पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

पोखरा:    कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा न ९ स्थित मर्दि खोलाको आधार शिवरमा पर्ने ठुलो भिर तथा कोप्रे भिरमा हनि हन्टिङ गरिने भएको छ । २५ मिटर र पाँच सय मिटर अग्लो रहेको उक्त दुई भिरमा भिर मह काटन लागिएको हो । हालसम्म गर्मि रहेकाले मह काट्न लागिएको हो ।  सिधिङ युनाइटेड क्लबको आयोजनामा हुन गईरहेको दुई दिने मह काट्ने कार्यक्रममा माछापुच्छे« गाउँपालिका वडा नं।९ को समन्वयमा हुन लागेको हो । माछापुच्छे« ९ का वडा अध्यक्ष हरि बहादुर क्षेत्री (राजेन्द्र)ले जेठ असारमा मह भिर मौरिको सिकार गर्नु निकै चुनौति र जोखिमपूर्ण रहेको बताए ।  ‘यो जेठ असारमा काटेको भिर मौरि अलि खतरा मानिन्छ । किनकि यो बेलामा, जगलमा प्राकृतिक रुपमा फुल्ने विभिन्न फुलहरुका कारण र भौगोलिक रुपमा पनि अझ यो बढि उचाइमा रहेको कारण यसलाई  लाग्ने महको रुपमा पनि लिईन्छ’ उनले भने, ‘यसका लागि वडाले समन्वय गरिरहेको छ । यो पर्यटकीय आकर्षणको केन्द्र बन्न सक्छ ।’  उनका अनुसार भिरमा प्राचिन तरिकाले जसरी मह काटिन्थ्यो त्यसरी नै काटिने छ । जुन कुरा नयाँ पुस्ताका लागि नौलो हुनेछ । मर्दि हिमाल ट्रेक तथा माछापुच्छ्रे नमुना पैदल मार्गको सगंम स्थान भनेर बुझिएको मह भिर पदमार्गमा आउने पर्यटकका लागि समेत नयाँ गन्तव्य हुनसक्ने उनले बताए । मौरीको मह काट्नका लागि चिना हेराई भिरमा भेडाको पाठोको भोक दिने प्रचलन पनि चल्दै आएको छ ।

पोखरा:    फेवा किनारका सिमसार क्षेत्र पुरेको विवाद चुलिदा फेरी फेवा संरक्षणको चाँसो बढेको छ ।  पोखरा महानगरपालिकाको तत्कालिन मेयर मान बहादुर जिसीले ५५ औं कार्यपालिका बैठकमा फेवातालको मापदण्ड ६५ मिटरबाट घटाएर ३० मिटर कायम गर्ने निर्णय गरेको थिए । तर सर्वोच्च अदालतले फेवातालको मापदण्ड ६५ मिटर नै कायम राख्न अन्तरिम आदेश दिएको थियो ।  त्यसयता फेवा संरक्षणको विषय साम्य भएको थियो । फेरि यतिबेला फेवा संरक्षणको सवाल तातिएको छ । केही दिन यता पोखरा महानगरपालिका २३ र २४ स्थित पामे ठाडो बाटो स्थित फेवातालको सिमसार क्षेत्र घोषणा गरेको क्षेत्रलाई लिएर स्थानीय र पोखरा महानगरबीच विवाद भइरहेको छ ।  पामेस्थित फेवातालको सिमसार क्षेत्र घोषणा गरिएको क्षेत्रमा अहिले व्यवसायी युवराज खतिवडाले ५ सय रोपनी जग्गा पुर्नका लागि माटोको थुप्रो नै बनाएपछि महानगर पुर्न नदिने पक्षमा छ  । त्यतिमात्र नभएर खतिवडाको टिप्पर र डोजर नै नियन्त्रयमा लिएको छ ।  यद्यपी पोखरा महानगरपालिकाले पहिले भने कृषि उपजका लागि जग्गा पुर्न दिने बताएको थियो र सोही अनुसार स्थानीयसँग मिलेर जग्गा पुरेको व्यवसायी खतिवडाको दाबी छ ।  स्थानीय कुलप्रसाद तिमिल्सिनाले वरिपरिका जग्गा पुर्दा आफ्नो जग्गा तल हुँदा आफुले पनि पुरेर खेती गर्नुपर्ने माग राखे । उनले सिमसार क्षेत्रमा कृषिजन्य खेती गर्न माटोले पुर्ने पर्ने उनले बताए । ‘यो क्षेत्रमा पुरै पुरै हिलैहिलो हुन्छ, माटो फिलिङ गरेर मात्रै खेतीयोग्न जमिन बन्छ । नत्र यस्तोमा कसरी खेती गर्न मिल्छ ?,’ उनको प्रश्न छ । ‘यता पुरे उता पुरे यसलाई सिमसार क्षेत्र भन्दिने, पाखामा खेती गरौं खान पाइँदैन बादरले सक्छ,’ तिमिल्सिनाले भने, ‘तालको भाग भनेर योजना छ, ५ किलोमिटर माथि आएर पुर्न पाइँदैन, घर बनाउन पाइँदैन भन्ने छ यहाँ दुईथरी  कानून छन् । पुरेर खेती गर्न पाउनुपर्छ भन्ने हाम्रो माग हो ।’ भाइअंश भएको र दुवै तर्फ माटोले पुर्दा आफ्नो जग्गा गहिराईमा परेको भन्दै पुरेर खेतीपाती गर्न पाउनुपर्ने उनको माग छ ।   पोखरा महानगरपालिकाले नै सिमसार क्षेत्रलाई आवास क्षेत्र तोकिदिएपछि जग्गा पुरेको स्थानीयको स्पष्टोक्ती छ ।

तनहुँ:  आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट अवैध लागूऔषध गाँजा करिब ६ केजीसहित एक जनालाई पक्राउ गरेको छ ।   प्रहरीका अनुसार पक्राउ पर्नेमा धादिङ निलकण्ठ नगरपालिका–७ सुनौला बजार बस्ने २२ वर्षीय  कृष्ण बहादुर खड्का रहेका छन् ।   अस्थायी प्रहरी पोष्ट मुग्लिङबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ना. ४ ख ६३५६ नम्बरको बसलाई जाँच गर्ने क्रममा खड्कालाई आज (शनिबार) बिहान प्रहरीले पक्राउ गरेको हो ।    उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

सिन्धुली:     सुनकोशी नदीमा जीप खस्दा बेपत्ता भएका तीन जनाकै शव भेटिएको छ । हराइरहेका यमप्रसाद भुर्तेलको शव दुर्घटनास्थलबाट झण्डै ९५ किलोमिटर तल उदयपुर ताप्ली गाउँपालिका-५ मा सुनकोशी नदीको किनारमा आज फेला परेको जिल्ला प्रहरी कार्यालयले सिन्धुलीले जनाएको हो । जेठ १९ गते भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको जीप सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ को लौकुनबाट सुनकोशी नदीमा खस्दा सीटीईभीटीका प्रशासन शाखाका निर्देशक कृष्ण केसी, योजना महाशाखा निर्देशक यमप्रसाद भुर्तेल र विद्युत् प्राविधिक भानु पौडेल बेपत्ता भएका थिए । बेपत्तामध्ये केसी र पौडेलको शव जेठ २३ गते फेला परेको थियो ।  जीपका चालक कृष्ण चौधरी भने पौडिएर बाँच्न सफल हुनुभएको थियो ।

स्याङ्जा:  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भवन उद्घाटन गर्न हेलीकप्टरमा स्याङ्जा पुगेका छन् ।   ओलीले शुक्रबार कुल ५ करोड ६४ लाख ४२ हजार ८ सय ६२ रुपैयाँ लागतमा निर्मित आँधीखोला गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गरेका हुन् ।  तस्बिर: गीता रानामगर                       ​  

पोखरा:  पोखराको नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) सम्मानित भएकी छिन् ।     मदरल्याण्ड माध्यमिक विद्यालयले भण्डारीलाई नगद २५ हजार, सम्मानपत्रसहित दोसल्लाले सम्मान गरेको हो ।   उनलाई पश्चिम पृतिना हेडक्वाटर विजयपुरका पृतनापति दिपककुमार बानियाँ, विद्यालयका निर्देशक डा. त्रिभुन बराल, प्रिन्सिपल नारायण बराल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिननाथ बरालले सम्मान अर्पण गरे ।   सो अवसरमा बोल्दै भण्डारीले खेल जिवनका लागि थप हौसला मिलेको बताइन् । भण्डारीले आफ्नो फुटबल अभ्यासका अतीत सम्झँदै सँघर्षले नै सफलता प्रदान गर्ने बताइन् ।   उनले आगामी दिनमासमेत राष्ट्रको शिर उचो बनाउनका आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने धारणा राखेकी थिइन् ।   को हुन् साम्बा ?   साम्बा उपनामले परिचित सावित्रा भण्डारी २६ वर्षअघि लमजुङको बाहुन्डाँडामा जन्मिएकी हुन ।    विगत एक दशकदेखि फुटबल खेल्न सुरु गरेकी उनले सोही वर्ष राष्ट्रिय टिममा डेब्यु गरिन् ।    सन् २०१४ मा सम्पन्न साफ च्याम्पियनसिपमा उनले देशको प्रतिनिधित्व गदै पहिलो अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाइन् ।    त्यसपछि हालसम्म गरि उनले देशको प्रतिनिधत्व गदै एक दर्जन अन्तराष्ट्रिय प्रतियोगितामा सहभागीता जनाइसकेकी छिन् ।    साम्बको सोही योगदानको कदर गर्दै विद्यालयले सम्मान गरेको विद्यालयका प्रिन्सिपल नारायण बरालले बताएका थिए ।    गण्डकी प्रदेशस्तरीय फुटसल सुरु   मदरल्याण्ड विद्यालयको आयोजनामा शनिबारदेखि प्रदेश स्तरीय फुटसल प्रतियोगिता सुरु भएको छ ।   भर्खरै एसइई दिएर नतिजाको पर्खाइमा रहेका विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको प्रतियोगितामा कुल ६० टिमको सहभागिता रहेको छ ।   पश्चिम पृतिना हेडक्वाटर विजयपुरका पृतनापति दिपककुमार बानियाँले सो प्रतियोगिताको उद्घाटन गरे ।    तीन दिनसम्म चल्ने प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय  हुनेले क्रमशः नगद ३० हजार, २० हजार र १० हजारका साथ मेडल, सिल्ड र प्रमाणपत्र प्राप्त गर्ने छन् । 

काठमाडौं:    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जिल्ला निर्वाचन कार्यालय खारेज गर्न नखोजिएको प्रस्ट्याउनुभएको छ। उहाँले निर्वाचन कार्यालयलाई नयाँ ढङ्गले व्यवस्थापन गर्न खोजिएको बताउनुभयो।  प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले निर्वाचन कार्यालयहरू खारेज गर्न खोजिएको नभई नयाँ ढङ्गले व्यवस्थापन गर्न खोजिएकाले अब आयोगको परामर्शबमोजिम गरिने प्रस्ट गर्नुभयो। सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमार्फत जिल्ला निर्वाचन कार्यालय खारेज गरी जिल्ला प्रशासन कार्यालयमा एकाइ राख्ने प्रस्ताव गरेको थियो। बजेट वक्तव्यमार्फत अघि सारिएको सरकारको योजनालाई लिएर सत्तापक्षकै सांसदले समेत असहमति जनाएका छन्।  छलफलमा प्रधानमन्त्री प्रचण्डले आयोगले प्रारम्भ गर्न खोजेको निर्वाचन व्यवस्थापन ऐन, मतदाता नामावली सङ्कलन र अन्तर्राष्ट्रिय सम्मेलनका कार्यहरू अगाडि बढाउन सहयोग गर्ने बताउनुभयो। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनसम्बन्धी कानुनको एकीकृत मस्यौदाको काम भइरहेको सम्बन्धमा प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराउनुभएको थियो।  छलफलमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट वक्तव्यमा आएको विषयलाई आयोगको धारणा अनुसार नै व्यवस्थापन गरिने बताउनुभयो। उहाँहरूले लोकतन्त्रमा विश्वास गर्ने वर्तमान सरकारबाट आयोगको स्वतन्त्रता, स्वायत्तता र क्षेत्राधिकारमा कुनै सङ्कुचन वा प्रतिकूल प्रभाव पर्न नदिने कुरामा सचेत रहेको स्पष्ट पार्नुभयो।  कानुन प्रतिकूल सङ्घीय संसद् र प्रदेश सभामा प्रतिनिधित्व गर्ने १२ राजनीतिक दलले निर्वाचन कार्यालय खारेज गर्ने प्रस्ताव नेपालको संविधान र प्रचलित कानुनको प्रतिकूल हुने धारणा व्यक्त गरेका छन्। निर्वाचन आयोगले शुक्रबार आयोजना गरेको राजनीतिक दलसँगको बैठकमा दलका प्रतिनिधिले यस्तो धारणा राखेका हुन्।  दलका प्रतिनिधिले निर्वाचन कार्यालय खारेज गर्ने निर्णय नेपाल सरकारले गरेको भए सो निर्णय फिर्ता लिन पत्राचार गर्ने बताएका छन्। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बैठकमा सहभागी सबै दलका प्रतिनिधिले जिल्ला निर्वाचन कार्यालय यथावत् सञ्चालन गर्न आवश्यक स्रोतसाधन उपलब्ध गराउन निर्वाचन आयोगमार्फत नेपाल सरकारलाई लेखी पठाउने निर्णय गरेको बताउनुभयो।  बैठकमा नेपाली कांग्रेसका सहमहामन्त्री एवं सांसद जीवन परियारले आयोगको स्वतन्त्रता र निष्पक्षतामाथि प्रश्न उठ्ने काम गर्न नहुने भन्दै बजेटमा प्रस्तावित निर्वाचन कार्यालय खारेज गर्ने व्यवस्था कार्यान्वयन हुन नहुने पक्षमा रहेको बताउनुभयो। नेकपा ९एमाले० का नेता केदार कोइरालाले निर्वाचन कार्यालय खारेज गर्ने निर्णय संविधानविपरीत रहेको बताउनुभयो। बैठकमा सहभागी नेकपा (माओवादी केन्द्र) का केन्द्रीय पोलिटब्युरो सदस्य मुक्ति प्रधानले कानुनमा नभएको व्यवस्था बजेटमा आएकाले स्वीकार्य नहुने बताउनुभयो। उहाँले बजेटमा कसरी आयो भन्ने छलफलको विषय हुन सक्ने बताउँदै उक्त व्यवस्थालाई परिमार्जन गरेर जानुपर्ने धारणा राख्नुभयो। लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता केशव झाले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावलीमा नाम सङ्कलन प्रक्रिया अगाडि बढाउने र स्थानीय तहमार्फत मतदाता नामावली सङ्कलन गर्ने आयोगको प्रस्तावमा सहमति जनाएको बताउनुभयो।  नेपाली कांग्रेसका सहमहामन्त्री परियारले भने स्थानीय तहलाई मतदाता नामावली सङ्कलन गर्ने जिम्मेवारी दिन नसकिने बताउनुभयो। उहाँले भन्नुभयो, “मतदाता नामावली सङ्कलन गर्ने, अद्यावधिक गर्ने प्रक्रिया निर्वाचनको स्वच्छता र निष्पक्षतासँग जोडिन्छ। यस प्रकारको निर्णय गर्दा हतारमा गर्नुहुन्न।” बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कांग्रेसका परियार, एमालेका कोइराला र लोसपाका झाले राजनीतिक दलको आयव्ययको लेखापरीक्षण जाँच्न आयोगलाई सघाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। नेमकिपाको असहमति बैठकमा सहभागी नेपाल मजदुर किसान पार्टीका प्रतिनिधिले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावलीमा नाम सङ्कलन गर्ने आयोगको प्रस्तावमा असहमति जनाएका छन्। विदेशमा मतदाता नामावली सङ्कलन गर्ने प्रस्तावमा सो दलको प्रतिनिधित्व गरेका सरोजराज गोसाईंले यस्तै नीतिले विदेशबाट नेपाल चलाउनुपर्ने अवस्था आउन सक्ने भन्दै आपत्ति जनाउनुभयो।  उहाँले भन्नुभयो, “८० लाख नेपाली विदेशमा छन्। जिल्ला जिल्लामा निष्पक्ष र धाँधलीरहित निर्वाचन हुन सकेको छैन। स्वदेशमा रहेका सबैलाई मतदाता सूचीमा समेट्न सकेका छैनौँ। यसै प्रकारको नीतिगत व्यवस्था आयो भने विदेशमा रहेका नेपालीले नेतृत्व गर्ने अवस्था आउन सक्छ।” निर्णय लेखिएको पृष्ठमा उहाँले हस्ताक्षर नै नगरी फर्किनुभयो। अन्य १२ राजनीतिक दलका प्रतिनिधिले भने हस्ताक्षर गरेका छन्। 

स्याङ्जा:    स्याङ्जाको गल्याङ नगरपालिका –५ का पूर्ब वडाअध्यक्ष बिष्णु क्षेत्रीको डोजरको ठक्करबाट मृत्यु भएको छ । विहीबार सोही वडाको जोगिमारामा काम गरिरहेको जेसीबी अनियन्त्रित भएर क्षेत्रीलाई ठक्कर दिएपछि उनको मृत्यु भएको हो ।   दुर्घटनामा घाइते भएका क्षेत्रीको उपचारका क्रममा कालीगण्डकी अस्पताल मिर्मीमा मृत्यु भएको थियो । मृतक क्षेत्रीको शवलाई पोस्टमार्टमका लागि वालिङ गह्रौ प्राथमिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।  क्षेत्री २०७४ को स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित जिल्लाका एक मात्र वडाअध्यक्ष रहनुभएको थियो ।

काठमाडौं:    सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि राष्ट्रपतिको कार्यालयबाट झिकाउन आदेस दिएको छ । शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयकको प्रतिलिपि झिकाउने र अन्तरिम आदेश दिनुपर्ने कि नपर्ने भन्ने सम्बन्धमा छलफल गर्न यही जेठ ३० गते पेशी तोक्ने आदेश गरेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ १७ गते नागरिकता विधेयक प्रमाणीकरण गर्नुभएको थियो । राष्ट्रपति पौडेलले प्रमाणीकरण गर्नुभएको उक्त नागरिकता विधेयक संविधानको भावना र मर्म विपरीत भएको भन्दै वरिष्ठ अधिवक्ताद्वय बालकृष्ण न्यौपाने र डा। सुरेन्द्र भण्डारीले सर्वोच्चमा रिट दर्ता गर्नुभएको थियो ।