काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इद उल अज्हा (बकर इद) संयमता, धैर्यता, विश्व शान्ति र भाइचाराको सन्देश दिने चाड भएको बताउनुभएको छ । मुस्लिम समुदायको ठूलो चाडको रुपमा रहेको बकर इदको अवसरमा आइतबार शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति भण्डारीले यो पर्व एक आपसमा खुसी, सद्भाव तथा शुभकामना आदानप्रदान गरी मनाउने पर्व भएको बताउनुभएको हो । उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति तथा समृद्धिको शुभकामना दिनुभएको छ । राष्ट्रपति भण्डारीले नेपाली समाज विविध जातजाति, भाषभाषी र संस्कृतिहरुको सुन्दर फूलबारी रहेको बताउनुभयो । ‘‘नेपाली समाज विविध जातजाति, भाषाभाषी र संस्कृतिहरूको सुन्दर फूलबारीको रूपमा रहेको छ । यही विविधता बीचको एकता नै हाम्रो राष्ट्रिय पहिचान र सामर्थ्य हो ।,’’ उहाँले भन्नुभयो, ‘‘यस्ता चाडपर्वहरूको माध्यमबाट फरक भूगोल‚ संस्कृति र भाषाभाषीका समुदायहरू बीच आपसी एकता‚ सद्भाव‚ सहिष्णुताको भावना अभिवृद्धि भई नेपालीहरूको वृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने मैले विश्वास लिएको छु ।’’ त्यस्तै, राष्ट्रपति भण्डारीले बकर इदले सबै नेपालीलाई आ–आफ्नो मौलिक परम्परा र संस्कृतिको संरक्षण‚ संवर्द्धन र विकास गर्दै प्रगतिशील‚ सभ्य एवम् सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा मिल्ने विश्वास लिनुभएको छ ।
पछिल्लो समय पोखरेली लायन्स क्लबमा चिनिएका नाम ध्रुव थापा र बालकृष्ण बुर्लाकोटीबीच आपसी द्वन्द्व सुरु भएको छ । अहिले सतहमा देखिएपनि द्वन्द्वको बिउँभने २ वर्षअघिदेखि सुरु भएको हो । लायन्सहरुबीच भुसभित्र सल्किएको छलकपट, धोका र अन्तरघातको श्र्रंखला नरोकिएपछि लायन्स थापा सार्वजनिक सञ्जालमार्फत भण्डाफोरमा उत्रिएका छन् । फेसबुकमा शुक्रबार लामो स्टाटस लेख्दै थापाले आवश्यकता अनुसार थप पर्दाफास गर्दै जाने बताएका छन् । जसअनुसार ०७७ सालको पुस १४ गते भएको सहमतिपत्र कार्यान्वयन नभएपछि थापा लायन्सभित्र मौलाएको हर्कतविरुद्ध सार्वजनिकस्तरमै उत्रिएका हुन् । पुस १४ को सहमतिअनुरुप यसपटक थापाले आफु एरिया लिडर हुनुपर्नेमा राजन लम्साललाई बनाइएपछि धोका भएको उल्लेख गरेका छन् । थापा, बुर्लाकोटी र विशेश्वर आचार्यबीच भएको सम्झौता विपरित हाल लम्साललाई लिडर बनाइएपछि थापा रुष्ट भएका छन् । त्यसो त यस्तो धोखा पहिलोपटक नभएको उनले सुनगाभा न्यूजलाई बताएका छन् । यही विषयप्रति थापाले बुर्लाकोटीलाई सोधेका छन्, ‘यदि राजन लम्साललाई नै एरिया लिडर बनाउनु थियो भने म सँग किन यो कागज गर्ने नाटक गरियो ? तपाइँ लिडरहरुमै नैतिकता नभएपछि सर्बसधारण लायन्सहरुमाझ कसरी मुख देखाउनु हुन्छ ?' हामीले यही प्रश्न बुर्लाकोटीसमक्ष राख्यौ । उनी भन्छन्, ‘उहाँ (थापा)लाई एरिया लिडर बनाउन पहल गर्ने भन्ने सहमति हो, बनाउँछौ भन्ने हैन ।’ बुर्लाकोटीले सहमितपत्रमा ‘पहल गर्ने’ भनेर स्पष्ट लेखेको बताउँदै उक्त समयमा आफुसँग एरिया लिडर बनाउन अथोरिटी नभएको बताए । अन्तर्राष्ट्रिय प्रेसिडेन्टले कामको मूल्यांकनको आधारमा लायन्सको चयन गर्ने भएकाले आफुमाथि अनाहकमा थापाले टिप्पणी गरेको बुर्लाकोटीको भनाई छ । आइडी इन्डोर्सीमा आफुले धेरै पहिलदेखि चाहना राख्दै आएको र बुर्लाकोटीले मल्टिलको चुनावमा जान मिलेर अघि बढ्नुपर्ने भन्दै सहमति गरिएको थापाले बताएका छन् । तर बुर्लाकोटीले चुनाव जितेपछि एरिया लिडरको अन्तर्राष्ट्रियमा सिफारिश नगरेको बताइरहँदा बुर्लाकोटलीले भने आन्तरिक विषयलाई सार्वजनिक गरेकोमा चित्त दुखाएका छन् । ‘थापाजी आत्तिनुपर्ने थिएन, त्यसैपनि १ वर्षपछि उहाँको पालो आइहाल्थ्यो’ बुर्लाकोटीले भने ‘लायन्सको आन्तरिक विषयलाई सार्वजनिक गर्न आवश्यक थिएन, हामी एउटै परिवार हौं, यही कुरा मिलिहाल्थ्यो ।’ हाल आएर बुर्लाकोटीले लम्साललाई एरिया लिडरमा सिफारिश गरेपछि रुष्ट थापाले लायन्सलाई सेवा गर्ने संस्थाबाट धन्धा गर्ने थलो बनाइएको आरोप लगाएका छन् । ‘मलाई जसरी पनि माथि जान नदिने नियतले काम भइहेको थियो’ थापाले भने ‘मैले नाडामा चुनाव जितेपछि गुटबन्दी र धोखाधडी एकैपटक सुरु भयो ।’ थापाले आलोचनायुक्त स्टाटस लेखेकोप्रति बुर्लाकोटीले संस्थाकै छविमाथि प्रहार भएको ठहर गरेका छन् । ‘घरमा बसेर घरकै उपहास गर्ने नियतले यस्तो लेखियोे’ बुर्लाकोटीले भनेका छन् । यता, थापाले भने आफ्नो स्टाटसयुक्त जानकारी संस्था विरुद्ध नभई पात्र र प्रवृत्तिविरुद्ध भएको बताएका छन् । उनले तत्कालीन बि १ का सम्पुर्ण पूर्वगभर्नरहरु समेत बसेर गरिएको माइन्युटको समेत धज्जी उडाइएको टिप्पणी गरेका छन् । उक्त माइन्युट माघ २ गते लेखिएको छ । लायन्सलाई अहिले कमाउधन्दाका रुपमा अघि बढाउन खोजिएको र आफु माथि आए धन्दा बन्द हुने भनेर केही व्यक्ति निरन्तर लागिरहेको थापाले बताएका छन् । थापाले भनेका छन्, ‘म आए मनपरी गर्न पाइँदैन भनेर एकथरीहरु निरन्तर मेरा विरुद्ध षडयन्त्र गरिरहेका छन् ।
काठमाण्डौँ: आम नेपाली पार्टीका अध्यक्ष निलकण्ठ पौडेलले इन्टरनेटको माध्यमद्वारा निर्वाचन गर्नुपर्ने बताएका छन् । आज (शुक्रबार)काठमाण्डौँमा डेमोक्रेटिक सोसलिस्ट एलायन्सले आयोजना गरेको “स्वच्छ निर्वाचन ” विषयक बृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै पौडेलले इन्टरनेको माध्यमद्वारा निर्वाचन घरबाटै हुने पर्ने बताएका हुन् । ‘आम जनताहरुलाई सहजता र अपाङ्ग भएका व्यक्तिहरुका लागि पनि निष्पक्षरुपमा भोटिङ गराउनको लागि इन्टरनेको माध्यमद्वारा घरैबाट भोटिङ प्रणाली लागु हुनुुपर्छ ।’ उनले भने । पौडेलले गत स्थानीय तहको निर्वाचनमा फरक क्षमता (अपाङ्ग) भएका व्यक्तिहरुलाई निर्वाचनमा सहभागिता गराउन तर्फ सरकारले चाँसो नदिएको धारणा राखे । अपाङ्गहरुको पक्षमा बोल्दै निर्वाचन प्रक्रिया कम खर्चिलो गराउने बताउदै भने ‘निर्वाचनमा खर्च कम गराउने उत्तम उपाय ईन्टरनेटको माध्यमबाट भोट गर्नु हो । हालको निर्वाचन प्रणाली अत्याधिक खर्चिलो छ । जसको कारण जनताले एउटा सक्षम प्रतिनिधि पाउन सकेका छैनन् ।’
पोखराः पोखरा महानगरपालिकाका ४ का राजेन्द्रनिधी कोइरालाको परिवार कानूनी उपचारकालागि माथिल्लो अदालत जाने तयारी थालेका छन् । पोखरा महानगरपालिकाको कार्यालय नजिकै रहेको ५ रोपनी बढि जमिनमा दाबी गरेका राजेन्द्रनिधि कोइराला, शकुन्तला कोइराला र भरतराज कोइरालाविरुद्ध जिल्ला अदालतले फैसला गरेपछि उनीहरु अन्याय भएको भन्दै सर्वोच्च अदालत जाने तयारीमा जुटेका हुन् । जिल्ला अदालतको फैसलापछि पीडित भएको भन्दै राजेन्द्रनिधि कोइरालाले पैतृक सम्पत्तिमाथि दाबी गरेको बताए । उनले भने ‘हामीले सार्वजनिक, पाटीपौवाको जग्गा दाबी गरेका होइनौ ।’ केही वर्ष आफुहरुले जग्गाको तिरो समेत तिरेको भन्दै जग्गाको लालपुर्जा परिवारको नाममा हुँदाहुँदै जिल्ला अदालत कास्कीले सार्वजनिक हुने फैसला गर्नु अन्यायपूर्ण भएको उनको दाबी छ । ‘जग्गाको प्रमाणपत्र भनेको लालपुर्जा हो । त्यो हामीसँग छ र तिरो पनि तिरेको छौं भोगचलन हामीले नै गरेका छौं, उनले भने, ‘हामीलाई जिल्ला अदालतले जुन किसिमले हराएको भनिएको छ । त्यसमा हामी पूर्ण असन्तुष्ट छौं । हामीले न्याय खोज्ने क्रममा न्याय पाएनौ । त्यसैले गलत र त्रुटीपूर्ण फैसलाको विरुद्ध हामी कहाँ जानुपर्छ हामी शिलशिला अनुसार न्यायालय जान्छौं ।’ उनले कानूनको शिलशिला अनुसार न्याय खोज्न जाने बताए । ‘कानूनको शिलशिला अनुसार जान्छौं । हाम्रो जग्गा हो हामीले नै पाउँछौ हामी हार्छौ भन्नेमा एक रतिपनि विश्वास छैन । र कुनैपनि कानून व्यवसायीले हामीहरु कमजोर छ गल्ती छ भन्नै सक्दैनन् ।’ कोइरालाले थपे । आफुहरुले भोगचलन गर्दै आएको जग्गामाथि केही स्वार्थ भएका व्यक्तिहरुले मुदा हाली गलत गरेको उनको तर्क छ । ‘अहिले जे भएको छ हाम्रो रिस, डाहका कारणले हामीप्रति विरोधीहरु लागिराछन्, उनले भने, ‘हामीहरु देशमा प्रजातन्त्र ल्याउनुपर्छ । जनताको पक्षमा लाग्नुपर्छ भनेर लडाई लड्दै आएको परिवार हो । रिस र डाहले गर्दा अहिले हामीलाई कसरी तल झार्ने भनेर विरोधीहरु लागिराछन् ।’ कोईराला परिवारले उक्त जग्गाको अन्तिमपटक जरिवानासहित ८ लाख ५२ हजार ३ सय ५८ रुपैयाँ कर तिरिसकेका छन् । जिल्ला अदालत कास्कीले आफुहरुसँग भएको प्रमाण नहेरी एकोहोरो व्यक्तिको नाममा रहेको जग्गा सार्वजनिक हुने भन्दै गरेको फैसलाले अन्याय भएको शकुन्तला कोइरालाले बताइन् । ‘अहिले अदालतले जिल्लाको सर्वाेच्चको कागज नहेरिकन एकोहोरो फैसला गरेको छ । त्यो कसको दबाबमा गरेको हो थाहा भएन, उनले भनिन्, ‘त्यो जग्गा अहिलेसम्म हाम्रै भोगचलनमा छ । त्यसैले हामी स्टेप अनुसार न्यायालयमा जान्छौं ।’ फैसलामा के छ ? जिल्ला अदालत कास्कीले गएको सोमबार (१३ गते) पोखरा महानगरपालिका नजिकै रहेको ५ रोपनी जग्गा सार्वजनिक हुने फैसला गरेको थियो । चलनचल्तीमा रहेको जग्गाको मूल्य अनुसार अरबौं पर्ने सो जग्गामा ४ दशकदेखि पोखरा महानगरपालिका वडा नं. ४ का कोइराला परिवारको दाबी रहँदै आएकोमा जिल्ला अदालले पोखरा उपत्यका नगर विकास समितिको हुने फैसला गरेको हो । राजेन्द्रनिधि कोइराला, शकुन्तला कोइराला र भरतराज कोइरालाले दाबी गर्दै आएको उक्त जग्गा सार्वजनिक ÷ सरकारी गरिपाऊ भनि नागरिक समाजका अगुवाहरु विष्णुप्रसाद बराल र परशुराम बराल तथा अधिवक्ता डिल्लीराम अधिकारीले कास्की जिल्ला अदालतमा रिट दायर गरेका थिए । नगर योजना कार्यान्वयन समितिको उत्तराधिकार संस्था पोखरा उपत्यका नगर विकास समितिले पनि जमिन आफ्नो हुनुपर्ने दाबीसहित मुद्धा हालेको थियो । न्यायधीश श्रीकृष्ण भट्टराईको इजलासले उक्त जग्ग पोखरा उपत्यका नगर विकास समितिको दाबी पुग्ने फैसला गरेको थियो । उक्त फैसलापछि नगर उपत्यका विकासले आफ्नो जग्गा संरक्षण गर्ने भन्दै डोजर चलाएको थियो । साथै उक्त ठाउँलाई पार्किङको लागि सम्म्याइएको महानगरपालिकाले जनाएको थियो ।
एजेन्सी: चुनावी अभियानका क्रममा गोली प्रहार भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबे केही घन्टाको उपचारपछि पनि होसमा आउन सकेका छैनन्। जापानी अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था एपीले आबेले सास फेर्न नसकेको र उनको मुटु रोकिएको उल्लेख गरेको छ। जापानका प्रधानमन्त्री फुमिओ कासिदाले समाचार संस्था रोयटर्ससँग भनेका छन्- यो पाशविक र विद्वेषपूर्ण घटना हो र यो क्षम्य हुने छैन। हामीले गर्न सक्ने जति हामी सबै गर्नेछौं। अहिले डाक्टरहरू आबेको ज्यान बचाउन निकै मेहनत गरिरहेका छन्। आबेमाथि शुक्रबार बिहान पश्चिमी सहर नारामा आइतबार हुने माथिल्लो सदनको चुनावी प्रचारको एउटा कार्यक्रममा सम्बोधन गरिरहेका बेला पछाडिबाट गोली हानिएको थियो।
कतै यात्रा गर्दै हुनुहुन्छ भने सवारीसाधनका विभिन्न भागमा लेखिएको गजल र सायरी त पक्कै पढ्नु भएको होला । चालकको जीवनदेखि राजनीति र प्रेमदेखि बिछोडसम्म समेटिएका केही हरफले यात्राको दौरान रमाइलोमात्र हैन सोचनीय पनि बनाउँछ । कतिपय गजल र सायरी अपाच्य र अश्लील पनि लाग्न सक्छ । त्यस्तै दोहोरो अर्थ लाग्ने रचना पनि प्रशस्तै भेटिन्छन् । यस्तै ठानेर होला, आजदेखि उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारीसाधनमा लेखिएका गजल, सायरी, मुक्तक हटाउने अभियान सुरु गरेको छ । कार्यालयले दिएको जानकारी अनुसार सवारी साधनमा लेखिएको अश्लिल, अपाच्य, गाली, कानून विपरित तथा सामाजमा विकृत्ति ल्याउने खालका साहित्यिक सायरी, कविता, गजल तथा विभिन्न भनाई लेखहरूलाई हटाउने वा मेटन लगाउने अभियान सञ्चालन गरिएको छ । यस्ता रचनाले चालकको ध्यान मोडिएर दुर्घटना हुने पाइएकाले भन्दै त्यस्ता पेन्टिङ् र स्टिकर हटाउन थालिएको हो । नेपालको कानून विपरीत महिला, बालबालिका, सिमान्तकृत समूदायलाई अपमान र अवहेलना गर्ने गरी कुनै पनि लेख रचना कविता सायरी वा कुनै पनि प्रकारका सामग्री प्रचार प्रसार गर्न वा लेख्न नपाईने भएकोले यसलाई अभियानकै रुपमा सञ्चालनमा ल्याईएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार अब गाडीको शिसामा स्टिकर वा प्रचारजन्य सामग्री टाँस्न पाइनेछैन । यसैगरी चालक आसपास क्याबिनको भागमा सजावटका लागि झल्लरलगायतका सामाग्री तथा म्युजिक सिस्टम क्याबिनमा राख्न पनि निषेध गरेको छ ।
पोखराः गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात्रमन्त्री कुमार खड्काले आज पृथ्वीचोकस्थित बसपार्क क्षेत्रको अवलोकन गरेका छन् । अवलोकनकाक्रममा मन्त्री खड्काले बसपार्कको नाली र ढलान निर्माणमा ७५ लाख रुपैयाँ खर्चेको बताए । वडा कार्यालयका पदाधिकारी र स्थानीयसँग गफिँदै मन्त्री खड्काले बसपार्कमा नाली र ढलानको काम प्रदेश सरकारले नै गर्ने बताए । ‘पहिले ७५ लाख बाट नाली र ढलानको काम सुरु गरेको तपाइहरुलाई थाहै छ’ खड्काले भने ‘यसपटक मैले ५ करोड रुपैयाँ छुट्याएर निर्माणलाई निरन्तरता दिनेछु ।’ बसपार्क निर्माणको काममा महानगरपालिका पनि अघि सरेको बताउँदै उनले प्रदेश सरकारलाई नै काम गर्न दिनुपर्ने धारणा राखे । ‘गण्डकी प्रदेश सरकारलाई नै काम गर्न दिनुहोस् उनले भने ‘नगरपालिकाले ५–१० लाख रुपैयाँ हाल्दा डुप्लिकेसन भयो ।’ सोही क्रममा उनले मंसिरमा पद गएपनि बहुवर्षे ठेक्का रोक्न नमिल्ने भन्दै बसपार्क बनाएरै छाड्न अठोट गरे । बसपार्कमा नाली र ढलान बनेपछि महानगरले क्रेडिट लिन खोजेको भन्दै उनले प्रदेश सरकारले नै निर्माण गर्ने बताएका छन् । एउटै ठाउँमा वडाले, महानगरले, प्रदेशले र संघले पनि गर्दा भ्रष्टाचार हुन्छ भन्दै उनले महानगरले गर्ने हो भने अन्तै काम गरोस् भनि धारणा राखे । नाली र ढलानको काम गर्दा महानगर, वडा, अन्य संस्था आएर ५ लाख रुपैयाँ हाल्दै क्रेडिट लिन खोज्ने परिपाटी हावी हुनसक्नेतर्फ उनले चिन्ता व्यक्त गरे । यही साउन, भदौदेखि थप नाली निर्माण ढलानको काम सुरु गर्ने बताउँदै उनले महानगर र संघले बसपार्क निर्माणको प्रक्रियालाई अघि बढाउनुपर्ने उल्लेख गरे । ‘महानगर ५–१० लाख रुपैयाँ छुट्याएर ढलानको काममा मिसिन आउने हैन’ व्यंग्यात्मक शैलीमा खड्काले भने ‘उहाँहरुले बसपार्कको टर्मिनल भवन, जग्गाको काम गर्नेतर्फ लाग्नुपर्छ ।’ बसपार्क निर्माणकालागि ४७ वर्ष पहिले जग्गा अधिग्रहण गरिएको हो । सुरुमा २ सय ५ रोपनी क्षेत्रफल रहेको जमिन अहिले अनुमानित ८१ रोपनीमा सिमित भएको छ । बसपार्क क्षेत्रमा करिब ५ सय सुकुम्बासीले जमिन ओगटेर बसेका छन् भने केही व्यापारीसमेत रहेका छन् । जेठको अन्तिम साता मन्त्री खड्का र पोखरा महानगरका मेयर धनराज आचार्यले संयुक्तरुपमा नाली र ढल निर्माणको शिलान्यास गरेका थिए ।
पोखरा: पोखरा महानगरपालिकाका पूर्वमेयर मान बहादुर जिसीले पोखरा र पोखरेली जनताको हित विपरित कुनै पनि निर्णय र काम नगरेको बताएका छन् । उनले आज (बुधबार) प्रेस विज्ञप्ती जारी गर्दै नगर उपत्यका विकासको ६३ रोपनी जग्गा ३ निजी कम्पनीलाई गुपचुप भाडामा दिएको बारेमा जवाफिदैं उनले जनताको हित विपरित कुनै निर्णय र काम नगरेको बताएका हुन् । पूर्वमेयर जिसीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘पोखरा उपत्यका नगर विकास समितिको जग्गा भाडामा लगाइएको बारेमा सञ्चार माध्यममा प्रकाशित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । देशमा संघीय शासन प्रणाली लागु भएपछि पोखरा महानगर नै उपत्यका नगर विकास समितिको अध्यक्ष हुने प्रावधान अनुसार नै उक्त समितिको अध्यक्षको जिम्मेवारी सम्हालेको यहाँहरुलाई अवगत नै छ । पोखरा महानगरको प्रमुख र समितिको अध्यक्ष हुदाँ पोखरा र पोखरेली जनताको अहित हुने गरि कुनै निर्णय र काम गरेको छैन । यो अवधिमा भएका कामहरुको पोखरेली जनताले मुल्याङकन गर्नुभएकै छ । र अब पनि गर्नुहुनेछ । पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको राष्ट्र बैंकचोकस्थित पर्यटक बसपार्कको जग्गा, गल्फ कोर्सको जग्गा र यातायात कार्यालय नजिकैको जग्गा सेटिङ मिलाएर भाडामा दिएको भन्ने आरोप निराधार छ । र कुनैपनि भ्रममा नपर्न पोखरेली जनतालाई आग्रह गर्दछु । पोखरा उपत्यका नगर विकास समितिको संस्थागत हितलाई नै ध्यानमा राखेर प्रचलित नियम कानून र विधि अनुसार नै जग्गा भाडामा लगाइएको हो । २०७४ मा जनप्रतिनिधि निर्वाचित भएर आउनुभन्दा अगाडी ठाडो तोक आदेशमा समितिको जग्गा भाडामा लगाउने प्रवृतिको अन्त्य गर्दै प्रचलित कानूनको अधिनमा रहि प्रतिस्पर्धाका आधारमा जस्ले बढि भाडा दिन कबुल गर्छ उसैलाई नै सर्तसहितको नियममा टेकेर जग्गा भाडामा लगाइएको तथ्य जानकारी गराउँदछ । विगतमा तोक आदेशमा सम्झौता गरेर भाडामा दिइएका समितिका स्वामित्वमा रहेका विभिन्न ठाउँका जग्गा र यी तिनवटा जग्गाको भाडापनि विगतमा कति थिए र अहिले कतिमा भाडामा लगाइएको हो ? सोको अध्ययन गरेर सत्य बाहिर ल्याउन सञ्चारमाध्यमलाई विनम्रतापूर्वक आग्रह गर्दछु । विगतको गलत प्रवृतिलाई निरुत्साहित गर्दै जग्गाको प्रचलित मुल्य अुनसार प्राविधिक र प्रशासनिक टिमले तयार पारेको रिपोर्टलाई आधार मानेर नै कानून र विधिसम्वद जग्गा भाडामा लगाइएको पुनः स्मरण गराउँदछु । संस्थालाई हानी हुने र व्यक्तिलाई लाभ पुग्ने गरि पूर्वाग्राही भएर जग्गा भाडामा लगाउने मनसाय नराखिएको स्पष्ट पार्दै जग्गा भाडामा लगाउने प्रक्रियाको सुक्ष्म ढंगले छानबिन गरि कानूनी रुपमा त्रुटी देखिए तत्काल खारेज गर्ने अधिकार वर्तमान नेतृत्वलाई रहेको जानकारी गराउँदै निवर्तमान अध्यक्षको हैसियतले पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गर्दछु ।’ पूर्वमेयरले पर्यटक बसपार्कको १८ रोपनीसँगै, पोखरा ९ मा पर्ने ५ रोपनी जमिन राइजिङ कन्स्ट्रक्सनलाई मासिक १ लाख ३५ हजार रुपैयाँ भाडामा दिएका थिए । त्यस्तै, वडा १७ स्थित गल्फ ट्रेनिङ सेन्टर रहेको ४० रोपनी जमिन एक्सन बिल्डर्स प्रालिलाई मासिक २ लाख ७२ हजार र बसपार्कलाई मासिक २ लाख ७५ हजार रुपैयाँ भाडामा दिए थिए । जसमध्ये गल्फ कोर्सलाई २५ र अन्य दुई कम्पनीलाई १० वर्षकालागि दिइएको हो । कुनैपनि जमिन भाडामा लगाउन मेयर एक्लैको निर्णय काफी नहुने भएपनि यस विषयमा उनले एकलौटी र मनोमानी निर्णय गरेका थिए । सबै निर्णयमा पूर्वमेयर जिसीकोे हस्ताक्षर रहेको छ ।
पोखरा: पोखराको फेवातालको मुहान भनिने पामे क्षेत्रमा भएको प्लटिङको विषयमा आज राष्ट्रियसभामा चर्चा चलेको छ । सभाका सदस्य खिमलाल देवकोटाले तालको सिरानमै धमाधाम प्लटिङ् भएकोमा चिन्ता व्यक्त गर्दै यसले फेवाको आयु घटाउँदै लगको बताएका छन् । सोही प्रसंगमा देवकोटाले भने, ‘ मैले केटाकेटीमा देखेको फेवातालको आधा भाग अतिक्रमित छ । भूमाफिया र दलालहरुको चंगुलमा छ । फेवातालको पानीको स्रोत र मुहान हर्पनखोला माथिको मानवीय दमन र हिंसा झन् कहालीलाग्दो छ ।’ फेवासँग बाल्यकालीन सम्झनालाई उजागर गर्दै उनले पामेबजारसम्म फेवाताल फैलिएको सुनाए । ‘ढुंगा, गिट्टी, बालुवालगायतका नाममा यसको निरन्तर दोहन भइरहेको छ’ उनले भने ‘दोहन लगायतका कारण फेवाताल निरन्तर पुरिँदैछ । पानीका स्रोतहरु मेटिँदैछन् ।’ ताल संरक्षणमा प्रमुख भूमिका खेल्नुपर्ने पोखरा महानगरपालिकाले नै फेवाको अस्मितामाथि खेलवाड गरेको देवकोटाको आरोप छ । फेवातालको मापदण्ड साविक ६५ मिटर नै कायम राख्न सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएपनि महानगरपालिकाले खुट्टा कमाएको उनले टिप्पणी गरे । त्यस्तै, जिल्ला विकास समिति कास्कीका पूर्वसभापति पूण्यप्रसाद पौडेलको संयोजकत्वमा फेवाताल संरक्षण लगायतका लागि प्रतिवेदन पेस गर्न गठित समितिको २०७८ भदौ २८ को प्रतिवेदन सार्वजनिक गर्न समेत उनले माग गरेका छन् । सभामा भावुक शैलीमा प्रस्तुत भएका देवकोटाले सिमसार क्षेत्रमा कंक्रिटको जंगल बढ्दै गरेको, पानीको मुहान छेकेर प्लटिङ गरेको भन्दै यसलाई तत्काल नरोके फेवातालको आयु शताब्दी हाराहारीमा भएको उल्लेख गरे । ‘फेवातालको गरिमा बचाउन सरकारी संयन्त्रहरु संवेदनशील भएनन् । यसको अस्मितामाथि नै चारैतिरबाट लुट भइरहँदा टुलुटुल हेरेर बसे’ देवकोटाको भनाई छ ।