काठमाडौं : भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले देशको पुरानो ऐतिहासिक विरासत बोकेको मालपोत र नापीलाई सूचना प्रविधियुक्त कार्यालयका रूपमा रुपान्तरण गर्दै लैजाने योजना अघि सारेको छ । परम्परागत शैलीका अभिलेख र कार्यप्रणालीलाई विद्युतीय प्रणालीमा रुपान्तरण गरिएमा मात्र सेवा प्रवाहलाई प्रभावकारी र चुस्त बनाउन सकिने उद्देश्य राखेर मन्त्रालयले उक्त अभियान अघि सारेको हो । मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले मालपोत र नापीमा प्रयोगमा ल्याइएका भू–सूचना प्रणाली र भूसेवा केन्द्र सबै कार्यालयमा विस्तार गरी जग्गाधनीलाई विद्युतीय नम्बर प्रदान गरिने लक्ष्य रहेको बताए । उनले भने, ‘नापी विभाग र कार्यालयको मेरो कित्ता प्रणालीबाट जग्गाधनीले घरबाटै आफ्नो जग्गाको नक्सा लिन सक्नेछन् । मालपोत कार्यालयका एक करोड बढी कागजी अभिलेखलाई शीघ्र विद्युतीय अभिलेखमा रुपान्तरण गर्ने काम बजेट अभावका कारणले चुनौतीपूर्ण छ ।’ चालु आर्थिक वर्षमा मालपोत र नापी विभागको सूचना प्रणालीलाई एकीकृत गरी भूमि प्रशासनको सेवालाई प्रभावकारी बनाउन मन्त्रालयले मातहतका विभागलाई निर्देशन दिइसकेको छ । वैदिककालदेखि नै भूमिलाई राज्यको अधीनमा राखी भूमिको उपभोग गर्नेले निश्चित कर राज्यलाई बुझाउनुपर्ने चलन छ । महिषपाल तथा किराँतकालमा भने जग्गाधनीपूर्जा जस्तै ‘लेख्य’ नामको प्रमाण दिइने र उत्पादनअनुसार जग्गाको कुत तिर्नुपर्ने व्यवस्था थियो । माल अड्डामा घरजग्गाको रजिष्ट्रेशन पारित गर्ने कार्यको सुरुआत भने १९७९ वैशाख १ गतेदेखि सुरु भएको हो । भूमिको समुचित व्यवस्थापन गर्ने क्रममा नेपालमा १९८५ देखि १९९० सालसम्ममा जग्गा नापजाँच गर्ने कार्य भएको थियो । विसं १९९६ मा काठमाडौँमा नापी गोश्वाराको स्थापना भई भूमिको वास्तविक लगत तयार पार्ने काम भएको हो । सचिव डा रेग्मीका अनुसार हाल मुलुकमा २१ भूमि सुधार र एक सय १० मालपोत कार्यालय छन् । मुलुकमा एक सय ३१ नापी कार्यालय र सातवटा विशेष नापी कार्यालय छन् । ती कार्यालयले वार्षिक रु डेढ खर्ब राजस्व उठाउने गरेकामा त्यसमध्ये रु ५० अर्ब सङ्घमा, रु ६० अर्ब स्थानीय तहमा र रु ४० अर्ब प्रदेशसित रहने सचिव रेग्मीले जानकारी दिए।
दिपायल: जिल्ला अदालत डोटीले दोषी ठहर गरेका १०४ जना फरार सूचीमा रहेका छन् । अदालतले फरार दोषीको सूची प्रहरीलाई पठाइसकेको छ । यद्यपि प्रहरीले फरार दोषीलाई अझै पक्राउ गर्न सकेको छैन । निमित्त तहसिलदार लबबहादुर थापाका अनुसार अदालतले ३२ वर्षअघि फैसला सुनाएका व्यक्तिहरूसमेत फरार सूचीमा रहेका छन् । उहाँले भन्नुभयो, “हामीले फरार दोषीको सूची प्रहरीलाई पठाइसकेका छौँ । उनीहरू जुनसुकै बेला पनि समातिन सक्छन् ।” तहसिलदार थापाका अनुसार कर्तव्य ज्यान मुद्दामा दोषी ठहारिएका १३, सवारी ज्यान नौ, जबरजस्ती करणीमा १३, चोरी ११, बहुविवाहको मुद्दामा दोषी ठहारिएका नौ जना फरार सूचीमा छन् । ज्यान मार्ने उद्योगका तीन, बैङ्किङ कसुरका चार, सरकारी लिखत कृत्य गरेको मुद्दाका आठ, जातीय छुवाछूतका तीन, बालविवाहका चार, भ्रष्टाचार मुद्दाका दुई, वन पैदावार तथा काठको मुद्दाका छ र अप्राकृतिक मैथुन मुद्दाका चार जना दोषी फरार रहेका छन् । त्यस्तै हाडनाता करणी, लागूऔषध, जबरजस्ती करणीसँगै रहजनी चोरी, अमानवीय व्यवहार, अवैध हातहतियार, पशुपन्छीसम्बन्धी कसुर, जबरजस्ती करणी उद्योग, नेपाली नागरिकता कृत्य, वैदेशिक रोजगार कसुर, गर्भपतन र मानव बेचबिखन मुद्दामा अदालतले दोषी ठहर गरेका एक/एक जना पनि फरार सूचीमा रहेका छन् । प्रहरीले छुट्टै टोली बनाएर फरार सूचीमा रहेका व्यक्तिको खोजी कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी नायब उपरीक्षक भोला भट्टले बताउनुभयो ।
पोखरा: पोखरामा जारी बुद्धटोल युवा क्लबद्वारा आयोजित १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा प्रिक्वाटरफाइनल अन्तरगतका ८ खेल सम्पन्न भएका छन् । खेल संयोजक विनोद गुरुङका अनुसार पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा आज (बुधबार) भएको पहिलो खेलमा गन्नी एफसीले हाम्रो एफसीलाई २–० गोल अन्तरले पराजित गर्याे । गन्नी एफसीको जितमा अनिश तामाङ र अर्जुन गुरुङले समान १/१ गोलको योगदान दिए । यस्तै दोस्रो खेलमा विष्णुपादुका क्लबले शितलज्योती युवा क्लबलाई ४–० को फराकिलो गोल अन्तरले हरायो । विष्णुपादुकाको जितमा अंकित गुरुङ र सञ्जय केसीले समान १/१ गोल गरे भने सुबिन श्रेष्ठले २ गोलको योगदान दिए । तेस्रो खेलमा लेकसाइड क्लबले नव प्रतिभा एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गर्याे । लेकसाइडको जितमा सञ्जय बुढाथोकी र विवेक सन्तोषीले समान १/१ गोलको योगदान दिए । त्रिशक्ती क्लब लाहाचोक र सिमपानी एफसीबीच भएको चौथो खेल गोलरहित भएपछि ट्राईबेकरमा ४–३ गोल अन्तरले सिमपानीले जित निकाल्यो । यस्तै पाँचौ खेलमा मण्डला एफसी र उद्धब एफसीबीच भएको खेल गोलरहित भएपछि ट्राइबेकरमा ७–६ गोल अन्तरले मण्डला एफसीले जित हासिल गर्याे । छैटौं खेलमा बुन एफसीले माइती गोर्खाज्माथी ३–० गोल अन्तरले सहज जित निकाल्यो । बुन एफसीको जितमा आकाश थपलिया र विशाल सुनारले समान १/१ गोल गरे भने माइती गोर्खाज्कोे तर्फबाट आत्मघाती १ गोल भएको थियो । सातौ खेलमा आयोजक बिटी ह्वाइटले सागर एफसीलाई २–० गोल अन्तरले पराजित गर्याे । आयोजक ह्वाइटको जितमा सुशन गुरुङ र सन्नी गुरुङले समान १/१ गोलको योगदान दिए । आज भएको अन्तिम खेलमा आयोजक बिटी ग्रीनले क्लबमाथी बेलीज् एफसीले ३–१ गोल अन्तरले जित निकाल्यो । बेलीज् एफसीको जितमा कुशल परियार २ गोल र साइमन तामाङले १ गोल गरे भने बिटी ग्रिनका लागि अबिष गुरुङले सान्त्वना १ गोल फर्काएका थिए । खेल संयोजक गुरुङका अनुसार बिहीबारपनि प्रिक्वाटरका ७ खेल हुनेछन् । पोखरा महानगरपालिका १ स्थित पुरानोटुडिखेल बगरमा जारी सेभेन ए साइड फुटबल प्रतियोगिताको फाइनल आगामी फागुन १ गते हुने आयोजकले जनाएको छ ।
पोखरा: पोखरामा जारी बुद्धटोल युवा क्लबद्वारा आयोजित १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा प्रिक्वाटरफाइनल अन्तरगतका ८ खेल सम्पन्न भएका छन् । खेल संयोजक विनोद गुरुङका अनुसार पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा आज (बुधबार) भएको पहिलो खेलमा गन्नी एफसीले हाम्रो एफसीलाई २–० गोल अन्तरले पराजित गर्याे । गन्नी एफसीको जितमा अनिश तामाङ र अर्जुन गुरुङले समान १/१ गोलको योगदान दिए । यस्तै दोस्रो खेलमा विष्णुपादुका क्लबले शितलज्योती युवा क्लबलाई ४–० को फराकिलो गोल अन्तरले हरायो । विष्णुपादुकाको जितमा अंकित गुरुङ र सञ्जय केसीले समान १/१ गोल गरे भने सुबिन श्रेष्ठले २ गोलको योगदान दिए । तेस्रो खेलमा लेकसाइड क्लबले नव प्रतिभा एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गर्याे । लेकसाइडको जितमा सञ्जय बुढाथोकी र विवेक सन्तोषीले समान १/१ गोलको योगदान दिए । त्रिशक्ती क्लब लाहाचोक र सिमपानी एफसीबीच भएको चौथो खेल गोलरहित भएपछि ट्राईबेकरमा ४–३ गोल अन्तरले सिमपानीले जित निकाल्यो । यस्तै पाँचौ खेलमा मण्डला एफसी र उद्धब एफसीबीच भएको खेल गोलरहित भएपछि ट्राइबेकरमा ७–६ गोल अन्तरले मण्डला एफसीले जित हासिल गर्याे । छैटौं खेलमा बुन एफसीले माइती गोर्खाज्माथी ३–० गोल अन्तरले सहज जित निकाल्यो । बुन एफसीको जितमा आकाश थपलिया र विशाल सुनारले समान १/१ गोल गरे भने माइती गोर्खाज्कोे तर्फबाट आत्मघाती १ गोल भएको थियो । सातौ खेलमा आयोजक बिटी ह्वाइटले सागर एफसीलाई २–० गोल अन्तरले पराजित गर्याे । आयोजक ह्वाइटको जितमा सुशन गुरुङ र सन्नी गुरुङले समान १/१ गोलको योगदान दिए । आज भएको अन्तिम खेलमा आयोजक बिटी ग्रीनले क्लबमाथी बेलीज् एफसीले ३–१ गोल अन्तरले जित निकाल्यो । बेलीज् एफसीको जितमा कुशल परियार २ गोल र साइमन तामाङले १ गोल गरे भने बिटी ग्रिनका लागि अबिष गुरुङले सान्त्वना १ गोल फर्काएका थिए । खेल संयोजक गुरुङका अनुसार बिहीबारपनि प्रिक्वाटरका ७ खेल हुनेछन् । पोखरा महानगरपालिका १ स्थित पुरानोटुडिखेल बगरमा जारी सेभेन ए साइड फुटबल प्रतियोगिताको फाइनल आगामी फागुन १ गते हुने आयोजकले जनाएको छ ।
भोजपुर: राष्ट्रपति विद्यादेवी भण्डारी गृह जिल्ला भोजपुरको उत्तरी क्षेत्र साल्पासिलिछो गाउँपालिकाको कुलुङ आउनुभएको छ । साल्पासिलिछो गाउँपालिका र षडानन्द नगरपालिकामा हुने विभिन्न कार्यक्रममा सरिक हुन उहाँ भोजपुर आउनुभएको हो । साल्पासिलिछो गाउँपालिका र योगमाया स्मृति प्रतिष्ठानले आयोजना गर्ने कार्यक्रममा राष्ट्रपति भण्डारीले वडा नं १ कुलुङमा योगमाया न्यौपानेको सालिक अनावरण गर्नुहुनेछ । साथै पूर्वको पशुपति भनेर चिनिने पशुपतिधाम गौडेनीमा पूजाअर्चनाको गर्नुहुने गाउँपालिका अध्यक्ष दौलत कुलुङ राईले जानकारी दिनुभयो । राष्ट्रपति भण्डारीले स्मृति प्रतिष्ठानको अवलोकन समेत गर्नुहुनेछ । वि.सं १९२४ सालमा भोजपुरमा जन्मिनु भएकी योगमाया न्यौपाने सामाजिक आन्दोलनकर्ता हुनुहुन्थ्यो । राष्ट्रपति भण्डारीले षडानन्द नगरपालिका–१ मझुवाबेँसीमा रहेको योगमायाको समाधिस्थलमा माल्यार्पण, गर्नुका साथै वडा नं ७ मा रहेको बालागुरु षडानन्द अधिकारीको सालिक अनावरण तथा माल्यार्पण गर्ने कार्यक्रमसमेत रहेको नगर प्रमुख सुरेन्द्र उदासले जानकारी दिनुभयो । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समाधिस्थल पार्कको शिलान्यास गर्नुहुनेछ ।
काठमाडौं: मंगलबार एकै दिने ७६ अंकको वृद्धि पछि बुधबार सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको समान्य करेक्सन भएको छ । बुधबार बजार परिसूचक नेप्से ७.१३ अंकले गिरावट भएर २१७०.२१ अंकमा बन्द भएको छ । नेप्सेमा करेक्सन भएपनि कारोबार रकम भने बढेर ३ अर्ब ६९ करोड १९ लाख ७३ हजार पुगेको छ । मंगलबार उच्च अंकले बढेको बजाारमा बुधबार नाफा बुक गर्न खोज्ने लगानीकर्ताले बिक्री चाप बढाउँदा नेपसेमो तीव्र उतारचढाव देखियो भने कारोबार रकम पनि वृद्धि भयो । बुधबार नेप्सेसँगै अन्य बाहेक सबै उपसूचकमा गिरावट भएको छ । बुधबार नेप्सेमा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ११ करोड २८ लाख ६७ हजार रुपैयाँको कारोबार हुँदा अपि पावरको १० करोड २१ लाख ६७ हजार र ङ्यादी ग्रुप पावरको ८ करोड ९५ लाख १३ हजारको कारोबार भएको छ । बुधबार कारोबार भएकामध्ये तेह्रथुम पावर कम्पनीको सेयरमूल्य ३.३२ प्रतिशतले वृद्धि हुँदा धौलागिरि लघुवित्तको ३.०८ प्रतिशत र राधि विद्युत कम्पनीको सेयरमूल्य २.५९ प्रतिशतले बढेको छ । आदर्श लघुवित्तको सेयरमूल्य ५.१४ प्रतिशतले गिरावट हुँदा पोखरा फाइनान्सको सेयरमूल्य ४.९८ प्रतिशत र ग्रिन भेञ्चतर लिमिटेडेको सेयरमूल्य ३.८८ प्रतिशतले गिरावट भएको छ । बुधबार नेप्सेमा २१६ कम्पनीको सेयर कारोबार भएकोमा ६७ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा १४२ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । त्यस्तै ७ कम्पनीको सेयरमूल्य स्थिर छ ।
वीरगन्ज: लागुऔषधसहित वीरगन्जमा तीन जना पक्राउ परेका छन्। मालबाहक ट्रकबाट ठूलो परिमाणमा लागुऔषधसहित तीन जना पक्राउ परेको प्रहरीले जनाएको छ। लागुऔषध ढुवानीमा प्रयोग भएको ट्रक पनि प्रहरीले नियन्त्रणमा लिएको छ। लागुऔषधसहित पक्राउ पर्नेहरुमा प्रदेश २–०३–००१ क १९३४ नम्बरको ट्रकका चालक मकवानपुरको हेटौडा उपमहा नगरपालिका वडा नम्बर ९ का ४२ वर्षीय निर्मल पौडेल , सोही ठाउँका ४० वर्षीय रमेश थापा र २९ वर्षीय सुदर्शन खड्का छन्। उनीहरूको साथबाट प्रतिबन्धित लागुऔषध ओनरेक्स १६६ बोत्तल र कोडिवेल ५७ बोत्तल बरामद भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए। वीरगन्ज महानगरपालिका वडा नम्बर २५ ड्राइपोर्ट चोक अगाडिको सडकमा ट्रक रोकेर चेकजाँच गर्दा चालक बस्ने सिटमुनी सेतो प्लाष्टिकको बोरा भित्र लुकाएर ल्याइएको प्रतिबन्धित लागुऔषध २३३ बोत्तल फेला परेको गिरीले बताए। लागुऔषध र ट्रक सहित पक्राउ परेका तीनै जनालाई प्रहरीको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ।
नवलपुर: पूर्वपश्चिम राजमार्गअन्तर्गत विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल सडक खण्डको काम चार वर्ष पूरा हुँदा २५ प्रतिशत मात्रै पूरा भएको छ । विसं २०७५ माघ २४ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडसँग ठेक्का सम्झौता भएर सुरु सडक विस्तारको प्रगति चार वर्षमा २५ प्रतिशत मात्रै सकिएको आयोजनाले जनाएको छ । नारायणगढ–बुटवल सडक विस्तार योजना पूर्वीखण्ड प्रमुख इन्जिनियर रमेशकुमार दिष्टीका अनुसार गत साउन २२ मा सडक विस्तारको काम सक्नुपर्नेमा विभिन्न कारण देखाउँदै निर्माण कम्पनीले तीन सय ८६ दिन म्याद थप गराएको छ । “सडक विस्तारको काम सक्नुपर्ने समयसम्म १८ प्रतिशत भौतिक प्रगति देखिएको थियो”, इन्जिनियर दिष्टीले भन्नुभयो, “म्याद थप भएको छ महिनामा थप सात प्रतिशत भौतिक प्रगति भएको छ ।” अहिले सडक विस्तारका लागि सबै प्रकारका कामहरु भइरहेका योजनाको पूर्वीखण्ड प्रमुख दिष्टीले बताउनुभयो । नारायणगढ–बुटवल सडक विस्तार योजनाको पूर्वीखण्डका सूचना अधिकारी इन्जिनियर धिरज ढकालले अहिले व्यवस्थित तरिकाले सडक विस्तारको काम भइरहेको बताउनुभयो । “अहिले यस खण्डमा कल्भर्ट निर्माण, साना पुल निर्माण, ठूला पुल निर्माणका कामहरु भइरहेका छन्”, उहाँले भन्नुभयो, “गैँडाकोटको भेँडाबारी क्षेत्रमा करिब एक किलोमिटर क्षेत्रमा अक्स्पाल्ट (कालोपत्र)को काम गरिएको छ ।” भेँडाबारी क्षेत्रमा एकतर्फी अक्स्पाल्टको काम भइरहेको भन्दै इन्जिनियर ढकालले सबबेस (कालोपत्र गर्नुपूर्वको अवस्था)को काम एकतर्फी १४ किलोमिटर क्षेत्रमा सकिएको बताउनुभयो । सडक विस्तारको कामसँगै सडक विस्तारका लागि सडक किनारमा रहेका अवरोधहरु हटाउने काम भइरहेको उहाँको भनाइ छ । “सडक मापदण्डमा पर्ने दाउन्ने क्षेत्रका २५ वटाबाहेक सम्पूर्ण रूख कटानको काम सकिएको छ”, इन्जिनियर ढकालले भन्नुभयो, “बिजुलीको पोल सार्ने काम पनि ३५ प्रतिशत सकिएको छ ।” सडक विस्तारका लागि २७ किलोमिटर क्षेत्रफलमा बिजुलीको पोल सारेर सकिएको जानकारी दिँदै ढकालले खानेपानीको पाइप सार्ने काम अन्तिम चरणमा पुगेको बताउनुभयो । यस सडकको पूर्वीखण्डमा ९३ वटा कल्भर्टको निर्माण सम्पन्न भइसकेको भन्दै ढकालले ४८ वटा कल्भर्ट निर्माणको काम भइरहेको जानकारी दिनुभयो । “पूर्वीखण्डमा २२ वटा माइनर ब्रिज (साना पक्की पुल) निर्माण हुनुपर्नेमा १२ वटाको निर्माण सम्पन्न भइसकेको छ, पाँचवटामा निर्माण भइरहेको छ भने दुईवटामा काम हुनै बाँकी छ”, उहाँले भन्नुभयो, “यहाँ १२ मेजर ब्रिज (ठूला पुल) निर्माणको काम भइरहेको छ । जसमध्ये अहिले बेल्डिहा, मुकुन्दे, गिरुबारी र विजयी खोलामा पुल निर्माणको काम भइरहेको छ । साना फलामे पुल र ठूला पुल दुई लेनका मात्रै भएकाले ती पुल विस्थापित गर्नेगरी चार लेनमा नयाँ पुल निर्माणको काम सडक विस्तारसँगै भइरहेको हो । सूचना अधिकारी ढकालले हासम्म योजनाको भौतिक प्रगति करिब १८.७ प्रतिशत भएको जानकारी दिनुभयो । ढकालका अनुसार सडक विस्तारका क्रममा पूर्वी खण्डमा रु एक अर्ब ७१ करोड ३६ लाख खर्च भएको छ । यस खण्डको कूल बजेट रु नौ अर्ब १५ करोड ७२ लाख ४६ हजार रहेकामा ८५ प्रतिशत ऋण सहयोग एसियाली विकास बैंक (एडिबी)ले उपलब्ध गराउनेछ । सडक निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडका कन्ट्र्याक्ट म्यानेजर (ठेक्का व्यवस्थापक) राजेश झाले प्रतिमहिना तीन प्रतिशतभन्दा बढीका दरले प्रगति भेट्ने गरी काम गरिरहेको बताउनुभयो । “अहिले हाम्रो साइटमा दैनिक एक हजार बढी कामदारले काम गरिरहेका छन्”, उहाँले भन्नुभयो, “यो आर्थिक वर्षमा आयोजनाको ५० प्रतिशत प्रगति हुने गरी काम भइरहेको छ ।” पहिले कोभिड, रूख कटान तथा खानेपानीका पाइप र बिजुलीका पोलले सडक विस्तारमा ढिलाइ गरेको भए पनि अब सम्पूर्ण अवरोध सकिएकाले लक्ष्यअनुसारको प्रगति हासिल गरिने उहाँले बताउनुभयो । “परीक्षण कालोपत्र सफल भएपछि अब हामीले थप ठाउँमा कालोपत्रको काम अगाडि बढाउँछौँ”, ठेक्का व्यवस्थापक झाले भन्नुभयो, “पहिलो चरणको ६ सेन्टिमिटर र दोस्रो चरणमा चार सेन्टिमिटरको थप कालोपत्रको काम हुन्छ ।” ठूला पुलहरुमध्ये ११ वटामा फाउन्डेसन (पिलर उठाउनका लागि जमिनमा गरिने ढलान) का सकिएको भन्दै झाले त्यसमध्ये छवटा पुलको सबस्ट्रक्चर (जमिनबाट माथि पिलर उठाउने काम) सकिएको बताउनुभयो । “आगामी असारसम्म सबै पुलको सब स्ट्रक्चर सक्नेगरी मेजर ब्रिजको काम भइरहेको छ, अरुण खोलामा माटोमा समस्या आएर काम रोकिएको छ ।” यस खण्डमा दुई सय १५ वटा कल्भर्ट निर्माण हुनेमा दाउन्ने खण्डमा कल्भर्ट निर्माणको काम सुरु भएको छैन । “दाउन्ने खण्डको पाँच किलोमिटरमा ३० वटा कल्भर्ट बन्छन्”, झाले भन्नुभयो, “त्यहाँ डाइभर्सन गरेर सवारीसाधन चलाउने अवस्था नभएकाले अहिले एक्साभेटर प्रयोग गरेर दाउन्नेको भित्तो काट्ने काम भइरहेको छ, भित्तो काटेर सकेपछि कल्भर्ट निर्माणको काम सुरु गर्छौं ।” यो वर्ष ५० प्रतिशत काम सकाएर आगामी वर्ष आयोजनाको काम सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गर्ने गरी काम भइरहेको झाले बताउनुभयो । नारायणगढ–बुटवल खण्डको एक सय १४ किलोमिटरमध्ये पूर्वीखण्डमा ६५ किलोमिटर सडक पर्दछ । यस खण्डको सहरी क्षेत्रमा चारलेन सडकको अतिरिक्त १७.४ किलोमिटर सडकमा सर्भिस लेन निर्माण गरिनेछ भने दाउन्नेको ४.१ किलोमिटर उकालोमा तीन लेनको सडक विस्तार हुनेछ । सडक विस्तारका लागि ३६ हजार दुई सय ३२ रूख काटिँदैछन् ।
सर्लाही: सर्लाहीमा भर्खरै सरुवा भएर आउनुभएका सुरक्षा अधिकारीले केही दिनदेखि नेपाल–भारत सीमाको अनुगमन तीव्र पार्नुभएको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहितका सुरक्षा अधिकारी नियमित सीमा क्षेत्रको अवस्था बुझ्न निस्कनुभएको हो । सर्लाहीमा प्रमुख जिल्ला अधिकारी यादवसहित प्रहरी उपरीक्षक नरेशराज सुवेदी, सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारी, राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख एवं उप–अनुसन्धान निर्देशक सन्तोष ढुङ्गेलसहितको टोलीले सीमा क्षेत्रको नियमित स्थलगत अनुगमन गरिरहनुभएको जिल्ला प्रशासन कार्यालय मलङ्गवाले जनाएको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पूर्वी भेग पर्सा गाउँपालिकास्थित सङ्ग्रामपुरदेखि स्थलगत अनुगमन सुरु गरी अहिलेसम्म सदरमुकाम मलङ्गवास्थित खुटौनासम्मको सीमा क्षेत्र अनुगमन गरिसकिएको बताउनुभयो । उहाँले खुटौनाबाट पश्चिम मधुवनी, छतौना, बाराउद्योरण, बलरालगायतका नाकाको अनुगमन गर्न बाँकी रहेको जानकारी दिनुभयो । दशगजा तथा त्यहाँ रहेका खम्बा (पिल्लर) को अवस्था बुझ्ने र सीमामा भएका अतिक्रमण हटाउने उद्देश्यसहित अनुगमनमा निस्किएको प्रमुख जिल्ला अधिकारी यादवको भनाइ छ । दशगजा क्षेत्रमा कुनै पनि प्रकारको संरचना बनाउन नपाइने भए पनि जिल्लामा दशगजामै बस्ती बसेको छ भने पसल व्यवसाय सञ्चालित छन् । अनुगमनका क्रममा सुरक्षा अधिकारीले सीमाक्षेत्रस्थित रहेका प्रहरी चौकी र सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) का इन्चार्जलाई खुला सीमाका कारण हुने अवैध तस्करी, राजस्व छली र लागूऔषधको ओसारपसार रोकथाम तथा नियन्त्रणका लागि निर्देशन दिने गर्नुभएको छ ।

