काठमाडौं:   ‘घरज्वाइँ’ फेम्ड निर्देशक अनिल बुढामगरको दोस्रो कथानक फिल्म ‘मीतज्यू’ को निर्माण सुरु भएको छ । शनिबारदेखि फिल्मको अभिनय कार्यशाला सुरु भएको छ ।   कार्...

पोखरा: लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित मुनामदन, नेपाली साहित्यमा तहल्का मच्चाएको एउटा खण्डकाव्य । जहाँ मुनालाई छोडेर मदन ल्हासा गएको कथामा विवेचना गरिएको छ ।   अहिले पनि पैसा र पारिवारिक सुखका लागि कैौं मदनहरु विदेसिएका छन् । नेपाल सरकारको तथ्याङ्कले वार्षिक ६० लाख युवा मुग्लान पस्ने गरेको देखाउँछ । विदेसिने युवाहरुको संख्या भन्दा कम छैन, स्वदेशमै रोजगारीको खोजी कुद्नेहरु संख्या पनि ।   सरकारसँग बेरोजगारी युवाको ऐकिन तथ्याङ्क हुनुपर्छ । तर कति दक्ष जनशक्ति र बेरोजगार छन् भन्ने तथ्याङ्क गण्डकी प्रदेश सरकारसँग भने छैन ।    यद्यपि तथ्याङ्क संकलनमा थप टेवा पुग्ने उद्देश्यसहित गण्डकी प्रदेशको शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले पोखरामा तीनदिने ‘वृत्ति परामर्श तथा रोजगार मेला’ सम्पन्न ग¥यो । उक्त मेलामा कैयौं ​मदनहरु सहभागी थिए । तिनै मदनहरु मध्येका एक हुन् मदन नेपाली  । उमेरले भर्खरै एक बीस पार गरे ।    उमेरले कलिलै भएपनि जिम्मेवारीले थिचेको छ । पोखरा महानगरपालिका २३ का मदन उच्चशिक्षा सकेर जागिरको खोजीमा छन् । प्रदेश सरकारले पहिलोपटक आयोजना गरेको  रोजगार मेलामा भेटिएका उनले, ‘मलाई प्लम्बिङ् आउँछ । मैले सीप विकास तालिम केन्द्रमा सिकेको हुँ, सुनगाभा न्यूजसँग बोल्दै भने, ‘तालिमपछि कहिलेकाही मामासँग काम गर्दै आएको छु ।’   ‘म उमेरमा ८ वर्ष पुग्दै थिए अचानक बाबा विदेश जानुभयो तर बिदेश गएपछि कुनै खवर पाउन सकिएन नेपाल त फर्किनुभयो तर साथमा अर्कै बिहे गरेर फर्किए’ मदन भन्छन् ।    २१ वर्षीय मदनको जीवनमा अर्काे बज्रपात प¥यो जब आमालाई क्यान्सर भयो । ११ कक्षा पढ्दाताका भरतपुर क्यान्सर अस्पतालमा उपचारका दौरान  आमाको पनि मृत्यु भयो । त्यसयता उनका काँधमा परिवारकोसमेत जिम्मेवारी थपिएको छ ।    ‘घरमा भाई, हजुरबुबाआमा, काका–काकी हुनुहुन्छ, भाईलाई पढाउने जिम्मेवारी सँगै विस्तारै परिवारको जिम्मेवारी आफ्नै काँधमा आउन थालेको छ’ उनले दुखेसो पोखे । सीप विकास केन्द्रमा प्लम्बरको तालिम लिए तालिमा प्रथम पनि भए तर जागिर पाउन नसकेको उनले सुनाए । तत्काललाई जुनसुकै काम भए पनि गर्न तयार रहेको मदन बताउँछन् ।    ‘सपना हजारौ थिए, खोजी जागिरको हो’ उनले भने । भाईलाई पढाउने जिम्मेवारीसँगै आफुले पनि पोखरामा काम गर्दै स्नातक तहको अध्ययन गर्ने सपनाका साथ मन्त्रालयले सञ्चालनमा ल्याएको एपमा फर्म भर्न उनी रोजगार मेला पुगेका हुन् ।     गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयले ‘तालिम तथा रोजगार व्यवस्थापन सुचना प्रणाली’ (टिइएमआइए) नामक एप्लिकेसनबाट जागिर खोज्न र कर्मचारी रोज्न एप सञ्चालनमा ल्याएको छ ।      उक्त एपमा ४ वटा विद्याका व्यक्तिहरुले आफ्नो बायोडाटा भर्न सक्छन् । सो एपमा सीपमुलक तालिम लिन चाहने, रोजगारीको खोजीमा, रोजगारदाता र सीप परिक्षण गर्न चाहनेहरुको लागि छुट्टाछुट्टै अनलाइन फर्मको व्यवस्था गरिएको र यस एफले जागिर खोज्ने र रोजगारदाताले दक्ष कर्मचारी रोज्ने दरिलो माध्यम हुने अपेक्षा मन्त्रालयले गरेको छ ।  ।   

पोखरा महानगरपालिका वडा नम्बर १६ हालका प्रदेश मन्त्री कुमार खड्काको स्थायी ठेगाना हो । प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार,सहरी विकास तथा यातायात व्यवस्थामन्त्री समेत हुन् ।    आर्थिक वर्ष ०७९–८० को बजेटमा आफ्नो वडामा २५ करोड रुपैयाँ विनियोजन गरेपछि मन्त्री खड्काको आलोचना भएको छ । उनलाई कतिपयले ‘वडामन्त्री’ समेत भएका छन् ।    प्रदेशसभामा बजेटसम्बन्धी छलफलदेखि नै आलोचना खेप्दै आएका खड्काले आज स्थानीय एफएम रेडियो अन्नपूर्णसँग साक्षात्कार गर्दै सफाइ दिएका छन् ।    मन्त्री खड्काले भनेका छन् ‘मेरोे वडा सिंगो नगरपालिकाजत्रै छ ।’ छुट्याइएको बजेट धेरै देखिएपनि यसअघिका योजनालाई निरन्तरता दिँदा र सांसद विकास कोषबाट प्राप्त रकम हिसाब गर्दा आकारमा ठूलो देखिएको उनको भनाई छ ।    ‘पाइपलाइनमा भएका योजना रोक्ने कुरा भएन, त्यसलाई बजेट दिनैप¥यो’ मन्त्री खड्काले भने ‘मेरो वडा धेरै ठूलो छ, जनसंख्या धेरै छ, आयोजना धेरै छन् ।’ उक्त निर्वाचन क्षेत्रको एक तिहाई जनसंख्या वड १६ मा रहेको उनको दाबी छ ।    मन्त्री खड्काले भनेका छन्, ‘मेरो वडावासीले पीच सडक हेर्न केआइ सिंह पुल आइपुग्नुपर्छ ।’ आफ्नो वडाको अवस्था हेर्दा खर्बाै रुपैयाँ विनियोजन गरेपनि कम हुने उनले उल्लेख गरे ।    आ​फुमाथि मिडियाले अनेकन् लाञ्छना लगाएको भन्दै उनले 'जंगबहादुरको पालादेखि हिसाब गरेर आलोचना गरेपनि हुने' प्रतिक्रिया दिए । 

पोखरा: कोरोना संक्रमणका दौरानमा पोखरा महानगरपालिकाले क्वारेन्टिन सञ्चालन गर्दा आर्थिक हिनामिना भएको छ ।    उक्त समयमा महानगरपालिकाले ३ स्थानमा क्वारेन्टिन सञ्चालन गरेको थियो । संक्रमणकालमा महानगरले लेकसिटी अस्पताल, पद्य नर्सिङ् होम र रेशम खेतीमा क्वारेन्टिन सञ्चालन गरेको थियो ।    क्वारेन्टिनमा ०७७ पुस मसान्तसम्म संक्रमित रहेका थिए । उक्त अवधिको हिसाबकिताबमा कुनै शंका नगरिएपनि त्यसपछिको समयमा भएको खर्चसम्बन्धी महालेखाले अनियमितता भएको जनाएको छ ।    महालेखाका अनुसार ०७७ माघ १ गतेदेखि क्वारेन्टिनमा संक्रमित रहेका छैनन् । तर त्यसयता महानगरले खाना र खाजाको नाममा दिव्या चमेना गृहलाई ६ लाख १० हजार ३०६ रुपैयाँको बिल भुक्तानी गरेको छ ।      संक्रमितनै नभएकाबेला क्वारेन्टीनमा कर्मचारी र प्रहरीले खाजा खाएको शीर्षकमा रकम भुक्तानी गरेकोमा महालेखाले ‘अनियमितता’ भनेको छ । 

पोखरा: पोखरा महानगरपालिका र केही गाउँपालिकामा कार्यरत करार कर्मचारीको सेवा नवीकरण नभएपछि आन्दोलन र तनाव बढिरहेकाबेला अन्नपूर्ण गाउँपालिकामा भने करार नवीकरण गरिएको छ ।    गाउँपालिकामा २३ करारसहित ६१ कर्मचारी कार्यरत छन् । अघिल्ला वर्षहरुमा राखिएका कर्मचारीहरु करार नवीकरण हुने हो कि होइन भन्ने दोसाँधमा रहेकाबेला गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले सबैको समयावधि ६ महिना थपिदिएका छन् ।    ‘किन ६ महिनामात्र थप गरियो ?’ भन्ने प्रश्नमा अध्यक्ष केसी भन्छन् ‘कर्मचारीहरुको काम, योगदानबारे नयाँ प्रतिनिधि जानकार छैनन् । उहाँहरुको कार्यक्षमता हेर्न र मूल्यांकन गर्न ६ महिनाका समय राखेको हो ।’   अबको ६ महिना जनताबाट कुनैपनि गुनासो नआए, आलोचना नभए र जनउत्तरदायी भई काम गरेमा करार अवधि थपिने केसीले बताए । ‘अन्य गाउँपालिकामा जस्तो कर्मचारी हटाउने, आफ्नै तवरले भर्ना गर्ने काम मनासिब लागेन’ अध्यक्ष केसी भन्छन् ‘काम गरिरहेकै कर्मचारीलाई निरन्तरता दिइएको हो ।’   यद्यपि, कर्मचारीको कार्यकुशलता कस्तो हुनेछ भन्ने थाहा पाउन ६ महिनामात्रै थप गरिएको हो । यसबीचमा जनताबाट गुनासो वा आलोचना हुने काम गरे उनीहरुको समय थप नगरिने केसीले प्रष्ट पारे ।    नयाँ आर्थिक वर्ष लागेसँगै अध्यक्ष केसीले करारका सबै कर्मचारीलाई भेला गराई जनताको हितमा काम गर्न र जागिर जाने भयबाट मुक्त हुन निर्देशन दिएका थिए । त्यसबखत केसीले भनेका थिए, ‘म अनुहार हैन, तपाइहरुको काम हेर्छु, यसर्थ ६ महिना करार थप गर्नेछु, यसबीचमा जनताबाट गुनासो आए म नवीकरण नगर्न बाध्य हुनेछु ।’   गाउँपालिकामा कार्यरत कतिपय कर्मचारी बिनाप्रतिष्पर्धा आएका त कोही भनुसनकारभरमा समेत जागिर खाएका बताउँदै केसीले जे जस्तो भएपनि पालिकावासीलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए ।    केसीले भने, ‘निर्वाचनपछि नयाँ पदाधिकारी आएका छौं, यसकारण करारका कर्मचारीका लागि थपिएको ६ महिना परीक्षण अवधि हो ।’ जनभावनामा ठेस पुग्ने काम गरे कर्मचारीमात्र हैन स्वयं आफुपनि पदमा बस्नुको औंचित्य नहुने उनले सुनाए ।   

पृथ्वीनारायण क्याम्पस पोखरामा नेकपा एमाले निकट अनेरास्ववियुको विरुद्ध ७ विद्यार्थी संगठनले मोर्चाबन्दी गरेका छन् ।    लगभग बेवारिसे अवस्थामा रहेको स्वतन्त्र विद्यार्थी संगठनको भवन सरसफाई गरी अनेरास्ववियुले सम्पर्क कार्यालय  एवं पुस्तकालय स्थापना गर्ने उद्देश्य अनुरुप होर्डिङ् बोर्ड टाँगेपछि अन्य विद्यार्थी संगठन विरोधमा उत्रिएका हुन्  । विद्यार्थी संगठनहरुले अनेरास्ववियुले स्ववियु भवन कब्जा गरेको आरोप लगाएका छन् ।    विद्यार्थी संगठनहरुले विज्ञप्ती जारी गरी ‘केपी ओली फ्यान क्लब निकट अराजक झुण्डहरुले स्ववियु भवन कब्जा गरेको’ बताएका छन् । साथै, क्याम्पसको मूलगेटमा ब्यानर राखेकोमा पनि उनीहरुको आपत्ति छ ।    संयुक्त विद्यार्थी संगठनमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अनेरास्ववियु (क्रान्तिकारी), समाजवादी विद्यार्थी युनियन, अनेरास्ववियु (छैठौं)लगायत छन् ।   उक्त भवनबाट अखिललाई २४ घण्टाभित्र हटाउन संगठनहरुले प्रशासनलाई अल्टिमेटम दिएका छन् । अहिले विद्यार्थी संगठन र क्याम्पस प्रशासनबीच छलफल चलिरहेको छ।    यस विषयमा विद्यार्थी संगठनहरु सामाजिक सञ्जालमा आरोप–प्रत्यारोपमा उत्रिएका छन् । 

काठमाडौं:   नेकपा एमालेका सांसद महेश बस्नेतले वन मन्त्रालय तथा भक्तपुर नगरपालिकाको लापरवाहीले सल्लाको रुख ढलेर बस र स्कुटरलाई च्यापेको बताएका छन् ।   अहिले जारी प्रनिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै नेता बस्नेतले उक्त घटनाको जिम्मेवारी वन मन्त्रालय र भक्तपुर नगरपालिकाले लिनुपर्ने बताएका हुन् ।   ‘भक्तपुरको सल्लाघारीमा सल्लाको रुघ ढलेर मिनीबस र स्कुटरलाई किचेर केही साथीहरु घाइते भएका छन् । उनीहरुको स्वास्थ्य लाभको कामना गर्दछु, उनले भने, ‘४० वर्षभन्दा पुराना जीर्ण रुखहरुलाई हटाउन वन मन्त्रालय र भक्तपुर नगरपालिकालाई अनुरोध गर्न चाहान्छु । उहाँहरुको लापरवाहीले यो घटना घटेको छ ।’   सांसद बस्नेतले २५ वर्ष पुराना बसहरुलाई सञ्चालन गर्न दिनुपर्ने बताउदै भने ‘२५ वर्षभन्दा पुराना बसहरुलाई चलाईरहने जुन सरकारको निर्णय थियो यसलाई अविलम्ब फिर्ता लिन अनुरोध गर्दछु । यो घटना वन मन्त्रालय र भक्तपुर नगरपालिकाको लापरवाहीले भएको हो ।’   यसैगरि अर्का सांसद प्रेम सुवाललेसमेत विशेष समयमै बोल्दै सो घटनाबारे सरकारको ध्यानाकार्षण गराएका थिए ।    भक्तपुर नगरपालिका– १ सल्लाघारीमा सल्लाको रुख ढलेर काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई च्यापेको थियो । यो समाचार तयार पार्दासम्म ३ जनाको मृत्यु भएको छ  भने १२ जना घाइते भएका छन्  ।

राष्ट्रिय स्वतन्त्र पार्टीको पोखरामा आयोजित गण्डकी प्रदेश भेलामा सम्बोधन गर्ने क्रममा पार्टीका सभापति रवि लामिछानेले आम, सर्वसाधरणको जीवन बदल्न राजनीतिमा आएको बताएका छन् ।    प्रदेशका प्रायः सबै जिल्लाबाट पोखरा सभागृहमा भेला भएका सहभागीबीच अध्यक्ष रविले भने, ‘म टाउकोमा कफन बाँधेर राजनीतिमा आएको छु ।’ पार्टी स्थापनालगत्तै ‘यसलाई राजनीति गर्न आउँदैन’ भनि गरिएको आलोचनाको जवाफ दिँदै लामिछानेले ‘मलाई राजनीति गर्न आउँदैन तर विदेशमा दुख पाएकाहरुको घाउमा मल्हम लगाउन आउँछ’ भनेका छन् ।    सम्बोधनको सुरुवातमै पोखराले धेरै माया र प्रेरणा दिएको भन्दै उनले भने ‘नमस्कार, मलाई यही आँखाले हेरिरहनुहोला ।’   ‘स्वतन्त्र पार्टीको वाद के हो ? भनि सोधिएको प्रश्नको उत्तरसमेत उनले पोखराबाट जवाफ दिन भ्याए । ‘संवैधानिक समाजवाद’, रविको जवाफ छ ।  उनले न्यायमा आम जनताको पहुँच नभएको भन्दै राजनीतिक दलको कोटाबाट न्यायाधीश नियुक्त गर्ने परिपाटीको विरोध गरे ।    उनले यातायात, मालपोत, सडक र रोजगारको क्षेत्र लथालिंग भएको भन्दै आजसम्म नेतृत्वले किन ठिक गर्न सकेनन् भन्दै प्रश्नसमेत गरे ।    अब प्रश्न सोध्ने कामबाट बिदा लिएको भन्दै अब जवाफ दिने ठाउँमा जाने यात्रा सुरु गरेको भन्दै प्रदेशवासीलाई साथ र समर्थन गर्न आग्रह गरे ।    उनले सम्बोधनको अन्त्यमा आगामी चुनावमा पार्टीलाई भोट दिन आग्रह गर्दै भने, ‘तपाई अब मन बदल्नुहोस्, छाप बदल्नुहोस्, हामी देश बदल्ने छौं ।’   पार्टीले केहि दिनयता सदस्यता लिन चाहनेकालागि अनलाइन फर्मकोसमेत व्यवस्था गरेको छ ।     

नेपाली कांग्रेस कास्कीले विशेश्वरप्रसाद कोइरालाको ४० औं स्मृति दिवसको अवसरमा विपिचोक सिंगारेको छ ।    पोखरामा मुख्य बजार क्षेत्रको चोकमास्थित विपिको शालिक र उक्त क्षेत्रमा सरसफाई एवं पुष्परोपण गर्दै कांग्रेसले स्वर्गीय नेतालाई सम्झेको छ ।    उक्त अवसरमा कास्की सभापति किशोरदत्त बरालले विपीको सिद्धान्त र आदर्शमा नेपाली कांग्रेस अघि बढेको बताउँदै सम्पूर्ण कार्यकर्तालाई विपिबारे अध्ययन गर्न र बुझ्न अनुरोध गरे ।    कार्यक्रममा नेपाली कांग्रेस वडा नम्बर ९ को समेत सहभागिता रहेको थियो । 

गैती, बेल्चा उचालेर, पहाडलाई छिचोलेर । डाँडाकाँडा बाटो बनायो ।। के पायो नी कुल्ली दाइले, के पायो नी कुल्ली भाइले । अर्कैले ट्याक्सी गुडायो, अर्कैले मोटर गुडायो ।।   उल्लेखित जनवादी गीतमा रचना, स्वर र संगीत खुशिराम पाख्रिनको रहेको छ । जसको भावले घामपानी, भोक, तिर्खाकाबावजुद श्रमिकले बनाएको बाटोमा सामन्तीले मोटर कुदाएको वृत्तान्त छ ।    ‘३० वर्षे कालरात्री’ मानिने पञ्चायतकालमा रचिएको गीतका भाव अब उल्टो सुनिन थालिएको छ । हाल विश्वकै अब्बल मानिने गणतन्त्रमा सोही गीतको धरातलबाट माथि उठेकाहरु आफै मोटर कुदाउन थालिसकेका छन् । त्यो पनि लाखको हैन, करोडौंको ।    प्रसंग हो, गण्डकी प्रदेश सरकारले पछिल्लो ४ वर्षमा गाडीमा खर्चिएको रकमको नालिबेली ।    ५ वर्षे कार्यकालको अन्तिम वर्षमा आइपुग्दा गण्डकी प्रदेशले गाडी किन्न र मर्मत गर्नमात्र ८९ करोड ५० लाख रुपैयाँ खर्चिएको छ ।    जसमध्ये गाडी खरिदमामात्रै ७२ करोड ४० लाख २९ हजार रुपैयाँ खर्च गरेको छ । यसअवधिमा उक्त गाडीको मर्मतसम्भारमा १७ करोड ८ लाख ७० हजार रुपैयाँ खर्च भएको हिसाब छ ।    यसबीच, साढे ८९ करोड सकिएपनि यस आर्थिक वर्षमा गाडी खरिदकै शीर्षकमा अर्थमन्त्री रामजी बरालले ६ करोड ८३ लाख ६८ हजार रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै, साढे २८ लाख रुपैयाँ मर्मतसम्भारको नाममा छुट्याइएको छ ।    यस आर्थिक वर्षमा छुट्याइएको बजेट अघिल्ला वर्षको तुलनामा कम हो । ‘अर्थमन्त्रीज्यूले गाडी खरिदलाई प्राथमिकतामा नराख्नु भएकाले कम बजेट विनियोजन गर्नुभएको हो’ मन्त्रालयले स्रोतले सुनगाभा न्यूजलाई जानकारी दिएको छ ।    यस विषयमा अर्थमन्त्री रामजी बराल भन्छन् ‘संघ सरकारले गाडी खरिदमा करिब करिब प्रतिबन्धनै लगाएको छ, तैपनि केही आवश्यकता महशुस भएकाले बजेट छुट्याइएको हो ।’   विशेषतः मन्त्री, सचिव र पदाधिकारीलाई गाडी सुविधा दिने भन्ने उल्लेख गरिएकाले सोही अनुसार थोरै भएपनि रकम छुट्याएको मन्त्री बरालको भनाई छ । गाडीको आवश्यकता रहेको बताउँदै उनले आवश्यकता भन्दापनि प्रदेशले   अवस्था बुझ्नुपर्ने भन्दै यसअघि नै यस शीर्षकमा धेरै रकम खर्च भइसकेकाले यसपटक थोरै राख्नपरेको उनले बताए । उनले भने, ‘मेरो चाहना त गाडी खरिद–मर्मतमा बजेट छुट्याउने नै थिएन ।’   प्रदेशको बजेटमा गाडी खरिदमा जति रकम विनियोजन गरिन्छ त्यसमा मर्मतसम्भारको ठूलो हिस्सा सकिने गरेको पाइन्छ । यस आर्थिक वर्षमा पनि मर्मतकै नाममा साढे २८ लाख रुपैयाँ विनियोजन गरेको सन्दर्भमा मन्त्री बराल भन्छन् ‘हो, मर्मतमा भएको खर्च धेरै जस्तो देखिएको छ तर यस विषयमा गर्ने र बोल्ने निकाय भौतिक मन्त्रालय हो उतै सोध्नपर्ला ।’   अर्थले रकम उपलब्ध गराउने र भौतिकले खर्च गर्ने भएकाले यस विषयमा अनविज्ञता जाहेर गर्दै अबदेखि सवारीसाधनको इन्धन र मर्मतको जिम्मा सम्बन्धित मन्त्रालयले नै गर्ने व्यवस्था सुरु गर्ने बरालले जनाएका छन् ।    आर्थिक वर्ष २०७५ देखि ०७९ सम्म प्रदेश सरकारहरुले गाडी खरिदमामात्र ६ अर्ब २४ करोड ७७ लाख ३७ हजार रुपैयाँ सकेका छन् । यस आर्थिक वर्षमा गाडी खरिदमा रकम नछुट्याउने योजना रहेपनि केही प्रदेशले किन्नैपर्ने बाध्यता रहेको भन्दै बजेट विनियोजन गरेका छन् ।