पोखरा:    नेपाली सिने क्षेत्रका लोकप्रिय कलाकार माओत्से गुरुङले आफ्नी ८४ वर्षीया आमाको शुभ जन्मदिन वृद्धाश्रम पुगेर मनाएका छन् ।   पोखरा १७ स्थित सीतापाइलामा रहेको पोखरा वृद्धाश्रममा पुगेर ...

बोदेबसाईन:  बजारमा पछिल्लो दुई साता यता तरकारीको भाउ ह्वात्तै घटेपछि किसान चिन्तामा परेका छन् । किसानबाट सस्तोमा तरकारी खरिद गरी महँगोमा बेच्ने बिचौलियाहरूलाई फाइदा भएको किसानको भनाइ छ ।     सप्तरीको मुख्य बजारहरूमा गोभी दुई साता अघिसम्म ३० देखि ५० रुपियाँसम्ममा प्रतिकेजी बिक्री हुँदैआएको थियो । अहिले किसानको बारीमा तरकारी उत्पादन बढेपछि विक्री गर्नेबेलामा मूल्य घटेको किसानहरूको गुनासो छ । बजारमा गोभी र यो सिजनको मुख्य काउली, आलु, भन्टा, मूला लगायतका तरकारीको रेट घटेर प्रतिकेजी १० देखि १५ रुपियाँ भएको छ । विष्णुपुर –७ कट्टीका किसान रामनाथ महतोले सुरुमा तरकारी मूल्य बढी भए पनि अहिले सस्तो भएपछि किसानलाई लागत मूल्य पनि नआउने उहाँले बताउनुभयो ।    समयमा खेती लगाउन चाहेमा मल, बिउँ पाइँदैन, स्थानीय सरकारले धेरैथोर अनुदानमा दिए पनि लामो प्रक्रिया पूरा गर्दा समे लाग्नेगरेको किसानको गुनासो छ । अनुदानको मल, बिउँ लिन धेरै किसानलाई त्यसबारे जानकारी नहुने उहाँले बताउनुभयो ।    सप्तरीका प्रमुख बजारहरूमा उपभोग हुने ठूलो परिमाणको तरकारी कार्तिकदेखि पुससम्म बाहिरबाट आयात भइरहँदा तरकारीको बजारभाउ पनि गाडी भाडा खर्च समेत गरी महँगो थियो । तर किसानकै खेतबारीमा तरकारी तयार हुँदासम्म स्थानीय बजारमा त्यही तरकारी सस्तो मूल्यमा बेच्नुपरेको  किसानको भनाइ छ ।    धेरै मलखाद, किटनाशक हालेको आयातित तरकारीभन्दा स्थानीय किसानकै खेतबारीको गोभी, साग सस्तोमा पाउनेगरेको राजविराज – ८ का उपभोक्ता राजनारायण साहले बताउनुभयो ।    एकातिर तरकारी सस्तिँदा पाउ र किलोमा किन्ने काउली, मूला गाँजर अचेल ५० रुपियाँमा पाँच सात किलोको झोला भर्नेगरी तरकारी घर लान पाएको उपभोक्ताहरूको भनाइ छ ।    सप्तरी सदरमुकाम राजविराजमा वर्षैभर खपत हुने परिमाणको आधा बढी तरकारी छिमेकी मुलुक भारत र अर्को जिल्ला सुनसरी, सिराहा लगायताको ठाउँबाट आयत हुँदैआएको छ ।

बागलुङ : बागलुङ बजारमा विपद् व्यवस्थापन सम्बन्धी आगोलागी घटनाको नियन्त्रण, खोज तथा उद्धार नमुना अभ्यास भएको छ।    सशस्त्र प्रहरी गुल्म बागलुङ र नेपाल प्रहरी विपद् व्यवस्थापन गुल्म बागलुङले संयुक्त रूपमा बागलुङ नगरपालिका–१, बांगेचौर मैदानमा नमुना अभ्यास गरेको हो।    आगलागी घटना हुँदा नियन्त्रण, खोज तथा उद्धारका साथै प्राथमिक उपचारमा समेत के कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सशस्त्र र नेपाल प्रहरीको टोलीले कृतिम नमुना अभ्यास गरेको थियो।   आगोलागी नियन्त्रण र प्रभावितलाई उद्धार जस्ता विषयलाई लक्षित गरी नमुना अभ्यास गरिएको सशस्त्र प्रहरी गुल्म बागलुङका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्ण कुमार श्रेष्ठले बताए।    विपद् व्यवस्थापनका क्रममा आगोलागी हुँदा प्रहरीलाई तत्काल खबर गर्ने, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले घटना स्थलमा पुगेर संयुक्त रूपमा आगोलागी नियन्त्रण गर्ने र घाइतेहरूलाई एम्बुलेन्स मार्फत अस्पताल पुर्‍याउने, क्षतिको मुचुल्का उठाउने लगायत नमुना अभ्यासमा देखाइएको थियो।    अभ्यासका क्रममा बागलुङ नगरपालिकाको दमकल र धौलागिरी अस्पताल बागलुङको एम्बुलेन्स प्रयोग गरेर आगो नियन्त्रण गर्न र घाईतेहरूलाई अस्पताल पुर्‍याउन तत्काल चाहिने सवारी साधनहरूको बारेमा जानकारी समेत गराइएको थियो।    सशस्त्र प्रहरी र नेपाल प्रहरीले छुट्टाछुट्टै विपद् व्यवस्थापन समितिमार्फत विपद् कार्यदल गठन गरी उनीहरूलाई विपद् आइपरेकालाई खोजी तथा उद्धार कार्यका लागि विभिन्न तालिम सञ्चालन गर्दै आएका छन्।    सो अनुरूप प्रयोगात्मक कृत्रिम नमुना अभ्यासका लागि आगोलागी घटनाको नियन्त्रण, खोज तथा उद्धारको लागि कृतिम नमुना अभ्यास कार्यक्रम सञ्चालन गरिएको गुल्मपति श्रेष्ठले बताए।

पोखराः अपराध जगत्मा पछिल्लो माध्यम बनेको छ इन्टरनेट । यही इन्टरनेटको सहाराले पोखराका आशिष परियारले अमेरिकामा रहेका नेपालीको नगद कुम्ल्याए ।   परियारले अमेरिकामा रहेका एक नेपालीको फेसबुक प्रोफाइल ह्याक गरी नेपालस्थित उनको साथीलाई समस्या परेको भन्दै केही पैसा तुरुन्त पठाइदिन आग्रह गरे । म्यासेजमा बैंक खातासमेत उल्लेख गरिएको थियो ।      म्यासेज प्राप्त भएपछि उनले तुरुन्तै मोबाइल बैंकिङमार्फत ५० हजार रुपैयाँ पठाइदिए । पैसा पठाएको २ दिनसम्म पनि अमेरिकामा रहेका साथी सम्पर्कमा नआएपछि बुझ्ने क्रममा उनका साथीमार्फत सामाजिक सञ्जाल ह्याक भएको सूचना पाए ।    सूचना पाएलगत्तै पीडितले साइबर ब्यूरोमा गत ११ गते निवेदन दिएको ब्यूरोका प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए ।    निवेदन पाएपछि ब्यूरोको टोलीले अनुसन्धान अघि बढाई २६ गते परियारलाई पक्राउ गरेको छ । पोखरा लामाचौर स्थायी ठेगाना भएका २३ वर्षे परियारलाई काठमाण्डौं जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको  प्रहरी उपरीक्षक रायले बताए ।    ‘हामीले बल्ल गहन अनुसन्धान सुरु गरेका छौं’ राय भन्छन् ‘पोखरा घर भएपनि उनी राजधानी बस्दै आएको थाहा भएको छ, अहिले सबै जानकारी दिन असमर्थ छौं ।

काठमाडौं:   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई पदबाट निलम्बन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धकलाई पत्र लेखी पठाइएको छ ।   संस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवम् प्रवक्ता राजेन्द्रकुमार केसीले विमानस्थलका महाप्रबन्धक ठाकुरले थाइ स्माइल एयलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रव्य सामग्री प्राप्त भएको जानकारी दिनुभयो ।   सो विषयमा जाँचबुझ गर्न ठाकुरलाई पदबाट निलम्बन गर्न प्राधिकरणका महानिर्देशकलाई लेखी पठाइएको प्रवक्ता केसीद्वारा विज्ञप्तिमा उल्लेख छ ।  उहाँका अनुसार उक्त विषयमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पठाइनेछ ।  

पर्सा:  नेपाल-भारत सीमाबाट हराएका भनिएका दुई सीमास्तम्भ पर्साको जगरनाथपुर गाउँपालिकास्थित ओरिया खोलामा भेटिएको छ । जगरनाथपुर गाउँपालिका–१ पिपरडारीस्थित ओरिया खोलाबाट हराइरहेका सीमास्तम्भ भेटिएपछि आजै जिल्ला सुरक्षा समितिको बैठक बोलाइएको छ ।    जिल्ला सुरक्षा समिति पर्साले ओरिया खोला क्षेत्रमा नदीजन्य पदार्थ (बालुवा) उत्खनन नगर्न भारतीय पक्षसँग आग्रह पनि गरिसकेको छ । ओरिया खोलामा भारतीय पक्षले ठेक्का लगाएर दिनहुँजसो बालुवा उत्खनन गर्दै आएको छ ।    खोलामा बालुवा उत्खननका क्रममा पुरिएको अवस्थामा सीमास्तम्भ भेटिएपछि ओरिया खोलाको विवाद फेरि बाहिर आएको हो । खोलामा सीमास्तम्भ भेटिएपछि भूमि भारतकै हो कि नेपालतर्फको भन्ने बारे यकीन नभएकाले सुरक्षा निकायको माथिल्लो तहमा कुरा राख्नुपर्ने भएका कारण उत्खननमा रोक लगाइएको सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाले जनाए ।      चार दिनअघि मात्रै ओरिया खोलामा ४२२ नम्बरको मुख्य सीमास्तम्भ भेटिएको थियो भने हाल ४२२÷१ नम्बरको सहायक सीमास्तम्भ खोलामै भेटिएको थपालियाले बताए । जगरनाथपुर गाउँपालिका–१ पिपडारी हुँदै भारततर्फ जाने ओरिया खोलामा धमाधम सीमास्तम्भ भेटिन थालेपछि प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीको नेतृत्वमा जिल्लास्थित नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सुरक्षा निकायका प्रमुख तथा स्थानीय पालिकाका प्रमुखले स्थलगत अवलोकन गरेका थिए । त्यसलगत्तै पहिलेदेखि नै विवादित बन्दै आएको ओरिया खोलामै हराएका सीमास्तम्भ भेटिएपछि त्यसबारे आवश्यक छलफल गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिए ।    जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले दशगजा क्षेत्रमा रहेको ओरिया खोलामा सीमास्तम्भ भेटिएपछि अब सम्बन्धित निकायले आवश्यक कदम चाल्नुपर्नेमा जोड दिँदै वर्र्षैदेखि भारतीयतर्फको ठेकेदार पक्षले ओरिया खोलामा दैनिकरुपमा उत्खनन गर्दै आएको बताए ।    यादव भन्छन्, “ओरिया खोलाबाट भारतीय पक्षका ठेकेदार आफ्नो मनोमानी ढङ्गले गिटी, बालुवा उत्खनन गरेर सयौँ ट्र्याक्टरमा रातिसम्म लैजाने गरेका छन् । दशगजा क्षेत्रका मानिस आफूहरु असुरक्षित महसुस गर्ने गरेको र रोक्न खोज्ने क्रममा पटकपटक विवाद हुने गरेको बताए ।    नेपालतर्फका सुरक्षा अधिकारीको टोली ओरिया खोला पुगेर भारतीय सीमा सुरक्षा बल एसएसबीको टोलीलाई उत्खनन रोक्न आग्रह गरेको र उनीहरुले माथिल्लो निकायमा कुरा राख्ने प्रतिक्रिया दिएको सुरक्षा समितिले जनाएको छ । ओरिया खोला र आसपासका क्षेत्रमा मुख्य र सहायक गरी १६ वटा सीमास्तम्भ हराएका थिए ।

स्याङजा:  स्याङ्जाको गल्याङ नगरपालिकाले दुई सय २१ विद्यार्थीलाई निःशुल्क अध्ययन गराउँदै छ । नगरपालिकाभित्रका क्याम्पस तथा कक्षा ११ र १२ मा अध्ययनरत अतिगरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरी निःशुल्क अध्ययन गराउन थालेको हो ।   नगरभित्रका क्याम्पसमा अध्ययनरत लक्षित समूहका विद्यार्थीमध्ये १० प्रतिशत तथा कक्षा ११ र १२ मा अध्ययनरतमध्ये २० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको नगरपालिकाका शिक्षा शाखा प्रमुख केदारराज आचार्यले बताए । नगरपालिकाले क्याम्पसमा अध्ययन गर्ने अतिविपन्न, गरिब तथा जेहेन्दार विद्यार्थीलाई मासिक शुल्कवापत जनही रु १० हजार आठ सय प्रदान गरेको हो । कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई मासिक रु तीन सयका दरले वर्षभरिको रु तीन हजार छ सय उपलब्ध गराइएको उहाँले जानकारी दिए ।   “क्याम्पस तथा विद्यालयले अतिविपन्न, गरिब तथा जेहेन्दार विद्यार्थीको आवेदन खुलाउने र त्यसैका आधारमा विद्यार्थीले आवेदन भरेका हुन्”, उनले भने, “प्राप्त आवेदनमाथि विद्यालयले छानविन गरी वास्तविक विद्यार्थी छनोट गरी नगरपालिकामा सिफारिस गरेको आधारमा यहाँबाट पूर्ण छात्रवृत्ति उपलब्ध गराएका हौँ ।” पूर्ण छात्रवृत्ति प्राप्त गरेको विद्यार्थी उत्तीर्ण भएमामात्रै अघिल्लो कक्षा अध्ययनका लागि पुनः छात्रवृत्ति प्राप्त गर्नेछन् । अनुत्तीर्ण भएकाले भने उक्त सुविधा अघिल्लो कक्षामा नपाउने उनले बताए ।   आर्थिक अभावकै कारण कोही पनि शिक्षा प्राप्त गर्नबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यसहित नगरपालिकाले यो अभियान थालेको नगरप्रमुख गुरुप्रसाद भट्टराईले बताए । नगरको शैक्षिक रुपान्तरणका लागि यस अभियानले विद्यार्थीमा अध्ययनतर्फ थप प्रोत्साहन मिल्ने उनको विश्वास छ । नगरपालिकाले दुई सय २१ विद्यार्थीलाई रु १२ लाख ६९ हजार छात्रवृत्तिस्वरुप प्रदान गरेको छ ।

अंकारा : टर्की र सिरियाको सीमा क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १५ हजार नाघेको अधिकारीहरुले जनाएका छन् ।   बिहीबार बिहानसम्मको प्राप्त तथ्याङ्क अनुसार सो भूकम्पमा परेर ज्यान जानेको सङ्ख्या दुवै देशमा गरेर १५ हजार तीन सय ८३ पुगेको छ ।   दुबै देशका सरकारी अधिकारी तथा उद्धारकर्मीले बिहीबार बिहान सार्वजनिक गरेको तथ्याङ्कमा सो जानकारी दिइएको समाचारमा जनाइएको छ ।   बिहीबार बिहानसम्म टर्कीमा भूकम्पबाट ज्यान जाने नागरिक १२ हजार तीन सय ९१ जना पुगेका छन् । टर्कीको बिपत व्यवस्थापन विभागलाई उद्धृत गर्दै सो समाचार दिइएको छ ।   त्यस भूकम्पबाट टर्कीका धेरैको मृत्यु भएको बताइएको छ । टर्कीका राष्ट्रपतिको कार्यालय स्रोतका अनुसार टर्कीमा भूकम्पमा परी १२ हजार तीन सय ९१ जनाको मृत्यु भएको छ ।   यसअघि टर्कीको विपद् व्यवस्थापन निकायले ४४ हजारभन्दा बढी मानिस घाइते भएको जनाएको थियो । घाइते भएकाहरु अस्पताल पुर्याइएको छ र अस्पतालमा नै मानिसहरुको निधन भएका समाचारहरु आइरहेका छन् ।   उता सिरियामा पनि सो भूकम्पमा परी बिहीबारसम्म ज्यान जाने व्यक्तिको सङ्ख्या एक हजार दुई सय नाघेको छ । त्यहाँ दुई हजार जनाभन्दा बढी व्यक्ति घाइते छन् ।    टर्कीको दक्षिणी प्रान्त कहरामनमारसमा स्थानीय समयअनुसार सोमबार बिहान ४:१७ बजे ७.७ म्याग्निच्यूडको भूकम्प गएको थियो भने त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियान्टेपमा ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो । त्यस्तै सोही दिन दिउँसो १.२४ मा ७.६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।   टर्की र सिरियामा सोमबार गएका दुई ठूला र घातक भूकम्पको केन्द्रविन्दु रहेको कहरमानमारासमा उद्धारकर्मीहरू जीवित व्यक्तिहरूको खोजीका लागि जुटेका छन् ।   धेरै देश र विश्वव्यापी सहायता एजेन्सीहरूले भूकम्प प्रभावित क्षेत्रहरूमा उद्धार टोली र राहत सामग्रीहरू प्रदान गरिरहेका छन् । यसै क्रममा चिनियाँ उद्धार टोली पनि चार्टर्ड विमानबाट टर्कीको भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्यमा सहयोग गर्न बुधबार अदाना विमानस्थलमा आइपुगेको छ ।   उता अमेरिकी अधिकारीहरुले पनि उद्धारको कामका लागि अमेरिकी टोली पठाइएको बताएकमा छन् । संयुक्त राष्ट्रसङ्घले पनि विभिन्न सहायता एजेन्सी पठाएर सहयोग गरिरहेको जनाएको छ ।

दिपायल:   जिल्ला अदालत डोटीले दोषी ठहर गरेका १०४ जना फरार सूचीमा रहेका छन् । अदालतले फरार दोषीको सूची प्रहरीलाई पठाइसकेको छ । यद्यपि प्रहरीले फरार दोषीलाई अझै पक्राउ गर्न सकेको छैन ।    निमित्त तहसिलदार लबबहादुर थापाका अनुसार अदालतले ३२ वर्षअघि फैसला सुनाएका व्यक्तिहरूसमेत फरार सूचीमा रहेका छन् । उहाँले भन्नुभयो, “हामीले फरार दोषीको सूची प्रहरीलाई पठाइसकेका छौँ । उनीहरू जुनसुकै बेला पनि समातिन सक्छन् ।”   तहसिलदार थापाका अनुसार कर्तव्य ज्यान मुद्दामा दोषी ठहारिएका १३, सवारी ज्यान नौ, जबरजस्ती करणीमा १३, चोरी ११, बहुविवाहको मुद्दामा दोषी ठहारिएका नौ जना फरार सूचीमा छन् ।    ज्यान मार्ने उद्योगका तीन, बैङ्किङ कसुरका चार, सरकारी लिखत कृत्य गरेको मुद्दाका आठ, जातीय छुवाछूतका तीन, बालविवाहका चार, भ्रष्टाचार मुद्दाका दुई, वन पैदावार तथा काठको मुद्दाका छ र अप्राकृतिक मैथुन मुद्दाका चार जना दोषी फरार रहेका छन् ।   त्यस्तै हाडनाता करणी, लागूऔषध, जबरजस्ती करणीसँगै रहजनी चोरी, अमानवीय व्यवहार, अवैध हातहतियार, पशुपन्छीसम्बन्धी कसुर, जबरजस्ती करणी उद्योग, नेपाली नागरिकता कृत्य, वैदेशिक रोजगार कसुर, गर्भपतन र मानव बेचबिखन मुद्दामा अदालतले दोषी ठहर गरेका एक/एक जना पनि फरार सूचीमा रहेका छन् ।   प्रहरीले छुट्टै टोली बनाएर फरार सूचीमा रहेका व्यक्तिको खोजी कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी नायब उपरीक्षक भोला भट्टले बताउनुभयो ।

काठमाडौं:  टर्कीमा गएको विनासकारी भूकम्पपछि राहत र पुनस्र्थापनाका लागि नेपाल सरकारले मेडिकल टिम र अत्यावश्यक सामग्री पठाउने भएको छ।    बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको दशौं बैठकले उक्त निर्णय गरेको हो।   बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टर्की नेपालको असल मित्रराष्ट्र भएकाले नेपालका तर्फबाट सम्भव भएसम्म सहयोग गर्नुपर्ने बताउनुभयो।    प्रधानमन्त्रीले भन्नुभयो, ‘‘नेपाल हाम्रो असल मित्र राष्ट्र हो। हिजो हामीलाई अप्ठ्यारो पर्दा टर्की सरकारले सहयोग गरेको हो। टर्की सरकारको दुःखमा हामीले पनि सहयोग गर्नुपर्छ। त्यसैले छिटोभन्दा छिटो टोली र प्राविधिक सामान पठाएर सहयोग गरौँ।”   बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, मुख्यसचिव शंकरदास बैरागी, नेपाली सेनाका प्रधानसेनापतिलगायत समितिका पदाधिकारी र सदस्य उपस्थित हुनुहुन्थ्यो।   बैठकले आवश्यक तयारी गरेर छिटोभन्दा छिटो मेडिकल टोली, मेडिकल सामग्री, लजिष्टिक सामग्री र टर्कीको वातावरणसँग मिल्ने खाद्य सामग्री पठाउने निर्णय गरेको छ।