पोखरा:    नेपाली सिने क्षेत्रका लोकप्रिय कलाकार माओत्से गुरुङले आफ्नी ८४ वर्षीया आमाको शुभ जन्मदिन वृद्धाश्रम पुगेर मनाएका छन् ।   पोखरा १७ स्थित सीतापाइलामा रहेको पोखरा वृद्धाश्रममा पुगेर ...

पोखराः पूँजीबजार सुधारको १९ बुँदे मागसहित पोखराका लगानीकर्ताहरु राजधानीमा अनशनरत आन्दोलदनकर्मीलाई ऐक्यबद्धता जनाउन आज त्यसतर्फ निस्किएका छन् ।    लगानीकर्ताहरुले यसअघि जिल्ला प्रशासन कार्यालय कास्कीमा यही विषयबारे ध्यानाकर्षण गराएका थिए । राजधानीमा तिलक कोइरालाको अगुवाइमा पूँजीबजारको नीतिगत सुधारको लागि आन्दोलन जारी छ ।   शेयरबजारका लगानीकर्ताहरु नेपाल राष्ट्र बैँक नियमक निकाय धितोपत्र बोर्ड तथा नेप्सेको गलत नीतिका कारण पूँजी बजार प्रभावित भएकाले आफ्नो नीति सच्चाउनका लागि संघर्षमा उत्रनु परेको लगानिकर्ता लोकेन्द्र ढकालले बताए ।   शेयर धितो कर्जामा लगाएको ४ र १२ को सिमालाई संशोधन गर्नुपर्ने, सिडि रेशियो हटाएर सिसिडि रेशियो कायम गर्नुपर्ने, शेयर धितो कर्जाको जोखिम भार घटाउनुपर्ने, ब्रोकर कमिशन घटाउनु पर्ने, बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने लगायतका १९ बुँदे माग राखेर देशभर आन्दोलन भइरहेको छ ।

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी चार वर्षे कार्यकालका लागि भोलि (सोमबार) निर्वाचन हुँदै छ । बुढानिलकण्ठस्थित पार्क भिलेजमा हुने निर्वाचनको सोही साँझ आउने नजितासँगै एन्फाले २१ सदस्यीय नयाँ कार्यसमिति पाउनेछ ।   आगामी चार वर्ष एन्फा हाक्न वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ आ-आफ्नो समूहसहित चुनावी प्रतिस्पर्धामा होमिएका छन् । यस्तै फ्रेन्ड्स क्लबका पूर्व अध्यक्ष राजीव पौडेल समेत प्रतिस्पर्धामा छन् । तर उनिसँग कुनै पनि भोट नभएको बजारी अनुमान छ ।   चुनावको लागि अध्यक्ष पदमा तीन, वरिष्ठ उपाध्यक्षमा दुई, चार उपाध्यक्ष पदका लागि आठ, १३ खुल्ला सदस्य पदका लागि ३६ तथा दुई महिला सदस्य पदका लागि पाँच जनाको उम्मेदवारी परेको छ ।   २१ सदस्यीय कार्यसमिति चयनका लागि एन्फाको वैधानिक व्यवस्थाअनुसार जिल्ला फुटबल संघ, विभिन्न श्रेणीका क्लब तथा प्राविधिक संघहरु गरी कुल ८४ संस्थाले मतदान गर्ने पाउनेछन् ।   जसमा ४८ मध्ये ४४ जिल्लाले मताधिकार पाउँदा सहिद स्मारक ‘ए’ डिभिजन क्लबका १४, ‘बी’ डिभिजनका १४ मध्ये ११, ‘सी’ डिभिजनका १४ मध्ये ९ तथा राष्ट्रिय लिगका लागि छनोट भएर पनि दुई वर्षअघिदेखि खेल्न नपाएका चार क्लबले मताधिकार पाउँछन् । यसैगरी महिला, खेलाडी, प्रशिक्षक र रेफ्री संघले पनि एकएक मताधिकार पाएका छन् ।   चार वर्ष अघि भएको एन्फा निर्वाचनमा कर्मा र पंकज समूह नै ‘क्लिन स्विप’ गर्दै एन्फा हाक्न आएको थियो । तर दुबै समूह विभाजन हुँदै यसपटक एक अर्काविरुद्ध लड्दैछन् ।

पाल्पा :       रामपुर नगरपालिका–९ लाम्दीखोला बस्ने मालती भुषालले परिवारको आर्थिक अवस्था उकास्न बाख्रापालनलाई जोड दिँदै हुनुहुन्छ । सधैँ दुई–चार पैसाका लागि अरूको निर्भर रहँदै आउनुभएकी उहाँलाई आफ्नो खर्च आफैँ धान्न हेफर प्रोजेक्ट नेपालले बाख्रा उपहार दिएपछि उत्साह थपिएको छ ।    ग्रामीण भेगका महिलाको जीविकोपार्जन गर्न हेफरले बाख्रापालनलाई प्रोत्साहन गर्दै उपहारस्वरुप दिएको बाख्रालाई राम्रोसँग पालनपोषण गरी आम्दानी बढाउने भुषालले लक्ष्य लिनुभएको छ । उहाँ भन्नुहुन्छ, “अरूको भरमा रहँदा महिलालाई दुःख छ, घरको काममा मात्रै सीमित बस्दा सधैँ अरूसँगै दुई–चार पैसाका लागि हात थाप्नुपर्ने अवस्था रह्यो, बाख्रा खरिद पनि गर्नु परेन, बाख्रापालन गरियो भने त आफ्नो खर्च हामी आफैँ धान्न सक्छौँ ।”     उहाँले पालनपोषण गरेर ठूलो बनाएर उत्पादन बढाउने र त्यसलाई बिक्री गरी आत्मनिर्भर बन्ने बताउनुहुन्छ । बाख्रापालन गरेर आयआर्जन बढाएर अन्य महिलालाई पनि प्रोत्साहित गर्दै व्यावसायिकरूपमा पहिचान दिनसक्ने गरी काम गर्ने उहाँको अठोट छ ।   कोपिला खाँण ठकुरीले हेफरले उपहार दिएको एकसहित घरमा हाल सातवटा बाख्रापालन गरिरहनुभएको छ । महिलालाई आर्थिक क्षेत्रमा अब्बल बनाउन उपहारका रूपमा दिएको बाख्राबाट धेरै बाख्रा उत्पादन गरेर आफू र परिवारको घरायसी खर्च धान्ने सोच राख्नुभएको छ । अरुको भरमा रहँदा घरपरिवार र समाजमा महिला अपहेलित हुनुपरेको छ । अर्थावस्था बलियो नहँुदा भने कतिपय परिवारमा झै–झगडा हुने गरेको छ । कमाइ नहुँदा महिला हेपिनुपर्ने अवस्था छ । मेहेनत गरेर पालनपोषण गरियो भने बाख्रापालनबाट मनग्य आम्दानी गर्न सकिने कविता गाहा बताउनुहुन्छ ।    उहाँको घरमा यसभन्दा अघि छवटा बाख्रा पाल्दै आएकामा हेफरले व्यावसाय वृद्धि गर्न एक बाख्रा दिएको छ । विस्तारै बाख्रा उत्पादन वृद्धि गरी ठूलो सङ्ख्यामा व्यावसाय गरेर यसैबाट मनग्य कमाइ गर्ने गाहा बताउनुहुन्छ । “गाउँघरमा प्रशस्त घाँसपात र चरनको सुविधा छ, व्यावसाय गर्छु भन्नेका लागि घर–घरमा बाख्रा उपहारस्वरुप पाइएकै छ, बाख्रा खरिदमा लगानी गर्न नपर्ने, सित्तैमा पाएपछि गाउँका महिलामा बाख्रापालनमा उत्साह र आकर्षण बढेको छ”, उहाँले भन्नुभयो ।   विभिन्न आधारशीलाका बारेमा महिलालाई आयआर्जनमा वृद्धि गर्न रामपुर नगरपालिकाभित्र मूल समूह र उपहार समूह गरी ३६ वटा समूहको लक्ष्य रहे पनि हाल १० मूल समूह र २१ उपहार समूह गरी जम्मा ३१ वटा समूहमा आवद्ध महिलामाझ कार्यक्रम सञ्चालन गरिरहेको रामपुर कृषि तथा पशु उद्यमशीलता परियोजनाका संयोजक सञ्जु परियारले बताउनुभयो । नगरभित्र आवद्ध रहेका समूहमा महिलालाई वडाको सिफारिस आधारमा बाख्रा उपहारस्वरुप दिइएको छ ।    पाल्पाका १० पालिकामध्ये हाल आठ पालिकामा साझेदारीमा कार्यक्रम अगाडि बढेको छ । रामपुर नगरपालिकामा गत असारदेखि नै चलिरहेको छ । गएको असारमा मात्रै यहाँ १२८ वटा बाख्रा र छवटा बीउ बोका वितरण गरियो भने हालसालै ३६१ वटा बाख्रा र १० वटा बीउ बोका वितरण गरिएको छ । साझेदारी कार्यक्रमअन्तर्गत ५० प्रतिशत रामपुर नगरपालिकाको र २५ प्रतिशत प्रशासनिक र कर्मचारीको खर्चसहित केही बचेको रकम कार्यक्रममा लगाउने प्रावधानअनुसार कार्यक्रम चलिरहेको छ ।    समूहमा आवद्ध महिलाको मागका आधारमा बाख्रा वितरण गर्ने, उमेर पुगिसकेपछि र त्यसबाट उत्पादन भएपछि उपहारको रूपमा आफूजस्तै आवद्ध रहेको अर्को समूहका सदस्यलाई उपहारका रूपमा दिने गरी बाख्रा प्रदान गरिएको हेफर प्रोजेक्ट नेपाल पाल्पाका कार्यक्रम अधिकृत शोभाखर न्यौपाने बताउनुहुन्छ ।    “लिनेमात्रै होइन कि हामीले उत्पादन गरेका बाख्रा अरूलाई पनि दिन सक्षम छौँ भन्ने संस्कार सिकाउन र बाख्रापालनमा प्रोत्साहन दिनका लागि यो कार्यक्रम सञ्चालन गरिरहेका हौँ, बाख्रापालनबाट महिलाको आयस्तर उकास्न ठूलो टेवा पुग्नेछ”, उहाँले भन्नुभयो । हेफरले २३ वर्ष काम गरेको इतिहासमा बाख्रा उपहार कार्यक्रम प्रभावकारी बनेको र यस कार्यक्रममा महिलाको उत्साजनक सहभागिता रहेको न्यौपाने बताउनुहुन्छ । महिलालाई सशक्तीकरण गर्न र महिला परनिर्भरता हटाउनका लागि हेफरले नेपालमा बाख्रापालनबाट कार्यक्रम सुरुआत गरेको हो ।    बाहिरी देशबाट बाख्राको आयात बढी हुने भएकाले अहिले बाख्राको बजार राम्रो रहेको हुँदा नेपालमै बाख्रा उत्पादन बढाएर आर्थिक समृद्धि वृद्धि गर्न यो कार्यक्रम ल्याइएको हो । विदेशबाट करिब वार्षिक रु छ अर्बभन्दा बढीको खसीबोका आयात हुने गरेको छ । यसलाई प्रतिस्थापन मात्रै गर्न सकियो भने पनि राष्ट्रिय आयमा सहयोग पु¥याउन सक्ने भएकाले यसको बजार मूल्य बढ्दै जाँदा बाख्रापालनबाट राम्रो आयस्रोत लिन सकिन्छ भन्ने उद्देश्यले यस कार्यक्रमलाई जोड दिइएको छ ।      हेफरले बाख्रापालनका अलवा बङ्गुर, कुखुरा, तरकारी खेतीलाई पनि सँगसँगै जोडेको छ । अब दूध उत्पादनलाई जोड दिँदै कार्यक्रम अगाडि बढाउने योजना छ । स्थानीयवासीको इच्छा र मागअनुसार नै कार्यक्रम गर्ने हेफरले जनाएको छ ।    कृषि र पशुपालन व्यवसायलाई प्रोत्साहित गरेर आर्थिक क्रान्ति गर्ने गरी यो कार्यक्रम गरिएको साझेदारी संस्था पछौटेपन उन्मूलन समाज (बेस) नेपालका कार्यकारी निर्देशक शालिराम पाण्डेयले बताउनुभयो । यस कार्यक्रमअन्तर्गत बाख्रापालनका लागि आवश्यक पर्ने खोर व्यवस्थापन, दाना व्यवस्थापन, तालिम, गोष्ठीजस्ता कुरामा महिला समूहलाई सचेतनामूलक कार्यक्रम गरिँदै आएको पाण्डेय बताउनुहुन्छ ।   हेफरले यसभन्दा अगाडि सञ्चालन गरेको जिल्लाका विभिन्न स्थानमा बाख्रापालन कार्यक्रमबाट महिलाले राम्रो आयआर्जन गर्न सफल भएका छन् । निस्दीको गल्धा बहपुर, रम्भाको फोक्सिङकोटलगायतका गाउँका महिला व्यावसायिकरूपमा बाख्रापालन गरेर आर्थिक क्षेत्रमा अब्बल बन्दै गएका छन् ।

दार्चुला :      अपिहिमाल गाउँपालिका–३ पाथामा बिजुली बत्ती बलेको छ । निर्माण सुरु भएको छ वर्षपछि १०० किलोवाट क्षमताको विद्युत् आयोजनाबाट बत्ती बलेको हो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा पाथाको घट्टेखोलामा निर्माण भएको विद्युतको सफल परीक्षण गरिएको छ ।    विद्युत गाउँपालिकाका प्राविधिक समुद्रसिंह धामीको टोलीले सफल परीक्षण गरेको हो । विद्युत् परीक्षण सफल भई  लामो प्रयासपछि दुर्गम पाथामा बत्ती बलेपछि स्थानीयवासी खुसी छन् । अहिलेलाई पाथा र घाजिरमा विद्युत् दिइएको विद्युत् निर्माण समितिका अध्यक्ष नन्दनसिंह धामीले जानकारी दिनुभयो ।    अपिहिमाल– ३ र ४ का लागि निर्माण सुरु गरिएको बत्ती अन्य बस्तीसम्म पुर्याउन केही ठाउँमा ट्रान्सफर्मर जडान र शाखा लाइन विस्तार हुनसकेको छैन । हाइटेन्सन लाइन जडान गरिएको भए पनि शाखा लाइन जडान नहुँदा अन्य बस्तीसम्म विद्यूत् पुर्याउन केही समय लाग्ने उहाँले बताउनुभयो ।   सडक नपुगेको पाथामा विद्युत् निर्माण गर्न झण्डै रु सात करोड लागत खर्च भएको छ । यसमा केन्द्रले रु दुई करोड ८५ लाख, गाउँपालिकाले रु एक करोड ९२ लाख, सङ्घीय सांसदको सांसद विकास कोषमार्फत रु ५० लाख तथा बाँकी रकम जनश्रमदानमार्फत विद्युत् निर्माण गरिएको अध्यक्ष धामीले जानकारी दिनुभयो ।   विद्युत् पूरै विस्तार भए दुई वडाका ६६६ घरधुरी लाभान्वित हुनेछन् । शाखा लाइन विस्तारका लागि गाउँपालिकाले आगामी वर्ष सहयोग गरे गाउँपालिका उज्यालो हुने उहाँको भनाइ छ । अघिल्लो सरकारले अपि उज्यालो कार्यक्रमअन्तर्गत विशेष प्राथमिकता दिएर विद्युतमा लगानी गरेको थियो । उज्यालो अपिअन्तर्गत अपिहिमाल–२ मा सौर्य विद्युत् जडान गर्ने तयारी छ । यस्तै अपिहिमाल –६ मा १०० किलोवाट क्षमताको जलविद्युत् निर्माणकार्य जारी छ । अपिहिमाल–५ मकरीगाडमा मकरीगाड हाइड्रोपावरले १० मेगावट क्षमताको विद्युत् निर्माणको अन्तिम चरणमा पु¥याएको छ ।  

धादिङ :      त्रिभुवन विश्वविद्यालय इञ्जीनियरिङ अध्ययन संस्थानअन्तर्गत धादिङको बेनीघाट रोराङ–३ रिचोकटारका मनिष प्रजा अल्पसङ्ख्यक चेपाङ समुदायकै पहिलो सिभिल इञ्जीनियर बनेका बताइएको छ । सो संस्थानको गत जेठ ३० गते प्रकाशित नतिजाअनुसार बल्खुस्थित एड्भान्स इञ्जीनियरिङ कलेजबाट उहाँले सिभिल इञ्जीनियर उत्तीर्ण गर्नुभएको हो । । संस्थानाले एक महिनापछि ‘मार्कसिट’ दिनेछ ।   पिता तिलक चेपाङ र आमा लक्ष्मी चेपाङको कोखबाट विसं २०५५ मङ्सिर ६ गते जन्मिएका मनिष सानैदेखि पढाइमा अब्बल हुनुहुन्थ्यो ।  उहाँले प्रवेशिका परीक्षामा ८७ प्रतिशत अङ्क ल्याउनुभएको थियो भने विज्ञान विषय लिई अध्ययन गरेका मनिषले कक्षा १२ को परीक्षामा ८४ प्रतिशत अङ्कप्राप्त गरेका जनाइएको छ ।    नेपाल चेपाङ सङ्घ शिक्षा विभागको संयोजनमा चेपाङ समुदायका ५० बालबालिकालाई संस्थागत विद्यालयहरूको सङ्गठन प्याब्सन  र एनप्याब्सनमार्फत सञ्चालित विद्यालयहरूमा निःशुल्क अध्ययन गर्ने व्यवस्था मिलाइएको संयोजक तिलक चेपाङले जानकारी दिनुभो ।    मलेखुस्थित पशुपति शिक्षा मन्दिरबाट विद्यालय जीवन सुरु गरेका मनिषले काठमाडौँको माउन्ट सिनाई  स्कुलबाट ८७ प्रतिशत प्राप्ताङ्कसहित एसइइ उत्तीर्ण गर्नुभको हो । सरकारको सिफारिसमा छात्रवृत्तिसहित अध्ययान गर्नुभएका उहाँ नोबल एकेडेमीमा ८४ प्रतिशत ल्याएर उत्तीर्ण  हुनुभयो । मनिष भविष्यमा सफल सिभिल इञ्जीनियर बनेर स्वदेशकै ग्रामीण सडक, पुल, जलविद्युत्, सुरुङ निर्माण क्षेत्रमा सेवा गर्न चाहनुहुन्छ। उहाँले लोकसेवा आयोग प्रतिस्पर्धा गरेर सरकारको पहिलो मुख्यसचिव बन्ने लक्ष्य लिएको बताउनुहुन्छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले दैनिक उपभोग्य सामाग्रीमा भएको मूल्यवृद्धिको विरोधसँगै राजसंस्थासहितको प्रजातन्त्र, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था र नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने माग गरेको छ ।    सोही क्रममा पार्टीले जिल्ला प्रशासन कार्यालय कास्की मार्फत प्रधानमन्त्री कार्यालयलाई १९ बुंदे मागसहितको ज्ञापनपत्र समेत बुझाएको छ । पछिल्लो समय देशमा देखिएको भ्रष्टाचार र कृषकले मल, बिऊविजन नपाउँदाको समस्यालाई पनि चाँडो भन्दा चाँडो व्यवस्थित गर्नुपर्ने राप्रपाले माग गरेको छ ।   त्यो सँगै शिक्षा स्वास्थ्य निशुल्क गर्नुपर्ने, विदेशमा भएका नेपालीहरुको मताधिकार सुनिश्चित गर्नुपर्ने, सबैखाले विभेद अन्त गर्नुपर्ने, भूमीहिन र सुकुम्बासीको समस्या तत्काल समाधान गर्नुपर्ने लगाएतका मागहरु पार्टीले राखेको छ ।  १९ बुंदे मागपत्रमा पार्टीले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्नेमा जोड दिएको छ । त्यस्तै देशभरी भत्काईएका ऐतिहासिक व्यक्तिहरुको शालिक संरक्षण तथा पुननिर्माण गर्नुपर्ने र संघीयताको प्रादेशिक तह खारेज गर्नुपर्ने जस्ता मागहरु ज्ञापनपत्रमा उल्लेख छन् ।    त्यसैगरि पार्टीले एक घर एक रोजगारीको कार्यक्रम कार्यान्वयन गर्न सरकारसमक्ष माग गरेको छ । पार्टीले दोहोरो करको खारेजीसँगै राज्यले सिमाक्षेत्रमा भएका अतिक्रमित भूमी फिर्ता लिन कुटनीतिक पहल गर्न दबाब दिने गरि आन्दोलन अगाडि बढाउने बताएको छ ।    ‘राज्यको तहबाट हाम्रो मागलाई तत्काल सम्बोधन होस् भन्ने हाम्रो चाहना हो । हामी निरन्तर आन्दोलनमै छौँ । र, हाम्रो माग पुरा नभएको खण्डमा अझै बढि सशक्त रुपमा यो आन्दोलन चर्किदै जान्छ ’ राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङले भने–‘सरकारले हाम्रो मागलाई गम्भीर रुपमा लिनुपर्छ, नत्रभने राप्रपाले देशव्यापी जनसंघर्ष गर्छ ।’     अर्को सन्दर्भमा गुरुङले नेपाली भूमीमा अमेरिकी सेनाको प्रवेश हुनेगरि सरकारले गर्न लागेको सम्झौताको विरोध गर्दै त्यसो भएको खण्डमा राप्रपा चुप लागेर नबस्ने चेतावनी दिए ।  ज्ञापनपत्र बुझाउन अघि राप्रपाको ¥याली सृजनाचोकदेखि जिल्ला प्रशासन कार्यालय सम्मपुगेर टुंगिएको थियो । ¥यालीमा सहभागीहरुले हिन्दु धर्म झल्कने खालका पहिरन लगाउनुका साथै शङ्ख, घण्टी र बाजागाजासहित प्रदर्शन गरेका थिए ।    ‘देशव्यापी रुपमा पार्टीले घोषणा गरेको विरोध कार्यक्रम अन्तरगत नै पोखरामा प्रदर्शनसँगै प्रशासनमा पुगेर ज्ञापनपत्र बुझाएका हौं’ राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले भने– ‘मागहरु सम्बोधन होस् भन्ने हाम्रो चाहना हो । तर सरकारको रवैया हेर्दा त्यस्तो देखिँदैन ।’ माग पुरा नभए चरणबद्धरुपमा दबाबमुलक आन्दोलन गर्ने उनले जनाए । 

अमेरिकी ‘स्टेटशीप पार्टनर प्रोग्राम’ (एसपीपी) सम्झौताको विषयमा नेपाली अनलाइन सञ्चारमाध्यममा आएको समाचारप्रति नेपालस्थित अमेरिकी दूतावासले प्रष्टीकरण दिएको छ ।    समाचारमा जनाइएअनुसार ‘नेपालमा अमेरिकी सैन्य गतिविध हुने’, ‘नेपालमा अमेरिकी सेनाले मोर्चाबन्दी गर्ने’ जस्ता विषय असत्य रहेको दूतावासको टिप्पणी छ । एसपीपी अमेरिकी राज्यको नेशनल गार्र्ड रहेको भन्दै दूतावासले यसमा सामेल हुन कुनैपनि देशलाई आग्रह नगरिने जनाएको छ ।    यदि, दूतावसको प्रष्टीकरणलाई आधार मान्ने हो भने यो सम्झौता नेपालले नै चाहेर भएको हो । ‘नीतिअनुसार अमेरिकाले कुनै पनि देशलाई स्टेट पार्टनरशिप प्रोग्राममा सामेल हुन भन्दैन तर कुनै देशबाट त्यसका लागि माग आएको खण्डमा भने त्यस्तो मागको सम्बोधन गर्दछ’ दूतावासले भनेको छ ।    अमेरिकी नेशनल गार्डले स्वदेशमा भूकम्प, बाढी र वन डढेलो जस्ता प्राकृतिक विपद्विरुद्ध जुध्नका लागि अमेरिकाका प्रथम उद्धारकर्ताहरूलाई सहयोग गर्दछ।   २५ वर्षभन्दा लामो समयदेखि कायम रहँदै आएको एसपीपीमा ९० भन्दा बढी देशसँग ८० भन्दा बढी साझेदारीहरू समावेश छन्। तीमध्ये अधिकांश देशहरू यस क्षेत्रमा छैनन्।      आँधीबेहरीदेखि भूकम्प, बाढी र डढेलोसम्मका प्राकृतिक तथा अन्य विपद्‌को अवस्थामा अमेरिका आफ्नो अग्रपङ्क्तिका उद्धाररकर्ताका रूपमा रहेका नेशनल गार्डहरूको उत्कृष्ट अभ्यासको अनुभव तथा क्षमता साटासाट गर्न चाहेको दूतावासको दाबी छ । 

काठमाण्डौं: काठमाण्डौंको सार्वजनिक क्षेत्रमा साइकल चलाउने २ जनालाई उपत्यका ट्राफिक प्रहरी कार्यालयले आवश्यक कारवाही गरेको छ ।    उक्त स्थानमा साइकल चलाउँदा बाधा–अवरोध भएको जनगुनासो आएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले आइन्दा पैदलयात्री एवं सार्वजनिकस्थलमा सर्वसाधारणलाई कुनैपनि अवरोध नगर्न र ट्राफिक नियमसम्बन्धी जानकारीसहित आवश्यक कारवाही गरेको बताएको छ ।    उपत्यका ट्राफिकले दिएको जानकारी अनुसार उनीहरुलाई केही समय नियमित सम्पर्कमा रहनसमेत निर्देशन दिइएको छ । प्रहरीको फेसबुक पेज र ट्विटरमा केही दिनदेखि जनगुनासो आइरहेपछि नियन्त्रणमा लिइएको थियो ।    पशुपति क्षेत्रमा साइकल चलाउँदा एक पैदलयात्रीलाई सामान्यरुपमा छोइएपछि उनले भिडियोमार्फत प्रहरीलाई जानकारी दिएका थिए । ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक संजीव शर्मा दासका अनुसार सामाजिक सञ्जालमा ट्राफिक प्रहरीमाथि अनावश्यक निन्दा भएपछि उनीहरुलाई बोलाएर सम्झाई बुझाई गरिएको छ ।    नेपालमा साइकल, रिक्सा, ठेलागाडासम्बन्धी नीति नियम नभएकाले बेलामौका यस्ता सामान्य घटना हुने गरेको दासले जनाए ।    ‘साइकल वातावरणमैत्री सवारी साधन हो, यसकाले मानव स्वास्थ्यलाई समेत हित गर्छ, तर सामान्य हेक्का राखिदिन आग्रह गर्दछु’ दासले भने

मोरङ :      संघीय सरकारले राष्ट्रिय अभियानका रूपमा कार्यान्वयन गरेको ‘राष्ट्रिय परिचयपत्र’ विवरण सङ्कलन  मोरङको उत्तरी क्षेत्र मिक्लाजुङ गाउँपालिकामा सुरुआत गरिएको छ । सो गाउँपालिकामा रहेका नौवटा वडामध्ये प्रत्येकमा चारवटाका दरले केन्द्र राखी आगामी १५ दिनसम्ममा विवरण सङ्कलन गरिने छ ।   प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले परिचयपत्र विवरण सङ्कलन अभियानको सोमबार शुभारम्भ गर्दै सरकारले सुरु गरेको यो अभियान घरदैलोमा आइपुगेकाले सबैलाई सेवा लिनुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारले दिने सबै प्रकारका सेवा यस परिचयपत्रमा समावेश हुने भएकाले नेपाली नागरिकता भएका सबै नेपालीलाई परिचयपत्र बनाउन आग्रह गर्नुभयो ।   जिल्लाको १७ पालिकामध्ये सातवटा पालिकामा परिचयपत्रका लागि विवरण सङ्कलनको काम सम्पन्न भइसकेको छ । जिल्ला प्रशासन कार्यालयमा चारवटा स्टेशन राखेर विवरण सङकलन गर्ने काम भइरहेको छ । गत असोज ४ गतेबाट जिल्लामा सुरु भएको सो अभियानमा अहिलेसम्म दुई लाखभन्दा नागरिकको विवरण सङ्कलन गर्ने काम भइसकेको प्रजिअ दाहालले जानकारी दिनुभयो ।   परिचयपत्र बनाउनका लागि जिल्लाभित्र रहेका नेपाली नागरिकले नागरिकताका आधारमा तथा अन्य जिल्लामा रहेका नागरिकले यो जिल्लामा बनाउँदा बसाइँसराइको कागजपत्र पेश गर्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिनुभयो । मिक्लाजुङका अध्यक्ष वविकुमार राईले घरआँगनमा आएको सेवालाई उपयोग गरी अभियान सफल बनाउन नागरिकसँग आग्रह गर्नुभयो ।