पोखरा:    नेपाली सिने क्षेत्रका लोकप्रिय कलाकार माओत्से गुरुङले आफ्नी ८४ वर्षीया आमाको शुभ जन्मदिन वृद्धाश्रम पुगेर मनाएका छन् ।   पोखरा १७ स्थित सीतापाइलामा रहेको पोखरा वृद्धाश्रममा पुगेर ...

काठमाडौं: उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले इलामका प्रेमप्रसाद आचार्यको परिवारसँग भेट गर्नुभएको छ ।   सामाजिक सञ्जाल फेसबुकमा आत्मवृत्तान्तसहितको सुसाइट नोट लेखेर इलाम पञ्चकन्या–६ का आचार्यले मङ्गलबार दिउँसो नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गर्नुभएको थियो । त्यसलगत्तै प्रहरीले उहाँलाई कीर्तिपुरस्थित बर्न अस्पताल पुर्‍याएको थियो ।   आचार्यको शरीरको ८० प्रतिशतभन्दा बढी भाग जलेको थियो । कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा उपचारका क्रममा उहाँको मृत्यु भएको हो ।   बुधबार दिउँसो अस्पताल पुगेर गृहमन्त्री लामिछानेले आचार्यका परिवारलाई भेटेर कुराकानी गर्नुभएको हो ।

बारा जिल्लामा प्रहरीले एकैदिन ३ सय ३२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।    गत सोमबार जिल्ला प्रहरी कार्यालय, बाराको टिमले जिल्लामा रहेका ३ सय ३२ फरार प्रतिवादीलाई पक्राउ गरी मंगलबार अदालतमा पेश गरेको छ ।    पक्राउ परेका फरार प्रतिवादीमध्ये केही ६ वर्ष ५ महिना बढी कैद सजाय तोकिएका दोषी छन् । जिप्रका बाराका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता राजेश थापाका अनुसार उक्त सजाय भुक्तान गर्नुपर्ने फरार प्रतिवादी कलैया उपमहानगरका विजय दास हुन् ।    त्यस्तै, बैंकिङ् कसुर मुद्दामा ७ लाख रुपैयाँ जरिवाना तोकिएका एजाजुल हक अन्सारी र अन्य मुद्दाका प्रतिवादी रहेका छन् ।      एकैदिन भारी संख्यामा पक्राउ गर्न सफल भएपनि त्यसको तयारी १५ दिन अघिदेखि सुरु गरेको प्रवक्ता थापा बताउँछन् । ‘हाम्रो टिमले १५ दिन अघिबाटै रेकी सुरु गरेको हो’ थापाले भने ‘सबैको लोकेशन लिएर प्रहरीले अन्य यूनिटको समेत सहयोगमा एकैदिन पक्राउ गर्न सफल भयौं ।’   फरार प्रतिवादी पक्राउ गर्न अभियान नै चलाएको बारा प्रहरीले ४ सयको हाराहारीमा जनशक्ति परिचालन गरेको थापाले जनाए ।    ठूलो संख्यामा पक्राउ गरी सफलता हासिल गरेपनि बारा प्रहरीको लागि चुनौति भने सकिएको छैन । बारा जिल्ला अदालतको तथ्यांक अनुसार अझै करिब १३ सय जना प्रतिवादी पक्रने जिम्मा बारा प्रहरीलाई छ ।    कहिले समातिन्छन् १३ सय प्रतिवादी ? भन्ने प्रश्नमा थापा भन्छन्, ‘प्रहरीको कामै त्यही हो, शान्ति सुरक्षा र अदालतको फैसलापछि हामी एक्सनमा जान्छौ, प्रहरीसँग भएको सिमित स्रोत र साधनका बावजुद पनि हामी छिट्टै नतीजा दिनेछौं ।    पक्राउ परेकामध्ये ३६ जनालाई पर्सा कारागार चलान गरिएको छ भने अन्य जरिवाना भुक्तान गरी मुक्त भएका छन् । फरार प्रतिवादी पक्रने कार्यलाई अभियानकैरुपमा अघि बढाइएको जिप्रका बाराले जनाएको छ ।   

काठमाडौं:  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आत्मदाहको सबैभन्दा ठूलो कारण राज्य भएको बताएका छन् । मंगलबार बानेश्वरस्थित संसद् भवन अगाडि आफैंलाई आगो लगाएका इलाका प्रेमप्रसाद आचार्यको मृत्यु भएपछि सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले आत्मदाहका धेरै कारण र संकेतहरु भए पनि ठूलो कारण राज्य भएको बताएका हुन् । ‘सबैभन्दा भयानक संकेत राज्यको चरम असफलताको हो, उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्दारमा, उनले भोगेका हरेक चरणमा राज्य असफल भएको छ’, बालेनले भनेका छन्, ‘राज्यका हरेक तप्का, निकाय र अंगहरु असफल भएका छन् ।’ नागरिकका रुपमा, जनप्रतिनिधिका रुपमा, सत्ताका अगुवाका रुपमा, सञ्चारमाध्यमका रुपमा सबै असफल भइरहेको उनले उल्लेख गरेका छन् । ‘नागरिकले गर्नुपर्ने सामान्य दायित्व पूरा गर्नुपर्ने चेत हाम्रो छैन, हामीलाई नियम नमान्दा र पालो मिच्दा असामान्य हो भन्ने लाग्दैन’, उनले भनेका छन् । एकैपटक धेरै कुराहरु गलत बाटोमा लागेर एकैपल्ट असफल हुँदा प्रेमप्रसाद आचार्यले त्यसको विद्रोह गरेको बालेनले भनेका छन् । ‘त्यो विद्रोह हाम्रो समयको पछिल्लो सबैभन्दा विस्मयकारी घटना हो ।’ प्रेमप्रसाद आचार्यको जस्तो नियति भोग्न नपरोस् भनेर महानगरले सिप सिक्ने र ती सिपहरुको जीवनस्तर वृद्धिमा प्रयोग हुने संरचनाहरुको निर्माण गनेृमा असाध्यै संवेदनशील भएर काम गरिरहेको उनले भनेका छन् । ‘नागरिक तहदेखि संघीय सरकारसम्म सबैले आफ्नो भूमिकाबाट कठोर भइ निभाउन अपिल गर्दछु’, उनले भनेका छन् ।

काठमाडौं:  संघीय संसद भवनअगाडि मंगलबार दिउँसो एक व्यक्तिले आफैंलाई आगो लगाएर आत्महत्याको प्रयास गरेका छन् । बानेश्वरबाट तीनकुने मार्गमा मुख्य सडककै बीचमा इलाम पञ्चकन्याका प्रेमप्रसाद आचार्यले पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद भवनबाट बाहिर निस्के लगत्तै आत्मदाह गरेका हुन् । उनलाई प्रहरीले उद्धार गरेर बर्न अस्पताल कीर्तपुर अस्पताल लगेका थिए ।

बाजुरा:  बाजुरामा ५.९ म्‍याग्निच्यूडको भूकम्प जाँदा एक घर भत्किएको छ । बाजुराको बडिमालिका नगरपालिका(७ मा एउटा घर भत्केको डिएसपी सुर्य थापाले बताए । उनका अनुसार मानवीय क्षतिबारेको थप विवरण आउन बाँकी छ ।

पोखरा:  पोखरामा भूकम्पको धक्का महसुस गरिएको छ ।    दिउँसोको २ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो । करिब ४ सेकेन्ड भूकम्पको धक्का महसुस गरिएको थियो । हाल सम्म कुनै मानविय क्षति भएको छैन् । 

काठमाडौं:  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल वायु सेवा निगमको निरीक्षण गरेका छन् ।  निगमको सोमबार निरीक्षण गर्दै मन्त्री किरातीले विमानस्थलमा हुने लगेज चोरी रोक्न कडाईका साथ सुरक्षाको व्यवस्थाको पहल गर्न आग्रह गरे ।  ‘एयरपोर्टमा लगेज हराउँछ’ मन्त्री किराँतीले भने, ‘जे–जे भयो आजसम्म भयो, अब नहोस्, सुन्न नपरोस्, सहन सक्दिन म ।’ विशेषतः खाडी मुलुकबाट फर्कने नेपालीहरुले उक्त समस्या भोग्न परेको चर्चा गरे ।  ‘खाडीमा उनीहरुले पसिना बगाएर पठाएको रेमिट्यान्सले देश चलेको छ, उसैलाई ‘डोरी लाहुरे’ भन्दै हेप्ने काम नगरौं’ मन्त्री किराँतीले भने ।  निरीक्षणसँगै कर्मचारीलाई निर्देशन दिँदै मन्त्री किराँतीले अबको एक महिनाभित्र अनलाइन टिकेटिङ् लागु हुनुपर्ने बताए । ‘निजी विमान कम्पनीहरुले गरेका छन्, सकेका छन्’ उनले भने ‘हामीले किन सक्दैनौं ? मलाई नतीजा चाहियो ।  सोही क्रममा किराँतीले जहाजको मर्मत–सम्भार, ग्राउण्ड ह्याण्डलिङमा अनावश्यक रकम खर्च भइरहेको, निगममा अस्थायी र करार कर्मचारीको भीड लागेको समेत उल्लेख गरे । उनले उनीहरुको आवश्यकता र दक्षता के हो ? भन्दै राख्ने वा नराख्ने निर्णय गर्ने जनाए ।  त्यस्तै, निर्धारित समयमा यात्रुले उडान सेवा लिन नपाएको गुनासो बढेको र आफ्नो पनि भोगाइ रहेको भन्दै किराँतीले अब चुस्त र दुरुस्त तालिका बनाउन निर्देशन दिए ।  सम्पूर्ण कर्मचारी र मिडियासहित प्रस्तुत भएका मन्त्रीले निर्देशन र सुझाव दिँदै अन्त्यमा भने ‘म सफा कपडा लगाएर आएको मान्छे हुँ, मलाइ ‘कालो’ हातले छुने प्रयास नगर्नुहोला ।’    

पोखराः गण्डकी प्रदेशमा मन्त्रालयको संख्या सातमात्र बनाउने खबर सार्वजनिक भएपछि वाहवाही कमाएका मुख्यमन्त्री खगराज अधिकारीलाई भागबण्डा लगाउन भने सकस भएको छ ।    सोमबार बेलुकासम्म मुख्यमन्त्रीसहित नेकपा एमालेको भागमा चार, नेकपा माओवादी केन्द्रलाई २ र राप्रपालाई १ मन्त्रालय छुट्याइने विषयमा सहमति भएको हल्ला चलेपनि यसको आधिकारिकता भने पुष्टी भएन । यही विषयमा गण्डकी सरकारकी प्रवक्ता सीता सुन्दासले पनि प्रारम्भिक खाका भएको जनाइन् ।    यता, नेकपा माओवादीले २ मन्त्रालयमा चित्त बुझाउन नसक्ने प्रतिक्रिया जनाइसकेको छ । माओवादीबाट मन्त्री भइसकेका हरिबहादुर चुमानले पनि २ मन्त्रालयमा असहमति प्रकट गरेका छन् ।    सत्ता घटकमा रहेका ३ दललाई सात मन्त्रालयमा चित्त बुझाउन गाह्रो परेपछि मुख्यमन्त्री अधिकारी काठमाण्डौं पुगेका छन् । अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग उनकै निवासमा मन्त्रालय भागबण्डाको गाँठो फुकाउन प्रधानमन्त्री दाहालसँग भेट गरेको बताइएको छ ।    मुख्यमन्त्री अधिकारी र प्रधानमन्त्री दाहालबीच समसामयिक राजनीतिक घटनाक्रम, गण्डकीमा मन्त्रिपरिषद विस्तारलगायतका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।   नेकपा एमाले प्रदेश संसदीय दल नेता अधिकारी सत्ता साझेदार दलहरूको समर्थनमा मुख्यमन्त्री भएका थिए।गण्डकीमा सत्ता साझेदार दलहरू एमाले, माओवादी केन्द्र र राप्रपाका गरी ३१ जना सांसदले मुख्यमन्त्रीलाई समर्थन गरेका थिए।गण्डकीमा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र राप्रपाका प्रदेश अध्यक्ष एवं सांसद पञ्चराम गुरूङ मन्त्री नियुक्त भइसकेका छन्।   अब गण्डकीमा तीन जना मात्र मन्त्री थपिनेछन्। यी तीन मन्त्रीमा कुन दलले कति पाउने भन्ने भागबण्डा मिलेको छैन। गण्डकीमा मन्त्रालय संख्या समेत घटाइएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा रहेका १२ वटा मन्त्रालयबाट ७ वटामा झार्ने निर्णय गरेको थियो।

रुपन्देहीः   रूपन्देहीको भैरहवास्थित देवकोटा चोकमा रहेको ‘जेल रेष्टुरेण्ट’ प्रशासनले बन्द गरिदिएको छ। उक्त रेष्टुरेण्टबाट हत्कडी, बन्दुकजस्तो देखिने एयरगन र फासी लगाउन मिल्ने पासो जफत गरिएको प्रहरीले जनाएको छ। ग्राहकलाई लक्षित गरेर रेष्टुरेण्टका कोठा जेलको आकारमा बनाइएको थियो। ग्राहकले हत्कडी लगाउने र खाजा खाने, पासोजस्ता सामग्रीबाट आत्महत्या गर्न प्रोत्साहन हुने पाइएकोले रेष्टुरेण्ट बन्द गराइएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए। उक्त रेष्टुरेण्ट खुलेको जानकारी स्थानीय सञ्चार माध्यमबाट बाहिरिएका थिए। अनुगमन गर्दा कैफियत देखिएका कारण रेष्टुरेण्ट बन्द गरिएको उनले बताए। फरक प्रकृतिको देखिने भएको कारण पछिल्लो समय सो रेष्टुरेण्ट चर्चित भएको थियो। रेष्टुरेण्ट सञ्चालकलाई मंगलबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन भनिएको उनले बताए। यसबारे आवश्यक अनुसन्धान गरी प्रचलित कानुनअनुसार कारबाही गरिने उनले बताए। यो रेष्टुरेण्ट करिब एक महिना अघिदेखि सञ्चालनमा थियो।