पोखरा:     कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ को तयारी पुरा भएको छ ।  ...

पोखरा:   दिव्यज्योति क्लबको आयोजनामा भोलि (बिहीबार) देखि सुरु हुने पहिलो संस्करणको फुटसल प्रतियोगिताको तयारी पूरा भएको छ ।   पोखरा महानगरपालिका १५ भित्रका क्ललाई लक्षित गर्दै ३१ र ३२ गते न्यू एयरपोर्ट फुटसल खेल मैदानमा हुने सो प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको सह–संयोजक शैलेस गुरुङले जानकारी दिए ।    उनका अनुसार सो प्रतियोगिताको उद्घाटन खेल (बिहान ९ बजे) मा  रेन्बो स्कुल र नयाँगाउँ एफसी भिड्नेछन् ।   उक्त प्रतियोगिताको उद्घाटन पोखरा १५ का वडाध्यक्ष तोरण बाँनियाले उद्घाटन गर्रे सह–संयोजक गुरुङले बताए ।    सो प्रतियोगितामा पोखरा १५ भित्रका कुल २१ टिमको सहभागिता रहेको बताउदै विजतालाई नगद रु ३० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने बताए । यस्तै उपविजेताले नगद रु २० हजार, शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

पोखरा:  पोखरा रंगशालामा बुधबारदेखि सुरु भएको यू–१५ विद्यालय स्तरीय खेलकुद प्रतियोगितामा टेबल टेनिस अन्तर्गत बागमती प्रदेशले ३ स्वर्ण र ३ रजत पदक प्राप्त गरेको छ ।   पोखरा रंगशालास्थित टेबल टेनिस कोर्ट भएको खेलमा बागमतीको छात्र÷छात्रा मिक्स, छात्र डबल्स र छात्रा डबल्स विधाका टिम फाइनल पुगेको थियो ।   मिक्स डबल्समा बागमतीका जयश्नु महर्जन र सुरम्या शाक्यको जोडीले नर्मदा खैटु र रीजन शाक्यको जोडीलाई ३–२ सेटमा हराउँदै स्वर्ण पदक जितेको हो । ८–११, ११–५, ९–११, ११–८ र ११–७ को सेटमा हारेको खैटु र शाक्यको जोडीले रजत पदक हासिल गरेको हो ।   सेमीफाइनलमा जयश्नु महर्जन र सुरम्य शाक्यको जोडीले कोशी प्रदेशका गौतम तामाङ र सुलेखाकुमारी ठाकुरलाई पराजित गरेको थियो । भने, नर्मदा खैटु र रीजन शाक्यको जोडीले लुम्बिनी प्रदेशका सुबिन क्षेत्री र सचिना पुरीको जोडीलाई हराएको थियो । सेमीफाइनलमा पराजित कोशी र लुम्बिनी प्रदेशका खेलाडीले कास्य पदक प्राप्त गरे ।   यो पनि पढ्नुहोस   पोखरामा यू–१५ विद्यालय खेलकुद प्रतियोगिताको तयारी यू–१५ विद्यालय खेलकुद प्रतियोगितामा ६ सय ७० बढीकाे सहभागिता हुने यू–१५ विद्यालय खेलकुद प्रतियोगिता सुरु यू–१५ विद्यालय खेलकुद: बुद्धिचाल प्रतियोगिता शुरु यू–१५ विद्यालय खेलकुद प्रतियोगिता: लुम्बिनीलाई हराउँदै गण्डकीको विजयी सुरुवात   छात्र डबल्समा पनि स्वर्ण र रजतका बागमती प्रदेशका खेलाडी नै भिडेका थिए । जसमा जयश्नु महर्जन र आर्यन शाहीको जोडीले रिजन शाक्य र एरिस शाक्यको जोडीलाई ३–१ सेटमा पराजित गर्दै स्वर्ण पदको हात पारेको हो ।   ११–९, ११–५, १०–१२ र ११–८ को सेटमा हारेको शाक्य जोडीले रजत पदकमा चित्त बुझाउनुप¥यो ।   छात्र डबल्समा महर्जन र शाहीको जोडीले गण्डकीका दिपनिसा शाही र स्वर्णिम तिमिल्सिनाको जोडीलाई हराएको थियो । भने, शाक्य जोडीले कोशीका सुशान्त मेहता र गौतम तामाङको जाडीलाई पराजित गरेको थियो । सेमीफाइनलमा गुमाएको गण्डकी र कोशी प्रदेश यो विधामा कास्यमा सिमित भयो ।   छात्रा डबल्समा पनि बागमतीका सुरम्या शाक्य र नर्मदा खैटुको जोडीले प्रान्जा महर्जन र आर्सना महर्जनको जोडीलाई ११–७, ११–६, ८–११ र ११–८ को सेटमा हराएर स्वर्ण पदक जितेको हो । भने, महर्जन जोडीले रजतमा चित्त बुझाउनुप¥यो ।   सेमिफाइनलमा शाक्य र खैटुको जोडीले लुम्बिनीका सचिना पुरी र रोशनी बरालको जोडीलाई पराजित गरेको थियो । भने, महर्जन जोडीले गण्डकीका राजश्री अधिकारी र साक्रिया पोखरेलको टिमलाई हराएको थियो । यो विधामा गण्डकी र लुम्बिनी प्रदेशले कास्य पदक प्राप्त गरेको छ ।   प्रतियोगितामा टेबल टेनिसतर्फ छात्र सिंगल र छात्रा सिंगलतर्फ २ स्वर्ण, २ रजत र ४ कास्यका लागि खेल भइरहेको छ ।   टेबल टेनिसमा प्रत्येक प्रदेशबाट ४ छात्र ५ छात्रा गरी ८ जना खेलाडी सहभागी छन् । प्रतियोगिता अन्तर्गत एथलेटिक्स, बास्केटबल, रग्बी, टेबलटेनिस, ब्याडमिन्टन र बुद्धिचाल खेल भइरहेको छ । 

पोखरा:    पृथ्वी राजमार्ग अन्तर्गत निर्माणाधिन पोखरा–मुग्लिन (पश्चिम खण्ड)को कोत्रेदेखि भत्केको चौकीसम्मको राजमार्गको दायाँ बायाँ शाखा बाटो निर्माणका लागि स्थानीयले माग गरेका छन् ।   पोखरा महानगरपालिका वडा ३२ खण्डमा पर्ने यस क्षेत्रमा राजमार्ग निर्माणको काम भैरहँदा शाखा बाटोहरू बन्नेतर्फ कुनै चासो नदेखिएको भन्दै स्थानीयले यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।   तल्लो गगनगौंडा बजार व्यवस्थापन समितिको संयोजनमा आज स्थानीयबासी एवम् सरोकारवाला निकायको प्रतिनिधिसहितको भेलामा यस खण्डमा शाखा बाटो, ढल निकास, लिंक रोड लगायतका विषयमा स्थानीयले ध्यानाकर्षण गराए ।   कोत्रे–भत्केको चौकी खण्डमा तल्लो गगनगौंडा लगायतका स्थानमा बजारीकरण बढीरहेपनि राजमार्ग निर्माण भैरहँदा शाखाबाटो निर्माणतर्फ सम्बन्धित निकायको ध्यान पुग्न नसकेको तल्लो गगनगौंडा बजार व्यवस्थापन समितिका अध्यक्ष भुवानीप्रसाद पौडेलले बताए  ।    विद्यमान समस्याहरूको समाधानका लागि सहयोग समिति गठन गरी त्यसमार्फत आवश्यक पहलहरू अघि बढाउने भेलामा छलफल भएको उनले बताए ।   उनका अनुसार सडकको दायाँबायाँ तत्कालै आवतजावत सहज बनाउने उद्देश्यले त्यहाँ भैरहेको खेतीपाती, अन्य संरचना तथा टहरालाई १५ दिन भित्रमा हटाउनका लागि सूचनासमेत गरिएको छ ।   पोखरा महानगरपालिका ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले सडक निर्माणकै क्रममा रहेका कारण आत्तिनुपर्ने अवस्था नभएको बताए । उनले आवश्यक कुराहरूलाई सबैको साथ सहयोग एवम् संयुक्त प्रयासमा समाधान गर्न सकिने धारणा राखे ।   तल्लो गगनगौडा बजार व्यवस्थापन समितिका अध्यक्ष भुवानी प्रसाद पौडेलको अध्यक्षतामा एवम् नमुना शान्ति मार्गका सचिव राजन खनालले सञ्चालन गर्नुभएको कार्यक्रममा ज्ञानज्योति विद्याकुञ्जका प्राचार्य अर्जुप्रसाद अधिकारी, तल्लो गगनगौंडा खानेपानी उपभोक्ता समितिका अध्यक्ष भरत थापा, समाजसेवीहरू खेम पुन, प्रकाशचन्द्र पागल, शिबबहादुर थापा, मोहनप्रताप खाँण, विष्णुबहादुर बस्नेत, हरिष्चन्द्र अधिकारी, मित्रबहादुर खत्री, भोजराज खनाल, टंकप्रसाद पौडेल लगायतले बोलेका थिए ।  

पोखरा:   यू–१५ विद्यालय खेलकुद प्रतियोगिता २०८० अन्र्तगत बुद्धिचाल पोखराको लेकसाइडमा शुरु भएको छ  ।   राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रदेश खेलकुद परिषद् गण्डकीको संयूक्त आयोजनामा  प्रतियोगिता अन्र्तगत बुद्धिचाल बुधबारबाट शुरु भएको हो ।   प्रतियोगितामा सात प्रदेशका छात्र/छात्रा गरि दुई टोलीका चार चार जना गरि  ५६ जना खेलाडीहरुको सहभागिता रहेको प्रतियोगिताका चिफ आर्विटर बालराम पुनले जानकारी दिए ।   राउण्ड रोविन लिगका आधारमा सञ्चालन हुने प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदकका लागि प्रतिस्पर्धा हुने छ ।     भोलिसम्म सञ्चालन हुने प्रतियोगितामा आज पहिलो दिन ३ वटा खेल सञ्चालन हुने आयोजकले जनाएको छ ।

रेम बिक काठमाडौं:   दलितमाथि पछिल्लो समय विभेदभन्दा पनि हिंसा हुन थालेको दलित अधिकारकर्मीहरुले टिप्पणी गरेका छन् ।   कुनैबेला छोईछिटो गर्नेसम्मको मात्रै विभेद गर्ने समाजले पछिल्लो समय दलितलाई मार्ने सम्मको क्रियाकलाप गर्न थालेकोप्रति उनीहरुले चिन्ता व्यक्त गरेका छन् ।   दलितका लागि दलित अभियान नेपालले दैलेखमा गरेको विशेष जागरण सभामा अधिकारकर्मीहरुले दलितहरुले आफ्नो न्यायको लडाँई एकताबद्ध भएर लड्नुपर्ने बेला आएको बताएका हुन् ।   कार्यक्रममा बोल्दै राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज बिस्वकर्माले मानिसलाई जबर्जस्ति दलित बनाएर राज्यले अपराध गरेको बताए ।   उनले दलितको समस्या पुरै देशको समस्या भएकोले दलितसँगै गैरदलितहरुले पनि यो मुद्दालाई उत्तिकै संवेदनशील हिसाबले लिनुपर्नेमा जोड दिए ।   त्यस्तै कर्णाली प्रदेश सभा सदस्य उर्मिला बिस्वकर्माले दलित आन्दोलनको लागि आफू सबै त्यागेर लाग्न तयार रहेको बताईन् ।   दलित समुदायको न्याय र मुक्तिका लागि पार्टी भन्दा माथी उठेर लाग्नुपर्ने परिस्थिति बनेको ठहर गर्दै परिस्थिती आएको खण्डमा सबै दलितहरुले पार्टी राजनीति त्यागेर दलित आन्दोलनमा होमिनुपर्ने उनको जोड थियो । साथै कर्णाली प्रदेशको निवर्तमान मन्त्री समेत रहेकी विश्वकर्माले कर्मचारीतन्त्र हावी हुँदा दलितमैत्री कानुन निर्माणमा पनि समस्या आएको बताईन् ।   कार्यक्रममा दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारले दलितहरु पार्टी कार्यकर्ता र नेताभन्दा माथि उठेर समुदायको लागि लड्नुपर्ने बेला आएको बताए ।   उ​नले आफ्नो लागि आफैंले लडाईं नलड्दा सम्म दलित समुदायले मुक्ति पाउन नकस्ने ठहर गर्दै हालसम्म भएका राजनीतिक आन्दोलन र युद्धहरुले दलितलाई मुक्ति दिने नाममा उपयोग मात्रै गरेको बताए । उनले दलित समुदायलाई एक ठाऊँमा आएर आफ्नो न्यायको लागि आवाज उठाउन आह्वान समेत गरेका थिए ।   कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायिका टीका सानूले जातीय विभेद विरुद्ध गित गाएकी थिईन् । 

जनकपुरधाम:   जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् ।   पार्टी स्थापनादेखि नै नेतृत्व गर्दै आएका यादव जनकपुरमा भइरहेको राष्ट्रिय महाधिवेशनबाट पुनः अध्यक्ष चयन भएका हुन् ।   अध्यक्षमा यादवको मात्र उम्मेदवारी परेको थियो ।   अध्यक्षबाहेकका पदमा नेताहरूको उम्मेदवार परे पनि नामावली भने सार्वजनिक भइसकेको छैन ।   मधेश प्रदेशको जनकपुरधामस्थित महेन्द्रनारायण निधि भवनमा जारी महाधिवेशनबाट २०१ सदस्यीय केन्द्रीय समितिका लागि आज बिहान ८.३० बजेदेखि उम्मेदवारी दर्ता कार्य भइरहेको निर्वाचन समितिले जनाएको छ ।

पोखरा:  गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।   प्रदेश प्रमुख डिल्लीराज भट्टले मंगलबार प्रदेशसभाको छैटौं अधिवेशनको आठौं बैठकमा प्रदेशसरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।    नीति तथा कार्यक्रममा कृषि र पर्यटनलाई प्राथमिकता दिइएको छ ।     नीति तथा कार्यक्रममा भनिएको छ, ‘बाँदरको अतिक्रमणबाट अत्यन्त प्रभावित क्षेत्रमा बालीनालीको संरक्षण गर्न समुदाय, स्थानीय तह र प्रदेश सरकारको साझेदारीमा आवश्यकताका आधारमा कृषि हेरालोको व्यवस्था गरिनेछ ।’     यस्तै ‘एक वडा एक उत्पादन’ कार्यक्रमलाई प्रोत्साहन गरिनेछ । किसानको उत्पादनलाई संकलन एवम् बजारीकरण गर्न स्थानीय तहको सहकार्यमा कृषि उपज संकलन केन्द्रको निर्माण र प्रत्येक  निर्वाचन क्षेत्रमा कृषि सडक बिस्तारको कार्यलाई प्राथमिकता दिइनेछ ।    यो पनि पढ्नुहोस   यस्ताे छ गण्डकीको नीति तथा कार्यक्रम (पूर्णपाठ) पर्यटनको राजधानी पोखरालाई प्रवर्धन गर्न ‘पोखरा जाऔं, प्रकृति र संस्कृतिसँग रमाऔं’ कार्यक्रम चलाइने भएको छ ।  सरकारले पर्यटन राजधानीको अवधारणालाई साकार पार्न नीतिगत सुधार र पर्यटनमैत्री वातावरण निर्माण गर्न पहल गर्ने भएको छ ।   आगामी वर्ष बाटो नपुगेका ठाउँमा कृषि उपज र कृषि सामग्री ओसारपसारका लागि ग्राभिटी रोपवे सञ्चालन गर्ने सरकारको योजना छ । ‘एक निर्वाचन क्षेत्र, एक प्रविधिमैत्री स्मार्ट कृषि फार्म’ सञ्चालन गरी त्यसमार्फत सामूहिक एकीकृत कृषि विकास कार्यक्रम गर्न लक्ष्य लिइएको छ ।      

पोखरा:  गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।   प्रदेश प्रमुख डिल्लीराज भट्टले मंगलबार प्रदेशसभाको छैटौं अधिवेशनको आठौं बैठकमा प्रदेशसरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।    नीति तथा कार्यक्रममा कृषि र पर्यटनलाई प्राथमिकता दिइएको छ ।   पर्यटनको राजधानी पोखरालाई प्रवर्धन गर्न ‘पोखरा जाऔं, प्रकृति र संस्कृतिसँग रमाऔं’ कार्यक्रम चलाइने भएको छ । सरकारले पर्यटन राजधानीको अवधारणालाई साकार पार्न नीतिगत सुधार र पर्यटनमैत्री वातावरण निर्माण गर्न पहल गर्ने भएको छ ।   आगामी वर्ष बाटो नपुगेका ठाउँमा कृषि उपज र कृषि सामग्री ओसारपसारका लागि ग्राभिटी रोपवे सञ्चालन गर्ने सरकारको योजना छ । ‘एक निर्वाचन क्षेत्र, एक प्रविधिमैत्री स्मार्ट कृषि फार्म’ सञ्चालन गरी त्यसमार्फत सामूहिक एकीकृत कृषि विकास कार्यक्रम गर्न लक्ष्य लिइएको छ । बाँझो जग्गालाई उपयोग गर्न ‘प्रदेश सरकारको साझेदारीः बाँझो रहन्न खेतबारी’ भन्ने अभियान चलाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।   बाँझो जग्गामा खाद्यान्न, फलफूल, तरकारी, घाँसेबाली, गाँजा आदि उत्पादनलाई प्रोत्साहन गरिनेछ । त्यहाँबाट उब्जिने कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य तोकी कृषि बजारको सुनिश्चितताका लागि बहुसरोकारवालासँग सहकार्य गर्ने योजना छ ।   पूर्णपाठ हेर्नुहोस्-  

पाेखरा:   जथाभावी सवारीसाधन पार्किङ र यात्रु चढाउने/ओराल्ने गर्दा पोखराको पृथ्वीचोक क्षेत्र पुनः अस्तव्यस्त बनेको छ ।   गत साउनदेखि पृथ्वीचोक–सेतीपुल सडकको दुवैतर्फ पार्किङ निषेध गरिएकामा वर्षदिन नपुग्दै उक्त नियम उल्लंघन भएको हो ।   पर्यटकीय राजधानीसमेत रहेको पोखराको अतिव्यवस्त पृथ्वीचोकलाई व्यवस्थित बनाउन जिल्ला सुरक्षा समितिको बैठकले पार्किङ निषेधको घोषणा गरेको थियो ।    पार्किङ हटेपछि केही समय सो क्षेत्र शान्त र खुला देखिएको थियो । लामो दूरीका सवारीसाधन पृथ्वीचोकको भित्रपट्टि रहेको बसपार्कबाट छु्ट्न थालेका थिए । नगर बसलगायत छोटो दूरीका सवारीसाधनले पनि धेरैबेर नरोकी तोकेको स्थानमा यात्रु चढाउने र ओराल्ने गर्थे ।   पैदल यात्रुलाई पनि आउजाउ गर्न सहज बनेको थियो । तर अहिले हिजोकै अवस्थामा पृथ्वीचोक पुगेको छ ।    काठमाडौँलगायत लामो दूरीमा चल्ने बसले पनि सडक किनाराबाटै यात्रु चढाउन थालेका छन् । बसपार्क हुँदाहुँदै सडकबाटै यात्रु चढाउने र ओराल्ने गर्दा सवारी जामको समस्या देखिन थालेको छ ।   माइक्रो, ट्याक्सीलगायत सवारीसाधन लामो समय रोकिराख्दा पृथ्वीचोक दुवैतर्फको सडक अस्तव्यस्त बनेको छ । ट्राफिक प्रहरीले पनि सवारीसाधन व्यवस्थानमा कडाइ गर्न छाडेको छ ।    पोखराबाट देशका विभिन्न ठाउँमा पुग्ने सवारीसाधन पृथ्वीचोकबाटै छुटने र मृख्य राजमार्ग पनि भएकाले त्यहाँ सवारीसाधनको अत्यधिक चाप हुने गर्छ ।   बसपार्क, होटल, वित्तीय संस्था, अस्पताल तरकारी बजार, मासु पसललगायत व्यवसाय तथा सरकारी सेवा दिने यातायात व्यवस्था कार्यालयलगायत अड्डा पनि सोही क्षेत्रमा रहेकाले पृथ्वीचोकमा मानिसको भीडभाड भइरहन्छ ।    जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका वरिष्ठ प्रहरी हवल्दार आशिष क्षेत्रीले सवारीसाधनको बढ्दो चापका कारण पोखरामा पार्किङको समस्या देखिएको बताए ।   “पृथ्वीचोक क्षेत्रमा अहिले पनि पार्किङ त निषेध नै छ, यात्रु चढाउने र ओराल्न मात्र दिने गरेका छौँ,” उनले भने, “सबैतिरका गाडी पृथ्वीचोक भएर गुड्ने भएकाले ट्राफिक व्यवस्थापन चुनौती भने छ, यसमा यातायात व्यवसायी र स्थानीयबासीको साथ चाहिन्छ ।”   सडक फराकिलो र व्यवस्थित बनाउन पोखरा महानगरपालिकाले सो क्षेत्रमा रहेका अस्थायी संरचनासमेत हटाएको थियो । जीर्ण अवस्थामा रहेको बसपार्कको मर्मतसुधारको काम महानगर र प्रदेश सरकारले मिलेर गरेका थिए । यातायात व्यवसायीहरूले बसपार्क व्यवस्थित नहुँदा पार्किङको समस्या भइरहेको बताउँदै आएका छन् ।   पोखरा ४८ वर्षदेखि आधुनिक र व्यवस्थित बसपार्कको पर्खाइमा छ । बसपार्क बनाउन वि.सं. २०३२ मा अधिग्रहण गरिएको जग्गा अतिक्रमणमा परेर खुम्चदैँ गएको छ ।