पोखरा ।    गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले संघीयता सबलीकरणमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको भूमिका विषयक नीति संवाद कार्यक्रम सम्पन्न गरेको छ ।   प्रतिष्ठानको सातौं स्थापना दिवस...

काठमाडौंः  सरकारले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटाइएको छ । आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर रु २० कटौती गरेसँगै वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा घटाएको हो । सङ्घका अनुसार काठमाडौँदेखि धनगढीसम्मको उडानमा सबैभन्दा धेरै रु आठ सय ८५ भाडा घटेको छ । यो गन्तव्यका लागि रु सात हजार पाँच सय दश कायम भएको छ । काठमाडौँदेखि धनगढीसम्म अधिकतम भाडा रु १६ हजार एक सय ४० कायम भएको छ । काठमाडौँबाट हुने पर्वतीय उडान (माउन्टेन्ट फ्लाइट)मा रु छ सय ८५ भाडा घटेर अधिकतम रु १४ हजार दुई सय पाँच कायम भएको छ । काठमाडौँ–सिमरामा रु एक सय ८० भाडा घटेको छ । त्यस्तै काठमाडौँ–भद्रपुरमा रु छ सय, काठमाडौँ–विराटनगरमा रु चार सय ८५, काठमाडौँ–जनकपुरमा रु दुई सय ६०, काठमाडौँ–भरतपुरमा रु दुई सय १५ र काठमाडौं–पोखरामा रु तीन सय २० भाडा घटेको छ ।

काठमाडौंः   सङ्घीय संसद्को पहिलो बैठक सुरु भएको छ । गएको मङ्सिर ४ गतेको चुनावपछि आज सोमवार प्रतिनिधि सभाको पहिलो बैठक बसेको हो । बैठकमा सभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले संसद् आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुभएको भयो । उहाँले भन्नुभयो, ‘नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम संवत् २०७९ साल पुस २५ गते सोमवारको दिन १३ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरिएको छ ।’ त्यसैगरी राष्ट्रपति कार्यालयको प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद् गठनबारे संसद्लाई जानकारी गराएको पत्र पनि पढेर सुनाइएको छ । सङ्घीय संसद्अन्तर्गतको राष्ट्रिय सभाको बैठक पनि बस्दैछ । सचिवालयले सत्तापक्ष र प्रतिपक्ष दलका सांसदलाई दलीय प्रतिनिधित्वको आधारमा बस्न मिल्ने गरी सिटको व्यवस्था गरिएको जानकारी गराएको छ । तर ठाउँ अभावका कारण सबै दलका संसदीय दलका नेतालाई पहिलो लहरमा राख्ने गरी सिटको व्यवस्था भने गर्न नसकिएको सहायक प्रवक्ता धमलाले बताउनुभयो । सङ्घीय संसदमा १२ वटा राजनीतिक दलको प्रतिनिधित्व रहेको छ । आजको पहिलो बैठकमा सबै दलका संसदीय दलका नेताले बोल्ने कार्यसूची तय गरिएको छ । बैठकको सुरुमा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले सदस्यहरुलाई स्वागत गर्नुहुनेछ ।  प्रतिनिधि सभामा नेपाली कांग्रेस ८९, नेकपा एमालेका ७८, नेकपा माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टी नेपालका १२, नेकपा एकीकृत समाजवादीका १०, जनमत पार्टीका छ, लोकतान्त्रिक समाजवादी पार्टीका चार, नागरिक उन्मुक्ति पार्टीका तीन, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका एकरएक तथा स्वतन्त्र पाँच सांसद छन् । आजको बैठकमा ज्येष्ठ सदस्य जबराले भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने प्रस्तावबारे जानकारी गराउनुहुनेछ ।  राष्ट्रपति भण्डारीले पठाउनु भएको पत्र पढेर सुनाउँदै उहाँले भन्नु भयो, ‘नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम संवत २०७९ साल पुस २५ गते सोमबारको दिन १३ः०० बजे अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरिएको छ ।’ त्यसैगरी राष्ट्रपति कार्यालयको प्रधानमन्त्री नियुक्ती र मन्त्रीपरिषद गठनबारे संसदलाई जानकारी गराएको पत्र पनि पढेर सुनाइएको छ ।

काठमाडौंः   मलेसियामा बन्धक बनाइएका १३ जना नेपाली नागरिकको उद्धार भएको छ । उद्धार भएकामध्ये ६ जना भोलि मङ्गलवार स्वदेश फर्किने भएका छन् । नेपालबाट मलेसिया गएका नेपालीहरु समस्यामा परेको गुनासो प्राप्त भएपछि सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बन्धक बनाइएका र अन्य समस्यामा परेका नेपालीहरुको अवस्था बुझी तत्काल रिहाइ तथा उद्धारको पहल गर्न मुख्यसचिव शंकरदास बैरागीलाई निर्देशन दिनुभएको थियो । निर्देशनका आधारमा सरकारले परराष्ट्र मन्त्रालयमार्फत् मलेसियामा रहेको नेपाली राजदूतावाससँग सम्पर्क गरेको थियो । बन्धक बनाइएका नेपालीहरुको अवस्था बुझेर तत्काल उद्धारका लागि पहलपछि मलेसियाको पीआरएस फरेस्ट म्यानेजमेन्ट (PRS Forest Management)  कम्पनीमा कार्यरत १३ जना नेपाली नागरिक स्वदेश फर्किने भएका हुन्। मलेसियामा रहेको नेपाली राजदूतावासले प्रधानमन्त्री कार्यालयलाई दिएको जानकारी अनुसार, यो कम्पनीमा काम गर्न गएका १३ जना सबै श्रमिकहरुलाई म्यानपावर कम्पनीले खर्च बेहोर्ने गरी र एक नेपाली होटलमा खाने र बस्ने व्यवस्था गरिएको छ । दूतावासको पहलमा उनीहरुमध्ये ६ जना भोलि र आउँदो शुक्रवार ७ जना  नेपाल फर्कने भएका छन् । यसैगरी मलेसियाको एक अन्य कम्पनीमा समस्यामा परेका २८ जना नेपाली श्रमिकहरुको समस्या हल गर्न समेत पहल भइरहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

काठमाडौंः   नेपाली टाली पब्जी विश्वकपमा दोस्रो भएको छ । इन्डोनेसियामा आइतबार राति सम्पन्न फाइनल खेलमा नेपाल टर्कीसँग पराजित भएको थियो ।  नेपालको द रियल सोल्जर्स (डीआरएस) एक सय ५८ अङ्कसहित दोस्रो भएको हो । टर्कीको एसटुजी ई स्पोर्ट्सले एक सय ९० अङ्कका साथ च्याम्पियन बन्यो । नेपालकै अर्को टोली ट्रेन्ड टु किल (टि२के) एक सय १२ अङ्कसाथ १३औं स्थानमा रहन सफल भयो । उपविजेता नेपालले दुई लाख ९२ हजार अमेरिकी डलर ९तीन करोड ८६ लाख नेपाली रुपियाँ० पुरस्कार पाएको छ । विजेता टर्कीले पाँच लाख १० हजार अमेरिकी डलर पुरस्कार पायो । १३औं स्थानमा रहेको नेपालको टि २ केले पनि एक लाख ३२ हजार पाँच सय अमरिकी डलर प्राप्त गरेको छ । पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप २०२२ को रुपमा सञ्चालित यस विश्वकपमा चीन र ब्राजिलको तीन तीन, नेपाल, टर्की, मङ्गोलिया र थाइल्यान्डको दुई दुई तथा मलेसिया र इन्डोनेसियाको एक एक टोलीले भाग लिएका थिए । 

पोखराः   नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको टोलि भारत भ्रमणपछि स्वदेश फर्केको छ ।  भारतको जेम एण्ड ज्वेलरी एक्स्पोर्ट प्रमोसन काउन्सिलको तत्वावधानमा आयोजित ‘ १५ औं सिग्रेचर भारत अन्तरराष्ट्रिय ज्वेलरी शो’मा सहभागि भएर विशिष्ट सदस्य कृष्ण लाल महर्जनको नेतृत्वमा महासचिव किसान सुनारसहित ६जनाको टोली स्वदेश फिर्ता भएको हो ।  १५औं सिग्नेचर भारत अन्तर्राष्ट्रिय ज्वेलरी शो ( IIJS Signature – 2023) पुस २१ गतेदेखि सञ्चालन भएको थियो ।  १५औं सिग्नेचर भारत अन्तर्राष्ट्रिय ज्वेलरी शो सहभागी हुने क्रममा प्रतिनिधिमण्डलले काउन्सीसलका वर्तमान अध्यक्ष विपुल शाह र अन्य पदाधिकारीहरुसँग भेटवार्ता गर्दै नेपाल– भारतका सुनचाँदी व्यवसायीको आपसी सम्बन्ध विस्तार गर्न २०७० चैत ९ गते यस महासंघ र भारत जेम एण्ड ज्वेलरी एक्स्पोर्ट प्रमोशन काउन्सील बीच भएको समझदारीलाई स्मरण गर्दै दुई संस्थाबीच भएको सहमति अनुरुप सहकार्यलाई अझ थप प्रगतिमूलक गतिविधि सहित अगाडी बढाउनसमेत आग्रह गरेको छ ।  नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका महासचिव किसान सुनारले काउन्सिलको संयुक्त सहकार्यमा नेपाली गरगहनाको प्रवद्र्धन र स्तरोन्नतिको लागि विभिन्न तालिम संचालन गर्न सहमति एवं प्रतिवद्धता जनाएको बताए ।  ‘नेपालमा नै जेम ल्याव स्थापना गरी नेपालमा पाइने बहुमुल्य तथा अर्धबहुमुल्य रत्न, पत्थर आदिको प्रवद्र्धन तथा निर्यात गर्न दुई पक्षिय छलफल भएको छ, सुनारले भने, ‘महासंघ र काउन्सीलको सयुक्त सहकार्यमा नेपाली गरगहनाको प्रवद्र्धन र स्तरोउन्नती गर्न तालिम संचालन गर्न  काउन्सिलले प्रतिवद्धता जनाएको छ ।’ मुम्बई बसाईको क्रममा प्रतिनिधिमण्डलले विभिन्न जेम तथा ज्वेलरी, मेसिनरी कारखानाहरुको पनि स्थलगत अवलोकन भ्रमण समेत गरेको थियो ।

कास्की- गण्डकी प्रदेशमा आज नयाँ सरकार गठनको तैयारी भैरहेको छ । गण्डकीमा पनि एमालेका खगराज अधिकारीको नेतृत्वमा नयाँ सरकार बन्ने तैयारी भैरहेको छ, यद्यपी अझै अन्तिम टुङ्गो भने लागिसकेको छैन ।   मुख्यमन्त्रीका लागि माओवादीका हरि बहादुर चुमानले पनि दावी पेश गरेपछि अन्तिम टुङ्गो नलागेपनि सदस्य संख्याका हिसाबले हेर्दा सभामुखसहित थप ३ मन्त्रालय माओवादीलाई र १ मन्त्रालय राप्रपाको भागमा पर्ने र मुख्य मन्त्री र उपसभामुखसहित अन्य मन्त्रालय एमालेमा रहने गरी मन्त्रालय गठन हुने बताइएको छ ।   गण्डकी प्रदेश प्रमुख पृथ्विमान गुरङ्गद्वारा गण्डकी प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको सर्मथनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई गण्डकी प्रदेशको मुख्य मन्त्री नियुक्ती गर्नका लागी आज चार बजे भित्र दावी पेश गर्न आव्हान गर्नु भएको छ ।   गण्डकी प्रदेशमा ६० सदस्यीय प्रदेश सभामा ३६ प्रत्यक्ष र ३४ समानुपातिक प्रणालीमार्फत निर्वाचित सदस्यहरु छन् । जसमध्ये मतभारका आधारमा सबै भन्दा बढी समानुपातिक साँसद एमाले १०, नेपाली काँग्रेस ९ र नेकपा माओवादी केन्द्रका ३ र राप्रपाका २ सदस्य छन् ।   प्रत्यक्ष तथा समानुपातिक गरी काँग्रेसको कुल २७ साँसद छन भने एमालेबाट प्रत्यक्ष र समानुपातिक गरी २२ जना साँसद सदस्य छन् । त्यसैगरी नेकपा माओवादी केन्द्रबाट प्रत्यक्ष तर्फ ५ जना र समानुपातिक ३ गरी ८ जना सदस्य रहेका छन् ।   मनाङ्ग क्षेत्रनं. २ बाट राजीव गुरुङ्ग स्वतन्त्रबाट निर्वाचित भएपनि यसपटक उहाँ एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ ।

काठमाडौंः    सरकारले मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्धार गर्न पहल सुरु गरेको छ ।  वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका नेपाली विगत ८ दिनदेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अवस्था बुझ्न र उनीहरुको उद्धारका लागि पहल सुरु गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो विषय गम्भीर भएकाले तत्काल उद्धारका लागि आवश्यक सबै पहल गर्न मुख्यसचिवमार्फत् निर्देशन दिनुभएको उहाँको निजी सचिवालयले जनाएको छ । 

काठमाडौंः   सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले आज आइतवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।  निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर तीनरतीन रुपैयाँका दरले घटाएको छ । यस्तै आन्तरिक र अन्तर्राष्ट्रिय हवाई इन्धनमा क्रमशस् २० र ३० रुपैयाँले घटेको निगमले विज्ञप्तिमार्फत जनाएको छ । योसँगै अब पेट्रोल प्रतिलिटर एक सय ७५ रुपैयाँ कायम भएको छ भने डिजल र मट्टीतेल प्रतिलिटर एक सय ७५ रुपैयाँ कायम भएको छ ।  आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर एक सय ७० रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर एक हजार चार सय २० डलर कायम भएको छ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने अहिलेलाई यथावत् राखेको छ । यसअघि भारतले पेट्रोलियम पदार्थको मूल्यसूची घटाएर पठाए पनि निगमले भने नघटाएको भन्दै उपभोक्ताले विरोध गर्दै आएका थिए । गएको बिहीवार प्रधानमन्त्रीले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिए पनि निगमले भने आज मूल्य घटाएको हो । 

पोखराः   गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल ‘जीवन’ले आर्थिक अनुशासनलाई मध्यनजर गर्दै अर्थ मन्त्रालयमा फाइल रोकिएको बताएका छन् ।  गण्डकी प्रदेशको अर्थमन्त्री बरालले पदमुक्त हुन अघि आज (आइतबार) पत्रकार सम्मेलन गर्दै सो कुरा बताएका हुन् । ‘मन्त्रालयमा ऐन नियममा रहेर फाइल रोकेको सत्य हो, ऐन नियममा जुन कुरा उल्लेख गरिएको छ त्यसलाई पालना गर्न अभ्याससमेत भएको हो, बरालले भने, ‘ऐन नियम संसोधन गरेर आएको भए यस्तो हुने थिएन त्यसैले आर्थिक अनुशासनलाई मध्यनजर गर्दै केही योजनाको फाइल रोकिएको हो ।’ उनले प्रदेशका कुनै पनि मन्त्रीहरुसँग सम्बन्धमा कुनैपनि व्यक्तिगत पुर्वाग्रह नरहेको बताए । ‘काममा हिसाबमा कुनै पनि मन्त्रीसँग सम्बन्धमा तागरता आयो होला, उनले भने, ‘व्यक्तिगत रुपमा कसैसँग पनि कुनै सम्बन्धमा तागरता आएको छैन् ।  मन्त्री बरालले १८ महिना गण्डकी प्रदेशको अर्थमन्त्रालयमा समुन्नत र समृद्ध प्रदेश निर्माण गर्ने अभियानमा टेवा पु¥याएको बताए ।  ‘केन्द्रीय राजनीतिमा आएको फेरबदलसँगै गण्डकी प्रदेशमा पनि त्यसको प्रभाव प¥यो, उनले भने, करिब १८ महिनाको कार्यकालमा प्रदेशको आन्तरिक राजश्वको आधार सृदृढ गर्दै वित्तिय स्रोतको प्रभावकारी र समुचित उपयोगबाट आर्थिक सन्तुलन गर्दै समुन्नत र समृद्ध प्रदेश निर्माणको अभियानमा टेवा पु¥याउन सफल भएको छु ।’ उनले पदमुक्त हुनुअघि आफुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई सोही पत्रकार सम्मेलनमार्फत धन्यवाद समेत व्यक्त गरेका थिए ।