पोखरा:  कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ स्थित पर्यटकीय गाउँ ल्वाङ्गमा ३२ औं ऐतिहासिक चैते दशैं मेला जारी छ । ग्रीन हिल क्लबको आयोजनामा विविध कार्यक्रम मध्ये महिला भलिबल प्रतियोगितामा एलिट भलिबल एकेडेमील...

पोखराः पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयन गर्न जारी मतदानपछि सदस्य पदको मत गणना भइरहेको छ ।    निर्वाचन समितिले दिएको जानकारी अनुसार हालसम्म १ हजार मतगणना हुँदा प्रभा सुवेदी अग्रस्थानमा रहेकी छिन् । अबको केही समयपछि हालसम्म गणना भएको मत सार्वजनिक गर्ने बताइएको छ ।    सदस्यहरुको मत गणनापछि अन्य पदको मत गणना सुरु हुनेछ । सदस्यमा १९ जनाको उम्मेदवारी परेको छ ।   जसमध्ये १० जना निर्वाचित हुनेछन् । सुवेदी प्रजापती प्यानलकी उम्मेदवार हुन् । उनले ६ सय ३० मत ल्याएकी छिन्     निर्वाचनमा करिब ८१ प्रतिशत मत खसेको छ । संघमा ३ हजार १४३ मतदाता छन् ।   संघको अध्यक्षमा अर्जुन पोखरेल र पवनकुमार प्रजापतीको उम्मेदवारी पर्दा वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की र हरिहर सापकोटाको उम्मेदवारी छ ।

तनहुँ  ः  नेपाल मगर विद्यार्थी संघ तनहुँको अध्यक्षमा विनिता थापामगर चयन भएका छन् ।    नेपाल मगर विद्यार्थी संघ तनहुँको १४ औं जिल्ला अधिवेशनले थापामगरको अध्यक्षतामा १९ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।  समितिको उपाध्यक्षमा विजय थापा मगर, सचिवमा नवीन थापामगर, सहसचिवमा शिल्पा थापामगर र कोषाध्यक्षमा ससिता थापा मगर चयन भएका छन् ।    सदस्यहरुमा रुद्र थापा मगर, रजनी थापा मगर, नरेश थापा मगर, अमर थापा मगर, साजन गर्जा मगर, दिपा वानटङे मगर,अर्पण सोति मगर, कृष्ण आले मगर, सोनम थापा मगर, विनिता थापा मगर,भिम सारु मगर, सुमन थापा मगर , बिस्नु थापा मगर ,ममता थापा मगर सर्वसम्मत निर्वाचित भएको निर्वाचन संयोजक गिता रखाली मगरले जानकारी दिए । 

पोखरा  : विश्व आत्महत्या दिवस (सेप्टेम्बर १०)को अवसर पारेर सडक नाटक ‘नमाझिएको’ कसौडी प्रदर्शन गरिएको छ ।   आत्महत्या रोकथामको क्षेत्रमा काम गर्दै आइरहेको कोशिशको आयोजना,जिल्ला प्रहरी कार्यालय कास्की र पोखरा महानगरपालिकाको सहकार्य ।तथा  सिबिएमको सहयोगमा नाटक प्रदर्शन गरिएको संयोजक सुदिप घिमिरेले जानकारी दिए ।    नाटक शनिबार पोखराको पृथ्वीचोकमा प्रदर्शन गरिएको हो ।कार्यक्रममा पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख कृष्णप्रसाद अर्यालले नाटक सन्देश मुलक भएको बताउँदै यसले केहि हद सम्म भए पनि आत्महत्या न्यूनिकरणमा सहयोग पुग्ने बताए।    कोशिशका मनोबिद् बिनय पाण्डेले आत्महत्याको कारण र रोकथामका उपायका बारेमा प्रकाश पारेका थिए ।   यस्तै सोहि नाटक शनिवार नै पोखरा २५ हेम्जामा समेत प्रदर्शन गरिएको छ  । नाटक कोशिश र मञ्जरी नाट्य समूह लमजुङको प्रस्तुतिमा तयार पारिएको हो ।

पोखरा  : नेपाल मगर विद्यार्थी संघ कास्कीको अध्यक्षमा महेश घर्तिमगर सर्वसम्मत चयन भएका छन् ।   नेपाल मगर विद्यार्थी कास्कीको १९ औँ जिल्ला अधिवेशनले घर्तिमगरको नेतृत्वमा १८ सदस्य कार्यसमिति चयन गरेको हो ।    समितिको उपाध्यक्षमा माया पुन मगर, सचिवमा योगेन्द्र थापामगर, सहसचिवमा प्रकाश थापामगर, कोषाध्यक्षमा रक्षा थापामगर सर्वसम्मत चयन भएका हुन् ।    सदस्यहरुमा कृष्ण बुढामगर, नरेन्द्र थापामगर, दिलबहादुुर थापामगर, दिपाल थापामगर, सन्देश थापामगर, सोनु थापामगर, देवेन्द्र थापमगर, तेजेन्द्र थापामगर, प्रतिमा तिलिजामगर, विनिशा पुनमगर , हिरादेवी बुढामगर र बलबहादुर रोकामगर सर्वसम्मत समितिमा चयन भएको र बाँकी ३ जना समितिको पहिलो बैठकले मनोनित गर्ने निर्वाचन समितिका संयोजक रुद्र श्रीस मगरले जानकारी दिए ।   

पोखरा: सशत्र प्रहरी बल (४ नम्बर बाहिनी)  मालेपाटनको टोली पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा पोखरा महानगरपालिका ३ नदीपुरमा जारी क्लबस्तरीय पुरुष भलिबलको फाइनलमा प्रवेश गरेको छ ।   छन्त्याल समाजको खेल मैदानमा आज (शनिबार) भएको सेमिफाइन खेलमा जिएम समाज कावासोतीलाई २५–२३, १९–२५, २५–२३, २३–२५ र १७–१५ को सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो ।   अब एपिएफले उपाधिका लागि मामा भान्जा क्लब र गलकोट क्लबबीचको विजेता टोलीसँग आइतबार प्रतिस्पर्धा गर्ने क्लबका सचिव नवीन छन्त्यालले बताए । उनका अनुसार बाँकी रहेको मामा भान्जा क्लब र गलकोट क्लबबीचको सेमिफाइनल खेल आइतबार बिहान ८ बजे सञ्चालन हुनेछ ।    यसैगरि महिलातर्फ अर्चलबोट क्लब र एसियन सुज फाइनल प्रवेश गरेको क्लबका अध्यक्ष कुल प्रसाद छन्त्याल (कुशल) ले जानकारी दिए । उनका अनुसार अर्चलबोटले लामाचौर समाजलाई १८–२५, २५–१८, २५–१७ र २५–२१ को सोटमा पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।   त्यसैगरि एसियन सुजले हैदागा तनहुँलाई २५–१६, २५–१० र २५–१९ को सोझो सेटमा हराउँदै फाइनलमा अर्चलबोटसँगको भेट पक्का गर्याे ।    आइतबार बिहान ११ बजे महिला तर्फको फाइनल खेल सञ्चालन गरिने कार्यक्रम संयोजक मनोज खड्काले जानकारी दिए । उनका अनुसार पुरुष तर्फको फाइनल खेल दिउँसो १ बजे हुनेछ ।    प्रतियोगिताको विजेता टिमलाई १ लाखसहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ भने उपविजेता टोलीले ६० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।   यसैगरि महिलातर्फ प्रथम र द्धितिय हुुने समुहले क्रमशः ४० हजार, २५ हजार र शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, मिडल ब्लकर, उदीयमान खेलाडी, डिफेन्डर, सेटर र सर्भर घोषित हुने खेलाडीलाईसमेत नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।  

  अन्नपूर्ण । पोखराका गणेशबहादुर भट्टराई शुक्रबार पुस्तक पढ्नमा व्यस्त हुनुहुन्थ्यो । वीपी विचारबाट आकर्षित भट्टराईको हातमा ‘विश्वेश्वरप्रसाद कोइराला आत्मवृत्तान्त’ नामक पुस्तक थियो । उहाँँसँगै नेपाली कांग्रेसका नेता कार्यकर्ता पुस्तक पढ्दै हुनुहुन्थ्यो । त्यहाँ उपस्थित सबैको अनुहारमा क्रान्ति  थियो । आफ्ना रोजाइका नेपाली कांग्रेस र यससँग सम्बन्धत पुस्तक पढ्न पाइने गरी पोखरामा पुस्तकालय खुलेकोमा सबैले प्रशंसा गरिरहनुभएको थियो ।   ‘विश्वेश्वरप्रसाद कोइराला आत्मवृत्तान्त’ पुस्तक पढिरहनुभएको भट्टराई पनि पुस्तकालय खुलेकोमा खुसी हुनुहुन्थ्यो । पोखरामा खुलेको वीपी स्मृति पुस्तकलयमा सबै वीपी कोइरालाले लेख्नुभएको र उहाँका बारेमा अरु लेखकले लेख्नुभएका पुस्तक पढ्न पाइने भएपछि हर्ष लागेको उहाँले बताउनुभयो । जसले गर्दा युवा पुस्तामा पढ्ने बानीको विकास हुने उहाँको तर्क थियो । विशेष गरी वीपी र नेपाली कांग्रेसका बारेमा त्यहाँ भएका पुस्तक पढेपछि अझ बढी ज्ञान लिन सकिने भट्टराईले बताउनुभयो । शुक्रबार उहाँजस्तै धेरैले पुस्तकालय पुगेर पुस्तक पढिरहनुभएको थियो ।   यसरी पुस्तकालय स्थापना गरेर वीपी र उहाँसँग सम्बन्धित विषयमा ज्ञान छर्ने कामको चाँजोपाँजो मिलाएको हो, नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिले । सबै व्यवस्था मिलाएर प्रदेश समितिले शुक्रबार एक सय नवौँ वीपी जयन्तीका अवसरमा पुस्तकालयको उद्घाटन गरेको हो । जहाँ राष्ट्रियता, प्रजातन्त्र र समाजवादसँग सम्बन्धित एक हजारभन्दा बढी पुस्तक तथा पत्रिका छन् ।    पुस्तकालयका लागि प्राज्ञिक व्यक्तिले निःशुल्क पुस्तक उपलब्ध गराएको पुस्तकालय व्यवस्थापन समितिका संयोजक प्रा डा कुशुमाकर न्यौपाले जानकारी दिनुभयो । पछिल्लो समय कांग्रेससँग सम्बन्धित कृतिको न्यूनता भएका कारण नै पुस्तकालको परिकल्पना गरिएको उहाँ सुनाउनुहुन्छ । “पछिल्लो समय नेपालभर नै कांग्रेससँग सम्बन्धी किताब पठन संस्कृतिको न्यूनता भयो”, उहाँले भन्नुभयो, “पढ्ने परिपाटीभन्दा पद, कुर्सीर्तिर मोह बढी भयो त्यसैले केही बुझाउनुपर्छ भन्ने महसुस भएपछि प्रदेश समितिले निर्णय गरेर व्यवस्थापनको जिम्मा मलाई दिएको हो ।” जुन लक्ष्यका साथ पुस्तकालयको स्थापना गरिएको हो सोहीअनुसार उद्घाटन कै दिनमा उल्लेख्य सहभागीता रहेको उहाँले बताउनुभयो । जसले गर्दा आगामी दिनमा अझ बढी पुस्तक राख्नुपर्छ भन्ने हौसला बढेको प्रा डा न्यौपानेले जानकारी दिनुभयो ।   प्रजातन्त्रमा व्यक्ति सर्वोच्च हुन्छ भन्ने बुझाउन पुस्तकालयको स्थापनामा जोड दिएको नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले जानकारी दिनुभयो । “वीपी कोइरालाले आफ्नो सारा जीवन व्यक्तिको सर्वोच्चताका लागि वितेको छ”, उहाँले भन्नुभयो, “आज म को हुँ भन्ने व्यक्तिले थाहा पाएन त्यसैले प्रजातन्त्रमा व्यक्ति सर्वोच्च हुन्छ भनेर बुझाउन पुस्तकालयको स्थापना गरिएको हो ।” व्यक्तिको उपयोगिताको महत्व बढाउँदै प्रजातन्त्रिक हकको रक्षा गर्नका लागि सम्पन्न बनाउने लक्ष्य पनि पुस्तकालयको रहेको सभापति शर्माले जानकारी दिनुभयो । जसका लागि वीपी र उहाँसँग सम्बन्धीत पुस्तकले सहयोग गर्ने उहाँको भनाइ थियो ।    शुक्रबारदेखि सञ्चालमा आएको वीपी स्मृति पुस्तकालयमा देशैभरका मानिसले अध्ययन गर्न सक्नेछन् । आगामी दिनमा लोकतन्त्रसम्बन्धी १० हजार पुस्तक थप गरेर लोकतन्त्र बुझाउने देशकै नमूना पुस्तकालय बनाउने योजना उहाँले सुनाउनुभयो । उद्घाटनको दिनमा पाठकको सहभागिताले झनै ऊर्जा थपिएको सभापति शर्माले बताउनुभयो । “आज जुनरुपमा पाठक आउनुभएको छ यसले हामीलाई यसलाई अझ परिस्कृत बनाउनुपर्छ भन्ने ऊर्जा थपिएको छ”, उहाँले भन्नुभयो, “यो सबैका लागि सधैँका लागि अनि आफ्नो क्षमताको अपनत्व बोध गर्ने अभियान यहाँबाट सुरु होस्  भन्ने हाम्रो चाहना हो ।”   पुस्तकालयको पूर्वउपकुलपति प्रा डा केदारभक्त माथेमाले उद्घाटन गर्नुभएको हो । उद्घाटनपछि प्रा डा माथेमाले स्थापना गर्नुभन्दा पनि पछिसम्म सञ्चालन गर्नु चुनौतीको विषय भएको बताउनुभयो । सञ्चालनका क्रममा आइपर्ने चुनौतीलाई समाधान गर्दै देशकै उत्कृष्ट पुस्तकालय बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । .

  पोखरा । नेकपा एकीकृत समाजवादीक कास्कीको अध्यक्षमा खड्ग हमाल चयन भएका छन् । पार्टी अध्यक्ष धनराज आचार्य पोखराको मेयर उम्मेद्वार बन्दादेखि नै कार्यवहाक अध्यक्षको जिम्मेवारी सम्हालेका हमाललाई शनिबार पोखरामा भएको भेलाले अध्यक्षमा चयन गरेको हो ।   पोखरा २१ कृष्ति स्थायी घर भएका पुराना, सालिन र इमान्दार कम्युनिष्ट नेताका रुपमा चिनिएका हमाल २०३६ साल बाट विद्यार्थी राजनीतिमा उदायका हुन् । उनी नेकपा एमाले क्षेत्रीय कमिटी उपाध्यक्ष, जिल्ला कमिटी सदस्य, एकीकृत समाजवादीमा जिल्ला कमिटी सदस्य र उपाध्यक्ष हुँदै अहिले अध्यक्षमा चयन भएका हुन् ।     त्यसैगरी एकीकृत समाजवादीको उपाध्यक्षमा पूर्ण लामा चयन भएका छन् । यस अगाडि जिल्ला कमिटीमा उपसचिव रहेका उनी समाजवादी निकट युवा संघको समेत केन्द्रीय उपाध्यक्ष छन् ।   १६९ सदस्यीय जिल्ला कमिटी रहेको एकीकृत समाजवादी कास्कीमा अध्यक्ष, दुई उपाध्यक्ष, एक सचिव र दुई उपसचिव गरेर ६ जना पदाधिकारी रहने व्यवस्था छ । एकीकृत समाजवादीको जिल्ला कमिटी भित्र ५५ सदस्यी सचिवालय छ भने समावादीका पाँच हजार एक सय जना संगठित सदस्य रहेका सो पार्टीले जनाएको छ ।

  कास्की । कास्की जिल्लालाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ यहाँका नौवटा दुग्ध सहकारीलाई प्रोत्साहन रकम वितरण गरिएको छ ।       उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमअन्तर्गत भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले कास्कीका नौवटा दुग्ध सहकारीलाई प्रोत्साहन कार्यक्रमअन्तर्गत रु ४४ लाख ४६ हजार वितरण गरिएको हो । पन्ध्र सहकारीले आवेदन दिएकामा नौवटा दुग्ध सहकारी छनोटमा परेको केन्द्रका प्रमुख केदार पाण्डेले जानकारी दिनुभयो ।        नौवटा सहकारीले उत्पादन गरेको १७ लाख ७८ हजार लिटर दूधमा प्रतिलिटर दुई रुपैयाँ ५० पैसाका दरले रु ४४ लाख ४६ हजार वितरण गरिएको उहाँको भनाइ थियो ।        त्यसैगरी आर्थिक वर्ष ०७८/७९ मा पाडी–बाच्छी हुर्काउन प्रोत्साहन सहयोग कार्यक्रमअन्तर्गत जिल्लामा रु ४१ लाख वितरण गरिएको उक्त कार्यालयले जनाएको छ ।        पोखराको ३३ नं वडा र कास्कीको अन्नपूर्ण गाउँपालिकालाई लक्ष्य गरी कृत्रिम गर्भाधानबाट जन्मिएका उन्नत पाडी–बाच्छी हुर्काउने  तीन सय ५५  किसानका चार सय १० वटा पाडी–बाच्छीलाई रु १० हजारका दरले रु ४१ लाख प्रोत्साहन सहयोग रकम प्रदान गरिएको उक्त कार्यालयका अधिकृत सहदेव पौडेलले बताउनुुभयो ।        पाडी–बाच्छीका लागि पाँच सय किसानले आवेदन दिएकामा तीन सय ५५ किसान छनोटमा परेका थिए ।    साना व्यावसायिक फार्म स्थापना तथा विस्तारका लागि उक्त कार्यालयले विभिन्न ६४ बाख्रा फार्मलाई ११ लाख सहयोग गरेको र वार्षिक रु ४३ लाख पुर्याउने लक्ष्य राखिएको बताइएको छ । 

पोखराः पृथ्वी नारायण क्याम्पसमा नेपाली विभागले आजदेखि औपचारिकरुपमा आफ्नै पुस्तकालय सञ्चालनमा ल्याएको छ ।    क्याम्पसमा क्षेत्रीयस्तरको पुस्तकालय सञ्चालनमा रहेपनि विभागीय आवश्यकताको महशुस गरी छुट्टै पुस्तकालयको सुरुवात गरेको विभागले जनाएको छ ।    विभागले विशेष कार्यक्रमको आयोजना गरी भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री कुमार खड्काको प्रमुख आतिथ्यतमा पुस्तकालयको उद्घाटन गरेको हो । सो अवसरमा प्रमुख अतिथि खड्काले पिएन क्याम्पसको शैक्षिक प्रगति प्रदेशकोमात्र नभई देशकै प्रगति भएको उल्लेख गरे ।    ‘विश्वमा अहिले कुनै पनि विषयको सूक्ष्मरुपमा अध्ययन, अनुसन्धान गर्ने परिपाटी रहेको छ’ खड्काले भने ‘सोही तवरले नेपाली विभागले पनि विभागीय पुस्तकालय स्थापना गरेकोमा खुशी लागेको छ ।’   नेपाली भाषा साहित्य र संस्कृतिको मियो भएको भन्दै विभागको शैक्षिक कार्यमा मन्त्रालयस्तरबाट थोरै भएपनि सहयोग गर्न पाएकोमा उनले खुशी व्यक्त गरे । स्मरणीय छ, पुस्तकालय स्थापनार्थ भौतिक विकासका लागि मन्त्रालयले १० लाख रुपैयाँ सहयोग गरेको छ ।    उक्त अवसरमा मन्त्री खड्काले शैक्षिक उन्नयनका कुनैपनि कार्यमा सहयोग गर्न मन्त्रालय तयार रहेको बताउँदै विद्यार्थीले पुस्तकालयबाट भरपुर ज्ञान आर्जन गर्ने विश्वास व्यक्त गरे ।    कार्यक्रमको सभापति एवं विभागीय प्रमुख प्राडा कुसुमाकर न्यौपानेले विभागमा आएदेखि आफुले दिनरात गरेको मिहिनेत सार्थक भएकोमा सम्पूर्ण सहयोगीलाई आभार व्यक्त गरे ।    विदेशका विश्वविद्यालय भ्रमणका दौरान विभागीय पुस्तकालय देख्दा पिएनमा पनि यस्तै भइदिए भन्ने कल्पना गरेको बताउँदै आफु कार्यरत विभागमै इच्छाएको काम गर्न पाउँदा खुशी लागेको प्रमुख न्यौपानेको धारणा छ ।    ‘मैले गरेको पहलमा मन्त्रालय र मनकारीहरुले गरेको सहयोगको प्रतिफल हो, यो पुस्तकालय’ उनले भने ‘यहाँ विभिन्न शोधार्थीले गरेका शोध र सम्बन्धित थेसिस पनि राखिएका छन्, अब अनुसन्धानमा लाग्ने विद्यार्थीले सन्दर्भ सामग्री खोज्न कतै भौतारिन पर्ने छैन ।’   पुस्तकालय स्थापना भएपनि यसको सञ्चालनमा समस्या भएको उनको दुखेसो छ । ‘पुस्तकालय तयार भयो तर सञ्चालनमा समस्या छ, क्याम्पस प्रशासनसमक्ष कर्मचारीको माग गरेको छु’ न्यौपानेले भने ।    पुस्तकालयमा करिब १० हजार शोधग्रन्थ र पुस्तक रहेका छन् । आफ्नो कार्यकालमा पुस्तकको डिजिटाइजेशन गर्ने इच्छा भएको उनले सुनाए ।    कार्यक्रममा विभागका पूर्व प्रमुख, प्राध्यापक संघ, कर्मचारी संघका प्रतिनिधिले धारणा राखेका थिए । उद्घाटन कार्यक्रममा पुस्तकालयलाई सहयोग गर्ने लायन्स क्लब, अलि मियाँ लोकवाङ्मय प्रतिष्ठानलगायतलाई सम्मान समेत गरिएको छ ।