पोखरा:   कास्की क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि सभा सदस्यको उम्मेदवार बिना गुरुङले मतदातासँग भेट्ने तथ नीतिगत तहबाट गर्न सकिने कामहरुको छलफल गर्ने अभियान चलाइरहेकी छन् । &nbs...

पोखरा:    जिल्ला प्रहरी कार्यालय कास्कीले मोटरसाइकललाई ठक्कर दिई फरार रहेका चालक एन्जेल बम मल्लले मादक पदार्थ सेवन गरि सवारी चलाएको निष्कर्ष निकालेको छ । काठमाडौंबाट पक्राउ परेका मल्ललाई पोखरामा आज सार्वजनिक गर्दै मादक पदार्थ सेवन सहित चरम लापरवाही सहित सवारी चलाएको जानकारी दिएको हो ।    कास्की प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीका अनुसार दुर्घटना पश्चात फरार रहेका मल्ले भाग्दै गर्दा समेत एक बोतल वियर खाएका थिए ।   दुर्घटना भएपश्चात मल्लले  मोटरसाईकल लिफ्ट मागी पर्वतको कार्कीनेटा (आफ्नो घर) पुगेका थिए । त्यसपछि उनले घरकै मोटरसाइकल लिगेर स्याङ्जा हुदै पाल्पा पुगे । त्यो रात पाल्पामै बिताएको डिएसपी तिवारीले बताए । तिवारीका अुनसार अर्काे दिन बुटवल चितवन हुदै काठमाडौं पुगेका थिए ।   उनले मादक पदार्थ सेवन गरि सवारी साधन चलाउने प्रवृतिले कुनै परिवारको खुशी खोस्ने बताए ।  उनले उक्त घटनालाई उदाहरण दिदै भने, ‘यो ड्रिङ्क एण्ड ड्राइभ नराम्रो प्रवृति हो । यसले कुनै सुखी परिवारको खुशी खोस्छ ।त्यसैले यसको अन्त्य हुनुपर्छ ।’    मल्ललाई के हुन्छ कारवाही? कास्की जिल्ला अदालतको अनुमतिमा पक्राउ परेका कार चालक मल्ललाई पहिलो पटक ७ दिन म्याद थप गरिएको कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक रमेश थापाले बताए ।    उनले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार तिन वटा अवस्था मध्ये प्रमाणित भएको कसुरमा कारवाही हुने बताए ।  ‘तिनवटा अवस्था छ । जानीजानी दुर्घटना गर्याे, कसैलाई मार्याे वा किच्यो । यो पहिलो अवस्था हो । दोस्रो, लापरवाही तवरले सवारी चलाएर कसैको ज्यान गयो र अर्काे भवितव्य दुर्घटना भयो, एसपी थापाले भने, ‘हामीले संकलित गरेको  प्रमाणका आधारमा उपयुक्त दफा अनुसार कारवाही गर्छाै ।’   उनका अनुसार मल्ललाई जिल्ला प्रहरी कार्यालय कास्कीमा प्रहरी निरिक्षक ज्ञान बहादुर खड्काको टोली र महानगरीय प्रहरी वृत्त महाराजगञ्जको सहयोगमा पक्राउ गरिएको हो ।   कास्कीको अन्नपूर्ण गाउँपालिका १ लेवाडेमा गत आइतबार पोखराबाट पर्वततिर जाँदै गरेको ग ३ च ३५२५ नम्बरको कारले पोखरा आउंदै गरेको ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट पर्वतका ४५ वर्षिय जितबहादुर पुनको उपचारको क्रममा मेट्रोसिटी अस्पतालमा मृत्यु भएको थियो भने उनको १८ वर्षिया छोरी सुजिना पुनले आइतबारनै ज्यान गुमाएका थिए ।   

काठमाडौँ, वैशाख २१ गते । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन ‘मनी’ र ‘मसल’ले प्रभावित हुने हो कि भन्ने डर आफूलाई लागेको टिप्पणी गर्नुभएको छ । उहाँले मिथ्या सूचनाको प्रवाहले यस्तो हुनसक्ने बताउँदै मतदातालाई बहकाउमा पारेर आफ्नो पक्षमा ल्याउन खोज्ने तìव हाबी हुन सक्नेप्रति सचेत गराउनुभयो ।    सामुदायिक रेडियो प्रसारक सङ्घ (एको-याब)ले तयार गरेको निर्वाचन आचारसंहिता, २०७९ सार्वजनिकीकरण कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले यस्तो विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “मनी र मसलले प्रभावित भए निर्वाचनप्रति नै अनास्था फैलिने र यसले लोकतन्त्रमाथि नै प्रश्न उठ्न सक्ने स्थिति आउन सक्छ ।”   उहाँले उम्मेदवारहरूबीच दुष्प्रचार, अपमानजनक र चरित्र हत्या गर्ने वा द्वेषपूर्ण अभिव्यक्ति दिने क्रम सुरु भइसकेको बताउँदै उक्त विषय गम्भीर रहेको स्पष्ट गर्नुभयो । असामाजिक र अमानवीय तथा कसैको चरित्र हत्या र आत्मसम्मानमाथि चोट पुग्ने किसिमका र कसैलाई लाञ्छित गर्ने विषयमा टिप्पणी नगर्न उम्मेदवार तथा नेतृत्व वर्गलाई चेतावनी दिनुभयो । यस प्रकारको टिप्पणीलाई सञ्चारमाध्यममा स्थान दिन नहुने र आमसर्वसाधारणले समेत सामाजिक सञ्जालमा प्रोत्साहित हुने गरी लेख्न नहुने उहाँको आशय थियो ।   उहाँले निर्वाचनमा निष्ठा, इमान, जनपक्षीयता, सेवामुखी भावना र प्रतिबद्धताले जित्नुपर्नेमा जोड दिनुभयो ।“दस दिन मात्रै बाँकी रहँदा आचारसंहिताको सवै बुँदाको पालना गरी हामीले बनाएको नियम व्यावहारिक एवं उपयोगी रहेको तथा यसले निर्वाचनको स्वच्छता र पारदर्शितालाई सकारात्मक प्रभाव पार्छ सिद्ध गर्न समेत सबैसमक्ष चुनौती रहेको छ,” उहाँले भन्नुभयो । सामुदायिक रेडियो प्रसारक सङ्घले स्थानीय निर्वाचन २०७९ लाई लक्षित गरी रेडियोकर्मी र सञ्चालकले पालना गर्नुपर्ने आचारसंहिता जारी गरेको छ । संहितामा रेडियोकर्मी र सञ्चालकले गर्न हुने र गर्न नहुने बुँदाहरू समेटिएका छन् ।    प्रमुख निर्वाचन आयुक्त थपलियाले सञ्चारमाध्यमले प्रसारण गर्ने विज्ञापनको अनुगमन गर्न तथा अभिलेख राख्न नेपाल विज्ञापन बोर्डलाई जिम्मेवारी दिइएको बताउनुभयो । चुनावमा रेडियोले प्रसारण गर्न सक्ने विज्ञापनबारे प्रस्ट्याउँदै उहाँले भन्नुभयो, “एउटा रेडियोले २४ घण्टामा एक मिनेटमा नबढ्ने गरी दुई पटक मात्रै एक जना उम्मेदवारको प्रचार प्रसारण गर्न पाउनेछन् ।” 

नवलपरासी पूर्व- नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिकामा नेपाली र नेकपा एमालेका कार्यकर्ताबीच चुनावी प्रचारका क्रममा झडप भएको छ । झडपका क्रममा ६ जना घाइते भएको बताइएको छ ।   काँग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएकी लक्ष्मीदेवी पाण्डेमाथि आक्रमण भएको जनाइएको छ । गएराति घरदैलो कार्यक्रम सकेर फर्कने क्रममा आक्रमण भएको पाण्डेले जानकारी दिनुभयो । पाण्डे यसअघि पनि गाउँपालिका अध्यक्ष हुनुहुन्थ्यो ।   वडा नम्बर ४ को घरदैलो कार्यक्रम सकेर घर फर्कने क्रममा झ्यालबासको ज्वाला मा.वि नजिक एमालेको झण्डासहित मोटरसाइकलमा आएका कार्यकताले अवरोध सिर्जना गरेको पाण्डेको भनाइ छ ।   ढुङ्गा हान्न शुरु गरेपछि वडा नम्बर १ मैएक स्थानीयकोघरमा छिरेर ज्यान जोगाउने प्रयास गरेको तर एमाले कार्यकर्ताले घर घेरेर आक्रमण गरेको पाण्डे बताउनुभयो ।   आक्रमणका क्रममा अध्यक्ष उम्मेद्वार घाइते हुनुभएको छ । झडपमा एमालेका ३ जना कार्यकर्ता पनि घाइते भएका छन् ।

पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिकामा अध्यक्षको उम्मेदवारी दिएका युवराज कुँवरसहित काँग्रेसका उम्मेदवारहरु घरदैलोको क्रममा छन् । घरदैलोमा पुग्दा यसअगाडी कुँवर नेतृत्वमा रहँदा गाउँपालिकाले गरेका कामहरुको प्रशंसा मतदाताहरुले गरेका छन् ।    अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ मा कुँवरको नेतृत्वले राम्रो काम गरेकोले यसपालि पनि पुनः कुँवरलाई नै अध्यक्षको रुपमा निर्वाचित गराउने मतदाताहरुले बताएका छन् । घरदैलो अभियानकै क्रममा मंगलबार नेपाली काँग्रेसको उम्मदेवारको टोली गाउँपालिकाको झिनु, तौली र छोम्रोङ लगाएतको स्थानमा पुगेको थियो ।  ‘हामीले काम गर्दा कहिल्यै जनतालाई धोका हुने गरि काम गरेनौँ । र, त्यसैले यहाँका जनताको साथ र समर्थन मेरो अनि काँग्रेसको नेतृत्वप्रति कायम रहन सकेको हो ।’ अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष उम्मेदवार युवराज कुँवरले भने–‘यो क्षेत्रको विकास र सम्बृद्धि नै आगामी दिनमा पनि हाम्रो कार्ययोजना हो ।’   गाउँपालिकाको अध्यक्षमा युवराज कुँवर र उपाध्यक्षमा खेमकुमारी गुरुङ नेपाली काँग्रेसको तर्फबाट प्रत्यासी छन् । त्यस्तै वडाअध्यक्ष उम्मेदवार ललित गुरुङसँगै वडा सदस्य उम्मेदवारहरु तारादेवी पौडेल, मनमाया बिक, गोपाल आले, मिलन गुरुङ लगाएत अहिले सो क्षेत्रको घरदैलोमा सहभागी छन् ।    घरदैलो कार्यक्रममा प्रचारप्रसार समितिका सँयोजक मनपति भण्डारी, महासमिति सदस्य आइबहादुर गुरुङ, दीपक गुरुङ, क्षेत्रीय सभापति मनोज गुरुङ, महाधिवेशन प्रतिनीधि पोषनाथ शर्मा, लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष देवेन्द्र शेरचन, नेपाली काँग्रेस अन्नपूर्ण ११ का सभापति विशाल गुरुङ, उपसभापति हितमान गुरुङ लगाएत सहभागी थिए । अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ मा हाल १ हजार ८ सय ४० मतदाता रहेका छन् । 

पोखरा:   माछापुच्छ्रे गाउँपालिका अध्यक्षका उम्मेदवार मिन बहादुर गुरुङले युवाहरुका लागि ‘गाउँ फर्क अभियान’ नै सञ्चालन गर्ने बताएका छन् ।   गाउँपालिकालाई सबै क्षेत्रमा आत्मनिर्भर बनाउने उद्धेश्यसहित युवाहरु राजेगारी र विकासका लागि शहर केन्द्रित हुन नपर्ने उनले बताए । नेपाली कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्ष उम्मेदवार गुरुङले भने,‘हाम्रो नेतृत्वले युवाहरुलाई गाउँमै फर्काउने छ ।   विकासका कुरा होस् या रोजगारीका कुरा, त्यो वातावरण हामी यहिँ सिर्जना गर्ने गरि योजना अघि बढाउने छौँ ।हाम्रो नेतृत्वले युवाहरुलाई गाउँ फर्कन लालायित बनाउने छ ।’ अथाह सम्भावना भएको पर्यटन क्षेत्रलाई चलायमान बनाउँदै पालिकाबासीको आर्थिक स्तरोन्नतीमा प्रत्यक्ष भूमिका खेल्नेगरि योजना तयार भएको उनको भनाई छ ।   कृषिमा पालिकालाई पूर्ण आत्मनिर्भर बनाउने अठोट रहेको बताउँदै उम्मेदवार गुरुङले वाचा गरेका हरेक काम समयमा नै कार्यान्वयन हुने प्रतिवद्धता ब्यक्त गरे ।   यस्तै, गाउँपालिका उपाध्यक्ष उम्मेदवार सिता अधिकारीले गाउँपालिकाको विकासका लागि कुनै हालतमा नेतृत्व परिवर्तन गर्न आवश्यक रहेको बताइन् । नेतृत्व परिवर्तन नभए पालिका थप ५ वर्ष पछाडी धकेलिने उनको जिकिर थियो । ‘अहिलेको नेतृत्वको कमिकम्जोरी धेरै भए । यहिँ अवस्था अब पनि आइलाग्यो भने, फेरी तपाई विकास सूशासन लगायतका कुरामा ५ वर्ष पछाडि धकेलिनु हुनेछ । पछि पछुताउनु भन्दा अहिले सहि निर्णय लिनुस्’ उनले भनिन् ।   गाउँका महिलाहरुको स्वास्थ्यमा आइपर्ने समस्याबारे सम्बोधन गर्दै उनले स्थानीय सरकारले नै सहजिकरण गर्नेगरि काम अघि बढाइने प्रतिवद्धता जनाईन् । उपाध्यक्ष उम्मेदवार अधिकारीले भनिन्,‘कतिपय महिलाहरु आफ्नो स्वास्थ्य समस्या लुकाएर बस्नुपर्ने अवस्था छ । कति उपचार गर्न नसक्ने अवस्थामा पनि हुनुहुन्छ होला । पालिकाको नेतृत्व लिँदै गर्दा हामीले महिलाको स्वास्थ्यप्रति संवेदनशिल रहँदै समस्याको पहिचान र उपचारमा सहजिकरण गर्ने छौँ ।’

पोखरा:   स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा विभिन्न पार्टीका उम्मेदवारले आफ्नो प्रतिवद्धता सहित चुनावी प्रचारप्रसार तिव्र पारेका छन् ।  पोखरा महानगरपालिका १० मा नेकपा एमालेका उम्मेदवारले पनि मतदाता भेटघाट अभियानलाई व्यापक बनाएको छ । अध्यक्ष पदका उम्मेदवार पवित्रादेवी गुरुङ सहितको टोलीले बुद्धचोक, रक्षामार्ग, इन्द्रमार्ग, पिपलडाली लगायतको क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।  उक्त घरदैलो कार्यक्रमको केही अंश सुनगाभा न्यूजले तस्बिरमा समेटेको छ ।                                                

नुवाकोट, वैशाख २० गते । स्थानीय तह सदस्य निर्वाचनमा विदुर नगरपालिका–८ मा एकै परिवारका तीन सदस्यबीच प्रतिस्पर्धा हुने भएको छ । प्रतिस्पर्धीहरू एकै आमाबुवाका तीन सन्तान हुन् भने उनीहरूले प्रतिनिधित्व गर्ने पार्टी भने फरकफरक रहेको छ ।   वडामा प्रतिस्पर्धा गर्न लागेका सहोदर दाजु, भाइ र बहिनीमा नेकपा एमालेका तर्फबाट खुला सदस्यमा सम्मरबहादुर रिमाल, गठबन्धनका तर्फबाट नेपाली काँग्रेसबाट महिला सदस्यमा देवकुमारी खड्का र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट खुला सदस्यमा ईश्वरबहादुर रिमाल हुनुहुन्छ ।   आमाबुवाका पाँच सन्तानमध्ये सम्मर जेठा र ईश्वर माइला हुनहुहुन्छ भने विवाहित देवकुमारी एक्ली छोरी हुनुहुन्छ । एकै परिवारका फरकफरक पार्टीबाट चुनावमा वडामै मित्रवत् प्रतिस्पर्धा हुने भएको छ । दुई निर्वाचन केन्द्र रहेको विदुर नगरपालिका–८ मा तीन हजार ३३८ मतदाता रहेका छन् । गाेरखापत्रबाट साभार

काठमाडौँ, वैशाख २० गते । स्थानीय तह निर्वाचन, २०७९ मा हालसम्म ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । आयोगले सोमबार दिउँसोसम्म प्राप्त सूचनाका आधारमा ३५३ जना निर्वाचित भएको जनाएको हो ।   स्थानीय निर्वाचनको तयारीबारे जानकारी गराउन आयोजना गरिएको नियमित पत्रकार भेटघाट कार्यक्रममा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले हालसम्म ३५३ उम्मेदवार निर्विरोध निर्वाचित भएका र यो सङ्ख्या अझै बढ्ने बताउनुभयो । स्थानीय निर्वाचन २०७४ मा भने ४१२ उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए । सहायक प्रवक्ता अर्यालले निर्विरोध निर्वाचित भएको घोषणा गरिए पनि प्रमाणपत्र भने मतगणनापछि निर्वाचित उम्मेदवारसँगै हस्तान्तरण गरिने प्रस्ट्याउनुभयो ।    निर्विरोध निर्वाचित हुनेमा गठबन्धनतर्फका १९० जना छन् । गठबन्धनतर्फ नेपाली काँग्रेसबाट १०१, नेकपा (माओवादी केन्द्र)का ५४, नेकपा (एकीकृत समाजवादी)का ३४ तथा जनता समाजवादी पार्टी नेपालका एक उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का १२३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।    स्थानीय निर्वाचन २०७९ मा कुल ३५ हजार २२१ पदका लागि निर्वाचन हुँदै छ । निर्विरोध निर्वाचित भएको पदमा भने मतदान हुनेछैन । आयोगका अनुसार हालसम्म १७० दलित सदस्यमा उम्मेदवारी परेको छैन । यसअघि २०७४ को स्थानीय तहको निर्वाचनमा १७६ दलित उम्मेदवारका लागि उम्मेदवारी परेको थिएन । ती स्थान रिक्त थिए ।   निर्वाचन ऐनबमोजिम देशभरिका सबै छ हजार ७४३ वडामा एक/एक जना दलित महिला सदस्य अनिवार्य निर्वाचित हुनुपर्ने व्यवस्था छ तर उम्मेदवारी नै नपरेपछि उक्त पद यस वर्षको चुनावबाट समेत रिक्त नै हुने भएको हो । सहायक प्रवक्ता अर्यालले उक्त सङ्ख्या अन्तिम भने नरहेको प्रस्ट्याउँदै बढ्न सक्ने बताउनुभयो । 

पोखरा:  गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राखी राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन धार्मिक एवं सांस्कृतिक चाडपर्वले महत्वपूर्ण योगदान दिएको बताएका छन् ।  मुस्लिम समुदायको पर्व ईद (इदुल फित्र) का उपलक्ष्यमा मंगलबार शुभकामना सन्देश जारी गर्दै उनले यो पर्वले विविध धर्म, संस्कृति मान्ने सबै नेपालीबीच भातृत्व, प्रेम र एकताको भावना बढाइ समुन्नत, शान्त र समृद्ध मुलुक बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भनी कामना गरेका छन् ।    बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं भौगोलिक विविधतायुक्त विशेषता भएको हाम्रो मुलुक संविधानतः धर्म निरपेक्ष राज्य भए पनि धार्मिक सहिष्णुता अनुकरणीय रहेको मुख्यमन्त्रीले उल्लेख गरेका छन् । अरबी पात्रो हिजरी संवतअनुसार दसौं महिना (सौवाल) को पहिलो दिन मुसलमान समुदायले नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउने चलन छ ।   १ महिना (रमजान) भर बिहान सूर्योदयअघि र बेलुकी सूर्यास्तपछि मात्र भोजन ग्रहण गर्ने यो पर्वको आफ्नै विशेषता छ । आफूभन्दा कमजोर आर्थिक अवस्था भएकालाई दान गर्नु यो पर्वको मुख्य विशेषता हो ।