पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

पोखरा:    गण्डकी प्रदेशले कृषि र पशु बीमालाई निशुल्क बनाउने भएको छ ।  आगामी आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रममा प्रस्तुत गर्दै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सरकारले कृषि र पशुपालनमा कृषकलाई प्रोत्साहन गर्न कृषि र पशु बीमा निशुल्क बनाएको बताएका हुन् ।  ‘गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा जग्गा चक्लाबन्दी, विउ र मलमा अनुदान दिने कार्यक्रम अगाडि सारेको छ, प्रदेश प्रमुख गुरुङले भने, ‘केन्द्र सरकारले कृषि र पशु बीमामा दिएको ८० प्रतिशत छुटमा प्रदेश सरकारले २० थप गरेर कृषि र पशु बीमा निशुल्क बनाउने कार्यक्रम अगाडि सारेका छौं ।’  

काठमाडौं:    प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) लगायत दलले नाराबाजी गरेपछि प्रतिनिधि सभाको बैठक केही समयका लागि स्थगन गरिएको छ ।  नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका विषयमा छलफल गर्नुपर्ने भन्दै एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले नाराबाजी गरेपछि प्रतिनिधि सभाको बैठक स्थगन गरिएको हो ।  नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री दाहालको हालैको भारत भ्रमणबारे विपक्षी दलहरूले जवाफ मागेका छन् । एमालेका प्रमुख सचेतक पदम गिरीले संवैधानिक प्रक्रिया अनुरूप संसद्मा नयाँ नागरिकता विधेयक दर्ता गर्न माग गरे ।   संसद्मा नयाँ नागरिकता विधेयक दर्ता भएपछि दिनरात छलफल गरेर भए पनि एक हप्ताभित्र नयाँ विधेयक पारित गरेर  नागरिकता प्रदान गर्ने काम अगाडि बढाउनुपर्नेमा उनले जोड दिए । सरकारले संविधानको मर्म विपरीत नागरिकता विधेयक ल्याएको प्रमुख सचेतक गिरीले आरोप लगाए ।

काठमाण्डौ:  नेपालले मलेसियासँगको महिला टी–२० क्रिकेट शृङ्खला जितेको छ ।    आज भएको पाँचौँ तथा निर्णायक खेलमा घरेलु टोली मलेसियालाई तीन विकेटले हराउँदै नेपालले शृङ्खला ३–२ ले जितेको हो ।   बाङ्गीमा मलेसियाले दिएको एक सय १० रनको लक्ष्य नेपालले १९ ओभर २ बलमा ७ विकेट गुमाएर भेट्टायो । नेपालका सीता रानामगरले सर्वाधिक ३४ रन बनाइन् । कप्तान रुविना क्षेत्रीले २३ रन जोडिन् । अप्सरी बेगम १५ तथा ज्योति पाण्डे १४ रनमा अविजित रहिन् । बिन्दु रावल र इन्दु बर्मा समान ५ तथा कविता कुँवर ४ रनमा आउट भइन् ।   मलेसियाकी हमिजाहले सर्वाधिक दुई विकेट लिइन् । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९ रन बनाएको थियो ।   मलेसियाकी वान जुलिया मोहम्मद रोस्दीले सर्वाधिक ४७ रन बनाए पनि त्यो जितका लागि पर्याप्त भएन । महिराह इजाती इस्मालीले २० रन बनाइन् । नेपालकी कविता कुँवरले दुई र ईश्वरी विष्टले एक विकेट लिइन् ।   नेपाल पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा ७ विकेट र तेस्रो खेलमा २७ रनले विजयी भएको थियो ।   

काठमाण्डाै:   सुनको भाउ आज १ हजार ७ सय रुपैयाँले घटेको छ । लगातार भाउ बढेर सुन अहिलेसम्मकै महँगो भएको थियो । अस्ति तोलामा १ लाख १३ हजार ३ सय रुपैयाँ पुगेको सुनको भाउ आज १ लाख ११ हजार ६ सय रुपैयाँमा झरेको छ ।   अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा उतारचढाव आइरहेकाले नेपाली बजारमा पनि थपघट भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  अस्ति ताेलाको १ लाख १३ हजार ३ सय रुपैयाँ रहेको सुनको भाउ अघिल्लो दिन बिहीवार १ लाख १२ हजार ५ सय रुपैयाँ थियो । बुधवार तोलामा १ लाख १२ हजार रुपैयाँ पुगेको थियो ।   यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । तोलामा २० रुपैयाँले घटेर चाँदी आज १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

काठमाडौं: संघीय संसदका दुवै सदनमा आजदेखि आगामी आर्थिक वर्षको बजेटबारे छलफल सुरु हुँदैछ ।   प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेदेखि सुरु हुँदैछ भने राष्ट्रिय सभा बैठक १ बजेदेखि सुरु हुँदैछ ।   बैठकमा बजेटमाथि छलफल सुरु गरियोस भन्ने प्रस्ताव अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले पेस गर्ने र त्यसमाथि सदस्यहरूले धारणा राख्ने सम्भावित कार्यसूची रहेको छ ।   यसअघि राष्ट्रपति कार्यालयले पठाएको नागरिकता विध्यक प्रमाणीकरण भएको पत्र सभामुख देवराज घिमिरेले सुनाउने कार्यसूची छ ।   त्यसपछि, आजैदेखि चारदिनसम्म छलफल गर्ने र यही जेठ २५ गते अर्थमन्त्री महतले जवाफ दिएपछि बजेट पारित गर्ने योजना छ ।   अर्थमन्त्री महतले यही जेठ १५ गते संसदमा आर्थिक वर्ष २०८० र ०८१ को बजेट प्रस्तुत गरेका थिए ।   गत १७ गते प्रधानमन्त्री प्रचण्ड भारत भ्रमण गएर शनिबार फर्किएपछि आजदेखि बजेटमाथि छलफल सुरु हुन लागेको हो ।  

लुम्बिनी:  पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका १२ तामनगरमा शनिबार भएको सवारी दुर्घटनामा हुँदा दुई युवकको ज्यान गएको छ ।   बुटवलबाट कपिलवस्तुतर्फ जाँदै गरेको लु१ख ९०६३ नम्बरको बस र बुटवलतर्फ आउँदै गरेको लु३९प ९१५७ नम्बरको मोटरसाइकल तामनगरस्थित कोरियन टेक्निकल कलेज नजिक एक आपसमा ठक्कर खाएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गुल्मी मालिका गाउँपालिका४ अर्खवाङका १७ वर्षीय सुजन अर्याल र मालिका गाउँपालिका ८ सिमलटारीका २६ वर्षीय प्रकाश पन्थीको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक अमृत भण्डारीले जानकारी दिएका छन्।   दुर्घटनामा परी घाइते दुवै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक भण्डारीले बताए र ठक्कर दिने बसका चालकलाई प्रहीले नियन्त्रणमा लिएको छ ।

धनगढी:  कैलालीमा प्रहरीले लागुऔषधसहित दुुई जनालाई पक्राउ गरेको छ ।   जिल्लाको धनगढी उपमहानगरपालिका ३ त्रिनगर ब्यारेल नजिकैबाट शनिबार गोदावरी नगरपालिका ५ बस्ने १७ वर्षीय साजन जहेरुलाई प्रहरीले पक्राउ गरेको हो ।   शंकाका आधारमा चेकजाच गर्दा जहेरुको साथबाट ४९० मिलिग्राम लागुऔषध ब्राउनसुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।   शनिबार साँझ नै टीकापुर नगरपालिका ९ खक्रौलाबाट भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा थप एक युवकलाई लागुऔषधसहित पक्राउ गरिएको छ ।   जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले पक्राउ पर्नेमा जानकी गाउँपालिका(९ पुर्वीखैरीफाँटा बस्ने २५ वषर्ीय सागर कडारा रहेको जानकारी दिए ।   धनगढी र खक्रौलाबाट लागुऔषधसहित पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाकारी दिएको छ ।

पोखरा:    जुम्लाका धावक धिराबहादुर बुढा र गणना भण्डारीले तेश्रो अन्नपूर्ण म्याराथनको उपाधि जितेका छन् ।  शनिबार सम्पन्न भएको अन्नपूर्ण सेञ्चुरी महोत्सव अन्र्तगत म्याराथन प्रतियोगितामा पुरुषतर्फ जुम्लाका धिरा बहादुर बुढाले जितेका हुन् ।  जुम्लाका धावक धिरा बहादुर बुढाले ४ घण्टा १० मिनेट ५१ सेकेण्डमा दुरी पार गर्दै उपाधि जितेका हुन् । यस्तै नेपाल आर्मीका धावक होमलाल श्रेष्ठले ४ घण्टा १२ मिनेट ३२ सेकेण्डमा दुरी पार गर्दै दोस्रो भएका छन् भने, आर्मीका धावक नै बेद बहादुर सुनुवारले ४ घण्टा १६मिनेट ४८ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भएका छन् ।  यस्तै महिलातर्फको म्याराथन प्रतियोगितामा पनि जुम्लाका धावक गणना भण्डारीले उपाधि जितेका छन् । उनले ५ घण्टा ४३ मिनेट २ सेकेण्डमा दुरी पार गर्दै उपाधि चुमेका हुन् । यस्तै धादिङकी रशिला तामाङले ६ घण्टा ५ मिनेट २ सेकेण्डमा दुरी पार गर्दै दोस्रो भईन् भने, ओखलदुङ्गाकी चोकी शेर्पाले ६ घण्टा ११ मिनेट १६ सेकेण्डमा दुरी पूरा गर्दै तेस्रो भईन् ।  म्याराथन पुरुषतर्फ प्रथम हुने धावकले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख र तेस्रो हुनेले ७५ हजार पुरस्कार पाएका छन् । यस्तै महिलातर्फ प्रथम हुने धावकले ७५ हजार,  दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । अन्नपूर्ण हिमालको आधार शिविरबाट सुरु भएर म्याराथन माछापुच्छ«े आधार शिविर, बगर, देउराली, किम्रोङखोला, उरी हुँदै घान्द्रुकमा आएर सम्पन्न भएको थियो ।   सन् १९५० जुन ३ तारिखमा फ्रान्सेली मौसिर हर्जोगको टोलीले अन्नपूर्ण हिमालको चुचुरोमा पाइला टेकेको दिनलाई अन्नपूर्ण आरोहण दिवसको अवसरमा अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले म्याराथनको समेत आयोजना गर्दै आएको छ । दुईवर्ष कोरोना भाइरसका कारण रोकिएको म्याराथन तेस्रो संस्करणको म्याराथन आज अन्नपूर्ण आरोहण दिवसको अवसरमा सम्पन्न भएको हो ।   

पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका १०–११ घान्द्रुकमा आयोजित गाउँस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि तनहुँको ठकुरी समाज बाबियोडाँडाले जितेको छ ।  शनिबार सम्पन्न भएको फाइनल खेलमा ठकुरी समाज तनहुँले घान्द्रुक क्ल्यूलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो । ठकुरी समाज तनहुँले क्ल्यूलाई २५–१८, २३–२५, २५–१६,२१–२५ र निर्णायक तथा पाँचौ सेट १५–११ ले जित्दै उपाधि जितेको हो ।    उपविजेता घान्द्रुक क्ल्यू  उपाधि विजेता ठकुरी समाज तनहुँले नगद ८० हजार पुरस्कार प्राप्त ग¥यो भने, उपविजेता घान्द्रुक क्ल्यूले ५० हजार पुरस्कार प्राप्त गरेको छ । गाउँस्तरीय पुरुष भलिबल प्रतियोगितामा १३ समूहको सहभागिता रहेको थियो ।  सन् १९५० जुन ३ तारिखमा फ्रान्सेली मौसिर हर्जोगको टोलीले अन्नपूर्ण हिमालको चुचुरोमा पाइला टेकेको दिनलाई अन्नपूर्ण आरोहण दिवसको अवसरमा अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले म्याराथन तथा महोत्सव सञ्चालन गर्दै आएको छ ।