पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

सप्तरी:  आफ्नै श्रीमतीलाई हत्या गरेको आरोपमा एक युवा पक्राउ परेका छन् ।   सप्तरी प्रहरीका अनुसार पक्राउ पर्नेमा शम्भुनाथ नगरपालिका–५ मोहनपुरका इनरदेव चौधरी रहेका छन् ।   चौधरीलाई प्रहरी चौकी कठौना र ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो पक्राउ गरेको हो ।   प्रहरीका अनुसार चौधरीले आफ्नै ३२ वर्षीया श्रीमती किरण कुमारी चौधरीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।   किरण कुमारीलाई स्थानीयले बेहोस अवस्थामा फेला पारी अस्पताल गरेपश्चात चिकित्सकले मृत घोषणा गरेको थियो ।   त्यसपछि इनरदेवलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा आफ्नो संगल्नता रहेको बयान दिएका थिए ।   सो विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  ।  

पोखरा: पोखरा महानगरपालिका वडा नं ४ को वडा स्तरीय बाल मञ्चको आयोजना र पोखरा महानगर वडा नं ४ को समन्वयमा वडा नं ४ मा बालबालिकाको क्षमता अभिवृद्धिको लागि विद्यालय स्तरिय चित्रकला प्रतियोगिता सम्पन्न भयो । बालबालिका सँग वडा अध्यक्ष कार्यक्रम अन्तर्गत सम्पन्न प्रतियोगितामा क्रमश पहिलो, दोस्रो, तेस्रो र सान्त्वना एलजिना राई ( फेवा पब्लिक विद्यालय ), फियोना गुरुङ( पश्चिमाञ्चल विद्यालय ), क्षितिज अधिकारी ( फेवा पब्लिक विद्यालय ), आयुस पराजुली ( केफ माध्यमिक विद्यालय ) र आरोण बाबू लिगल ( गुरुकुल विद्यालय) रहेका छन् । उहाँहरुले रु ४०००, ३०००, २००० र १००० सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।   वडा अध्यक्ष देवकृष्ण पराजुलीले बालकालिकाहरुको प्रतिभा प्रस्फुटनको लागि प्रतियोगिता आवश्यकता हुने बताउनुभयो । विद्यालय स्तरिय चित्रकला प्रतियोगिताका वडा सदस्य प्रकाश कोईरालाले विद्यालयको शिक्षाले मात्र नहुने भएकोले यस्ता प्रतियोगिता आगामि दिनमा पनि प्रतियोगिताहरु गरिरहने बताउनुभयो । वडा सदस्य पार्वती माकाजु, विष्णुमाया परियार लगाएतले बालबालिकाहरुको लागि विभिन्न प्रतियोगिताहरु भइरहनु पर्ने र वडा बाल मञ्च र बाल संरक्षण समितिको आग्रह अनुसार नै आगामि कार्यक्रमहरु हुने बताएका छन् । प्रमुख निर्णायक विश्वकला यात्री प्राज्ञ नगेन सिंहले कला कहिल्यै नराम्रो नहुने भएकोले पुरस्कृत नभए पनि आफ्नो सिर्जना गरिरहनु पर्ने बताउनुभयो ।   प्रतियोगितामा वडा नं ४ का २१ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । सहभागी सबैलाई आर्ट पेपर र पेष्टल कलर आयोजकले उपलब्ध गराईएको थियो । अन्य निर्णायकमा वडा बाल मञ्चको सल्लाहकार स्वईच्छा सुबेदि र पत्रकार कलाकार ज्योति हमाल हुनुहुन्थ्यो ।  

काठमाडौं:  नेकपा एमालेले प्रधानमन्त्रीको अभिव्यक्तिको विषयलाई लिएर राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ ।   प्रधानमन्त्रीले केही दिनअघि सरदार प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली गएको भन्दी दिएको अभिव्यक्ति आफूहरुलाई स्वीकार्य नभएको नभएको भन्दै एमालेले राजीनामा माग गरेको छ ।   बुधबार दिउँसो साढे २ बजे बसेको राष्ट्रियसभा बैठकमा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले समय लिएर बोल्दै दिल्लीको इशारामा बनेको प्रधानमन्त्री आफूहरुलाई स्वीकार्य नभएको बताए ।   ‘उहाँले तुरुन्तै राजीनामा दिनुपर्छ र मार्गप्रशस्त गर्नुपर्छ । भारतको इशारामा, भारतको नेतृत्वमा र भारतको संयोजनमा भएको प्रधानमन्त्री हामीलाई स्वीकार्य छैन, प्रधानमन्त्रीले राजीनामा नदिएसम्म बैठक चल्न दिँदैनौं’उनले भने ।   एमाले सांसदहरु आफ्टो सिटबाट उठेर अवरोध गरेपछि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित गरेका छन् ।  

महोत्तरी:  गोली प्रहारबाट महोत्तरीमा एक जना घाइते भएका छन् ।    महोत्तरीको रामगोपालपुर नगरपालिका–१ बसबिट्टीमा मङ्गलवार बेलुकी आपसी विवाद हुँदा लक्ष्मीपुर बस्ने ३८ वर्षीय कौशल मण्डलले चलाएको गोली लागेर ४४ वर्षीय श्रवण यादव घाइते हुनुभएको हो । घाइते यादवको जनकपुरमा रहेको जानकी हेल्थ केयरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।   बसबिट्टी घर भएका यादवमाथि मण्डलले दुई राउन्ड गोली प्रहार गरेका इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी नायब निरीक्षक ९सई० सुमन सिंहले जानकारी दिनुभयो । घाइते यादवको कन्चट नजिक र दाहिने कुममाथिको भागमा गोली लागेको छ ।   गोली प्रहार गर्ने मण्डललाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । स्थानीयको कुटपिटबाट घाइते भएका मण्डललाई जलेश्वर प्रादेशिक अस्पतालमा उपचार गराई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरी ल्याइएको छ ।   घटनास्थलबाट प्रहरीले एक थान पेस्तोल र तीन थान गोलीको खोका बरामद गरेको छ ।

चितवन:  चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कर्मचारी आन्दोलित भएका छन् ।   तीन महिनादेखिको तलब खान नपाएको भन्दै कर्मचारीले आज केहीबेर प्रशासन घेराउ गरेका छन् । कर्मचारीले वैशाखदेखिको तलब खान नपाएको बताएका छन् ।   कार्यकारी निर्देशक नियुक्ति हुन नसक्दा अस्पतालमा समस्या देखिएको हो । कर्मचारीले तलब नपाएको बताएका छन् भने फार्मेसीमा औषधिको अभाव हुन थालेको छ । कार्यकारी निर्देशक डा। देजकुमार गौतमको कार्यकाल गत वैशाखमा सकिएपछि नयाँ कार्यकारी निर्देशक नियुक्ति हुनसकेको छैन ।   बोर्ड सदस्यहरुको नियुक्ति नै नभएपछि कार्यकारी निर्देशक नियुक्ति हुन नसकेको हो ।बोर्डमा ६ जना सदस्य रिक्त छन् । जसमा ४ जना चिकित्सक र २ जना स्थानीय समाजसेवी रहने प्रावधान छ । तीन महिनादेखिको तलब नपाउँदा कर्मचारीहरुको काम गर्ने मनस्थिति नै नभएको एक जना कर्मचारी कृष्णहरि बरालले बताए ।   भागबन्डा नमिल्दा रोकियो नियुक्ति क्यान्सर अस्पतालको बोर्ड सदस्य ६ जना खाली छ । नियुक्ति गर्ने ६ जनाको नाम स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन् । तर, प्रचण्डले स्वास्थ्यमन्त्रीले बुझाएको नाममा चित्त नबुझाएका कारण भागबन्डा हुन नसकेको हो ।   स्रोतका अनुसार मन्त्रीले बुझाएको लिष्टमा एक जनामात्रै माओवादी निकटका व्यक्ति छन् ।  अस्पतालको अध्यक्ष माओवादी निकटका डा। विजय न्यौपाने नियुक्त भैसकेकोले कार्यकारी निर्देशक कांग्रेसले पाउनुपर्ने दाबी छ ।   कांग्रेसले बोर्डमा बहुमत जुटाएर आफू पक्षका कार्यकारी निर्देशक नियुक्ति गर्न सक्ने सम्भावना भएकै कारण बोर्ड सदस्यको नियुक्ति रोकिएको हो । कांग्रेसबाट डा। विजय आचार्य र डा। शिवजी पौडेल कार्यकारी निर्देशक बन्ने दौडमा छन् भने माओवादीबाट डा। कृष्णसागर शर्माको दाबी छ ।

दाङ:  दाङको बबइ नदीमा डुबेर मंगलबार एक किशोरको मृत्यु भएको छ ।   मृत्यु हुनेमा बबई गाउँपालिका वडा नं। ५ जौबारीका १७ वर्षका सिताराम देवकोटा रहेको इलाका प्रहरी कार्यालय हापुरेका प्रमुख भीमवहादुर सुनारले जानकारी दिए ।   बबइ गाउँपालिका- १ मलइबाट घर फर्कने क्रममा बबइ नदीमा देवकोटाको डुबेर मुत्यु भएको प्रहरीले जनाएको छ ।

काठमाण्डौ:   पर्साको वीरगञ्जमा रहेको सिर्सिया नदी किनारमा वीरगञ्ज महानगरपालिकाले वृक्षारोपण शुरु गरेको छ ।   प्रदूषित बनेको नदीको संरक्षणका साथै सरसफाइका लागि नदीको किनारमा महानगरले वृक्षारोपण शुरु गरेको हो ।   नदीको दुवै किनारामा वृक्षारोपण गर्दा हराभराका साथै सुन्दर देखिने र यसले नदी कटानबाट पनि बचाउने हुँदा नेपाल–भारत सीमाको मितेरी पुलदेखि उत्तरतर्फ महानगर क्षेत्रमा पर्ने सिर्सिया किनारमा वृक्षारोपण शुरु गरिएको महानगरका मेयर राजेशमान सिंहले बताउनुभयो ।   राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति (कार्यक्रम कार्यान्वयन एकाइ, भरतपुर चितवन) र ग्रिन सिटी सामुदायिक सेवा केन्द्रसँगको सहकार्यमा महानगरपालिकाले नदी किनारमा उन्नत जातका बाँस (चाप र हरौट) रोप्ने कार्य शुरु गरेको हो ।   मनसुनमा बाढीले सिर्सिया नदी कटान गर्दै आएको छ । साथै तटिय क्षेत्रमा डुबानको समस्या छ । महानगरले नदी सफाइका लागि औद्योगिक क्षेत्रबाट निस्कने लेदो पानी फाल्न रोक लगाएको छ ।   पर्सा–बारा औद्योगिक करिडोरमा सञ्चालित उद्योगबाट निस्किने फोहर पानीका कारण सिर्सिया नदी प्रदूषित बन्दै गएको छ ।  

सुनसरीको इटहरी चोकमा टिपरले स्कुटरलाई ठक्कर दिँदा आमा छोरीको ज्यान गएको छ ।   हिजो दिउँसो टिपरको ठक्करबाट इटहरी उपमहानगरपालिका–८ गैसारका ४२ वर्षीया सरिता चौधरी र उहाँकी छोरी २२ वर्षीया अनुशा ९अंशु० घाइते हुनुभएको थियो ।    गम्भीर घाइते आमा छोरीको उपचारका क्रममा न्युरो अस्पताल विराटनगरमा ज्यान गएको इलाका प्रहरीले कार्यालय इटहरीले जनाएको छ ।   कान्छाराम कन्स्ट्रक्सनको ना १ क ९१०७ नम्बरको टिपरले को १४ प ५२६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।   घटनापछि स्थानीय बासिन्दाले टिपरमा तोडफोड गरेका थिए भने नाराबाजीसहित प्रदर्शन गरेका थिए । टिपर चालक सर्लाहीको हरिवनका बलबहादुर बम्जनलाई प्रहरीले पक्राउ गरेको छ ।    इटहरीका मेयर हेमकर्ण पौडेलले घटनाको छानबिन समिति बनाएर आवश्यक कारबाही गर्ने प्रतिवद्धता जनाउनुभएको छ र दुर्घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

काठमाण्डौ:  सरकारले छ लाख १५ हजार एक सय ६१ घरपरिवारलाई गरिब परिचयपत्र वितरण गरेको छ ।   भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विभिन्न ४९ जिल्लामा गरिब पहिचान गरी परिचयपत्र वितरण गरेको हो ।   सरकारले उनीहरूको आय तथा व्ययको स्रोत, घरको अवस्था, जीवनशैली, शिक्षाको अवस्थालगायतको सूचकाङ्क अध्ययन गरी अतिगरिब, मध्यम गरिब र सामान्य गरिबका रूपमा वर्गीकरण गरेर पहिचान गरेको छ । वार्षिक प्रतिव्यक्ति २२ हजार ९ सय १९ रुपैयाँ खर्च गर्न नसक्नेलाई गरिब मानिएको छ ।   तीनै तहका सरकारले गरिब लक्षित कार्यक्रम सञ्चालन गर्दा उनीहरूलाई सेवा तथा सुविधा उपलब्ध गराउँदा परिचयपत्रका आधारमा प्रदान गर्ने गरिब पहिचान तथा मापदण्ड शाखाका प्रमुख झविन्द्र पाण्डेले जानकारी दिनुभयो । सङ्घीय, प्रादेशिक र स्थानीय तहका सरकारले आफ्नो क्षमताअनुसार उनीहरूलाई सहुलियत प्रदान गर्नेछन् ।   सरकारले उनीहरूलाई शिक्षामा छात्रवृत्ति, निःशुल्क स्वास्थ्य बिमाका साथै गरिबी न्यूनीकरणका परियोजनामा प्राथमिकता दिएको छ । २०७० सालमा गरिब पहिचानको कार्यक्रम शुरु गरिएकोमा शुरुमा २६ जिल्ला र २३ जिल्लाका गरिब पहिचान गरिएको थियो ।   बाँकी २८ जिल्लामा पहिचानका कार्य सकिएकाले आगामी वर्षमा परिचयपत्र वितरण गरिने छ । पहिचान तथा परिचयपत्र वितरण कार्यका लागि सरकारले अहिलेसम्म झण्डै एक अर्ब ५३ करोड रुपैयाँ खर्च गरिसकेको जनाएको छ ।