पोखरा:    नेपाली सिने क्षेत्रका लोकप्रिय कलाकार माओत्से गुरुङले आफ्नी ८४ वर्षीया आमाको शुभ जन्मदिन वृद्धाश्रम पुगेर मनाएका छन् ।   पोखरा १७ स्थित सीतापाइलामा रहेको पोखरा वृद्धाश्रममा पुगेर ...

पोखरा:   गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण भएको छ । मंगलबार पिसिआर परीक्षण गराउँदा उहाँमा कोरोना पुष्टी भएको हो ।   उहाँलाई आाइतबारदेखि सामान्य रुघा लागेकामा साेमबार बिहानबाट हल्का ज्वरो आएको थियो । साेमबार नै उहाँले चिकित्सकसँग परामर्श लिनुभएकोमा मंगलबार बिहान स्वाब संकलन गरिएको थियो । मंगलबार साँझपख मात्र परीक्षणको रिपोर्ट आएको हो । चिकित्सकका अनुसार उहाँलाई अहिले हल्का ज्वरो आए पनि अक्सिजनको मात्रा र छातीको अवस्था सामान्य छ ।   बुधबार बिहान उहाँको थप स्वास्थ्य परीक्षण गरिने भएको छ । हाल उहाँ पोखरास्थित सरकारी निवासमै आराम गरिरहनुभएको छ । कोरोना संक्रमण बढेकामा सतर्क रहन आग्रह गर्दै उहाँले मास्क, सेनिटाइजरको प्रयोग गर्न र सामाजिक दुरी कायम गर्न अनुरोध गर्नुभएको छ ।  

पाेखरा:  नेपाल हवाई खेलकुद संस्था (ना)का नवनिर्वाचित अध्यक्ष हुन् सुनिलबहादुर भट्टराई । युवावस्था सुरु भएदेखिनै पर्यटन सम्बन्धित व्यापार, व्यवसायमा संलग्न भट्टराइको काँधमा यतिबेला नाको समेत जिम्मेवारी थपिएको छ । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु भएसँगै हवाई खेलकुद क्षेत्रमाथि कालो बादल मडारिन थालेको हो । विमानस्थल सञ्चालन हुने दिन जति नजिकिँदै छ, यससम्बद्ध व्यवसायीहरुको चिन्ता पनि बढ्दैछ । यही सेरोफेरोमा भट्टराईलाई सोधिएका ५ प्रश्नः   के हो हवाई खेलकुद संस्था (ना) ? – पोखरामा स्थापना भएको ना मुलतः प्याराग्लाइडिङ्, अल्ट्रालाइटसँग सम्बन्धित क्षेत्रको खेल, पाइलट र व्यवसायी आबद्ध संस्था हो । अझ भनौ, समग्र हवाईखेलसँग सम्बन्धित सबैको प्रतिनिधिमूलक संस्था हो । जसको उद्देश्य संस्थाको वकालत गर्नु, हक–हितको पक्षमा आवाज उठाउनु र व्यावसायिक मर्यादा पालन गर्नु हो । र, ना पोखराको सम्पत्ति हो ।      यस क्षेत्रमा अनुमानित कति लगानी होला ? – १ अर्ब रुपैयाँमाथि । यस व्यवसायमा नपत्याउँदो तरिकाले लगानी बढिरहेको छ । प्याराग्लाइडिङ्मा प्रयोग हुने सम्पूर्ण सामग्री विदेशबाटै आयात गर्नुपर्ने भएकाले लगानी बढी छ । २ वर्ष कोरानाले शिथिल बनाएपछि बीचमा व्यापार नै ठप्प भयो नत्र लगानीको ग्राफ अझ बढ्ने थियो ।   विशेषतः प्याराग्लाइडिङ्मा विदेशीले पनि पोखरा नै रोजेको पाइन्छ नी ? – हो । विदेशीको आकर्षण बढी छ । विश्वकै उत्कृष्ट ३ मा पोखरा पर्छ । यसको मुख्य कारणः पहिलो त प्रकृति नै हो । त्यसपछि सुरक्षा । पोखरामा प्याराग्लाइडिङ् निकै सुरक्षित मानिन्छ । सुरक्षामा प्रकृतिको देन छ । त्यसो त यो क्षेत्रमा दुर्घटना खासै हुँदैन त्यसमाथि फेवातालकाकारण दुर्घटना भएपनि ज्यानै जानसक्ने सम्भावना न्यून छ ।    त्यस्तै, वर्षमा करिब ३ सय ५० दिन प्याराग्लाइडिङ् उडाउन सकिने मौसम पोखरामा छ । व्यावसायिक उडान भरिने टेन्डमको समय लगभग आधा घण्टा भएपनि सोलोका सौखिनलाई ४–५ घण्टासम्म उड्न मिल्छ । हामीले पोखरामा आयोजना गरेको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागीले गरेको प्रशंसाले पनि यहाँ आकर्षण बढाउँदै लग्यो, प्रचार भयो ।    नयाँ विमानस्थल संचालनपछि प्याराग्लाइडिङ अवरुद्ध हुने चर्चा छ नी ? – चर्चामात्रै हैन, प्याराग्लाइडिङ् नै विस्थापन गर्ने कुरा भइरहेको छ । प्याराग्लाइडिङ् भनेको पोखराको विश्वविख्यात प्रडक्ट हो । नेपालीले अन्तर्राष्ट्रिय प्रतियोगितामा मेडल जितेको खेल हो । यहाँ नयाँ विमानस्थलकाकारण यसलाई विस्थापित गर्न खोजिदैछ ।    अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि पोखरामा पर्यटन बढ्छ । यसमा दुईमत छैन । विमानस्थल हाम्रो (पोखरेलीको) गर्वको योजना हो । हामी खुशी छौ । तर विदेशको अभ्यास हेर्दा अन्तर्राष्ट्रिय विमानस्थल भएको क्षेत्रमा पनि प्याराग्लाइडिङ् सञ्चालन भइरहेको छ । हामी पर्यटकको संख्या बढाउने, उनीहरुको बसाई लम्ब्याउने कुरा गरिरहँदा भएका प्रडक्टलाई हटाउँदै जाने नीति स्वीकार गर्न सक्दैनौं । हिजोको दिनमा ह्वाइटवाटर राफ्टिङ्को क्रेज थियो । जसै बिनायोजना हाइड्रोपावर कम्पनी खोल्न थालियो आज त्यो प्रडक्ट नै हराएजस्तो भएको छ ।    यसर्थ, ६५ सदस्य र ३ सय ७५ पाइलट आबद्ध भएको हवाई क्षेत्रलाई विस्थापन गर्ने हो भने भोली पोखरा घुम्न आउनेको संख्यासमेत प्रभावित हुनसक्छ । पोखराले ताल र हिमालमात्रै बेचेर पर्यटन उकालो लाग्दैन । त्यसैले सम्बन्धित निकायले सुक्ष्म अध्ययन गरी विमानस्थल र प्याराग्लाइडिङ दुबैलाई चलायमान गराउनुपर्छ ।    नागरिक उड्डयन प्राधिकरणले विकल्प खोज्न भनिसकेको छ । अब के गर्ने ? – हामीसँग सम्बन्धित उडान क्षेत्र पोखराको उत्तर–पश्चिम क्षेत्र हो । पोखराको विमानस्थलमा पूर्वी र पश्चिम क्षेत्र प्रयोग हुन्छ । यहीबाट समस्याको समाधान खोज्न सकिन्छ । आकस्मिक अवस्थामा विमानलाई ‘होल्डिङ जोन’ चाहिए प्याराग्लाइडिङको उडान क्षेत्र चाहिनसक्छ भन्ने हो । तर यो लिस्ट एप्रोच अर्थात कम आवश्यक/सम्भावनाको कुरा हो ।    विमानस्थल आसपास विमानको उँचाई लगभग ५ हजार मिटरमा हुने भएकाले पनि हामीबाट असर हुने सम्भावना छैन । त्यस्तै विमानस्थलबाट उडान भर्दा ‘लेफ्ट टर्न’ गरियो भने पनि हामी विस्थापित हुँदैनौ । त्यसो त पूर्वपर्यटनमन्त्री योगेश भट्टराईको पालमा ना, पर्यटन मन्त्रालय र नागरिक उड्डयन मन्त्रालयबीच भएको छलफलमा हामी विस्थापित हुनुपर्ने आधार देखिएको थिएन ।   त्यसेबला हामीले प्याराग्लाइडिङ्का यात्रुबाट टिकटमार्फत लिएको शूल्कको केही हिस्सा विमानस्थललाई दिने कुरा पनि गरेका थियौं । हामीले उपलब्ध गराउने पैसाले विमानस्थलको रिन तिर्न सघाउ पुगोस् भन्ने उद्देश्य पनि छ ।  अर्काे विकल्प भनेको आन्तरिक उडानलाई हामीबाट कुनै खतरा छैन । अन्तर्राष्ट्रिय उडानको सेड्युल भोलिदेखि नै ह्वात्तै बढ्ने पनि होइन । यसकारण हामीलाई उडान तालिका दिइयो भने हामी त्यसबाहेकको समय व्यवसायलाई निरन्तरता दिन्छौं ।   ना अझैपनि पर्यटन र व्यवसाय जोगाउन लागिरहेको छ । र, हाम्रो प्याराग्लाइडिङ् उडिरहनेमा हामी सम्पूर्ण आशावादी छौं ।      प्रस्तुतीः दिपक के श्रेष्ठ

पर्यटन र प्रकृतिमार्फत संसारमा चिनिएको पोखरामा सर्वसाधारणलाई शौंच गर्ने स्थान छैन । सार्वजनिक शौचालयको अभाव रहेको पोखरामा मेयर धनराज आचार्यले नयाँ आइडिया ल्याएका छन् ।    उनको आइडिया हो ‘म्युचुअल बेनेफिट’ अर्थात् सामुहिक लाभ । महानगरले सर्वसाधारणलाई शौचालय प्रयोग गर्न दिन अपीलमार्फत व्यक्ति, संस्थालाई सार्वजनिक आव्हान गरेका छन् ।    अपीलमा भनिएको छ ‘शौचालयमाा आवश्यक पर्ने सफाई एवं स्यानिटरी सामग्रीमा महानगरले लागत सहभागिता जनाउने, सर्वसाधारणको जानकारीको लागि यस्ता स्थानमा विशेष र पहिचानयुक्त लोगो÷संकेत राख्ने गरी कार्यपालिकाबाट निर्णय भएको छ ।’   शौचालय सार्वजनिकरुपमा निशूल्क प्रयोग गर्न दिने व्यक्ति एवं संस्थालाई महानगरले सेवा, सुविधामा नीतिगत प्राथमिकता दिने जनाएको छ । त्यस्तै, सहयोगी व्यक्ति वा संस्थाको नाम र नम्बर महानगरले वेबसाइटमा राख्नेछ ।    सार्वजनिक अपीलअनुसार इच्छुकले यही साउन मसान्तभित्र निवेदन दिइसक्नु पर्नेछ । 

पोखरा महानगरपालिकामा नयाँ आर्थिक वर्षसँगै करारमा कार्यरत कर्मचारीहरुमा खैलाबैला मच्चिएको छ ।    देशकै ठूलो महानगरमा कर्मचारीको संख्या पनि उत्तिनै छ । यहाँ करारमामात्रै  ३ सय ५० बढी कर्मचारी छन् । अघिल्लो मेयरको कार्यकाल सकिनलाग्दा समेत कर्मचारी भर्ति रोकिएको थिएन ।    प्रायः करारका कर्मचारीको करार अवधि थपिँदै गरेपनि यसपटक महानगपालिकाकाले अनुमानित १५ करोड रुपैयाँ छुट्याएर करारको समस्या समाधान गर्न लागिपरेको छ । महानगरमा करार सेवा रहेकामध्ये कतिपय १८ वर्षदेखि निरन्तर सेवामा छन् ।    जसमध्ये केहीलाई ६ महिनाभित्र स्थायी गर्ने आश्वासनमा राखिएको करारमध्येका कर्मचारी रेशम जिसी बताउँछन् । तर ६ महिना भनिएपनि उनीलगायत कर्मचारीहरु अझैपनि करारमै कार्यरत छन् ।      त्यसोे त अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)का अनुसार पनि कुनैपनि कर्मचारीलाई ६ महिनाभन्दा बढी अस्थायी वा करारमा राख्न पाइँदैन । प्रत्येक वर्ष करार सम्झौता नवीकरण गर्दा वाक्क भएका कर्मचारीले सर्वाेच्च अदालतमा मुद्दा हालेर फैसला समेत भइसक्यो ।    ‘सर्वाेच्चको फैसलामा आन्तरीक प्रतिष्पर्धा गराई स्थायी गराउनु भन्ने आदेश दिइएको छ’ उनै जिसी भन्छन् ‘तर महानगरपालिकाबाट सुनुवाई भएन ।’ सरसफाई शाखाअन्तरगत ल्याण्डफिल्ड हेर्दै आएका जिसीले पनि महानगरमा १८ वर्ष बिताइसकेका छन् ।      सर्वाेच्चकै आदेश अटेर गरेपछि जिसीलगायतले मानहानीको मुद्धा हाले । उक्त मुद्धाको पनि सुनुवाई भइसकेको छ । तर ०६४ साल अघिदेखि कार्यरतहरु अझैपनि करारमै अल्झिरहेका छन् ।    यस विषयमा के गर्ने भन्ने विषयमा लोकसेवा आयोगसँग महानगरले परामर्श थालेको छ ।    हाल निर्वाचित मेयर धनराज आचार्यले रकमै विनियोजन गरेको थाहा पाएपछि करारमा कार्यरत कर्मचारीहरु झनै सशंकित भएका छन् । असार मसान्तदेखि करार अवधि सकिएको हो । अब नवीकरण हुने हो वा होइन भन्नेबारे महानगर प्रशासनले हालसम्म जानकारी दिएको छैन ।    हाल महानगरले विनियोजन गरेको बजेटमार्फत करारका केही कर्मचारीलाई ‘गोल्डेन ह्याण्डसेक’ गर्ने सम्भावना रहेको समेत बताइएको छ । तर यससम्बन्धी स्पष्ट कानून नभएकाले यसै भन्न सकिने अवस्था नरहेको महानगर बताउँछ ।    महानगरले कर्मचारी परिपूर्तिकालागि प्रदेश लोकसेवा आयोगबाट नियुक्त गर्ने तयारी पनि गरिरहेको छ । तर पुराना कर्मचारीलाई के गर्ने भन्ने विषयमा प्रदेश सरकारसमक्ष जानकारी गराएपनि हालसम्म प्रतिक्रिया नआएको महानगरका सूचना अधिकृत भरतराज पौडेल बताउँछन् ।    यस विषयमा मेयर आचार्यले हाल गृहकार्य गरिरहेका छन् । केही दिनभित्र यससम्बन्धी निर्णय हुने पौडेलले जानकारी दिए । महानगर भने सकेसम्म आयोगबाटै छनौटमार्फत नियुक्ति गरी एकैपटक समस्या सल्टाउने तयारीमा रहेको छ ।    यस्तै दोधारे स्थितिमा करार कर्मचारीहरु भने कार्यावधि सकिएपनि सम्झौता नवीकरण हुने आशमा काम गरिरहेका छन् । ०६४ अघिदेखि कार्यरत एक कर्मचारी भन्छन् ‘१६ वर्षदेखि निरन्तर काम गरिरहेको छु, नगरपालिकामै उमेर बित्यो, नवीकरण भएन भने कता गएर, के गर्ने, सोच्न सकिरहेको छैन ।’

कास्की:  पोखरा महानगरपालिका ८ स्थित बगालेटोलमा २२ वर्षिया सुमना खनाल मृत भेटिएकी छिन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार शनिबार उनी रेलिङमा सलले पाँसो लगाएको अवस्थामा मृत भेटिएकी हुन् ।   मृतक खनालको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको कास्की प्रहरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक सुन्दर तिवारीले जानकारी दिए । ‘मृतकको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएको छ, तिवारीले भने, ‘शवको अवस्था शंकास्पद थिएन ।’   डिएसपी तिवारीका अनुसार मृतकका श्रीमान नेपाली सेनामा कार्यरत छन् । खनाल पोखरा बहुमुखी क्याम्पसमा स्नातक दोस्रो वर्षमा अध्ययनरत थिइन् ।

पोखरा महानगरपालिकाको मूलगेटसँगै राखिएको एनआइसी एसिया बैंकको एटीएम (अटोमेटेड टेलर मसिन)बाट चोरी गर्ने उद्देश्यले मेसिन फोड्ने सिताराम पुन मगर (नारायण) पक्राउ परेका छन् ।    रोल्पाको सुनसरी गाउँपालिका स्थायी ठेगाना भएका १९ वर्षे पुनले शुक्रबार मध्यरातको साढे १२ बजे एटीएम मेसिन फोडेका थिए । मेसिन फोडेर फरार पुनलाई शनिबार सिआरभी प्रहरीले अमरसिंह आसपासबाट पक्राउ गरेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख एवं डिएसपी युवराज भण्डारीले जानकारी दिएका छन् ।    पुनलाई सिसिटीभी फुटेजको आधारमा पहिचान गरी पक्राउ गरिएको हो । फुटेजमा देखिए अनुसार उक्त कार्यमा थप २ जनाको संलग्नता देखिएको छ । यद्यपि, उनीहरु पक्राउ परेका छैनन् ।    मेसिन तोडफोड गरेपनि नगद सुरक्षित रहेको डिएसपी भण्डारीले बताए । पुनलाई हाल जिल्ला प्रहरी कार्यालय कास्कीमा राखेर अनुसन्धान सुरु गरिएको छ । 

नेकपा एमालेका महासचिव शंकर पोखरेलले गभर्नर महाप्रसाद अधिकारीको बचाउ गरेका छन् ।    प्रेस चौतारी गण्डकी प्रदेश समितिले आज पोखरामा गरेको पत्रकार सम्मेलनमा धारणा राख्दै महासचिव िपोखरेलले कालो धन राखेर छट्पटाएकाहरुले गभर्नर अधिकारीलाई हटाउ अनेक प्रपञ्च गरेको दाबी गरे ।    ‘कालो धनलाई सेतो बनाउन नदिने अडानमा रहेका गर्भनरलाई हटाउन अनेक प्रयास भइरहेको छ’ पोखरेलले भने ‘स्वार्थी समूहको योजना अधिकारी रहुञ्जेल सफल नहुने भएपछि उनलाई हटाउँन खोजिएको छ ।’   एमालेलाई 'एम अधिकारी को हुन् ?' भनेर सोधिएपछि पार्टीले विज्ञप्तीमार्फत स्पष्टरुमा व्यक्ति खुलाइसकेको भन्दै सोही भनाइ नै आधिकारिक भएको उनले प्रष्ट्याए ।    लुम्विनी प्रदेशको पूर्वमुख्यमन्त्रीसमेत रहेका पोखरेलले नेपालको अर्थतन्त्र सुधान गर्न खोज्दा गर्भनरमाथि चौतर्फी आक्रमण भएको धारण राखेका छन् ।   सोहीक्रममा उनले गठबन्धनकै कारण मुलुक संकटको भुँमरीमा फँस्दै गएको धारणा राखे ।

काठमाडौं- सर्वोच्च अदालतले अर्थ मन्त्रालयको सिसिटिभी क्यामेराले कैद गरेका डाटाहरु सुरक्षित राखिएको छैन भन्ने अनुमानसमेत गर्न नसकिने भन्दै सो सम्बन्धमा तत्काल अन्तरिम आदेश जारी गर्नु नपर्ने जनाएको छ ।   न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सिंहदरबार देशको केन्द्रीय प्रमुख प्रशासकीय परिसरभित्रको सुरक्षासमेतलाई दृष्टिगत गर्दा सम्बन्धित निकायहरुले सिंहदरबारभित्र पर्ने अर्थ मन्त्रालयलगायत अन्य मन्त्रालयहरूको सिसिटिभी सुरक्षित नै रहेको अनुमान गर्न सकिने बताएको छ ।   सर्वोच्चले सिंहदरबारको सुरक्षा संवेदनशीलताको कारण यी दृश्य मेटिए होलान् भनी अनुमान गर्न नसकिने भन्दै अन्तरिम आदेश आवश्यक नभएको बताएको छ ।   अदालतले बजेट निर्माणको गोपनीयता र संवेदनशीलता जोडिएको विषयसँग सम्बन्धित निवेदन भएकाले चाँडो टुंगोमा पुर्याउनुपर्ने भन्दै प्राथमिकता दिन अग्राधिकारको आदेशसमेत दिएको छ ।   अधिवक्ताहरू सरोजकृष्ण घिमिरे, बाबुराम अर्याल र कपिलदेव ढकालले अर्थ मन्त्रालय र अन्य मन्त्रालयसमेत सिसिटिभी फुटेज सुरक्षित राख्न माग राखी दायर गर्नुभएको रिटको प्रारम्भिक सुनुवाइमा सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो 

पोखरा:  पोखरामात्र नभई देशकै आकर्षण फेवातालबीच रहेको तालबाराही मन्दिरको पूनर्निमाण हुने भएको छ ।  सुन्दर नगरी पोखरालाई पर्यटकीय शहरकोरुपमा चिनाउन सफल तालबाराहीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तरगत पुरातत्व विभागले पूननिर्माण गर्ने भएको हो ।    मन्दिरलाई पुरातत्व विभागसँगको सहकार्यमा ३/४ फिट उत्तरतर्फ बढाएर मन्दिरको निर्माण गर्ने विषयमा गुठी र विभागसँग छलफल भइरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले जानकारी दिए ।  ‘०७२ साल बैशाख १२ गतेको भुकम्पले केही दक्षिणतर्फ ढल्किएको थियो’ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुँवरले भने, ‘मन्दिरको छेउमा बुढो आँपको रुख थियो रुख हटाइयो, अब पुरातत्व विभागको सहयोगमा मन्दिर पूननिर्माण गर्न लागिएको हो ।’    उनले समितिको एकोहोरो निर्णयले केही पनि गर्न नपाइने बताउदै भने, ‘तालबाराही मन्दिर व्यवस्थापन समिति र गुठी संस्थानको एकोहोरो निर्णयले मन्दिरका पुनःनिर्माण गर्न पाईदैन, यस क्षेत्रलाई पुरातत्व विभागले हेर्ने भएकाले विभागका इन्जिनियरहरुले ढल्किएको मन्दिरको अवलोकन गरेर गएकाले मन्दिरको पुनःनिर्माण छिटै हुनेछ ।’ तालबाराही मन्दिर पुनःनिर्माण भए पनि अहिलेको शैलीमा नै निर्माण हुनेछ ।   अहिले मन्दिरको दर्शनमा आउने भक्तजनको सहजताको लागि पूर्वबाट मन्दिरमा प्रवेशद्वार र पश्चिमबाट बाहिरिने गरी पूननिर्माण गर्न पुरातत्व विभागसँग कुराकानी भएको अध्यक्ष कुँवरले बताए ।   उनले पूनर्निमाण गर्दा उत्तरतर्फ करिब ३ देखि ४ फिट सार्नेबारे छलफल भइरहेको जानकारी दिए । ‘मन्दिर सानो भइराछ त्यसले गर्दा यसको चक्लाई बढाउनुपर्ने र दक्षिणतर्फ भाग ढुंगाको प्लेटमाथि बसेको हुनाले यसलाई ३/४ फिट उत्तरतिर सार्न सकियो भने बढि सुरक्षित हुन्थ्यो भन्ने भएर छलफल भइराछ ।’ अध्यक्ष कुँवरले भने ।    तालबाराही क्षेत्रमा पर्यटकीय आकर्षण बढाउने उद्देश्यसहित स्वर्गीय माता पिताको स्मृतिमा आफ्नो निजी लगानीमा राष्ट्रिय झण्डा निर्माण गरेको अध्यक्ष कुँवरले बताए । उनका अनुसार झण्डासँगै भक्तजनका लागि खानेपानीको ट्याङ्की समेत व्यवस्था गरिदिएका छन् ।   तालबाराही मन्दिर कुल ३ रोपनी ८ आना क्षेत्रफलमा रहेको छ भने मन्दिरको निर्माण २०१७ सालमा निर्माण गरिएको थियो ।