पोखरा:   कास्की क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि सभा सदस्यको उम्मेदवार बिना गुरुङले मतदातासँग भेट्ने तथ नीतिगत तहबाट गर्न सकिने कामहरुको छलफल गर्ने अभियान चलाइरहेकी छन् । &nbs...

राष्ट्रिय स्वतन्त्र पार्टीको पोखरामा आयोजित गण्डकी प्रदेश भेलामा सम्बोधन गर्ने क्रममा पार्टीका सभापति रवि लामिछानेले आम, सर्वसाधरणको जीवन बदल्न राजनीतिमा आएको बताएका छन् ।    प्रदेशका प्रायः सबै जिल्लाबाट पोखरा सभागृहमा भेला भएका सहभागीबीच अध्यक्ष रविले भने, ‘म टाउकोमा कफन बाँधेर राजनीतिमा आएको छु ।’ पार्टी स्थापनालगत्तै ‘यसलाई राजनीति गर्न आउँदैन’ भनि गरिएको आलोचनाको जवाफ दिँदै लामिछानेले ‘मलाई राजनीति गर्न आउँदैन तर विदेशमा दुख पाएकाहरुको घाउमा मल्हम लगाउन आउँछ’ भनेका छन् ।    सम्बोधनको सुरुवातमै पोखराले धेरै माया र प्रेरणा दिएको भन्दै उनले भने ‘नमस्कार, मलाई यही आँखाले हेरिरहनुहोला ।’   ‘स्वतन्त्र पार्टीको वाद के हो ? भनि सोधिएको प्रश्नको उत्तरसमेत उनले पोखराबाट जवाफ दिन भ्याए । ‘संवैधानिक समाजवाद’, रविको जवाफ छ ।  उनले न्यायमा आम जनताको पहुँच नभएको भन्दै राजनीतिक दलको कोटाबाट न्यायाधीश नियुक्त गर्ने परिपाटीको विरोध गरे ।    उनले यातायात, मालपोत, सडक र रोजगारको क्षेत्र लथालिंग भएको भन्दै आजसम्म नेतृत्वले किन ठिक गर्न सकेनन् भन्दै प्रश्नसमेत गरे ।    अब प्रश्न सोध्ने कामबाट बिदा लिएको भन्दै अब जवाफ दिने ठाउँमा जाने यात्रा सुरु गरेको भन्दै प्रदेशवासीलाई साथ र समर्थन गर्न आग्रह गरे ।    उनले सम्बोधनको अन्त्यमा आगामी चुनावमा पार्टीलाई भोट दिन आग्रह गर्दै भने, ‘तपाई अब मन बदल्नुहोस्, छाप बदल्नुहोस्, हामी देश बदल्ने छौं ।’   पार्टीले केहि दिनयता सदस्यता लिन चाहनेकालागि अनलाइन फर्मकोसमेत व्यवस्था गरेको छ ।     

नेपाली कांग्रेस कास्कीले विशेश्वरप्रसाद कोइरालाको ४० औं स्मृति दिवसको अवसरमा विपिचोक सिंगारेको छ ।    पोखरामा मुख्य बजार क्षेत्रको चोकमास्थित विपिको शालिक र उक्त क्षेत्रमा सरसफाई एवं पुष्परोपण गर्दै कांग्रेसले स्वर्गीय नेतालाई सम्झेको छ ।    उक्त अवसरमा कास्की सभापति किशोरदत्त बरालले विपीको सिद्धान्त र आदर्शमा नेपाली कांग्रेस अघि बढेको बताउँदै सम्पूर्ण कार्यकर्तालाई विपिबारे अध्ययन गर्न र बुझ्न अनुरोध गरे ।    कार्यक्रममा नेपाली कांग्रेस वडा नम्बर ९ को समेत सहभागिता रहेको थियो । 

गैती, बेल्चा उचालेर, पहाडलाई छिचोलेर । डाँडाकाँडा बाटो बनायो ।। के पायो नी कुल्ली दाइले, के पायो नी कुल्ली भाइले । अर्कैले ट्याक्सी गुडायो, अर्कैले मोटर गुडायो ।।   उल्लेखित जनवादी गीतमा रचना, स्वर र संगीत खुशिराम पाख्रिनको रहेको छ । जसको भावले घामपानी, भोक, तिर्खाकाबावजुद श्रमिकले बनाएको बाटोमा सामन्तीले मोटर कुदाएको वृत्तान्त छ ।    ‘३० वर्षे कालरात्री’ मानिने पञ्चायतकालमा रचिएको गीतका भाव अब उल्टो सुनिन थालिएको छ । हाल विश्वकै अब्बल मानिने गणतन्त्रमा सोही गीतको धरातलबाट माथि उठेकाहरु आफै मोटर कुदाउन थालिसकेका छन् । त्यो पनि लाखको हैन, करोडौंको ।    प्रसंग हो, गण्डकी प्रदेश सरकारले पछिल्लो ४ वर्षमा गाडीमा खर्चिएको रकमको नालिबेली ।    ५ वर्षे कार्यकालको अन्तिम वर्षमा आइपुग्दा गण्डकी प्रदेशले गाडी किन्न र मर्मत गर्नमात्र ८९ करोड ५० लाख रुपैयाँ खर्चिएको छ ।    जसमध्ये गाडी खरिदमामात्रै ७२ करोड ४० लाख २९ हजार रुपैयाँ खर्च गरेको छ । यसअवधिमा उक्त गाडीको मर्मतसम्भारमा १७ करोड ८ लाख ७० हजार रुपैयाँ खर्च भएको हिसाब छ ।    यसबीच, साढे ८९ करोड सकिएपनि यस आर्थिक वर्षमा गाडी खरिदकै शीर्षकमा अर्थमन्त्री रामजी बरालले ६ करोड ८३ लाख ६८ हजार रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै, साढे २८ लाख रुपैयाँ मर्मतसम्भारको नाममा छुट्याइएको छ ।    यस आर्थिक वर्षमा छुट्याइएको बजेट अघिल्ला वर्षको तुलनामा कम हो । ‘अर्थमन्त्रीज्यूले गाडी खरिदलाई प्राथमिकतामा नराख्नु भएकाले कम बजेट विनियोजन गर्नुभएको हो’ मन्त्रालयले स्रोतले सुनगाभा न्यूजलाई जानकारी दिएको छ ।    यस विषयमा अर्थमन्त्री रामजी बराल भन्छन् ‘संघ सरकारले गाडी खरिदमा करिब करिब प्रतिबन्धनै लगाएको छ, तैपनि केही आवश्यकता महशुस भएकाले बजेट छुट्याइएको हो ।’   विशेषतः मन्त्री, सचिव र पदाधिकारीलाई गाडी सुविधा दिने भन्ने उल्लेख गरिएकाले सोही अनुसार थोरै भएपनि रकम छुट्याएको मन्त्री बरालको भनाई छ । गाडीको आवश्यकता रहेको बताउँदै उनले आवश्यकता भन्दापनि प्रदेशले   अवस्था बुझ्नुपर्ने भन्दै यसअघि नै यस शीर्षकमा धेरै रकम खर्च भइसकेकाले यसपटक थोरै राख्नपरेको उनले बताए । उनले भने, ‘मेरो चाहना त गाडी खरिद–मर्मतमा बजेट छुट्याउने नै थिएन ।’   प्रदेशको बजेटमा गाडी खरिदमा जति रकम विनियोजन गरिन्छ त्यसमा मर्मतसम्भारको ठूलो हिस्सा सकिने गरेको पाइन्छ । यस आर्थिक वर्षमा पनि मर्मतकै नाममा साढे २८ लाख रुपैयाँ विनियोजन गरेको सन्दर्भमा मन्त्री बराल भन्छन् ‘हो, मर्मतमा भएको खर्च धेरै जस्तो देखिएको छ तर यस विषयमा गर्ने र बोल्ने निकाय भौतिक मन्त्रालय हो उतै सोध्नपर्ला ।’   अर्थले रकम उपलब्ध गराउने र भौतिकले खर्च गर्ने भएकाले यस विषयमा अनविज्ञता जाहेर गर्दै अबदेखि सवारीसाधनको इन्धन र मर्मतको जिम्मा सम्बन्धित मन्त्रालयले नै गर्ने व्यवस्था सुरु गर्ने बरालले जनाएका छन् ।    आर्थिक वर्ष २०७५ देखि ०७९ सम्म प्रदेश सरकारहरुले गाडी खरिदमामात्र ६ अर्ब २४ करोड ७७ लाख ३७ हजार रुपैयाँ सकेका छन् । यस आर्थिक वर्षमा गाडी खरिदमा रकम नछुट्याउने योजना रहेपनि केही प्रदेशले किन्नैपर्ने बाध्यता रहेको भन्दै बजेट विनियोजन गरेका छन् ।   

पोखरा महानगरपालिकाको मेयर निर्वाचित भएपछि धनराज आचाार्यले २ महिनाभित्र सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रतिबद्धताअनुरुप उनले वचन पुरा गरेका छन् ।    मेयर आचार्यले बुधबार साँझ सार्वजनिक गरेको विवरण अनुसार उनी नेपालकै ‘धनी’ मेयर कहलिएका छन् ।    उनले सार्वजनिक गरेअनुसार आचार्यको ४ वटा घर रहेकोछ । जसमध्ये २ घर पोखराको नयाँबजारमा छ । उक्त घरको स्वामित्व श्रीमति पुष्पाको नाममा छ । त्यस्तै, एउटा घर पोखराको ११ नम्बरमा छ भने अर्काे काठमाण्डौंको सीतापाइलामा रहेको विवरणमा उल्लेख छ ।    सार्वजनिक गरिएको विवरणमा आचार्यसँग दोलखामा करिब ८७ लाख रुपैयाँ पर्ने ५८ रोपनी ७ आना जग्गा रहेको छ । घर र जग्गाको हालको मूल्यअनुसार अनुमानित १५ करोड रुपैयाँ रहेको छ ।    त्यस्तै, आचार्यसँग ३ कार, १ भ्यान र ३ स्कुटर रहेको छ । कारमध्ये एउटा जापानमा बनेको टोयोटा कम्पनीको ¥याभ–४ हो । सवारीसाधनको कूल मूल्य २ करोड रुपैयाँ उल्लेख छ ।    यसैगरी,  मेयर आचार्यको २५ करोड ९९ लाख ४५ हजार ६ सय १६ रुपैयाँ बराबरको सेयर र विभिन्न कम्पनीमा लगानी छ भने बैंकमा १५ लाख रुपैयाँ बचत रहेको उल्लेख छ ।    मेगा बैंक र सिटी डेभलपमेन्ट बैंकमा प्रमुख सेयर रहेको आचार्यको सुपर मादी हाइड्रो, हेवा खोला हाइड्रो र तमोर जलविद्युत आयोजनामा पनि लगानी रहेको छ ।     ४३ करोड ६१ लाख ४५ हजार ४५ हजार ६ सय १६ रुपैयाँ बराबरको सम्पत्ति देखाएका मेयरसँग २ करोड ८५ लाख रुपैयाँ ऋण तिर्न बाँकी छ ।    साथै, विवरणमा आचार्यले ५ तोला हिरा, ५४ तोला सुन र ३८ तोला चाँदी रहेको जनाएका छन् ।    पृथ्वीनारायण क्याम्पसमा स्ववियुबाट राजनीतिसँगै व्यापारमा हात हालेका आचार्य सभापति भएपछि राजनीतिक कम र व्यापारमा बढी लागेका हुन् । सुरुवाति दिनमा पुस्तक पसल र पब्लिकेशनमा हात हालेका आचार्य ३ दशकभित्र जलविद्युत, कृषि, पर्यटन, बैंकलगायत २ दर्जन व्यावसायिक प्रतिष्ठानका मालिक बनेका छन् ।    व्यापारमा सफल मानिएका आचार्य पछिल्लो समय नेकपा एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादीबाट महानगरको मेयर चुनिएका हुन् ।   

बुवा योगेन्द्रबहादुर बस्नेतको उपचारकोक्रममा अस्पताल र चिकित्सकको लापरवाही मृत्यु भएको भन्दै बस्नेत परिवार न्याय मागिरहेका छन् ।    पोखरामा शिक्षाप्रेमी कहलिएका बस्नेतको जेठ २२ मा पित्तथैलीको अप्रेशन गरिएपनि  जेठ २५ गते मृत्यु भएको थियो । शल्यक्रिया गरेको २ दिनपछि बुबालाई ह्दयघाट भएको र हृदयघातपछि जसरी चिकित्सकीय निगरानी र उपचार हुनुपथ्र्यो त्यो नभएको उनको दाबी छ ।    पोखरामा पत्रकार सम्मेलन गर्दै छोरा समिरबहादुर बस्नेतले काठमाडौंको नख्खुस्थित नेपाल मेडिसिटी हस्पिटल र डा. सुनिल शर्माको लापरवाहीका कारण आफ्ना बुबाको ज्यान गएको भन्दै दोेषीमाथि कडा कारवाहीको माग गरेका छन् । अस्पताल र सम्बन्धि चिकित्सककै लापरवाहीले बुबाको ज्यान गएको उनको भनाई छ ।    हस्पिटलका डा. जयन्द्र बज्राचार्यको नेतृत्वमा छानविन समिति गठन गरिएपनि ४२ दिन बितिसक्दा समेत मृत्युको कारण र राम्रो संग छानबिन समेत हुन नसकेको भन्दै उनले घटनाको सत्यतथ्य छानबिन गरी दोषिलाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने माग राखे । डा शर्माले बिरामीको अवस्था बुझ्न डा। राजीव मिश्रलाई अग्रह गरेपनि मिश्रले भने अस्पतालमा उपस्थित नै नभई बिरामीको अवस्था सामान्य रहेको भनी गलत रिपोर्ट गरेका थिए ।   छानबिनका लागी असार ६ गते निवेदन दिए पछि हस्पिटलले ३ जना डाक्टरलाई निलम्बन गरी अनुसन्धान अगाडि बढाउने भनिएपनि आफूहरुले पटक पटक ताकेता गर्दा समेत अहिलेसम्म कुनैपनि जानकारी नगराईएको उनले बताए । घटनाबारे जानकारी लिन खोज्दा छानबिनमा संलग्न डा. बज्राचार्य र डा. नीलमणि उपाध्याय सम्पर्कमा नै आउन नखोज्नुले हस्पिटल प्रशासनले घटनालाई आलटाल गर्न खोजेको बस्नेतले आरोप लगाए ।   छानबिनका लागि असार २८ मा नेपाल मेडिकल काउन्सिलमा उजुरी दिएपनि काउन्सिलका अध्यक्ष डा। कृष्ण अधिकारीले छानबिन गर्न लामो समय लाग्ने जानकारी गराएको भन्दै उनले कहिले सम्म छानबिन सकिने हो र घटनाबारे यथार्थ जानकारी पाउन कति समय पर्खनुपर्ने हो भन्दै प्रश्न गरे । तनहूँको शुक्लागण्डकी–३ स्थायी घर भएका बस्नेत जिल्ला शिक्षा अधिकारी हुँदै क्षेत्रीय शिक्षा निर्देशक समेत भएर कार्य गरेका थिए ।

नेपालमा साउन लागेसँगै महिलाहरुको रोजाइमा पर्छ मेहन्दी ।   हात, खुट्टालगायतको भागमा लगाइने मेहन्दी देशकै विभिन्न भागमा पाइने फुल र बोट बिरुवाबाट बनाइँदै आएपनि पछिल्लो समय भारतबाट रेडिमेड झिकाउन थालिएको छ ।    वर्षमा प्रायः एकपटक लगाइने मेहन्दी भारतबाट झिकाउँदा अर्बभन्दा बढी मुद्रा बाहिरिने तथ्य सार्वजनिक भएको छ । भारतीय वाणिज्य विभागको तथ्यांकअनुसारल यस आर्थिक वर्ष ०२१/२२ मा भारतले १ अर्ब ३७ करोड रुपैयाँ बराबरको मेहन्दी निर्यात गरेको छ ।    यद्यपि, भारतले निर्यात गर्ने मेहन्दीको बजारमा नेपाल दोस्रो स्थानमा पर्दछ । तथ्यांकका अनुसार मेहन्दी निर्यातको पहिलो बजार अमेरिका रहेको छ ।    भारतको मेहन्दी निर्यातमा नेपालले ११ दशमलव ९१ प्रतिशत हिस्सा ओगटेको जनाइएको छ ।   

पोखरा:   गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण भएको छ । मंगलबार पिसिआर परीक्षण गराउँदा उहाँमा कोरोना पुष्टी भएको हो ।   उहाँलाई आाइतबारदेखि सामान्य रुघा लागेकामा साेमबार बिहानबाट हल्का ज्वरो आएको थियो । साेमबार नै उहाँले चिकित्सकसँग परामर्श लिनुभएकोमा मंगलबार बिहान स्वाब संकलन गरिएको थियो । मंगलबार साँझपख मात्र परीक्षणको रिपोर्ट आएको हो । चिकित्सकका अनुसार उहाँलाई अहिले हल्का ज्वरो आए पनि अक्सिजनको मात्रा र छातीको अवस्था सामान्य छ ।   बुधबार बिहान उहाँको थप स्वास्थ्य परीक्षण गरिने भएको छ । हाल उहाँ पोखरास्थित सरकारी निवासमै आराम गरिरहनुभएको छ । कोरोना संक्रमण बढेकामा सतर्क रहन आग्रह गर्दै उहाँले मास्क, सेनिटाइजरको प्रयोग गर्न र सामाजिक दुरी कायम गर्न अनुरोध गर्नुभएको छ ।  

पाेखरा:  नेपाल हवाई खेलकुद संस्था (ना)का नवनिर्वाचित अध्यक्ष हुन् सुनिलबहादुर भट्टराई । युवावस्था सुरु भएदेखिनै पर्यटन सम्बन्धित व्यापार, व्यवसायमा संलग्न भट्टराइको काँधमा यतिबेला नाको समेत जिम्मेवारी थपिएको छ । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु भएसँगै हवाई खेलकुद क्षेत्रमाथि कालो बादल मडारिन थालेको हो । विमानस्थल सञ्चालन हुने दिन जति नजिकिँदै छ, यससम्बद्ध व्यवसायीहरुको चिन्ता पनि बढ्दैछ । यही सेरोफेरोमा भट्टराईलाई सोधिएका ५ प्रश्नः   के हो हवाई खेलकुद संस्था (ना) ? – पोखरामा स्थापना भएको ना मुलतः प्याराग्लाइडिङ्, अल्ट्रालाइटसँग सम्बन्धित क्षेत्रको खेल, पाइलट र व्यवसायी आबद्ध संस्था हो । अझ भनौ, समग्र हवाईखेलसँग सम्बन्धित सबैको प्रतिनिधिमूलक संस्था हो । जसको उद्देश्य संस्थाको वकालत गर्नु, हक–हितको पक्षमा आवाज उठाउनु र व्यावसायिक मर्यादा पालन गर्नु हो । र, ना पोखराको सम्पत्ति हो ।      यस क्षेत्रमा अनुमानित कति लगानी होला ? – १ अर्ब रुपैयाँमाथि । यस व्यवसायमा नपत्याउँदो तरिकाले लगानी बढिरहेको छ । प्याराग्लाइडिङ्मा प्रयोग हुने सम्पूर्ण सामग्री विदेशबाटै आयात गर्नुपर्ने भएकाले लगानी बढी छ । २ वर्ष कोरानाले शिथिल बनाएपछि बीचमा व्यापार नै ठप्प भयो नत्र लगानीको ग्राफ अझ बढ्ने थियो ।   विशेषतः प्याराग्लाइडिङ्मा विदेशीले पनि पोखरा नै रोजेको पाइन्छ नी ? – हो । विदेशीको आकर्षण बढी छ । विश्वकै उत्कृष्ट ३ मा पोखरा पर्छ । यसको मुख्य कारणः पहिलो त प्रकृति नै हो । त्यसपछि सुरक्षा । पोखरामा प्याराग्लाइडिङ् निकै सुरक्षित मानिन्छ । सुरक्षामा प्रकृतिको देन छ । त्यसो त यो क्षेत्रमा दुर्घटना खासै हुँदैन त्यसमाथि फेवातालकाकारण दुर्घटना भएपनि ज्यानै जानसक्ने सम्भावना न्यून छ ।    त्यस्तै, वर्षमा करिब ३ सय ५० दिन प्याराग्लाइडिङ् उडाउन सकिने मौसम पोखरामा छ । व्यावसायिक उडान भरिने टेन्डमको समय लगभग आधा घण्टा भएपनि सोलोका सौखिनलाई ४–५ घण्टासम्म उड्न मिल्छ । हामीले पोखरामा आयोजना गरेको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागीले गरेको प्रशंसाले पनि यहाँ आकर्षण बढाउँदै लग्यो, प्रचार भयो ।    नयाँ विमानस्थल संचालनपछि प्याराग्लाइडिङ अवरुद्ध हुने चर्चा छ नी ? – चर्चामात्रै हैन, प्याराग्लाइडिङ् नै विस्थापन गर्ने कुरा भइरहेको छ । प्याराग्लाइडिङ् भनेको पोखराको विश्वविख्यात प्रडक्ट हो । नेपालीले अन्तर्राष्ट्रिय प्रतियोगितामा मेडल जितेको खेल हो । यहाँ नयाँ विमानस्थलकाकारण यसलाई विस्थापित गर्न खोजिदैछ ।    अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि पोखरामा पर्यटन बढ्छ । यसमा दुईमत छैन । विमानस्थल हाम्रो (पोखरेलीको) गर्वको योजना हो । हामी खुशी छौ । तर विदेशको अभ्यास हेर्दा अन्तर्राष्ट्रिय विमानस्थल भएको क्षेत्रमा पनि प्याराग्लाइडिङ् सञ्चालन भइरहेको छ । हामी पर्यटकको संख्या बढाउने, उनीहरुको बसाई लम्ब्याउने कुरा गरिरहँदा भएका प्रडक्टलाई हटाउँदै जाने नीति स्वीकार गर्न सक्दैनौं । हिजोको दिनमा ह्वाइटवाटर राफ्टिङ्को क्रेज थियो । जसै बिनायोजना हाइड्रोपावर कम्पनी खोल्न थालियो आज त्यो प्रडक्ट नै हराएजस्तो भएको छ ।    यसर्थ, ६५ सदस्य र ३ सय ७५ पाइलट आबद्ध भएको हवाई क्षेत्रलाई विस्थापन गर्ने हो भने भोली पोखरा घुम्न आउनेको संख्यासमेत प्रभावित हुनसक्छ । पोखराले ताल र हिमालमात्रै बेचेर पर्यटन उकालो लाग्दैन । त्यसैले सम्बन्धित निकायले सुक्ष्म अध्ययन गरी विमानस्थल र प्याराग्लाइडिङ दुबैलाई चलायमान गराउनुपर्छ ।    नागरिक उड्डयन प्राधिकरणले विकल्प खोज्न भनिसकेको छ । अब के गर्ने ? – हामीसँग सम्बन्धित उडान क्षेत्र पोखराको उत्तर–पश्चिम क्षेत्र हो । पोखराको विमानस्थलमा पूर्वी र पश्चिम क्षेत्र प्रयोग हुन्छ । यहीबाट समस्याको समाधान खोज्न सकिन्छ । आकस्मिक अवस्थामा विमानलाई ‘होल्डिङ जोन’ चाहिए प्याराग्लाइडिङको उडान क्षेत्र चाहिनसक्छ भन्ने हो । तर यो लिस्ट एप्रोच अर्थात कम आवश्यक/सम्भावनाको कुरा हो ।    विमानस्थल आसपास विमानको उँचाई लगभग ५ हजार मिटरमा हुने भएकाले पनि हामीबाट असर हुने सम्भावना छैन । त्यस्तै विमानस्थलबाट उडान भर्दा ‘लेफ्ट टर्न’ गरियो भने पनि हामी विस्थापित हुँदैनौ । त्यसो त पूर्वपर्यटनमन्त्री योगेश भट्टराईको पालमा ना, पर्यटन मन्त्रालय र नागरिक उड्डयन मन्त्रालयबीच भएको छलफलमा हामी विस्थापित हुनुपर्ने आधार देखिएको थिएन ।   त्यसेबला हामीले प्याराग्लाइडिङ्का यात्रुबाट टिकटमार्फत लिएको शूल्कको केही हिस्सा विमानस्थललाई दिने कुरा पनि गरेका थियौं । हामीले उपलब्ध गराउने पैसाले विमानस्थलको रिन तिर्न सघाउ पुगोस् भन्ने उद्देश्य पनि छ ।  अर्काे विकल्प भनेको आन्तरिक उडानलाई हामीबाट कुनै खतरा छैन । अन्तर्राष्ट्रिय उडानको सेड्युल भोलिदेखि नै ह्वात्तै बढ्ने पनि होइन । यसकारण हामीलाई उडान तालिका दिइयो भने हामी त्यसबाहेकको समय व्यवसायलाई निरन्तरता दिन्छौं ।   ना अझैपनि पर्यटन र व्यवसाय जोगाउन लागिरहेको छ । र, हाम्रो प्याराग्लाइडिङ् उडिरहनेमा हामी सम्पूर्ण आशावादी छौं ।      प्रस्तुतीः दिपक के श्रेष्ठ

पर्यटन र प्रकृतिमार्फत संसारमा चिनिएको पोखरामा सर्वसाधारणलाई शौंच गर्ने स्थान छैन । सार्वजनिक शौचालयको अभाव रहेको पोखरामा मेयर धनराज आचार्यले नयाँ आइडिया ल्याएका छन् ।    उनको आइडिया हो ‘म्युचुअल बेनेफिट’ अर्थात् सामुहिक लाभ । महानगरले सर्वसाधारणलाई शौचालय प्रयोग गर्न दिन अपीलमार्फत व्यक्ति, संस्थालाई सार्वजनिक आव्हान गरेका छन् ।    अपीलमा भनिएको छ ‘शौचालयमाा आवश्यक पर्ने सफाई एवं स्यानिटरी सामग्रीमा महानगरले लागत सहभागिता जनाउने, सर्वसाधारणको जानकारीको लागि यस्ता स्थानमा विशेष र पहिचानयुक्त लोगो÷संकेत राख्ने गरी कार्यपालिकाबाट निर्णय भएको छ ।’   शौचालय सार्वजनिकरुपमा निशूल्क प्रयोग गर्न दिने व्यक्ति एवं संस्थालाई महानगरले सेवा, सुविधामा नीतिगत प्राथमिकता दिने जनाएको छ । त्यस्तै, सहयोगी व्यक्ति वा संस्थाको नाम र नम्बर महानगरले वेबसाइटमा राख्नेछ ।    सार्वजनिक अपीलअनुसार इच्छुकले यही साउन मसान्तभित्र निवेदन दिइसक्नु पर्नेछ ।