काठमाण्डौ: अवैध कल बाइपासमा संलग्न दुई जना पक्राउ परेका छन् । ललितपुरको महालक्ष्मी नगरपालिका–५ टीकाथली खरिबोटमा अवैध कल बाइपासमा संलग्न रहेको आरोपमा एक नेपाली र एक चिनियाँ नागरिक पक्राउ परेका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी घर भइ काठमाण्डौ सोह्रखुट्टे बस्ने २२ वर्षीय गणेश श्रेष्ठ र ३२ वर्षीय चिनियाँ नागरिक झाओ जियाङपेङ पक्राउ परेका हुन् । ललितपुर महालक्ष्मी नगरपालिका–५ टीकाथली खरिबोटमा गैरकानुनी रूपमा शङ्कास्पद गतिविधि भइरहेको सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरीले केही दिनदेखि खोजतलास गरिरहेको थियो । एनसेलको प्रयोग गरेका र नगरेका सिम तीन हजार सात सय थान, झण्डै पाँच लाख नेपाली रुपैयाँ र डलरसहित विभिन्न देशको मुद्रा बरामद गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौं: सरकारले आउँदो असार एक गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ । सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले बर्खायाममा सडक खन्न नदिने भएको हो । आज सार्वजनिक सूचना निकालेर सडक विभाग अन्तर्गतको कार्यालयले बर्खायाममा खनेको सडक झनै बिग्रने भएकाले असार एक गतेदेखि भदौ मसान्तसम्म कुनै पनि सडक नखन्न निर्देशन दिएको हो ।बर्खायाममा धारा, ढल, बिजुली, टेलिफोनलगायतको प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक बिग्रिँदै जाने कार्यालयले जनाएको छ । कार्यालयले भदौ मसान्तसम्म सडक खन्ने स्वीकृति नै नदिइने पनि जनाएको छ । सूचनालाई अटेरी गरी जबरजस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन–२०३१ अनुसार कारबाही गर्ने कार्यालयले चेतावनी दिएको छ ।
कालीकोट: कालीकोटमा रोकिराखेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एकजना घाइते भएकी छिन् । रास्कोट नगरपालिका वडा नम्बर-२ सेराबजारमा स्टार्ट गरी छोडेको बा १ च ४६४१ नम्बरको जीप सडकबाट भिरमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा रास्कोट नगरपालिका–१ लहरेलाका ४३ वर्षका मनबहादुर शाही र उनकी श्रीमती मैना शाहीको ज्यान गएको हो। दुर्घटनामा जीपमै रहेका त्यही ठाउँका रितु सिंह घाइते भएकी छिन। घाइतेलाई उपचारका लागि रास्कोट अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका डीएसपी जयश्वर रिमालले जानकारी दिए। स्थानीयका अनुसार चालकले गाडी स्टार्ट गरेर जुत्ता लगाउन गएका बेला गाडी ब्याक सरेर खोलामा खस्दा दुर्घटना भएको थियो ।
स्याङ्जा: स्याङ्जामा जिल्ला समन्वय समितिको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएके छ । आज बुधवार सिरुवारीबाट स्याङ्जा सदरमुकामका लागि छुटेको जिल्ला समन्वय समिति स्याङ्जाको गाडी दुर्घटना हुँदा चालक वालिङ नगरपालिका–४ का अमृत खनालको मृत्यु भएको प्रहरीले जनाएको छ । बा १ झ ५८७८ नम्बरको गाडी अर्जुनचौपारी गाउँपालिका–३ सहरे नजिक खोले भन्नेमा दुर्घटना भएको हो । दुर्घटनामा जिल्ला समन्वय अधिकारी राजेन्द्रप्रसाद पौडेलसहित अन्य दुई जना अम्बिका पौडेल र टीकाराम पौडेल घाइते भएका अर्जुनचौपारीका प्रहरी प्रमुख ख्यामबहादुर क्षेत्रीले जानकारी दिए। घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल स्याङ्जा लगिएको छ । समन्वय अधिकारीसहितको टोली के का लागि गएको थियो भन्नेबारे खुलेको छैन ।
पोखरा: बगर भाई खलक ६० वर्ष माथीको ‘सुपर भेट्रान’ फुटबल खेल्न भारत जाने भएको छ । मित्रराष्ट्र भारतको उत्तराखण्ड राज्यको देहरादुनमा यहि जेठ २६ देखि २९ गते सम्म आयोजना हुने ‘प्रथम राष्ट्रिय मास्र्टस स्पोर्टस २०२३’ अन्तर्गत हुने ‘सुपर भेट्रान’ फुटबलमा सहभागिता जनाउन त्यस तर्फ जान लागेको हो । भारततर्फ प्रस्थान गर्न लागेको टोलीलाई वडा प्रहरी कार्यालय बगरले एक कार्यक्रम गरी बिदाई गरेको छ । बिदाई कार्यक्रममा आफ्ना भनाई राख्दै पोखरा महानगर पालिका वडा नं १ का अध्यक्ष सहारा प्रधानले जितको शुभकामना दिंदै खेलकुद संगै सामाजिक अभियानमा सक्रिय भाई खलकले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन लागेकोमा खुसी व्यक्त गर्दै प्रतियोगिताले पोखरालाई खेलकुद मार्फत परिचय गराउन सहयोग मिल्ने बताए । कार्यक्रममा वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरिक्षक सालिकराम तिमिल्सिनाले भाई खलकले समाजमा सचेतना जगाउने संगै खेल अभियानमा सक्रियता पूर्वक अघि बढेकोमा खुसी व्यक्त गर्दै यसले सामाजिक रुपान्तरणमा समेत महत्वपूर्ण भूमिका खेलेको बताए । आफू सक्रियपूर्वक खेलमा जोडिन नसके पनि पाको उमेरमा पनि खेलकुदलाई अभिन्न बनाउन सकिन्छ भन्ने कुरालाई उदाहरणको रुपमा भाई खलकले स्थापित गरेको छ ।” सो अवसरमा सामाजसेवी तथा वडा प्रहरी कार्यालयका निर्माण तथा सम्भार समितिका अध्यक्ष पुरोषतम श्रेष्ठ, बगर भाई खलकका अध्यक्ष दिल बहादुर गुरुङ, महासचिव याम बहादुर गुरुङले आफ्ना भनाई राखेका थिए । पहिलो पटक ‘सुपर भेट्रान’ फुटबलमा सहभागिता जनाउन लागेको टोलीमा १५ जना रहेका छन् । टोलीमा पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको जमघट छ । जसमा ६९ वर्षिय दिनेश कुमार श्रेष्ठ, ६९ वर्षिय केशव (आनन्द) रञ्जित, ६८ वर्षिय चिन बहादुर गुरुङ, ६६ वर्षिय दिल बहादुर गुरुङ, ६५ वर्षिय जसकाजी गुरुङ र राम बहादुर गुरुङ, ६२ वर्षिय कृष्ण बजिमय, अम्बर गुरुङ र रमेश कुमार श्रेष्ठ, ६१ वर्षिय लोक बहादुर गुरुङ, ६० वर्षिय युद्ध बहादुर गुरुङ, जुनकाजी गुरुङ, ओमकार गिरी, धन कुमार गुरुङ (सन्तोष) र शकिल गुरुङ रहेका छन् । टोली बुधबार बिहान भारतका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको अध्यक्ष गुरुङले बताए । बिदाई कार्यक्रममा पोखरा महानगर वडा नं १ का अध्यक्ष प्रधानले खेलाडीहरुलाई मायाँको चिनो स्वरुप खेल पोशाका प्रदान गरेका थिए । बगर भाई खलकले तमु धिं युकेद्वारा हालै युकेमा सम्पन्न भेट्रान फुटबलमा समेत सहभागिता जनाएको थियो । ६० वर्ष माथीको फुटबल प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै पहिलो पटक भारता जान लागेको हो । नेपालमा भेट्रान फुटबल आयोजना गर्ने श्रेय समेत भाई खलकलाई छ । ‘स्वास्थ्यका लागि एक घनटा व्ययाम, नागरिक हरुको लागि नौलो आयाम’ भन्ने नाराका साथ विगत १२ वर्ष देखि निरन्तर भेट्रान फुटबलको आयोजनाले नेपालमा मात्रै नभई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत चर्चा बटुलेको छ । यसै विच भाई खलकले सञ्चालन गरेको ग्रासरुट लेभलका फुटबल प्रशिक्षक मनिष क्षेत्रीलाई उपचारका लागि नगद रु ५ हजार सहयोग गरेको छ । उनी विगत एक वर्ष देखि घुँडाको चोटका कारण समस्यामा रहेका छन् ।
पोखरा: पवन कुमार प्रजापतीको अध्यक्षतामा गण्डकी प्रदेशस्तरिय कब्बडी संंघ गठन भएको छ । पोखरामा मंगलबार सम्पन्न प्रथम अधिवेशनले प्रजापतीको अध्यक्षतामा १२ सदस्यिय कार्यसमिति गठन गरेको हो । नवगठित समितिका अध्यक्ष प्रजापती पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष समेत हुन् । समितिको उपाध्यक्षमा भरत कुमार श्रेष्ठ र निराजन श्रेष्ठ रहेका छन् । कार्यसमितको सचिवमा हरि जिसी र कोषाध्यक्षमा विन्दु थापा मगर रहेका छन् । नवगठित कार्यसमितिको सदस्यमा सन्दिप पन्त, हरि सिग्देल, युवराज श्रेष्ठ, रविन्द्र खाती क्षेत्री, विज्ञान नेपाली, विकास बाँनिया र तेज बहादुर विष्ट रहेका छन् । खेलकुद विकास ऐन २०७७ अनुसार पहिलो पटक उक्त समिति गठन भएको हो । प्रदेश खेलकुद परिषद गण्डकीका कार्यकारी सदस्य ऋषीराम गौतम र नेपाल कब्बडी संघका राष्ट्रिय उपाध्यक्ष विरेन्द्र कुमार यादवको विशेष उपस्थितीमा सम्पन्न भेलामा कास्की, तनहुँ, गोर्खा, बागलुङ र म्याग्दी जिल्लाको सहभागिता रहेको थियो ।
गण्डकी: विश्वव्यापी रुपमा बढेको जवायु परिवर्तनका कारण वातावरण र प्राणी जगतमा देखिएको चुनौतिको सामना गर्न सामुहिक प्रयास आवश्यक रहेको यहाँ आयोजित विभिन्न कार्यक्रममा जोड दिइएको छ । एकाउन्नौ विश्व वातावरण दिवसको अवसरमा पोखरामा आयोजित छुट्टाछुट्टै कार्यक्रममा वोल्ने वक्ताहरुले जलवायु परिवर्तनको न्यूनिकरणसंग अनुकुलित हुदै अघि बढ्नुको विकल्प नभएको बताएका हुन । “प्लाष्टिक जन्य प्रदूषण निर्मूल पारौ, वातावरण मैत्री विकल्पको उपयोग गरौ” भन्ने नाराका साथका आयोजित कार्यक्रममा वक्ताहरुले नकुहिने र जलाउदा विषालु ग्यास उत्सर्जन हुने प्लाष्टिक जन्य सामाग्रीको प्रयोग घटाउने अभियानमा सवै जुट्नु पर्नेमा जोड दिएका थिए । पोखरा महानगरपालिका कार्यवाहक मेयर मञ्जुदेवी गुरुङले नयाँ पोखरा सामुदायिक उपभोक्ता वन समुह उज्यालो डाँडा काहुमा आयोजित वृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्दै समुहले वन र वातावरणको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताउनुभयो । वन क्षेत्रलाई मुलुकको समृद्धिको अभियानमा जोड्नु पर्ने आवश्यकता औल्याउँदै उहाँले वन तथा वातावरण संरक्षणमा सवैसंग सहकार्य गरेर अघि बढ्न महानगर तयार रहेको प्रतिवद्धता समेत व्यक्त गनुभयो । पोखराबाट नजिकमा अवस्थास्थित महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकसित भएको काहुडाँडालाई रङ्गीचङ्गी फुलहरुको डाँडाका रुमा परिणत गरि थप पर्यटकको आकर्षण बढाउने लक्ष्यका साथ गुलमोहर, कल्की, जमारन्दा,टेकोमा, लालिगुरास लगायत विभिन्न जातका ७०० भन्दा बढी विरुवा रोप्ने कार्यक्रम रहेको वन समुहका अध्यक्ष इन्द्रकुमारी आचार्यले जानकारी दिनुभयो । ५३ घरधुरी उपभोक्ता १७५ रोपनी क्षेत्रफल रहेको उक्त वनको संरक्षणका लागि गण्डकी प्रदेश सरकारको २० लाख र स्थानीय जनसहभागि १२ लाख गरि कूल ३२ लाखको लागतमा वन क्षेत्रको संरक्षणका लागि पक्कि पर्खाल लगाउने कार्य शुरु भएको उहाँको भनाई छ । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेश अध्यक्ष कालिदास सुवेदी, पोखरा ११ का वडाअध्यक्ष प्रेम कर्माचार्य, वातावरण महाशाखाका निर्मल भण्डारी,वातावरण प्रेमी चन्द्रबहादुर गुरुङ लगायतले वातावरण सन्तुलन राख्न वन क्षेत्रको भूमिकाका बारेमा चर्चा गर्नुभएको थियो । डिभिजन वन कार्यालय कास्कीवाट निशुल्क रुपमा उपलव्ध गराईएका विरुवा रोप्ने कार्यक्रममा वन उपभोक्ता सहित विभिन्न संघसंस्थाका प्रतिनिधि एवम् विद्यार्थीको वृहत सहभागिता रहेको थियो । उक्त वन क्षेत्रमा विगतमा गएको ठूलोपहिरोको संरक्षणका लागि बायोइन्जिनियरीङ प्रविधिको प्रयोग सहित वासरोपण अभियान शुरु गरिएको डिभिजन वन कार्यालय कास्कीका प्रमुख केदार बरालले जानकारी दिनुभयो । गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरे वृक्षारोपण कार्यक्रमको शुभारम्म गर्दै नेपालमा ४५ प्रतिशत वन क्षेत्र रहेको उल्लेख गर्दै यसवाट वातावरणीय तथा कार्वन सञ्चितिमा महत्वपूर्ण योगदान रहेको विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा स्थानीय मुरली बाँसका ५०० भन्दा बढी विरुवा रोपिएको थियो । उक्त पहिरो क्षेत्रमा अघिल्लो बर्ष समेत बाँस, तेजपात लगायतका विभिन्न प्रजातिका ३०० विरुवा रोपिएको थियो । रोपिएका विरुवा मध्ये ८० प्रतिशत हुर्केको सामुदायिक वन उपभोक्ता महासंघ कास्कीका अध्यक्ष विश्वनाथ लामिछानेले जानकारी दिनुभयो । विश्व वातावरणका अवसरमा पोखरा सहर तथा आसपासका क्षेत्रमा विभिन्न विद्यालयका विद्यार्थी, संघसंस्था लगायतले फोहोर संकलन एवम् व्यवस्थापनसंगै वातावरण सम्वन्धी विविध चेतनामूलक कार्यक्रमको आयोजना गरेको थिए ।
पोखरा: फेवातालको सिमसार क्षेत्र पुरेको आरोपमा पोखरा महानगरपालिकाले नियन्त्रणमा लिएको डोजर र टिप्पर छुटाउन व्यवसायी युवराज खतिवडा महानगर पुगेका छन् । फेवातालका सिमसार क्षेत्र पुरेको भन्दै व्यवसायी खतिवडाको टिप्पर र डोजर केही दिन अगाडि महानगरको नगरप्रहरीले नियन्त्रणमा लिएको थियो । सोही डोजर र टिप्पर छुटाउनका लागि खतिवडाले आज (बुधबार) महानगरपालिकामा निवेदन पेश गरेको महानगरका कानूनी सल्लाहकार नारायण शर्माले जानकारी दिए । ‘व्यवसायी खतिवडाले नियम र कानूनमा रहेर नै काम गरेको भए पनि महानगरले व्यवसायीलाई दुःख दिने उद्धेश्यले डोजर र टिप्पर छुटाई पाउ भनेर निवेदन पेश गर्नुभएको छ’, शर्माले भने, ‘हामीले निवदेन हेर्दै छौं, नियम र कानूनतः छ छैन हेरेर रिर्पोट पेश गर्छाै ।’ उनका अनुसार व्यवसायी खतिवडाको एक डोजर र एक टिप्पर वडा प्रहरी कार्यालय बैदामको समन्वयमा नगर प्रहरीले नियन्त्रणमा लिएको थियो । उक्त सवारी साधनका चालकलाई भने बैदाम प्रहरीले एक रात हिरासतमा राखेर छाडेको थियो । खतिवडाको स्थानीयसँग मिलेर करिब ५ सय रोपनी जग्गालाई माटो थपेर खेतीयोग्ज जमिन बनाउने योजना रहेको थियो । तर कुटी रिसोर्टका सञ्चालक तथा निर्माण व्यवसायी देवेन्द्र केसीले भने सोही क्षेत्रमै प्लटिङ गरिसकेका छन् । तस्बिर: गीता रानामगर
‘लाहुरेको रेलिमाई फेशनै राम्रो, रातो रुमाल रेलिमाई, खुकुरी भिरेको...’ मास्टर मित्रसेन थापाको गीतबाट प्रभावित भई ‘लाहुरे’ बन्ने सपना पालेका पहाडी युवाहरुको जमातमा खेमलाल गुरुङ पनि थिए । छुट्टीमा पल्टनबाट गाउँ फर्केकाहरुको मान र शानले लोभिएपछि उनै खेमलालको सपना र गन्तव्य बन्यो ‘लाहुरे’ । गाउँमा प्राय सबै लाहुरे हुने तयारीमा हुन्थे । र, उनीहरुको पर्खाई हुन्थ्यो ‘गल्ला’को आगमन । यस्तैमा अर्काे चलन थियो, एकादशीको मेला भर्ने । जहाँ गल्लावाल आउँथे । यसैबीच एकादशी मेला भर्न हिँडेका गाउँले सोल्टी–सोल्टीनीहरुको हुलमा मिसिए खेमलाल । उनको भाग्य भनौं, एकादशीको मेलामा आएका एक गल्लावालको नजरमा परेका १७ जनामध्ये एक थिए १७ वर्षे खेमलाल । ‘गाउँ–गाउँमा गल्लाहरु भर्ती हुने केटा खोज्दै हिँड्थे’ खेमलालले अतीत सुनाए ‘स्याङजाको लाम्छाक बजारमा मेला भर्न जाँदा गल्लाको नजर म माथि प¥यो ।’ छनोटमा परेका १७ जनालाई गल्लाले ‘मंसीर १३ गते स्याङजा पुतलीखेत आउनु’ भनेर हिँडेछन् । वि.स. १९९६ सालमा स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर ७ भारकोटमा जन्मिएका खेमलाल २०१३ सालमा १७ वर्षको उमेरमा नै भारतीय सेनामा भर्ती भए । लाहुर हिँडेका खेलमलाल २३ वर्षपछि गाउँमै रिटायर्ड जीवन बाँचिरहेका छन् । ‘गाउँका ३ जना लाहुर हुन सकेनन्’ खेमलालले सम्झँदै भने ‘मैले बोकेको ५० मध्ये २५ रुपैयाँ र कपडा उनीहरुको हातमा घरै फिर्ता पठाइदिए ।’ लाहुरे भएको ६ वर्षपछि खेमलाल छुट्टीमा गाउँ फर्किए । सोल्टी सोल्टीनीबीच बिहे गर्ने परम्परा भएकाले उनले पनि सोल्टीनीलाई श्रीमती बनाएका रहेछन् । ‘सोल्टीनी घास दाउरा गर्न जंगल गएकी रहिछन्, उतैबाट भगाएर घर भित्र्याए’ उनी केही रसिक सुनिए । तुरुन्तै उनी केही भावुक पनि भए । भावुकताको कारण थियो श्रीमतीको मृत्यु । केही वर्ष पहिले श्रीमतीको मृत्यु भएको र हाल दोस्रो बिहे गरेको उनले सुनाए । पहिलो श्रीमतीबाट उनका ४ छोरा र ३ छोरी छन् । ‘दुइटा छोराले इन्डियन आर्मीबाटै पेन्सन पकाइसके’ खेमलाल भन्छन् ‘कोही पोखरातिर छन्, छोरी कोही यूके छ, कोही यतै छन् ।’ श्रीमतीसँग गाउँमै बस्दै आएको बताउँदै छोराहरु सबै पोखरातिरै रहेको र चाडवाडमा भेटघाट हुने गरेको उनले बताए । कृषि क्रान्तिमा खेमलाल भारतीय सेनाबाट अवकाश पाएपछि प्रायः पोखरालाई कर्मथलो बनाउँछन् । तर खेमलालको योजना गाउँमै ‘केही’ गर्ने रहेको छ । उमेरले ८४ वर्ष पुगेका खेमलालले केही वर्ष यता गाउँमै केरा र सुन्तला खेती सुरु गरिरहेका छन् । सेनामा हुँदा उनले कृषिको तालिम लिएको र सोही सिकाइले सुन्तला र केरा खेतीतर्फ लागेको उनले सुनाए । घर नजिकैको पुर्खौली जग्गामा ०५६ देखि उनले सुन्तला खेती सुरु गरेका रहेछन् । ‘खेती किसानी गर्न बुढ्यौली भन्दा पनि सिँचाई ठूलो समस्या भयो’ अनुभव सुनाउँदै उनले भने ‘कति बोट त मरिसके, बाँकी र नयाँ बिरुवा राम्रै छन् ।’ नयाँ बिरुवामा फल लागे नाती–नातीनीले हेर्लान् भन्ने उनको आशा छ । ‘गाउँमा खानेपानीको सुविधा छैन, सिँचाई नहुँदा सोचेजस्तो सफलता हुन सकेको छैन’ गुरुङको दुखेसो छ । दुई वर्षयता असिनाले क्षति पु¥याउँदा सोचे जस्तो उत्पादन हुन नसकेको उनले सुनाए । यद्यपि, केरा खेतीबाट भने मासिक आम्दानी भइरेकोमा उनी प्रसन्न देखिए । गुरुङ भन्छन्, ‘परम्परागत कृषिसँगै आधुनिक कृषि प्रणालीलाई भित्राउन सके मात्र हाम्रो आर्थिक अवस्था राम्रो हुन्छ, अरुको नोकरी कति दिन गर्ने ?’ देशले प्राविधिक शिक्षामा जोड नदिँदा नेपाली विद्यार्थीमा अल्छीपना बढेको बताउँदै उनले विद्यालयमा पढ्ने गरेको शिक्षाले दीगो विकासमा कुनै योगदान नगरेको तीतो पोखे । कृषिमै जीवन बिताउने सङकल्प लिएको छु हातखुट्टा चल्दासम्म गाउँमै बसेर कृषि खेती गर्ने खेमलालले बताए । ‘उमेरले ८४ पुगेको छु, हातखुट्टा चल्दासम्म कृषि खेतीमै जीवन बिताउने सङकल्प लिएको छु’, उनले भने, ‘धान फल्ने खेत बन्धकीमा दिएको छु, छोराहरु शहरतिर छन् हातखुट्टा चल्दासम्म आफै गरेर खान्छु चल्न छोडे पोखरा लैजालान् ।’ उमेर बुढ्यौलीतिर ढकेलिएकाले अहिले भैसी पाल्न छोडेको उनले बताए । ‘पहिले झै रुखमा चड्न सकिदैन जेठ २ गतेबाट भैसी पाल्न छोडे, खर्कको घाँस मल दिने शर्तमा छिमेकीलाई दिए, घाँसको दुःख थिएन रुखमा चड्न सकिएन त्यही भएर भैसी पाल्न सकिन,’ उनले भने । पछिल्लो समय शहर भासिने संस्कारलाई उनले सकरात्मक पक्ष मान्दैनन् । ‘अहिलेका युवाहरु शहरमुखी भए, उनीहरु गाउँ कमै मात्र फर्किएलान, गाउँ फर्किन शहरको सुःख छोडेर गाउँमा दुःख गर्न पर्छ त्यो अब गर्न सक्दैनन्,’ गुरुङले भने,

