देशका चर्चित कमेडियन सन्दीप क्षेत्रीले नेकपा माओवादीको खुलेर तारिफ गरेका छन् । भरतपुरमा आयोजित गठबन्धनको चुनावी सभामा सम्बोधन गर्ने अवसर पाएका सन्दीपले भने ‘प्रचण्डज्यू, तपाइले गज्जबको छोरी पाउनु भएको रहेछ ।’ उनले भने, म रेणु दिदिलाई खुलेर भन्न चाहन्छु, तपाइ यस्तो घेरा बनाउनुस् कि चितवनका हरेकले सुरक्षित महशुस गर्न सकुन् । ‘यस्तो सप्तरंगी टिका र मखमली माला लगाइदिनु्स् कि सबैले भनुन् क्या दिदि पायौं ।’ सम्बोधनकाक्रममा मेयर उम्मेदवार रेणु दाहालको प्रशंसा गर्दै उनले आफु कुनै पार्टीको नभएपनि मेयर र प्रचण्डले गरेको काम अतुलनीय भएको भन्न छुटाएनन् । ‘मेरो कूलले आशिष देओस् दिदि तर गलत गरे उनै कूलदेवताले श्राप दिउन् ।’
भरतपुरः गठबन्धबाट भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार रेणु दाहालले नेपाली कांग्रेससँग पहिलेपनि मिलेर चुनाव लडेको र अहिले पनि गठबन्धमार्फत मिलेर लडेको बताएकी छिन् । मुलुकको व्यवस्था परिवर्तन गर्न र राजतन्त्रलार्य घुँडा टेकाउने पनि माओवादी कांग्रेससँगै आन्दोलन गरेको उनले उल्लेख गरिन् । पाँच दलीय गठबन्धनको भरतपुरमा आयोजित चुनावी सभालाई नेकपा माओवादीकोतर्फबाट सम्बोधन गर्दै दाहालले जनतामाझ चुनावमार्फत पुनः उभिन पाउँदा खुशी लागेको बताइन् । विगतको ५ वर्ष मैले महानगरको विकास र जनताको अपेक्षा पुरा गरेकी छु’ उनले भनिन् ‘जनता र प्रतिपक्षको अगाडी टाउको झुकाउन नपर्ने गरी काम गरेको छु ।’ कोरोना महामारीकाबीच पनि महानगरलक्षित गौरवको आयोजना सुरु गरेको उनले दाबी गरिन् । उनले थपिन् ‘सुरु भएको गौरवको आयोजना पुरा गर्न पुनः भोटको आवश्यक छ ।’ भूमिहीनलाई जग्गा र लालपुर्जा उपलब्ध गराउन महानगरले काम सुरु गरिसकेको भन्दै यो योजना पुरा गर्न पनि आफुले जित्न आवश्यक रहेको उनले उल्लेख गरिन् । सम्बोधनकाे सुरुवात र अन्त्यमा ‘जय नेपाल’ भन्दै केपी ओलीको प्रतिगामी सोंचविरुद्ध गठबन्धन आवश्यक रहेको दाहालले स्पष्ट पारिन् ।
पोखरा: पोखरा महानगरपालिकामा मेयरका गठबन्धन प्रत्यासी धनराज आचार्यले अघिल्लो सरकारले नागरिकलाई पानीसमेत पिलाउन नसकेको आरोप लगाएका छन् । महानगर २८ नम्बर वडामा आयोजित चुनावीसभामा उम्मेदवार आचार्यले आधारभूत आवश्यकताका रुपमा रहेको पानी उपलब्ध गराउन नसक्ने स्थानीय सरकार लाजको पर्याय भएको टिप्पणी गरे । ‘आफ्नो नागरिकलाई पानी समेत पिलाउन सक्दैन भने राज्यको के काम ? उनले प्रश्न गर्दै भने, ‘घरघरमा धारा त आयो तर पानी आउन सकेन ।’ सभामा उनले घोषणा पत्रका हरेक शब्द ईमान्दार तरिकाले पालना गर्दै मेयरको वडामा विकास गर्ने प्रतिबद्धता जनाएका छन । विगतका घोषणा पत्रमा भएका कुराको पालना नगरेकै कारण आज फरक तरिकाले आउन बाध्य भएको उनले सुनाए । ‘हामी घोषणापत्रको अक्षरशः पालना गर्नेछौं । यसअघि घोषणापत्र पालना नगरेकै कारण आज यो अवस्था आएको हो’, उनले भने, ‘हिजो घोषणापत्र इमान्दारी पुर्वक पालना गरेको भए हामी यहाँ हुने थिएनौं । हिजोको नेतृत्व असक्षम र जनताप्रति इमानदार नभएका कारण गठबन्धन गरेका हौं ।’ त्यस्तै, उपमेयरकी उम्मेदवार कोपिला रानाभाटले आफू नजिकैको वडावासी भएकाले पोखरा २८ को विकासको साक्षी भएको बताईन् । उनले लामो समयदेखि कालिका माझठाना पूर्वाधारमा पछि परेको टिप्पणी गरिन् । कालिकाको एउटा मात्र चिल्ला बाटो हेरेर होईन पाखा, पखेरा र टोल टोलको विकासको मूल्यांकन गर्दै वैशाख ३० मा भोट गर्न आग्रह गरिन् । महिलामैत्री, बालबालिकामैत्री, जेष्ठ नागरिकमैत्री महानगरपालिका बनाउने आफ्नो योजना रहेको पनि उनले सुनाइन् । नेपाली कांग्रस कास्कीका सभापती किशोरदत्त बरालले विकासका लागि राजनीतिक नाराको पछि लागेर नहुने बताए । उनले पाँच वर्षमा राजनीति नाराको पछि लाग्दा कालिकाका स्थानीयले पाउनुपर्ने विकास नपाएको उनको भनाई थियो । उनले पार्टी भन्दा माथी उठेर असल र कुशल नेतृत्वलाई चुन्न आग्रह गरे । देशको लोकतन्त्र खतरामा पर्दा पाँच दल मिलेर लोकतन्त्रको रक्षाका लागि अघि बढेको उनले बताए । नेकपा एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य श्रीनाथ बरालले संविधान जोगाउन र अग्रगामीको अन्त्य गर्न गठबन्धन गरेको बताए । ‘हामिले किन बिद्रोह ग¥यौं । विगतमा हामीले दुईतिहाई मत पायौ तर घोषणा पत्र अनुसार काम हुन सकेन,’ उनले भने, ‘पार्टीमा हामिले समस्याका कुरा उठायौंं तर पार्टी भित्र गुट उपगुट गर्ने, राम्रो कुरा नसुन्ने । सही कुरा गर्दा बेवास्ता गरियो त्यसैले गठबन्धन ग¥यौं ।’ अब प्रदेश र संघमा पनि गठबन्धनबाटै जानुपर्ने उनको धारणा थियो । घरदैलौ कार्यक्रममा नेपाली कांग्रेसकी महासमिति सदस्य सरस्वती गुरुङले आफ्नै पार्टीले अनावश्यक दबाब दिएर मानबहादुर जिसी अस्वस्थ भएको दाबी गरिन् । जिसीलाई स्वास्थ्य लाभको कामना गर्दैै स्वस्थ्य हुँदा पनि कुनै देखिनेगरी काम गर्न नसकेको उनले टिप्पाण्ी गरिन् । आफ्नै वडाको विकास नहेरेका कारण पनि यसपटक गठबन्धनले नतृत्व लिनुपर्ने भन्दै स्थानियलाई धनराज र कोपिलालाई मत दिएर बिजयी गराउन आग्रह गरिन् । पोखरा २८ बाट अध्यक्षका उम्मेदवार श्रीकृष्ण लामिछानेले महानगरकै वडा भएपनि राज्यबाट पाउने अधिकार नपाएको बताए । ‘महानगर त प्राप्त ग¥यौं तर महानगरको परिचयको अनुभूति हुन सकेन,’ उनले भने, ‘मादीमा गाभिन लाग्दा समेत हामी महानगरमा गयौं । पाँच वर्ष वितिसक्दा समेत हामिले महानगरवासी भन्ने गर्व गर्नै पाएनौं ।’ पोखरा २८ लाई सच्चिकै महानगरकै वडा बनाउनका लागि पनि आफूहरुको नेतृत्व आवश्यक रहेकाले वडाका मतदाताहरुलाई मतदान गरी जिताउने उनले आग्रह गरे । गठबन्धनवाट पोखरा २८ मा वडाअध्यक्ष श्रीकृष्ण लामिछाने र वडासदस्यहरु इन्द्रकला विक, कमला थापा, डाल्डादेवि भुजेल र नारायण बजगाई उम्मेदवार छन् ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले मोटरसाइकललाई ठक्कर दिई फरार रहेका चालक एन्जेल बम मल्लले मादक पदार्थ सेवन गरि सवारी चलाएको निष्कर्ष निकालेको छ । काठमाडौंबाट पक्राउ परेका मल्ललाई पोखरामा आज सार्वजनिक गर्दै मादक पदार्थ सेवन सहित चरम लापरवाही सहित सवारी चलाएको जानकारी दिएको हो । कास्की प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीका अनुसार दुर्घटना पश्चात फरार रहेका मल्ले भाग्दै गर्दा समेत एक बोतल वियर खाएका थिए । दुर्घटना भएपश्चात मल्लले मोटरसाईकल लिफ्ट मागी पर्वतको कार्कीनेटा (आफ्नो घर) पुगेका थिए । त्यसपछि उनले घरकै मोटरसाइकल लिगेर स्याङ्जा हुदै पाल्पा पुगे । त्यो रात पाल्पामै बिताएको डिएसपी तिवारीले बताए । तिवारीका अुनसार अर्काे दिन बुटवल चितवन हुदै काठमाडौं पुगेका थिए । उनले मादक पदार्थ सेवन गरि सवारी साधन चलाउने प्रवृतिले कुनै परिवारको खुशी खोस्ने बताए । उनले उक्त घटनालाई उदाहरण दिदै भने, ‘यो ड्रिङ्क एण्ड ड्राइभ नराम्रो प्रवृति हो । यसले कुनै सुखी परिवारको खुशी खोस्छ ।त्यसैले यसको अन्त्य हुनुपर्छ ।’ मल्ललाई के हुन्छ कारवाही? कास्की जिल्ला अदालतको अनुमतिमा पक्राउ परेका कार चालक मल्ललाई पहिलो पटक ७ दिन म्याद थप गरिएको कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक रमेश थापाले बताए । उनले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार तिन वटा अवस्था मध्ये प्रमाणित भएको कसुरमा कारवाही हुने बताए । ‘तिनवटा अवस्था छ । जानीजानी दुर्घटना गर्याे, कसैलाई मार्याे वा किच्यो । यो पहिलो अवस्था हो । दोस्रो, लापरवाही तवरले सवारी चलाएर कसैको ज्यान गयो र अर्काे भवितव्य दुर्घटना भयो, एसपी थापाले भने, ‘हामीले संकलित गरेको प्रमाणका आधारमा उपयुक्त दफा अनुसार कारवाही गर्छाै ।’ उनका अनुसार मल्ललाई जिल्ला प्रहरी कार्यालय कास्कीमा प्रहरी निरिक्षक ज्ञान बहादुर खड्काको टोली र महानगरीय प्रहरी वृत्त महाराजगञ्जको सहयोगमा पक्राउ गरिएको हो । कास्कीको अन्नपूर्ण गाउँपालिका १ लेवाडेमा गत आइतबार पोखराबाट पर्वततिर जाँदै गरेको ग ३ च ३५२५ नम्बरको कारले पोखरा आउंदै गरेको ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट पर्वतका ४५ वर्षिय जितबहादुर पुनको उपचारको क्रममा मेट्रोसिटी अस्पतालमा मृत्यु भएको थियो भने उनको १८ वर्षिया छोरी सुजिना पुनले आइतबारनै ज्यान गुमाएका थिए ।
काठमाडौँ, वैशाख २१ गते । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन ‘मनी’ र ‘मसल’ले प्रभावित हुने हो कि भन्ने डर आफूलाई लागेको टिप्पणी गर्नुभएको छ । उहाँले मिथ्या सूचनाको प्रवाहले यस्तो हुनसक्ने बताउँदै मतदातालाई बहकाउमा पारेर आफ्नो पक्षमा ल्याउन खोज्ने तìव हाबी हुन सक्नेप्रति सचेत गराउनुभयो । सामुदायिक रेडियो प्रसारक सङ्घ (एको-याब)ले तयार गरेको निर्वाचन आचारसंहिता, २०७९ सार्वजनिकीकरण कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले यस्तो विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “मनी र मसलले प्रभावित भए निर्वाचनप्रति नै अनास्था फैलिने र यसले लोकतन्त्रमाथि नै प्रश्न उठ्न सक्ने स्थिति आउन सक्छ ।” उहाँले उम्मेदवारहरूबीच दुष्प्रचार, अपमानजनक र चरित्र हत्या गर्ने वा द्वेषपूर्ण अभिव्यक्ति दिने क्रम सुरु भइसकेको बताउँदै उक्त विषय गम्भीर रहेको स्पष्ट गर्नुभयो । असामाजिक र अमानवीय तथा कसैको चरित्र हत्या र आत्मसम्मानमाथि चोट पुग्ने किसिमका र कसैलाई लाञ्छित गर्ने विषयमा टिप्पणी नगर्न उम्मेदवार तथा नेतृत्व वर्गलाई चेतावनी दिनुभयो । यस प्रकारको टिप्पणीलाई सञ्चारमाध्यममा स्थान दिन नहुने र आमसर्वसाधारणले समेत सामाजिक सञ्जालमा प्रोत्साहित हुने गरी लेख्न नहुने उहाँको आशय थियो । उहाँले निर्वाचनमा निष्ठा, इमान, जनपक्षीयता, सेवामुखी भावना र प्रतिबद्धताले जित्नुपर्नेमा जोड दिनुभयो ।“दस दिन मात्रै बाँकी रहँदा आचारसंहिताको सवै बुँदाको पालना गरी हामीले बनाएको नियम व्यावहारिक एवं उपयोगी रहेको तथा यसले निर्वाचनको स्वच्छता र पारदर्शितालाई सकारात्मक प्रभाव पार्छ सिद्ध गर्न समेत सबैसमक्ष चुनौती रहेको छ,” उहाँले भन्नुभयो । सामुदायिक रेडियो प्रसारक सङ्घले स्थानीय निर्वाचन २०७९ लाई लक्षित गरी रेडियोकर्मी र सञ्चालकले पालना गर्नुपर्ने आचारसंहिता जारी गरेको छ । संहितामा रेडियोकर्मी र सञ्चालकले गर्न हुने र गर्न नहुने बुँदाहरू समेटिएका छन् । प्रमुख निर्वाचन आयुक्त थपलियाले सञ्चारमाध्यमले प्रसारण गर्ने विज्ञापनको अनुगमन गर्न तथा अभिलेख राख्न नेपाल विज्ञापन बोर्डलाई जिम्मेवारी दिइएको बताउनुभयो । चुनावमा रेडियोले प्रसारण गर्न सक्ने विज्ञापनबारे प्रस्ट्याउँदै उहाँले भन्नुभयो, “एउटा रेडियोले २४ घण्टामा एक मिनेटमा नबढ्ने गरी दुई पटक मात्रै एक जना उम्मेदवारको प्रचार प्रसारण गर्न पाउनेछन् ।”
नवलपरासी पूर्व- नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिकामा नेपाली र नेकपा एमालेका कार्यकर्ताबीच चुनावी प्रचारका क्रममा झडप भएको छ । झडपका क्रममा ६ जना घाइते भएको बताइएको छ । काँग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएकी लक्ष्मीदेवी पाण्डेमाथि आक्रमण भएको जनाइएको छ । गएराति घरदैलो कार्यक्रम सकेर फर्कने क्रममा आक्रमण भएको पाण्डेले जानकारी दिनुभयो । पाण्डे यसअघि पनि गाउँपालिका अध्यक्ष हुनुहुन्थ्यो । वडा नम्बर ४ को घरदैलो कार्यक्रम सकेर घर फर्कने क्रममा झ्यालबासको ज्वाला मा.वि नजिक एमालेको झण्डासहित मोटरसाइकलमा आएका कार्यकताले अवरोध सिर्जना गरेको पाण्डेको भनाइ छ । ढुङ्गा हान्न शुरु गरेपछि वडा नम्बर १ मैएक स्थानीयकोघरमा छिरेर ज्यान जोगाउने प्रयास गरेको तर एमाले कार्यकर्ताले घर घेरेर आक्रमण गरेको पाण्डे बताउनुभयो । आक्रमणका क्रममा अध्यक्ष उम्मेद्वार घाइते हुनुभएको छ । झडपमा एमालेका ३ जना कार्यकर्ता पनि घाइते भएका छन् ।
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिकामा अध्यक्षको उम्मेदवारी दिएका युवराज कुँवरसहित काँग्रेसका उम्मेदवारहरु घरदैलोको क्रममा छन् । घरदैलोमा पुग्दा यसअगाडी कुँवर नेतृत्वमा रहँदा गाउँपालिकाले गरेका कामहरुको प्रशंसा मतदाताहरुले गरेका छन् । अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ मा कुँवरको नेतृत्वले राम्रो काम गरेकोले यसपालि पनि पुनः कुँवरलाई नै अध्यक्षको रुपमा निर्वाचित गराउने मतदाताहरुले बताएका छन् । घरदैलो अभियानकै क्रममा मंगलबार नेपाली काँग्रेसको उम्मदेवारको टोली गाउँपालिकाको झिनु, तौली र छोम्रोङ लगाएतको स्थानमा पुगेको थियो । ‘हामीले काम गर्दा कहिल्यै जनतालाई धोका हुने गरि काम गरेनौँ । र, त्यसैले यहाँका जनताको साथ र समर्थन मेरो अनि काँग्रेसको नेतृत्वप्रति कायम रहन सकेको हो ।’ अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष उम्मेदवार युवराज कुँवरले भने–‘यो क्षेत्रको विकास र सम्बृद्धि नै आगामी दिनमा पनि हाम्रो कार्ययोजना हो ।’ गाउँपालिकाको अध्यक्षमा युवराज कुँवर र उपाध्यक्षमा खेमकुमारी गुरुङ नेपाली काँग्रेसको तर्फबाट प्रत्यासी छन् । त्यस्तै वडाअध्यक्ष उम्मेदवार ललित गुरुङसँगै वडा सदस्य उम्मेदवारहरु तारादेवी पौडेल, मनमाया बिक, गोपाल आले, मिलन गुरुङ लगाएत अहिले सो क्षेत्रको घरदैलोमा सहभागी छन् । घरदैलो कार्यक्रममा प्रचारप्रसार समितिका सँयोजक मनपति भण्डारी, महासमिति सदस्य आइबहादुर गुरुङ, दीपक गुरुङ, क्षेत्रीय सभापति मनोज गुरुङ, महाधिवेशन प्रतिनीधि पोषनाथ शर्मा, लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष देवेन्द्र शेरचन, नेपाली काँग्रेस अन्नपूर्ण ११ का सभापति विशाल गुरुङ, उपसभापति हितमान गुरुङ लगाएत सहभागी थिए । अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ मा हाल १ हजार ८ सय ४० मतदाता रहेका छन् ।
पोखरा: माछापुच्छ्रे गाउँपालिका अध्यक्षका उम्मेदवार मिन बहादुर गुरुङले युवाहरुका लागि ‘गाउँ फर्क अभियान’ नै सञ्चालन गर्ने बताएका छन् । गाउँपालिकालाई सबै क्षेत्रमा आत्मनिर्भर बनाउने उद्धेश्यसहित युवाहरु राजेगारी र विकासका लागि शहर केन्द्रित हुन नपर्ने उनले बताए । नेपाली कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्ष उम्मेदवार गुरुङले भने,‘हाम्रो नेतृत्वले युवाहरुलाई गाउँमै फर्काउने छ । विकासका कुरा होस् या रोजगारीका कुरा, त्यो वातावरण हामी यहिँ सिर्जना गर्ने गरि योजना अघि बढाउने छौँ ।हाम्रो नेतृत्वले युवाहरुलाई गाउँ फर्कन लालायित बनाउने छ ।’ अथाह सम्भावना भएको पर्यटन क्षेत्रलाई चलायमान बनाउँदै पालिकाबासीको आर्थिक स्तरोन्नतीमा प्रत्यक्ष भूमिका खेल्नेगरि योजना तयार भएको उनको भनाई छ । कृषिमा पालिकालाई पूर्ण आत्मनिर्भर बनाउने अठोट रहेको बताउँदै उम्मेदवार गुरुङले वाचा गरेका हरेक काम समयमा नै कार्यान्वयन हुने प्रतिवद्धता ब्यक्त गरे । यस्तै, गाउँपालिका उपाध्यक्ष उम्मेदवार सिता अधिकारीले गाउँपालिकाको विकासका लागि कुनै हालतमा नेतृत्व परिवर्तन गर्न आवश्यक रहेको बताइन् । नेतृत्व परिवर्तन नभए पालिका थप ५ वर्ष पछाडी धकेलिने उनको जिकिर थियो । ‘अहिलेको नेतृत्वको कमिकम्जोरी धेरै भए । यहिँ अवस्था अब पनि आइलाग्यो भने, फेरी तपाई विकास सूशासन लगायतका कुरामा ५ वर्ष पछाडि धकेलिनु हुनेछ । पछि पछुताउनु भन्दा अहिले सहि निर्णय लिनुस्’ उनले भनिन् । गाउँका महिलाहरुको स्वास्थ्यमा आइपर्ने समस्याबारे सम्बोधन गर्दै उनले स्थानीय सरकारले नै सहजिकरण गर्नेगरि काम अघि बढाइने प्रतिवद्धता जनाईन् । उपाध्यक्ष उम्मेदवार अधिकारीले भनिन्,‘कतिपय महिलाहरु आफ्नो स्वास्थ्य समस्या लुकाएर बस्नुपर्ने अवस्था छ । कति उपचार गर्न नसक्ने अवस्थामा पनि हुनुहुन्छ होला । पालिकाको नेतृत्व लिँदै गर्दा हामीले महिलाको स्वास्थ्यप्रति संवेदनशिल रहँदै समस्याको पहिचान र उपचारमा सहजिकरण गर्ने छौँ ।’
पोखरा: स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा विभिन्न पार्टीका उम्मेदवारले आफ्नो प्रतिवद्धता सहित चुनावी प्रचारप्रसार तिव्र पारेका छन् । पोखरा महानगरपालिका १० मा नेकपा एमालेका उम्मेदवारले पनि मतदाता भेटघाट अभियानलाई व्यापक बनाएको छ । अध्यक्ष पदका उम्मेदवार पवित्रादेवी गुरुङ सहितको टोलीले बुद्धचोक, रक्षामार्ग, इन्द्रमार्ग, पिपलडाली लगायतको क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । उक्त घरदैलो कार्यक्रमको केही अंश सुनगाभा न्यूजले तस्बिरमा समेटेको छ ।