पोखरा:   कास्की क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि सभा सदस्यको उम्मेदवार बिना गुरुङले मतदातासँग भेट्ने तथ नीतिगत तहबाट गर्न सकिने कामहरुको छलफल गर्ने अभियान चलाइरहेकी छन् । &nbs...

नुवाकोट: नुवाकोटको बेलकोटगढी नगरपालिकाले कक्षा १० (एसइई)मा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई प्रोत्साहनस्वरुप दश लाख रुपैयाँ दिने घोषणा गरेको छ।  नगरपालिकाले हालै ल्याएको ‘शैक्षिक सुधार कार्यक्रम’मार्फत् तोकिएको मापदण्डका आधारमा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई प्रोत्साहनस्वरुप उक्त रकम दिन लागिएको नगरप्रमुख जगतबहादुर गुरुङले जानकारी दिए।  स्थानीय तहले शिक्षाको समग्र विकास गर्न उद्देश्यले ल्याएको कार्यक्रममार्फत् विद्यालयले विद्यार्थी सङ्ख्या वृद्धि गराउनेदेखि विद्यार्थीलाई दक्ष बनाउन सहयोग पुग्ने विश्वास लिइएको उनको भनाइ छ।  ‘नगरभित्र सञ्चालित सामुदायिक विद्यालयको सुधारका लागि ल्याएको ‘शैक्षिक सुधार कार्यक्रम’ले आधारभूत र माध्यमिक विद्यालयका लागि फरक–फरक मापदण्ड बनाएको छु, उनले भने, ‘मापदण्डमा रहेको सूचाङ्कका आधारमा उत्कृष्ट विद्यालयलाई नगद पुरस्कार र शिक्षकलाई अवार्ड प्रदान गरिनेछ।’ शिक्षाको माध्यमबाटै स्वास्थ्य क्षेत्रको सुधार, सीप तथा क्षमता अभिवृद्धि र रोजगारको सिर्जना गर्न सकिने उनको भनाइ छ। विद्यालयलाई शैक्षिक क्यालेण्डर बनाउन, स्थानीय भाषा, संस्कृति, कला तथा समसामयिक विषयवस्तु समावेश गरी पाठ्यक्रम बनाउन, प्रत्येक वडामा हरेक वर्ष कम्तीमा एउटा विद्यालयलाई बालमैत्री बनाउनेलगायतका लक्ष्य  कार्यक्रममा समावेश गरिएको गाउँपालिका उपप्रमुख शिवप्रसाद दाहालको भनाइ छ। उनका अनुसार विद्यालयमा विद्युतीय हाजिर, पूर्ण दरबन्दी, ई–पुस्तकालयसहित प्रत्येक शैक्षिक सत्रको उपलब्धिलाई तथ्याङ्क र गुणस्तरीय मापदण्डको आधारमा मापन गरिने छ।  शिक्षाको विकासलाई नगरले प्राविधिक शिक्षा, प्रविधियुक्त शिक्षा र सीपयुक्त शिक्षालाई जोड दिएको छु, उनले भने, ‘शिक्षा सुधारका लागि विद्यालयलाई भौतिकरुपमा सम्पन्न, शिक्षक–कर्मचारी पर्याप्त र सरोकारवाला पक्षको सकारात्मक सहयोग जुटाउन कार्यक्रम ल्याएको हो।’ हाल बेलकोटगढी नगरभित्र १९ वटा माध्यमिक विद्यालयसहित ५४ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन्। 

सुर्खेत- वीरेन्द्रनगर–११ झुप्राखोला नजिक रत्नराजमार्गमा डबल क्याप हाइलेक्स गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।   छिन्चुदेखि सुर्खेततर्फ आउँदै गरेको बा.प. ०१०२६ च ९२१३ नम्बरको डबल क्याप हाइलेक्स गाडी आज विहान साढे दुई बजे अनियन्त्रित भई सडकदेखि करिव ७० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।   घाइतेहरुको उद्धार गरी उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको र उपचारका क्रममा चार जनाको मृत्यु भएको छ ।   जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृत्यु हुनेमा २७ बर्षिय सागर शाही, दैलेख डुङ्गेश्वर गा.पा.–५ बस्ने बर्ष ३३ का दिपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गा.पा.–५ बस्ने बर्ष ३१ को बविन शाही, दैलेख गराँस गा.पा.–३ बस्ने बर्ष ३६ को राजेन्द्र विसीको उपचारका क्रममा निधन भएको प्रहरीको भनाई छ ।   दुर्घटनमा दैलेख भैरवी गा.पा.– ५ बस्ने बर्ष २६ को बिरेन्द्र राज शाहीको छातीमा गम्भिर चोट लागेको हुँदा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ ।

काठमाडौँ, आदिवासी जनजाति मध्ये बौद्ध धर्मालम्वीले मनाउने सोनाम लोसारको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले शुभकामना सन्देश दिनुभएको छ । राष्ट्रिय ल्होसार पर्व –२८५९ ह्योई–तावर ल्हो (खरायो वर्ष) को पावन अवसरमा देश विदेशमा रहनुहुने सम्पूर्ण ल्होछारप्रेमी दिदीबहिनी दाजुभाइहरू सबैलाई सुस्वास्थ्य, समृद्धि, प्रगति र समस्त मानव जगतको कल्याणको कामना गर्नुहुँदै प्रधानमन्त्री दाहालले शुभकामना व्यक्त गर्नुभएको छ ।    शुभकामना सन्देश (पुर्णपाठ) तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजातिहरूको राष्ट्रिय ल्होछार पर्व –२८५९ ह्योई/तावर ल्हो (खरायो वर्ष) को पावन अवसरमा देशविदेशमा रहनुहुने सम्पूर्ण ल्होछारप्रेमी दिदीबहिनी दाजुभाइहरू सबैलाई सुस्वास्थ्य, समृद्धि, प्रगति र समस्त मानव जगतको कल्याणको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपाली जनताले नेपालमा सात दशक लामो लोकतन्त्रका लागि आन्दोलन गरेको छ र अहिले हामी धर्मनिरपेक्ष, समानुपातिक समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेका छौं । यो आन्दोलनमा नेपाल तामाङ घेदुङ र तामाङ राष्ट्रिय आन्दोलनले खेलेको भूमिकाको उच्च मूल्यांकन र प्रशंसा गर्न चाहन्छु ।   नेपाल पूर्व, पश्चिम, उत्तर, दक्षिणका प्रमुख सभ्यताहरूको संगमस्थल हो । यहाँ १२५ जातजाति, १२३ भाषाभाषी र १० भन्दा बढी धर्म मान्ने समुदाय बसोबास गर्दछन् । यहाँ बसोबास गर्ने सबै जाति÷जातजातिको आ—आफ्नो भिन्नभिन्न परम्परा, रीतिरिवाज र संस्कृतिहरू रहेका छन् । यी सबै संस्कृतिहरूको समग्रता र एकीकृत स्वरुप नै नेपालको राष्ट्रिय संस्कृति हो । यसरी हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक हुनु नै नेपाल र नेपालीको लागि गौरवको कुरा हो, यो हाम्रो राष्ट्रिय सम्पत्तिसमेत हो ।   नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होछार परम्परा र तामाङ संस्कृति हो । यो ल्होछार परम्परा विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा हो । मानव जातिले पशुपालन र कृषिको शुरुवात गरेदेखि नै प्रकृतिको स्वभाव र गतिको नियम पत्ता लगाउने प्रयत्न गरेको थियो । यो क्रममा चन्द्रमाको गतिको आधारमा समय गणना हुन थाल्यो । यही पद्धति अंगालेर तामाङ सभ्यताले सूर्य दक्षिणबाट उत्तरतिर फर्कने छेका अर्थात् चन्द्र पात्रोको माघ शुक्ल प्रतिपदाको दिनदेखि नयाँ वर्ष सुरू हुन्छ भन्ने मान्दछ । कृषिको थालनीसँगै विकास भएकोले यो पर्वलाई सोनाम -किसानहरूको_ ल्होछार पनि भन्दछन् ।   नेपालमा मात्र नभएर चीन, मंगोलिया, जापान, कोरिया, हङकङ, भियतनाम, लाओस, थाईल्याण्ड, ताईवान, मलेसिया, सिंगापुर लगायतका मंगोल—चिनिया सभ्यता पुगेका संसारका सबै महादेश र देशहरूमा मनाइन्छ । आज नै कामको सिलसिलामा विश्वका विभिन्न मुलुकहरूमा रोजगारी वा अन्य कामको सिलसिलामा पुगेका नेपाली तामाङ संघ÷संस्थाहरुले समेत ल्होछार पर्व धुमधामसँग मनाउँदै आएका छन् । तामाङ जीवनमा ल्हो परम्पराको ज्यादै ठूलो महत्व छ । यो परम्पराले धार्मिक, सामाजिक, आर्थिक, साँस्कृतिक र स्वास्थ्य जीवनको क्षेत्रमा समेत विशेष महत्व राख्दछ ।   ल्होछार राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्व पनि हो । नेपालमा यस्ता ऐतिहासिक एबम् बैज्ञानिक महत्व बोकेको थुप्रै पर्व छन् । तसर्थ राज्यले ल्होसार लगायत सबै सांस्कृतिक पर्वहरूलाई राष्ट्रिय संस्कृतिको प्रवद्र्धन गर्नुपर्दछ । अन्तमा, फेरि पनि सोनाम ल्होछारले समस्त नेपालीहरूमा आपसी सद्भाव, सहकार्य र राष्ट्रिय एकता कायम गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु, धन्यवाद ।

पोखराः जातीय दुर्व्यवहार तथा छुवाछुतको आरोपमा पुस २६ गते पक्राउ परेका पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारी धरौटीमा रिहा भएका छन् ।    जातीय तथा सामाजिक छुवाछुत र भेदभाव सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले १ लाख ५० हजार धरौटीमा वडाध्यक्ष अधिकारीलाइ शुक्रबार रिहा गर्न आदेश दिएको हो । सोही अनुसार उनी शुक्रबारनै धरौटी बुझाएर रिहा भएका हुन् ।   कास्की जिल्ला अदालतका न्यायाधिश ऋषिराज आचार्यको एकल इजलासले शुक्रबार वडाध्यक्ष अधिकारीलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । जुन मुद्दाको शुक्रबार थुनछेक बहस भएको थियो । अधिकारी रिहा भएपनि उनको मुद्दा सकिएको छैन । हाललाई थुनामा राखेर कारवाही अगाडी बढाउन आवश्यक नदेखिएको भन्दै उनलाई मुक्त गरिएको हो ।    जाहेरवालाले अभियुक्त अधिकारीलाई थुनामा राखेर कारवाही अगाडी बढाउन माग गरेको थियो । सो मुद्धामा जाहेरवालाको तर्फबाट अधिवक्ताहरु शिव सुनार र कुञ्जनी परियार प्यासीले वहस गरेका थिए ।   सोही वडाका सदस्य मैया नेपालीले जातीय तथा सामाजिक छुवाछुत र भेदभाव सम्बन्धी कसुरमा वडाध्यक्ष अधिकारीलाई कारवाहीको माग गर्दै गत पुस २४ गते आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दर्ता गराएकी थिइन् । 

पोखरा:  ब्रिटिसको लण्डन सदर्क काउन्सीलका मेयर सुनिल चोप्राले पोखराले पर्यटनको माध्यमबाट सम्बृद्धि हासिल गर्न सक्ने बताएका छन् ।  पोखरा महानगरपालिका वडा नं. २६ बाट प्रारम्भ हुने रोयल ट्रेकको विहिबार निरिक्षणका क्रममा मेयर चोप्राले पोखरा उपत्यकाका डाँडाबाट प्रकृतिको मनोरम दृश्यावलोकन गर्न सकिने उल्लेख गर्दै, पर्यटनका क्षेत्रमा लगानीको वातावरण बनाउन आग्रह गरे ।    पत्नी भर्षा सहित पोखरा भ्रमणमा आएका मेयर चोप्राले विट्रिसका तत्कालिन युवराज चाल्र्सले समय विताएको पोखरा २६ को सिलिङ्गे ट्राईगर ट्रि मा स्थानीय जनप्रतिनिधिसँग यस क्षेत्रको विकासको संभावनाका बारेमा छलफल गरेका थिए । मेयर चोप्राले रोयल ट्रेकमा झण्डै एक किलोमिटर पैदलयात्रा गरेका थिए ।  सो अवसरमा पोखरा महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापाले सिलिङ्गेमा अन्तराष्ट्रिय सम्मेलन केन्द्र निर्माण, रोयल ट्रेकको विकास एवं विट्रिसका राजा चाल्र्स थर्डलाई पुन एक पटक नेपाल भ्रमणको वातावरण मिलाईदिन आग्रह गरेका थिए । अध्यक्ष थापाले सदर्क नगर र पोखरा महानगरपालिकाको विचमा भगिनी संवन्ध स्थापना गरी कला र संस्कृतिको आदान प्रदान गर्न सकिने उल्लेख गरे ।  मेयर चोप्राको भ्रमणलाई पूर्व पर्यटन दुत एवं एभरेष्ट इन यू.के का अध्यक्ष पशुपति भण्डारीले सहजीकरण गरेका थिए ।  मेयर चोप्रालाई पोखरा महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापा, वडा नं. २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछाने, वडा नं. १३ का अध्यक्ष किरण बराल, वडा नं. ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानी, वडा नं. २६ का जनप्रतिनिधि लक्ष्मीदेवी भट्टराई, तिर्थबहादुर राजभाट, सुजता बराल सुनार, सुदिपराज ढुंगाना, लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्मा स्थानीय वासिन्दा हरि अधिकारी, चन्द्रबहादुर रानाभाट, शिवबहादुर रानाभाट, चिनिया थापा, डम्बर बहादुर थापा, मदन बस्नेत लगायतले स्वागत गरेका थिए । मेयर चोप्रा दम्पतीले टाइगर टप रिर्सोटमा समेत केही समय बिताएका थिए । 

बागलुङ: ग्रामीण भेगका स्वास्थ्य चौकीमा रहेका प्रसूति कक्षमा वैकल्पिक ऊर्जाको व्यवस्थापन नहुँदा मोबाइलको बत्ती बालेर प्रसूति गराउनुपर्ने बाध्यता छ। नियमित प्रयोग हुँदै आएको स्थानीय स्तरमा उत्पादित विद्युत् तथा केन्द्रीय प्रसारण लाइनको विद्युत् बेलाबेलामा जाने समस्या हुँदा अन्तिम अवस्थामा मोबाइलकै लाइट वा ‘टर्च’ बालेर प्रसूति गराउनुपर्ने बाध्यता भएको हो।  विशेषगरी लाइन जाने समय वा कुनै कारणले विद्युत् अवरुद्ध हुँदा रातको समय सुत्केरी गराउन कठिन भएको गलकोट नगरपालिका–७, मल्ल स्वास्थ्य चौकीका इन्चार्ज अनिता कार्कीले बताउनुभयो। “विद्युत् जाने आउने समस्या हिउँदमा पनि हुन्छ,” उहाँले भन्नुभयो– “बर्खामा त झन् हप्तारदस दिन बिजुली नहुँदा धेरै कठिनाइ भोग्नुपरेको छ।”  सुत्केरी गराउँदै गर्दा बिजुली जाँदा असाध्यै कठिन हुने गरेको अनमी माधुरी नेपालीले बताउनुभयो। “व्याथाले च्यापेका गर्भवती सम्हाल्ने कि मोबाइल खोज्न जाने ?,” उहाँले भन्नुभयो– “कहिलेकाहीँ त बच्चा आधा जन्मेको बेला लाइन जान्छ, अँध्यारोमा परिस्थिति सम्हाल्न असाध्यै कठिन हुन्छ।” अनमी नेपालीले मोबाइलको लाइट बोलेर तीन जना सुत्केरी गराएको अनुभव सुनाउनुभयो। मल्म स्वास्थ्य चौकीमा केन्द्रीय प्रसारणको विद्युत् जोडिएको छ। यद्यपि बेलाबेलामा हुने विद्युत् आपूर्ति कटौतीले गर्दा प्रसूतिगृह जस्तो संवेदनशील कक्ष मर्कामा परेको छ।  स्वास्थ्य चौकीमा वैकल्पिक ऊर्जाको वा ब्याकअप व्यवस्थापन गर्न सके कठिन अवस्थामा सहज हुने स्वास्थ्य चौकी प्रमुख कार्कीको भनाइ छ। विद्युत्को वैकल्पिक व्यवस्थापन गर्न नगरपालिकाको स्वास्थ्य शाखालाई आग्रह गरे पनि कार्यक्रम स्वीकृत भएको छैन। मल्म स्वास्थ्य चौकीमा यस वर्ष मात्रै १९ जना महिला सुत्केरी भएका छन्। बरेङ गाउँपालिकाको बाटाकाचौर स्वास्थ्य चौकीले पनि विद्युत् आपूर्तिको समस्या भोग्दै आएको छ।  स्वास्थ्य चौकीको प्रसूति कक्षमा वैकल्पिक ऊर्जा नहुँदा प्रसूतिको समयमा निकै कठिनाइ भोग्नुपरेको स्वास्थ्य चौकीका निमित्त प्रमुख धर्म प्रकाश थारूले बताउनुभयो।  प्रसूति कक्षमा सुत्केरी अवस्थामा दुई जना महिला स्वास्थ्यकर्मीले नियमित काम गरे पनि बिजुली जान सक्ने अवस्थालाई ध्यानमा राखेर एक जना मोबाइल बाल्नका लागि बस्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो।  वैकल्पिक ऊर्जाको व्यवस्थापन नभएका बागलुङका अधिकांश स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले यस्तो समस्या भोग्दै आएका छन्। स्थानीय तहको पहलमा केही स्वास्थ्य चौकीमा ब्याट्री व्यवस्थापन भए पनि अधिकांशमा छैन।   बरेङ गाउँपालिकाका प्रमुख कृष्णप्रसाद शर्माले प्रसूति गृहको संवेदनशीलतालाई गम्भीरताका साथ लिएको बताउनुभयो। आगमी बजेट तथा स्वास्थ्य क्षेत्रमा काम गर्ने अन्य निकायसँग समन्वय गरेर वैकल्पिक व्यवस्थापन गर्ने उहाँले बताउनुभयो।   

पोखरा इन्जिनियरिङ कलेजमा स्वतन्त्र विद्यार्थी परिषद्को निर्वाचन भइरहेको छ ।    निर्वाचनमा नेकपा एमाले समर्थित अनेरास्ववियु र नेपाली कांग्रेस समर्थित नेपाल विद्यार्थी संघ, नेकपा माओवादी केन्द्र समर्थित अनेरास्ववियु (क्रान्तिकारी) प्रतिष्पर्धामा छन् ।    अनेरास्ववियुबाट अध्यक्षमा विरेन्द्र जिसी, संघबाट विराट सिग्देल, क्रात्किारीबाट पवन लम्साल रहेका छन् ।    यसअघि परिषद्मा अनेरास्ववियुको नेतृत्व रहेको थियो । सबै विद्यार्थी संगठनले जीतको दाबी गरेका छन् ।    ६१४ विद्यार्थी रहेको कलेजमा अनेरास्ववियुका केन्द्रिय कमिटी सदस्य एवं कास्की सहइन्चार्ज महेन्द्र उपाध्याय ‘मन्नु’ले करिब ६० मतान्तरले जित्ने बताएका छन् ।    हेर्नुहोस्, उम्मेदवारहरुको नामावलीः 

गण्डकी:   शिशिरको पारिलो घाममा छोरी सेक्दै हुनुहुन्थ्यो, लक्ष्मी गिरी । बुधबार दिन घमाइलो भए पनि उहाँको मन छ्याङ्ग छैन । पोखरा–७ घारिपाटनकी गिरीले गत आइतबारको त्रासदीपूर्ण घटना भुल्क सकिरहनुभएको छैन । आँखै सामुन्ने जहाज खसेको दुःखान्त दृश्यले उहाँलाई घरीघरी झस्काउँछ । मनमा अझै डरले घर गरेको छ । “सम्झँदा पनि कहाली लाग्छ, मुटु ढक्क फुल्छ”, ३९ वर्षीया गिरीले भन्नुभयो, “घरमाथिबाट ढल्किँदै आएको जहाज एक्कासि बजारियो र आगो लाग्यो ।” माघे सङ्क्रान्तिको दिन बिहान गिरी आँगनमा छ महिनाकी छोरीलाई दूध खुवाउँदै हुनुहुन्थ्यो । बुबा बेल पनि घरमै हुनुहुन्थ्यो । ठूली छोरी इरिस्ना साथीसँग खेल्न गइकी थिइन् ।  त्यहीबेला ठूलो र डरलाग्दो आवाज लक्ष्मीका कानमा प¥यो । माथितिर हेर्दा जहाज घरमै छोइएला जसरी आइरहेको थियो । छिनभरमै जहाज गिरीको घरदेखि एक सय मिटरअघिको जमिनमा धसिँदै सेतीखोँचमा खस्यो ।  “जहाज खसेपछि आगो लाग्यो, धुँवाको कालो मुस्लो निस्कियो, कता जाने, के गर्ने होसहवास गुमेजस्तो भयो”, उहाँले सुनाउनुभयो, “काखकी छोरी लिएर बुबासँगै घरछेउको आलुबारीतिर भागेँ ।” जीवनमा पहिलो पटक यति ठूलो घटना देख्नुभएकी गिरीले अहिले कुनै सिनेमाको दृश्यझैँ लाग्ने गरेको सुनाउनुभयो ।  “मुस्ताङतिर, जहाज दुर्घटनाबारे मोबाइलमा हेरिन्थ्यो, सुनिन्थ्यो”, उहाँले भन्नुभयो, “अहिले आफ्नै आँखाअघि देखियो, सोँच्दा पनि डर लाग्छ, हातखुट्टा काँप्छ ।” गिरी दुर्घटनालगत्तै घटनास्थल नजिक जान पनि सक्नुभएन । दिनैभर छोरीहरु साथमा लिएर घरभित्रै बस्नुभयो । विस्तारै डर मत्थर हुँदै गए पनि मन अझै हलुका हुन नसकेको गिरीको भनाइ छ । उहाँका छिमेकी पनि उक्त घटनाबाट त्रस्त छन् ।  घारिपाटन, नागबेली टोलकी सीता विक पनि जहाज खस्ने बेला घरमै हुनुहुन्थ्यो । बिहान मन्दिर गएर फर्केपछि परिवारमा खाना खाने सुरसार चल्दै थियो । अकस्मात् ठूलो आवाज आयो । त्यतिञ्जेल विकले जहाज हो भन्ने पनि पत्तो पाउनुभएको थिएन ।  “भूइँचालो गएजस्तो भएको थियो, बाहिर निस्कँदा त जहाज खसेर आगो लाइसकेको रहेछ, वरिपरी धुँवाधुलो छाएको थियो”, उहाँले भन्नुभयो, “होसै गुमेजस्तो, न बोल्न सक्ने, न खाने अवस्था भयो, घरैअघि भएकाले होला अझै पनि डर लाग्छ, यो घटना कहिल्यै बिर्सन नसकिने भइयो ।” विकको घरअघिको बाँसघारीलाई पछाडिको भागले लछार्दै जहाज खोँचमा खसेको थियो । माथिबाट खस्दा जहाज ठोक्किएको जमिन धस्सिएको छ ।  रुख र बुट्यान मासिएका छन् । आगलागीले घाँस र पत्कर नष्ट गरेको छ । जहाजका भग्नावशेष, यात्रुका जलेका लुगाफाटा र सामग्री छरपष्ट देखिन्छन् । दुर्घटनास्थल यसै उजाड र उराठलाग्दो छ । दुर्घटना भएको ठाउँ हेर्न आउने मानिस पनि उत्तिकै हुन्छन् । बाहिरकालाई घटनास्थल हेर्ने कौतुहलता भए पनि आसपासका बासिन्दालाई भने त्यही ठाउँले त्रीसदीपूर्ण घटनाको सम्झना गराइदिन्छ । पोखरा–१५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले आफ्नो जीवनकालमा यति ठूलो बीभत्स दुर्घटना कहिल्यै नदेखेको बताउनुभयो ।  “जहाज खसेको १० मिनेटमै घटनास्थल पुगेको थिएँ, अवस्था दर्दनाक थियो, हेर्दाहेर्दै यात्रुहरु जले, जीवित उद्धारको प्रयास विफल भयो”, उहाँले भन्नुभयो । उद्धारमा सबै स्रोतसाधन लगाउँदा पनि कसैलाई बचाउन नसकिएको वडाध्यक्ष बानियाँले बताउनुभयो । झाडीसहित खोल्साखाल्सी भएको गहिरो खोँचमा जहाज खसेका कारण उद्धार जटिल बनेको थियो ।  वडाको पहलमा दुर्घटनास्थल वरपरका बासिन्दालाई शुक्रबार मनोपरामर्श दिने तयारी भइरहेको वडाध्यक्ष बानियाँको भनाइ छ ।  “दुर्घटनाले कसैलाई मनोवैज्ञानिक असर परेको हुनसक्छ, त्रास रहिरहेको हुनसक्छ”, उहाँले भने, “इच्छुक र आवश्यक परेका व्यक्तिलाई राखेर दुई घण्टा मनोपरामर्श दिदैँछौँ ।” जहाज दुर्घटनाबारे सत्यतथ्य थाहा पाउन धेरै मानिस उत्सुक रहेको वडाध्यक्ष बानियाँले बताउनुभयो ।  “के कारणले गर्दा जहाज दुर्घटना भयो होला भनेर मानिसहरु कुराकानी गरिरहेका भेटिन्छन्, अनेक खाले अनुमान लगाउँछन्”, उहाँले भन्नुभयो, “आशा गरौँ विमान दुर्घटनाको कारण पत्ता लाग्नेछ र फेरिफेरि यस्तो दुर्घटना हुनेछैन ।” दुर्घटनामा परी ७१ जनाले ज्यान गुमाएका छन् भने एकजनाको खोजी तथा उद्धार जारी रहेको  कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताउनुभयो । उहाँका अनुसार फेला परेकामध्ये २२ शव पोखरामै शव परीक्षण गरी परिवारजनलाई बुझाइएको छ ।

रेसुङ्गाः पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगका नाममा दुरुपयोग पनि उत्तिकै बढ्दै गएको छ । सामाजिक सञ्जालका विभिन्न माध्यमको प्रयोग गरेर समाजमा विकृति बढ्दै जाँदा गुल्मीमा पनि अचम्मको प्रसङ्ग बाहिरएको हो ।   सुन्दा अचम्म लाग्न सक्छ तर, गुल्मीमा फेसबुक म्यासेन्जरको प्रयोग गरेर एक समूहले लागुऔषधको प्रयोग गर्दै आएको छ । जिल्लामा गाँजा खानेको म्यासेन्जर ग्रुप छ । जसको नाम जी ग्रुप राखिएको छ । उनीहरू म्यासेन्जर ग्रुपमा गाँजा खाने ठाउँ, गाँजा लिने पालो र सहभागी हुने विषयमा छलफल गर्दछन् ।   सामाजिक सञ्जाल फेसबुक प्रोफाइल हेरेर उनीहरूले ग्रुपमा सदस्य थप्दै गएका छन् । चित्र तथा चरित्रको आधारमा शङ्का लागेमा त्यही ग्रुपमा जोडेर कुराकानी गर्ने गर्दछन् ।    यो कुरा सर्वपक्षीय छलफलका क्रममा बाहिरिएको हो । जिल्ला प्रशासन कार्यालय गुल्मीले बुधबार लागुऔषध नियन्त्रण गर्न सर्वपक्षीय छलफल आयोजना गरेको थियो । जिल्लास्थित सुरक्षा निकायका प्रमुख, उद्योग वाणिज्य सङ्घ, चेम्बर अफ कमर्स, उद्योग सङ्घ गुल्मी, होटल व्यवसायी मञ्च, सरकारी विद्यालय, निजी विद्यालय, नागरिक समाज, पत्रकारलगायत विभिन्न सरोकारवाला सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिको छलफलमा सहभागिता रहेको थियो ।   उद्योग वाणिज्य सङ्घ गुल्मीका तर्फबाट छलफलमा आफ्नो सहभागिता जनाएका वरिष्ठ उपाध्यक्ष ताराप्रसाद भुसालले गाँजा खानेको म्यासेन्जर ग्रुपसमेत भएको जानकारी गराए । “लागुऔषधको समस्या गम्भीररूपमा विकराल बन्दै गएको छ,” उनले भने, “गाँजा ग्रुपको बारेमा केही जानकारी पाएपछि त्यो बुझ्दा साँच्चिकै रहेछ ।”    भुसाललाई गाँजा खानेको म्यासेन्जर ग्रुपबारे थाहा भयो । त्यसपछि जोडिएर सबै जानकारी लिन खोजे । फेसबुकमा त्यही किसिमको नक्कली चित्र देखाएपछि सदस्य बने । त्यसबारे सबै बुझेपछि उनी त्यसबाट हटे । भुसालको यो परीक्षणले गुल्मीमा लागुऔषधको समस्या भयावह बनिरहेको सजिलै आकलन गर्न सकिन्छ ।    उपल्लो तम्घास माध्यमिक विद्यालयकी प्रधानाध्यापक पिङ्की भुसालले बालबालिकामा लागुऔषधको लत छुट्नै नसक्ने गरी परिसकेको बताइन् । बालबालिकालाई यसबाट छुटाउन परामर्शले मात्र नपुग्ने भन्दै यसलाई गम्भीररूपमा लिएर अगाडि बढ्न आग्रह गरिन् ।    नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा गुल्मीका अध्यक्ष टोपलाल अर्यालले जसमा समस्या छ त्यसैलाई समाधानका लागि प्रयोग गर्नुपर्ने बताए ।    नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले अभियानका रूपमा कार्यक्रम सञ्चालन गरेर जनचेतना जगाएमा र होटल व्यवसायी संयमित बनेमा केही हदसम्म लागुऔषधको प्रयोग घट्ने बताए । होटल व्यवसायी मञ्च गुल्मीका अध्यक्ष जङ्गबहादुर थापाले आफूहरूले बिक्री गर्न नमिल्ने कुराहरूमा सचेत हुने बताए ।   जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले विधिको शासन प्रयोग गर्दै नियमन, नियन्त्रण र सचेतनाका कार्यक्रम गर्ने बताए । उनले लागुऔषधको प्रयोग गर्न बनाइएका माध्यमलाई नियमन गर्ने बताए ।    गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले लागुऔषधको प्रयोगका लागि अवसर दिने र चाहना राख्ने दुवैलाई शून्यतर्फ झार्न लाग्ने जानकारी दिए । विद्यालयबाट लागुऔषध नियन्त्रणका कार्यक्रम चलाउन आग्रह गरिने पौडेलले बताए ।    “सबैले आ–आफ्नो तर्फबाट भूमिका र जिम्मेवारी निर्वाह गर्नुपर्दछ,” प्रमुख जिल्ला अधिकारी पौडेलले भने, “अब जिल्ला तहबाट पालिकासम्म लागुऔषध नियन्त्रण गर्न अभियान चलाउँछौँ ।” रासस