पोखरा:   कास्की क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि सभा सदस्यको उम्मेदवार बिना गुरुङले मतदातासँग भेट्ने तथ नीतिगत तहबाट गर्न सकिने कामहरुको छलफल गर्ने अभियान चलाइरहेकी छन् । &nbs...

पोखरा, संघ सरकार नीति तथा कार्यक्रम र वार्षिक बजेटको अन्तिम तयारीमा जुटिरहेका बेला गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराएका छन् ।    गण्डकी प्रदेशको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय विकास मार्फत् समुन्नत राष्ट्र निर्मााणका लागि महत्वपूर्ण योगदान पु¥याउन तथा अन्तर प्रदेश समन्वय र विकासलाई सुदृढ बनाउनका लागि संघको बजेटमा समेट्नै पर्ने गण्डकीका योजनाको सूची उनले प्रधानमन्त्रीलाई बुझाएका छन् । मुख्यमन्त्री पोखरेलले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ, ‘राष्ट्रिय विकास तथा अन्तर प्रदेश समन्वयात्मक विकासका लागि केही राष्ट्रिय गौरवका, रणनीतिक महत्वका र अन्तर प्रदेश विकासमा समेत महत्वपूर्ण हुन सक्ने आयोजनाहरूमा संघ सरकार र प्रदेश सरकारको लगानी साझेदारी हुनुपर्ने, आपसी समन्वयमा त्यस्ता आयोजनाहरूको कार्यान्वयन हुन जरुरी छ ।’   राष्ट्रिय गौरव तथा प्रदेश गौरवका आयोजना सञ्चालित क्षेत्रमा निर्वाध रूपमा आयोजना सञ्चालन हुने वातावरण सुनिश्चित गर्न आवश्यक कानुन तथा मापदण्ड विकासको गरी निर्वाध रूपमा त्यस्ता आयोजना सञ्चालन हुने अवस्था विकास हुनुपर्ने भन्दै मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका छन् ।    ध्यानाकर्षण पत्र ग्रहण गरेपछि प्रधानमन्त्री देउवाले प्रदेश र स्थानीय तहको समृद्धिमा नै समग्र मुलुकको समृद्धि निर्भर रहेको भन्दै गण्डकीबाट आएका योजनालाई प्राथमिकतामा राख्ने बताए । उनले उक्त ध्यानाकर्षण पत्र राष्ट्रिय योजना आयोग र अर्थमन्त्रालयमा पठाउने र सकेसम्म सबै योजना बजेटमा समेट्ने आश्वासन दिएका छन् ।    कम लागतमा उच्च प्रतिफल दिने, गण्डकी प्रदेशको साथै राष्ट्रिय अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान गर्नसक्ने उत्तरगंगा जलासययुक्त जलविद्युत आयोजना सञ्चालनमा ल्याउन प्रदेश सरकारको समेत लगानी साझेदारी हुनेगरी संघीय सरकारले आव २०७९÷८० बाट कार्यान्वयनमा लैजान मुख्यमन्त्री पोखरेलले ध्यानाकर्षण गराएका छन् । उनले भनेका छन्, ‘जलासययुक्त बुढीगण्डकी जलविद्युत आयोजना चालु आवबाट नै  सुरुआत गर्ने गरी कार्य अगाडि बढाउन अनुरोध सहित गण्डकी प्रदेश सरकारको पनि लगानी साझेदारी हुने वातावरण बनाउन अनुरोध गर्छु ।’    गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको धार्मिक तथा पर्यटकीय प्रदद्र्धन गर्न दुवै प्रदेशको समन्वय र लगानीमा, संघ सरकारको समेत साझेदारीमा मुक्तिनाथदेखि गौतम बुद्धको जन्मस्थल लुम्बिनीसम्म जोड्ने मुक्तिमार्ग निर्माणको योजना समेट्ने मुख्यमन्त्री पोखरेलले माग गरेका छन् ।    पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने र पोखराको मुख्य आकर्षक फेवातालको संरक्षण र विकासको लागि फेवाताल संरक्षण र विकास गुरूयोजना कार्यान्वयनको लागि लगानी सुनिश्चित हुनेपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।    गण्डकी प्रदेशसँग जोडिएका तीनवटा अन्तर्राष्ट्रिय नाकाहरु मुस्ताङको कोरला, नवलपरासीको त्रिवेणी र गोरखाको लार्के सीमा नाकामा भन्सार पूर्वाधार विकास गरी गरी नेपाल चीन २ देशीय व्यापार तथा वाणिज्य प्रवद्र्धन गर्नुपर्ने मुख्यमन्त्रीले आग्रह गरेका छन् ।    यसैगरी गोरखाको आरुघाटदेखि चुमनुब्री हुँदै उत्तरी नाका लार्केसम्म मोटरबाटो निर्माणको लागि लगानी गर्नुपर्ने, धार्मिक पर्यटकीय क्षेत्र देवघाटको प्रदद्र्धन गर्न गण्डकी प्रदेशको तनहुँ र नवलपुर तथा बागमती प्रदेशको चितवन जोड्ने गरी त्रिकोणात्मक मोटरेबल पुल निर्माणका लागि उनले माग गरेका छन् ।    पर्यटकीय राजधानी पोखरा र नेपालको राजधानी काठमाडांै जोड्ने द्रुतमार्ग विकासका साथै वैकल्पिक मार्गकारुपमा रहेको बुद्धसिंह मार्ग कालोपत्रे गर्न मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।  गोरखकाली रबर उद्योग र भृकुटी कागज कारखानालाई पुनः सञ्चालन गर्न साझेदारीमा लगानी सुनिश्चित हुने वातावरण विकासका लागि समेत मुख्यमन्त्रीले पोखरेलले आग्रह गरेका छन् ।    धार्मिक महत्व बोकेको पवित्र नदी कालीगण्डकी नदीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने र यसको बहुपक्षीय विकासको लागि लगानी गर्नुपर्ने, अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउनका लागि मासिक रुपमा रकम सामाजिक सुरक्षा कोषलाई उपलब्ध गराउन आगामी बजेटमा व्यवस्था गर्न पनि उनले माग गरेका छन् ।    मनाङको नार्पाभूमि गाउँपालिका अहिलेसम्म सडक सञ्जालसँग नजोडिएको र विकट भएकाले प्रदेश सरकारको क्षमता नपुग्ने हुँदा केन्द्रीय योजनामा समावेश गर्न ध्यानाकर्षण पत्रमार्फत् अनुरोध गरिएको छ । नवलपुरको गैंडाकोटमा विपी अन्तर्राष्ट्रिय खेलग्राम र नवलपुरमै ट्रमा सेन्टर स्थापनाका लागि पनि केन्द्र सरकारले बजेट विनियोजना गरिदिन उनले प्रधानमन्त्रीसँग अनुरोध गरेका छन् ।    शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मुख्यमन्त्रीसँगै प्रदेशका कानुन सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापा पनि थिए । मुख्यमन्त्री पोखरेल शनिबार काठमाठौं गएर शनिबारै पोखरा फर्केका छन् ।   उनले यसअघि पनि २ पटकसम्म प्रधानमन्त्री देउवालाई भेटेर बजेट तथा प्रदेशका योजनाका बारेमा ध्यानाकर्षण गराएका थिए । राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा समेत उनले प्रदेशले भोग्नु परेका समस्याका बारेमा प्रदेशका तर्फबाट प्रस्तुति गरेका थिए ।      भातृशोकमा रहेका प्रधानमन्त्री देउवालाई मुख्यमन्त्री पोखरेल र कानुन मन्त्री थापाले समवेदना व्यक्त गरेका छन् । उनका भाइ प्रेमबहादुर देउवाको जेठ ३ गते निधन भएको हो ।   

राजधानीमा आयोजित एक ब्यूटी पेजेन्टमा सहभागी हुँदा यौन दूव्र्यवहार र बलात्कारको शिकार भएकी सुस्मिता रेग्मीको समर्थनमा आज पोखरामा शान्तीपूर्ण दबाब ¥याली र प्रदर्शन भएको छ ।    वुमन्स रुम रिलाेडेडद्वारा आयोजित प्रदर्शनमा स्वतस्फुर्त सयौंको सहभागिता रहेको छ । मानवअधिकार चोकबाट सुरु भएको ¥याली पृथ्वीचोकमा आएर सभामा परिणत भएको छ । सभामा आयोजक एवं सहभागीले सुस्मितालाई न्याय दिन नाराबाजी गरेका छन् ।    सहभागीले 'बलात्कारीलाइ फाँसी दे', ‘वी वान्ट जस्टिस’को नारा लगाउँदै गृहमन्त्रीको राजीनामाको माग समेत गरेका छन् । अहिले प्रदर्शन जारी छ । 

मकवानपुर- हेटौंडा उपमहानगरपालिकाको पहिलो महिला मेयरको रुपमा मीना कुमारी लामा निर्वाचित हुनु भएको छ । सत्तारुढ गठबन्धनका तर्फबाट मेयरको उम्मेदवार बनेकी नेकपा एकिकृत समाजवादीकी लामा हेटौंडाको पहिलो महिला मेयरको रुपमा निर्वाचित हुनु भएको हो ।   लामाले आफ्नो निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अनन्त पौडेललाइ २ हजार एकसय ५८ मतले पराजित गर्नु भएको छ । लामाले २३ हजार ६७ मत पाउँदा पौडेलले २० हजार नौसय ८ मत पाउनु भएको छ । राप्रपाका उम्मेदवार दिपक सिंहले २० हजार पाँच सय ३१ मत प्राप्त गर्नु भएको छ ।   त्यस्तैगरी उपमेयरमा गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेसका राजेश बानियाँ विजयी हुनु भएको छ । उहाँले ३२ हजार पाँच सय ९३ मत पाउनु भएको छ भने उहाँको प्रतिस्पर्धी एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले २३ हजार नौ सय नौ र राप्रपा उम्मेदवार इन्दिरा न्यौपानेले पाचहजार ८ सय ८६ मत पाउनु भयो ।   मेयरमा लामा निर्वाचित भएसँगै नेकपा एमालेको तीन दशक लामो विरासत भत्किएको छ । हेटौंडामा २०४८ सालदेखी निरन्तर रुपमा एमालेले विजयी हासिल गर्दै आएको थियो ।   कुनैबेला एउटै पार्टिमा रहँदा आफ्नो गुरु रहेका अनन्त पौडेललाइ हराएर हेटौंडामा नयाँ इतिहास रच्‍नु लामाको लागि सहज थिएन । तर, चुनौतिको चाङको बिच लामाले जीत मात्रै हात पार्नु भएन, हेटौंडाको इतिहासको नयाँ पाना पनि कोर्नुभयो ।   तीन दशकदेखी हेटौंडामा एकछत्र राज गर्दै आएको एमालेले हेटौंडालाई आफ्नो लालकिल्ला बताउँदै आएको थियो । तर, हेटौंडा मेयरमा समाजवादिकी लामा र उपमेयरमा नेपाली कांग्रेसका राजेश बानियाँ विजयी भएसङ्गै एमालेको लालकिल्ला ढलेको छ । अघिल्लो निर्वाचनमा नेकपा एमालेबाट हेटौंडाको उपमेयर बन्नुभएकी लामाले पार्टी विभाजनमा एमाले त्यागेर समाजवादी रोजेकी रोज्नु भएको थियो ।-

वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् । नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका-१२ घर भई विगत सात वर्षदेखि पोर्चुगल बस्दै आएका ३० वर्षीय सुजन सिलवाल बेपत्ता भएका हुन् ।   गत अप्रिल ११ मा नेपालबाट पोर्चुगल फर्केका उनी अप्रिल १५ दिउँसोदेखि सम्पर्कविहीन भएका हुन् । लिस्बनस्थित एक होस्टेलमा बस्दै आएका उनी अप्रिल १५ का दिन जापानमा रहेका आफ्ना भाइलाई फोन गरेको र त्यसपश्चात् परिवार आफन्त कोही कसैको सम्पर्कमा नआएको उनका आफन्त रामप्रसाद सिलवालले बताउनुभयो ।   सो विषयमा होस्टेल सञ्चालकसँग सोधखोज गर्दा अप्रिल १५ का दिन दिउँसो नुहाएर निस्केको देखेको र त्यसपछि होस्टेलमा नआएको होस्टेल सञ्चालकले बताएको सिलवालले जानकारी दिनुभयो । बेपत्ता भएका सिलवालको झोला, राहदानीलगायतका कागजपत्र होस्टेलमै रहेको उहाँले बताउनुभयो ।   सम्पर्कबिहीन भई बेपत्ता भएका सिलवालको खोजी गरिदिन उनको परिवारले आग्रह गरेको छ । सिलवाल बेपत्ता भएको खबर प्राप्त हुनासाथ यहाँको प्रहरी प्रशासनलाई खबर गरिएको र उनको खोजीकार्यका लागि पहल गरिएको पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमालले जानकारी दिनुभयो ।-

पछिल्लो समय स्थानीय निर्वाचनको मत परिणामसँगै चर्चामा आएको विषय हो सुस्मिता रेग्मीको भिडियो र त्यसपछि उनलाई न्याय दिन उठेको आवाज ।    यही विषयले आज संसदमा पनि चर्चा पाएको छ । सभामुख अग्निप्रसाद सापकोटाले यौन हिंसाबारे पछिल्ला दिनमा सार्वजनिक घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै यसका दोषीलाई कानूनी कारवाही गर्न र पीडितलाई क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।   आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बारेमा जारी रहेको छलफलकै क्रममा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सभामुखको ध्यानाकर्षण गराउनुभएको थियो ।   सांसद थापाको ध्यानाकर्षणका आधारमा सभामुख सापकोटाले यौन हिंसाका दोषीलाई कारवाहीको दायरामा ल्याउन निर्देशन दिनुभएको हो ।   केही वर्ष पहिले एक युवतीलाई मोडलिङका नाममा यौन हिंसा गरेको भन्ने विषय पीडितले नै सार्वजनिक गरेपछि दोषीलाई कारवाही गर्न माग गरिएको छ ।  

काठमाडौं, हिमाल आरोहणका लागि अनुमति प्रदान गरेवापत पर्यटन विभागले यस महिना ४८ करोड एक लाख १९ हजार ५०१ रुपियाँ राजस्व सङ्कलन गरेको छ । विभागले २७ वटा हिमाल आरोहणका लागि १२३ आरोहणदलबाट उक्त राजस्व सङ्कलन गरेको विज्ञप्तिमार्फत जानकारी गराएको छ ।    कोरोना भाइरस (कोभिड–१९) महामारी पछि यस वर्ष पदयात्रा र पर्वतारोहण क्षेत्रमा चहलपहल सुरु भएको छ । अध्यागमन विभागको तथ्याङ्कअनुसार पर्यटकको आगमनलाई हेर्दा पर्यटन क्षेत्र पुरानै लयमा फर्कन सुरु गरेको नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले जानकारी दिनुभयो ।    विभागले यस महिना ७५८ पुरुष र २१० महिला गरी ९६८ आरोहीलाई २७ हिमाल  आरोहणका लागि पर्यटन विभागबाट अनुमति लिएको पर्यटन विभागका प्रवक्ता मोहनबहादुर जिसिले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा धेरै सगरमाथाबाट ३९ करोड ९५ लाख ६२ हजार ३५० रुपिँया राजस्व संकलन भएको छ भने ल्होत्सेबाट दुई करोड ८४ लाख २९ हजार ७२२ रुपिँया, कञ्चनजङ्घाबाट एक करोड ३० लाख ८४ हजार ६५० रुपियाँ राजस्व सङ्कलन भएको छ ।   यी आरोहीहरु विश्वभरका ७४ वटा देसबाट नेपालका हिमाल आरोहणका लागि आएको विभागको तथ्याङ्क छ । सगरमाथा आरोहणका लागि मात्र ५८ वटा देशबाट ३१९ जना आरोहीले अनुमति लिएका छन् । 

मतगणना सुरु भएदेखि निकट प्रतिष्पर्धी रहेका धरान उपमहानगरपालिका स्वतन्त्र मेयर प्रत्यासी हर्क साम्पाङले चौथो दिन बिहानदेखि अन्यलाई उछिनेका छन् ।    बिहीबार बिहानको पछिल्लो अपडेटबाट हर्कले झिनो अग्रता लिएका हुन् । उपमहानगरपालिकामा हाल सम्म २९ हजार ७६४ मत गणना भइसक्दा हर्कले १७९ मतले  प्रतिष्पर्धीलाई उछिनेका छन् ।    सुरुवाती चरण देखिनै अग्रता लिएको गठबन्धन दलका उम्मेदवारलाई १४ मतले उछिन्दै अघि बढेका सम्पाङले मतान्तरको संख्या बढाउदै गएका छन् ।    निर्वाचन आयोगको  कार्यालयले सार्वजनिक पछिल्लो मत परिणाम अनुसार साम्पाङले ८६१६ मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार  काँग्रेसका किशोर राईले ८४३७ मत प्राप्त गरेका छन् ।    एमालेकी उम्मेदवार मञ्जु भण्डारी (सुवेदी)ले भने ६८९५ मत प्राप्त गरेकी छिन् ।    यसैगरी, उपमेयरमा गठबन्धनका उम्मेदवार अइन्द्रबिक्रम बेघाको अग्रता कायमै छ । उनले ९५२० मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार पदम इस्वोले ९१६२ मत प्राप्त गरेर बेघालाई पछ्याइरहेका छन् ।   

पोखराः पोखरा महानगरपालिकाको मेयरतर्फ नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका उम्मेदवार मैदानमा छन् । त्यस्तै, उपमेयरमा एमाले र कांग्रेसका प्रतिष्पर्धीको रोचक भीडन्त जारी छ ।    यसैबीच, ३६ हजार ८१३ मत गणना भइसक्दा समाजवादीका धनराज आचार्यले १५ हजार २८८ र एमालेका कृष्ण थापाले १३ हजार ३२९ मत प्राप्त गरेका छन् ।    गठबन्धनमार्फत उम्मेदवारी पाएको समाजवादीको उपमेयरमा उम्मेदवार छैन तर उसले हालसम्म २६ मत पाएको छ । यसैगरी, मेयरमा उम्मेदवार नभएको कांग्रेसले रुखमा ११ मत पाएको छ ।    उम्मेदवार नै नभएपछि उक्त चिन्हहरुमा खसेको मतको कुनै अर्थ छैन ।  महानगरभित्रको अझै १ लाख ६ हजार ४१३ मत गन्न बाँकी छ । यही अनुुपातमा रुख र कलममा मत जाने हो भने अन्तीम गणनासम्म मेयर र उपमेयरलाई असर नपार्ला भन्न सकिँदैन ।    गठबन्धनले मतदाता शिक्षामा ध्यान दिन नसकेको हो वा मतदाताले आफ्नै पार्टी वा चुनाव चिन्ह छोड्न नसकेको हो यसबारे स्वयं मतदाता नै जानकार छन् ।    अझ रोचक त भुँइकटहरले पनि २ मत पाएको छ । जसका उम्मेदवारले अन्तीम घडीमा उम्मेदवारी फिर्ता लिएका थिए ।   

पोखराः पाँच दलीय गठबन्धनबाट पोखरा महानगरको मेयरमा उठेका नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले यसपटक नेकपा एमालेको हातबाट महानगर खोस्ने सम्भावना बढेको छ ।    पछिल्लो अपडेटअनुसार २१ हजार ९६० मत गणना हुँदा समाजवादीका आचार्यले अग्रता बढाउँदै लगेपछि एमाले समूह झनै निराश बन्दै गएको छ । एमालेमा निराशा बढ्नुको कारण हो, वडा ६, १३ र २६ को मत परिणाम ।    एमालेले उक्त तीन वडामा गठबन्धनको भन्दा बढी मत पाउने अपेक्षा गरेको थियो । तर अपेक्षाविपरित उक्त वडामासमेत आचार्यले झनै बढी मत पाउँदा महानगरबाट एमालेको लगाम खुकुलो भएको छ ।    हालसम्मको मत परिणाम अनुसार आचार्यले ९ हजार १६५ मत पाएका छन् । यता, एमालेका कृष्ण थापाले हालसम्म ७ हजार ७७४ मत हासिल गरेका छन् ।    अब बाँकी रहेका वडाको मत परिणाम पनि एमालेको प्रतिकुल रहने आंकलन गरिएको छ । आचार्यले गठबन्धनबाट इमान्दार मत त पाए नै एमालेबाट समेत मत पाएको परिणामले देखाएको छ ।    त्यस्तै, उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले ९ हजार ४६१ मतका साथ अग्रस्थानमा रहेकी छिन् । निकटतम प्रतिद्वन्द्वी मञ्जु गुरुङले ८ हजार ८३१ मतले पच्छ्याइरहेकी छिन् ।   एक समय झिनो अन्तरले अग्रता पाएकी गुरुङको अवस्था पनि खासै सुधार हुन नसक्ने विश्वास गरिएको छ ।