पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रु...

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले सबै धर्मप्रति आफ्नो सम्मान उत्तिकै रहेको बताएकी छन् ।  लैंगिक हिंसाविरुद्धको १६दिने अभियान शुभारम्भका क्रममा दिएको अभिव्यक्तिमा प्राप्त टिप्पणाीप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले यस्तो बताएकी हुन् । उनले शान्ति, सद्भाव र सहिष्णुता कायम राख्न सबैलाई अनुरोध गरेकी छन् । सामाजिक सञ्जाल एक्समार्फत् कार्कीले यस्तो बताएकी हुन् । ‘लैंगिक हिंसाविरुद्धको १६दिने अभियान शुभारम्भका क्रममा मैले दिएको अभिव्यक्तिमा रहेर विभिन्न टिप्पणी भएका रहेछन्। कुनै पनि धर्म वा समुदायलाई होच्याउने मेरो आशय र नियत होइन, छैन’, प्रधानमन्त्री कार्कीले भनेकी छन्, ‘सबै धर्मप्रति मेरो उत्तिकै सम्मान छ। शान्ति, सद्भाव र सहिष्णुता कायम राख्न सबैमा विनम्र अनुरोध छ।’

गलकोट:  एक वर्षभित्र सक्नेगरी निर्माण थालिएको नारायणस्थान स्वास्थ्य चौकीको भवन तीन वर्ष बित्दासमेत सम्पन्न हुन सकेको छैन ।  साँघुरो भवनबाट सेवा प्रवाह गर्दै आएको बागलुङ नगरपालिका–१४ स्थित नारायणस्थान स्वास्थ्य चौकीको भवन कहिले सम्पन्न हुन्छ भन्ने अझै टुङ्गो लाग्न सकेको छैन । निर्माण व्यवसायीको लापरवाही र ढिलासुस्तकीका कारण तीन वर्ष बित्दासमेत भवन निर्माण अधुरै छ । अहिले उक्त भवन ढलान र पर्खालको काम मात्रै सकिएको छ ।  सङ्घीय सरकारको विशेष अनुदानमा निर्माण थालिएको भवन अझै सम्पन्न नभएको बागलुङ नगरपालिकाले जनाएको  छ । विसं २०७९ माघ ६ गते एक वर्षमा सक्ने गरी निर्माण थालेको भवन अझै सम्पन्न हुन नसकेको बागलुङ नगरपालिकाका इन्जिनियर सोबिन घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार दुई पटक थपेको म्यादसमेत अहिले सकिएकाले भवन निर्माणमा अझै अन्योलता छाएको छ ।  “एक वर्षमा सकिने भवन तीन वर्षमा सकिएको छैन, दुई पटकसम्म थपेको म्यादसमेत कात्तिक मसान्तमा सकिएको छ, भवनमा प्लाष्टरको काम अझै सकिएको छैन, तिहार यता कामदार भवनमा देखिएका छैनन्” घर्तीले भन्नुभयो “भवन समयमा नबन्दा ठेक्का तोड्ने वा म्याद थप्ने विषयमा छलफल भइरहेको छ, नगरपालिकाले निर्माण व्यवसायीलाई धरौटी जफत गरेर भएपनि सम्पन्न गर्ने योजनामा छ ।” भवन निर्माणका लागि दोस्रो पटक थप गरिएको म्यादसमेत कात्तिक मसान्तमा सकिएको छ । निर्माण व्यवसायी डिएनप्रसाद जेभीसँग रु एक करोड ८२ लाखमा ठेक्का सम्झौता भएको थियो । निर्माण व्यवसायीले थोरै कामदार परिचालन गर्ने, सम्पर्क बिहिन हुने लगायतका कारण भवन समयमै बन्न नसकेको हो ।      नगरपालिकाकै नमूना स्वास्थ्य चौकीको रुपमा रहेको नारायणस्थान स्वास्थ्य चौकी अहिले साँघुरो भवनबाट सेवा प्रभाह भइरहेको स्वास्थ्य चौकीका प्रमुख ऋषिराम शर्माले जानकारी दिनुभयो । भवन सम्पन्न भए गुणस्तरीय सेवा प्रभाह गर्न सहज हुने उहाँको भनाइ छ । जनताले चन्दा उठाएर रु २१ लाख सङ्कलन गरी स्वास्थ्य चौकीको नाममा जग्गा खरिद गरेर भवन निर्माणका लागि काम थालेपनि समयमा भवन नबन्दा सेवा प्रवाहमा समस्या भएको शर्माले बताउनुभयो ।

म्याग्दी: बेनी–पाखापानी सडकअन्तर्गत किराखोर–नेप्टेचौर खण्डमा कालोपत्र गर्न थालिएको छ ।  बेनी नगरपालिका–९ किराखोरदेखि नेप्टेचौरस्थित वडा कार्यालयसम्मको दुई किलोमिटर सडक ‘प्रिमिक्स’ प्रविधिको कालोपत्र थालिएको हो ।   बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीका अनुसार सात मिटर चौडा सडक कालोपत्र हुनेछ । नेप्टेचौर–तोरीपानी खण्डमा थप दुई किलोमिटर ग्राभेल पनि गरिने छ ।  वर्षा यामको पानीको निकासका निम्ति नाला र टेवा पर्खाललगायत सडक संरक्षणका संरचना पनि धमाधम निर्माण भइरहेका छन् । यो सडक कालोपत्र गर्न रु १० करोड १६ लाख एक हजार ३६४ मा निर्माण कम्पनीसँग सम्झौता भएको छ । 

पोखरा:  पोखरा कलेज अफ म्यानेजमेन्ट(पिसिएम)ले स्नातक तहको अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई एक कार्यक्रमका वीच विदाइ गरेको छ । कलेजले विहिबार कार्यक्रम आयोजना गरि विद्यार्थीहरुलाई मायाको चिनोसहित विदाइ गरेको हो । कार्यक्रमको आयोजना कलेजका स्नातक तह वर्ष २०२१ व्याजका विद्यार्थीहरुले गरेका हुन् । कार्यक्रममा स्नातक तह वर्ष २०२० व्याजका विद्याथीहरुलाई विदाइ गरिएको थियो । सो अवसरमा क्याम्पस प्रमूख लिना नेगी श्रेष्ठले पिसिएमले व्यवहारिक शिक्षामा जोड दिएको बताइन् । कक्षा कोठामा सिकेको कुरा व्यवहारिक जीवनमा लागु गरेर अगाडि बढ्न उनले विद्यार्थीहरुलाई आग्रह गरिन् ।  त्यसैगरी स्नातक तह अध्ययन पूरा गरेका विद्यार्थीहरुको तर्फबाट सम्राट गुरुङले कलेजमा रहँदाका मीठा पलहरु सँधै अविस्मरणीय रहिरहने बताए । कलेजसँगको सम्बन्ध आगामी दिनमा थप बलियो बनिरहने उनको भनाइ थियो । कार्यक्रममा विद्यार्थीहरुले हास्यव्यङ्ग्य, गायन र नृत्यसहितका विभिन्न सांगितिक प्रस्तुति प्रस्तुत गरेका थिए । कलेजका विद्याथी निश्चल भण्डारीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको संचालन छात्राद्धय समीक्षा तिमिल्सिना र विनिसा गुरुङले गरेका थिए ।   विगत पच्चीस वर्षदेखि पोखरा विश्वविद्यालयको सम्बन्धनमा व्यवस्थापनमा स्नातक (बीबीए), वित्तमा स्नातक (बीबीए–फाइनान्स) र सूचना प्रविधिमा स्नातक (बीएस्सीआईटी) कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।   पोखरा नदीपुरमा रहेको कलेजमा बिहानी र दिवा सत्रमा गरी हाल ५ सय ५० विद्यार्थीहरु अध्ययनरत छन् । कलेजले वार्षिक कार्यक्रम अन्तर्गत पीसीएम फेष्ट, आइडिया पिच प्रतियोगिता, जब फेयर, पत्रकार सम्मेलन अभ्यास र शैक्षिक भ्रमण लगायतका कार्यक्रमहरु गर्दै आइरहेको जनाएको छ ।

काठमाडौं:  राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सेना परिचालनका लागि स्वीकृति प्रदान गर्नुभएको छ ।  राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार प्रधानमन्त्रीको सिफारिस तथा नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयमा उल्लेख भए अनुसार फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्थाका लागि सेना परिचालन गर्ने स्वीकृति प्रदान गर्नुभएको हो ।

पोखरा:  गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्रदेश सभाबाट पारित भइआएका दुई वटा विधेयकलाई आज प्रमाणीकरण गरेका छन् । गण्डकी प्रदेशमा खानी तथा खनिज पदार्थको अन्वेषण र व्यवस्थापन गर्न बनेको विधेयक’ र ‘गण्डकी विश्वविद्यालय (पहिलो संशोधन) विधेयक, २०८२’ प्रमाणीकरण गरिएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता प्रवीण पौडेलले जानकारी दिए । गण्डकी प्रदेशसभाले गण्डकी विश्वविद्यालय (पहिलो संशोधन) विधेयक २०८२ गएको कात्तिक २८ गते पारित भएको हो । सो विधेयक कात्तिक २४ गते सभामा प्रस्तुत भएको थियो ।  गण्डकी विश्वविद्यालय ऐन २०७६ मा भएको पछिल्लो संशोधनले विश्वविद्यालयको नेतृत्व चयन, न्यासिक संरचना र पदाधिकारी नियुक्ति प्रक्रियामा परिर्वतन गरेको छ । गण्डकी प्रदेशमा खानी तथा खनिज पदार्थको अन्वेषण र व्यवस्थापन गर्न बनेको विधेयक भने कात्तिक २४ गते प्रदेशसभाबाट पारित भएको थियो । 

गण्डकी:    पोखरा महानगर–१८ स्थित ठोट्ने खोला सामुदायिक वन उपभोक्ता समूह सराङकोटले जैविक मल उत्पादन सुरु गरेको छ ।  सो समूहले वन क्षेत्रमा थुप्रिएको पातपतिङ्गर र झाडी संकलन गरी जैविक मल उत्पादन सुरु गरेको हो । वातावरण संरक्षण, जैविक विविधता प्रवर्द्धन तथा माटोको उर्वराशक्ति वृद्धि गर्दै प्राकृतिक स्रोत उपयोग गरेर हरित रोजगार सिर्जना गर्ने मूल उद्देश्यका साथ समूहले जैविक मल उत्पादनमा जोड दिएको समूहका अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए ।  उनका अनुसार समूहले वन क्षेत्रको अँधेरीकुनामा संकलन गरेको वन पैदावारलाई नवीनतम् प्रविधि प्रयोग गरी मलमा परिणत गरेको छ । समूहले पहिलो पटक ३५ हजार किलो मल उत्पादन गरेर बिक्री गरेको छ । ठोट्ने खोला कृषि सहकारी संस्था लिमिटेडमार्फत् समूहले बजारीकरण गरिरहेको छ । जैविक मल प्रति किलो २५ रुपैयाँ र गडेँउले (वर्मि) मल प्रति किलो ४० रुपैयाँमा बिक्री हुँदै आएको छ । समूहले पहिलो पटक उत्पादित मल बिक्री गरी १३ हजार रुपैयाँ आम्दानी गरेको छ । अध्यक्ष श्रेष्ठले भने, “जैविक मल प्रयोगले माटोको जैविक तत्व वृद्धि गर्ने, उर्वराशक्ति दिगो राख्ने र रसायनिक अवशेषमुक्त उत्पादनलाई प्रोत्साहन गर्नेछ ।” सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको ‘एक वन, एक उत्पादन’ अभियान अन्तर्गत सुरु गरिएको परियोजनाबाट हरित रोजगार सिर्जना हुनाका साथै जैविक कृषि अभ्यास बढ्ने र वातावरण अनुकूलन उत्पादन प्रणाली विस्तार हुने उनको भनाई छ ।  पातपतिङ्गरलाई आधुनिक मेसिनद्वारा कटिङ गरी सानो आकारको बनाएर हरियो प्लाष्टिक टनेल भित्र राखिन्छ । सो टनेलमा गँड्यौलाको प्रयोग गरी मल बनाउने गरिन्छ । सो कार्यका लागि जैविक विविधता अनुसन्धान र विकास पहल ९लिवर्ड० ले २५ हजार गँड्यौलासहित आवश्यक भौतिक संरचना निर्माणमा सहयोग गरेको छ ।   हरियो पातपतिङ्गरको प्रति केजी तीन र सुकेको प्रति केजी पाँच रुपैयाँका दरले वन समूहले खरिद गर्दा चार लाख रुपैयाँ भन्दा बढी खर्च भएको जनाइएको छ । गण्डकी प्रदेश सरकार कृषि तथा भूमि व्यवस्था मन्त्रालय कृषि विकास निर्देशनालय माटो तथा मल गुणस्तर परीक्षण प्रयोगशालाको प्रतिवेदन अनुसार आवश्यक मापदण्ड पूर्ण भएको प्रमाणित भइसकेको छ ।  उत्पादित मलमा चिस्यान ८ दशमलव १, पिएच ६ दशमलव २, नाइट्रोजन १ दशमलव ३, फस्फोरस ० दशमलव ५, पोटासियम ३ दशमलव ०३ र कार्वन २५ दशमलव ३४ प्रतिशत रहेको प्रयोगशालाको प्रतिवेदनमा उल्लेख छ । समूहका सदस्य एवम् कृषि प्राविधिक प्रशान्त श्रेष्ठकाअनुसार समूहले कौशीखेतीका लागि पाँच र कृषिका लागि २० केजीको मलको प्याकेट तयार गरेको छ । उनले डिभिजन वन कार्यालय कास्कीले भौतिक पूर्वाधार निर्माणका लागि चार लाख ५० हजार रुपैयाँ र गण्डकी जलाधार जलवायु उत्थानशील कार्यालयले कृषि पाठशाला सञ्चालनका लागि तीन लाख ५० हजार रुपैयाँ प्राप्त भएको जानकारी दिए । ८६ दशमलव ७५ हेक्टरमा फैलिएको उक्त वनमा हाल १९२ घरपरिवार उपभोक्ता छन् । गण्डकी प्रदेशअन्तर्गत नवलपुर जिल्लास्थित विनयत्रिवेणी गाउँपालिकाको विनयी सामुदायिक वन समूहले विगतदेखि जैविक मल उत्पादन गर्दै आएको छ ।  पछिल्लो समय गाउँपालिकाले अपनत्व लिएको सो उद्योगमा हाल ८० जनाले प्रत्यक्ष रोजगार प्राप्त गरेको समूहले जनाएको छ । 

काठमाडौं:  नेपाल राष्ट्र बैंकले आजदेखि एकसय रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ।  साविककै आकार तथा रंगमा एकसय रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याउन लागिएको राष्ट्र बैंकले जनाएको छ।  राष्ट्र बैंकले आज सूचना जारी गरि एकसय दरको नयाँ नोट चलनचल्तीमा ल्याउन लागिएको जानकारी दिएको हो।  चलनचल्तीमा ल्याउन लागिएका नयाँ नोटको अग्रभागको बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप, नोटको मध्य भागमा नेपालको नक्सा रहेको छ।  त्यसैगरि नयाँ नोटमा तत्कालीन गर्भनर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ।  नयाँ नोट दृष्टिविहीन अनुकूलको रहेको छ। दृष्टिविहीनहरूले छामेरै थाहा पाउनेगरि नयाँ नोट डिजाइन गरिएको राष्ट्र बैंकले जनाएको छ।   

काठमाडौं:  अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सचिवालय सङ्ख्या घटाउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयद्वारा जारी विज्ञप्तिमा २० सदस्यीय सचिवालयबाट प्रधानमन्त्री कार्कीले १४ जनालाई हटाउनुभएको हो । यससँगै अब उहाँको सचिवालय ६ सदस्यीय भएको छ । ‘‘प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ (एघारौं संशोधन २०८१) बमोजिम प्रधानमन्त्रीको सचिवालयमा विभिन्न पदका कुल ६६ जनाको दरबन्दी कायम भएपनि अनि जरुरी पदमा मात्र नियुक्ति गरी जम्मा २० जनाको मात्र सचिवालय बनाएर मितव्ययी ढङ्गले कामकाज हुँदै आएको थियो ।’’ विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री कार्यालयका सहसचिव हेमराज अर्यालले यी ६ जना पहिले नियुक्त व्यक्ति नै भएको जानकारी दिनुभयो । अब कार्कीको सचिवालयमा प्रमुख स्वकीय सचिव, मुख्य सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रेस संयोजक, स्वकीय शाखा अधिकृत ९फोटोग्राफर० र जनस्वास्थ्य विज्ञ मात्र रहने छन् ।