पोखरा:    कास्कीको अन्नपूर्ण आधार शिविर (एबिसी बेस क्याम्प) स्थित पिसफूल लज एण्ड रेष्टुरेन्टमा आगलागी भएको छ ।   स्थानीय पर्यटन व्यवसायी मिकास गुरुङका अनुसार मंगलबार करिब साढे ४ बजे ग्यासको...

नवलपरासीः पूर्वी नवलपरासीमा सोमबारदेखि फैलिएको आगो अहिले जिल्लाका एक सय ५० बढि स्थानका जँगलमा लागेको छ ।   सोमबार दिउँसो देखि फैलिएको आगोलागी जिल्लाका आठै पालिकामा रहेको वन जँगलमा डढेलोका रुपमा फैलिएको छ ।   पूर्व पश्चिम राजमार्गको दायाँबायाँ रहेको जँगलमा र कालीगण्डकी करिडोरको आसपास बुलिगँटार, बौदीकाली गाउँपालिकाको ८० बढि जँगलमा सोमबार साँझ देखि फैलिएको आगो अहिलेसम्म पनि दन्कीरहेको बुलिगँटार गाउापालिकाका वडा नं ३ का पूर्ववडाध्यक्ष यमबहादुर झेँडी मगरले बताउनुभयो ।   कालीगण्डकी करिडोरको ढोडँनी, भोक्रोफाँट, गडाम्दी, कोटथर, डाडाँझेरी बुलिगँटार हुदै बौँदीकालीका सबै जगँलमा आगो फैलिएको जिल्ला वन डिभिजनल कार्यालयका सूचना अधिकृत गञ्जन गहतराजले बताउनुभयो ।   पहाडी क्षेत्रमा फैलिएको आगोलागीबाट कुनै मानबीय क्षति भने नभएको र अहिले त्यस क्षेत्रमा प्रहरी समेत परिचालन गरि सम्भावित घटनाबाट बचाउन आवश्यक कार्यहरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक साजनकुमार शर्माले बताउनुभयो ।   पहाडी क्षेत्रमा स्थानीयले समेत गस्ती गरि डढेलो गाउँबस्तीमा नपसोस भन्ने उद्देशयले काम गरिरहेका बुलिगँटार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारी मगरले बताउनुुभयो । गैंडाकोट नगरपालिकाको ५५ भन्दा बढि ठाउँका जँगलमा डढेलो लागेको रड नगरपालिकाले माइक मार्फत सूचना दिन थालेको नगरप्रमुख मदनभक्त अधिकारीले बताउनुभयो ।   त्यसैगरी मध्यविन्दु नगरपालिका वडा नं १४ को चनौटे र सुर्खा जंगलमा लागेको आगो बस्तीमा पस्दा १२ घरगोठ जलेको छ ।   जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल परियारका अनुसार आगलागीबाट चनौटेका ७ र सुर्खाका ५ घरगोठ जलेर नष्ट भएको छ ।   आगो निभाउने क्रममा मध्यविन्दु १४ चनौटेमा रहेको जनज्योति प्राविका शिक्षक देवचुली १३ प्रगतिनगर निवासी ५९ वर्षीय गंगा प्रसाद घिमिरे घाइते भएका छन् ।   उहाँको दुवै हात जलेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । आगो स्थानीय बासिन्दा, नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायतको टोलीले नियन्त्रणमा लिएको थियो ।

म्याग्दीः   डढेलोले गण्डकी प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा बढी नोक्सानी म्याग्दी जिल्लामा भएको छ।   पैतालिस दिनको अवधिमा  जिल्लाको करिब सात सय हेक्टर वन क्षेत्र सखाप भएको डिभिजन वन कार्यालयले जनाएको छ।   फागुन अन्तिम सातादेखि वैशाख दोस्रो सातासम्म म्याग्दीका छ ओटै स्थानीय तहका एक सय ११ वनमा डढेलो लागेको छ।    डढेलोले जिल्लाको छ सय ९३ हेक्टर वन क्षेत्र सखाप भएको छ। गण्डकी प्रदेश वन निर्देशनालयले पनि प्रदेशका ११ जिल्ला मध्ये डढेलोका कारण म्याग्दीको वन क्षेत्र बढी नष्ट भएको जनाएको छ।   डढेलोबाट आफूहरू त्रसित भएको वन क्षेत्र आसपासका स्थानीयले बताएका छन्। डढेलोका कारण वन क्षेत्र कालो देखिएको छ भने पशुपक्षी मरेका मालिका गाउँपालिका–६ का टेकबहादुर पुनले बताउनुभयो।   जिल्लाको बेनी नगरपालिका लगायत मालिका, मङ्गला, रघुगङ्गा, धवलागिरि र अन्नपूर्ण गाउँपालिकाका विभिन्न वनमा दिनहुँ आगलागी भइरहेको डिभिजन वन कार्यालयका प्रमुख विष्णु अधिकारीले बताउनुभयो।   कतिपय वनमा आगो निभाइएको छ भने केही वनमा अझै धुवाँको मुस्लो देखिएको उनी बताउँछन्। दैनिक रुपमा आगोलागीका घटना हुन थालेपछि स्थानीय र सुरक्षाकर्मीलाई अग्नि नियन्त्रण उपकरण वितरण गरेर आगो निभाउन अनुरोध गरिएको उहाँले जानकारी दिनुभयोे। वन्यजन्तु गाउँमा डढेलोबाट जोगिन जङ्गली जनावर गाउँ पसेर स्थानीयलाई दुःख दिइरहेका छन्।   जिल्लाको मालिका र मङ्गला गाउँपालिकाका विभिन्न स्थानमा डढेलो लागेपछि वन्यजन्तु वासस्थान र आहाराको खोजिमा गाउँ पसेका पीडित स्थानीयले बताएका छन्।   ‘खेतबारीमा लगाएको बाली र बँदेल र बाँदरले नष्ट गरे । वन्यजन्तु अब त घर भित्र नै पसेर हैरान पार्न थालेका छन्,’ मंगला गाउँपालिका– ५ का किसान टिकानाथ कडेँलले भने।   बँदेल, दुम्सी र बाँदर घर भित्र नै छिर्न थालेका उनले बताए। मालिका गाउँपालिकाको वडा नं ६ उपल्लो दुखु, वडा नं १ निस्कोट र वडा नं २ रुममा पनि वन्यजन्तुका कारण गाउँले पीडित भएका छन् ।

गोरखाः  वि.सं २०७२ साल वैशाख १२ को भूकम्पमा ज्यान गुमाएहरुको सम्झनामा बारपाकमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ ।   बारपाक सुलिकोट गाउँपालिकाले वुधबार भूकम्पमा परी दिवंगत भएकाहरुको सम्मान तथा सम्झनामा गाउँपालिका भरी सार्वजनिक विदादिएको थियो ।   भूकम्पको केन्द्र विन्दु वारपाकमा भूकम्पमा भूकम्प स्मृति दिवस मनाइएको हो ।   २०७२ वैशाख १२ गते शनिबार ११ः५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएर ७.८ रेक्टर स्केलको भूकम्पगएको थियो ।   भूकम्पका कारण १४ सय घर धुरीको गुजुमुज्ज वस्ती रहेको वारपाक ध्वस्त वनेको थियो । भूकम्प गएको ९ वर्षको अवधिमा वारपाकका अधिकांश संरचना पुननिर्माण भएका छन् । स्वास्थ्य चौकि, वडा कार्यालय, विद्यालयपुननिर्माण भएको छ ।   बारपाक सुलिकोट गाउँपालिका भरी ७ हजार भन्दा वढी घर पुननिर्माण भइसकेको वारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले बताए । स्मृति दिवसको अवसरमा बुधबार साँझ दिप प्रज्वलन गर्ने कार्यक्रम पनि रहेको छ ।

पोखरा:    पोखरा महानगरपालिका १४ चाउँथेमा गएराती बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।   पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा १ प १३३८ नम्बरको पर्यटक बसले सोही दिशातर्फ जाँदै गरेको ग २४ प ३२९५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा खसीबजारकी १९ वर्षीया खुसी प्रधानको मृत्यु भएको हो ।   यस्तै स्कुटर चालक सिमलचौरकी २१ वर्षीया दिपीका गुरुङ घाइते छिन् । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।    ठक्करबाट घाइते भएकी प्रधानकोलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएपनि डाक्टरले मृत घोषणा गरेको थियो ।   सिन्धुपाल्चोक चौतारा नगरपालिका १३ का ३९ वर्षीय विष्णु श्रेष्ठलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

काठमाडौंः   मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमण सम्पन्न गरी आज फिर्ता हुनुभएको छ ।   उहाँलाई बिदाइ गर्न राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो ।   सो अवसरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नरायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठ, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ, मुख्यसचिव वैकुण्ठ अर्याललगायत उपस्थित हुनुहुन्थ्यो ।   कतारका अमिरको बिदाइका अवसरमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो ।   राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ मङ्गलबार यहाँ आइपुग्नु भएको थियो ।   कतारका अमिरले सोही दिन साँझ राष्ट्रपति पौडेलसँग राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता गर्नुभएको थियो ।   भेटवार्तापछि राष्ट्रपति पौडेलले उहाँको सम्मानमा सोही दिन साँझ राजकीय भोजको आयोजना गर्नुभएको थियो । आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका तर्फबाट अमिर तमिमसहितको प्रतिनिधिमण्डलबीच वार्ता भएको थियो ।   उक्त वार्ताका क्रममा दुईदेशबीच आपसी सहकार्यसम्बन्धी विभिन्न विषयमा समझदारी भएको छ । नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि कतारका अमिरको यो पहिलो नेपाल भ्रमण हो ।   नेपालले सन् २००० जुलाई ११ मा दोहामा राजदूतावास स्थापना गरेको थियो भने कतारले काठमाडौंमा सन् २०११ अगष्टमा राजदुतावास स्थापना गरेको थियो ।

काठमाडौं:   नेपाल र कतारबीच द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको छ।    काठमाडौंको होटल सोल्टीमा नेपाल र कतारका प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय भेटवार्तापछि समझदारीमा हस्ताक्षर भएको हो।    नेपाल र कतारबीच युवा तथा खेलकुद क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्र र शिक्षा तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा हुने सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो।    नेपालका तर्फबाट कानुनमन्त्री पदम गिरीले सम्झौतामा हस्ताक्षर गरे।      त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघ र कतार चेम्बर अफ कमर्सबीच भएको सम्झौतामा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल हस्ताक्षर गरेका थिए।    सोल्टीको द्विपक्षीय वार्तापछि प्रधानन्त्री प्रचण्डले कतारी अमिर शेख तमिम विन हमाद अल थानीको सम्मान होटल द्वारिकाजमा दिवा भोजको आयोजना गरेका छन्।    मंगलबार नेपालको राजकीय भ्रमणमा आएका कतारी अमिर आजै स्वदेश फर्कनेछन्। 

काठमाडौं:  टी-२० सिरिज खेल्न वेस्ट इन्डिज ‘ए’ क्रिकेट टिम नेपाल आइपुगेको छ ।   बुधबार बिहान वेस्ट इन्डिज ‘ए’ क्रिकेट टिम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको हो ।   विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट म्यानेजर विनोद दासले वेस्ट इन्डिजको टिमलाई स्वागत गरेका थिए ।   रोस्टन चेजको कप्तानीमा सिनियर टोलीबाट खेलेका १२ खेलाडीसहित वेस्ट इन्डिजको ‘ए’ टिममा छन् । वेस्ट इन्डिज ‘ए’ ले नेपालसँग पाँच टी-२० खेलको सिरिज खेल्नेछ ।    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिलो खेल शनिबार हुनेछ । नेपालले वेस्ट इन्डिज ‘ए’ सँग दोस्रो खेल १६ वैशाखमा, तेस्रो खेल १९ वैशाख, चौथो खेल २० वैशाख र २२ वैशाखमा अन्तिम खेल खेल्नेछ ।   नेपालले वेस्ट इन्डिज ‘ए’ सँग आईसीसी टी-२० विश्वकपको तयारी स्वरूप शृंखला खेल्न लागेको हो । वेस्ट इन्डिज ‘ए’ सँगको शृंखलापछि नेपाली क्रिकेट टिम टी-२० विश्वकप खेल्न अमेरिका प्रस्थान गर्नेछ ।

काठमाडौँ:   वैशाख १२ को विनाशकारी भूकम्पको आज ९ वर्ष पूरा भएको छ ।   २०७२ वैशाख १२ गते मध्यान्ह ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाक केन्द्र बनाएर ७.६ रेक्टर स्केलको भूकम्प गएको थियो ।   सो भूकम्पमा आठ हजार ९७० जनाले ज्यान गुमाएका थिए भने २२ हजार भन्दा बढी घाइते भएका थिए ।    भूकम्पबाट पाँच लाख ११ हजार ३९० घर पूर्ण रूपमा क्षति भएको थियो भने दुई लाख ८६ हजार ७६७ घरमा आंशिक क्षति पुर्‍याएको थियो । सो विनाशकारी भूकम्पको नौ वर्ष पूरा भएको छ । सो दिनको स्मृतिमा बुधबार भूकम्प स्मृति दिवस मनाइँदैछ ।   अघिल्लो पुस्ताले सुनाउँदै आएको १९९० सालको भूकम्पलाई बिर्साउने गरी वैशाखमा गएको उक्त विनाशकारी भूकम्पको सम्झना गर्दै बुधबार विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरी सो दिवस मनाइँदै छ ।     खानी तथा भूगर्भ विभागले गोरखा भूकम्पको सम्झनामा बुधबार बृहत् फोटो प्रदर्शनी गर्दैछ भने देशभर सचेतनामूलक कार्यक्रमहरू हुँदैछन् ।    गोरखा भूकम्पबाट ३२ जिल्लामा क्षति पुगेको थियो । भूकम्पले गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौँ,  ललितपुर र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति पुगेको थियो ।    सो भूकम्पले करिब सात खर्ब छ अर्ब बराबरको क्षति भएको अनुमान सरकारले गरेको थियो । तर, सरकार र नागरिक तह दुवैले भूकम्पबाट जोगिन प्रभावकारी काम नगरेको पुष्टि गत कार्तिकमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा भएको छ ।   ६ दशमलव ४ रेक्टर स्केलको उक्त भूकम्पले पश्चिमको १३ जिल्लालाई असर पा¥यो । १५३ जनाको ज्यान गयो भने ३६४ जना घाइते भए । 

पोखरा:  गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पर्यटन राजधानी घोषणालाई साकार रुप दिन तीन तहकै सरकारको भूमिका महत्पूर्ण हुने बताएका छन् ।    पोखरा लेकसाइडमा चारतारे होटलको रुपमा स्तरोन्नति भई सञ्चालनमा आएको होटल पोखरा भिलेज रिसोर्ट एण्ड स्पाको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।   ‘एयरपोर्टदेखि होटलसम्म पुग्ने पूर्वाधारहरूसहज हुनुप¥यो, गुणस्तरीय हुनुप¥यो, त्यसका लागि तीन तहका सरकारको आफ्ना जिम्मेवारी छन्, ती सबै सरकार एक्सन कटमा जानुपर्छ । र मात्रै राजधानी घोषणालाई साकार दिइरहन सक्छौ,’ उनले भने ।     पोखरालाई पर्यटकीय राजधानी घोषणा नेपाल सरकारको तर्फबाट गर्नुपर्ने भएपनि त्यसो हुन नसकेको उनको गुनासो थियो ।    यति हुँदा हुँदै पनि प्रधानमन्त्रीको मुखारविन्दबाट घोषणा हुनु भने सुखद रहेको धारणा राखे  ।    निजी क्षेत्रबाट २५ औं करोड लगानी गरेर चारतारे स्तरको होटल सञ्चालन गर्न लागेकोमा खुशी व्यक्त गरे ।   २०६६ सालबाट थ्रीस्टारको सुविधा दिएको होटल स्तरोन्नती गरेर फोर स्टार लेभलमा सञ्चालन गर्न लागिएको सञ्चालक हरी शर्मा गैह्रेले जानकारी दिए ।   होटलमा डिलक्स, सुपर डिलक्स, हनिमुन, स्विट गरेर ६५ वटा रुम र तीनवटा हल रहेको छ ।