पोखरा:   गण्डकी प्रदेश भलिबल संघले साउन ४ देखि ८ गतेसम्म हुने राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा सहभागिता जनाउन सञ्जु विक्रम शाहको कप्तानीमा १२ सदस्यीय टोली घोषणा  गरेको छ  ।  ...

कास्कीका फेन्सिङ खेलाडी अभावमा सफलता खोज्दैछन् ।कार्यालय र प्रशिक्षण गर्ने ठाउँ नभएर समस्यामा परेका खेलाडीलाई उर्जा थप्न राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङको सहयोग महत्वपूर्ण बनेको छ ।    एक महिना अगाडि पोखरा रंगशालामा रहेको मल्टिप्रपोज हलमा प्रशिक्षण हलमा प्रशिक्षण गर्ने व्यवस्था मिलाएका सदस्य गुरुङले मंगलबार प्रशिक्षण स्थलको निरिक्षण गरें ।   तहाँ पुग्दा आर्थिक अवस्था कमजोर हुँदा दैनिक रुपमा प्रशिक्षणमा आउन खेलाडीलाई समस्या पर्ने गरेको उनले थाहा पाए । अनि तत्कालै उनले ६ जना फेन्सिङ खेलाडीलाई नगद सहयोग गरें । सहयोग हस्तान्तरण  गर्दै उनले  ३९ वर्षपछि गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको राम्रो तयारी गर्न खेलाडीलाई सुझाए ।  गुरुङ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगतको खेल मैदान व्यवस्थापन उपसमितिका संयोजक समेत हुन् ।   आठांै खेलकुद प्रतियोगितामा टिम इभेन्टमा काँस्य पदक हात पारेका फेन्सिङ खेलाडी यसपाली अझ उच्च मनोबलका साथ प्रतिष्पर्धामा उत्रने जिल्ला फेन्सिङ संघ कास्की अध्यक्ष विजय शाहीले बताए । कास्की जिल्लामा झण्डै ६० जना फेन्सिङ खेलाडी रहेको भएपनि आफूहरुले अहिले जुनियरलाई फोकस गरेको शाहीले सुनाए । हुनत यहाँ सातौ देखि खेलेका खेलाडी पनि छन्’उनले भने । फेन्सिङका खेलाडीले पर्फमेन्सको आधारमा अवसर पाइरहेको उनले सुनाए । यसपाली महिला र पुरुष दुवै तर्फको टिम राम्रो रहेको उनको भनाई छ ।   ‘इकुप्मेन्ट नहुँदा समस्या परेको छ । आजसम्म एक थोपा पानी पनि सहयोग छैन, जेनतेन आइरहेका छन् ।  गुनासो खासै सुनुवाई भएको छैन ।  तरपनि राम्रो गर्ने कोशिस गरिरहेका छौँ’ अध्यक्ष शाहीले भने । राखेप सदस्य गुरुङले गरेको सहयोगले केही मलमपट्टी भने लागेको उनले सुनाए ।  

पोखरामा पहिलो पटक राष्ट्रिय स्तरको खुल्ला स्नुकर प्रतियोगिता आयोजना हुने भएको छ ।   डेभिज स्नुकर क्लबले आगामी भदौ १२ देखि १९ गतेसम्म सञ्चालन गर्ने आज (आइतबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   आयोजकका अनुसार प्रतियोगितामा विजेता तथा उपविजेताले नगद १ लाख ५१ हजार १ सय ११ र ७१ हजार १ सय ११ र ट्रफी शिल्ड पाउनेछन् । खेलको सेमिफाइनल पुग्ने दुुई जनाले नगद १५ हजार ट्रफी सहित शिल्ड प्राप्त गर्नेछन् भने, सर्वाधिक ब्रेकरले २१ हजार १ सय ११ ट्रफी, शिल्ड पाउनेछन् ।   प्रतियोगिताको अवसरमा कास्की जिल्ला तथा विभिन्न क्षेत्रमा रहि स्नुकर खेललाई स्थापित गराउन सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान समेत गरिनेछ । गण्डकी प्रदेशको सर्वाधिक पुुरस्कार राशीको यस प्रतियोगिताले पोखराको आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धनमा सहयोग पुर्‍याउने आयोजकले लक्ष्य लिएको छ ।

आगामी असोज २८ गतेबाट कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको रौनक गण्डकी प्रदेशका जिल्लाहरुमा देखिन थालेको छ ।  प्रदेशका अधिकांश जिल्ला आफनो जिल्लामा खेल सञ्चालन गर्ने जिम्मेवारी लिन आतुर रहेको पाइएको छ । प्रतियोगिताको तयारी स्वरुप शनिबार नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत खेल मैदान व्यवस्थापन उपसमितिका संयोजक एवं राष्ट्रिय खेलकुद परिषद सदस्य राजेश कुमार गुरुङ नेतृत्वको टोली गण्डकी प्रदेशका म्याग्दी, बाग्लुङ र पर्वत जिल्लामा पुग्दा यस्तो देखिएको हो ।  टोलीले ती जिल्लामा पुगेर जिल्लाको जिल्ला खेलकुद विकास समितिको नेतृत्व, स्थानीय निकायका जनप्रतिनिधि, खेलाडी, खेल प्रशिक्षकसँग छलफल गरेको छ । छलफलका क्रममा ३९ वर्षपछि गण्डकी प्रदेशमा आयोजना हुन लागेको खेलकुद प्रतियोगिता सफल पार्न सघाउने प्रतिबद्धता गरेका छन् । प्रतियोगिता अन्र्तगतका कुनै पनि खेल खेलाउने जिम्मेवारी प्राप्त गरेमा सम्पन्न गर्न आफूहरु तयार रहेको उनीहरुको भनाई थियो । छलफल तथा खेलमैदान निरिक्षणका क्रममा आफ्नो जिल्लाको अवस्थाको आधारमा दिइने खेल आयोजनाको जिम्मा लिन तयार रहेको बताए ।   म्याग्दी जिल्लाको बेनीमा आयोजित छलफल कार्यक्रममा बेनी नगरपालिकाका मेयर सुरज कुमार केसीले प्रतियोगिताको तयारी सुरु भैसकेको बताए । गण्डकी प्रदेशका भलिवल, तेक्वान्दो लगायतका विभिन्न खेलमा म्याग्दीबाट नेतृत्व सहितको प्रतिनिधित्व हुने गरेको भन्दै उनले प्राविधिक टिमले पुर्वाधार पुगेन भनेर समय दियो भने बनाउन तयार रहेको समेत बताए । प्रतियोगिताको लागि केही बजेट छुट्ट्याइसकेको उनले खुलाए । ‘गण्डकी प्रदेशमा नवौं प्रतियोगिता आयोजना हुँदा कुनै पनि खेल म्याग्दीमा पुगेन भने दुर्भाग्य हुने भएकोले हाम्रो जिल्लामा खेल आउनुपर्छ भन्ने हाम्रो दावी हो’ मेयर केसीले भने । प्रतियोगिता सञ्चालन गर्ने जिम्मा आयो भने गण्डकी प्रदेशका ११ जिल्ला मध्ये सबैभन्दा राम्रो आफ्नो जिल्लामा हुने ठोकुवा समेत उनले गरे ।  जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दीनेश केसीले सम्भव भएमा महिला भलिवल, पुरुष भलिवल र तेक्वान्दोका खेल सञ्चालन गर्ने जिम्मेवारी दिन आग्रह गरें । बेनी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष रमेश कुमार श्रेष्ठले सबैको सहकार्यमा प्रतियोगितालाई सम्पन्न गरिने बताए ।  जिल्लामा पुग्ने खेलाडी, प्रशिक्षक तथा अतिथिको आतिथ्यतामा कुनै कसर बाँकी नराख्ने उनको प्रतिबद्धता थियो । जिल्लामा रहेका पर्यटकिय ठाउँको अवलोकनको व्यवस्था मिलाउने उनले सुनाए । तेक्वान्दोका सहायक प्रशिक्षक कर्ण प्रधानले तेक्वान्दोको लागि इन्डोर समस्या नभएको बताए । खेल खेलाउन र प्रशिक्षण गराउनको लागि पर्याप्त ठाउँ भएको उनको भनाई थियो । यसैगरी बाग्लुङमा आयोजित छलफल कार्यक्रममा जिल्ला खेलकुद विकास समिति बाग्लुङका अध्यक्ष कुमार खड्काले आफुहरुलाई खेल सञ्चालन गर्ने जिम्मेवारी दिएमा कुशलतापूर्वक सम्पन्न गर्ने बताए । बाग्लुङ नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठले पनि प्रतियोगिताका खेल आफ्नो जिल्लामा सञ्चालन गर्ने अवसर आएमा सहयोग गर्न तयार रहेको सुनाए । जिल्ला खेलकुद विकास समिति बाग्लुङका सचिव तारा शर्माले बाग्लुङ जिल्लाले सुटिङ खेल सञ्चालन गर्ने जिम्मेवारी प्राप्त गर्न सके सजिलो हुने बताइन् ।  अन्य कुनैपनि खेल सञ्चालन गर्ने जिम्मेवारी प्राप्त भए त्यसलाई स्विकार गरेर सम्पन्न गरिने उनको भनाई थियो । कोषाध्यक्ष कल्पना श्रेष्ठले छिटो भन्दा छिटो जिम्मेवारी सम्बन्धी निर्णय भएमा तयारीलाई तिव्रता दिन सजिलो हुने सुनाइन् । समयमानै जिम्मेवारी पाउन सके प्रतियोगिता भव्य बनाउन सजिलो हुने अन्य सहभागीको भनाई थियो ।  यसैगरी पर्वतमा आयोजित छलफल कार्यक्रममा जिल्ला खेलकुद विकास समिति पर्वतका अध्यक्ष हर्कमान गुरुङले प्रतियोगिता अन्र्तगतका खेलहरु सञ्चालन गर्न आफूहरु तयार रहेको बताए । पर्वतको लागि महिला भलिवल, पुरुष भलिवल वा तेक्वान्दो खेलको जिम्मेवारी पाउन सके राम्रो हुने उनको भनाई थियो । कुश्मा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष इश्वर गिरीले प्रतियोगितालाई सम्पन्न गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए । तीनै ठाउँको छलफल तथा खेल मैदान निरिक्षण कार्यक्रममा बोल्दै खेल मैदान व्यवस्थापन उपसमितिका संयोजक एवं राष्ट्रिय खेलकुद परिषद सदस्य राजेश कुमार गुरुङले आफ्नो जिल्लामा प्रतियोगिता सञ्चालन गर्ने इच्छा प्रकट गरेकोमा आभार व्यक्त गरें । जिल्लाको आकांक्षाको बारेमा मुल आयोजक समितिमा आफूले कुरा पु¥याउने र निर्णय गराउने प्रतिवद्धता उनको थियो । सबै जिल्लामा तयारीलाई तिव्रता पार्न उनले आग्रह गरे । ‘खेलाडी तथा प्रशिक्षकको बसोबास, खेल मैदान, इन्डोर हल, आवातजावात लगायतको लागि गुनासो नआउने गरि तयारी गर्नुहोस्’ उनले भने ।  खेल सञ्चालन तथा अभ्यास गर्ने सम्भावित ठाउँहरुको बारेमा विवरण संकलन गरि फोटो तथा भिडियो मार्फत पठाउन समेत सदस्य गुरुङले निर्देशन दिए । समय धेरै नभएकोले काममा ध्यान दिदै अगाडि बढ्नुपर्नेमा उनको जोड थियो । ‘भौतिक, नैतिक तथा आर्थिक रुपमा तयार भएर बस्नुहोस्’ उनले थपे । कास्की भन्दा बाहिरका जिल्लामा देखिएको रौनकता र खेल सञ्चालन गर्ने इच्छाले आफूलाई उत्साहित बनाएको उनको प्रतिक्रिया थियो । राखेप सदस्य गुरुङ नेतृत्वको टोलीमा जिल्ला खेलकुद विकास समिति सदस्य मनिषा गुभाजु, जिल्ला क्रिकेट संघ कास्कीका सह–सचिव विजय रावत, क्रिकेट कोच त्रृmषिकेश शर्मा, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव राजाराम पौडेल रहेका थिए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ११ टिमले ३६ खेलका ४०७ इभेन्टमा पदकको लागि प्रतिष्पर्धा गर्नेछन् ।   

पोखरा:   पोखरा महानगरपालिका १ मा सक्रिय रहदैं आएको बुद्ध टोल युवा क्लबाको अध्यक्षमा असिम थापा चयन भएका छन् ।    आज (शनिबार) सम्पन्न क्लबको दोस्रो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि अमिस थापाको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएका हुन् ।     थापा नेतृत्व समितिको उपाध्यक्षमा सन्तोष गुरुङ, सचिवमा रेशम सापकोटा, सह–सचिवमा विकास केसी र कोषाध्यक्षमा दिपक कार्की सर्वसम्मत चयन भएको अध्यक्ष थापाले जानकारी दिए ।   उनका अनुसार समितिको सदस्यहरुमा कैलास गुरुङ, अनुप पुन, अर्जुन परियार, बिनोद गुरुङ, निकेश गुरुङ, संगम दर्जी, कुमार गुरुङ, राज गुरुङ, अनिता गुरुङ र एनि गुरुङ चुनिएकी छिन् ।   त्यसैगरि समितिको सल्लाहकारमा प्रदीप राई, राधा गुरुङ, मुक्ति सागर गुरुङ र बिनिता गुरुङलाई चयन भएका छन् ।   सामाजिक क्रियाकलाप तथा खेलकुदमा विशेष सक्रिय रहदैं आएको सो क्लबले स्वर्गीय विरेन गुरुङको स्मृतिमा प्रत्येक वर्ष पोखराकै सर्वाधिक राशीको ‘सेभेन ए साइड नकआउट फुटबल प्रतियोगिता’ आयोजना गर्दै आएको छ ।   सो क्लबले कोरोना महामारीको समयमा केयौं विपन्न परिवारलाई राहात स्वरुप  खाद्यान्नका समाग्री तथा स्वास्थ्य समाग्रीहरु प्रदान समेत गरेको थियो ।    यसअघि क्लबको अध्यक्षका रुपमा विजया गुरुङले नेतृत्व गर्दै आएकी थिइन् । 

पोखरा :  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशको आयोजना भएको मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि आयोजक गण्डकी फोनिजले जितेको छ ।   फोनिजको २३ औं स्थापना दिवस मनाउने क्रममा फोनिज गण्डकीले आयोजना र कास्की जिल्ला शाखाको सहआयोजनामा भएको पुरुष तथा महिला मैत्रीपुर्ण फुटसलमा दुवै खेलमा फोनिज विजयी भएको हो । पुरुष टिममा फोनिज गण्डकीले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको टिमलाई टाइब्रेकरमा ५-४ गोल अन्तर पराजित गरेको हो । महिला तर्फ फोनिज गण्डकीको टिमले कास्कीमा महिला पत्रकारको टिमलाई टाइब्रेकरमै ४-३ गोल अन्तर हराएको हो ।  पुरुषतर्फ निर्धारित समयमा ४-४ गोल भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । निर्धारित समयमा फोनिजको तर्फबाट प्रबिन मगरले २ गरे भने सुशान्त गाहा र सुरज थापाले एक÷एक गोलको योगदान दिए । यस्तै खेलकुद पत्रकार मञ्चका लागि अनुप पौडेलले २ तथा मन क्षेत्री र बिजय नेपालीले १/१ गोल गरे ।  महिलातर्फ निर्धारित समयमा फोनिज गण्डकीबाट जुना थापाले पेनाल्टी मार्फत गोल गर्दा महिला पत्रकारको तर्फबाट दिपा पौडेलले बराबरी गोल फर्काइन् । दुवै टिमले निर्धारित समयमा बराबरी गोल गरेपछि खेलमा बिजेताको टुंगो टाइब्रेकरबाट लागेको खेल संयोजक सुशान्त गाहा मगरले जानकारी दिए ।  बिजेता फोनिज गण्डकीको टिमले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता टिमले मेडल र प्रमाणपत्र पाए । विजेता तथा उपविजेता टिमलाई गण्डकी प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव तेजबहादुर गुरुङले पुरस्कार वितरण गरेका थिए ।  कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले खेलकुद स्वास्थ्यको लागि लाभदायक भएको वताउँदै यसले आपसी भाईचारामा पनि वृद्धि हुने वताए । पत्रकारहरु लेख्ने मात्र होइन स्वस्थ्य हुनुपनि जरुरी रहेको मिडिया कप बेला बेलमा हुनुपर्नेमा उनको जोड थियो । ‘खेलकुदले पत्रकारको निर्णय गर्ने क्षमताको विकास हुन्छ, यसले पत्रकारहरुलाई सिर्जनशिल पनि बनाउँछ,’ उनले भने, ‘त्यसैले पनि आगामी दिनमा अन्य खेल गर्दै जानुस तपाईहरुसँग प्रदेश खेलकुद परिषद साथ मै छ ।’ ३९ वर्षपछि पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदमा पत्रकारले कलम र आवाज मार्फत साथ दिन उनको आग्रह थियो । पत्रकारले गरेको खबरदारी र राम्रा कार्यको प्रचार प्रसारले प्रदेशमा हुने खेलमा महत्वपूर्ण भूमिका खेल्ने उनको धारणा थियो ।  कार्यक्रममा फोनिज गण्डकी सल्लाहकार हुमबहादुर गुरुङ, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनी र फोनिज गण्डकीका अध्यक्ष रुद्र श्रीस मगर लगायतले मैत्रीपुर्ण खेलले स्वस्थ्य रहँदै पत्रकारिता गर्ने समयमा प्राविधिक शब्दहरुमा ज्ञान हुने बताएका थिए ।   

  काठमाडौं:   विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले आज जारी गरेको महिलाको नयाँ वरियतामा नेपाल एक स्थान तल झरेको छ ।      नयाँ वरीयता अनुसार नेपाल १०२औँ स्थानमा रहेको हो । यसअघि नेपाल १०१औँ स्थानमा रहेको थियो । दक्षिण एसियाली राष्ट्रको वरियतामा भने नेपाल दोस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत छ ।      भारत ५८ औँ स्थानमा छ । बङ्गलादेश १४७, श्रीलङ्का १५३, माल्दिभ्स १५६ र भुटान १७६औँ स्थानमा छ । विश्व वरियताको शीर्ष स्थानमा भने अमेरिका छ । यसैगरी दोस्रो स्थानमा जर्मनी छ भने तेस्रो स्थानमा स्वीडेन छ । इङ्ग्ल्यान्ड चौँथो स्थानमा रहँदा फ्रान्स पाँचौँ स्थानमा छ । नेदरल्याण्ड छैठौँ, क्यानडा सातौँ, स्पेन आठौँ, ब्राजिल नवौँ र उत्तर कोरिया १०औँ स्थानमा छन् । 

काठमाडौं:  १७ वर्षमुनिको राष्ट्रिय पुरुष फुटबल टोलीका लागि पहिलो चरणमा ६० खेलाडी छनोट भएका छन् ।   अखिल नेपाल फुटबल सङ्घ एन्फाले  पहिलो चरणको बन्द प्रशिक्षणका लागि ६० खेलाडी छनोट भएको जनाएको छ ।   एन्फाले १७ वर्षमुनिको साफ च्याम्पियनसिप र एएफसी एसियन कप छनोटका लागि खुल्ला प्रतिस्पर्धाबाट खेलाडी छनोट गरेको हो। एन्फाले टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठलाई नियुक्त गरिसकेको छ ।   श्रीलङ्कामा आउँदो सेप्टेम्बर ५ देखि सुरु हुने साफ १७ वर्षमुनिको च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा परेको छ  ।     नेपालको समूहमा भारत र भुटान रहेका छन् । यस्तै समूह ‘ए’ मा आयोजक श्रीलङ्का, माल्दिभ्स र बङ्गलादेश छन् । 

पोखरा:   पोखरा महानगरपालिका १ वडा कार्यालयले सामाजिक क्रियाकलापमा सक्रिय रहदैं आएको विभिन्न क्लब तथा विद्यालयलाई खेलकुद समाग्री प्रदान वितरण गरेको छ ।   सोमबार एक कार्यक्रमको आयोजना गर्दै पोखरा १ का वडाध्यक्ष साहरा प्रधानको नेतृत्वमा ६ वटा क्लब र ३ विद्यालयलाई खेलकुदको समाग्री सहयोग प्रदान गरेको हो ।   राष्ट्रिय उच्च मावि, सँस्कृत मावि र रत्न प्राविलाई भलिबल, बास्केटबल तथा फुटबल सहयोग गरिएको वडा सदस्य शोभा गुरुङले जानकारी दिइन् । उनका अनुसार बिटी क्लब, बगर भाइखलक, भिमकाली क्लब, त्रिशक्ति युवा क्लब, रत्न समाज र इन्द्रेणी एकीकृत विकासकेन्द्रलाई ७/७ थान फुटबल सहयोग गरिएको थियो ।    जसमध्ये ५/५ वटा प्रशिक्षण बल र २/२ वटा म्याच बल वितरण गरिएको सदस्य गुरुङले जानकारी दिइन् । उनले फुटबल विकासमा लागेको क्लबहरुलाई वडाबाट खेलकुदका समाग्री प्रदान गर्ने कार्यतालिका अनुरुप सहयोग गरेको बताईन् ।  उनले आगामी दिनमा समेत वडा कार्यालय रहेको महसुस गर्ने गरि विभिन्न सामाजिक संस्था तथा क्लबहरुसँग समन्वय र सहकार्य गर्दै अघि बढ्ने बताईन् । यसैगरी बल ग्रहणगर्दै बिटी क्लबकी अध्यक्ष विजया गुरुङले वडाप्रति आभार प्रकट गरिन् ।   विगत लामो समयदेखि फुटबलको विकासमा लागिपरेको क्लबलाई खेलकुद समाग्री सहयोग गर्नु उदाहरणीय कार्य रहेको भन्दै खुशी व्यक्त गरिन् । ‘पोखरामा क्रियाशिल क्लब मध्य हामी पनि हौं, उनले भनिन्, ‘प्रतियोगिता तथा क्लबमा सहयोग धेर थोर पाउँदै आएका छौं अहिले वडाबाट पनि फुटबल सहयोग पाएका छौं । यसले गर्दा हामीलाई फुटबलको क्षेत्रमा थप काम गर्न उतप्रेरण मिलेको छ ।’

साफ यू-२० च्याम्पियनसिप फुटबलमा आज नेपालले  तेस्रो खेल घरेलु टोली भारतसँग प्रतिस्पर्धा गर्दैछ । भुवनेश्वर स्थित कालिंगा रङ्गशालामा जारी प्रतियोगितामा नेपाल लगातार तेस्रो जित निकाल्दै फाइनलमा पुग्ने योजनामा छ ।   भारतलाई हराएमा नेपालले फाइनल यात्रा तय गर्नेछ । नेपाली टोलीका प्रशिक्षक मेघराज केसीले खेलाडीले राम्रो प्रदर्शन गरिरहेकोले जित निस्कनेमा विश्वास ब्यक्त गर्नुभएको छ । ‘‘भारत घरेलु टोली हो । तर, हाम्रो खेलाडीको मनोबल उच्च छ । हामी सबै खेल जित्दै अगाडि बढ्न चाहन्छौं,’’ केसीले भन्नुभयो । नेपाल र भारतबीचको खेल साँझ ७ः१५ बजे सुरु हुनेछ ।    उपाधि चुम्ने लक्ष्यका साथ भारत गएको नेपालले अघिल्ला दुई खेलमा लगातार जित निकालेको छ । नेपालले यसअघि पहिलो खेलमा माल्दिभ्सलाई ४-० र दोस्रो खेलमा श्रीलङ्कालाई ३-० गोलले पराजित गरेको थियो । पाँच टोली सहभागि प्रतियोगितामा नेपाल तालिकाको दोस्रो स्थानमा छ । नेपालले दुई खेलबाट ६ अङ्क बनाएको छ । तीन खेलमा अपराजित रहेको बङ्गलादेश ९ अङ्कसहित शीर्षस्थानमा छ ।   यता अघिल्ला दुई खेलमा एक जित र एक हारको नतिजा निकालेको भारतका लागि नेपालसँगको खेल महत्वपूर्ण छ । भारत पनि नेपाललाई रोकेर अगाडिको यात्रा कायम राख्ने दाउमा छ । दुई खेलबाट तीन अङ्क बनाएको भारत तेस्रो स्थानमा छ ।   माल्दिभ्स र श्रीलङ्काले भने अङ्कको खाता खोल्न सकेका छैनन् । नेपालले लिग चरणको अन्तिम खेल मङ्गलबार बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ । राउन्ड रोबिन लिगका आधारमा सञ्चालित प्रतियोगिताको शीर्ष दुई टोलीबीच शुक्रबार फाइनल प्रतिस्पर्धा हुनेछ ।