पोखरा:    नेपाली सिने क्षेत्रका लोकप्रिय कलाकार माओत्से गुरुङले आफ्नी ८४ वर्षीया आमाको शुभ जन्मदिन वृद्धाश्रम पुगेर मनाएका छन् ।   पोखरा १७ स्थित सीतापाइलामा रहेको पोखरा वृद्धाश्रममा पुगेर ...

काठमाडौँ,  सामान्यतया अल्छी स्वभाव, काम गर्न आनाकानी गर्ने, भनेको नमान्नेजस्ता व्यवहार देखाउने मान्छेलाई गाली गर्नुपर्दा भनिन्छ ‘यो त कस्तो गधा रहेछ ?’ तर, कामचोर प्रवृत्तिलाई गधासँग दाँजेर बोल्ने नेपाली समाजको बानीलाई परिवर्तन गर्नुपर्ने माग राख्दै नेपालमा पहिलोपटक गधा दिवस मनाउन थालिएको छ ।   मे ८ तारिखलाई गधा दिवसका रूपमा मनाउने घोषणासँगै एनिमल नेपाल संस्थाले सरोकारवाला सबै निकाय तथा नागरिक समाजका व्यक्तिसँग विभिन्न कार्यक्रम आयोजना गर्न लागेको छ । सो संस्थाले गधा, घोडा, खच्चरले यातायात क्षेत्रमा पु-याएको योगदानलाई कदर गर्नुपर्ने र उसको अवमूल्यन गर्न नहुने माग राख्दै सचेतना जगाउने उद्देश्यले यस वर्षदेखि सप्ताहव्यापी गधा दिवस मनाउन लागेको छ । तराईदेखि हिमालसम्म विशेषगरी सामान ढुवानीका लागि प्रयोग गरिने यस्ता जनावरलाई सकुन्जेल काम गराउने र काम गर्न नसक्ने भएपछि छाडा छाड्ने प्रवृत्तिले ती जनावरको वंशविनाश हुनेसम्मको समस्या पर्ने गरेको बताइएको छ ।    हाल नेपालमा गधा, खच्चर र घोडा एक लाख ५० हजारभन्दा बढीको सङ्ख्यामा ढुवानी व्यवसायका लागि प्रयोगमा रहेको सो संस्थाले जनाएको छ । सो संस्थाले ललितपुर जिल्लाको गोदावरी नगरपालिकाअन्तर्गत डुकुछापमा समस्यामा परेका, घाइते, बूढा भइसकेका खच्चर, गधा तथा घोडाको स्याहार केन्द्र स्थापना गरेको छ । विशेषगरी काठमाडौँ उपत्यकाका इँटा उद्योगमा काम गराउन भित्रिएका गधा, खच्चर तथा घोडा अशक्त, वृद्ध तथा घाइते भएपछि सडकमा छाड्ने गरिएको छ । समस्यामा परेका त्यस्ता जनावरलाई स्याहार केन्द्रमा लगेर पालन गर्ने गरिएका संस्थाका प्रमुख हरिप्रसाद जोशीले बताउनुभयो ।    उहाँका अनुसार केन्द्रमा पौष्टिक आहार प्रदान गर्ने तथा उपचार गर्ने गरिएको छ । हाल केन्द्रमा ५० भन्दा बढी समस्यामा परेका गधा, खच्चर र घोडा संरक्षण गरिँदै आएको छ । घोडा, खच्चर, गधा विशेषज्ञ डा. सजना थापाका अनुसार यी जनावरले काम गर्न सकुन्जेल काममा लगाउने र अशक्त, रोगी भएपछि जथाभावी छाड्ने प्रवृत्तिले ती जनावरको बाँच्न पाउने अधिकारको हनन हुने गरेको बताउनुभयो । उहाँले गधा दिवसका अवसरमा यी जनावरले पु-याएको योगदानबारे सचेतना जगाउने, यी जनावरबारे अध्ययन अनुसन्धान गर्न चाहने विश्वविद्यालयका प्राध्यापक, विद्यार्थीसँग अन्तक्र्रिया गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।    अर्का विशेषज्ञ डा. अतिश यादवका अनुसार इँटा व्यवसाय र उच्च हिमाली क्षेत्रको सम्पूर्ण जनजीवनका लागि यातायातको सेवा प्रवाह गर्दै आएका यी जनावरको योगदानलाई सरकारले अध्ययन अनुसन्धान गरी यिनको बाँच्न पाउने अधिकारको सुरक्षा गर्नुपर्ने बताउनुभयो । नेपालबाहेक बेलायत, इजिप्ट, भारत, पाकिस्तानलगायतका अफ्रिकी मुलुकमा ढुवानीको साधनमा प्रयोग हुने यी जनावरको हक–अधिकारका लागि काम हुँदै आएको छ । बेलायतले त अन्य मुलुकमा समस्यामा परेका गधा, खच्चर तथा घोडालाई ल्याएर संरक्षण, हेरचाह गर्ने गरेको सो संस्थाले जनाएको छ ।  गाेरखापत्रबाट साभार  

सङ्खुवासभा: भोटखोला गाउँपालिका– ४ का एक बृद्धाको जग्गा ठगी आरोपमा पक्राउ परेका वडा अध्यक्ष, मालपोत कार्यालयका कर्मचारी र ठगिमा संलग्न एक जनालाई विहीबार पुर्पक्षका लागि थुनामा पठाईएको छ । जिल्ला अदातल चैनपुरले वडा अध्यक्ष किन्साङ भोटे, मालपोत कार्यालयका नायव सुब्बा महेन्द्र पराजुली र स्थानीय सुरेन्द्र तामाङलाई कारागार पठाईएको हो ।   स्थानीय ६२ बर्षीया बिममाया तामाङको जग्गा जालसाजी गरि वडा अध्यक्ष भोटे, नासु पराजुली र स्थानीय तामाङले उनीहरुका नाममा पास गरेपछि बिममाया तामाङले उजुरी दिनुभएको थियो । तामाङको उजुरीको आधारमा ७ जनालाई प्रहरी पक्राउ गरि अनुसन्धान सुरु गरेको थियो ।   पक्राउ परेका अनिस गुरुङ, निमा लाजुङ भोटे र कल्पना शेर्पा जनहि दुई लाख पचास हजार रुपियाँ धरौटी बुझाएर छुटेका छन् । त्यस्तै, पासाङ शेर्पालाई एक लाख रुपैयाँ रुपैयाँ धरौटीमा छोडिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अदालतले तोके बमोजिमको धरौटी रकम जम्मा गरेपछि तारेखमा छोडिसकिएको समेत जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो ।   अध्यक्ष भोटेले बिममायालाई बृद्धाभत्ताको कार्ड बनाई दिने भन्दै सदरमुकाम खाँदबारी ल्याएर प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि बनाएका थिए । उक्त नागरिकताको प्रतिलिपी प्रयोग गरेर मालपोत कार्यालयबाट बिममायाको जग्गा पास गरिएको थियो । बिममायाको आमा बुवाको मृत्युपछि एकल हकदार रहेको बिममायाको नाममा जग्गा पास गर्ने क्रममा कित्ता नम्बर २७५ र २८० को २७ रोपनी जग्गा उनीहरुले आफ्नो नाममा पास गरेका थिए । उक्त दिन नासु पराजुली मालपोत कार्यालयको कार्यबाहक प्रमुख थिए ।   उक्त जग्गा अप्पर अरुण जलविद्युत आयोजना निर्माण स्थलमा पर्छ । आयोजनाबाट जग्गाले मुआब्जा पाउने भएपछि जनप्रतिनिधी, कर्मचारी र आफन्त पर्ने तामाङको मिलेमतो गरि ठगि गरेका हुन् । उक्त जग्गा ‘गिरोह’हरुको नाममा गईसकेपछि मात्र बिममायाले थाहा पाएपछि प्रहरीमा उजुरी दिनुभएको थियो ।

पाेखराः - यही वैशाख ३० गते देशभर एकै चरणमा स्थानीय तह सदस्य निर्वाचन हुँदैछ । निर्वाचन आयोगले सो दिन बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । मतादाताले आफूले चाहेको उम्मेदवारलाई मतदान केन्द्रमा पुगेर मत दिन सक्नेछन् ।   ७५३ स्थानीय तहको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित सदस्य र दुई वडा सदस्यलाई यही वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदाताले मतदान गर्न पाउने आयोगले जनाएको छ ।   गाउँपालिका र नगरपालिकामा एक÷एक जना अध्यक्ष÷प्रमुख र उपाध्यक्ष÷उपप्रमुख निर्वाचित हुनेछन् । यस्तै पालिकाका प्रत्येक वडामा पाँच सदस्यीय वडा समिति निर्वाचत हुनेछ ।   आसन्न स्थानीय निर्वाचनमा ८७ लाख ४१ हजार ५३० महिला, ८९ लाख ९२ हजार १० पुरुष र १८३ अन्य गरी कूल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले मतदान गर्न पाउछन् । मतसङ्केत गर्ने दिन मतदाता फोटोसहितको मतदाता परिचयपत्र लिएर आफ्नो नामावली भएको मतदान केन्द्रमा जानुपर्नेछ ।   मतदानको दिन नजिकिएसँगै निर्वाचन आयोग तथा राजनीतिक दलहरुले मतदाता शिक्षाका कार्यक्रम अगाडि बढाएका छन् । आयोगले सामाजिक सञ्जाल, रेडियो तथा टेलिभिजनमार्फत मतदानका लागि अपिल गर्दै आएको छ । यस्तै राजनीतिक दल तथा तिनका उम्मेदवारले मतदातालाई नमूना मतपत्रमार्फत बदर नहुने गरी मतदान गर्न सिकाइरहेका छन् ।   मतदातालाई सहज होस् भनेर निर्वाचन आयोगले सम्पूर्ण जिल्लाका नमूना मतपत्र सार्वजनिक गरिसकेको छ । मतपत्रको पहिलो कोलममा अध्यक्ष÷प्रमुख, दोस्रोमा उपाध्यक्ष÷उपप्रमुख, तेस्रोमा वडाध्यक्ष, चौथोमा महिला वडा सदस्य, पाँचौँमा दलित महिला वडा सदस्य र छैटौँको दुई कोलममा वडा सदस्य दुई जना उम्मेदवारको निर्वाचन चिह्न राखिएको छ ।   प्रत्येक मतदाताले आफूलाई मन परेका उम्मेदवारको कोठाभित्र स्वतिक छापद्वारा मतसङ्केत गर्नुपर्छ । स्वस्तिक छाप र मसी प्रत्येक मतदान केन्द्रमा व्यवस्था गरिएको हुन्छ । मतदाताले अध्यक्ष÷प्रमुख, उपाध्यक्ष÷उपप्रमुख, वडाध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडा सदस्य र वडा सदस्य दुई जना गरी सात जनालाई मात्र मतदान गर्न पाउँछन् ।   कुनै एक पदका लागि एकभन्दा बढी चिह्नमा मत सङ्केत गरे त्यस्तो मत बदर हुन्छ । दुई वटा चिह्नको बीचमा, कोठा बाहिर र लत्पतिने गरी छाप लगाएमा मत स्वतः बदर हुन्छ । यसैगरी स्वस्तिक छापको सट्टा औँठा छाप लगाएमा, मतपत्रमा केरमेट गरेमा, कुनै चिह्न कोरेमा, मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र प्रयोग गरेमा र मतपेटिका बाहिर मत खसालेमा त्यस्तो मत बदर हुने आयोगले जनाएको छ ।   मतदाताले मतदान केन्द्रमा राखिएको गोप्य मतदानस्थलमा गई आफूलाई मन परेको उम्मेदवारको चिह्नमा स्वस्तिक छाप लगाई, छापको मसी नलतपतिने गरी पट्याएर मतपेटिका खसाल्नुपर्छ ।   मत बदर हुने अवस्थाहरुः १) सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको २) औँठाछाप लगाई वा आयोगद्वारा निर्धारित स्वस्तिक चिह्नबाहेक अन्य चिह्न वा छाप लगाई मतसङ्केत गरिएको ३) मत सङ्केत चिह्न नबुझिने गरी लत्पतिएको वा च्यातिएको ४) उम्मेदवारको निर्वाचन चिह्न रहेको कोठामा मत सङ्केत नगरी अन्यन्त्र मत सङ्केत गरिएको ५) उम्मेदवार नरहेको निर्वाचन चिह्नमा मत सङ्केत गरिएको ६) कुनै पनि उम्मेदवारको निर्वाचन चिह्नमा मत सङ्केत नगरिएको ७) निर्वाचित गर्नुपर्ने सङ्ख्या वा बढी उम्मेवारको निर्वाचन चिह्न भएको कोठामा छुट्टाछट्टै मतसङ्केत गरिएको ८) मत सङ्केत नगरी मतदान अधिकृतलाई मतपत्र फिर्ता दिएको ९) आयोगद्वारा निर्धारित मतपत्रबाहेक अन्य मतपत्रद्वारा मतदान गरिएको १०) मतपेटिका भन्दा बाहिर राखिएको ११) जाली मतपत्र

पोखराः चुनाव चिन्हको विषयमा निर्वाचन आयोग अगाडी प्रदर्शन गर्दा आचार संहिता उल्लंघन गरेको आरोपमा पक्राउ परेका अटेरी अभियानका अशोक खड्का धरौटीमा रिहा भएका छन् ।   खड्का ५ हजार ५५५ रुपैयाँ जरिवाना बुझाएर छुटेको जिल्ला प्रहरी कार्यालय कास्की प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिएका छन् । उनी जिल्ला अदालत कास्कीको आदेशमा छुटेका हुन् ।   सुरुमा अटेरीले चुनाव चिन्ह लौरो पाएपनि पछि आयोगले उक्त चिन्ह दिन नसकिने धारणा राखेपछि अटेरीको समूह विरोधमा उत्रिएका थिए ।   सोही क्रममा खड्काले अभिव्यक्त गरेका भनाईमाथि आयोगले आपत्ति जनाउँदै पक्राउ आदेश दिएको थियो । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको राजनीतिमा हामीले केही लछारपाटो लगाउन नसकेको भन्दै काठमाण्डौंको मेयरमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई जिताउन अपील गरेका छन् ।    पाँच दलीय गठबन्धनद्वारा राजधानीमा आयोजित चुनावीसभामा बोल्दै प्रचण्डले भने ‘कांग्रेसले मेयरमा महिलालाई उठाएको छ’ उनले भने ‘माओवादी र गठबन्धनका साथीहरुले उहाँलाई मतदान गरौं ।’ कांग्रेससको उम्मेदवार नै राजधानीमा उपयुक्त भएको भन्दै प्रचण्डले सिंहको अगुवाइमा अब काठमाण्डौं बन्ने दाबी गरे ।    रुखवालाले हँसिया हथौडा र हँसिया हथौडावालाले रुखमा भोट गर्न गाह्रो मानेको बताउँदै उनले अब त्यस्तो मनस्थिति त्याग्न अनुरोध गरे ।    सोही क्रममा प्रचण्डले आफु हदै सोझो मान्छे भएकोसमेत उल्लेख गरे । ‘म साह्रै सोझो मान्छे रहेछु’ उनले भने ‘त्यही भएर केपी ओलीले दिनसम्म दुख दिए, त्यसपछि माधवजी र म लोकतन्त्र, गणतन्त्र जोगाउन भनेर बाहिरिएको हो ।’ उनले भने ‘ओली प्रवृत्ति देशका लागि घातक छ ।

काठमाडौं: निर्वाचन आयोगले ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदान दिनको सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९’ स्वीकृत गरेको छ ।    आयोगले स्वीकृत गरेको मापदण्डअनुसार अत्यावश्यक सेवासँगै उम्मेदवार वा उम्मेदवार निर्वाचन प्रतिनिधिले मतदानको दिन सवारी साधन चलाउन पाउनेछन् । सवारी साधान प्रयोग गने अनुमतिपत्र मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृत तथा प्रमुख जिल्ला अधिकारीले तोकिएको ढाँचामा जारी गर्नेछन् ।    त्यस्तै, काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट जारी गरिने (पास) अनुमतिपत्रका लागि आयोगमा स्थापना गरिने एकीकृत सवारी साधन आवागमन डेस्कमा पत्र पेश गर्नुपर्ने आयोगले जनाएको छ ।    सवारी साधान अनुमतिका लागि वैशाख २८ गतेसम्म निवेदन दिइ सक्नुपर्ने पनि आयोगले जनाएको छ । आयोगले निर्वाचन कार्यमा खटिएका सुरक्षाकर्मीलाई भारी सवारी साधन सञ्चालनको अनुमति दिन सकिने जनाएको छ भने विदेशी नम्बर प्लेट भएको सवारी साधन प्रयोगको अनुमति दिइने छैन ।    यसैगरी, अन्तर्राष्ट्रिय हवाइ उडानको माध्यमबाट यात्रा गर्ने यात्रुहरुका हकमा पासपोर्ट, भिसा र हवाइ टिकटका आधारमा त्रिभुन अन्तर्राष्ट्रिय  विमानस्थलसम्म र विमानस्थलबाट यात्रुको बासस्थानसम्मको आवागमनको व्यवस्था काठमाडौं जिल्लाको प्रमुख जिल्ला अधिकारीले मिलाउने छ।    त्यस्तै, एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दमकल, दूरसञ्चार सेवा, शव बाहन, अस्पताल सेवा तथा विद्युत सेवा जस्ता अत्यावश्यक सेवा र नम्बर प्लेटमा सिटी उल्लेख भएको कूटनीतिक नियोगको सवारीसाधनको हकमा सवारी अनुमतिपत्र लिनुपर्ने छैन ।    मतदानको दिन मापदण्ड विपरीत सवारी साधन प्रयोग गरेमा सुरक्षा निकाय र सुरक्षाकर्मीले त्यस्तो सवारी साधन कब्जामा लिन सक्ने माण्डदण्डमा उल्लेख छ ।

एजेन्सी: कञ्चनजंघा हिमाल आरोहणकाक्रममा भारतीय नागरिक नारायण अयरको बिहीबार साँझ मृत्यु भएको बताइएको छ ।    ८ हजार २०० मिटर अग्लो विश्वको तेस्रो हिमालको चुचुरो नजिक पुगेका अयरको साँझ मृत्यु भएको पायोनियर एडभेञ्चरका अध्यक्ष पासाङ शेर्पाले जनाएका छन् ।   आरोहणकाक्रममा स्वास्थ्यवस्था बिग्रिएपछि तल झर्न गरेको आग्रहलाई अटेर गर्दा उनको मृत्यु भएको एडभेञ्चरले जनाएको छ ।    ५२ वर्षीय अयर महाराष्ट्र निवासी हुन् । 

रुकुम पश्चिम, अध्ययनको लागि भारतमा गएका एक नेपाली विद्यार्थी एक साता देखि हराईरहेकोले खोजी गरिदिन परिवारले अनुरोध गरेको छ । रुकुम पश्चिमको मुसीकोट नगरपालिका १ का २६ वर्षीय गोपाल खड्का भारतमा वेपत्ता हुनुभएको हो ।   भारतको देहरादुनस्थित अल्पाईन इन्सिच्युट अफ मेनेजमेन्ट एण्ड टेक्नोलोजी कलेजमा बिएस्सी अध्ययन गरिरहेका खड्का गत शुक्रबार देखि हराउनुभएको उहाँका बुवा चिताराम खड्काले जानकारी दिनुभयो । परीक्षा सकेर नेपाल फर्कदै गर्दा खड्का वेपत्ता भएको उहाँले बताउनुभयो ।    गोपालको खोजी कार्यको लागि नेपाल सरकार मार्फत भारतीय राजदुतावास नयाँ दिल्लीलाई पत्राचार गरिएको छ । तर हालसम्म पत्ता लागेको छैन । कहि कतै भेटेमा वा गोपालको विषयमा जानकारी भएमा परिवार वा प्रहरीलाई खबर गरिदिनु हुन परिवारले आग्रह गरेको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाले भरतपुर महानगरमा आयोजित गठबन्धनको चुनावी सभामा सम्बोधन गरेका छन् ।    सम्बोधनकोक्रममा प्रम देउवाले मेयर उम्मेदवार रेणु दाहालले गरेको विकास चर्चा गर्न लायक भएको टिप्पणी गरे ।   ‘भरतपुरको सडक पिच बनाएर यहाँको जग्गाको दाम ह्वात्तै बढेको छ’ देउवाले भने ‘पिच बाटोले गर्दा अहिले भरतपुरमा जग्गाको भाउ काठमाण्डौंमा भन्दा महंगो भएको छ ।’   सोही विकासका कारण कांग्रेसलगायतको गठबन्धनले उहाँ (रेणु)लाई जिताउनुपर्ने कत्र्तव्य छ । ‘सबै साथीहरुले कुरा बुझ्नुहोस्’ देउवाले भने ‘मिलेर अघि बढे हामी सबैलाई फाइदा छ ।'