पोखरा:  कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ स्थित पर्यटकीय गाउँ ल्वाङ्गमा ३२ औं ऐतिहासिक चैते दशैं मेला जारी छ । ग्रीन हिल क्लबको आयोजनामा विविध कार्यक्रम मध्ये महिला भलिबल प्रतियोगितामा एलिट भलिबल एकेडेमील...

पोखरा : पोखरेली उद्योगी व्यवसायीका छाता संस्था हो, पोखरा उद्योग वाणिज्य संघको  भदौ २४ र २५ गते संघको नयाँ नेतृत्वका लागि ३४ औं महाधिवेसन हुँदै छ ।    चुनावका लागि छुट्टै प्यानल घोषणा गरेर प्रतिस्पर्धाका लागि तयार रहेका अर्जुन पोखरेल नेतृत्वको प्यानललाई पोखरेली उद्योगी व्यवसायीले आफ्नो भरोसाका रुपमा हेरेका छन् ।    पोखरा ४ का आनन्द ताङ्वे पोखरेल प्यानल पोखरेली उद्योगी व्यवसायीको साझा उम्मेद्वार भएको बताउँछन् । ‘व्यवसायीको दुखमा साथ दिने नेतृत्व चाहिएको छ । त्यो टीम पोखरेलले बनाउनुभयो,’ उनी भन्छन्, ‘अर्जुन आफै पनि व्यवसायीलाई दुख पर्दा साथमा रहने मान्छे हो ।’ कोरोनाले व्यवसाय थलिएका बेला पोखरेलले नै पहल गरेर व्यवसायीलाई सामान आयातमा सहजता भएको उनले सम्झिए ।  ‘अर्जुन काम गर्ने मान्छे हो । भिजन भएको मान्छे हो,’ उनले थपे, ‘हिजो कोरोनाले दुख परेका बेला धेरै उद्योगी व्यवसायीको हितका लागि काम गर्नुभयो । आगामी दिनमा यस्तै नेतृत्व चाहिएको छ ।’ उनी जस्तै महेन्द्रपुल, चिप्लेढुंगा, पन्थीगल्ली, न्यूरोड, पृथ्वीचोकका व्यवसायीहरुले अर्जुन प्यानललाई जितको शुभकामना दिए । आइतबार पोखराको मुख्य बजार महेन्द्रपुल, चिप्लेढुंगा, सिद्धार्थचोक, पन्थी गल्ली, पालिखेचोक, गैह्रापाटन, गणेशटोल, सिद्धार्थचोक, साँघुमुख, न्यूरोड लगायत ठाउँमा अर्जुन प्यानलले घरदैलो गरेको छ ।    व्यवसायीहरुको गुनासा र समस्या सुन्दै मतदातासँग मत मागेका छन् । सक्षम र युवा नेतृत्वले बढी काम गर्ने मतदाताको विश्वास छ । अध्यक्ष पदका उम्मेदवार अर्जुन पोखरेलले उद्योगी व्यवसायीका विश्वास र भरोसा गुम्न नदिने बताए । ‘हरेकका सुखदुखमा सँधै सँगै छु । अव पनि सँगै रहन्छु । कसैको विश्वास र भरोसा तोड्दिनँ,’ उनले भने, ‘हाम्रो टीमले जितेपछि पोखरा उद्योग वाणिज्य संघलाई नयाँ स्वरुपमा स्थापित गरिने छ । सबै व्यवसायी र उद्योगीको साझा संस्थाको रुपमा स्थापित गर्ने छौं ।’ अर्जुन प्यानलले पोखराको पूरानो बजारलाई पूरानै स्वरुपमा सजाउने प्रतिबद्धता जनाए ।    ‘पोखरा भनेकै पूरानो बजार हो । यहाँका घरहरु अहिले जीर्ण भएका छन्,’ उनीहरुले भने, ‘सरकारसँग मिलेर यसलाई पर्यटकीय गन्तब्यका रुपमा विकास गर्नुपर्छ । त्यसको पैरवी हामी गर्छौं ।’ पोखराका पूराना हस्तकला व्यवसायलाई पुनः स्थापित गर्ने र पूरानो बजारमा विक्रि केन्द्र बनाउने पोखरेलको योजना छ । अर्जुन प्यानल ८ बुँदे घोषणापत्र सहित चुनावी मैदानमा छ ।    घोषणा पत्रमा संघलाई सबै पोखरेलीको ‘साझा घर’ को रुपमा विकास गर्नेदेखि हाल भएको भवन पुनः निर्माणसम्म छ । संघले जनता र सरकारबीचको दुरी घटाउने काम गर्ने, नयाँ लगानी प्रोत्साहनमा ध्यान दिएको छ ।    घोषणा पत्रमा संघले नयाँ उद्यमीहरुलाई सुरुमै विजनेस मेन्टरिङ सेवा प्रदान गर्न स्थानीय व्यापार ‘इक्युवेसन सेन्टर’ स्थापना गर्ने प्यानलको घोषणा छ । यो प्यानलबाट बरिष्ठ उपाध्यक्षमा हरिहर सापकोटा, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा कुमारी मुना बास्तोला, महासचिवमा केशव बहादुर खत्री, कोषाध्यक्षमा हरिराज पन्त र उपमहासचिवमा हर्क बहादुर अधिकारी (मिरज) उम्मेद्वार छन् । यस्तै, सदस्यहरुमा भरत केसी, कृष्ण प्रसाद कोइराला, धर्मेन्द्र कुमार बाटाजु, माधव बस्ताकोटी, उदय बहादुर केसी (लाहुरे दाइ), दिलिप कुमार श्रेष्ठ, दुर्गा रन्जित श्रेष्ठ र हिमनिधि लौडारीले उम्मेद्वारी दर्ता गरेका छन् । आफ्नो प्यानल पोखरेली व्यवसायीको हितका लागि निर्माण भएको अध्यक्ष उम्मेद्वार पोखरेल बताउँछन् ।   

  पोखरा​ । मुस्ताङको प्राकृतिक एवं सांस्कृतिक सम्पदाको अपेक्षित उपयोग हुन नसकेकामा चिन्ता व्यक्त गरिएको छ । पोखरा पर्यटन परिषद्द्वारा आइतबार पोखरामा आयोजित मुस्ताङ जिल्लाको पर्यटन प्रवद्र्धन तथा कोराला नाका विषयक अन्तक्र्रियामा वक्ताले पर्याप्त पर्यटकीय सम्भावना बोकेर पनि यहाँका सम्भावनालाई अझै पनि उजागर गर्न नसकिएको सहभागीले बताउनुभएको थियो  । सरोकारवाला निकाय तथा जनप्रतिनिधिको उपस्थितिमा भएको अन्तक्र्रियामा उहाँहरुले मुस्ताङदेखि पोखरा हुँदै त्रिवेणीसम्म सडक सञ्जालले जोड्दै यहाँको पर्यटन प्रवद्र्धन गर्नसके स्वदेशी एवं पर्यटकलाई आकर्षित गर्न सकिने धारणा राख्नुभयो ।      कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मुस्ताङलाई मुक्तिनाथ मन्दिरले मात्र चिन्ने गरिएको जनाउँदै त्यहाँका प्राकृतिक सम्पदा र संस्कृतिलाई बुझन बुझाउन जरुरी रहेको बताउनुभयो । “मुस्ताङ जिल्लाका सबै क्षेत्र डुलेपछि मात्र थाहा हुन्छ कि प्राकृतिक सम्पदाले कति धनी रहेछ”, उहाँले भन्नुभयो, “उपल्लो मुस्ताङको लोमङथाङ अझै प्रसिद्ध रहेको छ ।”       मुस्ताङको कोरालादेखि नवलपुरको त्रिवेणीसम्मको सडक विस्तारको काम तीव्र गतिमा अगाडि बढाउन सङ्घीय सरकारसँग समन्वय गरी अघि बढिने उहाँले विश्वास व्यक्त गर्नुभयो । “गण्डकी प्रदेशकै गौरवको योजना कोराला नाकादेखि त्रिवेणीधामसम्मको सडक जति छिटो सम्पन्न भयो त्यति नै यस क्षेत्रको विकास र आर्थिक उन्नति हुन्छ”, उहाँले भन्नुभयो ।       गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्ट उपल्लो मुस्ताङमा परापूर्वकालमा बनेका सम्पदा रहेको र ती सम्पदालाई विश्व सम्पदा सूचीमा राख्न जरुरी रहेको बताउनुभयो । “मुस्ताङ जिल्ला प्राकृतिकरुपमा विश्व मै धनी छ तर ती सम्पदाको प्रचारप्रसार नेपाल सरकारले गर्न नसक्दा हामी पछि परेका छौँ”, उहाँले भन्नुभयो ।      “नेपालकै सबैभन्दा पुरानो गुम्बा मुस्ताङमा छ, माटोले बनेको  पर्खाल किन नहोस दरबार पनि यही नै छ, विश्वमा नै नपाइने शालीग्राम यही पाइन्छ”, उहाँले थप्नुभयो”, “मुस्ताङको माटो नै फरक छ ।” नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख काशीराज भण्डारीले मुस्ताङ जिल्ला नै प्राकृतिक सम्पदाको खानी भएकाले यसको प्रचारप्रसारमा कमी रहेको धारणा राख्नुभयो ।    मुस्ताङको घरपजोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले मुस्ताङका पर्यटकको बसाई लम्ब्याउन मुक्तनाथ र मानसरोवर मात्र नभएर जिल्लाका प्राकृतिक सम्पदाको दृष्यावलोकन गराउन जरुरी भएको आवश्यकता औँल्याउनुभयो । “अहिले मुस्ताङ पुग्ने ९० प्रतिशत धार्मिक पर्यटक छन्, उनीहरूलाई एक दुई दिन मुस्ताङमा नै बस्ने  वातावरण सृजना गर्नुपर्छ”, उहाँले भन्नुभयो ।        उहाँका अनुसार अधिकांश भारतीय पर्यटक मुक्तिनाथ दर्शका लागि त्यहाँ पुग्ने  गर्छन । गर्मी स्थानमा बसेको उनीहरु चिसो ठाँउमा पुग्दा उनीहरुलाई श्वासप्रश्वासमा अप्ठेरो हुँदा मुस्ताङमा आधारभूत स्वास्थ्य केन्द्र ठाउँठाउँमा राख्न जरुरी भएको त्यहाँका जनप्रतिनिधिले जोड दिए । थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले मुस्ताङ जिल्लाका  पदमार्ग सडक बन्दा पर्यटकको बसाई घट्दै गएको बताउँदै मुस्ताङको पर्यटनसँगै कृषिलाई नै सँगै लिएर जान जरुरी रहेको बताउनुभयो । मुस्ताङको स्याउ अत्यन्तै स्वादिलो रहेकाले यहाँ उत्पादित स्याउ विश्व बजारमा पु¥याउनुपर्नेमा पनि कार्यक्रममा जोड दिइयो ।      पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराको पर्यटनसँग मुस्ताङ प्रत्यक्ष जोडिएको जनाउँदै त्यहाँका प्राकृतिक एवं सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्दै पर्यटकीयरुपमा भरपुर उपयोग गर्नुपर्ने धारणा राख्नुभयो । समाजसेवी लोप्साङ विष्ट, रिङजिङ गुरुङ, पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देललगायते मुस्ताङको पर्यटन विकासमा मुख्य बाधक सडक भएकाले कोराला नाका छिटो बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । 

बागलुङ  ः  निरन्तर वर्षाका कारण बागलुङको गलकोट नगरपालिका-२ को घामपानी बस्तीका सातघर पहिरोको उच्च जोखिममा परेको छ ।    गलकोट-२ का वडाध्यक्ष हिमबहादुर भण्डारीले यहाँ रहेका सात घर पहिरोको जोखिमा रहेको जनाउँदै ती घरका परिवारहरुलाई सुरक्षित स्थानमा सार्न माग गर्नुभयो  । “निरन्तर वर्षाका कारण यहाँको घामपानी बस्ती पहिरोको जोखिममा छ, यहाँ सात घर परिवार बस्दै आएका छन्, उनीहरुलाई सुरक्षित स्थानमा बस्न लगाएका छौँ, अझै ठूलो वर्षा भयो भने यहाँको बस्ती पहिराले बगाउन सक्ने देखन्छ, बस्ती पहिरोको बीचमा रहेको हुँदा पानी पर्दा यहाँ बस्न निकै जोखिमपूर्ण छ”, उहाँले भन्नुभयो ।   उहाँका अनुसार वर्षाका कारण वडा कार्यालयदेखि गाउँ-गाउँसम्म पुग्ने ग्रामीण सडक पूर्णरुपमा अवरुद्ध भएको छ । सडक खुलाउन अझै केही समय लाग्ने जनाइएको छ ।   सयौँ रोपनी खेतसहित धानबाली सखाप   अध्यक्ष भण्डारीका अनुसार वडा नम्बर २ कै खालीखोलामा पहिरोसहितको बाढीले सयौँ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । गए राति आएको पहिरोसहितको बाढीले दुई यस रोपनी धानबाली लगाएको खेत पुरिएको हो ।   राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको भ्यूटावर क्षेत्रमा सडकको नाली थुनिएपछि भीषण पहिरोसहित आएको बाढीले स्थानीय कृषकको धानबाली लगाएको खेत पुरिएको जनाइएको छ । दबाढीले धानबालीसहित सयौँ रोपनी खेत पुरिँदा करोड बढीको नोक्सानी भएको अध्यक्ष भण्डारीले बताउनुभयो । “किसानले लगाएको धान भर्खर सप्रिन थालेको थियो, पहिराले सबै पुरिदियो, पहिरोले खेत र धानबाली पुरिँदा करोडौँ रुपैयाँको नोक्सानी भएको छ”, उहाँले भन्नुभयो, “लोकमार्गको भ्यूटावर नेर नाली सबै बन्द भएको छ, माथिबाट आएको भल सबै खेतमा आयो र पहिरो पनि ठूलो आयो त्यसले गर्दा यति धेरै नोक्सानी भयो ।”   स्थानीय प्रेमबहादुर भण्डारीले बाढीले पसाउन लागेको धानसहित खेत पुरेपछि आफ्नो लाखौँको सम्पत्ति बगरमा परिणत भएको गुनासो गर्नुभयो । उहाँको चार रोपनी खेत पहिराले बगाएको छ ।  “मेरो भएको खेत यति हो, अब त मैले गरी खाने ठाउँनै सकियो, अब कहाँ खेती गर्ने, के खाने रु, धेरै खर्च गरेर धान रोपे, धान भर्खर पसाउन लागेको थियो, सबै बगायो”, उहाँले भन्नुभयो, “धानको खेत एउटा पनि बाँकी छैन सबै पहिरो पसेको छ, धानसमेत बगायो, मेरो त एक वर्षभरिको खाद्यान्न बगायो ।” उहाँले सरकारले तटबन्धन गरी दिए अर्को सालदेखि खेती गर्न सकिने बताउनुभयो ।   लोकमार्गबाट बग्ने पानी तर्काउने र माथिबाट बग्ने भल व्यवस्थापन गर्नसके क्षती कमगर्न सकिने जनाइएको छ । “सरकारले हाम्रो लागि तटबन्धन गरी दिए अर्को साल खेती गर्ने गरी यो ठाउँलाई बनाउन सकिन्थ्यो, माथिबाट आउने भललाई नियन्त्रण गर्न र तटबन्धनका लागि थोरै भए पनि सरकारले हामीलाई सहयोग गरोस्”, उहाँले भन्नुभयो ।   अर्का स्थानीय यामबहादुर भण्डारीको तीन रोपनी खेत पुरिएको छ । उहाँले लोकमार्गबाट आउने भल व्यवस्थापन नहुँदा ठूलो क्षति व्यहोर्नुपरेको जानकारीदिनुभयो । गलकोट नगर प्रमुख भरत शर्मा गैरेले बाढीपीडिले तटबन्धनको माग गरेको जनाउँदै नगरपालिकाले त्यसको व्यवस्थापन गर्ने जानकारीदिनुभयो । उहाँले भन्नुभयो, “लोकमार्गबाट बगेर आएको पानीले यति ठूलो क्षति पुर्‍याएको छ, पीडितले ग्याबिन निर्माण गर्न माग गर्नुभएको छ, हामीले यसतर्फ ध्यान दिएका छौँ पानी रोकियो भने काम अगाडिबढाउने छौँ ।”

पोखरा  : लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका सानबाबु तुलाधरलाई  सात दिनको म्याद थप गरि अनुुसन्धान अघि बढाएको छ ।    जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषध मुद्धामा प्रकाउ परेका  तुलाधरलाई थप अनुसन्धान गर्न कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेको हो ।    धादिङ गल्छी गाउँपालिका वडा नं. २ स्थायी घर भइ हाल पोखरा महानगरपालिका वडा नं. १४ चाउथे बस्ने वर्ष २९ का सानुबाबु तुलाधरलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले शनिबार्र लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको थियो । उनको साथबाट लागूऔषध ब्राउन सुगर १.०१५ ग्राम सहित चाउथेको कदममार्गबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

  पोखरा । नेकपा एमाले कास्कीले आगमी मंसिर ४ गते हुन गईरहको  प्रतिनिधि सभाको चुनावको लागि विभिन्न क्षेत्रबाट सदस्यको नाम सिफारिस गरेको छ ।    प्रदेश तथा प्रतिनिधि सभा सदस्यमा क्षेत्र नं. २ को ‘ख’ बाट ८ जनाको नाम सिफारिस गरेको छ । सिफारिस हुनेमा परशुराम वराल, दाम बहादुर वानिया, जिवन आचार्य, सन्जिव कोईराला, वलराम आचार्य, मिना गुरुङ र मिना कुमारी गुरुङ रहेका छन् ।   यसै गरी क्षेत्र नं. ३ को ‘क’ बाट दामोदर बैरागी, लाल बहादुर परियार, दिपक पौडेल, नन्दलाल अधिकारी, माधव वास्तोला, राजैन्द्र गौतम, सूर्य प्रसाद लम्साल, केशव शरण पौडेल, दुर्गा दत्त पोखरेल, प्रेम देवी परियार, शारदा कुमारी पराजुली, यदुनाथ अधिकारी, रमेश कार्की र शोभा मोहन पौडेल गरी १४ जना रहेका छन् । भने, क्षेत्र नं.३ कै ‘ख’ बाट राजिव पहारी, ओम सुवेदी, शिव अधिकारी, दिलिप विक्रम शाही, सन्तोष परियार र संगिता सुवेदी गरी ५ जना  प्रतिनिधि सभाका लागि सिफारिस भएको नेकपा एमाले कास्की सचिव वैन बहादुर क्षेत्रीले जानकारी दिए ।    

  बागलुङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालले बागलुङ नगरपालिकाका तत्कालीन उपप्रमुखसहित पाँच जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दर्ता गरको छ ।       बागलुङ नगरपालिकाले नदीजन्य पदार्थको कर सङ्कलनमा प्रदेश सरकारले तोकेको दरभन्दा कम दर राखी मिलेमतोमा कर उठाएर नगरपालिकालाई हानी नोक्सानी पुर्याएको भन्दै आयोगमा उजुरी परेको थियो ।       उक्त उजुरी माथिको अनुसन्धानमा नगरपालिकाले ढुङ्गा, गिट्टी र बालुवाको बिक्री वितरणका लागि सूचना प्रकाशन गर्दा र ठेक्का लगाउँदा प्रदेश सरकारले कानुन बमोजिम तोकेको दररेटभन्दा घटी निर्धारण गरेको ठहर गर्दै आयोगले मुद्दा दर्ता गरेको हो ।          नगरपालिकाले कम दररेट राख्दा नेपाल सरकारलाई रु १७ लाख ४० हजार ६६ हानी नोक्सानी पुर्याई भ्रष्टाचार गरेको पुष्टि हुन आएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बामोजिम मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताउनुभयो ।       सो भ्रष्टाचार कार्यमा संलग्न रहेको भन्दै आयोगले बागलुङ नगरपालिकाका तत्कालीन उप्रमुख सुरेन्द्र खड्का, तत्कालीन वडाध्यक्ष जीवन आचार्य, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवर, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हिमालयजिवी उपाध्याय र तत्कालीन राजस्व शाखा सदस्य सचिव काशिराम शर्मालाई विपक्षी बनाइ आरोपपत्र दायर गरेको हो । 

  पोखरा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले दुईपटक संसद विघटन गर्ने केपी शर्मा ओली नेतृत्वको पार्टीलाई जनताले भोट दिनुको कुनै औचित्य नभएको बताएका छन् ।    नेपाली कांग्रेसले सुरुवात गरेको जनताको साथमा कांग्रेस अभियानको अवसरमा पोखरामा आइपुगेका नेता पौडेलले  पत्रकारहरुसमक्ष बोल्दै  यस्तो अभिव्यक्ति दिएका हुन् ।   केन्द्रिय सदस्य पौडेलले ५ वर्षका लागि प्रधानमन्त्री बनाउँदा दईपटकसम्म संसद विघटन गरी जनताको मतको दुरुपयोग गरेको भन्दै अबको निर्वाचनमा ओली नेतृत्वलाई मत दिनुको औचित्य नभएको स्पष्ट पारे ।    ‘गठबन्धन गरेर सरकार बनाउन केपी ओलीले सुरु गरे । भोट पनि पाए । प्रधानमन्त्री पनि भए, दुईपटक संसद विघटन गरेर मतको दुरुपयोग गरे अब जनताले कुन आधारमा केपी ओली नेतृत्वलाई मत दिने’ सदस्य पौडेलले प्रश्न गरे ?   उनले आगामी निर्वाचनमा नेकपा एमालेको विकल्पमा नेपाली कांग्रेस उदाउने धारणा राखे ।       उनले फरक प्रसंगमा पोखरालाई पर्यटन क्षेत्रको रुपमा विकास गर्न पोखरामा ठुला राजमार्ग र रेल मार्गले जोड्न आवश्यक रहेको बताए ।    नेता पौडेलले पोखरालाई पर्यटन क्षेत्रमा थप विकास गर्न नसके अन्य क्षेत्रको पर्यटन क्षेत्रको विकासले गति लिन नसक्ने भन्दै पोखरालाई हवाई क्षेत्रले मात्र नभएर ठुला राजमार्ग र रेलमार्गले जोड्न आवश्यक रहेको उल्लेख गरे ।    पर्यटन क्षेत्रको रुपमा पोखरामा थप विकास गर्न अझै बाँकी रहेको बताउदै पोखराको विकासमा नेपाली कांग्रेसले थप गुरुयोजना तयार पारेको सदस्य पौडेलले बताए ।    उनले आगामी निर्वाचनमा नेकपा एमालेको विकल्पमा नेपाली कांग्रेस उदाउने धारणा राखे । ‘गठबन्धन गरेर सरकारमा जान केपी ओली सफल भए तिन वर्ष सरकार सञ्चालन गरे तर तिनै ओलीलाई प्रधानमन्त्री बनाउन सहयोग गरेकाहरुलाई सँगै लैजान सकेनन्, उनले भने, ‘त्यसैले देशलाई समृद्ध बनाउन अहिले कांग्रेसको नेतत्वमा गठबन्धन तयार भएको हो ।’   नेपाली कांग्रेसले जनताको साथमा कांग्रेस अभियान सञ्चालन गर्न विभिन्न कार्यक्रमहरु सार्वजनिकसमेत गरेको छ । कांग्रेसले भदौ १९ गते जनताको साथमा कांग्रेस अभियानबारे केन्द्रीय प्रतिनिधिबाट प्रशिक्षण सञ्चालन गरेको छ ।    कांग्रेसले भदौ २१ गते कास्कीका ७२ वटै वडामा एक साथ अभियानको बारेमा कार्यक्रम सञ्चालन गर्ने र वडा कार्यसमितिसँग र क्षेत्रबाट प्रतिनिधिहरुसँग मतदाता संवाद कार्यक्रम आयोजना गर्ने र २३ गते पार्टी कार्यालयमा गठबन्धनका दलहरुमा भेटघाट र २४ गते नेपाली कांग्रेसले आयोजना गरेको जनताको साथमा कांग्रेस अभियानसँगै ६ वटै प्रदेश सभामा एकै साथ प्रजातान्त्रिक समाजवाद र यसको सान्दर्भिकता विषयमा प्रवचन कार्यक्रमसँगै पहिलो चरणको कार्यक्रम समापन गर्ने कार्यतालिका बनाएको छ ।

  पोखरा । नेकपा एमाले कास्कीले क्षेत्र नम्बर १ का लागि प्रदेश तथा प्रतिनिधि सभा सदस्यमा १५ जनाको नाम सिफारिस गरेको छ । सिफारिस हुनेमा पूर्वमन्त्रीदेखि जिल्ला र नगरका पदाधिकारीसम्म छन् ।   सिफारिस हुनेमा उमा सिंह एक जना मात्रै महिला रहेकी छिन् ।        प्रदेश सभामा नाम सिफारिस भएका संगठन विभाग प्रमुख खगराज अधिकारीलाई प्रतिनिधि सभा सदस्यका लागि पनि सिफारिस गरिएको छ । पार्टी जिल्ला अध्यक्ष एवं हाल प्रदेश सभा सदस्य रहेका मन बहादुर गुरुङ पनि प्रतिनिधि सभाका लागि सिफारिस भएका छन् ।   एमाले कास्कीबाट क्षेत्र नम्बर १ का लागि सिफारिस हुनेहरुमा खगराज अधिकारी, दिलिप न्यौपाने, बैन बहादुर अधिकारी, कालिदास सुवेदी, झलक सुवेदी, पुष्पज्योती ढुङ्गाना, मन बहादुर गुरुङ, बाल सिह काउछा मगर, हिमालय बख्रेल, पदम प्रसाद पौडेल, मिलन सुबेदी, शङ्करनाथ पौडेल, पुष्पज्योती ढुङ्गाना,  रामराज अधिकारी र  पुष्प अधिकारी रहेका छन् ।

   पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत गण्डकी प्रदेश स्तरीय एथलेटिक्समा ९ वटा स्वर्ण पदक जित्दै कास्की प्रथम भएको छ ।   पोखरा रंगशालामा शनिबार सम्पन्न एथ्लेटिक्सको विभिन्न स्पर्धामा कुल ९ स्वर्ण पदक जित्दै कास्की प्रथम भएको हो । प्रतियोगितामा कास्कीले ४ रजत र ३ कास्यपदक जितेको छ ।   त्यस्तै गोरखाले ६ वटा स्वर्ण, ३ वटा रजत र एक कास्य पदक जित्दै दोस्रो बन्यो । नवलपुरले ४ स्वर्ण, ८ रजत र ९ कास्य पदक जित्दै तेस्रो स्थान प्राप्त गरेको छ ।   प्रतियोगितामा ५ हजार मिटर महिलातर्फ स्याङजाकी जानकी खरालले २१ मिनेट ५० सेकेण्डमा पुरा गर्दै प्रथम भइन् । यस्तै उक्त दुरी २१ मिनेट ५७ सेकेण्डमा पुरा गर्दै तनहुँकी नम्रता गुरुङ दोस्रो हुँदा पर्वतकी संगीता विक तृतिय भइन् । उनले निर्धारित दुरी २२ मिनेट ४८ सेकेण्डमा पुरा गरिन् । पुरुषतर्फ गोरखाका दिनेश बोगटी प्रथम, गोरखाकै नवराज गुरुङ द्वितिय र पर्वतका आशिष कुँवर तृतिय भएका छन् । प्रतियोगितामा निर्धारित दुरी बोगटीले १६ मिनेट २० सेकेण्ड, गुरुङले १६ मिनेट ४४ सेकेण्ड र कुवरले १६ मिनेट ४७ सेकेण्डमा पुरा गरेका थिए । ८ सय मिटर पुरुष दौडतर्फ पर्वतका अनिल कुवर प्रथम, गोरखाका विकास पोखरेल द्वितिय,  नवलपुरका नारायण चौधरी तृतिय भए । कुवरले सो दुरी २ मिनेट ४ सेकेण्डमा पुरा गर्दै प्रथम भएका हुन् । पोखरेलले  २ मिनेट ६ सेकेण्ड ३१ मिलिसेकेण्ड र चौधरीले २ मिनेट ६ सेकेण्ड ६६ मिलिसेकेण्डमा पुरा गरेका थिए । सोही विधाको महिलातर्फ २ मिनेट ४४ सेकेण्डमा पुरा गर्दै स्याङ्जाकी चन्द्रकला खराल प्रथम, २ मिनेट ५२ सेकेण्डमा दुरी पुरा गरेकी नवलपुरकी यमुना थापा द्वितिय र २ मिनेट ५६ सेकेण्डमा पुरा गर्दै बाग्लुङकी पार्वती नेपाली तृतिय भईन् ।   त्यसैगरि ४ सय मिटर पुरुष दौडतर्फ नवलपुरका नारायण चौधरी, लमजुङका विमित भुजेल र नवलपुरकै प्रकाश महतो क्रमश प्रथम, द्वितिय र तृतिय भए । चौधरीले ५२ सेकेण्ड, भुजेलले ५४ सेकेण्ड ६२ मिलिसेकेण्ड र महतोले ५४ सेकेण्ड ६३ मिलिसेकेण्डमा सो दुरी पुरा गरे । महिलातर्फ स्याङ्जाकी चन्द्रकला खराल प्रथम, कास्कीकी सविना खातुन मिया र रितु भण्डारी क्रमशः द्वितिय र तृतिय भए । प्रतियोगितामा खरालले १ मिनेट १०सेकेण्डमा उक्त दुरी पुरा गरिन् । सबिनाले १ मिनेट १२ सेकेण्डमा पुरा गर्दा भण्डारीले १ मिनेट १४ सेकेण्ड लगाइन् ।   २ सय मिटर दौडमा महिलातर्फ २९ सेकेण्ड ५० मिलिसेकेण्डमा पुरा गर्दै कास्कीकी अनिसा भण्डारी प्रथम भईन् । तनहुँकी निशा घर्तिले ३० सेकेण्डमा पुरा गर्दै दोस्रो भइन् । भने नवलपुरकी अप्सरा विकले ३२ सेकेण्डमा सो दुरी पुरा गरिन् । यस्तै पुरुषतर्फ कास्कीका सुदिप जोशी प्रथम भए । उनले  २४ सेकेण्ड १९ मि.सि.मा उक्त दुरी पुरा गरे ।  नवलपुरका समिर महतोले २४ सेकेण्ड ६६ मि.सि. लगाएर पुरा गर्दै द्वितिय भने तृतिय भएका तनहुँका प्रभ बहादुर थापाले २४ मिनेट ३ सेकेण्डमा पुरा गरे ।   पुरुष हाईजम्पतर्फ कास्कीका सागर नेपाली प्रथम, नवलपुरका रिख बहादुर घर्ति द्वितिय र नवलपुरकै ओमबहादुर मस्राङ्गी तृतिय भए । यस्तै महिलातर्फ लम्जुङकी सिमा श्रेष्ठ प्रथम , तनहुँकी तिर्था ढकाल द्वितिय र कास्कीकी कुसुम रानामगरले तृतिय स्थान प्राप्त गरिन् ।   त्यस्तै ज्याभ्लिन थ्रोमा पुरुषतर्फ लम्जुङका तिर्थमान तामाङ, मनाङका विकासबाबु बराम र लम्जुङका यूनिक तामाङ क्रमशः प्रथम, द्वितिय र तृतिय भए । महिलातर्फ तनहुँकी विनिता कार्की प्रथम, सोनु नेपाली द्वितिय र विनिसा राना तृतिय भइन् ।   त्रिपलजम्पमा पुरुषतर्फ नवलपुरका नारायण चौधरी, नवलपुरकै समिर महतो र पर्वतका शंकर कुँवर क्रमशः प्रथम, द्वितिय र तृतिय भए ।   महिला डिक्स थ्रो स्पर्धामा कास्कीकी सोनु नेपाली प्रथम, गोरखाकी मञ्जु गुरुङ द्वितिय र नवलपुरकी लक्ष्मी थनेत तृतिय भएको जिल्ला एथ्लेटिक्स कास्कीका उपाध्यक्ष इन्द्र मल्लले जानकारी दिइन् ।