पोखरा:   कास्की क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि सभा सदस्यको उम्मेदवार बिना गुरुङले मतदातासँग भेट्ने तथ नीतिगत तहबाट गर्न सकिने कामहरुको छलफल गर्ने अभियान चलाइरहेकी छन् । &nbs...

काठमाडौं:  राष्ट्रपति विद्यादेवी भण्डारीले यति एयरलाइन्सको एटिआर–७२ विमान पोखरामा दुर्घटना भएको खबरले स्तब्ध भएको बताउनु भएको छ ।  आइतबार एक शोक सन्देश जारी गर्नुहुँदै राष्ट्रपति भण्डारीले भन्नुभएको छ, ‘‘दुर्घटनामा जीवन गुमाउने यात्रु एवम् चालक दलका सदस्यहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।’’  उहाँले सो सन्देश ट्वीटमार्फत सार्वजनिक गर्नुभएको हो । यसैबीच, आइतबार पूर्वी नेपालका केही स्थानमा आयोजना हुने कार्यक्रममा सहभागी हुन पूर्वी नेपाल पुग्नु भएका राष्ट्रपतिले पोखरा घटनाको बारेमा थाहा पाउने बित्तिकै त्यहाँका कार्यक्रम स्थगित गर्नुभएको जानकारी राष्ट्रपतिको निजी सचिवालयले दिएको छ ।  

यति एयरलाइन्सको दुर्घटनामा परेको जहाजमा सवार यात्रुहरुको उद्धारपछि अस्पतालमा पु¥याउँदा जीवित अवस्थामा नपाइएको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा स्रोतले जनाएको छ ।    यसअघि केही यात्रु घाइते भेटिएको र उपचारार्थ अस्पताल लगिएको भन्ने सूचना गलत भएको अस्पतालका एक सिनियर चिकित्सकले बताएका छन् ।    नाम उल्लेख नगर्ने शर्तमा चिकित्सकले भने, ‘प्लेन क्रयासको खबर सुन्नासाथ हामी स्ट्यान्डबाइ थियौं, केही यात्रुको जीवितै उद्धार हुनेमा आश पनि थियो तर यहाँ ल्याइएका यात्रु कोही पनि जीवित थिएनन् ।’   अहिले अस्पतालमा करिब ३३ शव रहेको उनले जनाए । ‘ठ्याक्कै यति नै शव छन् भनेर यकिन गरिहाल्न गाह्रो छ’ उनले भने ‘करिब ३२–३३ शव भएको अनुमान छ ।’   शव जलेको र क्षतविक्षत भएकाले पहिचान गर्न नसकिएको र सोही कारण यकिन संख्यासमेत खुलाउन नसकिएको उनले जानकारी दिएका छन् । 

काठमाडौँ — आइतबार बिहान यती एयरलाइन्सको विमान दुर्घटना भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार हुने भनिएका सम्पूर्ण उडान स्थगित भएको छ ।   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुर्घटनाभएपछि पोखरा विमानस्थलबाट हुने सबै उडान स्थगित गरिएको जानकारी दिए ।   विमानमा चालक दलका चार जना र ६८ जना यात्रु सवार थिए । विमान वरिष्ठ क्याप्टेन कमल केसी र अञ्जु खतिवडाले उडाएका थिए । दुर्घटनाअघि विमानले अवतरणको अनुमति लिइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।   प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आज विहान १०ः३३ बजे काठमाडौँ विमानस्थलबाट उडान भरेको सो विमानले दुर्घटनाअघि अतवरणको अनुमति लिएको जानकारी दिए ।   'मौसमको समस्या थिएन, विमानको प्राविधिक कारणले दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छु, उनले भने यो, विमानमा आकाशमै आगोको झिल्को देखिएको जानकारी प्राप्त भएको छ । -रासस

पोखराः आज बिहान काठमाण्डौबाट पोखरा उडेको यति एयरलाइन्सको जहाजमा पोखरा–२५ हेमजाका ४ जना सवार भएको जानकारी प्राप्त भएको छ ।    हेमजाका स्थानीयवासीले दिएको जानकारी अनुसार पोखरा आउन लागेका यात्रुमा भगवती कुँवर, जितेन्द्रबहादुर कुँवर, अनिशा बाँनिया र राजन सापकोटा सवार थिए ।    जसमध्ये, भगवति–जितेन्द्र र अनिशा–राजन दम्पत्ति रहेको जनाइएको छ । दुबै जोडी यतिको कलसाइन नाइन एन–एएनसीमा सवार थिए ।    उक्त कलसाइनको विमान बिहान पोखराको सेती खोंचमा दुर्घटनामा परेको छ ।    विमानमा चालकदलका ४ सहित ६८ जना सवार थिए । 

काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनेकतामा एकता हाम्रो साझा पहिचान भएको बताउनुभएको छ ।   थारू समुदायको चाड माघी तथा माघेसङ्क्रान्ति (मकर सङ्क्रान्ति)को अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले भन्नुभएको छ, “नेपालका जातजाति र धर्मावलम्बीका आ–आफ्नै सांस्कृतिक महत्त्व बोकेका मौलिक चाडपर्व छन् । यी चाडपर्वले एकापसमा एकता तथा सद्भाव स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन् ।”    उहाँको सन्देशमा भनिएको छ, “यस अवसरमा सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा हातेमालो गर्न र राष्ट्रिय एकता, सद्भाव र सहकार्यलाई थप बलियो बनाउने ऐतिहासिक अवसरका रूपमा मनाउन हार्दिक अपिल गर्दछु ।”    प्रधानमन्त्री प्रचण्डले माघी पर्वले सम्पूर्ण नेपालीबीचमा सहकार्य, हार्दिकता, धार्मिक सहिष्णुता कायम गर्दै राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृति निर्माणमा ऊर्जा प्रदान गर्ने अपेक्षा पनि व्यक्त गर्नुभएको छ ।    माघ १ गते मनाइने माघी पर्वलाई थारू समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन् । मगर समुदायले पनि यसलाई आफ्नो मुख्य चाडका रूपमा मनाउँछन् ।   नेपालको समस्त भू–भाग, हिमाल, पहाड र तराईमा बसोबास गर्ने क्षेत्री, बाहुन, राई, मगर, लिम्बू, नेवार, गुरुङ आदि सबै जातजातिले यस पर्वलाई आ–आफ्नो परम्परा र विशेषताअनुसार मनाउँदै आएको पाइन्छ ।

पोखराः रेडक्रम सोसाइटी कास्की शाखाको शनिबार आयोजित १० औं निर्वाचन अधिवेशनबाट सभापतिमा डण्डराज शर्मा निर्विरोध निर्वाचित भएका एका छन् । शर्मा यसअघि सभापति रहेका थिए ।    त्यस्तै, उपसभापति खुलामा धर्मराज अधिकारी, उपसभापति महिलामा उर्मिला खड्का, मन्त्री सुरेन्द्र गुरुङ र उपमन्त्री रमा कोइराला निर्विरोध भएको रेडक्रस सोसाइटीले जनाएको छ ।      रेडक्रस सोसाइटी कास्की शाखाको कोषाध्यक्ष, उपकोषाध्यक्ष, कार्यसमितितर्फ महिला सदस्य र खुला सदस्यका लागि भने सर्वसम्मत हुन नसकेपछि मतदान भएको छ । कोषाध्यक्ष र उपकोषाध्यक्षमा २÷२ जनाको उम्मेद्वारी परेको छ ।     महिला सदस्य ३ जनाका लागि ६ जना र खुला सदस्य ६ जनाका लागि २३ जनाको उम्मेद्वारी परेको छ ।   ४८ उपशाखा रहेको कास्कीमा कूल मतदाता २ सय ६६ जना छन् । 

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारीले विश्वासको मत पाएका छन् ।    अधिकारीलाई मुख्यमन्त्रीमा ‘हुन्छ’ भनेर ३१ जनाले विश्वासको पक्षमा मत दिए । अधिकारीको विपक्षमा २७ मत परेको छ ।    अधिकारीले प्राप्त गरेको मतमा नेकपा एमालेको २१, नेकपा माओवादी केन्द्रको ८ र राप्रपाको २ मत रहेको छ । विपक्षमा नेपाली कांग्रेसले मतदान गरेको छ ।    प्रदेश अधिवेशनको दोसो सभामा मुख्यमन्त्री अधिकारीले प्रतिपक्षमा रहेको नेपाली कांग्रेसका सांसदलाई समेत मतको अपील गरेका थिए ।    ६० सदस्य रहेको सभामा मुख्यमन्त्री अधिकारीलाई ३१ मत आवश्यक रहेको थियो ।     सभाका अर्का सदस्य राजीव गुरुङ भने अनुपस्थित रहे । 

गण्डकी प्रदेशसभाको पहिलो अधिवेशनको दोस्रो बैठकमा आज मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम चलिरहँदा सांसद राजीव गुरुङ् अनुपस्थित भएका छन् ।    मनाङको ‘ख’बाट निर्विरोध निर्वाचित प्रदेश सांसद राजीव गुरुङले बिहीबार नै मुख्यमन्त्रीलाई मत नदिने बताएका थिए ।   स्वतन्त्र सांसदबाट नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका गुरुङले आफुले मत नदिएपनि मुख्यमन्त्री खगराज अधिकारीसँग ३२ मत रहेको भन्दै आज अनुपस्थित भएका हुन् । 

गण्डकी प्रदेशमा नेकपा एमालेले ५ वर्ष मुख्यमन्त्री चलाउने सुनिश्चित भएको छ ।    यहाँ एमालेले मुख्यमन्त्री लिएपछि नेकपा माओवादी केन्द्रले सभामुख पाउने सहमति भइसकेको एमालेका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले स्पष्ट पारेका छन् ।    राजधानीबाट प्रसारित योहो टेलिभिजनको संवाद कार्यक्रममा भनाई राख्दै गुरुङले गण्डकीमा खगराज अधिकारी नै पूर्णसमय मुख्यमन्त्री रहने दाबी गरेका हुन् । त्यस्तै, प्रदेश १ र लुम्बिनीमा पनि पाँचै वर्ष एमालेकै मुख्यमन्त्री र सभामुख माओवादी केन्द्रको हुने सहमति भएको जनाएका छन् ।    गुरुङका अनुसार मधेशमा एमाले र माकेबीच आलोपालो हुनेछ भने कर्णालीमा माओवादीले ५ वर्ष मुख्यमन्त्री र एमालेले सभामुख लिने सहमति भएको छ । त्यस्तै, सुदूरमा एमाले र माकेबीच आलोपालो हुनेछ ।      बहसकैक्रममा गुरुङले हालै सम्पन्न निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ ९० देखि १०० सिट जित्ने प्रचार गरेपनि ६० सिट जित्ने आंकलन गरेको खुलाए । ‘बाहिर प्रचार गर्नु पार्टीको रणनीति थियो तर हाम्रो अनुमान ६० को हाराहारीमा थियो ।’   त्यस्तै, शनिबारसम्म मन्त्रीपरिषद् विस्तार गर्ने जानकारीसमेत गुरुङले दिएका छन् ।    गण्डकीका पूर्वमुख्यमन्त्री रहेका गुरुङ लमजुङबाट निर्वाचत सांसद हुन् ।