पोखरा: पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महानगरको कार्यभार सम्हालेको आज एकसय दिन पुरा भएको छ । सोही सन्दर्भमा मेयर आचार्यले सयदिनमा गरिएका सय कामको फेहरिस्त सार्वजनिक गरेका छन् । मेयरमा निर्वाचित भएको दिन आचार्यले घोषणा गरेअनुसार पोखरालाई फुलैफुलको शहर बनाउन डिभाइडरमा फुल रोप्नेदेखि पोखरा आसपासका अग्ला डाँडाहरुमा लालिगुराँस र समथर भागमा लालुपाते रोपणको सुरुवात भएको बताए । मेयर आचार्यको अनुसार पोखरा महानगरका भित्रका स्थानीयहरुको क्षमता अभिवृद्धि गर्न तालिम देखि महागनरमा विभिन्न शीर्षकहरुमा अनुदान समेत वितरण गरिएको छ । महानगरले स्थानीयले गाउँमा नै स्वरोजगार बनाउन घाँस उत्पादनदेखि व्यावसायिक बाख्रापालन र कृषिमा अनुदान वितरण गरेको छ । आफु मेयरमा निर्वाचित भएपछि पहिलो पटक पोखराम ‘महानगर मेट्रो सम्मेलन’ समेत सम्पन्न गरेको उनले जनाए । महानगरले वडा १८, ३३, ७, ६ र २५ मा अतिक्रमण गरेको सार्वजनिक जग्गा तथा घर टहरा हटाएर खाली गरी संरक्षण गरिएको र पोखराको न्युरोडस्थित विवादमा रहेका जग्गा अदालती फैसलाबाट स्वामित्वमा ल्याएको उल्लेख गरे । ‘पोखरामा सार्वजनिक जग्गा तथा घर टहरा खाली गरी संरक्षण र विवाद रहेको जग्गा महानगरको पक्षमा अदालतले फैसला गरेकाले त्यसको संरक्षणमा महानगरको लागेको छ’ मेयर आचार्यले भने । ल्याण्डफिल समाधानमा धरानदेखि दिल्लीसम्म पोखरा महानगरले ल्याण्डफिल्ड साइटको समाधान खोज्न धरानदेखि भारतको दिल्लीसम्म भ्रमण गरेको छ । मेयर आचार्यले सार्वजनिक गरेको एकसय दिनको काममा अत्यन्तै चुनौतीको रुपमा रहेको पोखराको फोहोरमैला व्यवस्थापनबारे अध्ययन गर्न अवलोकन भ्रमणमा निस्किएको बताए । धरानमा संचालनमा रहेको ग्याँस र मल उत्पादन गरिएको वेष्ट टुु इनर्जिको भ्रमण गरि पोखराको फोहोर व्यवस्थापन गर्न आफुुहरुको ध्यान केन्द्रित भएको बताए । धरानमा फोहोरलाई मोहरमा परिवर्तन गरेकाले फोहोरलाई बोझकारुपमा नलिइएको र पोखराको फोहोरलाई ग्याँस मल उत्पादनमा ध्यान केन्द्रित गरेको मेयर आचार्यको भनाई छ । उनले फोहोर व्यवस्थापन गर्न भारतको राजधानी दिल्लीमा ल्याण्डफिल्ड साइटको समेत आवश्यक नपर्ने गरी फोहोर मैला सम्बन्धी परियोजनाहरुको अध्ययन तथा अवलोकन गरेको जानकारी दिए । मेयर आचार्यका अनुसार दिल्लीमा फोहोरबाट बिजुली निकालिएको भन्दै आफुहरुले धरान वा दिल्लीको कहाँको व्यवस्थापन प्रयोग गर्ने भन्ने अध्ययन गरिरहेको उल्लेख गरे । महानगरको मातृशिशुु होस्टल संचालन पोखरा महागनरले मातृशिशु होस्टल संचालनमा ल्याएको छ । महानगरले मातृ मृत्यु तथा नवजात शिशु मृत्युबाट बचाउन गर्भवती तथा सुुत्केरी महिलाहरुका लागि ५० बेडको विश्रामस्थल (होस्टल) संचालनको प्रक्रियाको शुुभारम्भ गरिएको मेयर धनराज आचार्यले बताए । उनले भने ‘बच्चा जन्मेको २८ दिन भित्र नवजात शिशुको मृत्यु हुने सम्भावना भएकाले महानगरले ५० बेडको विश्रामस्थल (होस्टल) संचालन गरिएको हो ।’ सयदिनको विस्तृत पूर्णपाठः
पोखरा । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, कास्की शाखाले पोखरा महानगरपालिका–१० स्थित कालिका उच्च माध्यमिक विद्यालयका छात्रालाई सेनेटरी प्याड वितरण गरेको छ । कम्पनी छैटौँ वर्षमा प्रवेश गरेको अवसरमा विद्यालयलाई ९० प्याकेट सेनेटरी प्याड प्रदान गरिएको कम्पनीका गण्डकी प्रदेश संयोजक एवं कास्की शाखा प्रमुख लक्ष्मण थापाले जानकारी दिनुभयो । “कम्पनीको वार्षिकोत्सवलाई रचनात्मक बनाउने सिलसिलामा सेनेटरी प्याड वितरण गरिएको हो, सामाजिक उत्तरदायित्वप्रति पनि कम्पनी सचेत छ”, उहाँले भन्नुभयो । शाखा प्रमुख थापाले विद्यालयका सहायक प्रधानाध्यापक बलदेव अधिकारी र शिक्षक सुनिता बस्नेतलाई प्याड हस्तान्तरण गर्नुभएको हो । त्यस क्रममा सहायक प्रअ अधिकारीले छात्राहरुलाई लक्ष्य गरी सामग्री सहयोग गरेकामा कम्पनीको सह्राहना गर्नुभयो । प्याड हस्तान्तरण कार्यक्रममा कम्पनीका सिनियर एजेन्सी म्यानेजर शर्मिला केसी, एजेन्सी म्यानेजर धनकुमारी अधिकारीलगायत उपस्थित थिए । कार्यक्रमको सञ्चालन शाखाका बजार प्रमुख गोविन्द्र पौडेलले गर्नुभएको थियो । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले विसं २०७४ भदौ १५ गतेबाट औपचारिक रुपमा कारोबार सुरु गरेको थियो । गत आवको वित्तीय विवरण अनुसार जीवन बीमा कोष ७८.१३ प्रतिशतले वृद्धि गरी चार अर्ब ६० करोड माथि पु¥याउन सफल भएको छ । त्यस्तै खुद नाफा २१ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । कम्पनीले गत आवमा मात्रै तीन अर्ब ७७ करोड एक लाख १५ हजार खुद बीमा शुल्क आम्दानी गर्न सफल भएको छ । कम्पनीको चुक्ता पूँजी अर्ब ४० करोड रुपैयाँ छ ।
पोखरा : पोखरा २ का सुरजप्रकाश प्रधानाङ्ग पोखरा उद्योग वाणिज्य संघको आगामी चुनावका लागि अर्जुन पोखरेल प्यानललाई मत माग्न व्यस्त छन् । व्यवसायीलाई भेट्ने र उम्मेद्वारले झैं उनले प्यानलको पक्षमा मत माग्दा स्थानीयहरु उनैलाई उम्मेद्वार ठान्छन् । उनी उम्मेद्वार होइनन्, तर प्यानललाई जिताउन कम्मर कसेर लागेका छन् । संघमा सक्षम र युवा नेतृत्व आउनुपर्ने भन्दै उनले त्यस्ता उम्मेद्वार अर्जुन प्यानलमा भएकोले समर्थन गरेको बताए । ‘संघलाई हाँक्न अव युवा चाहिन्छ । युवाले मात्रै संघको पूरानो विरासत जोगाउछन्,’ उनी भन्छन्, ‘यो चुनावमा व्यवसायीले रोज्नुपर्ने टीम अर्जुन प्यानल हो ।’ बागलुङ बसपार्कमा जयालक्ष्मी सेनिटरी सञ्चालन गर्दै आएका उनले सँधै विहान अर्जुन प्यानलको पक्षमा मत माग्छन् । अध्यक्षका उम्मेद्वार अर्जुन पोखरेल धेरै वर्ष उद्योग वाणिज्य संघमा रहेर आफ्नो जिम्मामा परेको काम विना विवाद सफल बनाएकोले उनैलाई नेतृत्वमा पु¥याउनुपर्ने प्रधानाङ्गको भनाई छ । चुनावी घरदैलोका लागि साँघुमुख पुगेको अर्जुन पोखरेलको टिमलाई शुभचिन्तक र मतदाताहरुले बाटोमै भेटेर जितको शुभकामना दिएका थिए । चिप्लेढुंगाका व्यवसायी नारायण पराजुली संघलाई हाँक्न सक्ने भरोसायोग्य उम्मेद्वार अर्जुन प्यानलमा भएको भन्दै मतदानका लागि मतदातासँग आग्रह गर्छन् । ‘संघको भविष्य अर्जुन प्यानलको काँधमा राम्रो देखेको छु । उनीहरुले चुनाव जित्दा आम व्यवसायीले सम्मानित महसुश गर्छन्,’ उनले भने । आगामी २ वर्षको कार्यकालका लागि भदौ २५ गते मतदान हुँदैछ । त्यसका लागि अर्जुन पोखरेलले आफ्नो छुट्टै प्यानल बनाएर घरदैलामा व्यस्त छन् । उनीहरु मतदाताका समस्या सुन्ने र आफ्ना योजना सुनाउँदै मत मागिरहेका छन् । शुक्रबार विन्ध्यवासिनी, अर्चलबोट, बागलुङ बसपार्क, पस्र्याङ, मालेपाटन, जिरोकिलोमिटर, सिर्जनाचोक लगायत ठाउँमा घरदैलो भएको थियो । अध्यक्ष पोखरेलले व्यवसायीका यावत समस्या समाधानका लागि आफ्नो टीमले काम गर्ने प्रतिबद्धता जनाए । ‘बैंकको समस्या छ । कतिपय ठाउँमा व्यवसायीहरुले सजिलोसँग व्यवसाय गर्न पाएका छैनन्,’ उनले भने, ‘कोरोनाले धेरै व्यवसायीलाई विस्थापित बनायो । दुख परेको बेला संघलाई अभिभावक बनाउने र साथ दिने गरी मेरो टीमले काम गर्छ ।’ पोखरेल प्यानल ८ बुँदे घोषणापत्र सहित चुनावी मैदानमा छ । पोखरा उद्योग वाणिज्य संघलाई आम पोखरेलीको साझा घरको रुपमा विकास गर्ने उनको संकल्प छ । ‘पोखरालाई आधुनिक र व्यवस्थित शहर बनाउने नेतृत्व उद्योग वाणिज्य संघले नै लिएको थियो । अहिले संघ समुदायबाट टाढा भैरहेको छ,’ पोखरेल भन्छन्, ‘हिजो अग्रजहरुले गरेको योगदानलाई संरक्षण गर्दै आगामी कार्यकालमा संघप्रति अझै आकर्षण बढाउने गरी काम गर्छौं । संघलाई सबै पोखरेलीको ‘साझा घर’ को रुपमा विकास गर्ने प्रण गर्दछौं ।’ पोखरेल प्यानलले उद्योग वाणिज्य संघको भवनलाई पुनः निर्माण गरी बहुतले व्यवसायिक भवनका रुपमा विकास गर्ने बताए । संघको आम्दानी बढाउने र उद्योगी व्यवसायीहरुको उत्पादन विक्री कक्ष निर्माण गर्ने टीमको प्रतिबद्धता छ । अहिले भैरहेको भवनलाई बहुतले बनाएर २ वटा पार्किङ, ३ वटा ब्यापारिक कम्प्लेक्स र संघको व्यवस्थित कार्यालय बनाइने प्यानलले जनाएको छ । अर्जुन प्यानलको बरिष्ठ उपाध्यक्षमा हरिहर सापकोटा, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा कुमारी मुना बास्तोला, महासचिवमा केशव बहादुर खत्री, कोषाध्यक्षमा हरिराज पन्त र उपमहासचिवमा हर्क बहादुर अधिकारी (मिरज) उम्मेद्वार छन् । यस्तै, सदस्यहरुमा भरत केसी, कृष्ण प्रसाद कोइराला, धर्मेन्द्र कुमार बाटाजु, माधव बस्ताकोटी, उदय बहादुर केसी (लाहुरे दाइ), दिलिप कुमार श्रेष्ठ, दुर्गा रन्जित श्रेष्ठ र हिमनिधि लौडारीले उम्मेद्वारी घोषणा गरेर चुनावी अभियानमा लागेका छन् । पोखरा उद्योग वाणिज्य संघ पोखरा क्षेत्रकै सबैभन्दा पूरानो सामाजिक संस्था हो । भदौ २४ र २५ गते आगामी नेतृत्वका लागि महाधिवेसन हुँदै छ । त्यसका लागि शुक्रबार उम्मेद्वारले मनोनयन पत्र बुझिसकेका छन् । शनिबार मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।
पोखरा : पोखरास्थित एकता बचत तथा ऋण सहकारी संस्थाले एबीसीकर्मी एमबी आस्था मगर सम्मानित गरेको छ । संस्थाको एघारौं साधारण सभा तथा पाँचौ अधिवेशनको अवसरमा पोखरामा रहेर एबिसी टेलिभिजन गण्डकी ब्यूरो प्रमुख एमबी आस्था मगरलाई एकता पत्रकारिता पुरस्कारबाट सम्मान गरेको हो । कार्यक्रममा गण्डकी प्रदेश सभाका उपसभामुख सिर्जना शर्मा, सहकारीका अध्यक्ष बालासिंह काउछा मगर, रुपा गाउपालिकाका अध्यक्ष नवराज शर्मा लगायतले अबिर, खादा, सम्मानपत्र र नगद सहित सम्मान गरेका थिए । पत्रकार एमबी आस्थासँगै सहकारीले कलाकारिता पुरस्कारबाट सरिता सारु मगर, जनप्रतिनिधि सम्मान अन्तर्गत रुपा गाउँपालिका प्रमुख नबराज ओझा, पोखरा महानगरपालिकाको कार्यपालिका सदस्य भिम कुमारी पुन गर्बुजा र पोखरा महानगरपालिका वाड प्रतिनिधि कृष्णहरि काफ्लेलाई सम्मान गरेको थियो । एकता सहकारीले आफ्ना जेष्ठ नागरिक शेयर सदस्यमा महिला तर्फ बालमाया श्रेष्ठ, पुरुष तर्फ कुलप्रसाद अधिकारि, उत्कृष्ट कारोबार कर्तामा महिला तर्फ धनमाया राना, पुरुष तर्फ छमबहादुर खत्री, उत्कृष्ट बचतकर्ता उत्कृष्ट ५ भित्र राजिब शर्मा, बिस्णु के सि अधिकारी, नारायणी अधिकारी सुबेदि, आस्था पौडेल र बुद्ध कुमारी खड्कालाई सम्मान गरेको छ । त्यस्तै उत्कृष्ट कर्मचारीहरुमा कर्जा बिभाग प्रमुख शर्मिला केसी, काउण्टर बिभाग प्रमुख अमृता रेगामी र बजार प्रतिनिधि यसोदा श्रेष्ठ थापा मगरलाई सम्मान गरेको थियो । एकता बचत तथा ऋण सहकारी संस्थाको एघारौं बार्षिक साधारण सभा तथा पाँचौं अधिबेशनबाट सुदर्शन पौडेलको अध्यक्षता ९ सदस्यीय संचालक समिति र लेखा समिति निर्बिरोध निर्बाचित गरेको छ । निर्बाचित समितिमा अध्यक्षमा सुदर्शन पौडेल, उपाध्यक्षमा तिलकप्रसाद तिवारी, सचिव राम बहादुर मगर, कोषाध्यक्ष खुम थापा मगर रहेका छन् । सदस्यहरुमा ज्योति तामाङ, बिस्णु के सि अधिकारी , शक्ति बराल, बालुमाया पुन र प्रकाश के सि रहेका छन । त्यस्तैगरी लेखा समिति संयोजकमा बिश्वनाथ ओझा र सदस्यहरुमा देब कुमारी गुरुङ र प्रकाश पुन रहेका छन । साधारण सभाको उद्घाटन गर्दै गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले सहकारीको माध्यामबाट सवैलाई जोड्ने काम भएकाले यसमा रहेका सम्पूर्ण शेयर सदस्यहरुले उत्पादनमुखी काममा सहकारीलाई जोड्नुपर्ने बताइन् । रुपा गाउपालिकाका अध्यक्ष नवराज ओझाले सहकारीहरु अब शहरमुखी नभइ गाउमुखी हुनुपर्ने बताउदै आफ्नो पालिकामा कुनैपनि सहकारीले कृषि लगायतका उत्पादनमुखी क्षेत्रमा लगानी गर्न चाहेमा आफुले जग्गा उपलब्ध गराउने बताए । कार्यक्रम संस्थाका अध्यक्ष बालासिंङ काउछा मगरको अध्यक्षता, उपाध्यक्ष नवराज सुवेदीको स्वागत र सचिव तिलकप्रसाद तिवारीको सञ्चालनमा सम्पन्न भएको थियो ।
काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । आज बसेको बैठकले बोर्डको नतिजा सार्वजनिक गरेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभयो । यस वर्ष परीक्षा उत्तीर्ण हुनका लागि प्रयोगात्मक परीक्षामा ४० र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत ल्याउनै पर्र्ने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । त्योभन्दा कम अङ्क ल्याएको खण्डमा पुनःपरीक्षा दिनुपर्ने बोर्डले जनाएको छ । उहाँका अनुसार नियमिततर्फ तीन लाख ६३ हजार आठ, ग्रेड वृद्धितर्फ ३० हजार ४५ र आंशिकतर्फ तीन हजार १३२ गरी कूल तीन लाख ९६ हजार १८५ विद्यार्थीले परीक्षामा सहभागिता जनाएका थिए । तीमध्ये नतिजामा चार हजार १७९ जनाले तीन दशमलव ६१ देखि चार जिपिए, ३० हजार १०७ जनाले तीन दशमलव २१ देखि तीन दशमलव ६० जिपिए, ६५ हजार २८४ जनाले दुई दशमलव ८१ देखि तीन दशमलव २० जिपिए, ६४ हजार ९३ जनाले दुई दशमलव ४१ देखि दुई दशमलव ८० जिपिए, १० हजार ९०० जनाले दुई दशमलव ०१ देखि दुई दशमलव ४० जिपिए र ३५ जनाले एक दशमलव ६१ देखि दुई जिपिए ल्याएका छन् । बोर्डका उपाध्यक्ष डा शर्माले भन्नुभयो, “यस वर्ष एक लाख ८८ हजार विद्यार्थी नन ग्रेडिङमा परेका छन् । त्यसमध्येमा एक लाख ३० हजार ८७८ जनाले मात्रै ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउँछन् ।” दुई विषयमा निर्धारित प्रतिशतभन्दा कम ल्याउने विद्यार्थीले पुनःग्रेड वृद्धि परीक्षा सहभागि हुन पाउँछन् । बोर्डले देशभरका एक हजार २९२ परीक्षा केन्द्रमा परीक्षा केन्द्रमा गत जेठ १६ देखि २५ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो । बोर्डले यस वर्षको नतिजामा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने एक लाख ३० हजार ८७८ परीक्षार्थीका लागि आउँदो असोज ३० र ३१ गते परीक्षा सञ्चालन गर्ने गरी आजै परीक्षा तालिकासमेत सार्वजनिक गरेको अध्यक्ष डा शर्माले जानकारी दिनुभयो । बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np, नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np मा गएर हेर्न सकिन्छ । त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि लभद लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नम्बरमा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ ।
गलकोट : प्रत्येक तीजमा झस्काउने बागलुङको एउटा विभत्स हत्या तीजपछि सेलाउँछ । तीज मनाएर फर्किएकी चेलीको दिउँसै मुख्य सडकमा हत्या भएको आठ वर्ष पूरा भएको छ । हत्यारा पत्ता नलाग्दा प्रत्येक तीजमा बागलुङका बासिन्दालाई रुपा गौतम हत्याकाण्डले झस्काइरहन्छ । हत्याका विषयमा तीजका समयमा कुरा उठ्ने गरे पनि तीजसँगै हत्याकाण्ड बिर्सदै गएको छ । हरितालिका तीजको अघिल्लो दिन माइत गएर फर्कने क्रममा रुपाको दिउँसै सडकमा आठ वर्षअघि हत्या गरिएको थियो । काठेखोला गाउँपालिका– ६ दोबिल्लाकी ३६ वर्षीया रुपाको हत्या भएको यो तीजसँगै आठ वर्ष पूरा भएको छ । दिउँसै सदरमुकाम नजिकको बीच सडकमा हत्या गर्ने हत्यारा पत्ता नलाग्दा बागलुङका चेलीबेटीलाई तीजमा माइत जाँदा झस्काउनेसमेत गरेको छ । तीन वर्षअघि जिल्ला प्रहरी कार्यालयले अनुसन्धानबाट हत्याराको नजिकै पुगेको दाबीसमेत गर्न भ्याएको थियो । अहिलेसम्म हत्यारा पत्ता नलाग्दा प्रहरीलाई नागरिकस्तरबाट हत्यारा कहिले पत्ता लाग्छ भनेर प्रश्न उठ्न छाडेको छैन । जिल्ला प्रहरी कार्यालयमा सरुवा भएर आएका हरेक प्रहरी प्रमुखले हत्यारा पत्ता लगाउन प्रयास गरिरहेको बताउने गरे पनि आठ वर्ष बित्दासमेत हत्यारा पत्ता लाग्न सकेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले आफू जिल्लामा आइसकेपछि रुपा हत्याका विषयमा सुक्ष्म अध्ययन तथा अनुसन्धान गरिरहेको बताउनुभयो । “रुपा जस्तै कर्तव्य ज्यानसँग जोडिएको तीन वटा विषयमा अनुसन्धान सफल भइसकेको छ, अहिले पुराना मुद्दालाई फछ्र्योट गर्नेक्रम जारी छ, प्रहरी नायब उपरीक्षकको संयोजनमा अध्ययन गर्न लगाएको छु”, प्रहरी उपरीक्षक ज्ञवालीले भन्नुभयो, “अनुसन्धान जारी नै छ हत्यारा पत्ता नलाग्दासम्म यहाँ पुग्यौँ, त्यहाँ पुग्यो भन्न सकिन्न, म यहाँ रहँदासम्म निस्कर्षमा पुगिन्छ भन्नेमा आशावादी छु ।” हत्याको मिसिलमै केही जटिलता देखिएकाले हत्यारा पत्ता लाग्न लामो समय लागेको उहाँको भनाइ छ । रुपाको २०७१ भदौ १२ गते तीजको दरखाने दिन माइतबाट घर फर्किने क्रममा बानपा–३ बोक्से खाल्डोस्थित मध्यपहाडी लोकमार्गमा दिउँसै घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो । हत्याको प्रभावकारी अनुसन्धान र कारबाहीका लागि महिला अधिकारकर्मी, नागरिक अगुवाले लामो समयदेखि आवाज उठाउँदै आए पनि पछिल्लो समय घटना क्रमशः विर्सदै गएको छ । आठ वर्षअघि दिनदाहाडै एउटा महिलाको विभत्स हत्या भएको घटनाको अहिलेसम्म हत्यारा पत्ता नलाग्नु भनेको लज्जाको विषय भएको महिला अधिकारकर्मी शावित्रा खड्काले बताउनुभयो । “हत्या जे जसरी ग¥र्यो दोषीलाई तत्कालै पत्ता लगाउन सकिन्थ्यो, दिउँसै गरेको हत्याको दोषी त्यतिबेला उम्कन आउने अवस्था कसरी सिर्जना भयो भन्ने नै हो, प्रहरी प्रमुखले सुरुको अनुसन्धानलाई दोषी देखाउँदै आएको पाइएको छ”, अधिकारकर्मी खड्काले भन्नुभयो, “ढिलै भए पनि पीडितले न्याय पाउनुपर्दछ, अनुसन्धान जारी राख्न आवश्यक छ तर पछिल्लो समय तीज सकिएसँगै हत्याकाण्ड सेलाउने र पुनःअर्को तीजमा हत्याको विषय उठ्नु दुखद् हो ।” तीजको समयमा नारी माइत जानसमेत सोच्नुपर्ने अवस्थाको हत्याकाण्ड बाहिर नआएसम्म अन्त्य नहुने खड्काको भनाइ छ । –––
पोखरा । कोरिया इन्टरनेशनल कर्पोरेसन एजेन्सी (कोइका) ले गण्डकी प्रदेशमा प्राविधिक शिक्षालयको पूर्वाधारका लागि सहयोग गर्ने भएको छ । बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग कोइका नेपालका देशीय निर्देैशक सङहुन घोले उक्त प्रतिबद्धता जनाउनुभएको हो । प्रदेश सरकारले गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानमार्फत गण्डकी प्राविधिक शिक्षालय (जिआइटी) सञ्चालन गर्दैछ । प्रदेशभित्र आवश्यकपर्ने दक्ष जनशक्ति उत्पादन गरी युवालाई रोजगारीमा आबद्ध गर्ने उद्देश्यका प्रदेशले गण्डकी प्राविधिक शिक्षालय सञ्चालनको तयारी गरेको हो । यसका लागि नेपाल सरकारले स्याङ्जाको फेदीखोला गाउँपालिका–१ स्थित गुर्धुममा एक सय ६० रोपनी जग्गा प्रदान गरिसकेको छ । सो अवसरमा मुख्यमन्त्री पोखरेलले दक्षिण कोरियासँग नेपालको पुरानो सम्बन्ध रहेको जानकारी दिनुभयो । गण्डकीमा प्राविधिक शिक्षाका लागि कोइकाले चासो देखाएको प्रति उहाँले आभार व्यक्त गर्नुभयो । प्रदेश सरकारको परिकल्पनालाई साकार पार्न दक्षिण कोरियाले देखाएको चासो प्रशंसनीय रहेको मुख्यमन्त्री पोखरेलको भनाइ थियो । सो अवसरमा कोइकाका देशीय निर्देशक सङहुनले पर्यटकीय नगरी पोखरामा कोरिया सरकारले लगानी गर्न इच्छुक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “गण्डकी प्रदेशका युवालाई रोजगारमा आबद्ध गराउन प्राविधिक शिक्षाबाट कसरी सहयोग गर्न सकिन्छ भन्ने हाम्रो मुख्य चासो हो ।” सुरुआती अवस्थामा युरोपेली मुलुकले कोरियामा प्राविधिक सीप सिकाएको र त्यसैको जगबाट अहिलेको अवस्थामा आइपुगेको स्मरण गर्नुभयो । त्यहीअनुसार गण्डकी प्रदेशमा सहयोग गर्न लागिएको उहाँले बताउनुभयो । प्रदेश सरकारले अगाडि सारेको परियोजनाको प्रारम्भिक प्रस्तावबाट आफू निकै प्रभावित भएको उहाँले बताउनुभयो । उहाँले संरचना बनाइसकेपछि सरकारले कसरी सञ्चालन गर्छ भन्ने मुख्य चासोका विषय रहेको बताउनुभयो । कोरिया सरकारले लगानी गर्ने परियोजनाको महत्वपूर्ण पक्ष दिगोपना रहेको उहाँको भनाइ थियो । यस वर्षको अन्तिममा कोइकाको मुख्यालयमा यो परियोजनाको प्रस्ताव पठाएपछि प्रारम्भिक अध्ययनका लागि कोरियाबाटै टोली आउने उहाँले जानकारी दिनुभयो । यसका लागि चारदेखि पाँच जनाको विज्ञ टोलीले सबै पक्षसँग भेटेर अध्ययन गर्नेछ । कोरियाको नगद अनुदान मात्रभन्दा पनि प्राविधिक सहयोगमा बढी ध्यान केन्द्रित गर्नेछ । यसले परियोजना बढी प्रभावकारी हुने दाबी उहाँको छ । परियोजनाका बारेमा गण्डकी प्रदेश सरकारले गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानका कार्यकारी निर्देशक सोमनाथ सापकोटाले विस्तृत जानकारी गराउनुभएको थियो । प्रदेशका लागि आवश्यकपर्ने जनशक्तिको प्रक्षेपणअनुसार तालिम सञ्चालन गर्नका लागि पूर्वाधारमा सरकारले सहयोगको अपेक्षा गरेको उहाँले जानकारी दिनुभयो । प्रदेश शिक्षा नीतिले प्रदेशभित्र सञ्चालन हुने सबै खालका प्राविधिक शिक्षा तथा तालिम यसै संस्था मातहत रहनुपर्ने परिकल्पना पनि गरेको छ । कोइकाले पोखराको फोहर व्यवस्थापनका लागि पनि काम गर्दैछ । खासगरी नकुहिने फोहरको व्यवस्थापनका लागि युएनडिपीलगायतका दातृ निकायसँग सहकार्य गरिएको छ । पोखराको सार्वजनिक यातायात व्यवस्थित बनाउनका लागि पनि कोरिया सरकारले विशेष चासो दिएको छ ।
कास्की: पोखरा महानगरपालिका १४ स्थित छिनडाँडामा श्रीमतीको हत्यापछि आफ्नै पेटमा खुकुुरी प्रहार गरेका लोक बहादुर गुुरुङको अवस्था गम्भीर रहेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता तथा प्रहरी निरिक्षक ज्ञान बहादुर खड्काका अनुसार गुरुङको अवस्था गम्भीर रहेको हो । श्रीमातीको हत्यापछि आफ्नै पेटमा खुकुरी हानेका पतिको अहिले पश्चिमाञ्चल अस्पतालमा उपचार भैरहेको छ, इन्सपेक्टर खड्काले सुनगाभा न्यूजसँग भने, ‘उपचार भइरहेपनि अहिले उहाँको अवस्था चिन्ताजनक भएको बुझिएको छ ।’ इन्सपेक्टर खड्काका अनुसार घरायसी विवादका कारण आज बिहान लोकबहादुुर गुुरुङले आफ्नो श्रीमती विमला गुरूङलाई खुकुरी प्रहार गरि गरेका थिए । त्यसपछि आफ्नै पेटमा खुुकुरी प्रहार गरि आत्महत्याको प्रयास गरेका खड्काले बताए । उनका अनुसार घाइते भएका उनको उपचारका लागि पार्कल्याण्ड पुर्याइएपनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको थियो । हाल अस्पतालमा उपचरार भइरहेको गुरुङको अवस्था चिन्ताजनक रहेको खड्काले जानकारी दिए । सो घटनाबारे थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: पर्यटकीय नगरी पोखरालाई यतिबेला चुनावी माहौलले छोएको छ । चाहे प्रदेश सभाको होस् चाहे प्रतिनिधिसभा निर्वाचनको । यसको भन्दा कम चर्चा र रौनक छैन, पोखरा उद्योग वाणिज्य संघ चुनावको । वर्षायामको समय भएपनि अहिले पोखराको विभिन्न चोक तथा गल्लीमा चुनावी सरगर्मी तातेको छ । उम्मेदवारी घोषणाभएपछि पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा दुई व्यवसायीको रस्सकाकस्सी चलिरहेको छ । मत आफ्नो पक्षमा तान्ने होडबाजी चलेको छ । यसैबीच ४४ वर्षिय पौरखी युवा व्यवसायी अर्जुन पोखरेलको चर्चा चुलिएको छ । तर पोखरा उद्योग वाणिज्य संघको नेतृत्व कसको पोल्टामा पार्छ भन्ने कुरा बुझ्न पोउवाको ३४ औं महाधिवेशन अर्थात आगामी भदौ २४ र २५ गतेको चुनाव कुर्नैपर्ने हुन्छ । त्यसको लागि अहिले अध्यक्ष पदका उम्मेदुवार द्वय अर्जुन पोखरेल र पवन प्रजापती आ–आफ्नै तरिकाले चुनाव प्रचार प्रसारमा छन् । यी दुईको नेतृत्वमा व्यवसायीहरु कित्ताकात हुदै प्यानल नै बनाएर उम्मेदवारी घोषणासँगै घरदैलोमा कस्सिएका छन् । यसले प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको माहौललाई नै छाँयामा पारेको छ । र समग्रमा चुनावी रोचकता बढेको छ । पोखरा उद्योग वाणिज्य संघको ३४ औँ महाधिवेशनमा प्रजापतिले भन्दा पहिले उम्मेदवारी अर्जुन पोखरेलले घोषणा गरेका हुुन् । उनले सर्वसम्मत हुने सम्भावना नभएपछि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताइएको छ । को हुन् ? ‘पौरखी पोखरेल’ पोखरा उद्योग वाणिज्य संघको ३४ औँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका उनी पोखराका एक पौरखी र सफल व्यवसायी हुन् । अर्जुन पोखरेलको जन्म २०३५ सालमा पोखराको मट्टीखानामा भएको हो । २०६३ सालबाट व्यवसायमा प्रवेश गरेका पोखरेलले व्यवस्थापन (म्यानेजमेन्ट) संकायमा स्नातक तहसम्मको अध्ययन गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको भदौ २४ र २५ गते हुुने ३४ औँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका पोखरेलले रिर्साेटदेखि बैँकसम्म लगानी गरेका छन् । पोखरेल मट्टिखाना माउण्टेन भ्यू रिर्साेर्ट, ओमना टुर्स एण्ड ट्राभल, शंकर पेपर वर्कसप प्रालि, संस्कार ट्रेडर्स र एएनएस रियल स्टेट प्रालिका संचालक समेत हुन् । यतिमात्र नभएर उनी सिद्धार्थ बैँकका संस्थापक संचालक समेत हुन् । उनले भारत, बंगलादेश, चिन , दुवई, थाईल्याण्ड,अस्ट्रेलिया, जर्मन, ईटली, बेल्जीयम, नेदरल्यान्ड, स्विजरलेन्ड, बेलायत , अमेरीका लगातयका देशहरुमासमेत भ्रमण गरेका छन् । पोखरेलको सामाजिक संलग्नता पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पदका उम्मेदवार पोखरेल गण्डकी जग्गा तथा आवास संघका अध्यक्ष हुन् । साथै उनी विरौटा क्लब र डेभिजफल क्लबका सल्लाहकार समेत हुुन् । उनी अहिले युवा उद्यमी मञ्ज पोखरा, होटल संघ पोखरा, पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एसोसियसन, नाटा गण्डकी प्रदेश र गण्डकी प्रदेश उद्योग संघको सदस्य समेत रहेका छन् । पोखरा उद्योग वाणिज्य संघको यात्रा पोखरा उद्याग वाणिज्य संघको २०७१–२०७३ सम्म सदस्यमा रहेर काम गरेका पोखरेल २०७३–२०७५ सम्म उपमहासचिवमा निर्वाचित भए । उनी २०७५–२०७७ मा भने उनी महासचिवमा निर्वाचित भएका थिएँ । पोखरेलको प्यानलमा को-को अटाए ? पोखरेलको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा हरिहर सापकोटा, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा कुमारी मुना बास्तोला, महासचिवमा केशवबहादुर खत्री, उपमहासचिवमा हर्कबहादुर अधिकारी (मिराज), कोषाध्यक्षमा हरिराज पन्तले पोखरेल प्यानलबाट घोषणा गरेका छन् । यसैगरि सदस्यहरुमा भरत केसी, धर्मेन्द्र बटाजु, माधव बस्ताकोटी, उदय केसी, दिलीप श्रेष्ठ, दुर्गा रञ्जित श्रेष्ठ, कृष्णप्रसाद कोइराला र हिमनिधी लौडारी रहेका छन् । ८ बुदें घोषणापत्रसहित चुनावी मैदानमा ‘पोखरेल’ पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पदका उम्मेदवार अर्जुन पोखरेलले ८ बुदें घोषणा पत्र तयार गर्दै व्यवसायीहरु माँझ मत माग्दै घरदैलो अभियानमा लागेका छन् । पोखरेलले पोखरा उद्योग वाणिज्य संघलाई सबै पोखरेलीको ‘साझा घर’ बनाउने घोषणा गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको भवनलाई पुनः निर्माण गरी बहुतले भवन बनाएर व्यापारिक प्रयोजनमा उपयोग गर्नुपर्ने र जहाँ २ वटा पार्किङ, ३ वटा व्यापारिक कम्प्लेक्स र संघको कार्यालय बनाउने घोषणापत्रमा उल्लेख गरेका छन् । उनले पोखरा नेपालको पर्यटकीय राजधानी भएकाले पोखराको अर्थतन्त्र पर्यटनका लागि अपरिहार्य भन्दै पोखरा उद्योग वाणिज्य संघले पर्यटन व्यवसायलाई प्रबद्र्धन गर्न र नयारा पर्यटनलाइ आकर्षित गर्न क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थालको सन्चालनलाई माध्यम बनाएर पोखरालई अन्तराष्ट्रिय पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने बताएका छन् । आफु निर्वाचित भए उनले पोखरा उद्योग वाणिज्य संघले अन्य देशका चेम्बर अफ कमर्शसँग त्रिपक्षीय सम्बन्धको स्थापना गर्ने घोषणापत्रमा उल्लेख गरेका छन् ।

