध कारणले उपत्यकाका चोक गल्लीमा दुर्गन्धित फोहरका डङ्गुर छ । फोहरमैलाविज्ञ तथा इन्जिनियर सुनिल लम्साल नागरिकबाट वर्गीकरण गरेर सङ्कलन गरिएको फोहरलाई बञ्चरेडाँडामा पनि केही समयका लागि छुट्टाछुट्टै स्थानमा राख्ने गरी तयारी गरिएको बताउनुहुन्छ ।      बञ्चरेडाँडाका स्थानीयवासीले विकल्प खोजिरहेको र फोहरलाई स्रोतबाटै व्यवस्थापन गरी उपयोग गर्नुपर्ने माग आइरहेका बेला दुवै प्रकृतिका फोहर वर्गीकरण गरेर फेरि त्यही ठाउँमा विसर्जन गर्दा समस्या ज्यूँका त्यूँ रहने महानगरबासीको धारणा छ । विज्ञका अनुसार फोहरको स्रोतमै वर्गीकरणका साथै उत्पादनमा समेत कमी ल्याउने, प्लाष्टिकको विकल्पमा झोलाको प्रयोग बढाउने, शून्य फोहर (जिरो वेस्ट) अवधारणाको प्रवद्र्धन गर्ने र आधुनिक प्रविधिको प्रयोग गर्नसके केही व्यवस्थापन गरी उपत्यकाभित्रको फोहर व्यवस्थापनका एकै किसिमका आधुनिक विधि अपनाउनु नसके आगामी दिनमा थप समस्याको सामना गर्नुपर्ने छ ।  

सप्तरी:   लापरवाहीका कारण सप्तरीमा एक वर्षका अवधिमा करेन्ट लागेर १२ जनाले अकालमा ज्यान गुमाएका छन् ।   आर्थिक वर्ष २०७८/७९ को तथ्याङ्क हेर्दा करेण्ट लागेर ज्यान गुमाउनेको सङ्ख्या १२ र घाइते हुनेको सङ्ख्या २६ जना पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । ती मध्ये चार महिला, छ पुरुष र दुई बालक छन् । करेन्टका ४० घटनामा तीन चौपायाको समेत मृत्यु भएको सो कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारीदिनुभयो ।   उहाँका अनुसार घटनामा १२ महिला, आठ पुरुष र छ बालक घाइते भए । ज्यान गुमाउनुको मुख्य कारण मानवीय लापरवाही र विद्युत् प्राधिकरणको पनि लापरवाही हुने गरेको जिल्ला प्रहरी कार्यालयको निष्कर्ष रहेको छ । बुधबार मात्र जिल्लाको कञ्चनरुपमा बुहारीलाई करेन्ट लागेको देखेर जोगाउन जाँदा ससुरासमेतको मृत्यु भएको छ ।   कञ्चनरुप नगरपालिका–६ घोघनपुरका नरेश सरदारकी श्रीमती २० वर्षीया अञ्जली सरदारलाई करेन्ट लागेको देखेर जोगाउन गएका उनका काका ससुरा ४० वर्षीय मधु भन्ने सौदानन्द सरदारको समेत मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।   घरआँगनमा रहेको ट्युबेलमा जडान रहेको पानी तान्ने मोटर चलाउँदा अञ्जलीलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते दुवै जनालाई उपचारका लागि प्राथमिक स्वास्थ्यचौकी कञ्चनरुप लगिएको थियो । स्वास्थ्यचौकीमा परीक्षण गर्दा चिकित्सकले दुवै जनाको मृत्यु भएको घोषणा गरेका थिए । यसैगरी जिल्लाको राजगढ गाउँपालिका–२ कमलपुर बस्ने दुःखी साहको छोरा ५६ वर्षीय शिवशङ्कर साहको समेत मङ्गलबार करेन्ट लागेर मृत्यु भएको छ ।   आफ्नै घरको आँगनमा रहेको चापाकलमा जडान गरिएको मोटरमा पानी तान्ने क्रममा करेन्ट लागी मृत्यु भएको प्रहरीले जनाएको छ ।

मनाङ:  हिमाली जिल्ला मनाङमा सम्बन्धविच्छेदका घटना बढ्दै गएको जिल्ला अदालतको तथ्याङ्कले देखाएको छ ।   विगतमा सम्बन्धविच्छेदका घटना शून्य रहने जिल्लामा आर्थिक वर्ष २०७८/७९ मा नौवटा घटना फछ्र्यौट भएको जिल्ला अदालतका श्रेस्तेदार तारादत्त बडूले जानकारी दिनुभयो ।   उहाँका अनुसार पर्यटकीय क्षेत्र मनाङमा आधुनिकीकरण र प्रविधिको दुरुपयोगले सम्बन्धविच्छेदका घटना बढ्ने क्रममा रहेको हो । “विगतमा मनाङमा सम्बन्धविच्छेदका घटना दर्ता नै भएको तथ्याङ्क छैन । तर हाल भने दर्ता हुने र फछ्र्यौट पनि हुने गरेको छ । यस आर्थिक वर्षमा दर्ता भएका सम्बन्धविच्छेदका घटना फछ्र्यौट भएको छ”, जिल्ला अदालतका प्रमुख जिल्ला न्यायाधीश पुनाराम खनालले भन्नुभयो, “यहाँ पनि सम्बन्धविच्छेदका घटना बढ्दो क्रममा रहेको छ ।” श्रेस्तेदार बडूले प्रविधिको सही उपयोग हुनुभन्दा दुरुपयोगले यस्ता घटना वृद्धि भएको बताउनुभयो ।   उहाँका अनुसार जिल्लामा सम्बन्धविच्छेदपछि अभद्र व्यवहारका घटना हुने गरेको छ ।   त्यस्तै आव २०७८/७९ मा १५ मुद्दा दर्ता भएका थिए । एउटाबाहेक अन्य सबै फछ्र्यौट भएको अदालतले जनाएको छ ।   अभद्र व्यवहार गर्ने मुद्दा तीन, कर्तव्य ज्यान मुद्दाका एक र सवारी ज्यान मुद्दाका एकवटा मुद्दाको फछ्र्यौट भएको श्रेस्तेदार बडूले बताउनुभयो । एउटा जबर्जस्ती करणीको मुद्दा भने फछ्र्यौट हुन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

कास्कीः शनिबार अपरान्हदेखि निरन्तर वर्षा हुँदा कास्कीको पर्यटकीय गन्तव्य घान्द्रुकमा चहलपहल ह्वात्तै घटेको छ ।    गर्मीको सिजनमा घुम्न उत्तम मानिले घान्द्रुकमा शनिबारदेखि निरन्तर परेको पानीले सडक सञ्जाल अवरुद्ध हुँदा त्यहाँ रहेका आन्तरिक र बाह्य पर्यटक पैदल फर्कन थालेका छन् भने बाहिरबाट त्यहाँ जान कठिनाई भएको छ ।      बिरेठाँटीबाट घान्द्रुक जानेक्रममा क्ल्यु खोला, भिचु, छैसरीमा पहिरो गएकाले यातायात अवरुद्ध हुँदा साँदीखोलादेखि पैदलै हिड्नुपर्ने बाध्यता रहेको पर्यटन व्यवस्थापन समिति, घान्द्रुकका सदस्य राजबहादुर गुरुङले जनाएका छन् ।    गुरुङका अनुसार शनिबारअघि त्यहाँ पुगेका पर्यटकहरु पुरानो बाटे हिँडेर साँदीखोलासम्म आएका छन् । साँदीखोलाबाट बिरेठाँटी–पोखरा गाडी चलिरहेको गुरुङले जानकारी दिए ।    हाल स्थानीय एवं केही पर्यटकहरु साँदीखोलाबाट ५ किलोमिटर हिँडेर घान्द्रुक पुग्न बाध्य भएको छन् । सडकमार्ग करिब १० किलोमिटर भएपनि पैदलमार्ग ५ किलोमिटरको हाराहारीमा रहेको छ ।    सडक सुचारु गर्न पर्यटन व्यवस्थापन समित, घान्द्रुक जीप व्यवसायी समिति र अन्नपूर्ण गाउँपालिकासँग समन्वय भएपनि यतिबेला मर्मत कार्य गर्न कठिनाई रहेको छ ।    जीप व्यवसायी समितिको सहसचिवसमेत रहेका गुरुङले भने, ‘यतिबेला तात्तातै मर्मत गर्दा भरे नै उस्तै हुने सम्भावना छ, केही दिनपछि मौसममा सुधार भएपछि काम थाल्नेछौं ।’   गुरुङ भन्छन्, ‘अहिले प्रायः होटल रित्तिएका छन्, मेरै लज पनि खाली छ ।’ गुरुङले पानोरामा भ्यू पोइन्ट लज सञ्चालन गरेका छन् । 

म्याग्दीको मालिका गाउँपालिका रुममा सोमबार बिहान ३ बजे पहिरोमा परी २ जनाको मृत्यु भएको छ भने ३ जना अझै बेपत्ता छन् ।    पहिरोले ३ घर पुर्दा १५ वर्षीय नविन र १३ वर्षीय राजन विकको मृत्यु भएको छ ।    वडाध्यक्ष उदयकुमार बुढाथोकीले दिएको जानकारी अनुसार घामबहादुर विक, उनका श्रीमति र सात वर्षीया छोरीको अवस्था अझै अज्ञात छ ।    मृतक नविन र राजन पनि घामबहादुरकै छोरा हुन् । अध्यक्ष बुढाथोकीका अनुसार अहिले दरवाङ प्रहरी चौकी, वडा सदस्यहरु, स्थानीयवासी र हेल्थपोस्टका कर्मचारीहरुले खोजी कार्य जारी राखेका छन् ।    मध्यरातमा घरमाथिबाट एक्कासी ठूलो पहिरो जाँदा घटना घट्न पुगेको बुढाथोकीले बताएका छन् ।    त्यस्तै, घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ । त्यहाँबाट सडक सम्पर्कसमेत विच्छेद भएका कारण घाइतेलाई उपचारार्थ पोखरा ल्याउन प्रभुको हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । तर मौसम अत्यन्त प्रतिकुल भएकाले   घाइतेलाई पोखरा ल्याउन सकिएको छैन । उनको शरिरको विभिन्न स्थानका हड्डी भाँच्चिएको बताइएको छ ।   

पोखराः शनिबार दिउँसोदेखिको निरन्तर वर्षाले कास्कीका विभिन्न स्थानमा सवारीसाधन आवागमनमा अवरोध पुगेको छ ।    अहिले रुपा गाउँपालिकास्थित गैरीपोखरी सडक खण्डमा सडक भाँस्सिदा बेगनासबाट लमजुुङको भोर्लेटार जाने यातायात सेवा अवरुद्ध भएको छ । उक्त क्षेत्रमा २५ मिटर सडक खयड डेढ फिट भाँस्सिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।    त्यस्तै, अन्नपूर्ण गाउँपालिकाअन्तरगत नयाँपुल घान्द्रुक उल्लेरी जाने पक्की बाटो पनि अवरोध भएको छ । बिरेठाटी सामुदायिक बनको पाखाको २५ मिटर माथिबाट गएको पहिरोले बाटो पूर्णरुपमा अवरोध भएको छ ।    यस्तै, पोखरा वडा नम्बर २९ को घोघोतेस्थित पृथ्वी राजमार्ग खण्डमा नहरको पानी सतहमा आउँदा अवरोध भएको छ । उक्त क्षेत्रमा सडक खुलाउन हाल उक्त पानि पावरहाउसबात तालचोक डाइभर्सनतर्फ मोड्ने काम भइरहेको जिप्रका कास्कीले जनाएको छ । 

पोखरा: गण्डकी प्रदेश सरकारले खानेपानी वितरण स्वच्छ, सर्वसुलभ बनाउने योजना अनुरुप ‘गण्डकी प्रदेशमा खानेपानी तथा सरसफाइसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७८’ पारित गरेको छ । उक्त विधेयक प्रदेशसभा बैठकबाट सर्वसम्मत पारित भएको छ ।    विधेयक अनुसार कसैले खानेपानी संस्थानको पानी चोरी गरी उपभोग गरेमा ५० हजार रुपैयाँ जरिवाना गरिने उल्लेख गरेको छ । त्यस्तै, खानेपानीमा ढल वा मलमुत्र मिसाएमा ५ लाख रुपैयाँसम्म जरिवाना गरिने ऐनमा उल्लेख गरिएको छ ।    ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले गत चैत २३ गते विधेयक प्रदेशसभामा प्रस्तुत गरेका थिए ।   ऐनमा ढल व्यवस्थापन, अनुमति नलिएरै सञ्चालन गरिने खानेपानी सेवा, विधेयक विरुद्धका काम, खानेपानीको पाइपबाट कुनै यन्त्र जडान गरी पानी प्रयोग गर्ने कार्य लगायतमा कडाइ गर्दै ५० हजार रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना हुने भनिएको छ।   ऐनमा खानेपानीको पाइपबाट कुनै यन्त्र जडान गरी अनधिकार पानी प्रयोग गर्ने कार्य गरेमा पचास हजार रुपैयाँ तथा  मानव मलमूत्रसहित वा रहितको फोहोर पानी ढल निकास प्रणालीमा विसर्जन गरेमा वा मलमूत्र सिधै नदी, जलाशय वा जमिनमा विसर्जन गरेमा पाँच लाख सम्मको जरिवाना हुने भनिएको छ।   यस्तै, अनुमति नलिईकन खानेपानी सेवा, सरसफाइ तथा आयोजना वा सेवा प्रणालीको निर्माण तथा सञ्चालन पनि गर्न नपाइने तथा विधेयकमा भएको प्रावधान विपरीतको कार्य गरेमा प्रदेश सरकारले एक लाख रुपैयाँसम्मको जरिवाना तिराउने उल्लेख छ।   ऐनको दफा ३३ मा ऐनले कसुर मान्ने कुराहरू उल्लेख गरिएको छ। जसमा अनुमति पत्र नलिई खानेपानी सेवा, सरसफाइ सेवा, आयोजना वा सेवा प्रणालीको निर्माण वा सञ्चालन, खानेपानी सेवा तथा सरसफाइ सेवाको अनधिकार प्रयोग गरेमा वा त्यसको दुरुपयोग, अनुमति पत्र प्राप्त संस्थाले जडान गरेको निजी धारामा उपभोक्ताले अनुमति प्राप्त संस्थाको स्वीकृति विना कुनै अवाञ्छित फाइदा लिने उद्देश्यले गरिने कार्य, खानेपानीको पाइपबाट कुनै यन्त्र जडान गरी अनधिकार पानी प्रयोग गर्ने कार्य, जलाधार क्षेत्र भित्र खानेपानी प्रदूषित गर्ने वा पानीको परिमाण वा बहावमा असर पर्ने काम रहेका छन्।

  काठमाडौं ।   श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीको क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउने बताउनुभएको छ ।   निगरानी दैनिक मिडिया प्रालिको आइतबार सम्पन्न प्रथम वार्षिकोत्सव एवम् ‘वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्या समाधानका उपायहरु’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले वैदेशिक रोजगारीका क्षेत्रमा रहेका समस्यालाइ सम्बोधन गरिने जानकारी दिनुभयो । “वैदेशिक रोजगारीको क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउन सरकारले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)सँग सहकार्य गरेर अगाडि बढ्नेछ”, उहाँले भन्नुभयो ।   मन्त्री कुँवरले सामाजिक सुरक्षा कोष र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)बीच भर्खर भएको दुईपक्षीय समझदारी एकदमै महत्वपूर्ण र उपलब्धिमूलक हुनेसमेत बताउनुभयो । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का अध्यक्ष कुल आचार्यले  संदनबाट पारित भएको नागरिकता विधेयक राष्ट्रको हितका भएको र यसले एनआरएनएलाई थप उत्साह थपेको बताउनुभयो ।   ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर  सुवेदीले नेपालको पर्यटन उद्योगमा रहेका पर्यटन श्रमिकको योगदान उच्च रहेकाले पर्यटन श्रमिकको समस्या समाधानका लागि सरकारले सहयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रममा निगरानी दैनिककी अध्यक्ष निर्मला दङ्गाल खनालले निगरानी दैनिकले स्वच्छ, निर्भिक  र निष्पक्ष तवरले पत्रकारिता गर्दै आएको बताउँदै आगामी दिनमा पनि सोहीअनुरुप काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा योगनदान गर्ने व्यक्तिलाई सम्मान गर्नुका साथै सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

पोखराः कास्की जिल्लाका अधिकांश स्थानमा शनिबार साँझदेखि निरन्तर वर्षा भइरहेको छ ।    वर्षाकाकारण पोखरामा मानवीय क्षति भएको छ भने विभिन्न स्थान जलमग्न भएको छ । पोखराको डिहिकोपाटनमा रातको १ बजे पहिरोले घर पुरिँदा २६ वर्षीय सन्तोष सुनारको मृत्यु भएको छ ।    त्यस्तै, कास्कीका ४ गाउँपालिकामध्ये अन्नपूर्णमा वर्षाले असर पारेको छ । गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर क्षेत्रीले दिएको जानकारी अनुसार निरन्तरको वर्षाले ग्रामीण सडकमा सबैभन्दा बढी क्षति पु¥याएको छ ।      गाउँपालिकाअन्तरगत घान्द्रुक, लान्द्रुक र दाङसिङमा अहिले यातायातसम्पर्क हुनसकेको छैन । विभिन्न स्थानमा पहिरो खसेकाले घान्द्रुकसँग यातायात सम्पर्क टुटेको अध्यक्ष केसीले जानकारी दिएका छन् ।   त्यस्तै, लान्द्रुक र दाङसिङ जाने सडकमा पनि पहिरो खसेकाले सवारी साधन चल्न सकेको छैन । मुस्किलले मोटरसाइकल चल्न सकेको केसीले बताएका छन् ।    यसैगरी, वडा नम्बर ९ का कतिपय स्थानमा पनि बाटोघाटो अवरुद्ध भएको छ । यसबाहेक कुनैपनि मानवीय क्षति नभएको र चौपाया एवं बालिनालीमा असर नपुगेको उनले उल्लेख गरे । हाल अवरुद्ध भएको सडक खुलाउन निकै मिहिनेत गनुपर्ने अवस्था रहेको केसीको भनाई छ ।    स्मरणीय छ, देशकै धेरै पानी पर्ने लुम्ले–काँडे यसै गाउँपालिकामा पर्दछ ।    त्यस्तै, रुपा गाउँपालिकाको अवस्था सामान्य छ । अध्यक्ष नवराज ओझाले पालिकाभित्र ग्रामीण  कच्ची सडक धेरै नभएकाले यातायात सहज छ भने अन्य क्षति भएको विवरण छैन ।    ‘सबै ठिकठाक छ’ अध्यक्ष ओझाले भने ‘तपाइहरुलाई कुनैपनि अप्रिय घटना सुनाउन नपरोस् भनेर कामना गरिरहेको छु ।’   जिल्लाको अर्काे गाउँपालिका माछापुच्छ्रेमा पनि वर्षाले क्षति पु¥याएको छैन । अध्यक्ष मिनबहादुर गुरुङका अनुसार सिदिङ् जाने बाटो केही अघि क्षति भएपनि अहिले यातायात सुचारु भएको छ । असार बाढीबाट सजग हुन सबै वडामा खबर पु¥याइएको बताउँदै पालिकासमेत तयारी अवस्थामा रहेको उनले सुनाए ।    त्यस्तै, आइतबार अपरान्हसम्म मादी गाउँपालिकाको अवस्था पनि सामान्य रहेको छ । ‘कुनैपनि विपद्को घटना सुन्नमा आएको छैन’ पालिका अध्यक्ष देविजङ्ग गुरुङले भने ‘पानी त परेको छ तर त्यस्तो क्षति नै पु¥याउनेखालको ठूलो पानी परेको छैन ।’   गुरुङका अनुसार पुल–पुलेसा, बाटोघाटो, मानिस र चौपायालाई हालसम्म वर्षाले असर पु¥याएको छैन । उनले भने ‘यता खासै ठूलो पानी परेको छैन ।’