पोखरा ।    गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले संघीयता सबलीकरणमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको भूमिका विषयक नीति संवाद कार्यक्रम सम्पन्न गरेको छ ।   प्रतिष्ठानको सातौं स्थापना दिवस...

सन्धिखर्क : ‘म अरूबाट त सजिलै बच्न सक्छु तर मलाई आफन्तबाट बचाउनुस्’, यो भनाइ अर्घाखाँची जिल्लामा चरित्रार्थ भएको छ। जिल्लामा आफ्नैले नै सबैभन्दा नजिकका आफन्तलाई नै शंकास्पद तरिकाले आफन्तको हत्या गरेका छन्। सबैभन्दा नजिकको नाता पतिले पत्नीको, पत्नीले पतिको, दाजुले भाइको, साथीले साथीको हत्या गरेको भेटिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए।    घटना–१ : पत्नीद्वारा पतिको हत्या गएको मंसिर २४ गते राति अर्घाखाँचीको छत्रदेव गाउँपालिका–१ चिदिका तुमचौर बस्ने लक्ष्मी नेपालीले आफ्नै पति बलबहादुर सार्कीको झुन्डाएर हत्या गरिन्। बलबहादुरको झुन्डिएर मरेको भन्ने सूचनाका आधारमा प्रहरी घटनास्थल पुगि शंका लागेर अनुसन्धान गर्दै जाँदा पत्नी लक्ष्मीले पटुकाले घाँटीमा पासो लगाइ कर्तव्य गरी मारेको प्रहरी समक्ष स्वीकार गरिन्। पतिको हत्या गर्ने लक्ष्मीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।   घटना–२ : दाजुद्वारा भाइको हत्या गएको कात्तिक २ गते भूमिकास्थान नगरपालिका–१ साम्ने गाउँ बस्ने ६९ वर्षीय वीरबहादुर गमालको  आफ्नै दाजु ७६ वर्षीय  हिमबहादुर गमालले सोही वडाकै घोप्टेसाल भन्ने स्थानमा रहेको भीरबाट धकेलेर भाइको हत्या गरे। गिठा खोला साम्ने गाउँ सडक  खण्ड (मोटरबाटो) देखि अन्दाजी ८० मिटर तल खस्न गई मृत्यु भएको भन्ने सूचना प्राप्त भई निजको मृत्यु सम्बन्धमा अनुसन्धान गर्दै जाँदा निजको आफ्नै दाजु हिमबहादुरले धकेलेर हत्या गरेको प्रहरी समक्ष स्वीकार गरे। भाइको हत्यामा संलग्न रहेको अभियोगमा हिमबहादुरलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।    घटना –३ : पतिद्वारा पत्नीको हत्या गएको असोज ७ गते बेलुका अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिका–३ बस्ने ५४ वर्षीय पिताम्बर भुसालले आफ्नै घरको सुत्ने कोठामा पत्नी ५० वर्षीया मनकला भुसाललाई ढुंगाको गोलो डल्लो (लोहोरो) ले टाउकोमा हानी हत्या गरे। महिलाको घटनास्थलमा नै मृत्यु भएको सम्बन्धमा गोप्य सूचनाको आधारमा मृतकका पति पिताम्बरलाई पक्राउ गरी थप अनुसन्धान गर्दा पत्नीको हत्या गरेको स्वीकार गरे। उनी अहिले पुर्पक्षको लागि कारागार चलान गरिएको जिप्रकाले जनाएको छ।    घटना –४ : साथीद्वारा साथीको हत्या गएको साउनमा अर्घाखाँचीको पोखराथोकमा आफ्नै साथीको घरमा आएका विष्णुबहादुर पाण्डेको हत्या भयो। गाडी किनेको पैसा लिन भनी आफ्नै साथीसँग साथीको घर अर्घाखाँचीको पोखराथोकमा आएका पाण्डेको रूपन्देहीको बुटवलमा गाडिको कारोबार गर्दै आएका कुलचन्द्र गौतम (दीपक)ले हत्या गरे।    माथिका यी चार त प्रतिनिधिमूलक घटना मात्र हुन्। अर्घाखाँची प्रहरी प्रमुख रिजालका अनुसार चालू आर्थिक वर्षमा मात्र ६७ प्रतिशत हत्या आफन्तबाट भएको छ। जिल्लामा ६ महिनामा ६ जनाको हत्या भएको छ। जसमा चार जनाको हत्यारा आफन्त नै भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। यद्यपि मुद्दाको फैसला हुन बाँकी नै छ। यी घटनाले पछिल्लो समय आफन्तबाटै आफन्तलाई सुरक्षा पाउन कठिन भएको छ।

पोखरा:   गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका कानुन अधिकृत कुमार रिजालले जानकारी दिनुभयो । गत शुक्रबारको बैठकमा प्रदेश सरकारका आर्थिक मामिलामन्त्री सीताकुमारी सुन्दासले सो विधेयकलाई सभासमक्ष प्रस्तुत गर्नुभएको थियो । आजकै बैठकबाट उक्त विधयेक पारित हुने जनाइएको छ । प्रदेश सरकारले चालु आवको विनियोजित बजेट रकामान्तर गरी खर्च गर्न विधेयक संशोधनको प्रक्रिया अगाडि बढाएको थियो । बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वनमार्फत पुँजीगत खर्च वृद्धि गर्ने प्रदेश सरकारको लक्ष्य छ ।

जुम्ला:   जुम्लामा भएको आगलागीमा एक बालिकाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मराज जोशीकाअनुसार चन्दननाथ नगरपालिका वडा नम्बर १ ठिन्केका  लोकबहादुर भण्डारीको घरमा आगलागी हुँदा १४ वर्षीया छोरी बन्दनाको जलेर ज्यान गएको हो । गएराति साढे १० बजेतिर भएको आगलागीबाट तीन तले घरमा पूर्ण रुपमा क्षति पुग्नुका साथै बन्दनाको जलेर ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ३ तले घरमा बालिकासहित ७ जना सुतेका थिए । आगलागी भएपछि अरु घर बाहिर भागे पनि बन्दना तेस्रो तलामा रहेकाले निकाल्न नसकिएको परिवारलाई उदृत गर्दै प्रहरीले जनाएको छ । टिनले छाएको ढुङ्गा र काठले बनेको घरमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीमा ज्यान गुमाएकी बन्दनाको शव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पोष्टमार्टमका लागि राखिएको प्रहरीले जनाएको छ । 

काठमाडौं:  लोकसेवा आयोगले शाखा अधिकृतको लिखित परीक्षा स्थगन गरेको छ ।   सोमबार एक सूचना जारी गर्दै आयोगले अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगन गरेको जनाएको हो ।   आयोगले माघ १० गते तोकेको प्रथम चरण र चैत २१ गतेदेखि सञ्चालन हुने भनेको दोस्रो चरणको परीक्षा अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगन गरेको जनाएको छ ।   सर्वोच्च अदालतको माघ २० गतेको जारी अन्तरिम आदेश कार्यान्वयनका लागि आयोगको सोमबार बसेको बैठकले परीक्षा कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।

पोखरा:   जापान स्थित टोवा कर्पोरेशनले नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ ।  टोवा कर्पोरेशन र आजीसाई नेपाल एजुकेशन फाउण्डेशनको सहकार्यमा पोखरा स्थित निगाता इन्टरनेशनल ल्याङगोइज एण्ड ट्रेनिङ इन्सटिच्युटले जापानमा नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने भएको हो ।   निगाता इन्टरनेशनल ल्याङगोइज एण्ड ट्रेनिङ इन्सटिच्युटका सञ्चालक किसान सुनारका अनुसार जापानको टोवा, आसुका जापनीज ल्याङगोइज एण्ड इन्सटिच्युट, निहोङ्गो जापनीज इन्सटिच्युट, टोक्यो इन्सटिच्युट कलेज, उरावा इन्टरनेशल ,कलेज र सिबउरा इन्सटिच्युटमा भाषा अध्ययनका लागि विद्यार्थीहरुले छात्रवृत्तिको अवसर पाउनेछन् । सञ्चालक सुनारले जापान जाने अधिकांश विद्यार्थीहरु भाषा स्कुल तथा भोकेसनल कलेज वा विश्वविद्यालय अध्ययन पश्चात भिसा परिवर्तन गरी अर्थोपार्जन गर्ने भएतापनि केही विद्यार्थीको उद्देश्य भने उच्च शिक्षा अध्ययन गर्नकै लागि हुने गर्छ ।  ‘कलेज शुल्क तिर्न र आफ्नो दैनिक खर्च चलाउनको लागि मात्रै पनि काममा बढी ध्यान दिनुपर्ने भएकाले अध्ययनमा सोचेजस्तो उपलब्धि हासिल गर्न सकेका छैनन्, उनले भने, ‘यही अवस्थालाई मध्यनजर गर्दै जापानी भाषा स्कुलमा जेहेन्दार तथा लगनशील विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न लागिएको हो ।’ विगत दुईवर्षदेखि अध्ययनको शिलशिलामा जापान जान इच्छुक विद्यार्थीहरुलाई छात्रवृत्तिको अवसर प्रदान गर्दै आएको इन्सटिच्युटले यस यस वर्ष पनि विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न लागेको हो ।  छात्रवृत्ति प्रदान गर्न १८ वर्ष पुगेको हुनुपर्ने, मोटरसाइकलको लाइन्सेस प्राप्त, १२ कक्षा पास गरेको र जापनीज भाषमा एन फाइब पास गरेको विद्यार्थीहरुले छात्रवृत्ति पाउन सक्नेछन् ।  छात्रवृत्ति प्राप्त गर्न फागुन पहिलो सातासम्म पोखरास्थित निगाता इन्टरनेशनल ल्याङगोइज एण्ड ट्रेनिङ इन्सटिच्युटमा आएर आवेदन दिन सकिनेछ । निगाताले विगत ११ वर्षदेखि जापानमा विद्यार्थीहरुलाई अध्ययन भिषामा जापानका विभिन्न विश्वविद्यालय तथा स्कुल तथा कलेजमा पठाउने गरेको छ ।   

काठमाडौं : माघ १ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको यति एयरको प्रारम्भिक रिपोर्ट आएको छ।    रिपोर्टअनुसार जहाज अवतरण गर्ने क्रममा जहाजका बेस लेगमा दुवै इञ्जिनका प्रोपेलरहरू फेदर गएको पाइएको छ।    दुर्घटना जाँच आयोगले फ्लाईट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण र अनुसन्धानबाट दुर्घटनाग्रस्त 9N-ANC जहाज अवतरण गर्ने क्रममा बेस लेगमा दुवै  इञ्जिनका प्रोपेलरहरू फेदरमा गएको देखिएको जनाएको छ।    अतः उक्त जहाजका दुवै इञ्जिन प्रोपेलर फेदरमा किन गयो भन्ने बारेमा प्राविधिक र मानवीय पक्षहरूबारे थप अनुसन्धान अगाडि बढाइ सकेको आयोगले जनाएको छ।    दुर्घटना जाँच आयोगले सिंगापुरस्थित ट्रान्सपोर्ट सेफ्टी इन्भेष्टिगेसन ब्यूरोमा फ्लाईट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर दुवैको डाटा विश्लेषण र अनुसन्धान गर्न आयोगका संयोजक, हवाई विज्ञ र सदस्य सचिवहरूलाई पठाएको थियो।    उक्त फ्लाईट डाटा रेकर्डर र भ्वाईस डाटा रेकर्डरको डाटाहरूको विश्लेषण गर्न आयोगको नेतृत्वमा TSIB Singapore, BEA France, TSB Canada, P & W Canada र EASA का प्रतिनिधिहरू समेतको सहभागितामा विभिन्न प्राविधिक तथा मानवीय पक्षको विश्लेषण गरिएको थियो।    यसै सन्दर्भमा उल्लेखित सबै पदाधिकारीहरूबाट सिंगापुरस्थित एटीआर जहाजको सिमुलेटरमा विभिन्न फ्लाईट र प्राविधिक पक्षहरूको थप अध्ययन पनि गरिएको थियो।

पोखरा :अभिनेता पल शाहविरूद्धको बाल यौन दुराचारको मुद्दामा उच्च अदालत पोखराले दुवै पक्षलाई झिकाउने आदेश दिएको छ।   उच्च अदालत पोखराका रजिष्ट्रार श्रीलाल पौडेलले शाहलाई १५ दिनभित्र झिकाउने आदेश भएको जानकारी दिए।   उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राजभण्डारीको संयुक्त इजलासले शाहको मुद्दामा सुनुवाइ गर्दै सोमबार प्रत्यर्थी झिकाउने आदेश दिएको हो।   नाबालिगलाई बालयौन दुराचार  गरेको आरोपमा जिल्ला अदालत नवलपरासीले शाहलाई साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो।   सो फैसलाविरूद्ध जिल्ला सरकारी वकिल कार्यालय र शाह दुवै पक्षले उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए। १७ वर्षीया नाबालिग गायिकामाथि जबरजस्ती करणी आरोपमा शाहमाथि जिल्ला अदालत नवलपरासी र जिल्‍ला अदालत तनहुँमा मुद्दा दायर भएको थियो।   सो मुद्दामा अभिनेता शाहले जिल्ला अदालत तनहुँबाट सफाइ पाइसकेका छन्।   बलात्कार आरोपमा शाह गत फागुन १५ गते पक्राउ परेका थिए। हाल उनी तनहुँ कारागारमा छन्।

कास्की:    पोखरामा जारी बुद्धटोल युवा क्लबद्वारा आयोजित १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा आज ८ खेल सम्पन्न भएका छन् । पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा आज (सोमबार) भएको पहिलो खेलमा पिएन क्याम्पसले नमस्ते ब्रदर्शलाई ट्राइबेकरमा ५–४ गोल अन्तरले पराजित गर्याे ।   खेल संयोजक विनोद गुरुङका अनुसार निर्धारित समय गोलरहित भएपनि खेला ट्राइबेकरमा पुगेको थियो ।    बिटी क्लब सि र याम्दी एफसीबीच भएको दोस्रो खेल १–१ गोलमा निर्धारित समय सकिएपछि ट्राइबेकरमा ४–३ गोल अन्तरले जित निकाल्यो ।    यस्तै मेरो नेपाल क्लब र माइती गोर्खाज्बीच भएको तेस्रो खेलपनि गोलरहित भएपछि ट्राइबेकरमा २–१ अन्तरले टाइबेकरमा माईती गोर्खाज् विजयी बन्यो ।   चौथो खेलमा हिमालय एफसीलाई जि नाइनले २–० गोल अन्तरले पराजित गर्याे र जि नाइनको जीतमा सुमन सुनार र आशिम रोकाले समान १/१ गोलको योगदान दिए ।   यस्तै पाँचौ खेलमा नव प्रतिभा एफसीले सपोर्ट डेभलपमेन्ट फोरमलाई ३–० गोलको फराकिलो अन्तरले पाखा लगायो । नव प्रतिभाको जीतमा राहुल थापाले २ गोल रुविन गुरुङले १ गोल गरे ।     छैटौं खेलमा ब्रदर्श युनाइटेडले घान्द्रुकलाई ५–२ गोलको अन्तरले सहज जित निकाल्दै दोस्रो चरणमा प्रवेश गर्याे ।      युनाइटेलको जीतमा सफल गुरुङ, करण तामाङ, सुशान्त थापामगर र सुरेन्द्र राईले समान १/१ गोल गरेका थिए भने एक गोल घान्द्रुकको तर्फबाट आत्मघाती गोल भएको थियो । यता घान्द्रुकको तर्फबाट  निन्ती सुनार र सफल आचार्यले सान्त्वना गोलका रुपमा समान १/१ गोल फर्काए । सातांै खेलमा दिव्यज्योती क्लबलाई त्रिशक्ति क्लबले २–० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्याे  । त्रिशक्तीको जितमा टाइसन क्षेत्री र प्रवेश ठकुरीले समान १/१ गोलको योगदान दिए ।    आज भएको अन्तिम  तथा आठौं खेलमा शितलज्योती क्लबले लामागाँउलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गर्याे । शितलज्योतीको जीतमा दिपेश गुरुङ र सुजन बुढाथोकीले समान २ गोल गरे भने निश्चल जिसीको १ गोलको योगदान दिए ।   खेल संयोजक गुरुङका अनुसार मंगलबार पनि पहिलो चरणको ६ खेल र २ खेल दोस्रोचरणका २ खेल हुनेछन् ।   आगामी फागुन १ गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताको विजेतालाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ६१ हजार १ सय ५१ रुपैया प्रदान गरिने क्लबका अध्यक्ष असिम थापाले जानकारी दिए । उनका अनुसार उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् ।    यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई ट्रफि सहित ८ हजारद्वारा पुरस्कृत गरिनेछ ।   अध्यक्ष थापाले उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ६÷६ हजार रुपैयाँ र ट्रफि प्रदान गरिने बताए । यस्तै अनुशासित एक टिमलाई ९ हजार र ट्रफि प्रदान गरिने छ । प्रतियोगितामा क्वाटरफाइनलका खेलबाट एक जना खेलाडीलाई म्यान अफ द म्याचको ट्रफी र नगदले पुरस्कृत गरिने आयोजकले जनाएको  छ ।  

काठमाडौं : बलात्कार अभियोग लागेका मनोज पाण्डेलाई सात वर्ष कैद सजाय भएको छ। सौन्दर्य प्रतियोगितामा बालिकामाथि बलात्कार गरेको आरोपमा काठमाडौं जिल्ला अदालतले सात वर्ष कैद र ७५ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने सजाय सुनाएको हो।    न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेलाई उक्त सजाय तोकिएको हो। यसअघि जिल्लाले बालयौन दुर्व्यवहारमा ६ महिना कैद र ५० हजार जरिवाना तोकेको थियो। एक युवतीले आफू नाबालिग हुँदा ८ वर्षअघि एक सौन्दर्य प्रतियोगिताका क्रममा पाण्डेले बलात्कार गरेको आरोप लगाएकी थिइन्।