पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

काठमाडौं:    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण दर घट्दै गएपछि स्वेच्छिक रूपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ । मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा। समीरकुमार अधिकारीले एक सूचना जारी गर्दै सङ्क्रमण दर घट्दै गएपछि कोभिड–१९को मापदण्ड परिमार्जन गर्दै मास्कको प्रयोगलाई स्वेच्छिक बनाएको बताउनुभयो । यसअघिसम्म मास्क प्रयोग अनिवार्य थियो । मन्त्रालयले सङ्क्रमणदर न्यून भएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय यात्रुले कोभिड–१९ को परीक्षण गरेको र कोभिड–१९ को विरुद्धको खोप लगाएको प्रमाण आवश्यक नभएको समेत बताउनुभयो । उहाँले अब कोभिड–१९ को कडाइको रूपमा मापदण्ड पालना गर्नुपर्नेलाई सहज गर्दै अन्तर्राष्ट्रिय नाकामा खोप कार्ड र परीक्षण कार्ड आवश्यक नपर्ने जानकारी दिनुभयो । मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण दर र अस्पतालमा भर्ना दरमा उल्लेखनीय कमी आएको र अधिकांश मानिसले कोभिड–१९ को पूर्णमात्रा खोप लगाइसकेको अवस्था र छिमेकी मुलुक भारतमा पनि कोभिड–१९ को सङ्क्रमण दर न्यून रहेकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय यात्रुले कोभिड–१९ परीक्षण र कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र चाहिने व्यवस्था हटाएको हो । मन्त्रालयले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका तत्कालीन निर्देशक डा। चुमनलाल दास संयोजकत्वमा गठित विज्ञ टोलीले अर्को सूचना नभएसम्मका लागि कोरोना परीक्षण र खोप लगाएको प्रमाणपत्र नचाहिने सिफारिस गरेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसका बिरामीलाई नियमित निगरानी र जोखिममा रहेका शङ्कास्पद यात्रुको स्क्रिनिङ भने गरिने उल्लेख गरेको छ । मन्त्रालयले कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचार व्यवस्थापनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट भएको सहयोगप्रति कृतज्ञता व्यक्त गरेको छ ।

सिन्धुली:     सिन्धुलीको गोलन्जोर गाउँपालिकास्थित लौकुन नभघाटमा जिपसहित सुनकोशी नदीमा खस्दा बेपत्ता भएका तीन जनाको खोजी कार्यका लागि शनिबार बिहानदेखि गोताखोर टोली परिचालन गरिएको छ । भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को बा १ झ ७४६७ नं स्कार्पियो जिप शुक्रबार मध्येपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत उक्त ठाउँमा दुर्घटना भई सुनकोसी नदीमा खस्दा गाडीमा सबार चारमध्ये तीन जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ  । बेपत्ता हुनेमा तनहुँ भानु नगरपालिका–९ घर भई सिटिइभिटीको सानोठिमीस्थित कार्यालयका प्रशासन शाखाका निर्देशक सहसचिव ५७ वर्षीय कृष्णबहादुर केसी, पूर्वी नवलपरासी प्रगति नगरपालिका–७ का घर भई हाल योजना महाशाखाका निर्देशक ५६ वर्षीय यमप्रसाद घुर्तेल र इलाम फुयतया नगरपालिका–५ घर भई हाल विद्युत प्रशिक्षकका रूपमा कार्यरत ३२ वर्षीय भानु पौडेल छन् । चालक दाङ राप्ती गाउँपालिका –६ का ३१ वर्षीय कृष्ण चौधरी पौडी खेली बाहिर निस्कन सफल भएका थिए भने उनको शुभ जीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको छ । बाँकी तीन जना अझै बेपत्ता छन् । प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार सशस्त्र प्रहरीको गोताखोर टोलीले शुक्रबार साँझ खोजी गरेको थियो । सुनकोसीमा जिप झरेको स्थानको सय मिटर आसपासमा खोजी गर्दा पनि फेला नपरेको प्रहरी उपरीक्षक सिलकालले जानकारी दिए । उनले भने, ‘‘सुनकोसी नदीमा खसेको उक्त जिप अहिलेसम्म भेटिएको छैन । पानीको बहाव धेरै भएकाले दुई वटा एक्स्काभेटर लगाई पानी थोरै डाईभट गर्दै काम गर्न लागेको छ । आर्मीको टोलीसँग पनि समन्वय भइरहेको छ ।’’

काठमाडौंः   चार दिने भारत भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कदै हुनुहुन्छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते नयाँ दिल्ली प्रस्थान गर्नुभएको थियो । दिल्लीको भ्रमण सकेपछि विशेष विमानमार्फत इन्दौर प्रस्थान गर्नुभएको प्रधानमन्त्री नयाँ दिल्ली भएरै आज (शनिबार) स्वदेश फर्कन लाग्नुभएको हो । भ्रमणका क्रममा द्विपक्षीय मैत्रीपूर्ण सम्बन्धलाई थप सबल बनाउने प्रतिबद्धता दुवै देशले व्यक्त गरेका छन् । सो अवसरमा दुई प्रधानमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र सहकार्यका व्यापक क्षेत्रबारे समीक्षा भएको छ । व्यापार र पारवहन, जलविद्युत, ऊर्जा व्यापार र प्रसारण लाइन, अन्तरदेशीय रेल्वे, पक्की पुल, पेट्रोलियम पाइपलाइन र एकीकृत जाँच चौकी, सिँचाइ, बाढी नियन्त्रण, कृषि, संस्कृति तथा नागरिक उड्डयनलगायत क्षेत्रबारे समीक्षा भएको हो । समानता, आपसी सम्मान र आपसी विश्वासका आधारमा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा सवल बनाउने प्रतिबद्धता व्यक्त भएको छ । दुवै पक्षबीच निर्माणाधीन परियोजनाको समीक्षा गर्दै ती परियोजना निर्धारित समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिइएको छ । प्रधानमन्त्री प्रचण्डले पनि चार दिने भारत भ्रमण पूर्ण रूपमा सफल भएको बताउनुभएको छ ।

पोखरा:     पोखराको गहना फेवाताल हो । फेवातालको विषयमा विभिन्न विवाद रहेका छन् । पछिल्लो समयमा फेवातालको संरक्षण विषयमा विभिन्न कुरा उठेको छ । बिहिबार मात्र फेवातलमा संरक्षणको लागि उच्च अदातलत पोखराले नयाँ मापदण्ड लागु गर्ने आदेश दिएको छ । सोही आदेश अनुसार फेवाताल माथिको जग्गामा उपभोग गर्न पाउनुपर्ने स्थानीयले बताएका छन् ।  राज्यले आवास क्षेत्रमा वर्गिकरण गरेको जग्गाका आवासको लागि काम अघि बढेको छ । हाल आवास क्षेत्रमा परेको जग्गा समथर बनाउने काम भैरहेको छ । पोखरा १८ चंखपुरका स्थानीय गोकर्ण तिमिल्सिनाले १९४० देखी आफुहरुले कर राजस्व तिरेको जानकारी दिए । हालसम्म कर तिरेको जग्गामा कि राज्यले मुवाजा दिनुपर्ने कि आवस क्षेत्रमा पुरेर घर बनाउन दिनुपर्ने बताउछन् । अदालतले संरक्षण गर्ने भनेको ठाउँमा हालसम्म नपुरेको सुनाउदै तिमिल्सिनाले अदालतले संरक्षण गर्ने भन्दा बाहिरको जग्गा पुरेर घर बनाउन पाउनुपर्ने बताए ।  स्थानिय विकास लामिछाने उक्त घटनामा राजनीति भएको बताउछन् । अदालतले भनेको ६५ मिटरको मापदण्डको कार्यान्वयन गरेको छैन । हामीले आवास क्षेत्रमा भएको जग्गा पुरेर घर बनाएर बस्न पाएनौं । राज्यले नै जनतालाइ विभेद गरेको लामिछाने बताउछन् ।  “म दश वर्ष अघि बिदेशबाट नेपालमा रिसोर्ट खोल्ने योजनामा आएको हो । विदेशमा भने सिमसार क्षेत्रमा सिमसार रिसोर्ट खोल्ने योजनाले नेपाल आएको हुँ,“उनले भने, “थाइल्याडमा सिमसारमा नि रिसोर्ट खोल्न पाइन्छ यहाँ आवास क्षेत्रमा पनि घर बनाउन पाइदैन ।”  हाम्रोमा राज्यले इको टुरिजम भन्ने नबुझेको र बुझ्न नचाहेको लामिछाने बताउछन् ।  विष्णु प्रसाद तिमिल्सिना होमस्टे बनाउछु भन्दा मलाइ जग्गा समथर बनाउन नपाएको उनी बताउछन् । महानगरसंग अनुमती माग्दा अनुमति नदिएको कारण होमस्टै संचालन गर्न नपाएको लामिछानेले बताए । राज्यबाट नै आफुलाई अनागरिकको व्यवहार भएको उनले बताए ।    व्यवसायी युवराज खतिवडाले आवास वर्गिकरण गरेको जग्गामा काम गर्दा राज्यले तोकेको कर तिरेर काम गर्दा पनि काम गर्न नपाउने अवस्था भएको बताए । अदालतको आदेश पालना गरेर काम गर्दा पनि राज्यले अन्यायमा पारेको खतिवडाको भनाइ छ । राज्यले आवास क्षेत्रलाई समथर बनाउन पनि नदिएको दुखद रहेको बताए ।  नियम अनुसार व्यापार गरेर काम गर्दा राज्यले अबरोध गर्न नहुने बताए । आवास क्षेत्रमा काम गर्नको लागि उच्च अदातलको आदेशले प्रष्ट पारेको उनले बताए । 

नयाँ दिल्ली:    भारतमा रेल दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई सय ३३ पुगेको छ । यस्तै ९ सय जति घाइते भएको अनुमान गरिएको बीबीसीले जनाएको छ ।  भारतको ओडिसा राज्यको बालासोर जिल्लामा गएराति रेल दुर्घटना भएको हो । चेन्नाइबाट हाउडाको लागि गइरहेको कोरोमंडल एक्सप्रेस ट्रेन एक मालगाडीसँग ठोक्किँदा दुर्घटना भएको बताइएको छ ।  भारतका रेल मन्त्री अश्विनी वैष्णव आफै दुर्घटना क्षेत्रमा पुग्नुभएको छ । उहाँले ट्वीट गर्दै घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ भने ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रतिपरिवार दश लाख रुपैयाँ दिने घोषणा गर्नुभएको छ । यस्तै गम्भीर घाइते भएकाहरुलाई दुई लाख रुपैयाँ तथा सामान्य घाइते भएकाहरुलाई पचास हजार रुपैयाँ प्रदान गर्ने उहाँले बताउनुभएको छ । दुर्घटनामा घाइते भएका एक सय ३२ यात्रीको गोपालपुरको एक अस्पतालमा उपचार भइरहेको ओडिसाका मुख्य सचिव प्रदीप जेनाको भनाइलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । यस्तै थप ४७ घाइतेलाई बालासोरका मेडिकल कलेजमा भर्ना गरिएको छ ।

पोखरा:  कास्कीको अन्नपूर्ण गाउँपालिका १०–११ घान्द्रुकमा आयोजित तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सवमा गाउँस्तरीय पुरुष भलिबल प्रतियोगितामा क्ल्यू गाउँ फाइनल प्रवेश गरेको छ ।  शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा क्ल्यूले विन्देश्वरी ठाँटीलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइलनमा स्थान पक्का गरेको हो ।  दोस्रो सेमिफाइनल खेल भने वर्षाका कारण स्थगित भएको छ । तनहुँको ठकुरी समाज बाबियोडाँडा र घान्द्रुक किम्चेबीचको सेमिफाइलन खेल वर्षाको कारण स्थगित भएको हो । दोस्रो सेमिफाइनल खेल शनिबार बिहान सञ्चालन हुने आयोजकले जनाएको छ ।  यस्तै महोत्सवमा आयोजित खुल्ला बास्केटबल प्रतियोगितामा मार्दीखोला (सुन्तला) फाइनल प्रवेश गरेको छ । पहिलो सेमिफाइनल खेलमा मार्दीखोला(सुन्तला) ले स्याउलीबजारलाई ४०–३५ अङ्कले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । मार्दीखोलाका राज गुरुङ म्यान अफ दि म्याच घोषित भए ।  दोस्रो सेमिफाइलन खेल भने वर्षाको कारण स्थगित भएको छ । मार्दीखोला (निलो) र सेन्चुरी युवा क्लबबीचको दोस्रो सेमिफाइनल खेल वर्षाको कारण स्थगित भएको हो । दोस्रो सेमिफाइनल खेल शनिबार बिहान सञ्चालन हुनेछ ।  कास्कीको अन्नपूर्ण गाउँपालिका घान्द्रुकमा अन्नपूर्ण आरोहण दिवसको अवसरमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव सञ्चालन भइरहेको छ ।   गाउँस्तरीय पुरुष भलिबल प्रतियोगितामा १३ समूहको सहभागिता रहेको प्रतियोगिताको विजेताले ८० हजार र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।  ११ समूहको सहभागिता रहेको बास्केटबल प्रतियोगिताको विजेताले ८० हजार र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।  सन् १९५० जुन ३ तारिखमा फ्रान्सेली मौसिर हर्जोगको टोलीले अन्नपूर्ण हिमालको चुचुरोमा पाइला टेकेको दिनलाई अन्नपूर्ण आरोहण दिवसको अवसरमा अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले म्याराथनको समेत आयोजना गर्दै आएको छ । दुईवर्ष कोरोना भाइरसका कारण रोकिएको म्याराथन तेस्रो संस्करणको म्याराथन महोत्सवको अन्तिम दिन भोलि जेठ २० गते सञ्चालन हुने आयोजकले जनाएको छ । भोलि जेठ २० गते सञ्चालन हुने म्याराथन प्रतियोगितामा ५६ धावकले भाग लिएका छन् ।  म्याराथन पुरुषतर्फ प्रथम हुने धावकले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख र तेस्रो हुनेले ७५ हजार पुरस्कार पाउनेछन् । यस्तै महिलातर्फ प्रथम हुने धावकले ७५ हजार,  दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । म्याराथन जेठ २० गते अन्नपूर्ण हिमालको आधार शिविरबाट सुरु भएर म्याराथन माछापुच्छ«े आधार शिविर, बगर, देउराली, किम्रोङखोला, उरी हुँदै घान्द्रुकमा आएर सम्पन्न हुनेछ ।   

पोखरा:     स्थानीय स्तरमा महिला हिंसा सम्बन्धि मुद्दा र न्यायिक निरुपण विषयमा बिहिबार पोखरा महानगरपालिकाका उपमेयर मन्जु देवि गुरुङसँग पोखरा महानगरपालिका भित्रका बिभिन्न बिद्यार्थीहरुको सवाल जवाफ तथा अन्तरसंवाद सम्पन्न भएको छ ।  पोखरा महानगरपालिका शिक्षा महाशाखा र गण्डकी बहुप्राविधिक शिक्षालयले संयुक्त रुपमा कार्यक्रम सम्पन्न भएको हो । स्थानीय सरकारको न्यायिक निरुपण प्रक्रिया र न्यायिक समितिका काम का बारेमा उच्च माध्यमिक तहका विद्यार्थीलाइ सुसूचित गराउनु कार्यक्रमको उद्देश्य रहेको छ ।  अन्तरसंवादमा बिद्यालयका छात्राहरु सहभागि थिए । पोखरा सभागृहमा भएको उक्त अन्तरसंवादमा भाग लिनका लागि पोखरा भित्रका करिव एक दर्जन भन्दा बढि बिद्यालय र कलेजबाट बिद्यार्थीहरु आएका थिए । पालिकाहरुमा उपप्रमुखको भूमिका महत्वपुर्ण हुने र कानुनले नै तोकेका वा अतिरिक्त समेत गरि  धेरै  थरिका जिम्मेवारी बहन गरि रहेका उपप्रमुखले बिद्यालयका बिद्यार्थीहरुका गुनासा पनि सुन्नुपर्ने मान्यतामा यो अन्तरसंवाद गरिएको गण्डकी बहु प्राविधिक शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले बताउनुभयो ।  यस अघि गत फागुनमा प्राविधिक शिक्षाका विषयमा मेयरसँग बिद्यार्थी अन्तरसंवाद भएको थियो । स्थानीय सरकार संचालन ऐन २०७४ ले हरेक पालिकाका उपप्रमुखलाइ न्यायिक समिति, राजस्व परामर्श समिति, योजना प्राथमिकिकरण समिति र सामाजिक विकास समितिको संयोजकको जिम्मेवारी सुनिश्चित गरेको छ । यसका अतिरिक्त, पोखरा महानगरपालिकाकी उपमेयर मन्जुदेवि गुरुङ, बाल संरक्षण समिति संयोजक समेत हुनुहुन्छ । अन्तरसंवादमा सहभागि छात्राहरुले, सामाजिक रुपमा महिला प्रतिको परम्परागत सामाजिक दृष्टिकोण परिवर्तन गर्नुपर्ने, टिकटक लागायत सामाजिक संजाल मार्फत किशोरीहरु प्रति दुरव्यवहार निगरानी गर्नुपर्ने, विद्यालयका शिक्षकहरुबाट किशोरीहरुलाइ यौनजन्य हिंसा भएमा कडा कारबाही तथा निगरानी गर्नुपर्ने, किशोरीहरुलाइ घर परिवार लगायत बिद्यालयमा बिना तनाव पढ्न लेख्न पाउने अधिकार सुनिश्चत गर्नुपर्ने लगायतका प्रश्न तथा सुझाव प्रस्तुत गरेका थिए ।   अन्तरसंवादका क्रममा कार्यक्रमका मुख्य वक्ता पोखरा महानगपालिकाकी उपमेयर मन्जु देवि गुरुङले न्यायिक समिति लगायतका विभिन्न समितिको संयोजकको रुपमा जिम्मेवारी वहन गर्ने क्रममा स्थानीय स्तरका महिला, उनिहरुका समस्या र अवसरहरुका विषयमा बोल्नुभएको थियो । उहाँले, महानगरपालिकाका हरेक शाखाका कामहरु न्यायिक समिति र योजना शाखासँग प्रत्यक्ष अप्रत्यक्ष संबन्धित हुने भन्दै महिला, बालबालिका र विशेष गरि छात्राको हक अधिकार सुनिस्चित गर्न आँफू लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । संचारकर्मी तथा प्राध्यापक स्मीता अधिकारीले उक्त अन्तरसंवादको सहजीकरण गर्नुभएको थियो ।   

इलाम​:    आफ्रनै बुवा वर्षीय लोकबहादुर कुमालको हत्या गरको अभियोगमा ३२ वर्षीय दिपक कुमाललाई प्रहरीले प्रकाउ गरेको हो ।  इलामको माई नगरपालिका २ चेप्टी बस्ने ७० वर्षीय लोकबहादुर कुमालको हत्या गरेका अभियोग ३२ वर्षीय दिपक कुमाललाई शुक्रबार बिहान प्रहरीले प्रकाउ गरेको हो ।  दिपकले जेठ ८ गते अंश बण्डाको विषयमा विवाद भई कुटपिट गर्दा गम्भीर घाइते भएका लोक बहादुरको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ईलामबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न दिपकलाई पक्राउ गरेको हो ।  प्रकाउ परेका दिपक कुमालमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।   

पोखरा:  कास्की क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य दामोदर पौडल (बैरागी) ले सरकारले ल्याएको नीति, कार्यक्रम तथा बजेट समाजवाद उन्मुख नभएको बताएका छन् ।   बैरागीको सदन अनुभव र कामबारे जानकारी दिने उद्देश्यले पोखरामा आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले  जनमुखी नभएको बताएका हुन् । उनले सरकारको निति, कार्यक्रम तथा बजेट समाजवाद उन्मुख नभएको दोहोर्याएका थिए ।    सांसद बैरागीले सदमा शुन्य समयमा बोल्दै कास्केली जनताको समस्याको बारेमा आवज उठाउँदै आएका थिए ।     बैरागीको सदन इन्ट्रिलाई फर्केर हेर्दा...