पोखरा:   कास्की क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि सभा सदस्यको उम्मेदवार बिना गुरुङले मतदातासँग भेट्ने तथ नीतिगत तहबाट गर्न सकिने कामहरुको छलफल गर्ने अभियान चलाइरहेकी छन् । &nbs...

पोखराः पोखरा महानगरपालिकाका निवर्तमान मेयर मानबहादुर जिसीकाे छोरी अञ्जु जिसीले हालै निर्वाचित मेयर धनराज आचार्यलाई सुझावसहित बधाई दिएकी छिन् ।    ‘नगरपितालाई छोरीको सन्देश’ भन्दै अञ्जुले मेयर आचार्यलाई बधाईमात्रै दिएकी छैनन्, उनले बुवा मानबहादुरले राम्रो काम गर्दागर्दै विभिन्न बहानामा हस्पिटलको बेडसम्म पु¥याएको दुखेसो पनि पोखेकी छिन् । बुवा मानबहादुर सत्यको बोटोमा अडिग रहँदा हस्पिटलसम्म पुग्नुपरेको अर्थात बिरामी नै हुनुपरेको र अहिलेको अवस्थमा पुगेको भाव उनको स्टाटसबाट बुझ्न सकिन्छ ।   उनको स्टाटसलाई केलाउँदा बुवा मानबहादुर आफ्नैबाट पीडित हुनुपरेको, स्वास्थ्यवस्था बिग्रेको, आसेपासेबाट दबाब आएकोलगायत उल्लेख गरिएको छ ।    अञ्जुले दिएको सुझावमा राम्रो काम गर्दा सबै आफ्नो हुन्छन् भन्ने भ्रम त्याग्न अनुरोध गर्दै दबाब सहन सक्ने क्षमता आवश्यक रहेको उल्लेख गरेकी छिन् ।    अञ्जुको स्टाटसः  

पर्सा- पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि पर्साको वीरगञ्जका खुद्रा ढुवानी व्यवसायीले सम्पूर्ण ढुवानी सेवा बन्द गरेका छन् । ढुवानी व्यवसायी सङ्घ वीरगञ्जका अनुसार पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव ढुवानी व्यवसायीलाई परेको भन्दै उनीहरुले ढुवानी सेवा बन्द गरेका हुन् ।   पेट्रोलियम पदार्थमा अत्यधिक मूल्य वृद्धि भए पनि ढुवानी भाडामा वृद्धि नभएकाले तत्कालका लागि सबै प्रकारका ढुवानी सेवा बन्द गरिएको सङ्घका उपाध्यक्ष प्रविनकुमार कर्णले जानकारी दिनुभयो । वीरगञ्जबाट दैनिक कम्तीमा ४० देखि ६० व्यवसायीले खुद्रा सामग्री लिएर पूर्व-पश्चिमका विभिन्न सहरमा जाने गरेका थिए ।   सङ्घमा आवद्ध ४६ खुद्रा ढुवानी व्यवसायीले खर्चअनुसारको ढुवानी भाडामा समायोजन गरिनुपर्ने माग राखेको सङ्घका अध्यक्ष बालकृष्ण पोखरेलले बताउनुभयो । पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएसँगै ढुवानीमा पनि समयसापेक्ष मूल्य बढाउनुपर्ने व्यवसायीको माग छ ।

पोखराः अटेरी अभियानमार्फत पोखरा महानरपालिकामा मेयरतर्फ स्वतन्त्र उम्मेदवारी दिएका गनेस पौडेलले पोखरेली मतदाताप्रति हार्दिक सम्मान व्यक्त गरेका छन्     महानगरको नतीजा फाइनलपछि सामाजिक सञ्जालमार्फत पौडेलले भनेका छन् ‘हामी पोखरेली अभिमतप्रति उच्च सम्मान व्यक्त गर्दछौ ।’ अटेरीले महानगरभित्र विभिन्न पदमा १७ उम्मेदवारलाई प्रतिष्पर्धामा उतारेको थियो ।    लौरो चुनाव चिन्ह लिएर उठेका पौडेलले ३ हजार ३० मत प्राप्त गरेका छन् । 

पोखरा:    जनएकता क्लबको आयोजनामा सञ्चालित प्रथम सेभेन ए साईड फुटबल प्रतियोगिता अन्तर्गत सोमबारको खेलमा रविन्स गार्डेनलाई पुलिस ट्रेनिङ  सेन्टरले ४–० गोलले पराजित गर्दै अर्को चरण प्रवेश गरेको छ ।    पुलिसका लागि कृष्ण गुरुङले दुई तथा सुर्य मगर र शक्ति मिजारले समान एक एक गोल गरे । खेलमा शक्ति मिजार म्यान अफ दि म्याच घोषित भए ।   त्यस्तै दोस्रो खेलमा बि–१३ लाई भिमकाली एफसीले २–० गोलले पन्छाएको छ । सुमित श्रेष्ठले दुवै गोल गर्दै म्यान अफ दि म्याचको हकदार भए ।    तेस्रो खेलमा मर्दी एफसीले रिलीमिली एफसीलाई ६–० ले पराजित गरेको छ । विशाल सुनारले दुई, रोशन थापाले २ र मनिष थापाले दुई गोल गरे । खेलमा विशाल सुनार म्यान अफ दि म्याचबाट पुरस्कृत भए । चौथो खेलमा २५ केले कमलपोखरी एफसीलाई १–० को कठिन जित निकाल्यो । अनिष परियारले निर्णायक गोल गर्दै म्यान अफ दि म्याच हकदार बने ।    मन्त्र चर्च ब्वाईजले मेरो नेपाली युथ क्लब बीलाई ६–० ले पराजित गरेको छ । मन्त्रको लागि भिडी छन्त्यालले ह्याट्रिक गरे । निशान गुरुङले एक, बीर तामाङ र साईमन तामाङले एक एक गोलको योगदान दिए । छन्त्याल म्यान अफ दि म्याच भए ।    भदौरे एफसी जनएकता युथा क्लब सेतोसँग २–१ गोलले पराजित हुन पुग्यो । भदौरेका लागि राजन थापाले गोल गरे । जनएकताका लागि रविन गुरुङ र राहुल थापाले गोल गर्दै जित दिलाए । राहुल म्यान अफ दि म्याच घोषित भए । त्यस्तै मनोहर एफसीलाई कमलपोखरी एफसीले ६–० ले पन्छायो । अजय गुरुङले चार तथा उपेन गुरुङ र सुदेश गुरुङले एक एक गोल गरेका थिए ।      रामेश्वरी माविको खेलमैदानमा आयोजित प्रतियोगितामा ४६ टोलीको सहभािगता रहेको छ । विजेताले १ लाख ११ हजार रुपैयाँ र उपविजेताले ६१ हजार रुपैयाँ प्राप्त गर्ने छन् । 

काठमाडौं, स्थानीय तह निर्वाचनअन्तर्गत हालसम्म ७३८ पालिकाको नतिजा सार्वजनिक भएको छ। जसअन्तर्गत नेपाली कांग्रेसले ३२२ पालिका जितेको छ भने नेकपा एमालेले २०२ पालिका जितेको छ।   यसैगरी, नेकपा माओवादी केन्द्रले १२० पालिका जित्दा नेकपा एकीकृत समाजवादीले ११, जनता समाजवादी पार्टीले २१ र अन्य पार्टीले ६२ पालिका जितेका छन्। मंगलबार विहान ११ बजेसम्म निर्वाचन आयोगको केन्द्रीकृत डाटामा समाविष्ट तथ्याङ्कअनुसार नेपाली काँग्रेसले १३४ पालिकामा प्रमुख पद जितेको छ भने चार पालिकामा अग्रता लिएको छ।   यस्तै, नेकपा एमालेले ७९ पालिकामा प्रमुख पद जितेको छ भने तीन पालिकामा अग्रता लिएको छ। नेकपा माओवादी केन्द्रले २४ पालिकामा प्रमुख पद जितेको छ भने दुई पालिकामा अग्रता लिएको छ। यस्तै, नेकपा एकीकृत समाजवादीले ११ पालिकामा प्रमुख पद जितेको छ भने एक पालिकामा अग्रता कायम गरेको छ।   यस्तै, अन्य पार्टीले ३० पालिकामा प्रमुख पद जितेका छन् भने तीन पालिकामा अग्रता बनाएका छन्। ४६० गाउँपालिकातर्फ सबै पालिका अध्यक्षको टुंगो लागेको छ जसअन्तर्गत कांग्रेसले १८८ पालिकामा अध्यक्ष पद जितेको छ । एमालेले १२३ पालिकामा अध्यक्ष पद जितेको छ ।। माओवादी केन्द्रले ९६ पालिकामा अध्यक्ष पद जितेको छ ।   जनता समाजवादी पार्टीले २१ पालिकामा अध्यक्ष पद जितेको छ । यस्तै, अन्य पार्टीले ३२ पालिकामा अध्यक्ष पद जितेका छन् । यस्तै, काँगेसले १०५ पालिकामा उपप्रमुख पद जितेको छ भने पाँच पालिकामा अग्रता लिएको छ। यस्तै, एमालेले १०६ पालिकामा उपप्रमुख पद जितेको छ भने सात पालिकामा अग्रता लिएको छ। माओवादी केन्द्रले ३३ पालिकामा उपप्रमुख पद जितेर कुनै पालिकामा अग्रता बनाएको छैन ।   जनता समाजवादीले ११ पालिकामा उपप्रमुख पद जितेको छ भने एक् पालिकामा अग्रता बनाएको छ । अन्यले २३ पालिकामा उपप्रमुख पद जितेका छन् भने कुनै पालिकामा अग्रता बनाएको छैन । यस्तै, काँग्रेसले १९० पालिकामा उपाध्यक्ष पद जितेको छ भने अग्रता लिएको छैन्। एमालेले १२६ पालिकामा उपाध्यक्ष पद जितेको छ भने अग्रता लिएको छैन ।   माओवादी केन्द्रले ९५ पालिकामा उपाध्यक्ष पद जितेको छ भने कुनै पालिकामा अग्रता लिएको छैन। जनता समाजवादी पार्टीले १९ पालिकामा उपाध्यक्ष पद जितेको छ भने कुनै पालिकामा अग्रता बनाएको छैन।   अन्यले ३० पालिकामा उपाध्यक्ष पद जितेका छन् भने दुई अग्रता लिएका छैनन्। यस्तै, काँग्रेसले दुई हजार ६३१ वटा वडामा अध्यक्ष जितेर दुई वटा वडामा अग्रता लिइरहेको छ। एमालेले दुई हजार १११ वटा वडा जित्दा कुनै वडामा अग्रता लिएको छैन । नेकपा माओवादी केन्द्रले एक हजार ४८ वटा वडामा अध्यक्ष जितेको छ। अग्रता लिएको छैन ।   यस्तै, जनता समाजवादी पार्टीले २८८ वटा वडामा अध्यक्ष जितेको छ भने कुनै वडामा अग्रता लिएको छैन । अन्यले ५८४ वटा वडा जितेका छन् भने दुई वटामा अग्रता लिएका छन्।

कास्कीः अन्नपूर्ण गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष विष्णुबहादुर केसीले आज सपथ एवं पदभार ग्रहण गरेका छन् ।    पदभारलगत्तै बसेको पहिलो बैठकबाट अध्यक्ष केसीले पालिकावासीलाई स्वास्थ्य बीमाको सेवा दिने बताएका छन् । बैठकको निर्णयानुसार आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्न ६ हजार ४०६ धरपरिवारलाई बीमा गराइनेछ ।    जसअनुसार बीमा शूल्क रहेको ३५ सय रुपैयाँमा पालिकाले पचास प्रतिशत व्यहोर्ने निर्णय गरिएको केसीले जानकारी दिएका छन् ।    त्यस्तै, उपाध्यक्ष चन्द्रकला अधिकारीले गाउँपालिकाभित्र रहेका अपांग र असहायहरुको सामाजिक सुरक्षामा योजना अनुरुप स्वास्थ्य परीक्षण र अपांगता परिचयपत्र उपलब्ध गराउने निर्णय भएको उल्लेख गरिन् । त्यस्तै, स्वास्थ्य   परीक्षण र परिचयपत्र वितरण सम्बन्धित वडाको टोलटोलमा पुगेर उपलब्ध गराउने अधिकारीले बताएकी छिन् ।    अध्यक्ष र उपाध्यक्ष नेकपा एमालेबाट निर्वाचित हुन् । 

पाल्पा, पाल्पाको १० वटा पालिकामध्ये ६ वटा पालिकामा अध्यक्ष र उपाध्यक्षसहित नेकपा (एमाले) पहिलो दल बनेको छ ।   वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेद्वारले बगनासकाली, रम्भा, पूर्वखोला, निस्दी, माथागढी र तिनाउ गाउँपालिकाको अध्यक्ष जितेको हो । तिनाउ गाउँपालिकामा भने उपाध्यक्षमा नेपाली कांग्रेसले जितेको छ ।   २०७४ सालको निर्वाचनमा एमालेले पाल्पाको छ वटा पालिका जितेको थियो । भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेले पहिले जितेको रिब्दीकोट गुमाएको छ भने पहिले कांग्रेसले जितेको माथागढीमा एमालेका उम्मेदवार विजयी भएको छ । पाल्पामा एमालेले अध्यक्ष र उपाध्यक्षको सङ्ख्या ११ पु-याएको छ ।    यस्तै, कांग्रेसले जिल्लाका दुई नगरपालिकासहित तीन पालिकामा आफ्नो उम्मेदवारलाई जिताएको छ । कांग्रेसले जिल्ला सदरमुकाम तानसेन, रामपुर नगरपालिका र रैनादेवी छहरा गाउँपालिकामा आफ्नो उम्मेदवारलाई विजयी बनाएको छ ।   रामपुर नगरपालिकामाबाहेक तानसेन र रैनादेवी छहरामा गठबन्धनमा आबद्ध दल माओवादीसँग तालमेल गरेर कांग्रेसका उम्मेदवार विजयी बनेका हुन् । तानसेनको उपप्रमुख र रैनादेवी छहराको उपाध्यक्षमा माओवादीका उम्मेदवार विजयी भएका छन् ।   २०७४ सालको निर्वाचनमा एउटा पालिकामा पनि प्रमुख पद जित्न नसकेको माओवादीले यसपटक रिब्दीकोट गाउँपालिकामा अध्यक्ष जितेको छ । माओवादी र कांग्रेसको गठबन्धनबाट रिब्दीकोटमा माओवादीले अध्यक्ष र कांग्रेसका उम्मेदवारले उपाध्यक्ष पदमा जितेको छ । जिल्ला निर्वाचन कार्यालय पाल्पाले दिएको जानकारी अनुसार जिल्लाका ८१ वटा वडामा एमालेले ४१, कांग्रेसले ३६, माओवादीले तीन र राष्ट्रिय जनमोर्चाले एक अध्यक्षसहितको पद जितेको छ ।

पोखरा महानगरको मेयरमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यको ‘कलम’ले हालसम्म ४२ हजार ३४८ मत पाएर अग्रता बढाउँदै गएको छ ।    आचार्यका प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण थापाले ३८ हजार ९३५ मत प्राप्त गरेका छन् । दुईबीच ३ हजार ४१३ मतको अन्तर रहेको छ ।    त्यस्तै, नेपाली कांग्रेसबाट उपमेयरकी उम्मेदवार कोपिला रानाभाटले ४२ हजार ५३४ मत ल्याएकी छिन् । रानाभाटलाई एमालेकी मञ्जु गुरुङले १ हजार ७६७ मतले पछि पारेकी छिन् । गुरुङको ४४ हजार ३०१ मत रहेको छ ।    त्यस्तै, अटेरी अभियानको नाममा मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका गनेस पौडेलले हालसम्म २ हजार ६७७ मत ल्याएका छन् ।    अहिलेसम्म १ लाख ५ हजार ८६२ मत गणना भइसकेको छ । मतगणना जारी छ । 

कैलाली- सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल भारी मतान्तरले निर्वाचित हुनुभएको छ । हमाल १२ हजार बढी मतले निर्वाचित हुनुभएको हो ।   मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार स्वतन्त्र उम्मेदवार हमालले २६ हजार ८६५ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम् प्रतिस्पर्धी गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नृपबहादुर वडले १४ हजार ८१७ मत प्राप्त गर्नुभएको छ । यस्तै प्रमुखमा नेकपा (एमाले)का रणबहादुर चन्दले नौ हजार ११५ मत प्राप्त गर्नुभएको छ ।   उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार कन्दकला राना निर्वाचित हुनुभएको छ । उहाँले १५ हजार ४७९ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार शान्ति अधिकारीले १२ हजार ६७० मत प्राप्त गर्नुभएको छ ।   उप्रमुखका स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले छ हजार ६०९ मत प्राप्त गर्नुभएको छ । ९३ हजार १५१ मतदाता रहेको उपमहानगरपालिकामा ६३ हजार ६४७ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।