पोखराः पोखरा महानगरपालिका वडा ३२ का किसान पोहोर साल यतिबेला असारको आधाआधीमा धान रोप्ने चटारो भ्याउन खेतमै व्यस्त हुन्थे । उनीहरुकालागि धान रोप्नु भनेको वर्षभरि खानमात्र हैन त्यसैको कमाइबाट घरखर्च जोहो गर्नु पनि हो । तर यसपटक असार दोस्रो हप्तामा प्रवेश गरिसक्दा आज किसानहरु बेलैमा खाना खाइवरी खेततर्फ हैन महानगरपालिकाको कार्यालयमा नाराबाजी गर्न आइपुगेका छन् । ‘किसानमारा महानगर, मुर्दावाद’ को नारा लगाउँदै उमेरले प्रायः ४० कटेको समूह महानगरको दैलोमै आक्रोशित मुद्रामा भेटिएका छन् । ‘ब्याडमा बिउँसमेत राख्न पाइएन’ चिच्याउँदा अनुहारमा झरेको पसिना पुछ्दै एक किसान भन्छन् ‘नगरपालिका हामीलाई भोकै मार्न खोज्दैछ ।’ उमेरले ६ दशकको हाराहारीका उनको आक्रोश महानगरपालिकाको लापरवाहीप्रति छ । किसानहरु हुलै बाँधेर महानगरपालिकामा आउनुको पछाडि यस्तो कारण छः गत साल भदौको बाढीले लेखनाथ ३२ स्थित मालमुल, सातमुहाने, खोलाको छेउ, राजाको चौतारो क्षेत्रलाई सिञ्चित गर्ने बेगनास सिंचाईको मूल नहरमा क्षति पु¥यायो । नहर भत्किएको ११ महिनासम्म कुनैपनि निकायले मर्मतसम्भारमा चासो देखाएनन् । स्थानीयवासीले सम्बन्धित निकायसमक्ष सकेको गुहारेपछि एक महिनाअघि अस्थायीरुपमा भएपनि नहर मर्मत गरी सिँचाईको प्रबन्ध मिलाउने काम सुरु भयो । डोजरलगायतका सामग्रीमार्फत काम सुरु भइरहेकोबेला ३ दिनअघि डोजरको चाबी थुतेर निर्माण र मर्मतमा अवरोध गरियो । अवरोध भएपछि काम अघि बढेन । जसको असर करिब ४५ सय रोपनी धानखेत बाँझै हुने अवस्था आयो । डोजरका चाबी कसले लिएर गयो, काम किन रोकियो भन्नेमा स्थानीयवासी अनविज्ञ छन् वा उनीहरु बताउँन चाहँदैनन् । महानगरपालिका र सिँचाई आयोजनाको सम्झौता अनुसार यही असारको २९ गतेसम्म नहर सुचारु गरेर बुझाउनुपर्ने हो । तर बीचैमो अवरोध भएपछि निराश बनेका किसानहरु महानगर घेराउ गर्न आइपुगेका हुन् । उनीहरुले वडा नं ३२ को कार्यालयमा तालाबन्दी गरी पोखरा महानगपालिकाको कार्यालयमा आएका हुन् । अहिले किसानहरुको प्रतिनिधि मेयर धनराज आचार्यसमक्ष आफ्नो समस्या सुनाउन महानगर परिसरमा पर्खिरहेका छन् ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले एघारौं नगर सभामा आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । नीति तथा कार्यक्रमको पूर्णपाठ
पोखरा । केहि दिनयता पोखराको पालिखेचोकस्थित फल्चा निर्माणमा स्थानीयबीच विवाद भएपछि हाललाई निर्माण कार्य रोकिएको छ । पोखरा महानरपालिका र वडा नम्बर ३ को संयुक्त लगानीमा निर्माण हुन लागेको फल्चाको निर्माणमा स्थानीयले सुरुदेखि नै त्यसको डिजाइन र मापदण्डविपरित भएको भन्दै विरोध गरेका हुन् । फल्चा निर्माणमा जुटेका अशोक पालिखेले स्थानीयहरुले नभई बाहिरका व्यक्तिहरुले अवरोध पु¥याएको बताएका छन् । पालिखे भन्छन्, फल्चा निर्माण गर्दा पोखराको सडकमा कुनै असर नपर्ने भएकाले पोखरा महानगरपालिकाले योजना निर्माण रातो किताबमा नै दर्ता गरेको हो । फल्चा निर्माण गरेपछि पालिखेचोकको आर्कषण बढ्ने भएकाले चोकको सौन्दर्यतालाई थप गर्न फल्चा निर्माणमा पालिखे चोकवासी लागी परेको उनको टिप्पणी छ । वडा नम्बर ३ को सिफारिशमा महानगरपालिकाले टेण्डर गरेर प्रक्रिया अघि बढेकाले यसलाई रोक्न नहुने पालिखे बताउँछन् । तर पालिखेको भनाइमा प्रतिवाद गर्दै स्थानीयवासी राजन श्रेष्ठले नेवारी सेन्टिमेन्टमाथि खेलेर फल्चा बनाउन लागेको उल्लेख गरे । भिन्तुना युवा क्लबका अध्यक्षसमेत रहेका श्रेष्ठ भन्छन् ‘फल्चा भनेको विश्रामस्थल हो तर त्यो डिजाइनअनुसार बनाउन लागिएको छैन ।’ महानगरले मुआब्जा लिएर भत्काएको स्थानमा फल्चा बनाउनु अनुचित भएको श्रेष्ठको धारणा छ । ‘सुरुमा जुन उद्देश्यले लिइएको हो सोही अवधारणामा संरचना निर्माण गर्नुपर्छ’ श्रेष्ठले भने ‘उक्त क्षेत्रमा साँघुरो सडक छ, सवारी आवागमनलाई थप सहज हुने हिसाबले अघि बढ्नुपर्छ ।’ फल्चा निर्माण गर्न पोखरा महानगरपालिकालाई सौन्दर्यकरण योजना अन्र्तगत आर्थिक वर्ष २०७८/०७९ को रातो बुकको पेज नम्बर १७५ को कोड नं. १६ मा दर्ता गर्न निवर्तमान वडा अध्यक्ष रविन्द्रबहादुर प्रजुले निवदेन गरेका थिए । फल्चा निर्माण गर्न १९ लाख ९९ हजार ८ सय रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।
पूर्वघोषित कार्यक्रम अनुरुप पूर्वसन्चारकर्मी एवं पत्रकार रवि लामिछानेले आज राष्ट्रिय सभागृह काठमाण्डौंबाट राष्ट्रिय स्वतन्त्र पार्टी नामक नयाँ दल स्थापना गरेको जानकारी दिएका छन् । विशेषतः युवा वर्गलाई दलमा आबद्ध हुन आव्हान गर्दै लामिछानेले पार्टीको कुनैपनि भातृ संगठन नहुने, व्यापारीबाट चन्दा नलिने र राइट टु रिकलको व्यवस्था गर्ने जनाएका छन् ।
पोखराः केही वर्ष यता निरन्तर थलिँदै आएको पोखराको पर्यटनलाई महानगरमा नयाँ मेयर आएसँगै ‘केही’ हुने आशा पलाएको छ । यस्तै आशाकाबीच पोखरा पर्यटन परिषद्ले मेयर धनराज आचार्यसँग अन्तरक्रिया गरेको छ । कार्यक्रममा मेयर आचार्यलाई बधाई दिँदै परिषद्ले आवश्यक सुधार गर्नुपर्ने विषयको निक्यौल गरी विभिन्न सुझाव दिएको छ । मेयरसमक्ष परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले आवश्यक पूर्वाधारसँगै लेकसाइड क्षेत्रमा देखिएका समस्याहरू औंल्याउँदै तत्काल सम्बोधन गर्न सुझाव दिए । विश्वको ध्यान खिच्न सफल घुम्नै पर्ने सहरको परिचय बनाएको सहर पनि हो यसलाई व्यवस्थित बनाउन डाइनामिक भिजनरी नेतृत्वको खोजी सधैं पोखराले गरिरहेको छ, अबको नेतृत्वले यसलाई साकार पार्नेमा विश्वस्त छौं”, अध्यक्ष भट्टराईले भने । पर्यटन उद्योग अन्य उद्योगभन्दा भिन्न प्रकृतिको भएको र सीधै पर्यटकहरूसँग हेलमेल भई व्यवसाय सञ्चालन गर्नुपर्ने हँुदा यहाँ थुप्र्रै चुनौतीहरू रहेको जनाउँदै पर्यटन मैत्री नीति अवलम्बन गरेर समस्याको समाधान गर्नुपर्नेमा जोड दिए । परिषदका तर्फबाट व्यक्त सुझावहरूमा महानगरपालिकाले पोखरालाई पर्यटनको राजधानी बनाउने कार्यान्वयनको पक्षमा जोड दिँदै महानगरपालिकामा पर्यटन महाशाखा स्थापना गरी पर्यटक सम्पदा सहयोग कक्षको व्यवस्था गर्नुपर्ने । फेवातालको लगायत पोखरामा रहेको सम्पूर्णताल सफा सुन्दर, वातावरण मैत्री बनाउन ताल वरिपरि प्लास्टिक जन्य खाद्यपदार्थ बिक्री वितरणमा रोक लगाउनुपर्ने, फुट ट्रयाकमा राखिएका फोहोर मैला संकलन बक्सहरू नियमित रूपमा खाली गर्नुपर्ने, फेवातालमा मिसिने ढलहरूको उचित व्यवस्थापन गरिनुपर्ने सुझावमा समेटिएको छ । त्यसैगरी पोखरा महानगरपालिका–लेकसाइडस्थित हिमागृह र रत्न मन्दिरलाई ऐतिहासिक, पुरातात्विक पर्यटकीय सम्पदाका रूपमा विकास गर्न न्यूनतम पूर्वाधार निमार्ण गर्दै दृश्वालोकनका लागि पर्यटक तथा सर्वसाधरणका लागि यथाशीघ्र खुला गर्नुपर्ने, महानगरपालिका भित्र रहेका पर्यटकीय गन्तव्य स्थलहरूमा लिइने शुल्क एकै ठाउँबाट तिर्न मिल्ने व्यवस्था मिलाउनु पर्ने । पर्यटकीय क्षेत्रलगायत प्रमुख स्थानहरूमा सुरक्षाका दृष्टिकाणले पर्याप्त मात्रामा सीसी क्यामेरा, सडक बत्ती जडान र संरक्षणमा जोड दिन भनिएको छ । पोखराको सबै क्षेत्र समेट्ने गरी रिंगरोड ९चक्रपथ० को डीपीआर तयार गरी निर्माण कार्य अगाडि बढाउनुपर्ने, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तयारी पछिको साँघुरा बाटोहरू समयमै बृहत् अध्ययन गरी संरचना निर्माणमा जोड दिँदै पुरानो बसपार्क यथासक्य छिटोछरितो सम्पन्न गरी व्यवस्थित गर्नुपर्छ । राष्ट्र बैंक चोकमा रहेको पर्यटन बसपार्क सञ्चालनार्थ महानगरले समिति गठन गरी त्यसको संरक्षण र सम्बर्धन व्यवस्थापनको जिम्माका लागि पोखरा पर्यटन परिषदलाई पनि राख्नुपर्ने । महानगरपालिकाले पर्यटनसम्बन्धी कार्यक्रमका लागि शीर्षक तोकी बजेट विनियोजन गर्नुपर्ने परिषदको माग छ । अव्यवस्थित अनुमति बिना सञ्चालनमा रहेका व्यवसायहरूलाई अनुगमन गरी दर्ताको दायरामा ल्याई दर्ता गर्ने व्यवस्था मिलाउनु पर्ने विषयलाई पनि परिषदले सुझावमा समेटेको छ । यससँगै अव्यवस्थित टेलिफोन, केवल, टिभी, इन्टरनेट साथै विद्युतका तारहरूलाई अन्डर ग्राउड गरी व्यवस्थापन गर्नुपर्ने, पोखरामा यसअघि पहिचान गरिएका प्रमुख गन्तव्यहरूको संरक्षण, सम्बर्धन, प्रवर्धन गर्दै दिगो रुपमा विकासका कार्यक्रम ल्याउने साथै यहाको प्रमुख पर्यटकीय आवास क्षेत्रमा विशेष पर्यटकीय क्षेत्र घोषणा गरी पर्यटन पुनरुत्थानका कार्यक्रमहरू सञ्चालन गर्न सुझाव दिएको छ । पोखरा र लेकसाइडस्थित पार्कहरू, खाली जग्गा उचित संरक्षण, सौन्दर्यकरण र सम्बर्धन गरी पर्यटन मैत्री वातावरण बनाउनका लागि धुवा फाल्ने सवारी साधनहरूको चेकजाँच गरी प्रदूषित भएमा महानगरपालिका क्षेत्र भित्र सञ्चालनमा रोक लगाउनुपर्ने साथै राजमार्ग र सडक छेउछाउमा रहेका अटो सर्भिस÷वर्कसपहरूलाई अन्य ठाउँमा स्थानान्तरण गरी व्यवस्थित गर्नुपर्ने । पोखरा महानगरपालिका भित्र रहेका विश्व सम्पदा सूचीमा सूचीकृत पर्यटकीय गन्तव्य स्थलहरूलाई सम्बर्धन र संरक्षण गर्दै कल्चर भिलेज ९सांस्कृतिक गाउँ० जहाँ पर्यटकले अवलोकन गरी विभिन्न जातजातिको संस्कृति अध्ययन गर्ने स्थलको रुपमा विकास गर्ने विषयलाई समेटन आग्रह गरिएको छ । अन्तर्राष्ट्रिय विमानस्थल निार्माणसँगै तत्काल आवश्यक देखिएकाले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका लागि कुनै स्थान तोकी बजेट विनियोजन गरेर कार्य प्रारम्भ गर्नका लागि पनि ध्यानाकर्षण गराउँदै र व्यवसायहरू दर्ता गर्नको लागि अति आवश्यक कम्पनी रजिष्ट्रार्डको कार्यालय गण्डकी प्रदेशमा ल्याउन प्रदेश सरकारसँग आवश्यक पहल गर्नका लागि भनिएको छ । यसैबीच अध्यक्ष भट्टराईले पोखरा क्षेत्रको पर्यटनलाई कोभिड–१९ को प्रभावबाट पुनरुत्थान गर्नका लागि पोखरा महानगरले पनि रणनीतिक योजनाहरू तय गरेको विषयलाई पनि कार्यान्वयनतर्फ ध्यान दिन आग्रह गरे । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले आफूले महानगर प्रमुखको जिम्मेवारी सम्हाले लगत्तै पोखरालाई पर्यटकीय राजधानी बनाउने विषय प्राथमिकतमा रहेको जनाउँदै पोखराको पर्यटन विकासका लागि अहिलेसम्म भएका अध्ययन प्रतिवेदन र सुझावहरूको अध्ययन गरेर समग्र पोखराको विकासका निजी क्षेत्रसँग हातेमालो गरेर आफू अघि बढ्ने बताए ।
पोखराः काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र साहले चुनावी खर्च सार्वजनिक गरेका छन् । मेयर साहले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरणअनुसार उनले चुनावी दौरानमा ३ लाख ९४ हजार ४८९ रुपैयाँ खर्च गरेको उल्लेख गरेका छन् । जसमध्ये चुनावपछि मतगणना प्रक्रिया लम्बिँदा अनावश्यक खर्च बढेको साहले जनाएका छन् । उनले भनेका छन् ‘मतगणना ढिलो भएर निर्वाचन प्रक्रियालाई लामो र बोझिलो मात्रै बनाएको छैन, उम्मेदवारका लागि महंगो बनाइरहेको छ । यसमा सबैको ध्यान जान जरुरी छ ।’ साथै, साहले यसअघि नै खर्च विवरण सार्वजनिक भएकोमा माफी माग्दै चुनावमा सघाउने र मतदान गर्ने सबैलाई धन्यवादसमेत व्यक्त गरेका छन् ।
काठमाडौं, प्रतिनिधिसभाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिबारे जवाफ दिन सरकारलाई निर्देश गरेको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा नेकपा (एमाले)का सांसद पद्मा अर्यालले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिबारे सरकारले जवाफ दिनुपर्ने माग गर्नुभएपछि सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई जवाफ दिन निर्देश गर्नुभएको हो । सांसद अर्यालले भन्नुभयो, ‘‘मूल्यवृद्धि गरेर जनतालाई आहत बनाइएको छ । जनताको जीवन कष्टकर बनाइएको छ । एमाले टुलुटुलु हेरेर बस्न सक्दैन ।’’ यति छोटो समयमा किन यति धेरै मूल्यवृद्धि गर्ने अवस्था किन आइलाग्यो ? उहाँले प्रश्न गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘‘मूल्यवृद्धि किन बढाइयो भन्ने विषयमा मन्त्रीले जवाफ दिनुपर्छ । मन्त्रीले जवाफ नदिएसम्म सदन चल्न सक्दैन । आज नै जवाफ दिन मन्त्रीलाई रुलिङ गर्नको निम्ति माग गर्दछु ।’’ त्यसपछि सभामुख सापकोटाले मूल्यवृद्धिमा ध्यानाकर्षण भएको बताउनुभयो । ‘‘माननीय सदस्यहरुले उठाउनुभएको विषय (पेट्रोलियम पदार्थको मूल्यवृद्धि)मा मेरो पनि ध्यानाकर्षण भएको छ ।,’’ सभामुख सापकोटाले भन्नुभयो, ‘‘सरकारको पनि ध्यानाकर्षण गराउन चाहन्छु । यस विषयमा सरकारलाई सत्यतथ्य सदनसमक्ष पेश गर्न निर्देश गर्दछु ।’’
नेपाली कांग्रेस कास्कीको आइतबार आयोजित बैठक होटलमा बसेको विषयले विवाद निम्त्याएको छ । पार्टी कार्यालयमा बैठक आयोजना नगरेर सभापति किशोरदत्त बरालले होटलमा आयोजना गरेपछि सहभागी जिल्ला कार्यसमितिकै पदाधिकारीहरु रुष्ट भएका छन् । उनीहरुकै रुष्टताकाकारण बैठक बीचमै बिथोलिएको छ । तर सभापति बरालले भने बैठक बिथोलिएको नभई सहभागीको संख्या न्यून भएपछि पछिलाई सारिएको सुनगाभा न्यूजलाई बताएका छन् । ‘२०–२२ जना साथीमात्रै उपस्थिति हुनुभयो’ बरालले भने ‘व्यस्तताकाकारण उपस्थिति कम भएपछि स्थगित भएको हो ।’ बरालका अनुसार बैठक आगामी ११ गते पुनः बस्नेछ । यसअघि पनि पार्टीका बैठक होटलमा बस्ने गरेको नजीर राख्दै बरालले कार्यसमितिका पदाधिकारीहरुलाई चुनावी समीक्षा चुनावी खर्चबारे जानकारी दिने उद्देश्यले कार्यक्रम राखिएको थियो । ‘पार्टी कार्यालयमा प्रोजेक्टर, पावरपोइन्टबाट प्रस्तुती दिँदा सबैलाई सहज नहुने भएकाले नजिकैको होटलमा कार्यक्रम राखिएको हो’ उनले भने । होटलमा बैठक बसेको विषयलाई लिएर इस्यू बनाइएको उनको दाबी छ । यद्यपि, ११ गते सबैजना सहभागी हुने विश्वास व्यक्त गर्दै उक्त दिन हालै स्थानीय निर्वाचनमा विजयी उम्मेदवारलाई बधाईसमेत दिने कार्यक्रम रहेको उनले जनाए । आइतबारको बैठकमा बरालसँगै सभापति पदमा पराजित सुदिपमोहन भट्टराईले उनको कार्यशैलीको विरोध गरेका थिए । भट्टराई र उनका समर्थकहरुले पार्टी कार्यालय बाहिर बैठक बसेको भन्दै बखेडा झिकेपनि उनीहरुबीचको ‘इगो’ले बैठक भाँडिएको बताइन्छ । मूलतः सभापति बरालमाथि पालिकामा उम्मेद्वार छान्दा पार्टीको मापदण्ड कायम नगरेको, कार्यकताएको उचिथ परिचालन नगरेको, पार्टीका अन्य पदाधिकारी एवं कार्यकर्तालाई योग्यता र अनुुभवको आधारमा जिम्मेवारी नदिइएकोलगायतका आरोप लगाइएको छ । यसअघि पनि चुनावी प्रचारमा पार्टी कार्यालयबाट नभई होटलबाटै कार्यकर्ता परिचालन गरेको भन्दै भट्टराईले विरोध जनाउँदै आएका थिए ।
बागलुङ : वर्षौंदेखि बाँझो पल्टिएको जग्गालाई चक्लाबन्दी गरी कृषिउपजको व्यावसायिक खेती थालिएको छ । गलकोट नगरपालिका–४ निलुवामा छरिएर रहेको खेतीयोग्य जग्गालाई एकीकरण गरी कृषि उत्पादन सुरु गरिएको हो । गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आर्थिक सहयोगमा स्थानीय सयपत्री बहुउद्देश्यीय सहकारी संस्था लि ले गत फागुनमा निलुवामा चक्लाबन्दी कार्यक्रम सुरु गरेको थियो । सहकारीका अध्यक्ष चिन्तामणि शर्माले १२४.२६ रोपनी जग्गा चक्लाबन्दी गरी कृषि बाली लगाउन सुरु गरिएको बताउनुभयो । “६० रोपनीमा आलुखेती गरेका छौँ, अरु जग्गामा तरकारी, बीउबिजन र अन्नबालीको लगाउँदैछौँ”, उहाँले भन्नुभयो, “कृषि ज्ञान केन्द्रमार्फत खेती विशेष कार्यक्रम पनि सुरु हुँदैछ ।” सहकारीले स्थानीय ७३ किसानको जग्गालाई चल्काबन्दी गरी एकीकृत गरेको हो । जसबाट २०० बढी गरामा बाँडिएको जग्गा १७ ‘प्लट’मा झरेको छ । सहकारीले प्रतिरोपनी वार्षिक रु दुई हजार तिर्ने गरी आउँदो २०९० सालसम्मलाई जग्गा भाडामा ल्याएको हो । जग्गा चक्लाबन्दी कार्यक्रमका लागि मन्त्रालयले रु ३६ लाख ४९ हजार अनुदान दिएको थियो । मर्मतसुधार, सिँचाइ आदिका लागि आउँदो आवमा पनि प्रतिरोपनी पाँच हजारका दरले मन्त्रालयबाट सहयोग आउने सहकारीले जनाएको छ । यस्तै ७५ प्रतिशत अनुदानमा ट्र्याक्टर पनि उपलब्ध हुने भएको छ । “प्रदेश सरकार र जग्गाधनी किसानको सहयोगमा चक्लाबन्दी खेतीले सार्थकता पाउँदैछ, यसै बाँझो भएर बसेको जग्गामा व्यावसायिक कृषि सुरु भएको छ”, सहकारीका अध्यक्ष शर्माले भन्नुभयो, “खेर गइरहेको जग्गा प्रयोगमा आएपछि किसान पनि खुसी छन् ।” तरकारीजन्य उत्पादनतर्फ आलुसँगै मुला, सिमी, सागलगायतको खेती गर्ने योजनामा सहकारी छ । माटो परीक्षणपछि कृषि क्षेत्रका प्राविधिकले दिएको सुझावका आधारमा यामअनुसारको खेतीपाती गरिने भएको छ । माटो परीक्षणमा सूक्ष्म जैविक तत्वको कमी पाइएकाले यही वर्ष एक सय ट्र्याक्टर गोठे मल हालिने सहकारीले जनाएको छ । माटोमा अम्लीयपन भने नभएको पाइएको छ । निलुवा पशुपालन र खेतीपातीका लागि उर्बर ठाउँ हो । त्यसलाई पहिलेपहिले गोठथरीका रुपमा चिनिन्थ्यो । किसान पशुचौपाया लगेर महिनौँसम्म त्यही गोठथरीमा बस्थे । खेतीपाती गर्थे । पछिल्लो समय भने त्यो चलन हराउँदै गयो । जसका कारण बारी बाँझै पल्टिए । गोठ रित्तिए । निलुवामा ८० भन्दा बढी परम्परागत खरका गोठ छन् । परम्परागत कृषि प्रणालीको झल्को दिने पुराना संरचनालाई संरक्षण गर्ने योजना पनि सहकारीले अघि सारेको छ । जग्गा चक्लाबन्दीमा क्रममा जीर्ण अवस्थामा रहेका १५ वटा गोठ नासिएको जनाइएको छ । वैदेशिक रोजगार, बजारमा निर्भरता, श्रमको अभावजस्ता कारणले कृषिमा आकर्षण घटेका बेला चक्लाबन्दी कार्यक्रमले गाउँका किसानलाई लाभ पु¥याउने गलकोट नगरपालिकाका कृृषि शाखा प्रमुख हरिदत्त सुवेदीले बताउनुभयो । धेरै कित्ता र स्वामित्वमा बाँडिएको जग्गामा ठूलो लगानीको कृषि व्यवसाय गर्न कठिनाइ हुने उहाँको भनाइ छ । “चक्लाबन्दी गरेर जग्गालाई एकीकृत गर्दा भूमिको सदुपयोग बढ्नुका साथै कृषि उत्पादनमा वृद्धि हुन्छ, यसबाट किसानको आयआर्जन थपिन्छ र रोजगारी पनि सिर्जना हुन्छ”, प्रमुख सुवेदीले भन्नभयो । नगरप्रमुख भरत शर्मा गैरेले व्यावसायिक कृषि उत्पादनको केन्द्रसँगै निलुवालाई पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न लगानी र पहल भइरहेको बताउनुभयो । नगरपालिकालगायतको सहयोगमा निलुवा पर्यटकीय क्षेत्र प्रवद्र्धन केन्द्रले त्यहाँ पूर्वाधार निर्माण र प्रवद्र्धनका काम गरिरहेको छ । केही वर्षअघि त्यहाँ मह शिकार महोत्सवकोसमेत आयोजना गरिएको थियो । निलुवामा ५०० मिटर अग्लो महभिर छ । रैथाने वास्तुशैलीका गोठ, मनोरम भू–बनोट, लोभलाग्दो हावापानी र हिमाली दृश्य निलुवाका आकर्षण हुन् ।