पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

काठमाडौं:      संयुक्त राष्ट्रसङ्घको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ वातावरण दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्वभर विश्व वातावरण दिवस मनाइन्छ । नेपालले पनि प्रत्येक वर्ष यस दिनमा विश्व वातावरण दिवस मनाउने गरेको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले यस अवसरमा वातावरण संरक्षण र प्रवद्र्धनसम्बन्धी विविध कार्यक्रम गर्दै आ–आफ्नो स्थानबाट यस दिवस भव्य र सभ्यरुपमा मनाउनका लागि सबै स्थानीय तह, प्रदेश सरकार, सङ्घीय सरकार एवं सरकारी तथा गैरसरकारी निकाय, सम्बन्धित सरोकारवाला र आमसर्वसाधारणमा अनुरोध गरेको छ ।

काठमाडौं:   सर्वोच्च अदालतले नागरिकतासम्बन्धी ऐन प्रमाणीकरणलाई तत्कालका लागि कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ। न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले आज उक्त ऐन तत्काल लागि कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको हो।  वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले तत्काल राष्ट्रपतिले गरेको प्रमाणीकरणलाई कार्यान्वयन नगर्न आदेश गरेको छ।  अदालतले दुवै पक्षसँग छलफल गरी बोलाएर आदेश गर्नेछ।

पोखरा:  अंग्रेजी समाचार पोर्टल रिसेन्टफ्युजन डटकमका सम्पादक रुपनारायण ढकाल २०८० सालको अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिले घान्द्रुकमा आयोजित औपचारिक समारोहमा ढकाललाई उक्त पुरस्कार प्रदान गरेको हो ।   अन्नपूर्ण हिमाल आरोहणको ७३ औं वर्षका अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ढकाललाई दोसल्ला र सम्मानपत्र सहित पुरस्कार प्रदान गरेका थिए । सोही पुरस्कारबाट नेपाल रिपब्लिक मिडिया गण्डकी प्रदेशका व्यूरो प्रमुख सन्तोष पोखरेल पनि सम्मानित भए । पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको आयोजक समितिका अध्यक्ष ललित गुरुङले जानकारी दिए ।   २५ वर्षदेखि निरन्तर पत्रकारितामा सक्रिय ढकाल ह्याप्पी पोखरा डटकममा समेत आवद्ध छन् । उनले यसअघि गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार, पोखरा उद्योग वाणिज्य संघ आर्थिक पत्रकारिता पुरस्कार र पर्यटन पत्रकारिता पुरस्कार लगायत दर्जनौं सम्मान प्राप्त गरिसकेका छन् । पोखरा महानगरपालिका, वडा ३२ सातमुहानेका बासिन्दा ढकालले पोखराबाट प्रकाशित तत्कालिन गगन साप्ताहिकबाट पत्रकारिता सुरु गरेका हुन् ।   यसअघि उनले हिमदूत दैनिक, जनमत दैनिक, पोखरापत्र दैनिक, समाधान दैनिक, आदर्श समाज दैनिक, राजधानी दैनिक, अन्नपूर्ण पोष्ट दैनिक, द हिमालयन टाइम्स अंग्रेजी दैनिक र दक्षिण  कोरियाको अंग्रेजी भाषाको ओमाई न्यूज इन्टरनेश्नल वेबसाइटका लागि समेत काम गरिसकेका छन् ।    नेपाल पत्रकार महासंघ कास्कीका पूर्व उपाध्यक्ष राजवहादुर गुरुङको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिले ढकाल र पोखरेललाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो । समितिमा आयोजक समितिका मिडिया संयोजक पत्रकार टंकराज अधिकारी, समितिका कानूनी सल्लाहकार अधिवक्ता एवं पत्रकार हरिप्रसाद भट्टराई, समितिका महासचिव दिलिप गुरुङ र अध्यक्ष ललित गुरुङ सदस्य थिए । पत्रकारितका माध्यमबाट अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवद्र्धनमा सघाउ पुर्याएको भन्दै समितिले यो पुरस्कार प्रदान गरेको हो ।   अर्थशास्त्रमा स्नातकोत्तर ढकालले नेपाल पत्रकार महासंघ, नेपाल प्रेस इन्ष्टिच्यूट, पोखरा उद्योग वाणिज्य संघ र एच डब्लू के माइन्ज जर्मनी तथा अमेरिकी दुताबास लगायतका संस्थाबाट खोजमूलक, आर्थिक र सम्पादन सम्बन्धी दर्जन बढी तालिमहरु लिएका छन् । 

स्याङ्जा:  नमुना स्वरेक सहयोगी समाज स्याङ्जाको तेस्रो अधिवेशनले खिमानन्द पराजुलीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।   समाजको उपाध्यक्ष जगन्नाथ अर्याल,सचिव इन्द प्रसाद पराजुली,कोषाध्यक्षमा कमल पंगेनी, सहसचिवमा शशी सेन र सहकोषाध्यक्षमा राधिका अधिकारी निर्वाचित हुनुभएको हो । उक्त समाजको सदस्यहरुमा पिताम्बर पाण्डे,नरेन्द्र पराजुली, सुरेश उच्चै ठकुरी,भगवती परियार,खैसरा अधिकारी र कल्पना आले रहनु भएको छ ।   निर्वाचन संयोजक यम प्रसाद पराजुलीले तोकिएको समयमा सबै पदमा एक एक जनाको मात्र उम्मेदवारी परेकोले सर्वसम्मत निर्वाचित भएको घोषणा गर्नु भएको थियो । समाजको सातौ साधारण सभा तथा तेस्रो अधिवेशनको वालिङ नगरपालिकाका मेयर कृष्ण खाँणले उदघाटन गर्नु भएको थियो ।   मेयर खाँणले जनताले महसुस गर्ने गरि काम गर्ने अभियानमा रहेको भन्दै निर्वाचनको वेला वोलेको कुरा पुरा गर्ने वताउनु भयो ।खानेपानी ,अस्पताल र अफ्ट्यारो परेको ठाउँमा मेयर देखिने वताउनु भयो । सहयोग जुटाएर शुरु गरेको एम्बुलेन्स संचालनमा समस्या भए नगरपालिका साथ दिन तयार रहेको प्रतिवद्द्ता जनाउनु भयो ।   ११ नम्बर वडाका वडाध्यक्ष डन्डपाणी पंगेनीले एम्बुलेन्स संचालनको लागि सानो सहयोग वडाको तर्फवाटपनि गरिने जनाउनु भयो ।   समाजका सस्थापक अध्यक्ष घनश्याम पाण्डेयले नमुना स्वरेक स्थापनाको लागि विदेशमा रहेर भुमिका खेल्नु हुने भेषराज पराजुली ,जिवन पौडेल ,बालकृष्ण पराजुली,विष्ण् पंगेनी र इश्वर पराजुलीको योगदान महत्वपूर्ण रहेको जनाउनु भयो ।   स्थानीय सरकारले गर्नुपर्नेकाम समाजले गर्दे आएकोले नगरबाट समाजलाई सहयोग पुग्ने विस्वास लिएको वताउनु भयो । पाण्डेयले आफुलाई विश्वास गरेर दिएको जिम्मेवारी पुरा गरेको भन्दै नयाँ आउने समितिको साथमा आफु सधैं रहने जनाउनु भयो ।   कार्यक्रम पुर्ब एसएसपी यम प्रसाद पराजुली,भीरकोट ५ का जनप्रतिनिधि डम्बर अर्याल ,समाजसेवी कमल पंगेनी,यमलाल शर्मा लगायतले आआफ्नो भनाई राख्नु भएको थियो ।   यसै विच कोभिडको वेला जिल्लामै उत्कृष्ट सेवा दिएको भन्दै चालक ठाकुर प्रसाद पंगेनीलाई नगद सहित सम्मान पत्रले सम्मान गरिए थियो भने समाजलाई पछिल्लो समय आर्थिक सहयोग गर्ने नारायण शर्माको वुवा र पुर्वजनप्रतिनिधि मिना खाण लगायतलाई पनि सम्मान गरिएको सचिब इन्दप्रसाद पराजुलीले जानकारी दिनु भएको छ ।  

पाेखरा:   गण्डकी प्रदेश सरकारले प्रदेशका पत्रकारलाई स्वास्थ्य बीमाको व्यवस्था गर्ने नीति ल्याएको छ ।   आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याएको नीति तथा कार्यक्रममा भनिएको छ, ‘गण्डकी प्रदेश भित्रका पत्रकारको स्वास्थ्य बीमा कार्यक्रम लागू गरिनेछ ।'   साथै ‘पत्रकार लेखनवृत्ति (फेलोसिप) कार्यक्रम’ सञ्चालन गरिनेछ । सञ्चारकर्मीको क्षमता विकासका लागि पत्रकार महासंघ लगायत सञ्चार क्षेत्रका संघसंस्थाहरुको सहकार्यमा मागमा आधारित कार्यक्रम अघि बढाइनेछ ।’  

पोखरा:  प्रथम गण्डकी प्रदेशस्तरिय फुल कन्ट्याक्ट प्रतियोगिता सम्पन्न भएको छ ।   प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा फुल कन्ट्याक्ट कराते संघ गण्डकी प्रदेशको समन्वयमा उक्त प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा ३५ केजी तौल पुरुष तर्फ स्याङजाका सुरेश सार्कीले स्वर्ण पदक जितेका छन् । उनी प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित समेत भए । उनलाई प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य खगेन्द्र क्षेत्रीले नगद ५ हजार सहित पुरस्कृत गरे ।  सोही तौल स्पर्धामा तनहुँका सन्जन गुरुङले रजत पदक जित्दा म्याग्दीका अशिम सारु मगर र कास्कीका सत्कार प्रतेलले कास्य पदक जिते । ४५ केजी तौल पुरुषतर्फ गोर्खाका अर्मान गुरुङले कास्कीका विक्रम सुनारलाई फाइनलमा पराजित गर्दै स्वर्ण पदक जितेका छन् । कास्कीका संगम खड्का र स्याङजाका समिर खाँडले कास्य पदक हात पारे ।   ५५ केजी तौलतर्फ स्याङजाका निरज राना मगरले स्वर्ण, कास्कीका दिपेश ठकुरीले रजत, कास्कीका कृष्ण थापा मगर र तनहुँका गौरव थापाले कास्य पदक जिते ।पुरुष खुल्ला तौलमा स्याङजाका सञ्जय कुमार गुप्ताले स्वर्ण, म्याग्दीका लिला बहादुर बिकले रजत, कास्कीका अर्जुन विश्वकर्मा र गोर्खाका कुमार रोक्काले कास्य पदक हात पारे ।   त्यस्तै महिलातर्फको खुल्ला तौलतर्फ गोर्खाकी कविता नेपालीले स्वर्ण, स्याङजाकी चिन मायाँ दर्लामीले रजत, कास्कीकी कला क्षेत्री र पर्वतकी रोजा गुरुङले कास्य पदक जितेका छन् ।महिलातर्फ नै भएको ५० केजी तौलमा कास्कीकी सरगम कुमालले फाइनल प्रतिस्पर्धामा कास्कीकै मेनुका अधिकारीलाई पराजित गरी स्वर्ण पदक जितेकी छन् । म्याग्दीकी सकृया पुन र नवलपुरकी आरती विकले कास्य पदक प्राप्त गर्न सफल रहेका छन्  । प्रतियोगितामा बिजेता खेलाडीहरुलाई गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिंखडा, प्रदेश खेलकुद गण्डकीका सदस्य सचिव श्रीधर शर्मा, कार्यकारी सदस्य ऋषीराम गौतम, सदस्य खगेन्द्र क्षेत्रीलागतयले ट्रफी मेडल र प्रमाण पत्र वितरण गरेका थिए । सो अवसरमा मन्त्री सिंखडाले खेलकुद क्षेत्रलाई अझै व्यवस्थित बनाएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरिन् । दुई दिन सम्म सञ्चालन भएको प्रतियोगितामा मुख्य निर्णायकको भूमिकामा विजय आले मगर रत्न बहादुर आले, हरि बहादुर खड्का (नाराज) र कृष्ण बहादुर नेपाली रहेका थिए ।   प्रतियोगितामा मनाङ र मुस्ताङ बाहेक ९ जिल्लाका महिला तथा पुरुष खेलाडीहरु गरी ६० जनाको सहभागिता रहेको थियो ।     

पोखरा:  पोखरा महानगरपालिका ९ नं. वडा कार्यालयले शनिबार पोखरामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।    नागरिकले सोधेका प्रश्नका जवाफ दिँदै वडा अध्यक्ष दीपेन्द्र मर्सानीले बसपार्क बनाउने, सेती नदीलाई राम ताल नभई स्वर्ग द्वार बनाउने प्रतिवद्धता व्यक्त गरे । वडावासीले उठाएका मुद्धा र गरेका प्रश्नलाई सम्बोधन गर्दै ९ नं. वडालाई सबल र सक्षम बनाउने अभियानमा आफू दिनरात लागेको बताए । निर्वाचित जनप्रतिनिधिहरूको पहिलो वर्षको कार्यकाल पूरा भएको छेको पारेर वडाबाट सम्पादित एक वर्षभित्रका सफल र सार्थक कामहरूको जानकारीका लागि सुनुवाई आयोजना गरिएको थियो ।     वडा अध्यक्ष मर्सानीले एक वर्षभित्र फत्ते गरेका विकास निर्माणका काम, चालु काम र भावी दिनमा गर्ने कामको फेहरिस्त प्रस्तुत गरे । मर्सानीले आफ्नो कामको रफ्तारलाई मिसन १, २, ३ को खाकामा राखेका थिए । थोरै कुरा गरेर धेरै काम गर्ने आफ्नो लक्ष्यलाई वडावासीमाझ राख्दै कार्यालय समयपछि पनि नागरिकको घरदैलो आफ्नो कार्य क्षेत्र भएको बताए ।        वि.सं. २०७९ वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचन पश्चात् जेठ १२ गते सफथग्रहणपछि वडा अध्यक्ष मर्सानीले ९ बुँदे प्रतिवद्धता गरेका थिए । आफ्ना सबै वाचाहरू पूरा गर्दै मिसन ३ मा लागेको जानकारी दिए । वडा कार्यालयबाट सम्पन्न गरिएका कार्यक्रम र गतिविधिबारे वडा अध्यक्ष दीपेन्द्र मर्सानी र सचिव कुलराज पौडेलले प्रस्तुतीकरण गरेका थिए ।    महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झण्डा पार्क तथा स्मार्ट शौचालय, पृथ्वीचोकमा बसपार्क, पोखरा घर निर्माण र नयाँबजारमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणका लािग बोलपत्र र साझेदारी प्रक्रियामार्फत् सञ्चालित योजना हुन् । क्षेत्रीय हुलाक कार्यालय र नेपाल टेलिकमले अतिक्रमण गरेको जमिन पर्खाल सारेर असारसम्म सार्वजनिक प्रयोगमा ल्याउने जनाइएको छ । ६९ वटा आयोजना सञ्चालित वडामा ६ करोड, १६ लाख ९६ हजार बजेट प्राप्त भएको छ भने २ करोड ४७ साल ८६ हजार राजश्व सङ्कलन गरिसकेको छ ।    सार्वजनिक सुनुवाई कार्यक्रममा विष्णुभक्त सुवेदी, कमलचन्द्र काफ्ले, मिलन दलला, ध्रुवकुमार श्रेष्ठ, चन्द्रविक्रम अधिकारी, रूपा के.सी., रामबहादुर बुर्लाकोटी , बिमला रानाभाट, रोशन मानन्धर, रामबहादुर वि.क., सरस्वती श्रेष्ठ, यदुनाथ बञ्जरा, दिलमाया गुरुङ, गंगाराम पौडेल, भीमबहादुर पुन जगदीश खनालले वडाका पूर्वाधार विकास, सार्वजजनिक जमिन, स्वास्थ्य, शिक्षा, तालिम, रोजगार उद्यमशिलता लगाएका विषयमा आफ्ना धारणा, सुझाव गुनासा र प्रश्न राखेका थिए ।    नेपाली काँग्रेसका वडा सभापति शिवराज बास्तोला, नेकपा एमालेका प्रेम गुरुङ, नेकपा माओवादी केन्द्रका बमबहादुर कार्कीले ९ नं. वडाले तय गरेको योजना र कार्यान्वयन प्रशंसनीय रहेको बताए । वडा अध्यक्ष दीपेन्द्र मर्सानीको सभापतित्वमा सञ्चालित सुनुवाइ कार्यक्रममा सदस्य नन्दराम गिरीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन वडा सचिव कुलराज पौडेलले गरेका थिए भने सार्वजनिक सुनुवाइलाई सञ्चारकर्मी सुरेश रानाभाटले सहजीकरण गरेका थिए ।  

पोखरा: गण्डकी प्रदेशस्तरिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि कास्कीले जितेको छ ।   प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शनिबार पोखरा रंगशालामा सम्पन्न फाइनलमा नवलपुरलाई १८ रनले पराजित गरेको हो । उपाधि जिते संगै कास्कीले ट्रफीका साथ नगद १ लाख हात पार्न सफल भएको छ  भने उपविजेता रहेको नवलपुरले नगद रु ५० हजार प्राप्त गरेको छ ।   नवलपुरले टस जितेर व्याटिङको निम्तो दिएको कास्कीलाई आफ्नो होम ग्राउण्डमा पुरै २० ओभर खेल्दै ८ विकेटको क्षतीमा १४२ रन बनाएको थियो । खेलमा अभिषेक थापाले २५ बलमा २ चौका र २ छक्का प्रहार गर्दै अविजित ३६ रनको पारी खेले । त्यस्तै सोहेल कुँवरले ३२ बलमा ३३ रन, किरण पौडेलले २१ र कृष्ण पौडेलले व्यक्तिगत १० रन बनाएका छन् ।   नवलपुरबाट बलिङ गरेका अपराजित पौडेलले ४ ओभरको स्पेलमा १९ रन खर्चिएर ३ विकेट लिए । कैलाश पगेनीले २ विकेट हात पार्दा शिसिर भुसाल र विशाल पौडेलले समान १–१ विकेट लिएका थिए ।   यता १४३ रनको लक्ष्यका साथ मैदानमा उत्रिएको नवलपुर १२४ रनमा समेटिन पुग्यो । नवलपुरलाई व्याकफुटमा धकेल्न कास्कीका सिव्रिन श्रेष्ठको बलिङ रह्यो । उनले ओपनर रोविन तिमिल्सिनालाई डक आउट पेभिलिएन फर्काए पछि नवलपुरले सम्हालिने मौका नै पाएन । सिव्रिनले नवलपुरका सन्देश बस्नेतलाई व्यक्तिगन १३ रनमा आउट गरे । यता अभिषेक थापाले समेत २ विकेट झारे । उनले प्रोमिस अर्याललाई १७ र रिजन काफ्लेलाई १९ रनमा नै पेविलिएनको बाटो देखाए ।    गत जेठ १४ गतेबाट सुरू भएको प्रतियोगितामा म्यान अफ दि सिरिजको उपाधि नवलपुरका अपराजित पौडले घोषित भएका छन् । उनले ट्रफीसहित नगद ४ हजार हात पारे । उनी नै बेष्ट बलर घोषित भए । वेष्ट व्याट्म्यान कास्कीका मुस्कान थापा बन्न सफल भए । उनीहरुले जनही नगद २–२ हजार हात पारे । फाइनल खेलको म्यान अफ दि म्याच भने कास्कीका अभिषेक थापा भएका छन् । उनले नगद १ हजार प्राप्त गरे ।   प्रतियोगितामा विजेता टिम तथा खेलाडीहरुलाई कार्यक्रमका संयोजक एवं प्रदेश खेलकुदका कार्यकारी सदस्य ऋषीराम गौतम र कास्की क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले पुरस्कार वितरण गरेका थिए ।   प्रतियोगितामा कास्की, तनहुँ, नवलपुर, गोर्खा, पर्वत, स्याङजा, बागलुङ र म्याग्दीको गरी ८ टिमको सहभागिता रहको थियो ।  

पोखरा:  गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याएको नीति तथा कार्यक्रममा सुरुङमार्गको सपनालाई अघि सारेको छ ।   गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रस्तुत गरेका नीति तथा कार्यक्रम अनुसार गण्डकी प्रदेशको विभिन्न पाँच स्थानको सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरिने भएको हो ।   प्रदेश प्रमुख गुरुङका अनुसार तनहुँ जिल्लाको भिमाददेखि नवलपुरको डेढगाउँ, डेढगाउँ– झ्यालबास सडकखण्ड, बागलुङको काठेखोलादेखि गलकोट नरेठाँटीसम्म, म्याग्दीको दानादेखि मुस्ताङको घाँसासम्म र लमजुङको शीतरपाटीदेखि नाल्माफेदीसम्म सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिनेछ ।