पोखरा: सिसिटिभी क्यामेरा जोभिजन ब्राण्डका पदाधिकारी र लायन्स क्लब अफ पोखरा इन्फर्मेशन टेक्नोलोजीका पदाधिकारीबीच अन्तरक्रिया सम्पन्न भएको छ । पोखरामा रहेका सिसिटिभी क्यामेरा विक्रेताहरुद्धारा गठन भएको लायन्स क्लबका पदाधिकारी र भर्खर बजारमा आएको सिसिटिभी क्यामेरा जोभिजन ब्राण्डका व्यवसाय विकास व्यवस्थापक आशुुतोष श्रेष्ठ र जोभिजनका आधिकारीक विक्रेता एस एचटिसी प्रालिका विभाग प्रमुख अभिजीत विश्वासबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । उक्त अन्तरक्रिया कार्यक्रममा बोल्दै जोभिजन ब्राण्डका व्यवसाय विकास व्यवस्थापक आशुतोष श्रेष्ठले पोखरामा रहेका सिसिटिभीका विक्रेताहरुको सहकार्यको प्रशंसा गरे । आजकल बजारमा झोले व्यापारीहरुका कारण सिसिटिभी व्यापारमा नकारात्मक असर पारिरहेको सन्दर्भमा पोखरामा रहेका सिसिटिभी विक्रेताहरु संगठित भएर लायन्स क्लब गठन गरी आफ्नो व्यापार व्यवसायलाईसमेत सांगठनिक रुपमा अगाडी बढाएकोमा श्रेष्ठले लायन्स क्लब अफ पोखरा इन्फर्मेशन टेक्नोलोजीमा आबद्ध सम्पूर्णलाई धन्यवाद व्यक्त गरे । आफुहरुले बजारमा नया ब्राण्ड जो भिजन ल्याएको र त्यसको प्रचार प्रसारका लागि पोखरामा आएर विक्रेताहरुसँग भेटघाट गर्न पाउँदा खुसी लागेको बताउदै आफ्नो नयाँ ब्राण्डलाईसमेत पोखरामा बिस्तारका लागि पोखरेली विक्रेताहरु समक्ष उनले आग्रहसमेत गरे । लायन्स क्लब अफ पोखरा इन्फर्मेशन टेक्नोलोजीका जोन चियर पर्सन मातृका पोखरेलले ग्राहकहरुलाई सिसिटिभी क्यामरा जडान गर्दा लोकल सामाग्री भन्दापनि ब्राण्डका समाग्री उपलब्ध गराउन सके विक्रेताहरुलाई सहज हुने बताए । त्यस्तै पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य सुदिप ओझाले पछिल्लो समय सिसिटिभी क्यामेराको बजारमा अस्वस्थ प्रतिस्पर्धा बढेका कारण व्यवसायीहरु मिलेर जानुको विकल्प नरहेको सुनाए । लायन्स क्लब अफ पोखरा इन्फर्मेशन टेक्नोलोजीकाका अध्यक्ष दिनेश महर्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बेनी कम्युनिकेशनका प्रवन्ध निर्देशक लक्षिण खत्री तथा क्लबका पदाधिकारी र सदस्यहरुको उपस्थिती रहेको थियो भने कार्यक्रमको सञ्चालन क्लबका उपाध्यक्ष तथा गोम्जा आइटी इन्जीनियरिङ प्रालिका सञ्चालक गोम्जा रावत तामाङले गरेका थिए ।
पोखरा: पोखरामा जारीे ‘यू–१५ विद्यालय खेलकुद प्रतियोगिता–२०८०’ अन्तरगत बास्केटबल खेलको लिग चरणका खेलहरु सम्पन्न भएका छन् । पोखरा रंगशालाको बास्केटबल कोर्ट र पोखरा रामघाटमा रहेको पुन समाज पोखराको बास्केटबल कोर्टमा हिजो र आज बिहान गरी लिग चरणका खेलहरु सम्पन्न भएको रेफ्रि संयोजक सुनिल लामाले जानकारी दिए । छात्र तथा छात्रा तर्फको सेमिफाइनल र फाइनल खेल नै आजै हुने भएको छ । छात्रा तर्फको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेश र कर्णाली प्रदेश बिच हुने भएको छ भने दोश्रो सेमिफाइनल खेलमा बागमती प्रदेश र कोशी प्रदेशबीच खेल हुने भएको हो । उक्त खेल पुन समाज पोखराको बास्केटबल कोर्टमा हुने भएको छ । यो पनि पढ्नुहोस यू–१५ विद्यालय खेलकुद प्रतियोगितामा ६ सय ७० बढीकाे सहभागिता हुने यू–१५ विद्यालय खेलकुद प्रतियोगिता सुरु यू–१५ विद्यालय खेलकुद: बुद्धिचाल प्रतियोगिता शुरु यू–१५ विद्यालय खेलकुद प्रतियोगिता: लुम्बिनीलाई हराउँदै गण्डकीको विजयी सुरुवात यू–१५ प्रतियोगिता: टेबल टेनिसमा बागमतीलाई ३ स्वर्ण, ३ रजत यू–१५ विद्यालय खेलकुद प्रतियोगिताः रग्बीका १० खेल सकिए यू–१५ विद्यालय खेलकुद प्रतियोगिता: बुद्धिचाल जारी यू–१५ प्रतियोगितामा टेबल टेनिस: सिंगल्सका खेल सुरु त्यसै गरी छात्र तर्फको खेलमा गण्डकी र मधेश प्रदेश बिच पहिलो खेल हुने भएको छ । त्यसै गरी दोश्रोमा बागमतीले कोशी प्रदेशसंग फाइनल यात्राको लागि भिड्ने भएको हो । उक्त खेल सहित फाइनल खेल पोखरा रंगशालाको बास्केटबल कोर्टमा हुने भएको बास्केटबल संघ गण्डकीका महासचिव विष्णु गुरुङले बताए । छात्रतर्फ आज भएको लिग चरणको खेलमा मधेश प्रदेशले सुदुर पश्चिम प्रदेशलाई २५–७ को स्कोरले पराजित गर्यो । अर्को खेलमा कोशी प्रदेशले लुम्बिनी प्रदेशलाई २४–१८ को स्कोरले पन्छायो । बागमती प्रदेशले मधेश प्रदेशलाई ३५–२३ को स्कोरले पराजित गर्दा अर्काे खेलमा कर्णाली प्रदेशले सुदुर पश्चिम प्रदेशलाई १९–१० को स्कोरले पराजित गर्यो । त्यसै गरी छात्रा तर्फको आज भएको लिग चरणको खेलमा गण्डकीले कोशी प्रदेशलाई ११–२ को स्कोरले पराजित गर्यो । अर्को खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशलाई २६–१८ को स्कोरले पराजित गर्यो । अर्काे खेलमा कोशी प्रदेशले लुम्बिनी प्रदेशलाई १०–४ को स्कोरले पराजित गर्यो । उक्त प्रतियोगितामा छात्रा तर्फ सुदुर पश्चिम बाहेक ६ प्रदेश र छात्र तर्फ भने ७ वटै प्रदेशको सहभागिता रहेको प्रदेश खेलकुद परिषद, गण्डकीका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिए ।
पोखरा: पोखरामा जारी यु १५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०८० मा एथलेटिक्सतर्फ गण्डकी प्रदेश टिम च्याम्पियन भएको छ । एथलेटिक्सतर्फ गण्डकी प्रदेश ४ स्वर्ण, ३ रजत र २ कास्य पदकसहित टिम च्याम्पियन भएको हो । गण्डकी टिम च्याम्पियन बन्न अनुष्काले दुई स्वर्ण पदक दिलाइन् । उनले छात्रा २ सय मिटर र ४ सय मिटर रिलेमा स्वर्ण हासिल गरिन् । गण्डकीले समग्रमा ४ स्वर्ण, ३ रजत र २ कास्य पदक हासिल ग¥यो । लुम्बिीनी प्रदेशले ३ स्वर्ण हासिल गर्दै दोस्रो स्थान हासिल ग¥यो । लुम्बिनीले २ रजत र ६ कास्य हासल ग¥यो । समान ३ स्वर्ण हासिल गरेको कर्णाली कुल पदकको हिसाबमा पछि पर्दै तेस्रो स्थान हासिल ग¥यो । कर्णालीले ३ स्वर्णसहित २ रजत र १ कास्य पदक हासिल गरेको हो । मधेश प्रदेश र कोशी प्रदेश र सुदुरपश्चिम प्रदेशले भने सम्रगमा चौथो स्थान हासिल ग¥यो । तीनै प्रदेशले समान १ स्वर्ण, २ रजत र १ कास्य पदक हासिल ग¥यो । बागमती प्रदेश भने १ स्वर्ण १ रजत र २ कास्यसहित अन्तिममा रह्यो । बिहीबार भएको २ सय मिटर छात्र दौडमा गण्डकीका सुशान्त बोटेले २४.३३ सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण हासिल गरे । लुम्बिनीका अभय रानाले २४.८० सेकेन्ड तथा तथा बागमतीका अजित ठाकुरले २५.१६ सेकेन्डमा दुरी पुरा गर्दै क्रमश: रजत र कास्य हासिल गरे । छात्रातर्फ पनि गण्डकीकी अनुष्का अधिकारीले २७.६२ सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण जित्दा सुदुरपश्चिमकी रितु जोशीले २८.५४ सेकेन्ड र लुम्बिनीकी जमुना लोधले २९.४७ सेकेन्डमा दुरी पुरा गर्दै क्रमशः रजत र कास्य हासिल गरे । यो पनि पढ्नुहोस पोखरामा यू–१५ विद्यालय खेलकुद प्रतियोगिताको तयारी यू–१५ विद्यालय खेलकुद प्रतियोगितामा ६ सय ७० बढीकाे सहभागिता हुने यू–१५ विद्यालय खेलकुद प्रतियोगिता सुरु यू–१५ विद्यालय खेलकुद: बुद्धिचाल प्रतियोगिता शुरु यू–१५ विद्यालय खेलकुद प्रतियोगिता: लुम्बिनीलाई हराउँदै गण्डकीको विजयी सुरुवात यू–१५ प्रतियोगिता: टेबल टेनिसमा बागमतीलाई ३ स्वर्ण, ३ रजत यू–१५ विद्यालय खेलकुद प्रतियोगिताः रग्बीका १० खेल सकिए यू–१५ विद्यालय खेलकुद प्रतियोगिता: बुद्धिचाल जारी यू–१५ प्रतियोगितामा टेबल टेनिस: सिंगल्सका खेल सुरु ८ सय मिटर छात्र तर्फ बागमतीका सुनिल विकले २ मिनेट ९ सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण जिते । कर्णालीका अनिल शाहीले २ मिनेट ११ सेकेन्डमा दुरी पुरा गर्दै रजत तथा लुम्बिनीका विशाल थारुले २ मिनेट १४ सेकेन्डमा दुरी पुरा गर्दै कास्य पदक हासिल गरे । छात्रातर्फ २ मिनेट ३६ सेकेन्डमा दुरी पुरा गर्दै कर्णालीकी पुर्णिमा बुढाले स्वर्ण जितिन् । गण्डकीकी कञ्चन भण्डारीले २ मिनेट ४७ सेकेन्ड र मधेशकी आशा शाहले २ मिनेट ५० सेकेन्डमा दुरी पुरा गर्दै क्रमशः रजत र कास्य जितिन् । सटपुट छात्रतर्फ कोशीका छिरिङ शेर्पाले १०.५७ मिटर थ्रो गर्दै स्वर्ण जिते । गण्डकीका गणेश श्रेष्ठले ९.४० मिटर तथा लुम्बिनीका पारश बहादुर शाहीले ९.३६ मिटर थ्रो गर्दै क्रमशः रजत र कास्य पदक हासिल गरे । छात्रातर्फ लुम्बिनीकी सम्झना थारुले ८.३७ मिटर थ्रो गर्दै स्वर्ण जितिन् । कर्णालीकी उर्मिला राजीले ७.७३ मिटर र गण्डकीकी युना सारु मगरले ७.६० मिटर थ्रो गर्दै क्रमशः रजत र कास्य पदक हासिल गरे । छात्रा तर्फ गण्डकीले स्वर्ण पदक हासिल ग¥यो । गण्डकीको सुजता कुमाल, आरती विक, एन्जल विक र अनुष्का अधिकारी टोलीले कुल ५६.५९ सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण हासिल गरेको हो । कोशी प्रदेशका सुस्मा निरौला, सिर्जना विश्वकर्मा, विनिशा रिजाल र निकिता एक्तेन लिम्बुको जोडीले ५७.११ सेकेन्डमा दुरी पुरा गर्दै रजत पदक हासिल ग¥यो । कर्णालीका रिना राना, उर्मिला राजी, हिरा बुढा र सरिता शाही ५७.८८ सेकेन्डमा दुरी पुरा गर्दै कास्य हासिल गरे । छात्रतर्फ लुम्बिनीका सुभम बमरेल, अभय राना, सुशान्त थारु र श्लोक हरिजनको टोलीले ४६.३२ सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण पदक दिलाए । गण्डकीका इस्पीन पौडेल, अभिषेक धनेत, अंकित रानाभाट र सुशान बोटेको टोलीले ४७.२३ सेकेन्डमा दुरी पुरा गर्दै रजत पदक दिलाए । सुदुरपश्चिमका चित्र बहादुर केसी, बरुण दत्त राना, अभिषेक लुहार र खगेन्द्र रावतको टोलीले ४७.५५ सेकेन्डमा दुरी पुरा गर्दै कास्य पदक दिलाए ।
काठमाडौं: । रुसी सेनामा भर्ती भएका थप दुई नेपालीको मृत्यु भएको छ । रुकुमका बलराम गुरुङ र दैलेखका तेजबहादुर शाहीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको हो । योसँगै रुस युक्रेन युद्धमा मर्ने नेपालीको संख्या २५ पुगेको छ । परराष्ट्र मन्त्रालय श्रोतका अनुसार रुसी सेनामा गैरकानुनी रुपमा भर्ती भइ युक्रेनसँगको युद्धका क्रममा युक्रेनको कब्जामा रहेका पाँच नेपालीको अवस्था अझै अज्ञात रहेको छ । यसरी कब्जामा रहेका नेपालीमा बर्दियाका विवेक खत्री, काभ्रेका सिद्धार्थ ढकाल, मोरङका विकास राई, रोल्पाका प्रतिक पुन र गोरखाका ईश्वर लामिछाने छन् । नेपाल सरकारले लगातार प्रयास गरिरहेको भएपनि रुसी सेनामा हालसम्म कति नेपाली भर्ती छन्, कति घाइते छन् र कतिको मृत्यु भयो भन्ने तथ्याङक रुसी सरकारले नेपाललाई दिएको छैन । नेपाल सरकारले रुसी सरकारलाई पटकपटक गरेको आग्रह र पत्राचारका बाबजुद पनि रुसी विदेश मन्त्रालयले उक्त विषय रक्षा मन्त्रालयको भएको उल्लेख गर्दै नेपाललाई जवाफ दिन आनाकानी गरेको हो । सन् २०२२ फेब्रुअरी २४ का दिन रुसले युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको युद्धमा रुसले गैरकानुनी रुपमा नेपालीलाई सम्झौता गर्दै भर्ती गरिरहेको छ । यसैबीच रुस मामिलामा भइरहेको घट्ना र अहिले उत्पन्न संकटका सम्बन्धमा अध्ययन गर्न परराष्ट्र मन्त्रालयको नेतृत्वमा गठन भएको एक उच्च स्तरीय कार्यदलले काम गरिरहेको छ ।
पोखरा: पोखरामा जारी यू – १५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिता–२०८० अन्र्तगत बुद्धिचालका विभिन्न चरणका खेलहरु सम्पन्न भएका छन् । पोखरामा जारी बुद्धिचाल प्रतियोगिताको छात्रा तर्फको पहिलो चरणको खेलमा बाग्मती विजयी भएको छ । बाग्मतीले कोशीलाई ३ अंकले जितेको हो । छात्रातर्फकै अर्को खेलमा लुम्बिनीले जित्यो । लुम्बिनीले मधेश प्रदेशलाई सोझो सेटमा ४ अंक ल्याई विजयी भएको हो । त्यस्तै गण्डकी प्रदेश र सुदुरपश्चिम बिच भएको खेलमा सुदुरपश्चिमले सोझो सेटमा जित निकाल्दै विजयी हासिल गरेको हो । पहिलो सेटमा कर्णालीले बाइ पाएको थियो । हिजो नै सम्पन्न भएको छात्रातर्फको दोस्रो चरणको खेलमा गण्डकी,लुम्बिनी र बाग्मती विजयी भयो । सुदुरपश्चिम प्रदेशले बाइ पाएको थियो । यो पनि पढ्नुहोस पोखरामा यू–१५ विद्यालय खेलकुद प्रतियोगिताको तयारी यू–१५ विद्यालय खेलकुद प्रतियोगितामा ६ सय ७० बढीकाे सहभागिता हुने यू–१५ विद्यालय खेलकुद प्रतियोगिता सुरु यू–१५ विद्यालय खेलकुद: बुद्धिचाल प्रतियोगिता शुरु यू–१५ विद्यालय खेलकुद प्रतियोगिता: लुम्बिनीलाई हराउँदै गण्डकीको विजयी सुरुवात यू–१५ विद्यालय खेलकुद प्रतियोगिताः रग्बीका १० खेल सकिए बुधबार नै भएको छात्रातर्फको तेश्रो राउण्डमा लुम्बिनी, गण्डकी र सुदुरपश्चिम प्रदेश विजयी भए । बाग्मती प्रदेशले बाइ पायो । यस्तै बुधबारनै सम्पन्न भएको छात्रतर्फ खेलमा बाग्मती प्रदेश विजयी भएको छ । बाग्मतीले कोशी प्रदेशलाई ३ अंकले पराजित गर्दै विजयी भएको हो । अर्को खेलमा लुम्बिनी प्रदेशले जित हाँसिल गर्यो । लुम्बिनीले मधेश प्रदेशलाई सोझो सेटमा ४ अंकले पराजित गर्दै विजयी भएको हो । त्यस्तै अर्को खेलमा सुदुरपश्चिम विजयी भयो । उसले गण्डकी प्रदेशलाई ३ अंकले पराजित गर्दै विजयी भएको हो । उक्त राउण्डमा कर्णालीले बाइ पायो । बुधबार नै सम्पन्न भएको दोश्रो चरणको खेलमा गण्डकी, लुम्बिनी, बाग्मती विजयी भयो । उक्त राउण्डमा मधेश प्रदेशले बाइ पायो । तेश्रो राउण्डमा लुम्बिनी प्रदेश विजयी भयो । उसले कर्णाली प्रदेशलाई ३ अंकले पराजित गर्दै जित हाँसिल गरेको हो । गण्डकी प्रदेशलाई कोशी प्रदेशले ३ अंकले पराजित गर्दै विजयी भयो । त्यस्तै अर्को खेलमा सुदुरपश्चिमले सोझो सेटमा मधेश प्रदेशलाई पराजित गर्यो । बाग्मती प्रदेशले बाई पायो । आज प्रतियोगिता अन्र्तगतको बुद्धिचालमा तीन चरणका खेलहरु जारी रहेका छन् ।
पोखरा: कम्बोडिया, न्यूजिल्याण्ड, फ्रान्स लगायतका देशहरुमा पठाउने भन्दै ३ सय जना भन्दा बढी व्यक्तिहरुबाट करिब १५ करोड रकम ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१८ घर भई हाल काठमाडौंको टोखा नगरपालिका बस्ने २८ वर्षीय राजकुमार भट्ट, कास्की माछापुच्छ्रे गाउँपालिका–८ घर भई पोखरा महानगरपालिका–९ लखनचोक बस्ने २२ वर्षीय नवीन विक र कास्की पोखरा महानगरपालिका–८ घर भई चितवन भरतपुर महानगरपालिका–८ बस्ने २३ वर्षीय पवन पन्त रहेका छन् । उनीहरुले फेसबुक, म्यासेन्जर, ह्वाट्सएप लगायतका सामाजिक संजालमा फेक आइडि प्रयोग गरी वैदेशिक रोजगारीमा कम्बोडिया, न्यूजिल्याण्ड, फ्रान्स लगायतका देशहरूमा पठाइदिने र आकर्षक तलब, भत्तासहितको व्यवस्था हुने भन्दै विज्ञापन सार्वजनिक गरी सम्पर्कमा आएका व्यक्तिहरूलाई ठगी गर्ने गरेको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । घर, व्यापार, व्यवसायको कारोबार गर्ने कार्यालयमा मासिक ३० देखि ४० हजार रूपैयाँसम्म तलब हुने एकाउन्टेन्टको जागिर दिएका व्यक्तिहरूको बैंक खातामा विदेश जान सम्पर्कमा आएका मानिसहरूबाट रकम जम्मा गर्न लगाई उक्त रकमहरू चेकबाट निकाल्न लगाएर राजकुमार लगायतलाई भेटेर नगदै तथा विभिन्न खाताहरूमा ट्रान्जेक्सन गर्न लगाएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उनीहरूले भिसा प्रोसेसिङ भइरहेको भन्दै भिसा, वर्क पर्मिट, होटल बुकिङ, पुलिस रिपोर्ट लगायतका फेक कागजातहरू देखाई टिकट र डलर साट्ने भन्दै प्रति व्यक्ति ५ लाख देखि १० लाखका दरले रकम उठाएर सम्पर्क विहिन हुने गरेको र विगत ३/४ वर्ष देखि हालसम्म १५ करोड भन्दा बढी रकम ठगी गरेको खुल्न आएको प्रहरीको निष्कर्ष छ । हाल पक्राउ परेको उनीहरुविरुद्ध ठगी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पाल्पाको नुवाकोट घुमेर रुपन्देहीको बुटवलतर्फ फर्किँदै गरेको कार दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । तिनाउ नदी पारी पर्ने नुवाकोटबाट फर्किँदै गरेको कार दुर्घटनामा परी बुटवल–१० बस्दै आएका कार चालक ५६ वर्षीय रामप्रसाद शर्मा (छविलाल), तिलोत्तमा–३ की ५७ वर्षीया आशा श्रेष्ठ र सोही ठाउँकी ५० वर्षीया भगवती श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । लु २ च ८५३१ नम्बरको कार बुधबार साँझ करिब साढे ८ बजेतिर बुटवल–१३ बंदेलपोखरी माथिको सडकबाट करिब सय मिटर तल खसेको थियो । दुर्घटनामा गम्भीर घाइते भई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएका तीनैजनालाई डाक्टरले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डितले जानकारी दिए । दुर्घटनामा परी बुटवल उपमहानगरपालिका–९ बस्ने चन्द्रा श्रेष्ठ र बुटवल–११ बस्ने लक्ष्मीता श्रेष्ठ घाइते भएका प्रहरीले जनाएको छ ।
पोखरा: पृथ्वीनारायण क्याम्पसको पछाडीतर्फ रहेको खाली चौरमा २ जना महिलाहरुलाई कुटपिट गरी उनीहरको मोबाइल चोरी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । क्याम्पसको पछाडीतर्फ रहेको खाली चौरमा महिलालाई कुटपिट गरी उनीहरुको मोबाइल चोरी गरेको आरोपमा प्रहरीले सोमबार २ जनालाई पक्राउ गरेको हो । आइतबार क्याम्पसको पछाडीतर्फ खाली चौरमा २ जना महिलालाई अपरिचित व्यक्तिहरुले लछारपछार गरी खुकुरी समेत प्रहार गरी घाइते बनाएर उनीहरुको मोबाइल चोरी गरेको आरोपमा पोखराका २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक अविनाश दिप जिसीले जानकारी दिए । उनका अनुसार चोरी भएको मोबाइलसहित पोखरा महानगरपालिका–११ फुलबारी बस्ने ३२ वर्षीय सागर नेपाली र २१ वर्षीय सुजित नेपाली रहेका छन् । पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्ध कसूरमा ८ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकी प्रदेशको पोखरामा जारी यूू–१५ विद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत रग्बी १० खेल सकिएका छन् । बुधबार बिहानबाट पोखरा रंगशालामा सुरु भएको प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ४ खेल सकिएका हुन् । पुरुषतर्फ भएको पहिलो खेलमा गण्डकी प्रदेश र कोशी प्रदेशले बराबरी खेलेका थिए । निर्धारित समयमा दुवैतर्फबाट स्कोर हुन नसकिएपछि बराबरीमा रोकिएको हो । पुरुषतर्फ दोस्रो खेलमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २–० स्कोरले पराजित ग¥यो । मधेशले लुम्बिनी प्रदेशलाई ४–०, बागमतीले लुम्बिनीलाई २–१, मधेशले सुदूरपश्चिमलाई ४–० स्कोरले पराजित गरे । यस्तै कर्णालीले गण्डकी प्रदेशलाई २–० स्कोरले पराजित गर्न सफल भयो । यो पनि पढ्नुहोस पोखरामा यू–१५ विद्यालय खेलकुद प्रतियोगिताको तयारी यू–१५ विद्यालय खेलकुद प्रतियोगितामा ६ सय ७० बढीकाे सहभागिता हुने यू–१५ विद्यालय खेलकुद प्रतियोगिता सुरु यू–१५ विद्यालय खेलकुद: बुद्धिचाल प्रतियोगिता शुरु यू–१५ विद्यालय खेलकुद प्रतियोगिता: लुम्बिनीलाई हराउँदै गण्डकीको विजयी सुरुवात महिलातर्फ ३ खेल बराबरीमा सकिँदा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई १–० स्कोरले पराजित ग¥यो । महिलातर्फ गण्डकी र बागमती, मधेश र कोशी तथा सूदुरपश्चिम र गण्डकी बराबरीमा रोकिए । यी तीन खेलमा दुवैतर्फबाट स्कोर हुन सकेन । महिला र पुरुष दुई इभेन्टमा सञ्चालन भएको प्रतियोगितामा सात प्रदेशले सहभागिता जनाएका छन् ।

