पोखरा:    नेपाली सिने क्षेत्रका लोकप्रिय कलाकार माओत्से गुरुङले आफ्नी ८४ वर्षीया आमाको शुभ जन्मदिन वृद्धाश्रम पुगेर मनाएका छन् ।   पोखरा १७ स्थित सीतापाइलामा रहेको पोखरा वृद्धाश्रममा पुगेर ...

पोखराः पोखरा महानगरपालिकाबाट साझा उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र नेपाली कांग्रेसकी कोपिला रानाभाटले निर्वाचित भएदेखि एकवर्ष भित्र गर्ने कामको कार्ययोजना प्रस्तुत गरेका छन् ।   उनीहरुले पदवहालीको दिनमा नै महानगरमा सेवाग्राहीलाई अत्यावश्यक सिफारिस निःशुल्क गर्ने कार्यक्रम तय गरेका छन् । एक महिना भित्र हेलो मेयर कार्यक्रम सञ्चालन गर्ने बताएका छन् । ३ महिना भित्र घुम्ती अस्पताल सञ्चालन गर्ने, जेष्ठ नागरि भत्ता घरदैलोमा उपलब्ध गराउने, महानगरको केन्द्रदेखि विभिन्न गाउँसम्म पुग्नका लागि साझा बस सेवा सञ्चालन गर्ने कार्यक्रम बनाएका छन् ।   यस्तै महानगरीय करको दायरा फराकिलो बनाउने कार्यविधि निर्माण, कोठा कोठा चाहार्न नपर्ने एकद्धार नीति तत्काल लागू गर्ने, अनुसन्धानमा आधारित भएर आवश्यकता अनुसारको विकास परियोजना प्राथमिकता निर्धारण गर्ने, प्राथमिकता तोकेर परिचयपत्र वितरण गर्ने ३ महिनामा गरिसक्ने कार्यक्रम गठबन्धनले बनाएको छ । त्यस्तै ६ महिनाभित्र आमा समुहहरुलाई ‘एक समुह एक उत्पादन’ कार्यक्रम सञ्चालन गर्ने, परियोजना धितोमा युवा व्यावसायीका लागि १० लाख सम्मको स्टार्ट अपका रुपमा ऋण लगानी गर्ने, अति विपन्नलाई निशुल्क स्वास्थ्य विमा, कृषि उत्पादनमा समर्थन मुल्य कायम गरी महानगरले  न्यूनतम मुल्यमा खरिद गर्ने व्यवस्था गर्ने, पाटी, पौवा, ढुंगेधारा, चौतारी लगायत सम्पदाको संरक्षण गर्न विषेश प्याकेज ल्याउने कार्यक्रम बनाएका छन् ।   गठबन्धनले जितको खण्डमा महानगरमा कार्यरत विदेशी नागरिकहरुलाई वर्कपरमिटको व्यवस्था गरी करको दायरामा ल्याउने, विजनेश ईन्क् युवेशन ल्याव खोल्ने, वेस्ट बैंक मार्फत फोहर खरिद प्रणाली सुरु गर्ने, मेट्रिक ठेगना प्रणाली लागू गर्ने, स्कूल टू वर्क कार्यक्रम सञ्चालन, एक घर एक बगैंचा कार्यक्रम, जेष्ठ नागरिक स्याहार केन्द्र स्थापना, पोखराका प्रसिद्ध तालबाट रारा लगायत प्रमुख तालहरुमा इन्टरलेक एअर कनेक्सन गर्ने जस्ता कार्यक्रम निर्वाचित भएको ६ महिनाभित्र गरिसक्ने गठबन्धनका मेयर उपमेयरले प्रतिवद्धता जनाएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीले वैशाख ३० गते सूर्यमा मतदान गरेपछि काम सकियो भनेर सुत्न जाने हैन भन्दै मतपेटिकाको अवस्था ख्याल गर्न मतदाता र कार्यकर्तालाई निर्देशन दिएका छन् ।  पोखरामा आयोजित वृहद चुनावी आमसभामा बोल्दै अध्यक्ष ओलीले भनेका छन् ‘सतर्क हुनुहोला, धाँधली हुनेमा चनाखो हुनुहोला ।’ गठबन्धनले मत पाएर हैन मतपेटिकामा चलखेल गरेर जीत्ने इतिहास बनाएका छन् भन्दै चनाखो हुन आग्रह गरेका हुन् ।     ‘भोट हालेर घर जाने हैन, काम सकिएको हुँदैन’ ओलीले भने ‘सुत्ने हैन, आँखा झिमिक्क नगरी मतपेटिकाको आसपास बस्नुहोस् नत्र मन्दिरमा प्रसाद चोर्ने बाँदरजस्तै यता पनि ५ वटा हुल आउनसक्छ ।’   सम्बोधनकै दौरान ओलीले यो सरकार जनताको आदेशले नभई परमादेशले बनेको भन्दै वैशाख ३० गतेपछि पुनः जनताको आदेशमा एमालेले सरकार बनाउने दाबी गरे । ‘अब जनताको बल देखाउने बेला आएको छ, वैशाख ३० पछि एमालेको नाममा तपाइहरु (जनता)को सरकार हुनेछ ।    सोहीक्रममा कांग्रेसको आलोचना गर्दैै ओलीले युवाहरुलाई मलेसिया हैन देशमै रोजगार दिने, व्यवसायी बनाउने भन्दै देशमा अवसरको सृजना गरिदिने नीति रहेको बताए । 

नेकपा एमालेबाट पोखरा महानगरका मेयर प्रत्यासी कृष्ण थापाले सूर्यरुपि महासागरले गठबन्धनलाई ढलाउने बताएका छन् ।    पोखरामा आयोजित वृहद चुनावी आमसभामा बोल्दै प्रत्यासी थापाले सूर्यको ज्वालाले सुकेकोमात्र हैन काँचो वस्तुलाई समेत जलाउने भन्दै गठबन्धनलाई यस निर्वाचनले ढलाउने उल्लेख गरेका हुन् । महानगरवासीलाई स्वास्थ्यमा पहुँच पु¥याउने योजना रहेको बताउँदै थापाले पोखरामा पर्यटन र कृषिको विकासमा दीर्घकालीन नीति ल्याउने दाबी गरे ।    ‘एमालेले मौका पाउँदा हाम्रा कमरेडहरुले धेरै काम गर्नुभएको छ’ थापाले भने ‘अब वडावडामा डिजिटल सेवा दिने हाम्रो लक्ष्य र योजना छ ।’ सम्बोधनकाक्रममा थापाले हिजैदेखि नै एमालेले आधुनिक पोखराको जग बसालेको उल्लेख गर्दै हाल थपिएका वडालाई उन्नत शैलीमा विकास गर्न मतदानको अपील गरे । 

चितवनः आइतबार साँझ ७ः३० बजे भरतपुर –१२ निवासी अनिल परियारको भरतपुर–७ कृष्णपुरको फुटबल मैदान नजिक हत्या भएको पाइएपछि आज चितवन तनावग्रस्त भएको छ ।    हत्या भएको स्थानमा प्रहरी ढिला पुगेको र उपचार गर्न समयमा नै नल्याउँदा परियारको मृत्यु भएको प्रदर्शनकारीको आरोप छ ।   सोही विषयमा कांग्रेस निकट युवाहरुले पूर्व-पश्चिम राजमार्ग बन्द गराएर प्रदर्शन गरेका छन् । उनीहरुले सत्ता गठबन्धनले चुनाव प्रचारप्रसारमा प्रयोग गरेको सवारी साधन समेत तोडफोड गरेका छन् ।   परियारको शव चितवन मेडिकल कलेजमा राखिएको छ । शव उठाउन समेत उनीहरुले दिएका छैनन् । शवलाई भरतपुर अस्पतालमा लगेर पोष्टमार्टम गर्न प्रहरीले सकेको छैन ।   चितवन मेडिकल कलेजमा समेत तोडफोड हुन सक्ने देखिएपछि अस्पताल क्षेत्रमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । अस्पतालको मूल गेटमै प्रहरीहरु तैनाथ छन् ।  

बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मंगलबार रातिदेखि मौन अवधि शुरु हुँदैछ । मौन अवधिमा चुनावी प्रचारका कुनै पनि कार्यक्रम गर्न पाइँदैन ।   चुनावी प्रचारको लागि आज र भोलि दुई दिन मात्रै बाँकी भएकाले दल र उम्मेदवार दौडधुपमा व्यस्त रहेका छन् । भोलि मध्यरातिदेखि अन्तराष्ट्रिय सीमा नाका बन्द हुने भएका छन् ।   भोलि राति १२ बजेदेखि मतदान हुने दिन शुक्रवार राति १२ बजेसम्म सीमा नाका बन्द हुने गृह मन्त्रालयले जनाएको छ ।

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३ गते मङ्गलबार अपराह्न ४ बजे सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।   राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा, ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्ले गरेको सिफारिसअनुसार उक्त दिन दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो ।   राष्ट्रिपति कार्यालयका प्रवक्ता सागर आचार्यले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानको धारा, ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९-१-२५ को सिफारिसमा संवत् २०७९ साल जेठ ३ गते मङ्गलबारका दिन चार बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, बानेश्वरमा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।”

काठमाडौं- वायुसेवा सञ्चालक सङ्घ, नेपालले यही वैशाख ३० गते मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडान बाहेकका सबै नियमित आन्तरिक सेवा बन्द गर्ने बताएको छ ।   निर्वाचन आयोगको ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदान हुने दिनको सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ अनुसार सङ्घमा आबद्ध सबै वायुसेवाले आन्तरिक उडान बन्द गर्न लागेका हुन् ।   सङ्घले आज एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरामाक गठबन्धनका उम्मेदवारलाई मेयर र उपमेयरमा जिताउन कलम र रुखमा मतदान गर्न आव्हान गरेका छन् ।    चार दलीय गठबन्धनद्वारा पोखरा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले पाँच दलीय गठबन्धनलाई तोड्ने प्रयास भइरहेको बताएका छन् ।    गठबन्धन तोड्न प्रतिक्रियावादी शक्ति लागिरहेको उल्लेख गर्दै यो चुनाव त्यस्ता शक्तिलाई परास्त गर्न सफल हुने टिप्प्णी गरे ।   ‘म पोखरावासीलाई विशेष अपील गर्न चाहन्छु’ उनले भने ‘राजनीतिक उपलब्धी जोगाउन समाजवादी र कांग्रेसलाई भोट हाल्नुहोस्  ।’    ‘गठबन्धनले जीतेन भने देश दुर्घटनामा जान्छ’ उनले भने ‘मैले भरतपुरमा बोले यहाँ पनि सोही कुरा दोहो¥याउछु ।  

काठमाण्डौंः नेकपा एमालेका अध्यक्ष ओलीले आज पत्रकार सम्मेलनको आयोजना गरी सम्पूर्ण देशवासीलाई नाकाबन्दी र इतिहासलाई एकपटक पुनः स्मरण गर्न अनुरोध गरेका छन् ।    देशवासीकालागि सार्वभौमत्ताजस्तो अमूल्य अरु नहुने भन्दै अध्यक्ष ओलीले देश र जनताको शिर उँचो पार्न निर्धक्क भई सूर्यमा मतदान गर्न अपील गरे ।     एमालेको सरकारले गरेको विकास र सुधारको व्याख्या गर्दै अध्यक्ष ओलीले त्यसलाई कांग्रेसले उल्टो बाटो भनि कूप्रचार गरेका छन् । ‘हामीले जनताको हितमा र देशको विकासमा गरेको काम कांग्रेसलाई पचाउन गाह्रो भयो’ ओलीले भने ‘हजम नभएपछि उल्टो बाटो भनेर कूप्रचारमा उत्रियो ।’   हालसम्म कांग्रेसले २७ वर्ष शासन चलाएको भन्दै ओलीले यसबीचमा सांसदलाई विदेश लगि बन्धक बनाउने, अदालतको स्वतन्त्रता हनन गर्ने, संसद बिघटन गरी दरबारलाई बुझाउने, राष्ट्र बैंकका गर्भनर निलम्बन गर्ने, प्रहरी संष्ठनभित्र राजनीति गर्नेजस्ता आरोप लगाए ।    ‘कांग्रेसको सरकार देश र जनविरोधी हो’ उनले भने ‘आफ्नो हितको लागि कांग्रेस जता, जे गर्न पनि तयार छ ।’ उनले नेपाली कांग्रेसको परराष्ट्र नीतिले देशको सार्वभौमसत्ता धरापमा परेको भन्दै एमालेको सरकार आवश्यक भएको समेत जिकिर गरे ।