पोखरा:    नेपाली सिने क्षेत्रका लोकप्रिय कलाकार माओत्से गुरुङले आफ्नी ८४ वर्षीया आमाको शुभ जन्मदिन वृद्धाश्रम पुगेर मनाएका छन् ।   पोखरा १७ स्थित सीतापाइलामा रहेको पोखरा वृद्धाश्रममा पुगेर ...

पोखरा:  नेपाल लिट्रेचर फेस्टिभलमा पुस्तक र पुस्तकालयको वर्तमान अवस्था तथाव आश्यकताका विषयमा छलफल भएको छ। किन  पुस्तक र पुस्तकालय शिर्षकको सत्रमा लाइब्रेरियन इन्दिरा दली, बाल साहित्य लेखक अनुराधा र पुस्तक पारखी जसना गुरुङसँग पत्रकार विमल आचार्यले उक्त विषयमा कुरा गरेका हुन्।  भुकम्पले भत्काएका भौतिक संरचना बन्दा ठूलो उपलब्धि मान्दा राष्ट्रिय पुस्तकालयका पुस्तकहरू बोरामा कोच्नु परेको प्रसंगबाट सत्रको सुरुवात भएको थियो। मेरो घर नजिकै जम्प भन्ने एउटा ठाउँ दुई तिन महिना लगाएर खोल्यो। त्योे बच्चाहरूलाई स्पोन्जको भर्याङमा लडाउने उफार्ने ठाउँ रहेछ। त्यहाँ एक घण्टाको एक हजार लिने रहेछ, मान्छेहरूको भिड उस्तै थियो। लामो समयदेखि पुस्तकालय निर्माणका लागि अभियानमा लागेकी दलीले भनिन्, तर, नेपालमा एक त पढ्ने बानी विकास भएकै छैन। राज्यले सिरियसली लिएकै छैन। राज्य रेस्पोन्सिवल छ त्यसका साथै हामी पब्लिक पनि रेस्पोन्सिवल छौँ।  भुकम्पपछि राष्ट्रिय पुस्तकालय बनाउनका लागि पटक पटक मन्त्रालय धाउँदा पनि निराश हुनु परेको अनुभव उनले सुनाइन्। त्यति वेला नै पुस्तकालयलाई लिएर राज्य कत्तिको गम्भिर छ भन्ने कुरा महशुश भएको पनि उनले जिकिर गरिन्।  नेपालमा पुस्तकालय एकदमै कम छन् र भएका मध्ये पनि अधिकांशको अवस्था नाजुक छ। यस्तोमा तपाईं कसरी पढिरहनुभएको छ? भन्ने आचार्यको प्रश्नमा जसनाले भनिन्, पहिले जब नहुँदा पकेट मनी जम्मा गरेर बुक किन्ने गर्थेँ। जन्मदिनमा अरु कुरा दिनुभन्दा एक अर्कालाई किताब दिने गथ्र्यौँ। अहिले चाहिँ जब भएकाले आफ्नो स्यालरी आउँदा निश्चित पैसा किताबका लागि नै छुट्टाउने गरेको छु। तर, किताब महंगा हुने भएकाले महिनाको ३ हजार छुट्टाउँदा पनि तीनवटा किताब आउँदैन। त्यसैले पुस्तकालयहरू एकदमै इम्पोर्टेन्ट छन्। नेपालीको पढ्ने बानी नरहेका कारण पुस्तकालय निर्माणमा चासो नदेखाएकाले पनि अहिलेको अवस्था आएको आचार्यले बताए। उनले भने,पुस्तकालयका लागि बजेट छुट्टाइरहेको हुन्छ। लेखक, पाठकले त्यहाँ गएर मलाई यो पुस्तक चाहियो भनेर भनेको भए यो सात वर्षमा पुस्तकालय बन्थ्यो होला। किताब बोरामा थन्किएर बस्थेन होला। राज्यको मात्रै दोष कि हाम्रो पनि?  आचार्यको प्रश्नलाई सम्बोधन गर्दै इन्दिराले भनिन्, सरकारले दिने गरेको स्कुलका लागि हो। नेपालमा पब्लिक लाइब्रेरि सिस्टम डेभलभ भएकै छैन। जे जति लाइब्रेरी खुलेको छ त्यो समूदाय तवरबाट भइरहेको छ। गोभरमेन्टले रेगुलर बजेट दिएर खोलेको लाइब्रेरी होइन। आफूहरूले सरकारसँग राष्ट्रीय स्तरको एउटा, प्रदेशमा प्रदेश स्तरको सातवटा त्यस्तै नगरपालिका र वडा स्तरमा पनि लाइब्रेरी बनाउन तथाम हरेक लाइब्रेरीमा बनाएर बच्चाहरूको लागि, युवाहरूको लागि विभिन्न सेक्सन छुट्टाउनका लागि प्रस्ताव गरेको र त्यसको कार्यान्वयनमा सरकारले कुनै चासो नदेखाएको उनले बताइन्। साथै यस्तो हुनुमा एउटा कारण मानिसहरू सचेत नहुनु पनि रहेको उनले जोडिन्। मान्छेहरू सचेत नहुनुको कारण पनि बताउँदै उनले भनिन्, पब्लिकमा पढ्ने बानी किन भएन भने हामीलाई बच्चैदेखि लाइब्रेरी जाने किताब पढ्ने बानी सिकाइएन। त्यसकै कारण हाम्रोमा लाइब्रेरी चाहियो भनेर मान्छेहरूले जुलुस गरेको छैन। साथै पुस्तकालय निर्माणमा राजनीतिक नेताहरूको गम्भिरता देखेर उनीहरू मान्छेले पढुन्, शिक्षित होउन भन्ने पक्षमा नरहेको कुरा आफूले खुलेर भन्न सक्ने पनि बताइन्।  बालबालिकालाई पुस्तक पढाउनुपर्छ भनेर अभिभावक कत्तिको सचेत छन् भन्ने प्रश्नमा अनुराधाले भनिन्, हाम्रो समाज, शिक्षा प्रणाली यसरी बसेको छ कि घोकेर, रटेर पढ्ने विद्यालाई मात्रै हामी महत्व दिन्छौँ। कथाका पुस्तकलाई हामीले खासै महत्व दिँदैनौँ। त्यसमा दोष अभिभावकको मात्रै पनि छैन। कति अभिभावकले आफू सानो हुँदा साहित्य पढ्ने अवसर पाउनुभएन।  तर, अहिले भने अवस्था फेरिँदै गएको उनले बताइन्। उनले भनिन्, धेरैले बुझ्दै पनि जानुभएको छ। विद्यालयले पनि कथाका पुस्तकलाई कोर्समा राखेर पढाइराख्नुभएको छ।  कोर्स बाहेकका पुस्तकलाई महत्व नदिँदा पनि समस्या आएको भन्दै बाल साहित्यलाई भिटामिनको रुपमा प्रयोग गर्नूपर्नेमा उनले जोड दिइन्। बाल पत्रिकाहरूले बालबालिकाको सिर्जनात्मकता बढाउनुका साथै उनीहरूको मानसिक स्वस्थ्यमा पनि सकरात्मक प्रभाव पार्ने जनाउँदै आचार्यले त्यस्ता पत्रिका बन्द हुनु दुखद रहेको जिकिर गरे। साथै ठूला मिडिया हाउसहरूले त्यस्ता पत्रिका पूनः सुचारु गर्नुपर्नेमा उनले जोड दिए।   

पोखराः राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठन गर्न दिएको अन्तिम घडी सकिनै लाग्दा नेपाली राजनीतिमा ट्विस्ट आएको छ ।   सत्तापक्ष गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेपछि अब नेपाली कांग्रेस कमजोर बनेको छ ।    बालकोटबाट निस्केपछि अहिले अध्यक्ष प्रचण्ड र ओली सरकार गठनको हिसाबकिताब लिएर राष्ट्रपति निवास शितल निवास हिँडेका छन् ।    फुटेर पुनः जोडिने भएपछि ठूलो दल कांग्रेस एक्कासी कमजोर भएको छ । दुई अध्यक्षबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएपछि अब देशमा कम्युनिष्ट सरकार बन्ने सम्भावना बढेको छ ।      कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुबै आफैसँग राख्ने बताएपछि प्रचण्ड बालकोटतर्फ मोडिएका हुन् ।    एमाले र तेस्रो दल माओवादी केन्द्रले राष्ट्रिय स्वतन्त्र पार्टी र अरु साना दलहरू समेटेर नयाँ सरकार बनाउने सहमति गरेसँगै कांग्रेस प्रतिपक्षमा बस्ने निश्चितप्रायः भएको छ । 

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न वडा नम्बर १४ बाच्छेबुडुवामा भएको डम्पिङ् साइटले अवरोध गर्ने भएपछि पोखरा महानगरपालिकाले वडा नम्बर ३२ स्थित लामेआहालमा निर्माण सुरु गरेको ल्याण्डफिल साइटमा आज स्थानीयले विरोध गरेका छन् ।    महानगरले शुक्रबार र शनिबार डोजरमार्फत साइट तयार गर्ने क्रममा आज स्थानीयहरुले उक्त डोजर फर्काइदिएका छन् । स्थानीय टेकबहादुर गुरुङ्का अनुसार लामेआहालमा साइट बनाउँन नदिने स्थानीयवासीको निर्णय विपरित वडाध्यक्षले दशौ नगरसभामा स्वीकृति जनाएपछि विरोध गरिएको हो ।    ‘हामीले यहाँ पोखराको फोहोर ल्याउन दिँदैनौ भनेर वडाध्यक्ष अक्कलबहादुर कार्कीलाई बाराम्बार जानकारी गराएका थियौं’ गुरुङले भने ‘यता हामीलाइै ढुक्क बनाएर उता निर्णयमा सहमति जनाएर आउनु भएछ ।’     वडाध्यक्षको दोहोरो चरित्रकाकारण वडाबासी मर्कामा परेको सुनाउँदै उनले भने ‘दुइजिब्रे कुरा भयो, वडाध्यक्ष यस्तो गर्न मिल्दैन ।’ यस विषयमा जानकारी माग्दा वडाध्यक्ष कार्कीले मेयरसँग गएर कुरा गर्नु भन्दै जवाफ फर्काएका छन् ।    अर्का स्थानीय शंकरबहादुर केसीले यस क्षेत्र धार्मिकस्थलकारुपमा चिनिएको, वृद्धाश्रम, राधाकृष्ण मन्दिरलगायत स्थल भएकाले आस्था र धरोहरको संरक्षण गर्न आन्दोलनमा उत्रन परेको सुनाए ।   त्यस्तै, वृद्धाश्रमकै अगाडीबाट फोहोर बोकेको गाडी लैजादा यसको प्रतिकुल असर पर्ने भएकाले महानगरको गैरजिम्मेवार प्रवृत्तिको विरुद्ध आगामी दिनमा सशक्त प्रतिकारमा उत्रने केसीले प्रष्ट पारे ।    वडाध्यक्ष केसीले भने अब यसको छिनोफानो स्थानीयले गरुन् भन्ने चाहेका छन् । सुनगाभान्यूजसँग केसीले भने ‘अब स्थानीयवासी नै मेयरसँग गएर आफ्ना कुरा राख्नुपर्छ, उहाँहरुबीच अब जे सहमति हुन्छ, त्यही नै अन्तिम हो ।’   शुक्रबारदेखि नै विरोध जनाउँदै आएका स्थानीयले आज बिहानैदेखि उक्त स्थलमै भेला भएर प्रदर्शन गरिरहेका छन् । स्थानीयवासीसँगै परोपकार आमा समूह र शक्ति युवा क्लबले विज्ञप्ती जारी गर्दै लामेआहालमा निर्माण सुरु गरिएको साइटको काम तत्काल रोक्नुपर्ने बताएका छन् ।    भिडियाे:           

काठमाडौं:  अमेरिकामा नेपाली दूतावासको रकम लु्टिएको छ ।अमेरिकास्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गरी गाडी तोडफोड गरी दूतावासको रकम लुटिएको जानकारी दिएको हो । दूतावासका अनुसार कन्सुलर सेवा शिविरहरूबाट संकलित मनी अर्डर र क्यासिएर चेकहरू लुटिएको हो । डिसेम्बर १५ देखि २० तारिखसम्म टेक्सासका डालस, अस्टिन र ह्युस्टन सहरमा सम्पन्न कन्सुलर सेवा शिविर सञ्चालनबाट प्राप्त रकम लुटिएको दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । शिविर सम्पन्न गरी ह्यस्टनबाट वासिङटन डीसी फर्किने क्रममा डिसेम्बर २२ रकम लुटपाट भएको विज्ञप्तिमा जनाइएको छ  । विज्ञप्तिमा भनिएको छ, ‘दूतावासका कर्मचारीहरू डिसेम्बर २२ का दिन ह्युस्टनबाट वासिङ्टन डिसीतर्फ जाने क्रममा पार्किङमा राखिएको सवारीसाधन तोडफोड गरी मनी अर्डर र क्यासिएर चेक लुटिएको छ। सुरक्षाकर्मीको सहयोगमा लुटिएको रकम फिर्ता ल्याउने प्रयास भइरहेको छ ।’ विज्ञप्तिमा के कति रकम लुटियो भन्ने खुलाइएको छैन । विज्ञप्तिमा दूतावासले यसबाट सेवाग्राहीमा पर्न जाने असुविधातप्रति क्षमा मागेको छ ।

पोखरा:  पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभल २०२२ को दोस्रो दिन हरिबोल काफ्लेद्वारा लिखित पुस्तक यशोधराको लोकार्पण भएको छ । सिद्धार्थ गौतमको बुद्ध बन्ने यात्रामा यशोधराको भूमिका तथा त्यागको कथा रहेको उपन्यास शुक्रबार लोकार्पण गरिएको हो ।  पुस्तकका बारेमा बोल्दै समीक्षक तथा चिकित्सक जीवन क्षेत्रीले यो पुस्तकले गौतम बुद्धका बारेमा भनिँदै सुनिँदै आएका कथामा खाली रहेका ठाउँहरु भरेको बताए । उनले भने, ‘यो पुस्तक हातमा परेपछि पहिलेका खाली ठाउँ भरिएला भन्ने अपेक्षा थियो । जसमा लेखक सफल पनि हुनुभएको छ । सधैँ गौतम बुद्धको कोणबाट सुन्दै पढ्दै आएको कथा लेखकले यशोधराको कोणबाट लेख्नुभएको छ ।’  गौतम बुद्धसँगै पुस्तकले २५ सय देखि ३ हजार वर्ष अघिको सामाजिक अवस्था तथा द्वन्द्वको पनि चित्रण गर्ने उनले बताए । पुस्तकमा सिद्धार्थ गौतम र यशोधराले सँगै बिताएको समयमा केन्द्रित भएर यशोधराको कोणबाट यो पुस्तक लेखिएको छ ।  उनले भने, ‘यशोधरा र सिद्धार्थ बिचको प्रेम, साथमा बिताएको १४ वर्ष, दुई जना साथ साथै हुँदा पनि रहेको मनोवैज्ञानिक दुरी, सामान्य मानवीय सम्बन्ध नहुँदाको पिडा, दुई बाट तीन पात्र हुँदा यशोधरा गुज्रिनु परेको मानसिक अवस्थाको चित्रण पुस्तकमा छ । जुन सबैभन्दा प्रभावकारी पक्ष पनि हो ।’  सिद्धार्थ गौतम गौतम बुद्धहुनुमा भूमिका र त्याग रहेकी यशोधरालाई इतिहासले बिर्सनु दुःखद कुरा रहेको पनि उनले जिकिर गरे । साथै यो पुस्तकमा लेखक काफ्लेले सशक्त रुपमा यशोधरालाई ल्याएको पनि उनले बताए ।  यशोधरा पढ्दै गर्दै आफूलाई सुरुमा प्रेम, वियोग र प्रतिक्षाको कथाजस्तो लागे पनि त्योभन्दा बढी यशोधराको बलिदानको कथा रहेको शीतल दाहालले बताइन् । उनले भनिन्, ‘यो सिद्धार्थ गौतम भगवान नहुँदैको कथा हो । जहाँ एउटा लोग्ने घर छोडेर जान्छु भन्दा सामान्य परिवारमा अहिले जस्तो द्वन्द्व हुन्छ त्यस्तै अथवा त्यो भन्दा ठूलो त्यतिवेला दरबारमा हुन्छ ।’  मानिसहरु धर्मसँग डराउने भएकाले पनि यशोधराको प्रेम सधैँ छायाँमा रहेको पनि उनले बताइन् । यशोधरा सिद्धार्थलाई एकदमै धेरै प्रेम गर्थिन् । यहाँसम्म कि बादलमा समेत सिद्धार्थकै आकार देख्थिन् । उनले भनिन्, ‘तर हामी धर्मसँग डराउँछौँ । यशोधरा र सिद्धार्थको प्रेमको बारेमा बोल्न डराउँछौँ । उनीहरुले प्रेग गरे, उनीहरुको प्रेमका कारण छोरो राहुल जन्मियो भन्न डराउछौँ । हामी सिद्धार्थ गौतम पनि हामी जस्तै सामान्य मान्छे थिए भन्ने बिर्सन्छौँ र गौतम बुद्धले प्रेम गर्ने? भन्छौँ । त्यसैले गर्दा इतिहासले यशोधराको प्रेम, त्याग र बलिदान लुकाइ रह्यो । हामी न गौतम बुद्धको बाटोमा जान सकेका छौँ । न त यशोधरालाई स्विकार्न सकेका छौँ ।’  किताब सकिइसकेपछि यशोधरा पनि आफ्ना लागि तपस्वीजस्तो लागेको उनले बताइन् । उनले भनिन्, ‘यशोधरा यस्तो प्रेमिका हो जो नआउने प्रेमीलाई पर्खेर बसेको छ । आउँदैन, आए पनि मलाई स्विकार्दैन भन्ने थाहा हुँदा हुँदै पनि पर्खेर बस्नु पनि तपस्या गर्नु जस्तो होइन?’ यस पुस्तकबाट हिन्दु र वैद्यिक सभ्यताका साथै सांख्य दर्शन, तत्कालीन समाजको चित्रण पनि गर्ने प्रयास गरेको यसका लेखक हरिबोल काफ्लेले बताए । उनले भने, यस पुस्तकमा सिद्धार्थ गौतम गौतम बुद्धबन्ने प्रक्रियामा यशोधराको त्याग तथा पर्खाइको कथा त हो नै साथै यसले इतिहास, समाज, विविधताको परिकल्पना, तत्कालिन जीवन पद्धति, प्रताडनको अवस्थाको पनि चित्रण गर्न खोजेको छु । 

पोखरा:  कानुनमा जातीय हिंसा अन्य भए पनि व्यवहारमा कार्यान्वयन नभएको अधिकारकर्मीले बताएका छन् । बुकवर्म फाउन्डेसनद्वारा आयोजित पोखरामा जारी दशौं नेपाल लिटरेचर फेस्टिबलको सामाजिक न्याय ः अग्रगमन कि पश्चगमनतर्फ ? विषयक सत्रका वक्ताले कानुनमा उत्कृष्ट व्यवस्था भए पनि कार्यान्वयन फितलो भएको भनाइ राखेका हुन् । पोखरा लेकसाइडमा बिहीबारदेखि सुरु भएको फेस्टिभलको दोस्रो दिन उक्त विषयमा छलफल भएको थियो । छलफलमा पूर्व सांसद तथा नेकपा एमाले पोलिटब्युरो सदस्य सुजिता शाक्य र अधिकारकर्मी प्रदीप परियारबीच अन्तरक्रिया भएको थियो । सत्रलाई किरण विकले सहजीकरण गरेका थिए । सत्रका सहजकर्ता किरण विक अधिकारकर्मी तथा पूर्वसांसद सुजिता शाक्यलाई प्रश्न गर्छन्, ‘अहिलेसम्मको समयमा सामाजिक न्यायको यो यात्रालाई कसरी हेरिराख्नुभएको छ ?’ जवाफमा शाक्य भन्छिन्, ‘विगतको तुलनामा अन्य मानवीयता विरोधी कुसंस्कार, विकृत संस्कारमा कमी हुँदै गएको छ । अहिले एक हिसाबले सकारात्मक छ । तर, समयक्रमअनुसार विभेद, हिंसा र शोषणका स्वरुप फरक हुँदै गएका छन् ।’ तर, उनी विगतको तुलनामा नेपालमा सामाजिक न्याय अग्रगमनतर्फ नै लम्किरहेको बताउँछिन् । उक्त सत्रमै अर्का वक्ता अधिकारकर्मी प्रदीप परियार भने कानुनी हिसाबमा सामाजिक न्याय प्राप्त गरे पनि व्यवहारमा नेपाली समाज पश्चगमनमै रहेको मत राखे । उनले अहिले सामाजिक न्यायको बाटो कहाँ पुग्ने बाटो निक्र्योल नहुँदासम्म समाज सप्तरंगी हुनै नसक्ने बताए । ‘हामी  पुग्नुपर्ने बाटो कहाँ हो भनेर हेर्ने हो भने हामी पश्चगमनमा छौं,’ उनले भने । विश्वभर महिला पुरुषबीचकै विभेद हट्न अझै शताब्दी कुनुपर्ने विभिन्न अध्ययनले देखाइरहेका बेला समाजमा व्याप्त जातीय विभेल हट्न अझै अर्को सयौं वर्ष लाग्न सक्ने परियारको भनाइ छ । नेपाली समाजको इतिहास नै सामान्तवाद र पितृसत्ताबाट सुरु भएकाले नेपाली समाजको बनोटबीच नै खाडल रहेको पूर्वसांसद शाक्य बताउँछिन् । नेपाली समाजलाई सामाजिक न्यायपूर्ण बनाउन अझै पनि आन्दोलन चलिरहेको उनले सुनाइन् । ‘हामीले नेपालको इतिहास हेर्दा सदियौंदेखि समान्तवाद, पितृसत्ता भनेर चिनियौं । त्यसले गर्दा हाम्रो बीचमा खाडल सधैं रह्यो,’ शाक्यले भनिन्, ‘दलित, महिलासहित विभिन्न सीमान्तकृत समुदाय, उनीहरू जो श्रम गरेर खान्छन् ती समुदाय उत्पीडनमा परे । यसको विरुद्ध लामो समय आन्दोलन गर्दै आयौं । अझै आन्दोलन जारी छ ।’ वक्ता परियार नेपाली समाजमा दलित त्यसमा पनि मधेशी मूलका दलितले राज्यका नागरिकको अनुभव गर्नै नपाएको बताउँछन् । आफूले अझै पनि थुप्रै दलित समुदायका लागि नेपालमा सामाजिक न्यायको अनुभूति गर्न नपाएको उनको भनाइ छ । ‘रुकुममा भएको नवराजका, अंगिरा पासवानहरूका आमाबुवाको आँखाबाट हेर्ने हो भने त यो नेपालमा सामाजिक न्याय छैन,’ परियार भन्छन्, ‘उनीहरू, हामी सबैलाई यो देशप्रति असाध्यै माया छ । तर, नेपाल राज्य हाम्रो भइसकेको छैन । यो अनुभूति भइरहन्छ ।’ पछिल्लो समय केही थोक राज्य सञ्चालनको जिम्मेवारीमा पुगे पनि त्यसले मात्रै सींगो सीमान्तकृत समुदायको प्रतिनिधित्व गर्न नसक्ने परियार सुनाउँछन् । उनी भन्छन्, ‘केही परिवर्तन नभएको भने होइन । तर, केही सांसद, केही सिडिओ हुन परिवर्तनको खुड्किलो मात्रै हो । यो पर्याप्त होइन ।’ परियारले नेपालको संविधानलाई स्वीकार गर्दै उदाएका मुख्य राजनीतिक दलले पनि सामाजिक न्याय मान्न तयार नरहेको विचार राखे । आफ्ना घोषणा पत्रहरूमा सामाजिक न्यायलाई स्वीकारे पनि राजनीतिक दलहरूले त्यसलाई पुष्टि गर्न नसकेको उनले सुनाए । ‘नेपालको संविधान मान्छु भन्नेले पनि सामाजिक न्याय मान्न तयार छैन । व्यवहारमा राजनीतिक दलहरूले त्यो पुष्टि गर्न सकिराखेका छैनन्,’ परियारले भने, ‘सीमान्तकृत, दलित वर्गको आधा पनि हिस्सा राज्यको प्रशासनिक तहमा पुग्न सकेको छैन ।’ पूर्व सांसद एंव नेकपा एमाले पोलिटब्युरो सदस्य सुजिता शाक्यले राजनीतिक दलहरूभित्रै पनि संविधान कार्यान्वयनका लागि अन्तरसंघर्ष चलिरहेको बताउँछिन् । ‘पार्टीभित्र पनि मामी संविधानलाई पूर्ण रुपमा कार्यान्यन गर्न झकझकाइराखेका हुन्छौं । अन्तरविरोध चलिराखेकै हुन्छ,’ उनले भनिन् । शाक्यले लैंगिक हिंसा झर्झर अवस्थामा जान लागेको देखेरै आफूहरूले ०७० सालमा राष्ट्रिय सम्मेलन नै गरेर हिंसाका कारक तत्व खोज्न सुरु गरेको सुनाइन् । ‘त्यो राष्ट्रिय सम्मेलनमा हिंसाका कारकतत्व खोजेर कार्यपत्र बनायौं । निष्कर्ष निकालेर लैंगिक हिंसाविरुद्ध आचारसंहिता पनि बन्यो,’ उनले भनिन् । वक्ता प्रदीप परियार दक्षिण एसियाली मुलुकमा जातीय विभेद ठूलो समस्याका रुपमा रहे पनि ‘ग्लोबल इस्यु’ नबनेकोमा दुखेसो पोखे । उनले विश्वभर भइरहेका हिंसाका स्वरुपमध्ये सबैभन्दा निकृष्ट व्यहावहार दलित समुदायले व्यहोर्नु परेको उनको दाबी थियो ।  ‘दलित समुदायले हिंसाको पनि निकृष्ट व्यवहार भोग्नुपरेको छ । तर, यो ग्लोबल अजेन्डाका रुपमा स्थापित हुन सकेको छैन,’ उनले भने, ‘अन्तर्राष्ट्रि संघसंस्था तथा अधिकारकर्मीले पहिचान गर्न सकेका छैनन् ।’ उनले सामाजिक न्यायको पक्षमा रहेका दलित तथा गैरदलित समुदायले नै यो मुद्दालाई स्थापित गराउन लागिपर्नुपर्ने सुनाए । वक्ता शाक्यले राज्यको पुनर्संर्चनासँगै सामाजिक न्याय प्राप्तिका लागि जनशक्ति तथा स्रोतको उपलब्धता पनि प्राप्त भएको बताइन् । ‘हामीसँग स्रोत पनि छ, जनशक्ति पनि छ । अब इच्छाशक्तिमात्रै भयो भने सामाजिक न्याय प्राप्ति कार्यान्वयन गर्न समस्या नै हुँदैन,’ उनले भनिन् । उनले नेपालमा काुननी साक्षरतामा कमीसँगै कार्यान्वयनमा ठूलो समस्या रहेको विचार राखिन् ।  सामाजिक न्यायका लागि बालबालिकालाई नै सोहीअनुसार व्यवहार सिकाउनुपर्ने शाक्यको भनाइ छ । उनीहरूसँग गरिने सानो असल व्यवहारले पनि समानताका लागि ठूलो भूमिका खेल्ने उनले सुनाइन् । ‘अहिले केही राम्रो भइराखेको छ । तर, यो पनि पर्याप्त होइन । ५ वर्षभित्र जे सिक्छ, त्यही कुरा नै पछिसम्म लिएर जाने हो,’ उनले भनिन् ।  

पोखरा:  निकुञ्ज आसपासका क्षेत्रमा प्रशस्तै घरपालुवा हात्ती भेटिन्छन् । ती हात्तीको रेखदेख र खानपिन उसको मालिकले नै गर्छन् । तर, घरमा पाल्दैमा जंगली जनावार हात्ती घरपालुवा हुन्छ ?  जीवजन्तुको आनीबानीबारे जानकार लेखक ददि सापकोटा हात्ती घरपालुवा हुन्छन् भन्ने विषयलाई स्वीकार्दैनन् । पोखरामा जारी दशौँ संस्करणको नेपाल लिटरेचर फेस्टिबलको ‘चराचुरुंगी र जनावारको आनीबानी’ सेसनमा बोल्दै सापकोटाले जंगलबाट ल्याइने जनावार घरपालुवा हुन नसक्ने दाबी गरे । ‘कुनै जनावार घरपालुवा हुन १३ देखि १७ पुस्ता चाहिन्छ । कुखुरा पाल्दा छोरा, नाती भएर १७ औँ पटकमा घरपालुवा हुन्छ । त्यसैले हात्ती पनि घरपालुवा हुँदैन,’ उनले भने, ‘नेपालमा चौँथो पुस्ताका हात्ती छन् । जंगलबाट समातिएको चिज कहिल्यै घरपालुवा हुन्छ ? मान्छे अन्टाटिकामा लगेर राखेर पेन्गुइन बनाउँछु भनेर सम्भव छ ? छैन ।’ सापकोटाका अनुसार घरमा पाले पनि हात्तीको आनीबानी जंगलकै हात्तीकै जस्तो हुन्छ । मान्छेले जंगली हात्तीलाई जबर्जस्ती घरपालुवा बनाएको उनको भनाइ छ । ‘जंगली हात्ती कुटेर, पिटेर ऊ घरपालुवा हुँदैन । उसले घरको बानी नै परिवर्तन हुनुपर्याे । नेपालमा भएको कुनै हात्तीलाई जंगलमा लगेर छोड्दिनुस् अपवादको रुपमा कुनै एउटा हात्ती फर्केर आउला,’ उनले थपे, ‘९९.९ प्रतिशत हात्ती घर फर्केर आउँदैन । ऊ जंगलमै रमाउन चाहन्छ । कुनै पनि हात्ती घरपालुवा भएका छैनन् । त्यो हुन पनि सम्भव छैन ।’ हात्तीबाट कसरी जोगिने ? सापकोटाकाअनुसार हात्तीबाट जोगिन उसको आनीबानी र खानपानबारे बुझ्नुपर्छ । उनी हात्तीबाट बच्न चार वटा सुझाव दिन्छन् । पहिलो, हात्ती आउने समयमा बाघ र सिंहको आवाज बजाउने किनकि यी दुई जनावारसँग हात्ती डराउँछ ।   दोस्रो, हात्ती हिँड्ने बाटोमा रक्सी नपार्ने । ‘रक्सीको गन्ध थाहा पाएपछि हात्तीले जसरी पनि त्यो घर फोर्छ । मान्छेजस्तै ऊ मैमत्त हुन्छ । त्यो पाएपछि डाँडापाखामा मज्जाले रमाउँछन्,’ उनले सुनाए ।   हात्ती हिँड्ने बाटो वरपर माहुरी पाल्दा त्यसबाट पनि जोखिम न्यूनिकरण गर्न सकिने सापकोटाले बताए । उनकाअनुसार माहुरी उडेर हात्तीको संवेदनशील अंगमा टोक्छ जसले गर्दा हात्ती डराउँछ ।  प्रायः बासस्थान सर्नेबेला हात्तीले बालीहरु खाने सापकोटाले बताए । ‘हात्ती सधैँ हिँड्दैन । बसाइँ सर्छन् । बसाइँ सर्छन् भन्ने बुझेर त्योबेला नपाक्ने बाली लगाउनुपर्छ । गर्भणी हात्तीले केराको पात खाँदैनन् । गर्भ तुहिन्छ । हात्तीले केके खाँदैनन् भन्ने पत्ता लगाउनुपर्छ,’ उनले भने ।  बाघको पाइलाका किस्सा जंगलमा बाघ बस्ने कुनै निश्चित ठाउँ हुन्छ । त्यो बासस्थान वरपर हिँड्डुल गर्दाका प्रशस्तै पाइला भेटिन्छन् । मान्छेलाई त्यो पाइलामात्रै लागे पनि जीवजन्तुले भने तिनै पाइलाबाट उमेर र शक्ति पत्ता लगाउन सक्ने सापकोटा सुनाउँछन् । ‘उसले ४२ वा त्योभन्दा केही घटबढ वर्ग मिटर कभर गरेर राख्छ मेरो घर हो कोही नआउनु भन्छ । उसले मेरो घर होभन्दा केही विधि अपनाउँछ,’ उनले भने, ‘प्रतिद्वन्द्वीलाई यो पाइला यति गहिरो छ, आकार यस्तो छ, यो आकारले अर्को बाघलाई सूचना दिन्छ । अर्को बाघले त्यो पाइला हेरेर म लड्न सक्छु भन्यो भने भित्र पस्छ ।’ पोथीलाई आकर्षण गर्न पनि बाघले आफ्नो बासस्थान वरपर पाइला छोड्ने सापकोटाले सुनाए । उनकाअनुसार एउटा बाघको पाइलाबाट अरु बाघले उसको उमेर, शक्ति पहिचान गर्न सक्छन् । ‘हट्टाकट्टा, बलियो, अरुलाई पछार्न सक्ने, आहारा समात्न सक्ने भाले चाहिने भन्ने हुन्छ । जति स्वस्थ बलियो बाघसँग सहबास ग¥यो उसका बच्चा त्यति स्वस्थ हुन्छन् । कुन हैसियतको बाघ हो भनेर जानकारी दिन्छ,’ उनले सुनाए ।  बाघको पिसाबमा पनि अर्को रोचक पक्ष हुन्छ । भाले बाघको पिसाबमा हुने १३ देखि १७ प्रकारका रसायनले बघिनीलाई उमेर र शक्तिको जानकारी दिने सापकोटाले सनाए ।  अमेरिकी र नेपाली भँगेरामा के फरक ? पछिल्ला वर्षमा नेपालमा भँगेराको संख्या घटेको सुनिन्छ । भँगेराबारे जानकार अनुज घिमिरे भँगेराबारे अध्ययन नै नहुँदा संख्या घटेजस्तो देखिएको बताउँछन् । तर, उनी भँगेरा घटेको भन्ने विषयलाई इन्कार भने गर्दैनन् । सोही सेसनमा बोल्दै उनले प्रकृति संरक्षणमा सरकारको लगानी कम हुँदा संख्या घटेको बताए । ‘भँगेराको विषयमा अरु प्रजातिमा जस्तो अध्ययन नै भएको छैन । कतिले भन्नुहुन्छ भँगेरा कम देखिरहेका छौँ । तर, यकीनकै साथ भन्नलाई तथ्यांक छैन,’ उनले भने, ‘आजभन्दा १५ वर्षअघि जति देखिन्थ्यो त्यो अहिले छैन भनिन्छ । बेलायतसहित केही देशमा भँगेराको संख्या घटेको देखाउँछ ।’ घिमिरेले अमेरिकाको नर्थ डाकोटा युर्निभर्सिटीबाट प्राणीशास्त्रमा विद्यावारिधी गरेका छन् । उनलाई सेसनमा सहजकर्ता देवेन्द्र भट्टराईले सोधे – अमेरिकी र नेपाली भँगेरामा के फरक छ ? आनीबानी र कराउने तरिकमा भने केही फरक नभएको घिमिरेले बताए ।  घिमिरेका अनुसार युरोपतिर भँगेरा भेटिनुको सम्बन्ध एसिया क्षेत्रसँग जोडिन्छ । ‘सन् १९६० तिर बेलायतबाट अमेरिका गएको देखिन्छ । अहिले यहाँ पाउने र त्यहाँ पाउनेमा फरक छैन,’ उनले भने, ‘लामो समय छुट्टिएकाले उप–प्रजाति अर्को हुनसक्ने अवस्था रहन्छ । तरर, प्रजातिमा फरक हुँदैन । उहाँ कराउने र यहाँ कराउनेमा त्यस्तो फरक हुँदैन ।’ नेपाल सरकारले खर्च नगर्दा चराचुरुंगी र जनावारमाथि अध्ययनमा आकर्षित हुने अवस्था नबनेको घिमिरेको भनाइ छ ।   

पोखराः    पोखराको विभिन्न स्थानमा गीत गाएर दैनिकी गुजारा गर्दै आएका २२ जना दृष्टिविहिनहरुलाई लामा अमृत फाउण्डेशन घान्द्रुकले आर्थिक सहयोग गरेको छ ।  लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङको अगुवाई तथा  लोकदोहोरी गायीका तथा डान्सर प्रीति आलेमगरको संयोजनमा संकलित रकम आज (बिहिबार) प्रदान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिसमेत रहेको सहयोगीदाता तेज बहादुर गुरुङ, अभियन्ता तथा गायीका प्रीति आले र फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले २२ जना दृष्टिविहिन नागरिकलाई प्रतिव्यक्ति ६ हजार ५ सयका दरले  (१ लाख ४३ हजार रुपैयाँ) आर्थिक सहयोग हस्तान्तरण गरे ।     सो अवसरमा बोल्दै प्रमुख अतिथिसमेत रहेका तेज बहादुर गुरुङले फाउण्डेशनको सामाजिक काममा आफुपनि सहभागी हुन पाएको बताउदै सहयोगीहरुलाई आभार प्रकट गरे ।  उनले फाउण्डेशनको कार्यको प्रशंसा गर्दै अन्य संस्थाहरुले पनि सकरात्मक कामको अनुशरण गुर्नपर्ने धारणा राखे । त्यस्तै देश तथा विदेशमा रहेका नेपालीको सहयोगमा रकम संकलन गरेर पहिलो पटक दृष्टिविहिन नागरिकहरुलाई आर्थिक सहयोग गरेको बताए ।  ‘फाउण्डेशनले विभिन्न क्षेत्रमा सहयोग गरिरहेको छ, गुरुङले भने, पोखराको विभिन्न स्थानमा गीत गाएर दैनिक गुजारा गर्ने दृष्टिविहिन नागरिकहरुलाई विभिन्न व्यक्तित्वको आर्थिक सहयोगमा उहाँहरुलाई सहयोग गर्न पाउँदा खुशी छौं । र सम्पूर्ण सहयोगीदाताहरुप्रति आभारी छु ।’ उनले फाउण्डेशनको सहयोग यथेष्ट नहुने तर्क राखे । ‘हाम्रो यो सहयोग तपाइहरुलाई यथेष्ट हुदैन तरपनि घाउमा सानो मलम लगाउ भन्ने हेतुले सहयोग गरेका हौं, उनले भने, ‘सडकमा तपाइहरुले गीत गाउनु कुनै भिक माग्नु होइन । आफ्नो प्रतिभा देखाउनु हो । त्यसैले प्रतिभाको कदर गर्दै सक्दो सहयोग गर्नु हरेक नागरिकको दायित्व हो ।’ उनले आगामी दिनमा दृष्टिविहिनहरुकै लागि वृहत कार्यक्रम नै आयोजना गर्ने प्रतिवद्धता जनाएका थिए । यस्तै अर्का अभियन्ता तथा लोकदोहोरी गायिका प्रीति आले मगरले सडकमा कला प्रदर्शन गरेर दैनिकी गुजारा गर्नु आफैमा उदाहरणीय कार्य भएको बताइन् । ‘तपाईहरुले सडकमा माग्न बसेको होइन, उनले भनिन्, तपाइहरुले कला प्रदर्शन गर्नुभएको हो । यस्तो अवस्थामा हामी तपाइहरुलाई केही सहयोग गरेर साथ दिन पाउँदा हामी एकदमै खुशी छौं ।’ उनले आगामी दिनमासमेत दृष्टिविहिनहरुको साथमै रहने प्रतिबद्धता जनाइन् । ‘यो कार्यक्रम एउटा उदाहरण मात्र हो । आगामी दिनमापनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौं । फरक क्षमता भएका तपाइहरुलाई रहर हैन कहर हो त्यसैले तपाइहरुलाई सधै सम्मान गरिनुपर्छ ।’ उनले भनिन् । गीत गाएर गुजारा चलाउदै आएका दृष्टिविहिनसँगै आफुले गाएको एउटा भिडियो टिकटकमा भाइरल भएको स्मरण गर्दै भनिन्, ‘एउटा दृष्टिविहिन दाईसँग गाएको गीत टिकटमा धेरैले माया गर्नुभएको थियो । त्यहाँ आएको कमेन्टमा धेरै आर्शिवाद थिए । त्यसैले आर्शिवार्द उधारो राख्न हुदैन भन्ने सोचेर सहयोग अभियानमा जुटेकी हुँ ।’ उनले आगामी दिनमा दृष्टिविहिन नागरिकहरुलाई गीत रेकर्डिङ गर्न इच्छा लागेको खण्डमा आफुले सहयोग गर्ने बताउदै दृष्टिविहिनलाई सबैले सम्मानपूर्वक व्यवहार गर्न समेत आग्रह गरेकी थिइन् । यस्तै दृष्टिविहिन नागरिकको तर्फबाट बोल्दै हेमबहादुर परियारले राज्य र संघसंस्थाबाट उचित सहयोग नपाएको गुनासो गरे ।  ‘विभिन्न संघ संस्था तथा राज्यबाट विभिन्न क्षेत्रका नागरिकलाई सहयोग गरेको सुन्न सक्छौं तर हामी दृष्टिविहिन नागरिकलाई कसैले पनि वास्ता गर्दैनन्, परियारले भने, ‘आज हामीलाई प्रीति बहिनी र अमृत भाइले सहयोग गर्नुभएको छ । उहाँहरुप्रति हामी अत्यन्तै आभारी छौं ।’  आफुहरुको सडकमा गीत गाउनु रहर नभई बाध्यता रहेको उनले सुनाए । ‘सडकमा गाउनु हाम्रो रहर होइन, यो हाम्रो बाध्यता हो । त्यसैले कृपया हामीलाई अपहेलना नगर्नुहोला ।’ उनले भने । आर्थिक सहयोग कार्यक्रममा गायक मिलन लामा, सन्तोष बस्याल, लोक तथा दोहोरी गायक नेत्र गुरुङ, अमर धिताल लगायतको उपस्थिती रहेको थियो ।   

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पौने ३ बजे यति एयरको विमान अवतरण भएको छ । नवनिर्मित विमानस्थलमा १ जनवरी २०२३ बाट आन्तरिक उडान सुरु गरिनुपूर्व आज परीक्षणकारुपमा ‘डेमो उडान’ गरिएको हो ।    यतिपछि बुद्ध एयरको विमान ३: ०५ मा अवतरण भएको छ । दुबै जहाज पोखराकै अर्काे विमानस्थलबाट उडेर नयाँ विमानस्थलमा अवतरण गरेको छ ।      डेमो उडानमा व्यवसायी, पत्रकार एवं विमानस्थलका प्राविधिक एवं कर्मचारी रहेका थिए । उडानपछि दुबै विमान पुनः पहिलेकै विमानस्थल फर्किएका छन् ।