पोखरा:   कास्की क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि सभा सदस्यको उम्मेदवार बिना गुरुङले मतदातासँग भेट्ने तथ नीतिगत तहबाट गर्न सकिने कामहरुको छलफल गर्ने अभियान चलाइरहेकी छन् । &nbs...

भैरहवा- भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएको छ ।   आज बिहान ७ बजे पहिलोपटक अन्तर्राष्ट्रिय जजिरा एयरलाइन्सको जहाज विमानस्थलमा अवतरण गरेको हो । २५सय६६औँ बुद्धजयन्तीको अवसर पारेर कुवेतबाट १७८ यात्रु बोकेर न्यारोबडी जहाजले उडान भरेको हो । जहाजलाई विमानस्थलमा पानीका फोहोरासहित स्वागत गरिएको थियो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आजै प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको छ ।   जजिराले भोलि बिहान २ः३० बजेको समयमा नेपालबाट यात्रु बोकी कुवेतका लागि उडान भर्ने योजना रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।   उद्योग वाणिज्य सङ्घ सिद्धार्थनगरको पर्यटन विभाग प्रमुख सञ्जय बजिमयका अनुसार साताको तीन दिन (सोमबार, बुधबार र शुक्रबार) नियमित उडान भर्ने गरी प्रक्रिया अगाडि बढेको छ । आफ्नो ट्राभलले भैरहवाबाट जाने ३० यात्रुको बुकिङ गरिसकेको उहाँले बताउनुभयो । पुरानो विमानस्थलमा अहिले दैनिक २४ जहाजले आन्तरिक उडान भर्छन् ।   एउटा मात्र रनवेले कारण ट्राफिक चाप हुने गरेकाले चाप व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय विमानको उडानलाई रातिको समयमा राखिएको उक्त अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले बताउनुभयो ।

पोखराः स्थानीय तह निर्वाचनका दिन स्याङजाको वालिङमा जीप दुर्घटनामा परी घाइते भएकाहरुलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भेटेका छन् ।    पोखराको गण्डकी मेडिकल कलेजमा उपचाररत घाइतेहरुको स्वास्थ्यवस्थाबारे जानकारी लिँदै मुख्यमन्त्री पोखरेलले उपचारमा पूर्ण ध्यान दिन कलेज प्रशासनलाई निर्देशन दिएका छन् ।   ‘स्वास्थ्यविधि र प्रविधि गरी उपचार गर्नुहोला’ पोखरेलले भनेका छन् ‘हामी सबैलाई चाँडै निको भएर फर्केको हेर्न आतुर छौं ।’   उक्त दुर्घटनामा १४ जनाको निधन भएको थियो भने अन्य ८ घाइते भएका छन् । त्यस्तै, एकजना उपचारपछि घर फर्किएको कलेजले जनाएको छ ।     घाइतेमध्ये ३ जनाको आइसियुमा उपचार भइहेको छ । २ बालक अर्थोवार्ड र २ जनाको जनरल वार्डमा छन् ।   हाल घाइते सबै खतरामुक्त रहेको कलेजका मेडिकल सुपरिन्टेन्डेन्ट डा. टुमाया घलेले जानकारी दिएकी छिन् । 

स्याङ्जाको वालिङमा मतदाता बोकेको गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । अन्य ११ जना घाइते भएका छन् ।    घाइतेहरुको उपचारार्थ पोखरको गण्डकी मेडिकल कलेज ल्याइएको छ ।   सिख्रेबाट वालिङतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको बस वालिङ नगरपालिका–१५ मा बस दुर्घटनामा परेको हो ।   दुर्घटनामा परि १४ जनाको निधन भएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलद्वारा जानकारी दिए । ११ जना घाइते भएका छन् । १० जनाको सनाखत भइसकेको छ ।  उद्धार कार्य अझै जारी छ ।    

पोखरा महानगर वडा १६ का जीतबहादुर परियारले बिहान साढे ७ बजे मतदान गरेका छन् ।    विन्दवासिनी मावि मतदानस्थलबाट भोट हालेर फर्किएपछि परियार सुनगाभा न्यूजसँग गफिए । ‘आफ्नो अधिकार प्रयोग गर्न आएको हुँ’ खासै उत्साहित नदेखिएका परियारले भने ‘नेताहरु झुठा छन्, गर्छन् भन्ने विश्वास पनि छैन तर ठग्छन् भन्ने थाहा भएपनि भोट हालियो ।’   गाउँमै सिंहदबार भनेर भनेपनि सबै गफै भएको जनताकालागि त्यो केवल गफ भएको उनको प्रतिक्रिया थियो ।   परिवारको सहारामा व्हिलचेयरमा मतदान गर्न आएका ६३ वर्षीय परियारले यसअघि ०७४ मा पनि भोट हालेको तर अपांगकालागि केही सुविधा नपाएको गुनासो पाेखे ।   ‘मलाई ढाँट्छन् भन्ने स्योर छ’ अपांग परियारले भने ‘जुन जोगी आएपनि कान चिरेको भनेझैं हो ।’   स्वच्छ नेता चुन्न मतदान गरेपनि आफ्नो भोटको कदर नभएको तीतो पोख्दै उनले भने ‘आश्वासन दिनेबाहेक खासै केही भएन, जसले जीतेपनि खासै फरक पर्दैन ।’   जनतालाई गरेको वाचा यसपटकको निर्वाचनबाट पुरा होस् भन्दै उनले पुनः आशावादी हुनुबाहेक अर्काे विकल्प नभएको उनले सुनाए । 

पोखराः पोखरा महानगरको प्रमुख पदका एमाले उम्मेदवार कृष्ण थापाले मतदान गरेका छन् ।    उनले पोखरा १६ स्थित विन्दबासिनी मतदान स्थलको केन्द्र 'क' मा साईत हेरेर सवा सात बजे मतदान गरेका हुन । उनी अब निरीक्षणमा निस्किनेछ्न ।

पोखराः  स्थानीय तह निर्वाचन–२०७९ अन्तरगत शुक्रबार मतदान हुँदैछ । मतदानसँगै अत्यावश्यकस्थत मानिने गणनास्थलकोसमेत तयारी भइरहेको छ ।  पोखरा महानगरपालिकाको मतगणनास्थल जिल्ला समन्वय समितिको हल र पोखरा उपत्यका नगर विकास समितिको हललाई तोकिएको छ ।    त्यस्तै, अन्नपूर्ण गाउँपालिकाको मतगणनास्थल कृषि अनुसन्धान केन्द्र लुम्ले तथा मादी, माछापुच्छ्रे र रुपा गाउँपालिकाको मतगणनास्थल सम्बन्धित गाउँपालिकाको प्रशासकीय भवनलाई तोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा मतदानपछि गतणनाका लागि आवश्यक तयारीसमेत गरिएको छ । गणनास्थलमा सिसीक्यामेरा र छेकबार लगाउने काम भइरहेको बताइन्छ ।    जिल्लाका सबै मतदान केन्द्रमा मतदानस्थल निर्माणलगायत व्यवस्थापकीय काम बुधबारदेखि सुरु भएको छ । सबै केन्द्रमा बुधबारसम्म मतदान अधिकृतलगायत खटिएका सबै कर्मचारी पुगेका छन् ।    मतदान केन्द्रका कर्मचारीले निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नेबारेमा सर्वदलीय बैठक गरी गैरकानुनी क्रियाकलाप हुन नदिने र शान्तिपूर्ण मतदानको वातावरण बनाउने प्रतिबद्धता सम्बद्ध दलहरूले गरेका छन् ।  सबै केन्द्रमा मतदानस्थलको आवश्यक व्यवस्थापकीय काम भइरहेको छ । सबै केन्द्रमा मतदाता परिचयपत्र वितरण सुरु भएको छ ।   जिल्लामा मतदानस्थलको सुरक्षा घेरा तीन तहको बनाइएको छ, जसमा पहिलो घेरामा नेपाल प्रहरी हुने र प्रहरीलाई म्यादी प्रहरीले सघाउने छ भने बीच घेरामा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेनाले सुरक्षा दिने भएको छ । जिल्लाका १५० मतदानस्थलमा ३३६ वटा मतदान केन्द्र छन् ।   पोखरा महानगरपालिकामा ९८ मतदानस्थल र २४२ मतदान केन्द्र, अन्नपूर्ण गाउँपालिकामा १५ मतदानस्थल र २६ मतदान केन्द्र, माछापुच्छ्रे गाउँपालिकामा १२ मतदानस्थल र २५ मतदान केन्द्र, मादीमा १७ मतदानस्थल र २५ केन्द्र तथा रुपा गाउँपालिकामा आठ मतदानस्थलमा १८ मतदान केन्द्र तोकिएको छ ।

कास्कीका एकतिहाइ मतदानस्थल अतिसंवेदनशील मतदानस्थलका रूपमा रहेका छन् । निर्वाचन सुरक्षा समितिले १५० मतदानस्थलमध्ये ५० मतदानस्थल अतिसंवेशनशील मतदानस्थलका रूपमा पहिचान गरेको हो ।   बाँकीलाई संवेदनशील र सामान्य मतदानस्थलका रूपमा वर्गीकरण गरिएको छ । पोखरा महानगरपालिकाका वडामा रहेका मतदानस्थललाई सामान्य मतदानस्थलका रूपमा राखिएको छ भने गाउँपालिकामा रहेका स्थल अतिसंवेदनशील र संवेदनशीलमा परेका छन् । निर्वाचन सुरक्षा समितिले बाटोको दूरी, भौगोलिक अवस्था, विगतको घटना, हालको सुरक्षा अवस्थालगायतलाई मध्यनजर गरी मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य अवस्थाका मतदानस्थलका रूपमा वर्गीकरण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले बताउनुभयो ।   ‘‘अति संवेदनशील मतदानस्थलका रूपमा रहेका मतदानस्थलमा पनि सुरक्षा चुनौती भने छैन, ’’ उहाँले भन्नुभयो, “कुनै पनि मतदानस्थलमा सुरक्षा थ्रेट नरहे पनि सम्भावित चुनौतीलाई ध्यानमा राखेर मजबुत सुरक्षा व्यवस्था मिलाएका छौँ ।” निर्वाचन बहिष्कार गरेका पार्टीदेखि निर्वाचनमा भाग लिएका तर बल प्रयोग गर्न खोज्नेसम्मका समूहलाई पहिचान गरेर निर्वाचनलाई शान्तिपूर्णरूपमा सम्पन्न गर्ने गरी निगरानी गरिरहेको प्रवक्ता तिवारीले बताउनुभयो ।   जिल्लामा मतदानस्थलको सुरक्षा घेरा तीन तहको बनाइएको छ, जसमा पहिलो घेरामा नेपाल प्रहरी हुने र प्रहरीलाई म्यादी प्रहरीले सघाउने छ भने बीच घेरामा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेनाले सुरक्षा दिने भएको छ । जिल्लाका १५० मतदानस्थलमा ३३६ वटा मतदान केन्द्र छन् । पोखरा महानगरपालिकामा ९८ मतदानस्थल र २४२ मतदान केन्द्र, अन्नपूर्ण गाउँपालिकामा १५ मतदानस्थल र २६ मतदान केन्द्र, माछापुच्छ«े गाउँपालिकामा १२ मतदानस्थल र २५ मतदान केन्द्र, मादीमा १७ मतदानस्थल र २५ केन्द्र तथा रुपा गाउँपालिकामा आठ मतदानस्थलमा १८ मतदान केन्द्र तोकिएको छ ।   जिल्लामा मतदानपछि गतणनाका लागि आवश्यक तयारीसमेत गरिएको छ । गणनास्थलमा सिसीक्यामेरा र छेकबार लगाउने काम भइरहेको बताइन्छ । पोखरा महानगरपालिकाको मतगणनास्थल जिल्ला समन्वय समितिको हल र पोखरा उपत्यका नगर विकास समितिको हललाई तोकिएको छ । अन्नपूर्ण गाउँपालिकाको मतगणनास्थल कृषि अनुसन्धान केन्द्र लुम्ले तथा मादी, माछापुच्छ«े र रुपा गाउँपालिकाको मतगणनास्थल सम्बन्धित गाउँपालिकाको प्रशासकीय भवनलाई तोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।   जिल्लाका सबै मतदान केन्द्रमा मतदानस्थल निर्माणलगायत व्यवस्थापकीय काम बुधबारदेखि सुरु भएको छ । सबै केन्द्रमा बुधबारसम्म मतदान अधिकृतलगायत खटिएका सबै कर्मचारी पुगेका छन् । मतदान केन्द्रका कर्मचारीले निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नेबारेमा सर्वदलीय बैठक गरी गैरकानुनी क्रियाकलाप हुन नदिने र शान्तिपूर्ण मतदानको वातावरण बनाउने प्रतिबद्धता सम्बद्ध दलहरूले गरेका छन् । सबै केन्द्रमा मतदानस्थलको आवश्यक व्यवस्थापकीय काम भइरहेको छ । सबै केन्द्रमा मतदाता परिचयपत्र वितरण सुरु भएको छ ।   आज साँझ ५ः०० बजेसम्म नयाँका लागि मतदाता परिचयपत्र वितरण हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुगमन अधिृकत निलप्रसाद पनेरुले बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनको आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । मतदान अधिकृतलगायत कर्मचारी तोकिएको स्थानमा पुगेर मतदानस्थल निर्माण सुरु गर्नुभएको छ । आजसम्म आवश्यक सबै काम सकिन्छ ।”

धादिङ- नीलकण्ठ नगरपालिकास्थित वडा नम्वर ६ देउरालीछाप भन्ने स्थानमा माओवादी र नेपाली काँग्रेस कार्यकर्ताबीच झडप हुँदा २७ जना धाइते हुनुका साथै एक जना बेपत्ता भएका छन् ।   गएराती भएको झडपमा परी घाईते भएकाहरुमध्ये २१ जना नेपाली काँग्रेस र अन्य नेकपा माओवादी केन्द्रका कार्यकर्ता रहेका छन् । बेपत्ता हुने सुनौला बजार निवासी धनबहादुर मग्राती रहेको सुनौला बजार प्रहरीले जनाएको छ । बेपत्ताको खोजी पनि भईरहेको प्रहरीको भनाइ छ ।   घाइतेहरुको जिल्ला अस्पताल धादिङ र स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार भईरहेको जनाईएको छ । जिल्ला अस्पतालमा उपचारका लागी ल्याईएका घाईतेहरुमध्ये अधिकांशको टाउकोमा चोट लागेको छ भने हातखुट्टा भाँचिएको छ ।   घाइते हुनेमा नेपाली काँग्रेसको तर्फबाट वडा नम्वर ५ का उमेद्वार भुपेन्द्र श्रेष्ठ समेत गम्भिर घाईते भएका छन् । श्रेष्ठको जिल्ला अस्पतालमा उपचार भईरहेको छ भने गम्भिर घाईते र टाउकोमा चोट लागेका घाईते चार जनाको अवस्था गम्भिर भएकाले थप उपचारका लागि काठमाण्डौं लगिएको बताइएको छ ।   उनिहरुलाई भोर्ले भन्ने गाउँबाट सुनौला बजार घर फर्कने क्रममा माओवादीका कार्यकर्ताहरुले बाटो छेकेर आक्रमण गरेको आरोप लगाएका छन् ।

डोटी- डोटीमा बस दुर्घटना हुँदा ३० जना घाईते भएका छन् । कैलालीको अत्तरियाबाट बाजुराका लागि छुटेको सु.प.प्र. ०१००१ ख ३१०८ नम्बरको बस जिल्लाको पुर्बिचौकी गाउँपालिका ४ सानागाँउमा दुर्घटनामा परेको हो ।   सानागाँउ प्रहरी चौकी नजिक बस दुर्घटना हुँदा कम्तीमा ३० जना घाईते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । बस सडकबाट करिब ३०-४० मिटर तल खसेको छ ।   दुर्घटनामा घाइते भएकाहरुको नेपाली सेना प्राथमिक उपचारसहित खटिएको निर्वाचन सुरक्षा टोलि, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्दार गरेको छ ।   घाइतेहरूमध्ये ६ जनाको अवस्था गम्भीर रहेको र बाँकीको अवस्था सामान्य रहेको भैरवप्रसाद गणको सह सेनानी सौरभ चौधरीले जानकारी दिनुभयो ।   घाइतेहरुको स्थानिय स्वास्थ्य संस्थामा उपचार भैरहेकाो र गम्भिर घाइतेहरूलाई उपचारका लागी जिल्ला अस्पताल डोटीमा ल्याइएको छ ।-