पोखरा : एथलेटिक्सको ४ सय वाइ ४ सय मिटर रिले दौडमा त्रिभुवन आर्मी क्लबले स्वर्ण जितेको छ । आर्मीले महिला पुरुष दुवै समुहमा स्वर्ण जितेको हो । पुरुष अन्तरगत आर्मीका सोमबहादुर कुमाल, रामप्रसाद थारु, जीवन चौधरी र प्रकाश दनुवारको समूहले निर्धारित दुरी ३ मिनेट १८.३६ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक जितेको हो । सो इभेण्टमा एपीएफले रजत पदक जितेको छ । एपीएफका निरप्रताप महतो, आशिष चौधरी, शिवराज पार्की र सन्दीप नेपालीको टोलीले निर्धारित दुरी ३ मिनेट, २५.८२ सेकेण्डमा पार गरेको थियो । यसैगरी पुलिसको टोलीले काँस्य पदक जितेको छ । पुलिसका अमृत बोट, सहनचन्द्र शाह, तेजबहादुर कार्की र अरुण महतो थारुको समूहले निर्धारित दुरी ३ मिनेट २९.३५ सेकेण्डमा पूरा गर्दै काँस्य जितेको हो । महिलातर्फको सोही इभेण्टमा आर्मीले स्वर्ण जितेको छ । आर्मीका सरस्वती भट्टराई, जयरानी थारु, निर्मला थापा र कुलेसी चौधरीको समूहले निर्धारित दुरी ४ मिनेट २.७८ सेकेण्डमा पूरा गर्दै स्वर्ण जितेको हो । यसैगरी ४ मिनेट १४.८० सेकेण्डमा निर्धारित दुरी पार गर्दै लुम्बिनी प्रदेशले रजत पदक जितेको छ । लुम्बिनीका निशा थारु, सम्झना थारु, अरुणा रिजाल र रामकुमारी थारुको समुहले निर्धारित दुरी ४ मिनेट १४.८० सेकेण्डमा पार गर्दै रजत पदक जितेको हो । काँस्यमा चित्त बुझाएको बागमती प्रदेशले भने निर्धारित दुरी ४ मिनेट २२.७९ सेकेण्डमा पूरा गरेको थियो । बागमतीका अञ्जु खड्का, रजीना दुलाल, स्वगता खाइजु र सन्तोषी श्रेष्ठको समूहले काँस्य जितेको हो ।
पोखरा : दुआथलन प्रतियोगितामा पुरुषतर्फ नेपाल पुलिस र महिलातर्फ नेपाल आर्मीले स्वर्ण पदक जितेको छ । ५ किमी दौड, २० किमी साइक्लिङ र २.५ किमी दौड प्रहरीका किरण लिम्वुले १ घण्टा २२ सेकेन्डमा पार गर्दै पुरुषतर्फ स्वर्ण पद जितेका हुन् । त्यसैगरी निर्धारित दुरी १ घण्टा ११ मिनेट ४४ सेकेन्डमा पार गर्दै आर्मीकी इन्द्रकला नेम्वाङले संवर्ण पदक हात पारिन् । पुरुषतर्फ आर्मीका मनबहादुर थापा मगरले निर्धारित दुरी १ घण्टा १ मिनेट ४१ सेकेन्डमा पार गर्दै रजत र आर्मीकै प्रेमसिंह मन्यालले निर्धारित दुरी १ घण्टा ७ मिनेट ३४ सेकेन्डमा पार गर्दै काँस्य पदक जित्न सफल भए । महिलातर्फ एपीएफका अनिता राइले निर्धारित दुरी १ घण्टा १३ मिनेट ३९ सेकेन्डमा पार गर्दै रजत पदक हात पारिन् भने आर्मीकी हेमा चौधरीले निर्धारित दुरी १ घण्टा २८ मिनेट ४३ सेकेन्डमा पार गर्दै काँस्य पदक जित्न सफल भइन् । दुवाथलनमा आर्मी टीम च्याम्पियन बन्न पुग्यो ।
पोखरा : दशौं संस्करणको बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना हुने भएको छ । गण्डकी प्रदेशमा भइरहेको नवौं राष्ट्रिय खेलकुदको समापनको पूर्वसन्ध्यामा पोखराको होटल बाराहीमा बसेको राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकले दशौंको मिति र स्थान तय गरेको हो । बैठकमा सहभागी बागमती प्रदेशका सदस्य सचिव सूर्यलाल भण्डारीले दशौं राष्ट्रिय खेलकुद २०८१ सालमा कर्णाली प्रदेशमा आयोजना हुने निर्णय भएको जानकारी दिए । उनले २०८१ मै हुने तर महिना भने तय हुन बाँकी रहेको बताए । ‘२०८१ बैशाख वा मंसिरमा गर्ने भन्ने छ,’ भण्डारीले भने । बैठकमा एघारौं राष्ट्रिय प्रतियोगिताका लागि समेत विभिन्न प्रदेशले माग राखेका थिए । मधेश प्रदेशले एघारौं संस्करण आयोजना गर्नका लागि अहिल्यै प्रस्ताव गरेको छ । यस्तै सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश लगायतले पनि एघारौं राष्ट्रिय खेलकुद आयोजनाका लागि दाबी राखेका थिए । यद्यपि अब सिधै आयोजक तोक्ने भन्दा पनि बिडिङ सिस्टमबाट आयोजक तय गर्नुपर्ने विषयमा पनि छलफल भएको भण्डारीले बताए । बिहीबार पोखरा रंगशालामा नवौं राष्ट्रिय खेलकुद समापनका अवसरमा दशौं राष्ट्रिय खेलकुद आयोजनाका लागि झण्डा हस्तान्तरण गरिनेछ ।
पोखरा : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत टेनिसको व्यक्तिगत इभेन्ट तर्फ नेपाली सेनाले दुई र आयोजक गण्डकी प्रदेशले एक स्वर्ण जितेका छन् । पोखरा रङ्गशालाको टेनिस कोर्टमा आज सम्पन्न फाइनल खेलमा सेनाले मिक्स डबल्स र महिला डबल्स तर्फ स्वर्ण जितेको हो । गण्डकीले ‘पुरुष डबल्स’मा स्वर्ण जितेको हो । महिला डबल्समा नेपाली सेनाका अविलाशा विष्ट र इरा रावतको जोडीले बागमती प्रदेशका रायना शाह र प्रकृति श्रेष्ठको जोडीलाई ६–३,६–४ को सेटमा पराजित गरी स्वर्ण जित्नुभयो । त्यसैगरी मिक्स डबल्सतर्फ सेनाका प्रनभ खनाल र अविलाशा विष्टको जोडीले नेपाल पुलिसका आर्यन गिरी र आयशा डोल्कर गुरुङको जोडीमाथि ६–४,६–० सेटको जित निकाल्दै स्वर्ण जित्दा प्रहरीले कास्य पदकमा चित्त बुझायो । यसैगरी ‘पुरुष डबल्स’तर्फ गण्डकीका प्रदीप खड्का र अनिल शाहीको जोडीले विभागीय सेनाका प्रनभ खनाल र अकी जुवेन रावतको जोडीलाई फाइनलमा पराजित गरी स्वर्ण जित्नुभयो । गण्डकीका खड्का नेपालको पहिलो वरियताका खेलाडी हुनुहुन्छ भने सेनाका खनाल द्धितीय वरियतामा हुनुहुन्छ । खेलको पहिलो सेट गण्डकीले ७–५ सेटले जित्दा दोस्रो सेट भने ४–६ मा गुमायो । ‘सुपरटाइ’मा गण्डकीले १०–८ अङ्कले गण्डकीले नतिजा आफ्नो पक्षमा ल्यायो ।
पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको बक्सिङ प्रतियोगितामा त्रिभूवन आर्मी क्लव ११ स्वर्ण सहित च्याम्पियन बन्न सफल भएको छ । एपिएफले ४, बागमतीले ३, एनआरएनले २, गण्डकी प्रदेश, प्रदेश नं.१ र नेपाल पुलिसले समान १–१ स्वर्ण जितेको छ । प्रतियोगिता अन्तर्गत ४८ केजी तौल समूहमा आर्मीका सुशील थापाले स्वर्ण पदक जिते । उनले वागमती प्रदेशका रवीन थापालाई ५–० ले हराउँदै स्वर्ण पदक जितेका हुन् । स्वर्ण पदकमा चुकेका रवीनले रजत पदक जित्दा एपीएफका आश तामाङ र लुम्बिनी प्रदेशका सुरज ओलीले काश्य पदक जिते । ५१ केजी तौल समूहमा नेपाल पुलिस क्लवका चन्द्रबहादुर थापाले स्वर्ण पदक जिते । उनले एपीएफ क्लवका प्रदीप महर्जनलाई ३–२ ले पराजित गर्दै स्वर्ण जितेका हुन् । पराजित प्रदीले रजत पदक जित्दा वागमतीका लालप्रसाद उप्रेती र आर्मीका सुवास तामाङले काश्य पदक जिते । ५४ केजी तौल समूहमा आर्मीका प्रेम चौधरीले स्वर्ण पदक जिते । उनले प्रदेश–१ का आङपेम्वा शेर्पालाई ५–० ले पराजित गर्दै स्वर्ण जितेका हुन् । आङपेम्वाले रजत पदक प्राप्त गर्दा गण्डकी प्रदेशका पूर्णबहादुर गुरुङ र वागमतीका मदनकृष्ण डंगोलले काश्यमा चित्त बुझाए । ५७ केजी तौल समूहमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का शिबु थापाले स्वर्ण पदक जिते । उनले एपीएफका पुरण राईलाई ५–० ले पराजित गर्दै स्वर्ण जितेका हुन् । पराजित पुरणले रजत पदक जित्दा गण्डकीका बुद्ध ग्याल्मो लामा र कर्णाली प्रदेशका प्रकाश शाहीले काश्य पदकमा चित्त बुझाए । ६० केजी तौल समूहमा आर्मीका पुरन सुनुवारले स्वर्ण पदक जितेका छन् । उनले लुम्बिनी प्रदेशका अनिलकुमार पुनमगरलाई ४–१ ले हराउँदै स्वर्ण जितेका हुन् । लुम्बिनीका अनिलले रजत पदक जित्दा वागमतीका सुलभ माली र गण्डकीका निश्चल गुरुङले काश्य जिते । लाईट ६३ केजी तौल समूहमा वागमतीका मौसम रानामगरले स्वर्ण पदक जितेका छन् । उनले आर्मीका लालु आले मगरलाई पराजित गर्दै स्वर्ण जितेका हुन् । उपबिजेता आलेले रजत पदक हात पार्दा गण्डकीका सफल घर्तीमगर र लुम्बिनीका नेत्रबहादुर थापाले काश्य पदक जिते । ६७ केजी तौल समुहमा आर्मीका दानबहादुर दर्मालीले स्वर्ण जित्दा प्रदेश १ का अभिनया राईले रजत तथा दावा छिरिङ लामाले कास्य जिते । लाइट ७१ केजीमा एनआरएनका चन्द्रबहादुर तामाङले स्वर्ण, आर्मीका दिपेश लामा रजत र एपिएफका निश्चि विष्ट र सुदुरपश्चिम प्रदेशका श्याम बहादुर महतोले कास्य प्राप्त गरे । ७५ केजी तौल समूहमा आर्मीका दिपक श्रेष्ठले स्वर्ण, प्रदेश पाँचका हेमराज रावतले रजत तथा प्रदेश नं. १ का प्रशान्त दाहाल र बागमती प्रदेशका विनिश राईले कास्य जिते । लाइट ८० केजी तर्फ आर्मीका महेन्द्र केसीले स्वर्ण, बागमतीका मोहन तामाङले रजता तथा प्रदेश १ का फुर्देनी शेपार्ल र सुदुरपश्चि प्रदेशका राजसिंह औग्रीले कास्य हात पारे । ८६ केजी तौल समूहमा एपिएफका रविन नेपालीले स्वर्ण, बागमती प्रदेशका विजय बाटाले रजता तथा गण्डकी प्रदेशका किरण विक र लुम्बिनी प्रदेशका अमर बहादुर पालीले कास्य हात पारे । ९२ केजी तौल समूहमा गण्डकीका दिपक सुनुवारले स्वर्ण, आर्मीका गणेश प्रधानले रजता तथा एपिएफका गोकुल गुरुङले कास्य हात पारे । ९२ केजीभन्दा माथिको तौल समूहमा आर्मीका आसिष दवाडीले स्वणृ, बागमती प्रदेशका उज्वल सिंह बस्नेतले रजत तथा लुम्बिनी प्रदेशका सुजन थापा मगर र सुदुरपश्चिम प्रदेशका सुरज ओझाले कास्य हात पारे । महिलातर्फ ४८ केजी तौल समूहमा वागमती प्रदेशकी सुष्मा तामाङले स्वर्ण जितिन् । उनले एपीएफकी नीता गोसाईंलाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । नीताले रजत पदक प्राप्त गर्दा लुम्बिनीका जानकी थापामगर र आर्मीकी आरती बमजनले काश्य पदकमा चित्त बुझाए । महिलातर्फको ५० केजी तौल समूहमा पुलिसकी दीवाना शर्माले स्वर्ण पदक जितिन् । उनले वागमती प्रदेशकी अस्मिता दुवाललाई ५–० ले पराजित गर्दै स्वर्ण जितेकी हुन् । अस्मिताले रजत पदक प्राप्त गर्दा एपीएफकी ङङ्गा बुढामगर र गण्डकीकी सोनिया बरुवालले काश्य पदकमा चित्त बुझाए । ५२ केजी तौल समूहमा आर्मीकी मीनू गुरुङले स्वर्ण पदक जितिन् । उनले वागमतीकी अञ्जली तेलीलाई ५–० ले पराजित गर्दै स्वर्ण जितेकी हुन् । अञ्जलीले रजत पदक प्राप्त गर्दा एपीएफकी सञ्जुमाया थिङ र लुम्बिनीकी माया केसीले काश्य पदक जिते । ५४ केजी तौल समूहमा आर्मीकी वर्षा श्रेष्ठले स्वर्ण पदक जितेकी छन् । उनले प्रदेश–१ की सुस्मिता राईलाई ५–० ले पराजित गर्दै स्वर्ण जितेकी हुन् । सुस्मिताले रजत पदक हात पार्दा पुलिसकी निशा तामाङ र सुदूरपश्चिम प्रदेशकी अनुजा तामाङले काश्यमा चित्त बुझाए । र ५७ केजी तौल समूहमा आर्मीकी चन्द्रकला थापाले स्वर्ण पदक जितिन् । उनले गण्डकीकी प्रियङ्का गुरुङलाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । प्रियङ्काले रजत पदक प्राप्त गर्दा वागमतीकी हेमा राई र लुम्बिनीकी सुजनकुमारीले काश्यमा चित्त बुझाए । ६० केजी तौल समूहमा एपिएफकी संगिता सुनारले स्वर्ण, आर्मीकी संगिता डंगलले रजता तथा बागमती प्रदेशकी दिछेन शेर्पा र लुम्बिनी प्रदेशकी सुक्ष्या कुमारी कुमालले कास्य पदक जितिन् । ६३ केजी तौल समूहमा आर्मीकी पुनम रुवालले स्वर्ण, सुदुरपश्चिम प्रदशकी संजिता चौधरीले रजत तथा एपिएफकी माया चौधरी र कर्णाली प्रदेशकी अस्मीता चन्दले कास्य जितिन् । ६६ केजी तौल समूहमा एपिएफकी विनिता मगरले स्वर्ण, सुदुरपश्चिम प्रदेशकी सपना आदिले रजत तथा बागमती प्रदेशकी निश्मा गुरुङ र आर्मीर्की निरु गुरुङले कास्य हात पारिन् । ६९ केजी तौल समूहमा एपिएफकी सरस्वती राना मगरले स्वर्ण, आर्मीकी अनुपा चौधरीले रजत तथा बागमती प्रदेशकी स्मृती विश्वास र सुदुरपश्चिम प्रदेशकी प्रिया सुनारले कास्य प्राप्त गरिन् ।
पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता, २०७९ अन्तर्गत कराँतेका १९ स्वर्ण पदकमध्ये विभागिय नेपाल पुलिस क्लवले सर्वाधिक ९ स्वर्ण पदक हात पार्दै करातेमा आफ्नो बर्चस्व कायम गरेको छ । गत असोज २९ गतेदेखि बुधबारसम्म पर्वत सदरमुकाम कुश्मा बजारको बडागाउँस्थित सेमी कभर्ड हलमा भएको ५३ औं राष्ट्रिय कराँते प्रतियोगितामा ९ स्वर्ण, ३ रजत र ५ कास्य पदक गरि कुल १७ पदक सहित पुलिस च्याम्पियन बन्न सफल भएको हो । दोस्रो स्थानमा रहेको एपीएफ क्लबले ५ स्वर्ण, २ रजत र ७ कास्य सहित १४ पदकका हासिल ग¥यो । त्रिभुवन आर्मी क्वल २ स्वर्ण, ५ रजत र १ कास्य गरी कुल ८ पदक सहित तेस्रो स्थानमा रह्यो । बागमती प्रदेशले २ स्वर्ण, २ रजत र ४ कास्य गरि ८ पदक हात पारेको छ । त्यस्तै सुदुरपश्चिम प्रदेशले १ स्वर्ण सहित ६ कास्य पदक प्राप्त गर्दा गण्डकीले ३ रजत र ३ कास्यमा चित्त बुझायो । प्रदेश नम्बर १ ले ३ रजत र ६ कास्यपदक प्राप्त ग¥यो । लुम्बिनी प्रदेशले १ रजत र ३ कास्य पदक प्राप्त गर्दा कर्णालीले भने २ कास्य पदकमा मात्रै चित्त बुझाउनुप¥यो । कर्णाली प्रदेशले २ कास्य पदक लिन सफल हुँदा मधेश प्रदेशले भने १ कास्यमा मात्रै चित्त बुझाएको छ । करातेमा १९ स्वर्ण, १९ रजत र ३८ कास्य सहित जम्मा ७६ पदकका लागि खेल भएको हो । हतारमा भएको तयारीका बिच कराँतेका खेलाडीहरुले भने पर्वतमा खेल पुर्वाधारको अभाव भएको प्रतिकृया दिएका छन् । खेलको अन्तिम दिन खेलाडीलाई कुश्मा नगरपालिकाका मेयर राम चन्द्र जोशीले पदक हस्तान्त्रण गरेका हुन ।
तनहुँ : नवौं राष्ट्रिय खेलकुद अन्तर्गत तनहुँ जिल्लामा भएको महिला बास्केटबल प्रतियोगितामा त्रिभुवन आर्मीले स्वर्ण पदक हात पारेको छ । बुधबार भएको फाइनल खेलमा त्रिभुवन आर्मीले वाग्मती प्रदेशलाइ ४५–३० को अन्तरमा पराजित गरेको थियो । यो संगै वाग्मती प्रदेशले रजत पदक हात पारेको छ । प्रतियोगिताको पहिलो र दोस्रो चरणमा त्रिभुवन आर्मीले १०–८ र १४–७ को अन्तर कायम गरेको थियो । तेस्रो चरणमा भने वाग्मतीले उत्कृष्ट खेल प्रदर्शन गरि १२–८ को अन्तर बनायो । अन्तिम चरणमा वाग्मतीको कमजोर खेल प्रदर्शनको फाइदा उठाउदै आर्मीले १३–३ को फराकिलो अन्तर बनायो । आर्मीको जितमा प्रतीक्षा मगरले ११ अंक जोडेकी थिइन । सेमिफाइनल खेलमा वाग्मती प्रदेशले सुदुरपश्चिम प्रदेशलाई र आर्मीले गण्डकी प्रदेशलाई पराजित गर्दै फाइनलको यात्रा तय थियो। यसै गरि थ्री बाइ थ्री महिला बास्केटबलमा एपीएफले स्वर्ग पदक हात पारेको छ भने त्रिभुवन आर्मीले रजत पदक हात पारेको छ ।
पोखरा : पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ब्याडमिन्टनको एकलतर्फ प्रिन्स दाहाल र रशिला महर्जनले स्वर्ण पदक जितेका छन् । पोखरा रंगशालाको बुधबार पुरुष एकलमा पुलिस क्लबका प्रिन्स दाहाल र महिलामा आर्मीकी रशिलाले स्वर्ण पदक जितेका हुन् । प्रिन्सले फाइनलमा पुलिसकै बिष्णु कटवाललाई २१–१२ र २१–९ ले पराजित गरे गरिन् । त्यस्तै, लुम्बिनीका इरफान अन्सारी र आर्मीका प्रफुल महर्जनले कास्य पदक जिते । महिलातर्फ रशिलाले आर्मीकै अनुमाया राईलाई हराएर स्वर्ण जितेकी हुन् । आर्मीकी अमिता गिरि र प्रदेश १ की नङ्सलदेवी तामाङले कास्य पदक हात पारेकी छिन् । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत ब्याडमिन्टनका ४ इभेन्टका सेमिफाइनल खेल पूरा भएका छन् । महिला एकल, पुरुष एकल, मिक्स्ड डबल, महिला डबल र पुरुष डबल विधाका फाइनल खेल पूरा भएको थियो । बुधबार भएको पहिलो खेलमा महिला एकलमा प्रदेश १ की नंशाल तामाङलाई हराउँदै आर्मीकी रशिला महर्जन फाइनल पुगेकी थिइन् । महिला एकलको अर्को सेमिफाइनलमा आर्मीकै अमिता गिरीलाई हराउँदै आर्मीकी अनु माया राई फाइनल प्रवेश गरेकी थिइन् फाइनलमा त्रिभुवन आर्मीका रशिला र अनुबीच खेल भएको थियो । पुरुष एकलमा लुम्बिनीका इरफान अन्सारीलाई हराउँदै विष्णु कटवाल र आर्मीका प्रफुल्ल महर्जनलाई हराउँदै पुलिस क्लबका प्रिन्स दाहाल फाइनल थिए । मिक्स्ड डबलमा गण्डकीलाई हराउँदै पुलिसका जीवन आचार्य र नीता लम्साल फाइनल पुगे भने आर्मीकै सुरज महर्जन र अमिता गिरीलाई हराउँदै आर्मीका प्रफुल्ल महर्जन र रशिला महर्जन फाइनल गएका थिए । महिला डबलमा प्रदेश १ लाई हराउँदै आर्मीका अभिमता गिरी र रशिला महर्जन र दोस्रो सेमिफाइनलमा एपीएफ हराउँदै आर्मीका प्राथना देउवा र अनु माया राई फाइनल भिडेका थिए । पुरुष डबलमा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबीच फाइनल हुने पक्का भएको छ । आर्मीका प्रफुल्ल महर्जन र रुकेश महर्जनले फाइनलमा पुलिसका प्रिन्स दाहाल र सुदीप सेढाइसँग खेल्नेछन् । आर्मीले पुलिस र पुलिसले गण्डकीलाई हराउँदै फाइनलमा एकअर्कासँगको भेट पक्का गरेका हुन् ।
पोखरा : नवौँ राष्ट्रिय खेलुकद प्रतियोगिता अन्र्तगत गोरखामा जारी बुद्धिचाल प्रतियोगिताको खुल्ला बिल्च चरणको खेलमा त्रिभुवन आर्मी क्लबका रुपेश जैसवाल र महिला बिल्च चरणको खेलमा त्रिभुवन आर्मीकै सुजना लोहनीले स्वर्ण पदक हात पारेका छन् । प्रतियोगिता अन्र्तगत आज सम्पन्न बिल्च चरणको खेलमा जैसवाल कुल ९ खेल मध्ये ८ खेलमा जीत र एक खेलमा ‘ड्र’ खेलेर ८.५ अंकका साथ स्वर्ण पदक हात पार्न सफल हुनुभएको हो । खुल्ला बिल्चमा नेपाल पुलिस क्बलका क्षितिज भण्डारीले दोस्रो हुदै रजत पदक प्राप्त गर्नुभएको छ भने त्रिभुवन आर्मी क्बलकै सचिन मर्हजनले तेस्रो स्थान हात पार्दै कास्य पदक जित्नु भएको छ । नेपाल पुलिस क्बलका भण्डारीले कुल ९ खेलमा ७ जीत, एक हार र एक ‘ड्र’ गरेर ७.५ अंक प्राप्त गर्नुभएको थियो । त्यस्तै त्रिभु्वन आर्मी क्बलका मर्हजनले ९ खेलमा ६ जीत, २ हार र एक खेलमा ‘ड्र’ गर्दै तेस्रो हुन सफल भएको हो । उहाँले ६.५ अंक प्राप्त गर्नुभएको थियो । प्रतियोगिताको महिला तर्फको बिल्च इभेन्टमा त्रिभुवन आर्मी क्बलकी सुजना लोहनीले ९ खेलमा ९ ओटै खेल जितेर ९ अंकका साथ स्वर्ण जित्न सफल हुनभएको हो । प्रतियोगितामा नेपाल पुलिक क्लबकी पूर्णिमा गुरुङले ८ खेलमा जीत र एक खेलमा हार व्यर्होदै कुल ८ अंकका साथ कास्य पदक जित्नु भएको छ । त्यस्तै महिला बिल्चमा त्रिुभवन आर्मी क्लबकी सिन्दिरा जोशीले ९ खेलमा ६ खेल जित्दै ६ अंकका कास्य पदक हात पार्न सफल सफल हुनुभएको छ ।

