काठमाडौं: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अस्ट्रेलिया उडान हुने भएको छ। चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अस्ट्रेलिया उडान गर्ने तयारी गरेको हो। उक्त प्रयोजनका निम्ति सिचुवान एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अस्ट्रेलिया उडानको अनुमति मागेको हो। उडान अनुमतिका लागि अनौपचारिक छलफल भएको र आवश्यक प्रक्रिया पूरा गरेर अनुमति दिने तयारी गरिएको उनले बताए। आगामी सेप्टेम्बर महिनाबाट उडान गर्ने कम्पनीको योजना रहेको छ। ुसिचुवान एयरलाइन्सले पोखराबाट अस्ट्रेलिया उडान गर्ने योजना बनाएको छ। पोखराबाट छेन्दु हुँदै अस्ट्रेलिया उडान गर्नेबारे अनौपचारिक कुराकानी भएको छ। औपचारिक रूपमा प्रक्रिया टुङ्ग्याउने विषयमा द्विपक्षीय छलफलमा भइरहेको छ। छिट्टै उडानको तालिका सम्बन्धित वायुसेवाबाट पेस होला,ु सूचना अधिकारी भूलले भने। यो उडान भएमा अस्ट्रेलिया आवत–जावत गर्ने नेपालीलाई सहज हुने विश्वास लिइएको छ। यसअघि सिचुवान एयरलाइन्सले पोखरा विमानस्थलमा केही समय चार्टर उडान गरेको थियो। कम्पनीले नयाँ गन्तव्यका रूपमा अस्ट्रेलियामा नियमित उडान गर्न चाहेको हो। विसं २०८० असार ६ गते उक्त एयरलाइन्सको एयरवस ‘ए’ ३१९ पहिलोपटक पोखरा विमानस्थलमा उडान सुरु गरेको थियो। असारको ८ र ९ गते फेवातालमा भएको ‘नेपाल–चाइना फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल २०२३’ सहभागी चिनियाँ प्रतिनिधि, खेलाडी, दर्शकसहितका पर्यटकलाई ल्याउने र लैजाने प्रयोजनार्थ चार्टर्ड उडान गरिएको थियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार पोखरामा हिमालय एयरलाइन्सले मात्रै नियमित उडान गरिरहेको छ। कम्पनीले आगामी सेप्टेम्बर महिनादेखि अस्ट्रेलिया उडान गर्ने योजना बनाएको छ। यसैबीच भुटानको निजी वायुसेवा कम्पनी भूटान एयरलाइन्स (टासी) ले पनि पोखरा विमानस्थलमा चार्टर्ड उडान गर्ने तयारी गरेको छ। एयरलाइन्सले पोखराबाट पारो इन्टरनेसनल एयरपोर्टका लागि दुईरतीनवटा चार्टर्ड उडानको अनुमति मागेको प्राधिकरणका सूचना अधिकारी भूलले बताए। उनका अनुसार भूटान एयरलाइन्सले आगामी सेप्टेम्बर २८ र अक्टोबरमा चार दिन यात्रु चार्टर्ड उडानका लागि अनुमति मागेको छ। भूटान एयरलाइन्सले पहिलेदेखि नै उडान गर्ने भनेको थियो। ुचार्टर्ड उडान दिगो भएमा काठमाडौंजस्तै पोखरा र भैरहवाबाट एउटा देशको एयरलाइन्सलाई पोखरा हुँदै अर्को देश जान पाउने उडान ‘फिफ्थ फ्रिडम फ्लाइट’ दिने भनेर पहिले नै निर्णय गरिएको छ। सुरुमा भूटान एयरलाइन्सले काठमाडौं–पारो–काठमाडौं उडान गर्नेछ। उडान नियमित भएको खण्डमा पारो–पोखरा–दिल्ली र दिल्ली–पोखरा–पारो उडान गर्ने एयरलाइन्सको योजना छ’, सूचना अधिकारी भूलले भने। भूटान एयरलाइन्सलाई केही दिनभित्रै उडान अनुमति दिइने प्राधिकरणले जनाएको छ। हाल हिमालय एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हप्तामा एक दिन नियमित उडान गरिरहेको छ। काठमाडौं–ल्हासा–पोखरा–ल्हासा–काठमाडौं जोड्नेगरी हिमालयले उडान सञ्चालन गरिरहेको हो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको दुई वर्षपछि हिमालयले पहिलो व्यावसायिक उडान सुरु गरेको थियो। विमानस्थलमा हिमालयका साथै सिचुवान र भूटान एयरलाइन्सको उडान भएमा विमानस्थल चलायमान बन्ने र गन्तव्य जाने यात्रुका लागि पनि सहज हुने प्राधिकरणको विश्वास छ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल विसं २०७९ पुस १७ गते उद्घाटन भएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७१ वर्षपछि मुलुकभित्र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो। त्यसको छ महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भयो। यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तार हुने क्रम जारी छ। तीन हजार ९०० रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थल झन्डै २२ अर्ब लागतमा निर्माण भएको हो। वार्षिक आठ लाख यात्रुलाई सेवा दिनसक्ने क्षमताको यस विमानस्थलमा दुई हजार ५०० मिटर लम्बाइ र ४५ मिटर चौडाइको धावनमार्ग रहेको छ। हाल भूटानको सरकारी वायुसेवा कम्पनी ड्रुक एयर र भूटान एयरलाइन्सले काठमाडौंमा नियमित उडान गरिरहेका छन्। भूटान एयरलाइन्सले ‘फिफ्थ फ्रिडम फ्लाइट’ प्रयोग गरेर पारो–काठमाडौं–दिल्ली र दिल्ली–काठमाडौं–पारो भएर हप्ताको चार दिन उडान गरिरहेको छ। ड्रुक एयरले पारो–काठमाडौं–पारो–दिल्ली–काठमाडौं ‘ओभर फ्लाइट’ गरिरहेको छ। आगामी सेप्टेम्बर २८ र अक्टोबरमा चार दिन यात्रु चार्टर्ड उडान अनुमति पाएर सेवा सञ्चालन भएमा त्यसले पनि यसको प्रचारमा टेवा पुग्ने विश्वास गरिएको छ। प्राधिकरणका अनुसार चार्टर्ड उडान अनुमति दिन केही समस्या नभए पनि नियमित उडानका लागि भने अब पोखरा र भैरहवा वेस भएर उडान गर्नेगरी अनुमति दिइनेछ। नेपालले हाल ४२ मुलुकसँग हवाई सेवा सम्झौता गरेको छ। हवाई सम्झौता पुनरावलोक गर्दा भैरहवा र पोखरा उडान थपिनेछ। कुनै पनि वायुसेवा कम्पनीलाई पोखरा र भैरहवाबाट चार्टर्ड उडान गर्न दिन कुनै समस्या नभएको सूचना अधिकारी भूलले बताए। प्राधिकरणको विवरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर नेपालका तीन हवाई सेवा प्रदायक कम्पनीसहित ३० एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन्। भैरहवामा जजिरा र थाई एयर एसियाले उडान गर्दै भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा जजिरा एयरवेज र थाई एयर एसियाले पुनः उडान सञ्चालन गर्ने भएका छन्। यी दुवै एयरलाइन्सले विगतमा पनि भैरहवा उडान गरेर स्थगित भएको थियो। थाई एयर एसियाले अक्टोबर २६ देखि सुरु हुने ‘विन्टर सेडुअल’ मा उडान गर्नेगरी तयारी गरेको छ। हप्तामा दुई उडान गर्ने एयरलाइन्सको योजना छ। यस्तै, जजिरा एयरले पनि विन्टर ‘सिजन’मा उडान गर्ने योजना बनाएको छ। हाल भैरहवाबाट नियमित उडान गरिरहेको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को उडान लामो समयदेखि हुन सकेको छैन। काठमाडौं मलेसिया र मलेसियाबाट भैरहवा उडान गरिरहेको एयरलाइन्सले विमानको अभावमा उडान स्थगित गरेको जनाइएको छ। गौतमबुद्ध विमानस्थलमा विभिन्न चार्टर्ड उडान सञ्चालन भइरहेका छन्। प्राधिकरणका सूचना अधिकारी भूलले विन्टर सिजनबाट थाई एयर एसिया र जजिरा एयरलाइन्सले नियमित उडान गर्ने विश्वास व्यक्त गरे। जजिराले हाल कुवेतबाट काठमाडौं उडान गर्दै आएको छ। भैहरवाबाट जजिरा र पोखराबाट सिचुवान एयरलाइन्सले उडान सुरु गरेपछि दुवै विमानस्थलमा अरू विदेशी वायुसेवा पनि आकर्षित हुने प्राधिकरणको विश्वास छ। जजिराले यसअघि दुईपटक भैरहवाबाट उडान गरिसकेको छ। विसं २०७९ फागुनमा दोस्रोपटक उडान सुरु गरेको यस वायुसेवाले त्यसअघि साढे दुई महिना उडान गरेर प्राविधिक कारण देखाउँदै उडान स्थगित गरेको थियो। एयरलाइन्सले पुनः नियमित उडान सुरु गर्न लागेको हो। पोखरा र भैरहवामा उडान गर्ने विदेशी वायुसेवालाई सरकारले आकर्षक छुट सुविधासमेत दिएको छ। हाल यहाँबाट हुने अन्तर्राष्ट्रिय उडानबाट पाउने सम्पूर्ण शुल्क छुट दिइएको छ। नेपाल वायुसेवा निगमले दिने ‘ग्राउन्ड ह्यान्डलिङ’ सेवामा जम्मा २५ प्रतिशतबाहेक अतिरिक्त कुनै पनि शुल्क तिर्नु पर्दैन। यी दुई विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानको छुट तथा सहुलियत सरकारले २०८१ साउन २८ देखि दिएको हो। सरकारले ‘नागरिक उड्डयन क्षेत्रको समग्र सुधार तथा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजना’ अनुसार छुट दिएको हो। यी दुई विमानस्थलको अन्तर्राष्ट्रिय उडानका लागि हवाई टिकटमा लाग्ने प्रतियात्रु तीन हजार रुपैयाँको यात्रु सेवा शुल्कमा छुट छ। यी दुवै विमानस्थलको अन्तर्राष्ट्रिय उडानमा पार्किङ, ल्यान्डिङ र न्याभिगेसन शुल्कमा पूर्ण तथा नेपाल एयरलाइन्सले दिने ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ७५ प्रतिशत छुट दिइएको छ।
काठमाडौं: सरकारले सात दिन भित्र सामाजिक सञ्जाल दर्ता हुनुपर्ने निर्णय गरेको छ। भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले यस्तो जानकारी गराउनुभएको हो। सर्वोच्च अदालतको आदेशबमोजिम सामाजिक सञ्जाल सात दिनभित्र सञ्चार मन्त्रालयमा सूचीकरण हुनुपर्ने र तोकिएको अवधिमा सूचीकरण नभए नेपालमा निष्क्रिय गराउन दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको हो। सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० तथा सर्वोच्च अदालतको आदेशबमोजिम सामाजिक सञ्जाल सञ्चालकलाई जिम्मेवार तथा जवाफदेही बनाउन सात दिनको म्याद दिई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरणका लागि सार्वजनिक रूपमा आह्वान गर्ने’, मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री गुरुङले भन्नुभयो, ‘तोकिएको अवधिमा सूचीकरण हुन नआउने वा सूचीकरणका लागि सम्पर्कमा समेत नआउने सामाजिक सञ्जाललाई क्रमशः नेपाल भित्र निष्क्रिय गराउन र सूचीकरण गरेमा सोही क्षणबाट ती सामाजिक सञ्जाललाई पुनः सक्रिय गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने।’ मन्त्रिपरिषद् बैठकका १० वटा निर्णय सार्वजनिक भएका छन्। नियमित पत्रकार सम्मेलन गर्दै उहाँले भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकका १० वटा निर्णय बुधबार सार्वजनिक गर्नुभएको हो।
पोखरा: वि १३ युकेले फुटबल प्रतियोगिताबाट उठेको रकम मृगौला पीडितलाई सहयोग गरेको छ । पोखरा १३ बाझापाटनको युके स्थिति क्लबले क्षेत्र बहादुर विकलाई ३५ हजार रुपैयाँ सहयोग गरेको हो । युकेमा संकलन भएको रकम बुधबार बाझापाटनका मृगौला पीडित विकलाई सहयोग गरेको वि १३ क्लबका अध्यक्ष हिकमत गुरुङले जानकारी दिए । रोजगारको शिलशिलामा युकेमा रहेर आफ्नो ठाउँलाई सहयोग गर्ने बि १३ परिवारलाई उनले धन्यवाद दिए । ‘उहाँहरु रोजगारको लागि विदेशीएपनि आफ्नो क्लबलाई माया गरेर सामाजिक कार्य गर्नु निकै राम्रो काम हो’ उनले भने, ‘हामीले पनि पोखरामा खेलकुद देखी सामाजिक गतिविधि गर्दै आउँदा बि १३ युकेले हरेक पटक सहयोग गर्दै आइरहेको छ ।’ वि १३ युकेले अगष्ट २ मा युकेले आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा नवौं संस्करणको फुटबल प्रतियोगिताको आयोजना गरेको हो । हाम्रो मोर्गेजेज्स र रेड प्रोट एकाउन्टीङको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको उपाधि झापा फुटबल क्लबले जितेको थियो । वासिङकोट युथ नेप्लिज कम्युनिटी दोस्रो भएको थियो । खुला तर्फ २० टिमको सहभागिता रहेको थियो । यस्तै भेट्रान्स तर्फ धरान ११ पहिलो हुँदा प्लुमेस्टेड भिइटीले दोस्रो स्थान हासिल गरेको थियो ।
काठमाडौं: स्थानीय बजारमा मङ्गलबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । सुनको मोल तोलमा रु। तीन सयले बढेको छ भने चाँदी रु। १५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु। एक लाख ९९ हजार निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी रु। दुई हजार ३४५ मा खरिदबिक्री भइरहेको छ । हिजो मङ्गलबार एक तोला सुन रु। एक लाख ९८ हजार ७०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी रु। दुई हजार ३६० मा क्रयविक्रय भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रतिऔँस सुन तीन हजार ३७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
काठमाडौं: दोलखामा मोटरसाइल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।दोलखाको भिमेश्वर नगरपालिका–६ रमितेडाँडामा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको हो। लामोसाँघु–जिरी सडकखण्डको रमितेडाँडा दुर्घटनामा परेर गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियू सभापति २४ वर्षीय शिरिस बस्नेत र बैतेश्वर–३ का २६ वर्षीय श्यामबहादुर खत्रीको मृत्यु भएको दोलखा प्रहरीले जनाएको छ। स्ववियू सभापतिसमेत रहेका बस्नेतले चलाएको बा. ३ प ८८९९ नम्बरको मोटरसाइकल विपरित दिशाबाट आइरहेको बा।प्र।०२–०३४ प ३२४२ नम्बरको मोटरसाइकलसँग ठक्कर खाँदा दुर्घटना भएको हो। दुर्घटनाका दुवैजना घाइतेलाई उपचारका लागि चरिकोट लगिएको थियो।प्रहरीका अनुसार चरिकोटको च्छोरोल्पा अस्पताललले मृत घोषणा गरेको हो। सामान्य घाइते भएका अर्को मोटरसाइकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पोखरा: गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले परम्परागत तीज गीत प्रतियोगिताले मौलिक तीजे भाकाहरू जीवन्त राख्न सघाउ पुग्ने बताउनुभएको छ । पोखराको मालेपाटन स्थित सूर्यचन्द्र विकास समाजले आयोजना गरेको ११ औं मालेपाटन तीज गीत प्रतियोगिताको शुभारम्भ गर्नुहुँदै प्रदेश प्रमुख भट्टले पछिल्लो प्रविधियुक्त समयमा तीजको मौलिकतालाई पनि असर गरिरहेको सन्दर्भमा यस्ता प्रतियोगिताहरुको महत्व रहने उल्लेख गर्नुभयो । ‘निराहार व्रत बस्नुअघि माइत गएर खाइने दर हप्तौंअघि होटल तथा पार्टी प्यालेसहरुमा खाने प्रचलन बढ्दो छ । सुसभ्य तीज गीतहरु सुन्नै मुस्किलको अवस्था छ । समाजको यो परिवेशका बीचमा सूर्यचन्द्रले आयोजना गरेको यस्ता तीज गीत प्रतियोगिताले हाम्रा भाकाहरु जीवन्त राख्न सघाउ पु¥याउनेछ ।’ उहाँले भन्नुभयो । संस्कृति सम्पूर्ण समाजको जीवन पद्धति रहेको बताउँदै उहाँले मानिसको धर्म, भाषा, शिष्टाचार, अनुष्ठान र कला संस्कृतिमा समाविष्ट हुने उल्लेख गर्नुभयो । ‘नेपाली संस्कृति धेरै पुरानो र विविधतायुक्त छ । युवाहरूले आफ्नो संस्कृतिलाई प्रवद्र्धन र रक्षा गर्न जरुरी छ ।’ उहाँले भन्नुभयो – ‘समयकाल परिवर्तनसँगै कुनै पनि संस्कृतिको नराम्रा पक्षलाई सुधार्नु जरुरी छ भने अनुकूल सांस्कृतिक पक्षलाई बचाइराख्न पनि उत्तिकै आवश्यक हुन्छ । यिनको मूल्य, मान्यता र पहिचानलाई भने कायम गर्नुपर्ने हुन्छ ।’ हामीले हाम्रा सन्ततिलाई दिने भनेकै हामीसँग भएको संस्कार, संस्कृति, रीतिरिवाज र चालचलन हो भन्नुहुँदै उहाँले धार्मिक, सामाजिक, सांस्कृतिक तथा वैज्ञानिक महत्व र विशेषता भएका यस्ता पर्वहरूको संरक्षण गर्नु हामी सबैको साझा कर्तव्य रहेको उल्लेख गर्नुभयो । २०५१ सालमा स्थापित संस्थाले ३१ वर्षको लामो अवधिमा साहित्य र संस्कृतिको धरोहर बनेर साहित्य, कला, संस्कृति, राष्ट्रिय कवि सम्मेलन, दुव्र्यसन सम्बन्धी सचेतना, विभिन्न स्वास्थ्य शिविर, वातावरण संरक्षण, महिला सशक्तिकरण, पठन संस्कृतिको विकासका लागि पुस्तकालय, विद्यार्थी तथा जेष्ठ नागरिक सम्मान जस्ता विविध क्षेत्रमा काम गर्दै आइरहेको जानकारी पाउँदा खुशी लागेको बताउनुभयो ।
पोखरा: कास्कीको सराङकोटमा स्थापना भएको ५१ फिट अग्लो पन्चमुखि गणेशको पुजा आराधनाको लागि केवलकारबाट आउन जान नेपाली तथा भारतीय पर्यटकहरुलाई साविक भाडा दरमा ५० प्रतिशत छुट कायम गरिएको छ । बुधबार गणेश चतुर्थीको अवसरमा पन्चमुखि गणेशको पुजा आराधनाको लागि अन्नपूर्ण केवलकारबाट दर्शनको लागि आउन जान पर्यटकहरुलाई साविकको भाडामा ५० प्रतिशत छुट कायम गरिएको हो । यस्तै केवलकार बिहान ७ बजे देखि सञ्चालनमा ल्याउने भएको छ । साविक नेपाली नागरिकको हकमा सात सयको छुटपछि ३५० तथा भारतीय पर्यटकको एक हजारको छुटमा पाँच सय कायम गरिएको कम्पनीले जनाएको छ । साथै प्रत्येक हप्ताको सोमबार सराङकोटमा साँझ ६ बजे हुने सन्ध्या आरतिको लागि नेपाली भक्तजनहरुलाई साँझ ४ बजेपछि सात सयको टिकट दरलाई २५० रुपैयाँमा आउन जानको लागि सुविधा उपलव्ध गराइएको कम्पनीले जनाएको छ । सन्ध्या आरति नसकिएसम्म केवलकार बन्द रहने छैन । त्यसैगरी प्रत्येक हप्ताको मंगलबार पन्चमुखि गणेशको दर्शन गर्न जाने भक्तजनलाई सात सयको टिकट दरमा २० प्रतिशतका दरले छुट उपलव्ध गराउँदै आएको छ । केवलकारको यात्राको अवधि केवल नौ मिनेटमा लेकसाइडको सेदीबगरदेखि सराङकोटसम्म पुग्न सकिनेछ । केवलकारले लेकसाइडको क्षेत्रबाट केवलकारमा आउन जानको लागि सबै पर्यटकहरुलाई निःशुल्क यातायातको सुविधा उपलव्ध गराउँदै आएको विज्ञप्तिमा जनाइएको छ ।
तनहुँः देवघाट गाउँपालिका-५ बुद्धचोकस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन् । उनीसँगै पौडी खेल्न गएका एक बालकको सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार साँझ नदीले बगाएर बेपत्ता हुनेमा भरतपुर महानगरपालिका–१६ मङ्गलपुरका १७ वर्षीय कृष्ण लामिछाने छन् भने भरतपुर–१५ फूलबारीका १३ वर्षीय कुशल ढकालको सकुशल उद्धार गरिएको हो । प्रहरी नायब उपरीक्षक अशोक थापाले बालक लामिछानेसँगै पौडी खेल्न गएका भरतपुर-१५ फूलबारीका १३ वर्षीय ढकालको सकुशल उद्धार गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय सोमबहादुर बोटेले बालक ढकालको उद्धार गरेका थिए । प्रहरी नायब उपरीक्षक थापाले भन्नुभयो, “इलाका प्रहरी कार्यालय देवघाट, प्रहरी चौकी जुगेडी र १७ नम्बर गण आँपटारी चितवनबाट गोताखोरसहितको सशस्त्र प्रहरी टोलीले बेपत्ता बालकको खोजतलास भइरहेको छ, फेला पार्न सकिएको छैन ।”
काठमाडौं: हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान र तराईका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशीलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा अन्य प्रदेशका भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।

