पोखरा:   कास्की क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि सभा सदस्यको उम्मेदवार बिना गुरुङले मतदातासँग भेट्ने तथ नीतिगत तहबाट गर्न सकिने कामहरुको छलफल गर्ने अभियान चलाइरहेकी छन् । &nbs...

काठमाडौं:  संघीय संसद भवनअगाडि मंगलबार दिउँसो एक व्यक्तिले आफैंलाई आगो लगाएर आत्महत्याको प्रयास गरेका छन् । बानेश्वरबाट तीनकुने मार्गमा मुख्य सडककै बीचमा इलाम पञ्चकन्याका प्रेमप्रसाद आचार्यले पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद भवनबाट बाहिर निस्के लगत्तै आत्मदाह गरेका हुन् । उनलाई प्रहरीले उद्धार गरेर बर्न अस्पताल कीर्तपुर अस्पताल लगेका थिए ।

बाजुरा:  बाजुरामा ५.९ म्‍याग्निच्यूडको भूकम्प जाँदा एक घर भत्किएको छ । बाजुराको बडिमालिका नगरपालिका(७ मा एउटा घर भत्केको डिएसपी सुर्य थापाले बताए । उनका अनुसार मानवीय क्षतिबारेको थप विवरण आउन बाँकी छ ।

पोखरा:  पोखरामा भूकम्पको धक्का महसुस गरिएको छ ।    दिउँसोको २ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो । करिब ४ सेकेन्ड भूकम्पको धक्का महसुस गरिएको थियो । हाल सम्म कुनै मानविय क्षति भएको छैन् । 

काठमाडौं:  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल वायु सेवा निगमको निरीक्षण गरेका छन् ।  निगमको सोमबार निरीक्षण गर्दै मन्त्री किरातीले विमानस्थलमा हुने लगेज चोरी रोक्न कडाईका साथ सुरक्षाको व्यवस्थाको पहल गर्न आग्रह गरे ।  ‘एयरपोर्टमा लगेज हराउँछ’ मन्त्री किराँतीले भने, ‘जे–जे भयो आजसम्म भयो, अब नहोस्, सुन्न नपरोस्, सहन सक्दिन म ।’ विशेषतः खाडी मुलुकबाट फर्कने नेपालीहरुले उक्त समस्या भोग्न परेको चर्चा गरे ।  ‘खाडीमा उनीहरुले पसिना बगाएर पठाएको रेमिट्यान्सले देश चलेको छ, उसैलाई ‘डोरी लाहुरे’ भन्दै हेप्ने काम नगरौं’ मन्त्री किराँतीले भने ।  निरीक्षणसँगै कर्मचारीलाई निर्देशन दिँदै मन्त्री किराँतीले अबको एक महिनाभित्र अनलाइन टिकेटिङ् लागु हुनुपर्ने बताए । ‘निजी विमान कम्पनीहरुले गरेका छन्, सकेका छन्’ उनले भने ‘हामीले किन सक्दैनौं ? मलाई नतीजा चाहियो ।  सोही क्रममा किराँतीले जहाजको मर्मत–सम्भार, ग्राउण्ड ह्याण्डलिङमा अनावश्यक रकम खर्च भइरहेको, निगममा अस्थायी र करार कर्मचारीको भीड लागेको समेत उल्लेख गरे । उनले उनीहरुको आवश्यकता र दक्षता के हो ? भन्दै राख्ने वा नराख्ने निर्णय गर्ने जनाए ।  त्यस्तै, निर्धारित समयमा यात्रुले उडान सेवा लिन नपाएको गुनासो बढेको र आफ्नो पनि भोगाइ रहेको भन्दै किराँतीले अब चुस्त र दुरुस्त तालिका बनाउन निर्देशन दिए ।  सम्पूर्ण कर्मचारी र मिडियासहित प्रस्तुत भएका मन्त्रीले निर्देशन र सुझाव दिँदै अन्त्यमा भने ‘म सफा कपडा लगाएर आएको मान्छे हुँ, मलाइ ‘कालो’ हातले छुने प्रयास नगर्नुहोला ।’    

पोखराः गण्डकी प्रदेशमा मन्त्रालयको संख्या सातमात्र बनाउने खबर सार्वजनिक भएपछि वाहवाही कमाएका मुख्यमन्त्री खगराज अधिकारीलाई भागबण्डा लगाउन भने सकस भएको छ ।    सोमबार बेलुकासम्म मुख्यमन्त्रीसहित नेकपा एमालेको भागमा चार, नेकपा माओवादी केन्द्रलाई २ र राप्रपालाई १ मन्त्रालय छुट्याइने विषयमा सहमति भएको हल्ला चलेपनि यसको आधिकारिकता भने पुष्टी भएन । यही विषयमा गण्डकी सरकारकी प्रवक्ता सीता सुन्दासले पनि प्रारम्भिक खाका भएको जनाइन् ।    यता, नेकपा माओवादीले २ मन्त्रालयमा चित्त बुझाउन नसक्ने प्रतिक्रिया जनाइसकेको छ । माओवादीबाट मन्त्री भइसकेका हरिबहादुर चुमानले पनि २ मन्त्रालयमा असहमति प्रकट गरेका छन् ।    सत्ता घटकमा रहेका ३ दललाई सात मन्त्रालयमा चित्त बुझाउन गाह्रो परेपछि मुख्यमन्त्री अधिकारी काठमाण्डौं पुगेका छन् । अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग उनकै निवासमा मन्त्रालय भागबण्डाको गाँठो फुकाउन प्रधानमन्त्री दाहालसँग भेट गरेको बताइएको छ ।    मुख्यमन्त्री अधिकारी र प्रधानमन्त्री दाहालबीच समसामयिक राजनीतिक घटनाक्रम, गण्डकीमा मन्त्रिपरिषद विस्तारलगायतका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।   नेकपा एमाले प्रदेश संसदीय दल नेता अधिकारी सत्ता साझेदार दलहरूको समर्थनमा मुख्यमन्त्री भएका थिए।गण्डकीमा सत्ता साझेदार दलहरू एमाले, माओवादी केन्द्र र राप्रपाका गरी ३१ जना सांसदले मुख्यमन्त्रीलाई समर्थन गरेका थिए।गण्डकीमा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र राप्रपाका प्रदेश अध्यक्ष एवं सांसद पञ्चराम गुरूङ मन्त्री नियुक्त भइसकेका छन्।   अब गण्डकीमा तीन जना मात्र मन्त्री थपिनेछन्। यी तीन मन्त्रीमा कुन दलले कति पाउने भन्ने भागबण्डा मिलेको छैन। गण्डकीमा मन्त्रालय संख्या समेत घटाइएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा रहेका १२ वटा मन्त्रालयबाट ७ वटामा झार्ने निर्णय गरेको थियो।

रुपन्देहीः   रूपन्देहीको भैरहवास्थित देवकोटा चोकमा रहेको ‘जेल रेष्टुरेण्ट’ प्रशासनले बन्द गरिदिएको छ। उक्त रेष्टुरेण्टबाट हत्कडी, बन्दुकजस्तो देखिने एयरगन र फासी लगाउन मिल्ने पासो जफत गरिएको प्रहरीले जनाएको छ। ग्राहकलाई लक्षित गरेर रेष्टुरेण्टका कोठा जेलको आकारमा बनाइएको थियो। ग्राहकले हत्कडी लगाउने र खाजा खाने, पासोजस्ता सामग्रीबाट आत्महत्या गर्न प्रोत्साहन हुने पाइएकोले रेष्टुरेण्ट बन्द गराइएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए। उक्त रेष्टुरेण्ट खुलेको जानकारी स्थानीय सञ्चार माध्यमबाट बाहिरिएका थिए। अनुगमन गर्दा कैफियत देखिएका कारण रेष्टुरेण्ट बन्द गरिएको उनले बताए। फरक प्रकृतिको देखिने भएको कारण पछिल्लो समय सो रेष्टुरेण्ट चर्चित भएको थियो। रेष्टुरेण्ट सञ्चालकलाई मंगलबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन भनिएको उनले बताए। यसबारे आवश्यक अनुसन्धान गरी प्रचलित कानुनअनुसार कारबाही गरिने उनले बताए। यो रेष्टुरेण्ट करिब एक महिना अघिदेखि सञ्चालनमा थियो।

काठमाडौं:     साढे सात वर्ष अघि गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पले ढलेको धरहरा परिसरको संरचना बनेर धरहरा टावर चढ्न अझै एक वर्ष कुर्नुपर्ने भएको छ । सम्झौता भएलगत्तै काम गर्न चार रोपनी क्षेत्रफल मात्र पाएको र पछिमात्र ४२ रोपनी क्षेत्रफलको ‘साइड क्लियर’ भएकाले अझै एक वर्ष धरहरा परिसरका संरचना निर्माणका लागि लाग्ने निर्माण व्यवसायी पक्षको भनाइ छ । विसं २०७५ असोज १४ गते धरहरा क्षेत्रका संरचना निर्माणका लागि निर्माण व्यवसायीसँग तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सम्झौता गरेको थियो । चिनियाँ निर्माण कम्पनी जिआइटिसीररमण जेभीले धरहरा क्षेत्रका संरचनाको निर्माण गरिरहेको छ । निर्माण कम्पनीको म्याद अहिलेसम्म चारपटक थपिएको छ । कोरोना महामारीका कारणले मात्र दुईपटक म्याद थपिएको थियो । चारपटक थपिएको म्याद पनि गत पुस मसान्तमा सकिएको छ । धरहरा क्षेत्रका सबै संरचना निर्माणका लागि कम्तीमा पनि अझै एक वर्ष लाग्ने निर्माण व्यवसायी तर्फका आयोजना व्यवस्थापक सञ्जय नकर्मी बताउनुहुन्छ ।  हालसम्म धरहरा क्षेत्रका संरचना निर्माणको ८२ प्रतिशत भौतिक प्रगति भएको छ । ६९ प्रतिशत वित्तीय प्रगति भएको पनि जनाइएको छ । टेन्डरमा नभएका काम पटकपटक थपिएको र टक्सार विभागको भवन भत्काउन सम्झौता भएको मितिले २२ महिना लागेकाले काम ढिलाइ भएको दाबी निर्माण व्यवसायी पक्षको छ । धरहराका विशेषता धरहरा टावर बाहिरबाट हेर्दा ११ तल्लाको देखिए पनि भित्र जमिनमुनि दुई तल्लाको भूमिगत संरचना बनिरहेको छ । जमिनमाथि भुइँतल्लासहित २३ तल्लाको धरहरा भने ठडिएको छ । समग्रमा धरहरा २५ तल्लाको बनेको छ । धरहरासहित यस क्षेत्रमा निर्माण हुने संरचनाको कूल लागत रु तीन अर्ब आठ करोड रहेको जनाइएको छ । जमिनमाथिबाट गजुरसहित धरहराको उचाइ ८३।८५ मिटर छ । भूमिगत तल्लासहित ९२।२५ मिटर हुन्छ । धरहराभित्र दुईवटा लिफ्ट राखिएको छ । लिफ्टमा एकपटकमा १० जनाले यात्रा गर्न सक्नेछन् । लिफ्टका कारण वृद्धवृद्धा तथा अपाङ्गता भएकालाई धरहरा चढ्न सहज हुनेछ । धरहरामा फलामको भ¥याङसमेत जडान गरिएको छ ।  धरहराबाट उपत्यकाको दृश्यावलोकनका लागि २०औँ तल्ला बाहिर २।५ मिटर चौडाइको बार्दलीसमेत बनाइएको छ । २२औँ तल्लामा पुरानो धरहराबाट झिकेर सुरक्षित राखिएको शिवलिङ्ग स्थापना गरिएको छ । धरहरामुनिको दुईतले भूमिगत संरचनामा दुईवटा ‘विद्युतीय स्वचालित भ¥याङ’ बाट तलमाथि गर्न सकिने गरी संरचना तयार पारिएको छ । वैशाख १२ गतेको धरहरा क्षेत्र विसं २०७२ वैशाख १२ गते शनिबारको दिन भएकाले धेरै मानिस धरहरा चढ्न त्यस वरपर जम्मा भएका थिए । कति त माथि नै थिए । तीमध्ये ६० जनाले जीवन गुमाए । सयौँ मानिस घाइते भए । उपत्यकाको एक महत्वपूर्ण ऐतिहासिकस्थल भूकम्पले भत्किएको धरहरालाई जस्तात्यस्तै छोपेर राखिएको छ । त्यस नजिकै धरहरा टावर ठडिन भने छ वर्ष समय लागेको थियो ।  विसं २०७४ कात्तिक २७ गते मन्त्रिपरिषद् बैठकले धरहरा पुनर्निर्माणको जिम्मेवारी प्राधिकरणलाई दिने निर्णय गरेको थियो । २०७५ साल असोज १४ गते प्राधिकरणले धरहरा पुनर्निर्माण सुरु गरेको थियो । गत वर्ष प्राधिकरणको अवधि सकिएपछि हाल यस क्षेत्रको निर्माणको काम सहरी विकास तथा भवन निर्माण विभागले हेर्दै आएको छ । भूकम्पले भत्किएपछि धरहरा क्षेत्र विस्तार भएको छ । अब धरहरा क्षेत्र ४२ रोपनी क्षेत्रफलमा फैलिने भएको छ । यस क्षेत्रमा एउटा अर्ध भूमिगतसहित चारतले भूकम्प र टक्सारसम्बन्धी सङ्ग्रहालय निर्माण भइरहेको छ । यहाँ ‘फुड कोर्ट’ सहितको ‘युटिलिटी ब्लक’ को काम पनि भइरहेको विभागका आयोजना निर्देशक कोषनाथ अधिकारीले जानकारी दिनुभयो । धरहरा क्षेत्रमा विश्रामस्थलसहितको अत्यन्तै मनमोहक बगैँचा तथा सङ्गीतमय फोहरासमेत बन्नेछ । जसले आन्तरिक एवं बाह्य पर्यटकलाई यहाँ आकर्षित गर्नेछ । धरहरा क्षेत्रमा तीनतले भूमिगत पार्किङको व्यवस्था गरिएको छ । जहाँ दुई सय ४४ गाडी र सात सय ४४ मोटरसाइकल पार्किङ गर्न सकिनेछ । भीमसेन थापाले विसं १८८२ मा बनाएको धरहरा ९भीमसेन स्तम्भ० लाई सिसाले छोपेर संरक्षण गरी राखिएको छ । धरहरा क्षेत्रमा रहेको ऐतिहासिक सुन्धाराको पनि संरक्षण गरिँदै छ । सुन्धारामा चौबिसै घण्टा पानी आउने व्यवस्था मिलाउन लागिएको छ । धरहरा र सङ्ग्रहालय जोड्ने आकर्षक आकाशे पुल पनि निर्माण भइरहेको छ ।    धरहराको इतिहास विसं १८८२ मा महारानी ललिता त्रिपुरासुन्दरीको आज्ञामा नेपालका पहिलो प्रधानमन्त्री भीमसेन थापाले ६१।८८ मिटर अग्लो ११ तले धरहरा बनाउन लगाउनुभएको इतिहास छ । विसं १९१३ मा बज्र ९चट्याङ० ले भत्केपछि विसं १९२३ मा धरहराको जीर्णोद्धार गरिएको थियो । विसं १९९० माघ २ गतेको भूकम्पले भत्किएको धरहरा दुई वर्षपछि तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरको शासनकालमा पुनर्निर्माण भएको थियो । पुनर्निर्माणका क्रममा ११ तले धरहरालाई नौ तल्लामा सीमित गरिएको थियो । यो धरहराभन्दा अघि विसं १८८१ मा थापाले नै लगनटोलमा आफ्नो नाममा धरहरा निर्माण गर्नुभएको थियो । जसको नाम पनि भीमसेन स्तम्भ नै राखिएको थियो । विसं १८९० मा भत्किएपछि लगनटोलको धरहरा पुनर्निर्माण नभएको ऐतिहासिक दस्तावेजमा उल्लेख गरिएको छ । हाल धरहरा टावरको काम भने सकिएको छ । ठडिएको टावर वरपरबाट तस्बिर खिच्ने भीड देखिन्छ । तस्बिर खिचिरहेका रामचन्द्र सुवाल भने धरहरा चढ्नका लागि खुला गरिदिए हुन्थ्यो भन्ने माग गर्नुहुन्छ । विभागले भने धरहरा क्षेत्रका सबै संरचनाको निर्माण नसकिएसम्म धरहरामात्र खुला गर्न नसकिने जनाएको छ ।

काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन नगर प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। स्याङ्जा गल्याङ नगरपालिकाका तत्कालिन नगर प्रमुख भुपराज अधिकारी,प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद पाण्डे,लेखापाल राजेन्द्र रेग्मी,आपूर्तिकर्ता स्पुक ट्रेडर्स प्रालि तीनकुने काठमाडौंका प्रतिनिधि शिवप्रसाद न्यौपानेलगायत ६ जनाविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। अदुवाको बीउ खरिदमा अनियमितता गरी भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान गर्दा तत्कालीन नगर प्रमुख अधिकारीले १३ लाख रुपैयाँ नगरपालिकालाई हानी पुर्‍याएको देखिएको अख्तियारको ठहर छ। अधिकारीसँग १३ लाख रुपैयाँ बिगो माग गरिएको छ। यसैगरी, तत्कालीन नगर प्रमुख अधिकारी,प्रमुख प्रशासनिक अधिकृत पाण्डे,तत्कालीन बाली विकास अधिकृत अरविन्द मणि त्रिपाठी,लेखापाल रेग्मी र तत्कालीन खरिदार सन्तोष कोइरालाले स्पेशिफिकेसनमा उल्लिखित कागजातहरुको परीक्षण नै नगरी गुणस्तरहीन अदुवाको बीउ गानो खरिद गरी भुक्तानीका लागि टिप्पणी आदेश पेश गरेको र पेश भएको टिप्पणी आदेश स्वीकृत गरी १ करोड ९७ लाख ७० हजार ४९९ रकम हिनामिना गरेको पाइएको अख्तियारले  जनाएको छ। यिनीहरुविरुद्ध सोही रकम बराबरको बिगो दावी गरिएको छ। अख्तियारका अनुसार अदुवाको बीउ आपूर्तिकर्ता स्पुक ट्रेडर्स प्रालि तीनकुने काठमाडौं र उक्त प्रालिका अख्तियार प्राप्त अधिकारी शिव प्रसाद न्यौपानेले गुणस्तरहीन अदुवाको बीउ आपूर्ति गरी भुक्तानी लिइ २ करोड १० लाख ७० हजार ४९९ रुपैयाँ हिनामिना गरेको पाइएको छ। प्रवक्ता भण्डारीका अनुसार आपूर्तिकर्ता स्पुक प्रालि र अख्तियार प्राप्त न्यौपानेलाई  ऐनको दफा ८को उपदफा ९४० बमोजिम सजाय माग गरी  २ करोड १० लाख ७० हजार ४९९ रुपैयाँ बिगोसमेत जफत गर्न माग दावीसहित भ्रष्टाचार मुद्दा दायर भएको हो।

काठमाडौं:  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायु सेवा निगमको निरीक्षण गरेका छन् ।  निगमको सोमबार निरीक्षण गर्दै मन्त्री किरातीले आमजनताले महसुस र देख्नेगरी परिणाम यथाशीघ्र ल्याउनेगरी काम गर्न निर्देशन दिए ।  साथै एक महिनाभित्र  इटिकेटिङ प्रणाली लागू गर्न, त्रिभुवन विमानस्थलमा हुने चोरी रोक्न र ग्राउण्ड हेन्डेलिङ गुणस्तर वृद्धि गर्न मन्त्री किरातीले निर्देशन दिए ।  साथै समयमै जहाज उडाउने कार्य गर्न पनि उनले निर्देशन दिएका छन् ।